कादयानियतः इस्लाम र मुहम्मदी सन्देश विरूद्ध एक विद्रोह
लेखकः मौलाना सैयिद अबुल हसन अली नदवी (रह)
अनुवादः मुहम्मद सुहैल नदवी
म यस लेखमा एउटा यस्ताे विषयमाथि कुरा गर्न गइ रहेकाे छु जाे विश्वभरि रहेका हरेक मुसलमानकाे ध्यानकाे केन्द्र बन्ने योग्य छ । किन भने याे विषय इस्लामकाे माैलिक आस्थासंग बाँधिएकाे छ । यदि यस सन्दर्भमा ढिलासुस्तिकाे व्यवहार अपनाइयाे भने भविष्यमा सम्पूर्ण इस्लामी जगत र इस्लामी व्यवस्थाकाे लागि एउटा खतरापूर्ण समस्या बन्न सक्छ त्यति बेला यसकाे समाधान खाेज्न सहज र सरल न होला ।
हालकाे समयमा केही यस्ता घटनाहरू घटेका छन् जसले गर्दा कादयानी समस्याप्रति पढेलेखेका मानिसहरूकाे ध्यानकार्षण भएकाे देखिन्छ र कादयानी समस्या जसलाई मानिसहरू बिर्सदै गइ रहेका थिए पुनः महत्वकाे केन्द्र बन्न पुगेको छ । कयौं पढालेखा मानिसहरूले अचम्मित भएर के कादयानी समस्या मुस्लिम समुदायको काे ध्यानकाे केन्द्र बन्न पर्ने गरि महत्त्वपूर्ण बनी सकेको हो र भनेर सोध्छन ? हजुर ! याे समस्या आफनाे गम्भीरताकाे हिसाबले त्यति महत्वपूर्ण अवश्य नै बनी सकेकाे छ ।
मुस्लिम बुद्धिजिवीहरूले याे समस्या प्रति गम्भीर हुनु स्वभाविकै देखिन्छ । किन भने मुसलमानकाे अस्तित्व र उनकाे भविष्यकाे लागि याे एउटा दुःखद समस्या हाे । धेरै जसाेलाई यसकाे जटिलताकाे बाेध छैन , मुस्लिम समाजसंग यसकाे विशेष सम्बन्धबारे ज्ञान पनि छैन । याे विभेद कुनै जमाती भिन्नता, क्रुरविचार अथवा धार्मिक पक्षपातकाे कुराे नभई विशुद्ध इस्लामी जरूरत र मुसलमानकाे जीवनपद्धतिसंग गाँसिएकाे रहेछ ।
आउनु होस् । यसलाई हामी ऐतिहासिक र शास्त्रीय तथ्यकाे आधारमा हेराैँ ।
ऐतिहासिक र शास्त्रीय सबुत अनुसार याे कुरा प्रमाणित भइ सकेकाे छ कि कादयानियत वा कादयानिज्म, अँग्रेज साम्राज्यकाे काेखबाट जन्मेकाे हाे । उन्नाइसाैं शताबदीकाे प्रथम चाैथाइमा भारतमा प्रख्यात तथा प्रसिद्ध मुजाहिद सैयद अहमद शहीद (१२४६ हि.) ले अँग्रेजहरू विरूद्ध जिहादकाे जुन अभियान थालेका थिए त्यसकाे फलस्वरूप मुसलमानहरूमा जिहाद र बलिदानकाे आगाे सल्कन सुरू भएकाे थियाे, उनीहरूकाे मनमा इस्लामी अभिमानता , साहस र जाेस उत्पन्न भएकाे थियाे र उनीहरू हजारौँकाे सङ्ख्यामा उनकाे झण्डा मुनि जम्मा भएका थिए । तिनिहरूकाे क्रियाकलाप अँग्रेज साम्राज्यकाे लागि जोखिमपूर्ण बन्न पुग्याे । सूडानमा शैख अहमद सूडानीले जिहाद र मेह्दवियतकाे घाेषणा गरे जसले गर्दा त्यहाँ अँग्रेजकाे शासन हल्लिन पुग्याे । उनीहरूलाई थाहा थियाे यदि याे आगाे यसरी नै सल्किदै जाने भयाे भने पछि कसैद्वारा यसलाइ नियन्त्रणमा ल्याउन सम्भव हुने छैन । उता इजिप्टमा पनि सैयद जमालुद्दीन अफ्गानीकाे इस्लामिक एकताकाे आहवानलाई मुस्लिम वर्गमा स्वीकार्य हुने र बढदै जाने अवस्था देखियो । उनीहरूलाई यी सबै खतराकाे अभास भयाे । किनभने उनीहरूले मुसलमानकाे स्वभाव र विचारधारामा विशेष अध्ययन गरेका थिए, उनीहरूलाई राम्ररी ज्ञान थियाे कि मुसलमानकाे स्वभाव धार्मिक हुन्छ, धर्मद्वारा नै उनीहरूलाई उत्तेजित गर्न सकिन्छ र धर्मकै नाम लिएर उनीहरूलाई शिथिल पार्न सकिन्छ । मुसलमानहरूकाे धार्मिक मानसिक्ता र भावनामाथि नियन्त्रण गरी मात्र मुसलमानहरूमाथि नियन्त्रण गर्न सकिन्छ । उनीहरूकाे स्वभावमा परिवर्तण ल्याउन धर्म भन्दा अरूकुनै वस्तु विशेष सुहाउने हुँदैन । याे मन्साय बाेकेर अँग्रेज साम्राज्यले मुसलमानहरू मध्ये एक जनालाई विशेष धार्मिक उपनामद्वारा उत्पत्ति गर्ने निर्णय गरे यसकाे उद्देश्य थियाे, मुसलमानहरू आस्थाकाे नामद्वारा त्यस व्यक्तिकाे वरिपरि जम्मा हाेउन र त्याे व्यक्तिले तिनीहरूलाई राज्यकाे वफादारी निमित्त यस्ताे पाठ पढाओस् जसले गर्दा तिनीहरूप्रति साम्राज्यलाई कुनै खतरा महसुस नहाेस् ।
क्रमशः

Great sir
ReplyDeleteGreat sir
ReplyDeleteसराहनीय कार्य गर्नु भएकोले अल्लाह जजाए खैर प्रदान गरोस्
ReplyDeleteहाम्रो नेपाली समाज लाई कादयानीयत को बारेमा जागरूक गराउँनु भएको मा धेरै धेरै धन्यवाद हजुरलाई
ReplyDeleteनेपाली समाजलाई कादयानी अथवा अहमदी अभियान बाट सचेत गराउनु जरुरी देखिन्छ यिनीहरु मुसलमान नभए पनि आफूलाई मुसलमान भन्दै सोझा सीथा मुसलमानको आस्थामा आघात पुर्याउदैछन तसर्थ यिनका छल लाई प्रस्ट्याउनु अत्यन्त आवश्यक देखिन्छ
Delete