○○○ अब्दुर्रह्मान बिन औफ ○○○
○ रजियल्लाहु अन्हु ○
प्रस्तुतिः मुहम्मद सुहैल नदवी
○○○○○
○ इस्लाममा प्रवेश गर्ने सबैभन्दा शुरुका आठ जना मध्ये एक ...
जीवनमै स्वर्गको खुसखबरी दिइने दस जना मध्ये पनि एक ...
उमर फारुकपछि खलीफा च्यन गरिन गठन भएको सल्लाहकार समितिका छ जना मध्ये एक...
रसूल सल्लल्लाहु अलैहिको जीवनकालमा नै उहाँको उपस्थितिमा ..
मदीनामा धार्मिक प्रश्नहरूको उत्तर दिने जमातका सदस्यहरू मध्ये एक ..
जाहिलियतकालमा अब्द अम्र नामले परिचित ..
तर इस्लाम स्वीकार गरेपछि अल्लाहका रसूल सल्लल्लाहु अलैहि व सल्लमले ...
उनलाई अब्दुर्रह्मानद्वारा सम्बोधन गर्नु भएको थियो ...
हामी उनै अब्दुर्रह्मान बिन औफको चर्चा परिचर्चा गर्दर्छाैं ...
अल्लाह उनीसित प्रसन्न होऊन ...
○○○○○
○ अब्दुर्रह्मान बिन औफ मुसलमान भएका थिए ...
रसूल सल्लल्लाहु अलैहि व सल्लम अहिले दारुल अर्कममा पनि प्रस्थान गर्नु भएको थिएन त्यतिबेला नै..
हज्रत अबु बक्र सिद्दीकले इस्लाम स्वीकार गरेको मात्र दुइ दिन पछि ...
अल्लाहको लागि अग्रिम पङक्तिका मुसलमानहरूले पाएका पीडायातनाहरू...
उनले पनि बेसरी नै पाएका थिए ...
तर उनीहरूले धीरता राखे झैं यिनले पनि धीरता देखाए ..
उनीहरूले सत्यमार्गमा अडीग रहे जस्तै यिनी पनि अडिग रहे ...
उनीहरूले सत्यता अँगाले जस्तै यिनी पनि सत्यको बाटो हिडदै गए ...
आफ्नो धर्मका सुरक्षाको निम्ति हब्शातिर पनि प्रस्थान गरे ..
अरु थुप्रै मुसमानहरूले हब्शामा प्रवासी जीवन बिताउन बाध्य भए जस्तै ...
रसूल सल्लल्लाहु अलैहि व सल्लमले आफ्ना साथीहरूलाई ...
मदीना तिर प्रस्थान गर्न अनुमति दिनु भएको बेला ...
उनी अल्लाह र उहाँका रसूल (स)को लागि घरबार त्याग गर्ने दलमध्ये अग्रिम दलमा पनि थिए ...
मदीनामा मुहाजिर र अन्सारहरूबीच भएको बन्धुत्वको कार्यक्रममा ...
रसूल सल्लल्लाहु अलैहि व सल्लमले ..
उनको र सअद बिन रबीअ् अन्सारीबीच भ्रातःसम्बन्ध कायम गर्नु भएको थियो
सअदले आफ्नो नयाँ इस्लामी मित्र भाइलाई भने ..
हे भाई !! म मदीनामा सबैभन्दा धनी व्यक्ति हुँ ...
मेरा दुइवटा बगैंचा छन् ...
र दुइवटी श्रीमती पनि छन् ...
हेर तिमीलाई जुन बगैंचा मन पर्छ भन..
म त्यस बगैंचालाई तिम्रोलागि त्याग दिन्छु ..
कुन स्वास्नी तिमीलाई मन पर्छ म त्यसलाई तलाक दिएर तिम्रो निकाहमा दिन्छु ..
अब्दुर्रह्मानले आफ्नो अन्सारी भाईलाई उत्तर दिए ...
अल्लाह तआलाले तिम्रो धनसम्पत्ति र घर परिवारमा बरकत दिऊन ...
मलाई मात्र बजारको बाटो देखाइ दिनुहोस् ...
उनलाई उनले बजारको बाटो औल्याइ दिए ..
उनी बजार गएर व्यापार गर्न थाले ...
किन बेच सुरु गरे ...
नाफा कमाउन थाले .. धनार्जन र संरक्षण गर्न थाले ...
केही दिन नबित्दै एउटी आइमाइको महर जति धन जम्मा भयो ..
उनले एउटी आइमाइसंग बिहे गरे ...
र रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा हाजिर हुँदा .
उनको लुगामाथि सुगन्धको चिन्ह देखा प¥यो ...
अहो अब्दुर्रह्मान !
मैले बिहे गरि सकें ... उनले जवाफ दिए ...
आफ्नी पत्नीलाई कति महर दियौ त? ...
उहाँले सोध्नु भयो ...
सुनको एक दाना बराबर ...
उनले भने ..
वलीमा खुवाऊ .. एउटा बाख्राद्वारा नै भए पनि ...
अल्लाहले तिम्रो धनमा बरकत दिऊन् ....
उहाँले आशिर्वाद दिँदै भन्नु भयो ...
अब्दुर्रहमानले भनेका छन्
म तिर संसार यसरी लम्केर आउँदै गयो ...
मैले आफुलाई यस्तो अवस्थामा पनि देखें ..
यदि म कुनै ढुँगालाई उठाउने गर्थे ...
मैले त्यसको मुनि कुनै सुन अथवा चाँदी फेला पर्छ ...
अवश्य आशा राख्दथे ...
○○○○○
○ बद्रको दिन ....
अब्दुर्रह्मान बिन औफले अल्लाहको पथमा साहसपूर्ण लडाइँ लडे ...
अल्लाहको शत्रु उमैर बिन उस्मान बिन कअब तैमीलाई सिध्याए ..
उहुदको युद्धमा ..
जब पाइलाहरू डग्दै थिए उनी अडिग रहे ...
फरार हुनेहरूले भागेको बेला उनी हल्लिएनन् ...
युद्धको समाप्ति पछि उनको शरीरमा बीस भन्दा बढी नै घाउ भएका थिए ...
कुनै कुनै घाउमा मानिसको हात पनि छिर्न सक्थ्यो ....
जिउको साथ अब्दुर्रहमानको युद्ध उनले धनसम्पत्तिद्वारा गरेको ...
युद्धको अनुपातमा थोरै देखा पर्छ ...
एक पटक रसूल सल्लल्लाहु अलैहि व सल्लमले ...
एउटा सैन्य कारवाही गर्न चाहनु भयो ...
उहाँले आफ्ना साथीहरूलाई भन्नु भयो ...
तिमीहरू सहयोग गर म एउटा सैन्य टोली पठाउदैछु ...
अब्दुर्रह्मान बिन औफ तुरन्त घर तिर गए..
छिटो नै फर्किए पनि ...
र उनले भने ..
हे अल्लाहका रसूल ! मसित चार हजार दीनार थियो ...
दुइ हजार मैले आफ्ना पालनकर्तालाई ऋण दिएँ ..
र दूइ हजार बालबच्चाको लागि छाडि दिएँ ...
रसूल सल्लल्लाहु अलैहि व सल्लमले आशीर्वाद दिँदै भन्नु भयो ...
तिमीले दिएको रकममा अल्लाहले बरकत दिऊन् ...
र तिमीले राखेको रकममा पनि अल्लाहले बरकत दिऊन् ...
○○○○○
○ रसूल सल्लल्लाहु अलैहि व सल्लमले जब तबूकमा लडाईं गर्ने निश्चय गर्नु भयो ....
यो लडाइँ उहाँको जीवनको अन्तिम लडाइँ भयो ...
त्यतिबेला मालको पनि खाँचो उस्तै थियो ...
जस्तो ज्यान र मानिसको आवश्यक्ता ..
रोमन सेना अत्याधिक संख्यामा थियो ...
मदीनामा सुख्खायाम परेको थियो ...
बाटो पनि लामो तर साधन र श्रोत कम्ति ...
सवारी पनि थोरै नै ..
मुसलमानका एक समूह आएर उहाँसित ...
सौख र चाखले साथमा लैजाने आग्रह गर्छन् ...
तर उनीहरूलाई फर्काइ दिनु हुन्छ ..
किन भने उनीहरूलाई लिएर जाने साधनको अभाव थियो ...
उनीहरू रुँदै, बिलाप गर्दै फकिन्छन् ...
आँखाबाट अशुको झरि बर्सिन्छ ...
केही खर्च गर्ने सामर्थ्य नभएर ...
तसर्थ उनीहरूको नाम नै "रुन्चे" परेको थियो ...
र यस सेनाका नाम कठिनाइको सेना दिइएको थियो ...
यसै दयनीय अवस्थामा ..
रसूल सल्लल्लाहु अलैहि व सल्लमले आफ्ना साथीहरूलाई ..
अल्लाहको लागि खर्च गर्ने र उहाँसित प्रतिफलको आशा राख्ने...
आज्ञा दिनु भएको थिए ...
मुसलमानहरूपनि आफ्ना ईशदूतको आज्ञापालनतिर लम्के ...
उनी दातृसमूहको अग्रिममा अब्दुर्रह्मान बिन औफ पनि थिए ...
उनले दुइ सय औकिया सुनको दान पेश गरे ...
उमर बिन खत्ताबले रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई सिकायात गर्दै भनेका थिए ...
हे अल्लाहका रसूल ! अब्दुर्रह्मान आफ्नो यस कामद्वारा पापमा पर्न गएको जस्तो ..
मलाई लाग्छ ...
उनले आफ्नो घर परिवारको लागि केही पनि छोडेका रहेनछन् ....
रसूल सल्लल्लाहु अलैहि व सल्लमले अब्दुर्रह्मानलाई सोध्नु हुन्छ ...
हे अब्दुर्रह्मान ! तिमीले आफ्नो घर परिवारका लागि केही राखेको छैनौ र? ...
अँ ... मैले जति खर्च गरेको छु ...
त्यो भन्दा झन असल र उत्कृष्ट परिवारको लागि छाडेको छु ...
उनले जवाफ दिए ...
उहाँले सोध्नु भयो ...
कति? ...
अल्लाह र उहाँका रसूलले धन उप्लब्धि, सम्पत्ति र प्रतिफलको ...
जे पनि वाचा गर्नु भएको छ सबै नि.....
उताबाट उत्तर आयो ....
○○○○○
○ यो सेना तबूकसम्म पुग्यो ...
त्यहाँ अब्दुर्रह्मान बिन औफलाई अल्लाहले यस्तो सम्मान दिनु भयो ...
जो सम्मान कुनै मुसलमानलाई प्रदान गर्नु भएको थिएन ...
नमाजको समय भएको थियो ...
रसूल सल्लल्लाहु अलैहि व सल्लम उपस्थित हुनु हुन्नथ्यो ...
तसर्थ अब्दुर्रह्मान बिन औफले मुसलमानहरूलाई नमाज पढाए ...
पहिले रक्अत समाप्त नभइ रसूल सल्लल्लाहु अलैहि व सल्लम पनि ..
मुक्तदीको पंक्तिमा सामेल हुनु भयो ...
र अब्दुर्रह्मान बिन औफको पछाडी उहाँ नमाज पढ्नु भयो ....
के यो भन्दा पनि कुनै सौभाग्य होला ..
यो भन्दा कुनै अरु सम्मान होला ...
उनी जगतका सरदार को इमाम भएका थिए ...
यद्यपि उहाँ मुहम्मद बिन अब्दुल्लाह (स) सबै सन्देष्टाहरूका इमाम हुनुहुन्थ्यो ...
○○○○○
○ रसूल सल्लल्लाहु अलैहि व सल्लमले अल्लाहको जुनाफमा हाजिर हुनु पश्चात ...
अब्दुर्रह्मान बिन औफ उहाँकी पवित्र पत्निहरू सम्पूर्ण मुसलमानहरूकी आमाको ....
कामकाजको हेरचाह गर्ने गर्दथे ...
उनीहरूका आवश्यक्ताहरूको परिपूति गर्दथे ...
कहिँ बाहिर जानेबेला सेवक बन्थे ...
हज्जको बेला संगै हज्ज गर्न जान्थे ...
उनीहरूको सवारीमाथि पर्दा तान्ने काम गर्दथे ...
उचित र मनपर्ने ठाऊमा विश्राम गराउँथे ...
यो अब्दुर्रहमान बिन औफका विशेषताहरू हुन् ...
र पवित्र आमाहरूको त्यो विश्वास हुन् ...
जसले गर्दा उनलाई गौरव गर्ने अधिकार प्राप्त भएको थियो ...
○○○○○
○ साधारण मुसलमान र उम्महातु मुमिनीनहरूमाथि उनको उपकार...
यति अत्यधिक हुन पुग्यो ..
उनले आफ्नो एउटा जग्गा चालीस हजार दिनारमा बेचेर ..
उसबाट प्राप्त सबै धनराशी...
रसूल सल्लल्लाहु अलैहि व सल्लमका मावली बनी जुह्रा ...
र उम्महातु मूमिनीन, गरिब मुसलमान र मुहजिरहरूमा बाडि दिएका थिए ...
हज्रत आइशा रजियल्लाहु अन्हाको भाग उनलाई प्राप्त हुँदा ..
उनले सोधिन्
“यो रकम कसले पठाएको हो? ””...
अब्दुर्रह्मान बिन औफले पठाएको हो””...
जवाफ सुने पछि उनले भनिन् ...
रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको थियो ...
म पश्चात् तिमीहरूमाथि मात्र धीरता राख्नेहरूले नै दया देखाउँछन् ...
○○○○○
○ रसूल सल्लल्लाहु अलैहि व सल्लमको आशीर्वाद ...
अब्दुर्रह्मान बिन औफको लागि एउटा छत्रछाया सरह नै ...
उनको जीवनको अन्तिम स्वाससम्म बृद्धि र बरकतको रुपमा रह्यो ..
उनी सहाबाहरूमध्ये सबै भन्दा धनाढ्य र पुँजीपति हुन पुगे ...
उनको व्यापार दिनानुदिन बृद्धि र उन्नतिको चरममा पुग्दै गयो ...
उनका व्यापारिक समूहहरू मदीना गमनागमनमा हुने गर्थे ...
ती व्यपारिक यात्राहरूद्वारा मदीनावासीको लागि ...
गहुँ, पीठो, घ्यु, तेल, लत्तकपडा, भाँडोबर्तन, सुगन्ध अत्तर ..
खाँचो पर्ने सबै सामग्री पु¥याउने गर्दथे ...
साथै मदीनाबासीले उत्पादन गर्ने वस्तुहरू अरु भुभागसम्म ..
पु¥याने गर्दथे ...
○○○○○
○ एक दिनको कुरा हो ...
अब्दुर्रह्मान बिन औफको व्यापारिक समूह ...
आफ्नो यात्रा पुरा गरे पछि मदीना फर्केका थिए ...
त्यस समूह अन्तरगत साथ सय भारवाहक जनावरहरू थिए ..
अँ ... सात सय भारवाहक ..
तिनीहरूमाथि खानेकुरा, सरसामान र दैनिक आवश्यक्ताका सबै सामग्रीहरू ...
बोकिएका थिए ...
मदीनामा प्रवेश हुँदा ..
भूइँ काम्न थालियो ...
होहल्ला भयो .. खलबली मच्चियो ...
हज्रत आइशा रजि. ले सोधिन् ...
यो कस्ता होहल्ला भइ रहेको छ? ...
कसैले भन्यो ...
अब्दुर्रह्मान बिन औफको व्यापारिक समूह फर्केको अरे ....
सात सय भारवाहक जनावरहरूले ...
गहुँ पीठो र खानेकुरा बोकेका छन् ...
हज्रत आइशाले भनिन् ...
अल्लाह तआलाले अब्दुर्रह्मानलाई दिनु भएका ...
सांसारिक उन्नतीमा अझै बरकत देऊन् ...
अन्तिम दिनको प्रतिफल यो भन्दा पनि अत्याधिक हुन्छ ...
मैले रसूल सल्लल्लाहु अलैहि व सल्लमद्वारा सुनेको छु ...
उहाँले भन्नु भएको छ ..
अब्दुर्रह्मान बिन औफ स्वर्गमा घस्रिएर प्रवेश गर्नेछन् ....
○○○○○
○ अहिले ऊँटहरू आफ्ना स्थानमा बसेका पनि थिएनन् ..
एउटा सन्देशीले अब्दुर्रहमान बिन औफलाई ...
मुसलमानकी आमाको यो कुरा पु¥याइ दियो ...
उनलाई स्वर्गमा प्रवेश हुने सुसमाचार सुनायो ...
यो शुभ समाचार उनको कर्णस्पर्श हुने वित्तिकै ..
उनी दगुर्दै हज्रत आइशाको सामु उपस्थित भए ...
हतार हतार सोध्न थाले ...
हे आमा ! के तपाईले यो कुरा रसूल सल्लल्लाहु अलैहि व सल्लमद्वारा सुन्नु भएको थियो ...
उनले भनिन् . अँ अवश्य नै ...
उनको खुशीको केही सीमा नै बाँकी नरह्यो ...
उनले भने ...
यदि मेरो सामथ्र्य हुन्छ भने सकभर म उभिएर प्रवेश गर्ने प्रयत्न गर्छु ...
हे माते ! म तपाईलाई साक्षी बनाएर ...
यो सबै ऊँटहरू, तिनीहरूमाथि बोकिएका भारहरू र जिनकाठी लत्ताकपडा ...
सबै अल्लाहको बाटोमा दान दिँए ...
.○○○○○
○ त्यो उज्जवल शुभ्र दिनदेखि ...
अब्दुर्रह्मान बिन औफले स्वर्गमा प्रवेश गरिने ...
शुभ समाचार प्राप्त गरेका थिए ...
धन सम्पत्ति खर्च गर्ने र दान दिने क्रम बढ्दै गयो
उनी दुवै हातद्वारा दायावाँया खर्चने गर्दथे ...
लुकाएर पनि र देखाएर पनि ...
उनले चालीस हजार चाँदीको दिर्हम खर्च गरे ...
त्यस पछि चालीस हजार सुनका दिनार पनि ...
अनि दुइ सय औकिया सुन पनि दान गरे ...
अल्लाहको पथमा युद्ध गर्ने सेनानीहरूमध्ये ...
पाँच सयलाई घोडा किनेर दिए ..
यस्तै अर्का सेनानीहरूलाई पन्द्रह सय ऊँट दानबखस गरे ...
उनको मृत्युकाल नजिक हुँदा ..
उनले आफ्नो अधिनमा रहेका ठुलो सङख्यामा दासदासिनी मुक्त गरे ...
बद्रको युद्धमा सामेल भएका व्यक्तिहरूको लागि ..
प्रत्येक व्यक्ति चारसय दिनार सुन प्रदान गर्ने वसियत गरे ...
उनको वसियतनामाको आधारमा उनीहरू सबैलाई यो धन हस्तान्तरण गरियो ..
त्यस बेला उनीहरू एक सय जना बाँकी थिए ...
मुसलमानकी पवित्र आमाहरूमध्ये हरेकलाई ठुलो रकम दिइने वसियत गरे ...
हज्रत आइशा उनकोलागि धेरै नै दुआ गर्ने गर्थिन् र भन्ने गर्थिन्....
हे अल्लाह ! उसलाई सल्सबीलको पानी खुवाउनु ...
यति होइन ... आफ्ना उत्तराधिकारी र घरपरिवारको लागि पनि ...
अत्यधिक धनसम्पत्ति छोडेका थिए ...
जसको गणना गर्न सकिँदैन ...
उनीहरूकोलागि उनले एक हजार ऊँट, एक सय घोडा, तीन हजार बाख्रा ...
छोडेका थिए ...
उनकी चारवटा पत्निहरू थिइन् ...
उनको मरनोपरान्त यिनीहरूले प्राप्त गरेकी आठौं भाग बापत ...
हरेकले असी हजार प्राप्त गरेकी थिइन् ...
यति सुन चाँदी उनले वारिसहरूकोलागि बाँकी थियो ...
उनीहरूमा विभाजनको क्रममा बन्चरोले काटेर दिनु परेको थियो ...
बन्चरो चलाउने मानिसहरूको हात पनि प्रभावित भएका थिए ...
यो सबै बृद्धि र उन्नति मात्र ...
रसूल सल्लल्लाहु अलैहि व सल्लमले दिनु भएको ...
उनको धनसम्पत्तिमा बरकतको दुआको कारणले गर्दा नै भयो ...
○○○○○
○ यति धनाढ्य व्यक्ति, यसत असङख्य धनसम्पत्तिले पनि ..
अब्दुर्रह्मान बिन औफको मनलाई परिवर्तित गर्न सफल भएन ...
उनलाई सत्कर्मबाट फेर्न सकेन ...
यदि कसैले उनलाई उनका दासहरूमध्ये देख्थ्यो ...
को स्वामी हो र को दास ? पत्ता लागउन सक्दैन्थ्यो ....
एक दिन केही खानेकुरा अगाडीमा पस्किएका थिए ...
उनले एक दृष्टि खानेकुरामाथि हाले ..
अनि भन्न थाले ...
मुस्अब बिन उमैर मारिए ..
उनी म भन्दा सर्वाेत्तम थिए ..
हामीले उनलाई कात्रो ओडाउन यस्तो लुगा पाएको थियौं ...
सिर छोप्दा खुट्टा उघ्रन्थ्यो ...
र खुट्टा छोप्दा सिर खुल्ला हुन्थ्यो ...
फेरी अल्लाहले हाम्रो लागि संसारिक आनन्द खुल्ला पार्नु भयो ..
मलाई डर लाग्छ ... हाम्रो प्रतिफल यसैलोकमा त दिइएको छैन ...
अनि यसरी रुन थाले कि ...
खाना खान पनि सकेनन् ...
अब्दुर्रह्मान बिन औफलाई बधाई छ ...
उनलाई परम सत्य मुहम्मद बिन अब्दुल्लाह (स) ले स्वर्गको समाचार सुनाउनु भएको थियो ...
उनको पार्थिव शरीरलाई रसूल सल्लल्लाहु अलैहि व सल्लका मामा ...
सअद बिन अबी वक्कासले उठाएका थिए ...
र जनाजाको नमाज जिन्नूरैन उस्मान बिन अफ्फानले पढाएका थिए ...
अमीरुल मूमिनी अली बिन अबी तालिब मलामीमा हिडेका थिए ...
त्यतिखेर उनी भन्दै थिए ...
हे अब्दुर्रह्मान ! तिमीले जीवनको मूल तत्वलाई प्राप्त गर्याै ...
र कम्सल भागलाई हटाउन सफल भयौ ...
अल्लाहले तिमीमाथि दया गरून् ....
समाप्त
प्रस्तुतिः मुहम्मद सुहैल नदवी
○○○○○
No comments:
Post a Comment