○●○अब्दुल्लाह बिन उम्मे मक्तूम○●○
□■□रजियल्लाहु अन्हु□■□
•••••{प्रस्तुति: मुहम्मद सुहैल नदवी}•••••
यिनी को हुन्?
जसको कारण रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई सातौं अकाशको माथिबाट निन्दा गरिएको थियो ...
यिनी को हुन?
जसको विषयमा अल्लाहको तर्फबाट ईश्वाणी लिएर .....
रसूल् सल्लल्लाहु अलैहि वसल्लमको मुटुमा .....
जिब्रइल अमीनलाई उत्रिनु पर्यो .....
यिनी हुन् ....
अब्दुल्लाह बिन उम्मे मक्तूम ...
रसूल् सल्लल्लाहु अलैहि वसल्ल्मको मुअज्जिन ....
दिन रातमा पाँच चोटि मुसलमानहरुलाई नमाजको लागि डाक्ने व्यक्ति .....
****
अब्दुल्लाह बिन उम्मे मक्तूम मक्काका वासी र कुरैशका एउटा सदस्य थिए .....
रसूल सल्लल्लाहु अलैहि वसल्लमसित उनको नाता सम्बन्ध पनि थियो ....
उनी मुसलमानहरूकी आमा रसूल सल्लल्लाहु अलैहि वसल्लमकी पत्नी .... खदीजा बिन्त खुवैलिदका मामाका छोरा थिए ....
उनका बुवा कैस बिन जाएद थिए.....
र आमा आतिका बिन्त अब्दुल्लाह.......
उनी उम्मे मक्तूमको उपनाम द्वारा परिचित थिइन् ....
किन भने उनले एउटा मक्तूम अर्थात् नेत्रहीन जन्माएकी थिइन् ......
****
मक्कामा सत्यताको बिहानी उदाएको अब्दुल्लाह बिन उम्मे मक्तूमले देखे .....
आँखा नभएपनि दिलले यस ज्योतिलाई राम्ररी देख्यो ...
उनको मनलाई अल्लाहले इस्लामको लागि खुलस्त पार्नुभयो ....
र उनी पहिले मुसलमान हुनेवालाको श्रेणीमा पर्न सफल भए ......
मक्कामा अरू मुसलमानहरू जस्तै ......
बलिदान.. उत्सर्ग.. त्याग... दृढता र मजबूती दर्शाउँदै .....
सबै परीक्षामा उत्रिए उनी ...
अरू साथीहरू झैं कुरैशले दिएका सन्ताप र उतपीडनको सामना गरे ....
उनका अत्याचार र जुलुमलाई उनीहरूले जस्तै बिहोरे ...
तर पनि उनको साहस टुटेन ....
र उनको विश्वास र ईमान ढल्न पाएन ....
बरू अल्लाहको धर्ममाथि उनको दृढ्ता...
अल्लाहको किताबमा उनको अभिरूचि ...
अल्लाहको शरीअत(ईश्वरीय व्यवस्था ) र जीवनपद्धतिप्रति चिन्तनमनन् .....
र अल्लाहको रसूलतिर उनको आवतजावत बढ्दै गयो ....
****
रसूल् सल्लल्लाहु अलैहि वसल्लम तिर उनको आगमन र कुर्आन याद गर्ने अभिलाषा यति सम्म तीव्र भइ सकेको थियो ....
कि उनले कुनै पनि मौका गुमाउनु चाहदैनथे र कुनै अवसर छोड्दैनथे .....
उनको यो चाहना प्रतिको हठले गर्दा उनले कहिले काहिँ रसूल सल्लल्लाहु अलैहि वसल्लमसित आफ्नो भाग लिनका साथसाथै अरूको पनि भाग ओगटी राख्न पुग्दथे .....
यस समयमा रसूल सल्लल्लाहु अलैहि वसल्ल्म कुरैशका सरदार र मुख्य व्यक्तिहरूलाई निरन्तर भेट्ने गर्दथे ....
उनीहरू इस्लाम स्वीकारून भन्ने प्रबल चाहना राख्नु हुन्थ्यो ....
यसै क्रममा एक दिन उत्बा बिन रबीआ , उनका भाइ शैबा बिन रबीआ अबु जह्ल भन्ने अम्र बिन हिशाम, उमैया बिन खलफ, खालिद सैफुल्लाहको बुवा वलीद बिन मुगीरालाई भेट्नु भएको थियो,....
उनीहरूसित कुराकानी गर्दै हुनुहुन्थ्यो ....
कानाखुसी गर्दै उनीहरूलाई इस्लामको निमन्त्रणा दिँदै हुनुहुन्थ्यो ....
उनीहरू उहाँको निम्तो स्वीकारुन र उहाँका साथीहरूलाई पीडा यातना दिन छोडुन भन्ने अपेक्षा गर्दै हुनुहुन्थ्यो ....
****
उनीहरूका साथ उहाँको कुराकानी जारी रहेको बेलामा....
अब्दुल्लाह बिन उम्मे मक्तुम उहाँ समक्ष पुगे र कुरआनको एउटा आयत पढाइ दिने आग्रह गरे ....
उनी भन्दै थिए ...
हे अल्लाहका रसूल् .... अल्लाहले तपाईँलाई पढाउनु भएका कुरा मलाई पनि पढाइ दिनुहोस् ....
रसूल सल्लल्लाह अलैहि वसल्लमले उनको तर्फबाट मुख फेर्नुभयो ....
उहाँको मुख अमिलियो....
र कुरैशका सरदारहरू तर्फ नै फर्केर रहनु भयो ,उनीहरूतिर नै सम्पूर्ण ध्यान केन्द्रित गर्नुभयो ...
सायद तिनीहरूले कुरा मान्छन् ...
इस्लाम स्वीकार गर्छन कि भनेर ...
यसरी उनीहरूले इस्लाम स्विकारे भने इस्लामको बोलवाला हुनेछ ....
र उहाँको दूतत्वको कार्यमा सहयोग पुग्नेछ ....
अत: उनीहरूसित उहाँको छलफल सकिए पछि र उनीहरूसित कुराकानी समाप्त भए लगतै .......
उहाँले आफ्नो घर तिर जाने सोच्दै हुनुहुन्छ कि ......
दृष्टि अलिक कम भयो... आँखा अगाडी अन्ध्यारो प्रतीत भयो .... सिरमा केही चीज ठक्कर दिँदैछ जस्तो महसुस भयो .....
फेरी अल्लाहले यो आयतहरू अवतरण गर्नु भयो .....
○उहाँले ठुस्स परे र मुख फर्काउनु भयो ...○ किनभने उहाँ नजिक एउटा नेत्रहीन आयो .... ○ र तपाईँलाई के थाहा छ ? ऊ सुध्रन्थ्यो कि? .....○ अथवा उपदेश ग्रहण गर्थ्यो कि ? अनि त्यो उपदेशले उसलाई लाभान्वित तुल्याउँथ्यो होला कि ... ○ तर जसले वास्ता गर्दैन ...○ तापनि तपाईँ उस तर्फ ध्यान दिनु हुन्छ.. ○ जबकि ऊ सुध्रेन भने तपाईँमाथि केही उत्तरादायित्व हुँदैन .... ○ र जो तपाईँ समक्ष दगुर्दै आयो ....○ ऊ ईश्भय पनि राख्थ्यो ....○ त्यस प्रति तपाईँले उपेक्षा गर्नुहुन्छ .....○ कदापि होइन ...यो कुर्आन एउटा उपदेश मात्र हो ....○ इच्छा राख्नेले यसलाई याद राख्छ ...○ प्रतिष्ठित पानाहरूमा ...○ उच्चस्तरमा अति पवित्र ...○ ईशदूतहरूका हातमा ... ○ जुन आदरणीय र कर्तव्यनिष्ठ छन् ........
सोरह आयतहरू .....
रसूल सल्लल्लाहु अलैहि वसल्लमको मुटुमाथि ....
जिब्रील अमीन लिएर ओर्लिएका थिए ....
अब्दुल्लाह बिन उम्मे मक्तूमको बारेमा ......
यी आयतहरू जुन दिन अवतरित भएका हुन् .....
त्यो दिन देखि अहिले सम्म पढिँदैछन् ....
र भविष्यमा पनि निरन्तर पढि रहिनेछन् यो सन्सार रहुञ्जेल सम्म ......
****
त्यो दिन देखि रसूल् सल्लल्लाहु अलैहि वसल्लम अब्दुल्लाह बिन उम्मे मक्तूमको सम्मान गर्नु हुन्थ्यो ... जहिले आए पनि ... उनको आगमनपछि उनलाई नजिक बसाउनु हुन्थ्यो ....उनको हाल खबर सोध्नु हुन्थ्यो .... उनको आवश्यकता पुरा गर्नु हुन्थ्यो .....
यो अचम्मको विषय छैन .....
के उनको बारेमा उहाँलाई सातौँ आकाशमाथिबाट घोर निन्दा गरिएको होइन? ..... ..
उनकै लागि उहाँलाई अपयश लागेको होइन र? ....
****
कुरैशका पुरा समुदायले जब रसूल् सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथिहरूलाई लक्षित पार्न थाले ....
उनीहरूका पीडा यातना बढ्दै गयो ...
अल्लाहले मुसलमानहरूलाई मदीना तर्फ प्रस्थान गर्ने अनुमति दिनुभयो ....
अब्दुल्लाह बिन उम्मे मक्तूम उनीहरूमा आफ्नो जन्मभूमिलाई छोड्ने र आफ्नो धर्मको रक्षा निम्ति प्रवास तिर जानेहरूमध्ये अग्रिम पँक्तिमा थिए .....
उहाँका साथीहरूमध्ये उनी र मुस्अब बिन उमैर सबै भन्दा पहिला थिए मदीना हिज्रत गर्नेहरूमा ....
अब्दुल्लाह बिन उम्मे मक्तुम र उनका साथी मुस्अब बिन उमैर मदीन प्रस्थान गर्ने वित्तिकै त्यहाँका वासिन्दाहरूकहाँ पुग्न थाले....
उनीहरूलाई कुर्आन सिकाउन थाले र अल्लाहले दिनु भएको मार्गदर्शणको व्याख्या गर्दै बताउन थाले .....
जब रसूल सल्लल्लाहु अलैहि वसल्लमले मदीना प्रस्थान गर्नुभयो ....
अब्दुल्लाह बिन उम्मे मक्तूम र बिलाल बिन रबाहलाई मुसलमानहरूको मुअज्जिन बनाउनुभयो ....
दुबै जना हरेक दिन पाँच चोटि एकेश्वरवादको नारा लगाउन थाले र मानिसहरूलाई पुण्यको काम तिर निम्त्याउन थाले र उन्मुक्तिको कार्यको लागि उदघोषणा गर्न थाले .....
यसै गरी बिलाल अजान दिन्थे र अब्दुल्लाह बिन उम्मे मक्तूम इकामत भन्थे....
कहिलेकाहिँ इब्ने उम्मे मक्तूम अजान दिन्थे भने बिलाल इकामत ...
रमजानको महिनामा ....
यी दुवै मुअज्जिनको अर्कै शान हुन्थ्यो ...
मुसलमानहरू दुइ मध्ये एकको अजानपछि सेहरी खाने गर्दथे र अर्काको अजान पछि रोजा सुरु गर्दथे ....
बिलालले राति बाँकी भएकै समय अजान दिएर मानिसहरूलाई जगाउँथे ...
र इब्ने उम्मे मक्तूम बिहानीको पर्खाइमा हुन्थे र कहिल्यै पनि गलती गर्दैन्थे .....
अब्दुल्लाह बिन उम्मे मक्तूमको मान सम्मान रसूल सल्लल्लाहु अलैहि वसल्लमले यति सम्म गर्नुहुन्थ्यो भने यदि मदीनाबाट बाहिर जानु हुन्थ्यो भने इब्ने उम्मे मक्तूमलाई नायब बनाउनु हुन्थ्यो ....
यो नायब बनाउने क्रम कम्तिमा तेह्र भन्दा बढी पटक भएको थियो ... त्यही मध्ये मक्का विजयकोलागि जानु भएको बेला पनि हो ....
बद्रको युध्द पछि अल्लाह तअलाले आफ्नो नबीमाथि कुर्आन अवतरण गरी यौध्दाहरूको प्रशंसा गर्नु भयो ...र घरमा बस्ने मानिसहरू भन्दा उनको मानलाई बढाउने वर्णन गर्नु भयो ...
यसरी यौध्दाहरूलाई युध्द गर्न साहस होस् र घरमा बस्न नचाहुन् भन्ने उद्देश्यले ....
यो कुराले इब्ने उम्मे मक्तूमको हृदयमा चोट पुर्यायो ....
र यस प्रशंसा र मान प्रतिष्ठाबाट टाढिनु परेकोमा उनलाई पीर पर्यो .... उनले भने ....
हे अल्लाहका रसूल् ....यदि म युध्द गर्न सक्षयम भएको भए अवश्य युध्द गर्ने थिएँ .....
फेरी शुध्द भयभीत विह्वल मनले अल्लाहसित दुआ गर्न थाले ...
अल्लाहले उनका बारेमा र उनीजस्तै अरू अपाङ्हरूको हकमा केही कुर्आन अवतरण गरून् ...
र टुटेको दिलबाट भन्न थाले ...
हे अल्लाह मेरो माफी उतारीदिनु होस् .... हे अल्लाह मेरे माफी उतारीदिनु होस् ....
अल्लाहले पनि छिटे नै उनको मागलाई स्वीकार्नु भयो र उनको दुआ कबुल भयो ....
*****
रसूल् सल्लल्लाहु अलैहि वसल्लमका लिपिकार जैद बिन साबितले भनेका छन् ....
म रसूल् सल्लल्लाहु अलैहि वसल्लमको छेउमा थिएँ .... उहाँमाथि स्थिरता आयो .... उनको जाँघ मेरो जाँघमाथि ढल्यो ... मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमको जाँघ भन्दा कुनै भारी वस्तु थाहा पाएको छैन .... केही छिनमै व्युझ्नु भयो .... उहाँले भन्नु भयो ....
लेख हे जैद ... मैले लेखें
अस्थावानहरू मध्ये घरमै बस्नेहरू र अल्लाहको मार्गमा जिहाद गर्नेहरू समान हुँदैनन् ..... (अन्निसाः९५)
त्यहि समय इब्ने उम्मे मक्तूमले उभिएर भने ...
हे अल्लाहका रसूल .. जसले जिहाद गर्न असमर्थ्य छन् त्यसको के हुन्छ? ...
अहिले उनका कुरा पनि सकेको थिएन कि उहाँ माथि फेरी स्थिरता आयो... उहाँको जाँघ मेरो जाँघमाथि ढल्यो... उसको भार पहिलेकै भार जस्तै महसुस भयो .... फेरी व्युझ्नु भयो .... मलाई भन्नुभयो ...जैद तिमीले लेखेका कुरा फेरी पढ .... मैले पढे ... अस्थावानहरूमध्ये घर बस्ने बराबर हुँद्नन् .....
उहँले भन्नु भयो ... यहाँ बढाउ ...विक्लाङ्क भएकाहरू बाहेक...
अब त्यही छुट दिइने कुरा अवतरित गरियो ... जसको कामना अब्दुल्लाह बिन उम्मे मक्तुमले गरि रहेका थिए ....
यद्यपि अल्लाह ले अब्दुल्लाह बिन उम्मे मक्तूम र उनी जस्तै अरू विक्लाङ्कहरूलाई जिहाद र युध्दबाट माफी दिइ सक्नु भएको थियो.... तापनि उनका उत्साहपूर्ण मनले घर बस्न मान्दैन्थ्यो .... उनले पनि युध्द गर्ने निश्चय नै गरे.....
ठुलो मनले ठुलो काम नगरी कहाँ सन्तोष पाउछ र?....
त्यही दिन देखि उनको चाहना हुन्थ्यो कि कुनै युध्द नछुटोस् ...
रणभूमिमा आफूलागि काम पनि निर्धारित गरेका थिए....
उनी भन्ने गर्दथे...
मलाई दुइ पङ्क्ति बीच ठाडो पार्नु .... र आफ्नो झण्डा मलाई बोक्न लाउनु म त्यसलाई समात्ने हुन्छु ....म नेत्रहीन भाग्न पनि सक्दिँन....
****
हिज्रतको चौधौँ वर्ष ....
उमर बिन खत्ताब रजियल्लाहु अन्हुले फार्सीहरूसित एउटा निर्णायक युध्द गर्न र उनका शासन सखाप पार्न र उनको बोलवाला समाप्त गर्न र मुसलमान सेनाको बाटो खुल्ला पार्न पक्का निर्णय गरे ....
उनले सबै गभर्नरहरूलाई पत्र पठाए ....
तिमीहरू जो व्यक्ति सित हाथियार, घोडा, समान वा राम्रो सल्लाहयोग्य भएको फेला पार्छौ त्यसलाई म नेर पठाउ ...
छिटो छरितो ...हतार हतार ...
मुसलमानहरूको समूह एक पछि अर्को गरी उमर फारूकको अह्वानलाई स्वीकार्दै मदीना पुग्न थाले ...
हरेक कुना काप्चा बाटा... हरेक गण्तव्यबाट ...
त्यही समूह भित्र यो नेत्रहीन यौध्दा अब्दुल्लाह बिन उम्मे मक्तूम पनि थिए .....
उमर फारूकले यस विशाल सेनाप्रति सअद बिन अबु वक्कासलाई सेनापति बनाए .... उनलाई उपदेशहरू दिएर बिदाइ दिए ...
कादसियाको युध्दको दिन....
अब्दुल्लाह बिन उम्मे मक्तुम आफ्नो कवच धारण गरी... सबै शस्त्र ग्रहन गरी आफूलाई मुसलमानको झण्डा समात्नको लागि पेश गरे ....
झण्डा समातेर उसको रक्षा गर्छु कि रक्षा गर्दै वीरगति प्राप्त गर्छु भनेर निश्चय गरे
****
दुवै सेना ....फार्सी सेना र मुसलमान सेनाको ..
तीन दिन सम्म घमासानको युध्द भयो ...
दुवै समूहले यस्तो लडाइ लडेका थिए ...
सायद इतिहासको पानामा यस्तो युध्दको चर्चा नै नभएको हुन सक्छ ....
तेश्रो दिन मुसलमानहरूको स्पष्ट विजयका साथ युध्द समाप्त भयो .....
यस युध्दले गर्दा ततकालीन महान शक्तिशाली एउटा शासन डाँवाडोल भयो ....
एउटा बलिष्ठ सिंहासन ढल्यो .....
र तौहीदको झण्डा बहुदेववादको केन्द्रमा फहराइयो ....
तर यस भारी विजयको मुल्य हजारौँ शहिदहरूको रगत द्वार भुक्तान गरिएको थियो ...
र ती शहीदहरू मध्ये अब्दुल्लाह बिन उम्मे मक्तूम पनि थिए ....
आफ्नै रगतमा लतपत जमिनमा ढलेका थिए ......
तर अहिले सम्म मुसलमानहरूको झण्डा छातीमा टाँसिएकै थियो ....
. अल्लाह उनीसित प्रसन्न होऊन् र उनलाई पनि खुसी बनाउन् .....
(प्रस्तुति: मुहम्मद सुहैल नदवी)
¤¤¤¤¤¤¤
Nice
ReplyDelete