Saturday, June 27, 2020

सुरह अल फातिहा



सुहैल अन्सारी
सुरह फातिहा
कुर्आनको प्रथम सूरत
विषयवस्तु नेपाली शैलीमा
(अनुष्टुप छन्दमा)
सुरू अल्लाह को नाम् ले
थालनीको यही विधि ।
उही ईश्वर् जगत्का हुन्
दयालु करुणानिधि ।।
प्रशंसा सब अल्लाह् को
ऊ मात्र महिमामय ।
पालनकर्ता उ प्राणीका
दयावान् करुणामय ।।
उपस्थिति मरे पश्चात्
हुन्छ उन्कै जुनाफमा ।
अन्तिम् दिन्का उही स्वामी
आत्मनिर्भर् निसाफमा ।।
हे हाम्रा प्राणका मालिक्
गर्छौं तिम्रै उपासना ।
मद्दत तिम्रै नि चाहन्छौं
तिम्रै गरेर वन्दना ।।

देखाउनु तपाईँ नै
तपाईं तर्फको दिशा ।
उनमुक्तिको सिधा बाटो
दिन झैं उज्जवल् निशा ।।
उपकार् तिम्रो भएको छ
जुन सत्यवान् जमातमा ।।
हिडोस् हाम्रो त्यही बाटो
कृतज्ञवान आतमा ।।
चलाउन्नौ तिनै पथ्मा
जस्को बाटो गुमाइयो ।
आदेश नाघिएकोले
जो अभागी सरापियो ।।
आमीन
सुहैल अन्सारी भाेक्राहा सुनसरी