○●○अदी बिन हातिम ताई○●○
■□■ रजियल्लाहु अन्हु ■□■
•••••{प्रस्तुति: मुहम्मद सुहैल नदवी}•••••
○○○○○○
○ हिज्रतको नवौं वर्ष .....
अरबका शासकहरूमध्ये एउटा शासकले...
इस्लाम धर्मको साथ गर्दै आएको गहन शत्रुतालाई छाडेर उसित मितेरी सम्बन्ध गाँस्न पहल गरे ...
घृणा, प्रतिकार र सङ्ग्रामको लामो इतिहासलाई छोडेर ईमान र आस्थाको बाटोमा हिड्न साध्य भए....
रसूल सल्लल्लाहु अलैहि वसल्लमसित राखेको पराङमुखलाई त्यागेर उहाँको अधीनता र बफादारीमा प्रवेश गर्न स्वीकार गरे ...
त्यो शासक हुन् ....
इतिहासमा प्रसिद्ध र आफ्नो दानधर्म द्वारा परिचित प्रख्यात महादानी....
हातिम ताई.... का छोरा....
अदी बिन हातिम ताई.....
रजियल्लाहु अन्हु
*****
○ अदी आफ्नो बुवाका उत्तराधिकारी थिए ...
तसर्थ उनको देहान्त पछि तय समुदायले उनलाई आफ्नो राजा बनाए ...
आफ्नो आयश्रोतहरूद्वारा आर्जेका मालमा एक चौथाइ दिने निश्चय गरे ...
र उनका अधीनस्थ हुन स्वीकार गरे ...
तर जब रसूल सल्लल्लाहु अलैहि वसल्लमले सत्यता र मार्गदर्शनको निमन्त्रणा दिन थाल्नु भयो ...
अरबका समुदायहरू एक पछि अर्को उहाँको निम्त्याइ स्वीकार्दै उनका शरणमा आउँन थाले ...
अदीले रसूल सल्लल्लाहु अलैहि वसल्लमको शासन सामु आफ्नो शासन ढल्छ जस्तो साेचे ....
उहाँको नेतृत्वद्वारा आफ्नो नेतृत्व समाप्त हुने डर माने ....
तसर्थ उनी रसूल सल्लल्लाहु अलैहि वसल्लमसित बेसरी बैरभाव बढाउन थाले...
उहाँसित परिचित नहुँदै ...
उहाँसित दुस्मनीको आगो सल्काउन थाले ...
उहाँलाई नदेख्दै....
यसरी इस्लामको साथ उनको शत्रुता गाँसेको बीस वर्ष वित्यो....
त्यस पछि अल्लाहको कृपाले उनको दिल पनि सत्यता र मार्गदर्शिताप्रति आकर्षित हुन पुग्यो ....
*****
○ अदी बिन हातिमको मुसलमानहुने कथा नबिर्सन सक्ने किसिमको छ ....
उनलाई आफै यो कथा सुनाउन अवसर दिऔँ....
यो उनकै अधिकार महसुस भइरहेकाे छ ...
उनलाई नै यसको वर्णन गर्नु सुहाउँछ हाेला ...
अदीले भनेका छन् ...
जब मैले रसूल् सल्लल्लाहु अलैहिको बारेमा खबर पाएँ ......
त्यति बेला अरबमा कुनै पनि व्यक्ति म भन्दा बढी उहाँसित घृणा गर्ने सायद थिएन होला...
म वास्तवमा एउटा सज्जन मान्छे थिएँ ...
इसाई धर्म मान्ने व्यक्ति ...
आफ्नो जातिद्वारा चौथाइका भागेदार पनि ...
उनले आर्जन गरेका धनमा एक चौथाइ भाग म लिने गर्दथें ...
अरबका अरू शासकहरूकै नियमानुसार ...
मैले रसूल् सल्लल्लाहु अलैहि वसल्लमको बारेमा सुने पछि उहाँसित घृणा गर्न थालें ....
उहाँको विषय विस्तार हुँदै गयो ...
उहाँको बोलवाला बढदै गयो ...
उहाँको दल र सेनाहरू पूर्व पश्चिम दिशामा डुल्न थाले...
अरबको भूमिलाई आफ्नो अधीनस्थ पार्दै सबै समुदायलाई पराजित गर्दै .....
त्यो बेला मैले आफ्नो एउटा सेवकलाई जो मेरा ऊँटहरूको रेखदेख गर्थ्यो भनेँ ....
हेर, तिमी मेरालागि एउटा स्वस्थ्य र तीव्रगतिले हिडन सक्ने ऊँट तयार पारेर राख्नु र त्यसलाई मेरो नजिकै बाँध्ने गर्नु ....
यदि तिमीले मुहम्मदका सेना वा उनकाे कुनै दल हाम्रो भूमि तिर आएकाे देखा परेको छ भनेकाे सुन्याै भने ... मलाई तुरन्त खबर देऊ....
केही दिनमा नै एक बिहान मेरो दास म नेर आयो र भन्यो ....
स्वामी .... मुहम्मदका अश्वरोहीहरू तपाईँको भूमितिर आउँदा तपाईँले जे गर्न खोज्नु भएको छ त्यो अब गरि हाल्नुस् ...
मैले सोधेँ ... किन? के भयो र ? ...
उसले जवाफ दियो ....
मैले केही झण्डाहरू हाम्रो भूमिमा पसेका देखेकाे छु ....
मैले उनको बारेमा सोध्दा मुहम्मदका सेनाको झण्डा हो भन्ने पत्ता लागेको छ ....
मैले भने ....
मेरो त्यही ऊँट छिटो तयार गर जसकोलागि मैले भनेको थिएँ... र त्यसलाई म नेर पुर्याउ...
म त्यसै घरि उभें ... आफ्ना सबै घरपरिवारलाई भेला पारी ... आफ्नो प्रिय भूमिबाट प्रस्थान गरें ....
म हतार हतार शामको मुलुक तिर जान खोज्दै थिएँ ....
त्यहाँ आफ्नो धर्मावलम्बी इसाईहरूसित भेट्ने र उनीहरूसँगै बस्ने चाहना बोकेर ....
हतारमा निस्कनु परेको हुँदा मैले आफ्नो सम्पूर्ण परिवारको निरीक्षण र खोजतलास गर्न भ्याइएको थिइनँ ....
खतराको ठाउँबाट टाढिए पछि मैले परिवारका सबै सदस्यलाई खोज्न थालें ....
त्यतिखेर मैले आफ्नी बहिनी र उनका साथ तय समुदायका केही मानिसहरूलाई त नज्दमा आफ्नो गाउँ तिरनै छाडेर आएको कुरा थाहा पाएँ ...
कठै अब त फर्किने उपाय पनि थिएन ....
तसर्थ साथमा भएका परिवार र साथीहरूलाई लिएर मात्र शाम सम्म पुग्यौँ .....
त्यहाँ आफ्नो धर्मावलम्बीहरूबीच बास बस्यौं ....
तर यता मेरी बहिनीलाई त्यही परिणाम भोग्नु पर्यो जो मैले संका गर्दै थिएँ ...
मलाई त्यसैको डर लागि रहेको थियो....
******
○ मलाई शाममा समाचार प्राप्त भयो....
मुहम्मदका सेनाले हाम्रो गाउँघर तिर आक्रमण गरेछन् ....
हाम्रो समुदायका बाँकी भएका सबैजनालाई बन्दी बनाएछन् ...
तिनीहरूका साथ मेरी बहिनीलाई पनि बन्दी बनाएर लागेकाछन् अरे ...... जस्ता समाचारहरु .....
मैले सुने बमोजिम त्यहाँ सबै बन्दीसहित मेरी बहिनीलाई पनि मस्जिदको ढोका निकटै एउटा हाता भित्र राखियो ....
रसूल सल्लल्लाह अलैहि वसल्लम उताबाट जाँदा उनले उभिएर भनिन् ....
हे अल्लाहका रसूल ..... बुवा वित्नु भयो ....
रेखदेख गर्नेवाला गायब भयो ....
ममाथि कृपा गर्नुहाेस् अल्लाहले तपाईंमाथि कृपा गर्नु हुनेछ ....
उहाँले सोध्नु भयो .....
तिम्रो रेखदेख गर्नेवाला को हो र ?....
उनले जवाफ दिइन् ...
हातिमको छोरा अदी....
उहाँले भन्नु भयो ...
ओहो , त्यो अल्लाह र रसूलबाट फिरार भएको मान्छे?......
रसूल सल्लल्लाहु अलैहि वसल्लम त्यहाँबाट फर्कनु भयो उसलाई त्यस्तै छाेडेर......
अर्को दिन पनि उहाँ उताबाट जाँदा उनले हिजै जस्तै कुरा गरिन् ....
उहाँले पनि हिजाे कै जस्ताे जवाफ दिनु भयो ....
तेश्रो दिन उहाँको गमन हुँदा उनी त निरास भइ सकेकी थिइन् तसर्थ केही नभनी मौन बसिन् ....
उहाँको पछाडी भएका एक व्यक्तिले उनलाई उभिने र उजुरी गर्ने इसारा गर्यो ...
तसर्थ उनले उभिएर भनिन् ....
हे अल्लाहका रसूल ...
बुवा वित्नु भयो ...
र रेखदेख गर्नेवाला गायब भयो ...
ममाथि कृपा गर्नुहाेस् अल्लाह तपाईंमाथि कृपा गर्नु हुनेछ ...
उहाँले भन्नुभयो
मैले गरी सकें ....
उसले भनिन् ...
म शाममा आफ्नो परिवारमा जान चाहदैछु ....
उहाँले भन्नु भयो ....
तर निस्कन हतार नगर ....
आफ्नै जातिका कुनै भरोसा योग्य मानिस नपाउन्जेल सम्म ...
जसले तिमीलाई शामसम्म पुर्याइ दिन्छ .....
यदि कुनै भरोसायोग्य मानिस फेला पर्यो भने मलाई भन्नु.....
रसूल सल्लल्लाहु अलैहि वसल्लम त्यहाँबाट फर्किँदा उसले त्यो मानिसको बारेमा सेधिन् जसले उनलाई कुरा गर्न इसारा गरेको थियो ....
उत्तर पाइयो.....
ती अबु तालिबका छोरा अली रजियल्लाहु अन्हु हुन् ....
केही दिन सम्म त्यहीँ बसिन् ...
फेरी एउटा यात्री समूह मदीना आयो त्यस मध्ये केही भरोसायोग्य मानिसहरू पनि थिए ....
ऊ रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर आइ पुगिन् र विनती गरिन् ...
हे अल्लाहका रसूल ... मेरै समुदायका एक समूह आएको छ त्यस मध्ये भरोसायोग्य र मलाई पुर्याउन सक्ने मानिसहरू छन् ....
रसूल सल्लल्लाहु अलैहि वसल्लमले उसलाई लुगाकपडा दिनु भयो ....
सवारीको लागि एउटा ऊँट र बाटो खर्चकोलागि केही सामल दिनु भयो ....
त्याे समूहसँगै ऊ पनि हिडिन् ....
अदीले भनेका छन् ....
फेरी हामी उनको खबरको खोजी गर्दै बस्यौँ ...
उनको आगमनको प्रतिक्षा गर्यौं .....
हामीले देखाएका प्रतिकारको सट्टा उनका साथ मुहम्मदको व्यवहार र उपकारको खबरलाई सत्य मान्न हामीलाई गाह्रो भइ रहेको थियो.....
अल्लाह कसम..... एक दिन म त्यस्तै आफ्नो परिवारको बीच बसेको थिएँ ...
मैले एउटी आइमाइलाई ऊँटको काठीमा बसी हामी तिर आउँदै देखें ....
मैले मनमनै भनें...
हातिमको छोरी हुन् क्या हाे?
नजिक पुग्दा उनी नै रहेछिन् ....
जब म उनको नजिक उभिएँ ...
उनले छुट्दै भन्न थालिन् ..
निष्ठुरी ..... अत्याचारी....
आफ्ना बच्चा र स्वास्नीलाई लिएर फिरार भयौ र बुवाको सन्तान र इज्ज्तलाई छोड्यौ ?.....
मैले भनें .... बहिनी भद्र कुरा भन्ने गर ...
म उसलाई राजी पार्न प्रयास गर्न थालेँ ....
अन्ततः उनी खुसी भइन् ...
मलाई आफ्नो सम्पूर्ण कथा सुनाइन् ....
यो कथा त्यस्तै थियो जो मैले अघि सुनी सकेको थिएँ ....
मै उनै सित परामर्श गरें ...
उनी एउटा बुद्धिमानी महिला थिइन् ....
यो मान्छे (रसूल सल्लल्लाहु अलैहि वसल्लम) को विषयमा तिम्रो के विचार छ? ....
उनले जवाफ दिइन् ....
अल्लाह कसम ... मेरो विचारमा तपाईं उहाँनेर छिटै जानुस् ....
यदि उहाँ इश्दूत हुनु भएको भए, छिटै पुग्नेको मान मर्यादा बेग्लै हुन्छ .....
यदि शासक र राजा भएको भए तपाईँको केही अपमान हुँदैन ... तपाईं पनि त तपाईँ नै हुनु हुन्छ ....
******
○ अदीले भनेका छन् ....
मैले यात्राको लागि सवारी र सामल तयार पारें ....
त्यहाँबाट हिडेर रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर मदीना पुगें ....
शरण खोजे विना नै ...
कुनै करारपत्र नलेखी ....
किन भने मैले सुनेका थिएँ उहाँले भन्नु भएको छ ....
अल्लाहले अदीको हात मेरो हातमा दिनुहुन्छ मलाई आशा छ ....
म उहाँको समक्ष हाजिर भएँ ....
त्यतिखेर उहाँ मस्जिदमा हुनुहुन्थ्यो .... मैले सलाम गरें
उहाँले सोध्नु भयो ...
तिमी को र?
मैले भने ... हातिमको छोरा अदी.....
उहाँ उभिनु भयो र मेरो हात समातेर आफ्नो घर तिर लग्नु भयो ....
अल्लाह कसम उहाँ मलाई लिएर घर जाँदै हुनुहुन्थ्यो ....
बाटेमा एउटा दुर्बल बुढिया भेटिइन् ...
उनको साथ एउटा सानो बालक पनि थियो .....
उनी उहाँसित आफ्नो एउटा खाँचोबारे कुरा गर्न थालिन् .....
उहाँ उनका खाँचो परिपूर्ति सम्म उनकै साथ उभिइ रह्नु भयो ...
म पनि सँगै उभिएकाे थिएँ ......
मैले मनमनै भनें...
अल्लाह कसम .... यो राजा वा शासक अवश्य हाेइनन् ..... ....
फेरि मेरो हात समाएर हिड्नु भयो ....
हामी उहाँको घरभित्र प्रवेश गर्यौँ ....
उहाँले छालाको एउटा सिरानी खजुरको पातले भरिएको मलाई दिनु भयो र भन्नु भयो .....
यस माथि बस्नु....
मलाई लाज लाग्यो ... मैले भनें ...
बरू तपाईं नै बस्नुहाेस् ....
उहाँले भन्नु भयो
तिमी नै बस... मैले अज्ञापालन गर्दै त्यसमा बस्न भ्याएँ ...
रसूल सल्लल्लाहु अलैहि वसल्लम भूँइमा नै बस्नु भयो...
अरू ओछ्याउने कुनै वस्तु घरभित्र नभएर ...
मैले मनमनै भनें ..
यो त कुनै राजा जस्तो व्यवहार अवश्य हाेइन ...
मतिर फर्केर उहाँले सोध्नु भयो ....
हे अदी ...तिमी इसाई र साविइ धर्मबीच रूकूसीधर्म मान्ने व्यक्ति थिएनौ?
मैले भने ... हजुर..
उहाँले भन्नु भयो ...
के तिमी आफ्नो समुदायको चौथाइ आम्दानी लिँदैन्थ्यौ...
तर त्यो उसूली तिम्रै धर्ममा पनि वर्जित थिएन ?
मैले भने .... अवश्य ...
यसरी मलाई विश्वास भयो उहाँ ईश्वरद्वारा पठाइएका सन्देशवाहक नै हुनु हुन्छ .....
फेरि भन्न थाल्नु भयो ....
हे अदी .... सायद तिमीले यस धर्मलाई स्वीकार नगर्ने कारण यो मात्र रहेको छ कि तिमीले मुसलमानहरूलाई गरिब र निर्धन देखी रहेका छौ ....
अल्लाह कसम.... केही दिनमा नै धन सम्पत्ति उनीहरूमा बग्ने छ र तिमी देख्ने छाै कि .... त्यस धनलाई लिन मान्ने व्यक्ति तिमीले पाउने छैनाै.....
हे अदी ...... सायद तिमीलाई यस धर्मलाई मान्ने निधोमा यो कुरा बाधा बनेकोछ भने मुसलमानहरू अल्पसङ्ख्यक छन् र उनका शत्रुहरू बहुसङ्ख्यक....
अल्लाह कसम नजिकै तिमी सुन्छौ ...
एकली आइमाइले आफ्नो ऊँट चढी कादसियाबाट यो घर (काबा) सम्म को यात्र गर्नेछ र बाटोमा अल्लाह बाहेक कसैको भय नहाेला .....
सायद तिमीलाई यस धर्मलाई अँगाल्न यो कुराले छेकी रहेको छ कि तिमी देख्दैछौ राजा महाराजा सबै गैरमुसलमान हुन् ....
अल्लाह कसम तिमी केही दिनमा सुन्ने छाै कि ...
बाबुलका सेता महलहरू उनीहरूले विजय गरेका छन् र किस्रा बिन हुर्मुजका ढुकुटी उनकाे भयाे अरे भनेर .....
मैले भने .... किस्रा बिन हुर्मुजको ढुकुटी?....
उहाँले भन्नु भयो ...अँ ... किस्रा बिन हुर्मुजको....
अदीले भनेका छन् ...
त्यो बेला मैले पनि सत्यताको साक्षी बन्न कबुल गरेँ र इस्लाम स्वीकारें ...
******
○ अदी बिन हातिमले लामो उमेर पाए ...
उनी भन्ने गर्दथे...
दुइवटा कुराको पुष्टि भइसक्यो ... तेश्रो बाँकी छ ...
त्यो पनि अवश्य नै पुरा हुनेछ ....
मैले देखें ...एउटी आइमाइ कादसियाबाट आफ्नो ऊँटमाथि यात्रा गर्छिन् र बाटामा कुनै भय हुँदैन र मक्का सम्म पुग्ने गर्छिन् ....
म त्यस सेनाको अग्रिम दलमा थिएं जसले किस्राको ढुकुटीमाथि आक्रमण गरेका थिए ...
म अल्लाहको सौगन्ध खाँदैछु तेश्रो पनि अवश् नै पुरा हुनेछ .....
*******
○ अल्लाहको आज्ञाले उहाँका सन्देशवाहकको तेश्रो कथन पनि पुरा भयो ....
उमवी खलीफा उपासक र निरपेक्ष व्यक्ति, उमर बिन अब्दुल अजीजको पालामा.....
मुसलमानहरू भित्र यति धन सम्पत्ति बग्न थाल्यो ....
एउटा मान्छे कराउँदै हिड्थ्यो ...
कोही गरिब अस्सहाय छ भने जकातको माल लेऊ,......
तर कसैले लिन मान्दैन्थ्यो .....
रसूल सल्लल्लाहु अलैहि वसल्लमले सत्य भन्नु भएको थियो .....
अदी बिन हातिम पनि आफ्नो कसममा स्तयवान थिए ....
अल्लाह उनीसित प्रसन्न हाेऊन् ...
(प्रस्तुति: मुहम्मद सुहैल नदवी )
¤¤¤¤¤¤¤¤¤
No comments:
Post a Comment