Tuesday, December 29, 2020

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - १०

 ●○●हलिमा सअदिया ●○●

●○●रसूल सल्लल्लाहु अलैहि वसल्लमकी धाइआमा●○●

□■□ रजियल्लाहु अन्हा □■□

••••• {प्रस्तुति: मुहम्मद सुहैल नदवी}••••• 

________________________________________

○○○○○

○ एउटी दृढ र बलियो महिला .... सम्पूर्ण मुसलमानहरूलाई मनपर्ने....... सबै अस्थावानकालागि प्रिय.....

उनकै पवित्र स्तनबाट भाग्यवान् बच्चा मुहम्मद बिन अब्दुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम)ले दूध खानु भएको थियो .....

उनकै मायालु छातीमाथि उहाँ सुत्नु भएको थियो ....

उनकै स्नेहले भरिपूर्ण काखमा उहाँको पालनपोषण भएको थियो ...

उनकै शुद्ध भाषा र उनकै समुदाय बनु सअदको चोखो भाषा बोली सिक्दै उहाँ  हुर्कनु भएको थियो ....

यसरी उहाँ शुद्ध बेली बोल्नेहरू मध्ये सबै भन्दा शुद्ध बोल्ने हुनु भयो ....

सबै भन्दा चोखाे कुरा गर्नु हुने बन्न पुग्नु भयाे...

उनी हुन् महान महिला हलीमा सअदिया... रसूल सल्लल्लाहु अलैहि वसल्लमकी धाइआमा .....

******

○ यो पावन‍‍‍‍‍ बच्चा......

जसले सन्सारलाई निष्ठा र दयाको साैगात दियाे....

सत्यता र मार्गदर्शनले भूमिलाई परिपूर्ण बनायाे .....

उच्चाचरण र महानताको पाठ पढायाे ......

उहाँलाई हलीमा सअदियाले दुध खवाएको कहानी पनि अचम्मकाे छ .... 

त्यो कहानी हलीमा सअदियाले नै आफ्नो सफा शुद्ध र अकर्षिक शैलीमा वर्णन गरेकी छिन् र मनमोहक र मनोहर भाकामा सुनाएकी छन् ....

आउनूस् हामी पनि सुनौँ ...

रसूल सल्लल्लाहु अलैहि वसल्लमको बाल्यकालको कथा रोचक नै रहेकाे छ ...

*******

○ हलीमा सअदियाले भनेकी छन् ....

म आफ्नो गाउँघरबाट निस्कें ... 

साथमा मेरा पति र एउटा सानो नानी पनि थियाे ....

मक्कामा नवजात शिशुलाई खोज्नको निम्ति ...

हामीसँगै बनु सअदकी धेरै महिलाहरू पनि थिइन्.... 

म जस्तै उद्देश्य बोकेर ...

यो वर्ष सुख्खा परेको र  वर्षा नभएको साल थियो ....

खेतीपाति सुकी सकेकाे थियाे ...

थुन पनि रिक्त भएका थिए ... 

हामीले दुई छाक टार्नको लागि केही नबांचे झैं ....

हामीसित दुइवटा सुखा दुर्बल जनावर थिए ... 

एक थोपा दूध नदिने ....

एउटामाथि म र मेरो नानी सवार भयौँ र अर्कामा मेरा पति ....

उनको ऊँट झन बुढाे र कमजोर थियो ...

हाम्रो बच्चा रात भरि भोकले कराइ रहेकाेले एक छिन पनि आँखा झप्क्याउन सकेनाै  हामीले  ...

उसले चाहेको कुरा मेरो छातीमा नपाएर ....

हाम्रो उँटनीको थुनमा पनि खानेकुरा नपुगेर ....

हाम्रो ऊँटको दुर्बलता र कमजोरीका कारण बाटो काट्दा पनि ढिलै हुन्थ्यो ....

हाम्रा सँगीसाथी हामीदेखि दिक्काए ...

हाम्रो साथमा यात्रागर्न वाक्क मान्न थाले ....

हामी मक्का पुग्दा सबैले आफ्नोलागि शिशुहरू खोजी सकेछन् ... 

म यस्तो फन्दामा परेँ जो मैले सोचेकै थिइनँ....

सबै आइमाई समक्ष सानो नानी मुहम्मद बिन अब्दुल्लाहलाई पेश गरिएको थियो ....

तर ... अनाथ भएको कारण कसैले स्वीकार्न मान्दैन्थ्यो ....

हामी भन्ने गर्दथ्याैँ ....

बुवा नभएको शिशुकी आमाले हामीलाई के दिन सक्छिन् र ? ....

उसको बाजेले हामी सित कस्तो उपकार गर्लान र ?...

******

○ दुइ दिन बालक खोज्न बसेँ ....

सबै साथी सँगिनीहरूले शिशु फेला पारिन् ...

मलाई कुनै बच्चा हात पर्न सकेन ...

फर्कने समय पनि भयो ...

मैले आफ्नो पतिलाई भनेँ ...

मलाई रित्तै आफ्नो गाउँघर फर्कन मन मान्दैन ...

म आफ्नो परिवारमा खाली काख कसरी जाउँला ...

मेरी सबै सन्गिनीले एक एक शिशु पाइसकेकी छन् ...

म कुनै शिशु नलिइकन रित्तै फर्कुँ त?...

अल्ल्ह कसम .... म त्यही अनाथतिर गएर उसैलाई लि राख्छु ? ...

मेरो पतिले भने ...

ठीकै छ ... त्यसैलाई ल्याउ ... सायद अल्लाहले उसैद्वारा हामीलाई उपकार गरियोस् ...

म उसकी आमा नेर पुगें र त्यही अनाथ शिशुलाई लिएँ ....

अल्लाह कसम .... मैले कुनै बच्चा पनि नपाएकोले मात्र उसलाई लिन मानेकी थिएँ ...

*******

○ त्यो शिशुलाई लिएर म आफ्नो बासस्थान पुगेँ.... 

मैले उसलाई आफ्नो काखमा राखेँ ... 

उसको मुखमा आफ्नो स्तन खुवाएँ ..... 

अचम्म भयो .... 

मेरो स्तन सुक्ने अवस्थामा पुगीसका थिए ... 

तर अल्लाहको कृपाले उसको मुखमा त दूध चुहिन थालियो ... 

नानीले पिउन थाले र पिएर अघायो पनि ...

 उसको भाइ अथवा मेरो नानीले पिउन थाल्यो ... 

उ पनि अघायो .... त्यस पछि दुबै नानीहरू सुते ....

म र मेरो पति पनि उनकै छेउमा सुत्नको लागि औछ्यानमा पर्यौ ....

यो भन्दा पहिले त्यही नानीका कारण हामी सुत्नपनि नपाउने थियौँ  ....

मेरा पतिको दृष्टि हाम्रो दुवै बुढी दुबली ऊँट तिर पर्न गयो ...

उनले दुवैको थुन त दूधले भरिपूर्ण रहेछन् देखे ...

अचम्मित भएर उठे उनी ...

आँखाले देख्ता पनि एकीन भइरहेको थिएन ...

फेरी दूध दुहेर ल्याए र आफै पिउन थाले ...

फेरी दुहेर मलाई पनि दिए...

मैले पनि पिउन थाले ... पिउँदा म पनि टन्न अघाएँ ...

त्यो रात राम्ररी वित्यो ....

बिहान भोर भए पछि मेरा पति भन्न थाले ....

हलीमे ... तिमीलाई थाहा छ तिमीले त अत्यन्त पावन भाग्यवान् बच्चा पो फेला पारेकीछ्यौ....

मैले जवाफ दिएँ ...

त्यस्तै छ .. मलाई पनि भविष्यमा धेरै अनन्नदको आभास भई रहेको छ....

******

○ त्यस पछि हामी मक्काबाट हिँड्यौँ  .... 

म आफ्नै बुढी उँटमा चढें र उहाँलाई सँगै बसाइयो ...

अब ती बुढी ऊँट त चलाख भइ सकेकी थिइन् ...

सबैको सवारी भन्दा तीव्र गतिमा हिड्ने ...

सबैलाई पछाडी नै छाड्ने जस्तो ...

कुनै पनि सवारी उसलाई पछ्याउन सक्दैन्थ्यो ...

मेरी सँगिनीहरू भन्न थालिन् ...

हे अबु जुऐबकी छोरी .... अलिक विस्तारै ...

यो तिम्रो त्यही बुढी पातली ऊँट छैन र ? .... जुन ऊँटमा तिमी अएकी थियौ ?...

मैले जवाफ दिन्थें ..

किन नहुने ... अल्लाह कसम त्यही हो ....

उनीहरू भन्ने गर्थिन् ...

तर आज उकको अर्कै सान देख्दैछौँ ....

******

○ उहाँलाई लिएर हामी आफ्नो गाउँघर बनु सअद तिर आइ पुग्यौँ ...

त्यति बेला भूमिभरिमा सायद कुनै भुभाग होला....

जो हाम्रो खेती जग्गा भन्दा बढी सुख्खा परेको .. पानी नपरेको र घासफुस र हरियाली नभएको मैले देखेकी होला ...

तर हाम्रा बाख्राहरू प्रतिदिन बिहान त्यही भूमिमा चर्न जान्थिन् र बेलुका फर्केर आउँथिन् ....

अल्लाहको कृपाले हामी दुध दुह्ने गर्थ्यौं  ... दूध सके जति खान्थ्यौँ  ...

र हामी बाहेक कसैले आफ्नो बाख्राको एक थोपा दूध पनि दुह्न सक्दैन्थ्यो ....

हाम्रा गाउँलेहरू आफ्ना गोठालाहरूलाई भन्थे ...

खै ... तिमीहरू आफ्ना बाख्रा त्यही ठाउँमा किन लैजादैनौ जुन ठाउँमा अबु जुऐबकी छोरीको गेठालाेले आफ्ना बाख्राहरू चराउने गर्छ ? ...

उनीहरू आफ्ना बाख्रा हाम्रै बाख्राको पछि पछि लान्थे  ... 

तापनि उनका बाख्राहरू भोकै हुन्थे ... एक थोपा दूध दिन सक्थेनन् ...

यसरी हामी अल्लाहको कृपा र उहाँका उपकारहरू पाउँदै थियाैँ यसरी  दूध खान पाइने दुइ वर्ष मज्जाले बिते ....

उहाँको दूध छुट्यो ....

यो दुइ वर्ष भित्र उहाँको बढ्ने र हुर्किने अवस्था उहाँकाे उमेरका बच्चाहरू भन्दा भिन्नै थियो ....

दुइ वर्ष काट्दा उहाँ स्वस्थ्य मजबुत र शक्तिशाली किशाेर जस्तो भइ सक्नु भएकाे थियाे ....

******

○ अब हामी उहाँलाई लिएर उहाँकी आमा नेर पुग्यौँ ...

तर हामी उहाँलाई आफू सँगै राख्ने इच्छुक थियौँ ...

साथैमा राख्ने लालसा थियो ...

किनभने उहाँको बरकत र सौभाग्य हामीले देख्दै थियौँ ...

उहाँकी आमासित भेट्दा मैले उहाँलाई भरोसा दिलाएँ....

मैले भनें ...

आफ्नाे नानीलाई हामीसँगै छाेडि दिनुहाेस् ...

त्याे अझै हुर्किन्छ र स्वस्थ्य बन्नेछ ...

मलाई उप्रति माक्काको राेगहरूको डर लागी रहेछ ...

यसरी उनलाई आग्रह गर्दै भरोसा दिँदै हामीसँगै राख्न राजी गर्यौं  ....

र उहाँलाई लिएर खुसी खुसी आफ्नो गाउँ तिर फर्क्यौँ ....

******

○ उहाँलाई लिएर फर्केको केही महिना मात्र बितेका थिए ...

एक दिन यस्तो घट्ना घट्यो ...

जसले हामीलाई भयभीत बनायो ...

हामी विचल्लित भयौँ  ...

हाम्रो सुख शान्ति भङ्ग भयो ....

एक दिन आफ्नो भाइसँगै केही बाख्रा लिएर निस्किनु भएकाे थियाे ... दुवै बालक ती बाख्राहरू घरको पछाडि नै चराउने गर्दथे ...

केही छिनमा नै उहाँको भाइ दगुर्दै आयो ... र भन्यो ...

त्यो हाम्रो कुरैशी भाइलाई हेर्नुस् ...

उसलाई सेतो लुगा लगाएका दुइ जनाले समातेका छन्  ... 

उसलाई जमिनमा सुताइ राखेका छन्  ...

र उसकाे पेट चिरेका छन्  ....

म र मेरा पति बालक भएतिर हतार हतार गयौं  ....

उहाँलाई काम्नु हुँदै अनुहारको रङ्ग उडेको पायौं  ...

मेरा पतिले उहाँलाई अँगाल्नु भयाे र मैले पनि छातिमा टाँसेँ ....

मैले सोधें ...

बाबुलाई के भयो र ? ...

उहाँले उत्तर दिनु भयो ...

दुइ जना मानिस आए .... सेतो लुगा लाएका... मलाई जमिनमा सुताए ... मेरो पेट चिरे र त्यसमा केही खोज्दै थिए मलाई थाहा छैन त्यो के थियो .... फेरी मलाई छोडेर गए....

हामी बाबुलाई लिएर भयभीत अवस्थामा घर फर्क्यौं  ...

आफ्नो झुपडीमा पुग्दा मेरा पतिले आश्रु भरिएका आँखाले मतिर हेर्दै भन्नुभयाे...

यो भाग्यशाली बच्चालाई कुनै यस्तो पीर पर्न सक्छ जाे हामीद्वारा निवारण नहुन सक्ने मलाई डर लाग्दैछ ... तसर्थ यसलाई यसकै परिवारलाई सुम्पिदेऊ.... उनीहरूले नै यसको उत्तम ख्याल राख्न सक्छन् ...

बालकलाई लिएर हामी मक्का पुग्यौँ  ....

उहाँकी आमाको घर गयौँ  ....

उसकी आमाले हामीलाई आएको देख्दा ....

आफ्नो छोराको अनुहारमा राम्ररी हेरिन् .. फेरी भन्न थालिन् ....

हलीमा तिमी मुहम्मदलाई लिएर किन आएकी हाै  ? 

तिमी त उसलाई सँगै राख्न अति उत्सुक थियाै ...

आफूकहाँ नै बसाउने प्रवल इच्छा व्यक्त गरेकी थियाै .....

मैले भनें ...

यसको हाडकाड मजबुत भइ सकेका छन्...

हेर्नुस कस्तो किशोर भइ सक्यो त ?

मैले गर्नु पर्ने काम मैले पुरा गरी सकें ...

मलाई समय संजोगको भय लाग्यो ...

तसर्थ मैले तपाईँलाई बुझाइ दिने नै उचित ठानें ....

उनले भनिन् ....

अहँ .... तिमी मलाई सत्य कुरा भन ....

बच्चा फर्काउने यी कारणहरू हुनै सक्दैनन्...

जे तिमी भन्दैछ्यौ ....

यसरी बारम्बार मलाई सोध्न थालिन्... दबाव दिन थालिन् ... विवश भएर मैले सबै घट्ना सविस्तार भनि दिएं ...

उनी शान्त भइन् र भनिन् ...

हलीमा... तिमीलाई ऊ प्रति शैतानको डर लाग्यो क्यारे?

मैले भने ... अवश्य...

उनले जवाफ दिइन् ...

कदापि हुँदैन ....अल्लाह कसम उसमाथि शैतानको केही जोर चल्दैन...

मेरो छोराको अर्कै सान छ ....

उसको केही खास कुरा भनुँ ?

मैले भनेँ ... अवश्यनै...

उनले भनिन् ....

जुन बेला गर्भमा थियो ... मैले देखे मेरो भित्रबाट एउटा प्रकाश निस्केको छ जसले शामको भूमिमा भएका बुस्राका ठुलठुला महलहरूलाई उज्जवल पारेको छ ....

जन्मेको बेला मैले देखेँ ... ऊ आफ्नो दुवै हाथ जमिनमा राखेर जन्मेको छ र मुहार आकाशतिर फर्काएको छ ...

फेरी भनिन् ... ठीक छ ... यसलाई यहीँ छाेड्देउ ... र शान्त मनले घर फर्की जाउ....

अल्लाहले तिमीलाई मेरो र उसको तर्फबाट राम्रो बदला देऊन् ....

म र मेरा पति त्यहाँबाट दुखित मनका साथ ... उसको साथ छुटेका कारण छिद्र मुटुका साथ फक्यौँ ....

हाम्रो बच्चा पनि हामी भन्दा कम्ति दुखित थिएन...

उसकाे सँगिपनि छुटेकाे..थियाे..

*******

○ अतः हलीमा सअदियाले धेरै लामो उमेर पाइन् ...अत्यन्त बुढेसकाल सम्म बाँचिन् ......

अनि त्यही अनाथ बालक  जसलाई उनले दूख खुवाएकी थिइन्....

त्यो बालक आज सम्पूर्ण अरबका अगुवा भइसकेको थियाे ...

मानवताको मार्गदर्शक र मनुकुलका सन्देशवाहक बनी सकेको थियाे.... देख्न भ्याइन् .....

उनी उहाँमाथि इमान कबुल गरेर र उहाँमाथि ओर्लिएको पवित्र किताबमाथि आस्था राखेर उहाँका समक्ष हाजिर भइन् ....

उनलाई देख्ने बित्तिकै उहाँको मन खुसीले गदगद भयो....

जोरले भन्न थाल्नु भयो ...

मेरी आमा ... मेरी आमा....

आफ्नो च्यादर जिउबाट उतारेर तल बिछाउनु भयो उनलाई त्यसमाथि बसाउनु भयो... र जति मान सम्मान हुन सक्थ्यो सबै उहाँले गर्नुभयो ...

उहाँका साथीका आँखा दुवै आमा छोरालाई खुसीले ... सौखले र सम्मानले दृष्टिगत गर्दै थिए ....

*******

○ अल्लाहले सुख शान्ति देऊन् वफादार कर्तव्यनिष्ठ मुहम्मदको लागि....

महान अचारणका स्वामीकोलागि ....

साथै अल्लाहले आफ्नो प्रसन्नता बकस गरून हलीमा सअदियालाई.....

महान इश्दूत सल्लल्लाहु अलैहि वसल्लमको धाइआमालाई .....

{प्रस्तुतिः मुहम्मद सुहैल नदवी}

¤¤¤¤¤¤¤¤¤¤

Sunday, December 20, 2020

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को-९

 ●○● इक्रिमा बिन अबु जह्ल ●○●

 □■□ रजियल्लाहु अन्हु □■□

•••••{ प्रस्तुति: मुहम्मद सुहैल नदवी }•••••

______________________________

○○○○○

○ मक्कामा सत्यता र पथदर्शनको निमन्त्रणासहित जगतदयालु इश्दूतको आगमन भएको बेला.....

 उनी आफ्नो उमेरको तेश्रो दशकलाई पार गर्दै थिए  ....

कुरैश समुदायमा मान सम्मानमा हैसियतवाला, सम्पत्तिमा धनाढ्य  ,  खान्दान चैं  ख्याति र स्वयं सज्जन पुरूषमा उनको गणना गरिन्थ्यो ....

यदि उनका बुवा नभएको भए उनी पनि सायद छिटै इस्लाम सकार्ने अवसर पाउँथे होला ..... 

उनका दाँतुरहरू र उनकै समान अर्का प्रख्यात परिवारका सदस्यहरू....   

सअद बिन अबु वक्कास र मुस्अब बिन उमैर जस्ता साथीहरू मुसलमान भइ सकेका थिए ....

बुवाको कारण उनी मुसलमान हुन सकेन भने उनको बुवा को हुन् त? ....

उनका बुवा भनेको मक्काका सबैभन्दा ठुला क्रुर र अत्याचारी व्यक्ति .... शिर्कका दिग्गज नेता.... पीडा यातनाको  अग्रणी..... 

जसको क्रुरताद्वारा अल्लाहले इमानबालाहरूको परीक्षण गर्नु भएमा उनीहरू अडीग रहे.... 

जसको षड्यन्त्रद्वार अस्थावानहरूको जाँच लिनु भएकोमा उनीहरूले आफुलाई सत्यवान  प्रमाणित गरे....

त्यो हुन्  अबुजह्ल.... र यति भने नै  पुग्छ ....

अबु जह्ल नै उनका बुवा थिए ....

उनी अबु जह्लको छोरा इक्रिमा... थर भनेको मख्जूमी....

कुरैशका केही उच्च पराक्रमी मध्ये एक..... 

उनका एउटा प्रख्यात शूरवीर सेनानी .......

*****

○ इक्रिमा बिन अबु जह्लले... आफनो बुवाको अगुवाइमा हुने प्रशासनद्वारा प्रेरित भएर आफूलाई मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको विरोधि पक्षमा नै पाए ... 

तसर्थ उनले रसूल सल्लल्लाहु अलैहि वसल्लमसित अतिरिक्त दुस्मनी गरे ... 

उनका साथीहरूलाई साह्रै उत्पीडन दिए.... 

र इस्लाम र मुसलमानहरूलाई यस्तो पीडित बनाए जसले उनका बुवाको मुटुमा शान्ति पुग्थ्यो ...

 उनका बुवाले जुन बेला बद्रको युध्दको अगुवाइ गरेका थिए ... 

र लात र उज्जा भन्ने देवताका कसम खाएर  मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाइ पराजित नपारी मक्का नफर्कने निधो गरेर .... 

बद्रको मैदानमा उत्रिए र त्यहाँ तीन दिन सम्म उँट काट्दै मदिरा पिउँदै र  नाँचगान हेर्दै बिताए ....

अबु जह्लले यस युध्दको अगुवाइ गर्दा इक्रिमा उनका दायाँ हात थिए ... भरोसायोग्य ... विश्वासिलो...

तर लात र उज्जाले अबु जह्लको कुरा सुनेनन् ... 

दुवैले सुन्ने शक्ति नराख्ने भएकाले ...

उनका केही सहायता पनि गरेनन् ... 

किन भने ऊ त आफैं विवश थिए ... कमजोर निस्सहाय ....

तसर्थ अबु जह्लको मृत शरीर बद्रको मैदानमा नै ढल्यो .... 

उनको छोरा इक्रिमाले बुवालाई ढलेको आफ्नै अँखाबाट हेरे ...

 कसरी मुसलमानका भाला उनका बुवाको रगत बगाउँदै थियो देखे ....

उनले आफ्नै कानबाट बुवाको ओठबाट निस्केको अन्तिम पुकार सुनेका थिए....

****

○ इक्रिमा मक्का फर्के तर आफ्नो बुवा कुरैशका प्रधानको शवलाई बद्रमै छाडेर .... 

पराजित भएर शवलाई उठाउन र मक्का लगेर माटेमा पुर्ने अवसर पनि पाएनन् ... 

रणभूमिबाट फिरार भएकाले उनलाई मुसलमानका लागि नै छोड्न बाध्य भएर... 

मुसलमानहरूले पनि उसलाई अरू कुरैशका मृतकहरूको साथै एउटा खाल्डोमा मिल्काएर बालुवाले पुरिए ....

*****

○ त्यो दिन देखि इक्रिमाको इस्लाम सित अर्कै बाझाबाझ भयो ....

पहिले त बुवाको इखको कारण शत्रुता गाँसिएका थिए .....

अब उनले बुवाको प्रतिशोधको निम्ती  बैरभाव बढाउन थाले ....

यहाँ देखि अब इक्रिमा र उनी जस्तै एउटा समूह जसको बुवाहरू पनि बद्रमा मारिएका थिए .... 

मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को विरुध्द मुश्रिकहरूको छाती भित्र शत्रुताको भाव रोप्न थाले ... 

र शेकाकुल परिवारहरूको दिलमा प्रतिशोधको अग्नि सल्काउन थाले... 

फलस्वरूप उहुदको युध्द घटित भयो ....

*****

○ इक्रिमा बिन अबु जह्ल उहुद तिर गए .... 

साथै आफ्नो पत्नि उम्मे हकीमलाई लगे .... 

बद्रको घटनाका करण भएका शोकाकुल परिवारकी महिलाहरूको साथ सेनाको पछाडी बस्नको निम्ति.... 

कुरैशलाई युध्द गर्ने साहस बढाउँन डम्फु बजाउँदै... युध्द गान गाउँदै .... 

कसैले फिरार हुन खोज्दा सेनाहरूको मुख फर्काउँदै ....

*****

○ कुरैशले दायाँ तिरको सेनामाथि खालिद बिन वलीदलाई पृतनापति बनाए र इक्रिमा बिन अबु जह्ललाइ बायाँ तिरको ....

दुवै मुश्रिक सेनानीले त्यो दिन राम्रो कृतिमान खडा गरे ... 

आफ्नो योजनाबध्द लडाइद्वारा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथीहरू विरूध्द कुरैशको पक्षलाई उत्तीर्ण बनाए .... 

यसरी मुश्रिकहरूलाई ठुलो विजय प्राप्त भयो ... 

र अबु सुफ्यानलाई यो भन्न भ्याए ...

आज बद्रको बदला हो .....

*****

○ खन्दकको लडाइमा ...

मुश्रिकहरूले लामो समय सम्म मदीनाको घेराबन्दी गरेका थिए ... 

तसर्थ इक्रिमा बिन अबु जह्लको धैर्यता र सहनशक्ति समाप्त भयो ... 

मात्र घेरा गरेकै भएकाले उनी आत्तिए ..... 

खन्दकमा एउटा साङ्गुरो ठाउँ हेर्दा त्यहाँ आफ्नो घोडालाई कुदाए ... 

उनकै पछाडी केही अरू साहसीले पनि घोडा कुदाउने हिम्मत गरे तर ......

अम्र बिन अब्द बुद्दको मरण बाहेक केही नाफा नलिइ फिरार हुन बाध्य भए ....

******

○ मक्का विजयको दिन ....

कुरैशले राम्ररी एकीन गरी सके ....

अज मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथीहरूको प्रतिकार गर्ने अवसर रहेनछ .... 

तसर्थ मक्काको बाटो खालि गर्न बाध्य भए .... 

यो निर्णय यसकारण पनि सहजसित लिइएको थियो ... 

उनीहरूले थाहा पाए कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो सेनानीहरूलाई हुकुम दिनु भएको छ .... 

जसले प्रतिकार गर्छ त्यो सित मुठभेर मात्र गर्ने .... 

युध्द नगर्नेलाई नमार्ने ....

*****

○ तर इक्रिमा बिन अबु जह्ल र केही अरू व्यक्तिहरू कुरैशको यस सामुहिक निर्णयलाई सकारेनन् .... 

उनीहरूले यस महान सेनाको प्रतिकार गर्न खोजे .... 

खालिद बिन वलीदले यौटा सानो झडपमा उनीहरूलाई पराजित गरे ... 

केही मारिए र केहीले फिरार भएर ज्यान बचाउन उचित ठाने .... 

त्यही फिरार हुने मध्ये इक्रिमा बिन अबु जह्ल पनि थिए .....

******

○ अब इक्रिमाको होस उड्यो ...

मक्का मुसलमानहरूको अधिनमा पुगरे त्यहाँबाट निस्कनु पर्ने भयो ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले कुरैशका सम्पूर्ण गलतीलाई माफी दिए ...

तर केही मानिसहरूको नाम लिएर उनीहरूलाई छुट्याएर ..... 

उनीहरूलाई मार्ने अदेश दिनु भयो ... 

यदि काबाको पर्दा मनतिर पाइए तापनि......

*****

○ यिनी छुट्याइएका मानिसहरू मध्ये इक्रिमा बिन अबु जह्ल पनि थिए .... 

त्यसैले उनी लुकिछिपि मक्काबाट निस्के र यमनतिर लागे ....

 किन भने उनले त्यही आश्रय पाउन सक्थे मात्र  ....

******

○ त्यही बेला इक्रिमा बिन अबु जह्लकी पत्नि उम्मे हकीम, हिन्द बिन्त उत्बा रसूल सल्लल्लाहु अलैहि वसल्लमको बसाइ तिर गइन्.... 

सँगै दस अरू महिला पनि थिइन् ... 

सबैले रसूल सल्लल्लाहु अलैहि वसल्लमसित ब्यअत गर्न चाहदै थिइन् .... 

उहाँको समक्ष हाजिर भइन् .... 

त्यति बेला उहाँको नजिक उहाँकी पत्नि मध्ये दुइ जना र उहाँकी छेरी फातिमा र अब्दुल मूत्तलिब परिवारकी केही महिलाहरू पनि उपस्थित थिइन् .... 

त्यहाँ हिन्दले नै कुरा थलानी गरिन् ... 

उनी मुख छोपीकी थिइन् ... उनले भनिन् ...

हे अल्लाहका सन्देशवाहक .... सम्पूर्ण प्रशंसा अल्लाह कै लागि हुन् जसले आफुले रोज्नु भएको धर्मलाई विजय पार्नु भयो .... 

म तपाईँ सित बिनती गर्दैछु कि तपाईँको साथ नाता भएको कारण मसित राम्रो व्यवहार गर्नु होला... 

मैले तपाईँमाथि अस्था राखेर तपाईँको सत्यताको साक्षी बसीसकेकी महिला बनेकी छु  ....

त्यस पछि आफ्नो मुख खोलेर भनिन्...

हे अल्लाहका रसूल ... म उत्बाकी छोरी हिन्द हुँ ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो ....

तिमीलाई स्वागत छ ....

उनले भनिन् ....

अल्लाह कसम ...... हे अल्लाहका रसूल .... 

यस भूमिमा भएका सबै घर मध्ये सब भन्दा अपमानजनक तपाईँको घरलाई ठान्दै थिएँ .... तर....... 

 आज सम्पूर्ण भूमिमा भएका घरहरू मध्ये तपाईँको घर मेरो दृष्टिमा मलाई प्रिय र सम्मानजनक महसुस भइ रहकोछ ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो

यो भन्दा पनि अधिक ...

त्यस पछि इक्रिमा बिन अबुजह्लकी पत्नि उम्मे हकीम पनि उभेर मुसलमान भइन् ... र भनिन् ....

हे अल्लाहका रसूल .... इक्रिमा तपाईँबाट भागेर यमन गएको छ .... 

तपाईँ उसलाई मार्नु हुन्छ भने भयभीत भएर ... 

उसको ज्यान बकस दिनुस् अल्लाह तपाईंमाथि शान्ति गरियोस् ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो ....

ऊ सुरक्षित हुनेछ .... 

यो सुन्न वित्तिकै ऊ उनलाई खोज्न हिडिन्... 

उनका साथ एउटा रोमन दास पनि थियो ... 

केही बाटो काटी सके पछि उनका दासले उनीसित सहवास गर्न खोज्यो .... 

उनले उसलाई आशा दिँदै टालमटोल गर्दै एउटा अरबको गाउँ नेर पुगिन् .....

र उनीहरूलाई आफ्नो विपता सुनाइ सहयोग मागिन् ... 

तसर्थ उनीहरूको सहयोगमा त्यो दासलाई बाँधेर त्यहीँ छाडिन्....

ऊ आफ्नो बाटो एकलै हिड्दै गइन्..... 

र इक्रिमालाई  समुद्र तटमा भेटिन् .... 

तिहामाको इलाकामा ... 

त्यहाँ उनी एउटा मुसलमान मल्लाहसित समुद्रपारि पुर्याउन कुराकानी गर्दै थिए ... 

त्यो मल्लाह भन्दै थियो ...

आफूलाई छुटकारा दिलाऊ .. म तिमीलाई पारि पुर्याइ दिन्छु ...

इक्रिमाले सोधे ...

म कसरी छुट्कारा दिलाउँछु र ?

उसले भन्यो ...

तिमी भन .... 

म स्वीकार गर्छु अल्लाह बाहेक अरूकोही उपास्य छैन र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका सन्देशवाहक हुनुहुन्छ ....

इक्रिमाले भने ....

म त्यही कुराबाट त फिरार भएको हुँ ....

यसरी दुवै जना कुरा गर्दैथिए ... 

त्यहाँ उम्मे हकीम पनि आइ पुगिन् .... उनले भनिन् ....

हे काकाका छोरा .... म तपाईँ नेर सर्वश्रेष्ठ व्यक्ति नजिकबाट आएकी छु .... 

उहाँ सबैभन्दा कर्तव्यनिष्ठ र भलादमी हुनु हुन्छ ....

म मुहम्मद बिन अब्दुल्लाहको निकटबाट आएकी छु ....

मैले तपाईँकोलागि शान्ति र प्राणरक्षाको विनति गरेँ ... 

उहाँले तपाईँको प्राण बक्सिस गर्नु भएको छ ... 

आफूलाई बरबाद नपार....

उनले सोधे ....

के तिमीले स्वयँ कुरा गरेकीछ्यौ ? 

उनले जवाफ दिइन् .... 

हजुर ... मैले नै कुरा गरेर तपाईँको प्राणरक्षा माँगेकीछु ....

यसरी निरन्तर उनलाई शान्त गर्दै उनका मुटुलाई भरोसा दिँदै फिर्ता ल्याउन राजी गरिन् ... 

र दुवै जना त्याहाँबाट फर्कन लागे ...

उनले पतिलाई आफ्नो रोमन दाससित घटेका घटनालाई पनि अवगत गराइन् ... 

त्यो गाउँबाट जाँदा उनले मुसलमान नभएकै भए उसलाई ज्यान मारिए ....

दुवै जना अहिले बाटोमै थिए ... 

एक ठाउँमा बास बसेका थिए ... 

इक्रिमाले आफ्नो पत्नि सित सम्भोग गर्न खोजे .....

उनले कडाइसाथ मनाही गर्दिइन् ... भनिन् ...

म मुसलमान भइ सकेकी छु र तपाई अहिले सम्म मुश्रिक नै छौ.....

उनलाई धेरै आश्चर्य लाग्यो ....उनले भने ...

जुन कुरा एकान्तमा पनि हाम्रो सहवास बीच बाधा बनेको छ त्यो वास्तवमा महान कुरा महसुस भइ रहेछ ....

जब इक्रिमा मक्का नेर पुगे ... 

रसूल सल्लल्ल्हु अलैहि वसल्लमले आफ्नो साथीहरूलाई सम्बोधन गर्दै भन्नु भयो ...

छिटै अबु जह्लको छोरा इक्रिमा अस्थावान मुहाजिर बनेर आउनेछ ... 

तिमीहरू उसका बुवालाई नराम्रो नभन्ने ....गाली नगर्ने ...

 किन भने मृतकलाई गाली गर्दा उसलाई त पुग्दैन बरू जिउँदोलाई दु:ख हुन्छ ....

केही छिनमै इक्रिमा र उनकी पत्नि रसूल सल्लल्लाहु अलैहि वसल्लमको सभाकक्षमा हाजिर भए .... 

उनलाई रसूल् सल्लल्लाहु अलैहि वसल्लमले हेर्नु भए पछि खुसी व्यक्त गर्दै बिना च्यादर ओढी उनी तर्फ हुमिनु भयो ...

 र रसूल् सल्लल्लाह अलैहि वसल्लमले आफ्नो स्थानमा बस्नु भए पछि इक्रिमा उहाँको अगाडी उभिए ... र भने ...

हे मुहम्मद ... उम्मे हकीमले मलाई भनेकी छन् ... 

तपाईँले मेरो प्राण बक्सनु भएको छ .... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमले उत्तर दिनु भयो ...

उसले सत्य भनेकी छिन् ...तिमी सुरक्षित छौ ....

इक्रिमाले सोधे ...

हे मुहम्मद तपाईं कुन कुराको निमन्त्रणा दिनु हुन्छ ...

उहाँले उत्तर दिनु भयो ...

म तिमीलाई निम्तो दिन्छु ... 

तिमी स्वीकार गर ... अल्लाह बाहेक अरूकोही उपास्य रहेनछन् र म अल्लाहको भक्त र उहाँका सन्देशवाहक छु ... 

तिमी नमाज कायम गर ... जकात भुक्तानी गर ... 

यसरी इस्लामको सबै मूलाधार बताउनु भयो ....

इक्रिमाले जवाफ दिए ...

अल्लाह कसम् ... तपाईँले त सत्य तिर नै निम्त्याउनु भएको हुनुहुन्छ ... र राम्रै बस्तुको आदेश दिनु भएको रहेछ ... 

फेरी भन्न थाले ...

अल्लाह कसम् .... तपाईं त यो कुराको निमन्त्रणा दिनु भएको बेला भन्दा पहिले पनि हामी मध्ये सबै भन्दा साँचो बोल्ने र बचन पुरा गर्ने व्यक्ति हुनु हुन्थयो ....

फेरी आफ्नाे हात पसारेर भन्न थाले ...

म स्वीकार गर्दैछु अल्लाह बाहेक अरू कोही उपास्य छैन र म स्वीकार्दैछु तपाईं अल्लाहको भक्त र उहाँका सन्देशवाहक हुनुहुन्छ ...

त्यस पछि भने ....

हे अल्लाहका रसूल...  मलाई सबैभन्दा राम्रो कुरा सिकाइ दिनुहोला .....  जसलाई म भन्दै गरुँ ...

उहाँले जवाफ दिनु भयो ..

तिमी भन ... म स्वीकार गर्दै छु अल्लाह बाहेक अरू कोही उपास्य छैन र मुहम्मद अल्लाहका भक्त र उहाँका सन्देशवाहक हुनु हुन्छ ...

इक्रिमाले भने ...

त्यस पछि के भनुँ ? ...

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो ...

तिमी भन ... म अल्लाहलाई साक्षी बनाउँदै छु र यो सभामा उपस्थित सबैलाई साक्षी बनाउँदै  भन्दै छु ... 

म एउटा अस्थावान .. अल्लाहको पथमा युध्द गर्ने र हिज्रत गर्ने व्यक्ति हाे ...

इक्रिमाले यो सबै वचन दोह्राए ...

त्यो बेला रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो ....

आज तिमीले मबाट कुनै पनि वस्तु माँगेमा र मेरो सामर्थ्यमा भएको भए म तिमीलाई अवश्य दिनेछु ....

इक्रिमाले भने 

म तपाईँसित बिनती गर्छु .. 

तपाईँ मेरो सबै शत्रुता जो मैले गरेको छु ... 

सबै युध्द जो मैले लडेको छु .. 

र सबै भनाइ जो मैले तपाईँको अगाडी वा पछाडी भनेको छु ... 

यी सबै गलतीलाई क्षमा गर्दिनु होस ... 

सबैलाई माफी दी दिनुहोस् .... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो ...

हे अल्लाह ... यसको सबै शत्रुता जो यसले मसित गाँसेको थियो क्षमा गर्दिनु ... 

सबै कदम जो यसले कुनै ठाउँमा तपाईँको ज्योतिलाई मेट्नको निम्ति उठाएको थियो त्यसलाई माफी बक्सनु...

 र यस्तै मेरा मानसम्मान विपरित मेरो मुखमा गरेको वा मेरो पीठ पिच्छे गरेका सम्पूर्ण अपमानजनक कार्यप्रति उसलाई क्षमा प्रदान गर्नु.....

यो सुनेर इक्रिमाको अनुहार खुसीले प्रफुल्ल भयो र उनले भने ....

अल्लाह कसम हे अल्लाह का रसूल ....

आज देखि मैले अल्लाहको पथबाट रोक्न जति खर्च गरेका थिएँ त्यो भन्दा कयौँ  गुना बढी म अल्लाहको पथमा खर्चा गर्नेछु ...

 र जति लडाइ अल्लाहको बाटो विरुध्द मैले लडेको छु त्यस् भन्दा कयौँ गुना बढी म अल्लाहको बाटोमा युध्द गर्नेछु ...

*****

○ त्यही दिन देखि इस्लामको निमन्त्रणाको जुलुसमा सहयात्री बने उनी .. 

रणभूमिमा भए एउटा महान साहसी यौध्दा.... 

मस्जिदमा भए एउटा ठुलो उपासक,  तपस्वी र अल्लाहको किताब कुर्आनको अध्यनकर्ता .... 

उनी आफ्नो अनुहारमाथि कुर्आन राख्ने गर्दथे र भन्थे ....

 मेरा पालनकर्ताको किताब ... मेरा पालनकर्ताको आदेश ...

 र अल्लाहको भयले रुने गर्दथे ....

*****

○ इक्रिमाले रसूल सल्लल्लाहु अलैहि वसल्लमसित गरेको वाचा र करारलाई निष्ठामय पुरा गरे .... 

उनी मुसलमान भए पछि मुसलमानहरूले जुन युध्द पनि लडेका थिए सबैमा इक्रिमा सहयेगी रहे ... साथ युध्द गरे ...

 र जुन युध्दको लागि मुसलमानहरूले प्रस्थान गरे इक्रिमा त्यसको अग्रगामी नै भइ रहे ....

******

○ यर्मूकको दिन ....रोमन शासनको विरूध्द लडिने निर्णायक युध्दको दिन ...

इक्रिमा युध्द गर्न यसरी अगाडी बढे जसरी गर्मीयाममा प्यासाले शीतलजल भेटाएको छ ....

एक ठाउँमा मुसलमानहरू विरूध्द युध्दको हालत गम्भीर हुन गयो ...

 उनी आफ्नो घोडाबाट ओर्लिए ... 

आफ्नो तरवारको खोल टुटाए..... 

 र रोमन सेनाको बीचमै छिर्न लागे ... 

खालिद बनि वलीदले उनलाई यो गर्दा हेरेर अगाडी आएर भने ...

इक्रिमा यस्तो नगर ... 

तिमी मारियौ भने मुसलमानहरूलाई ठुलो पीर पर्छ .... 

उनले जवाफ दिए ....

हे खालिद मलाई छाड्दिनुस्..... 

तपाईँलाई त रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथ म भन्दा पहिले भेटेको थियो ...

म र मेरो बुवा रसूल सल्लल्लाहु अलैहि वसल्लमका सबै भन्दा ठुला शत्रु थिए ... 

मबाट जुन अनुचित कामरू भइसकेका छन् मलाई त्यसको परिपूर्ती गर्नबाट नरोक्नुस् ... 

फेरी उनले भने ....

मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमको विरूद्ध कति ठाउँमा लडेको छु .. 

के आज म यो रोमनहरूको साम्ना गर्न सक्तिनँ ? .....

यो कदापि हुँदैन ....

फेरी उनले मुसलमानहरूलाई आवाज दिए ....

म सित मर्नको निम्ति कसले शपथ लिन्छौ? ....

यो सुनेर उनका काका हारिस बनि हिशाम र जिरार बिन अज्वर र अरू चार सय मुसलमानहरूले शपथ लिए ... 

उनीहरूले खालिद बनि वलीदको सेनापतित्वमा घमासानको युद्ध गरे ... र राम्रो किर्तिमान कायम गरे ....

जब यर्मूकको लडाइ मुसलमानहरूको विजयका साथ समाप्त भयो ... 

एक ठाउँमा यर्मूकको भूमिमा तीन यौद्धा भूमिमा ढलेका देखिए .... 

तीनै अत्यन्त घाइते थिए ....

तिनीहरू थिए ... हारिस बिन हिशाम .. ऐयाश बिन अबु रबीआ र इक्रिमा बिन अबु जह्ल ....

हारिसले कुनै व्यक्तिसित पानी पिउने आग्रह गरे ... 

पानी आए पछि इक्रिमाले पानीतिर अँखा फर्काएछन उनले देखे ....

 उनले भने ... उसैलाई पिलाउ .... 

इक्रिमा नजिक पानी आउँदा ऐयाशले पानी तिर हेर्दैछन् उनले देखे ... 

उनले भने .. पहिले उनलाई पिलाउ .... 

जब पानी लिए ऐयाशको नजिक भइयो ... 

उनी त प्रान त्यागी सकेका छन् ... 

फर्केर अरू दूवै जना निकट पुग्दा उनीहरू पनि आफ्नो पालकर्ता समक्ष पुगीसकेका रहेछन्  ....

अल्लाह उनीहरू सित प्रसन्न होउन् 

उनीहरूलाई कौसरको मुहानबाट यसरी पिलाऊन् .... 

कहिले तृखा नलागोस् ... 

कहिले प्यास महसुस नहोस् ...

उनीलाई जन्नतुल फिर्दैसको हरियालीमा पुर्याऊन् ...

सधैका लागि त्यसैमा डुल्दै ... खाँदै ... 

पालनकर्ताको अनुग्रहका साथ ..... 

उहाँकै उपकारको साथ .....

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤¤¤

Tuesday, December 15, 2020

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - ८

 ○●○अब्दुल्लाह बिन उम्मे मक्तूम○●○

 □■□रजियल्लाहु अन्हु□■□

•••••{प्रस्तुति: मुहम्मद सुहैल नदवी}••••• 


यिनी को हुन्? 

जसको कारण रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई सातौं  अकाशको माथिबाट  निन्दा गरिएको थियो ...

यिनी को हुन? 

जसको विषयमा अल्लाहको तर्फबाट ईश्वाणी लिएर .....

रसूल् सल्लल्लाहु अलैहि वसल्लमको मुटुमा .....

जिब्रइल अमीनलाई उत्रिनु पर्यो .....

यिनी हुन् .... 

अब्दुल्लाह बिन उम्मे मक्तूम ... 

रसूल् सल्लल्लाहु अलैहि वसल्ल्मको मुअज्जिन .... 

दिन रातमा पाँच चोटि मुसलमानहरुलाई नमाजको लागि डाक्ने व्यक्ति .....

****

अब्दुल्लाह बिन उम्मे मक्तूम मक्काका वासी र कुरैशका एउटा सदस्य थिए .....

रसूल सल्लल्लाहु अलैहि वसल्लमसित उनको नाता सम्बन्ध पनि थियो ....

उनी मुसलमानहरूकी आमा रसूल सल्लल्लाहु अलैहि वसल्लमकी पत्नी .... खदीजा बिन्त खुवैलिदका मामाका छोरा थिए ....

उनका बुवा कैस बिन जाएद थिए..... 

र आमा आतिका बिन्त अब्दुल्लाह.......

 उनी उम्मे मक्तूमको उपनाम द्वारा परिचित थिइन् ....

 किन भने उनले एउटा मक्तूम अर्थात्  नेत्रहीन जन्माएकी थिइन् ......

****

मक्कामा सत्यताको बिहानी उदाएको अब्दुल्लाह बिन उम्मे मक्तूमले देखे ..... 

आँखा नभएपनि दिलले यस ज्योतिलाई राम्ररी देख्यो ... 

उनको मनलाई अल्लाहले इस्लामको लागि खुलस्त पार्नुभयो .... 

र उनी पहिले मुसलमान हुनेवालाको श्रेणीमा पर्न सफल भए ......

मक्कामा अरू मुसलमानहरू जस्तै ......

बलिदान.. उत्सर्ग.. त्याग... दृढता र मजबूती दर्शाउँदै ..... 

सबै परीक्षामा उत्रिए उनी ...

अरू साथीहरू झैं कुरैशले दिएका सन्ताप र उतपीडनको सामना गरे ....

उनका अत्याचार र जुलुमलाई उनीहरूले जस्तै बिहोरे ...

तर पनि उनको साहस टुटेन .... 

र उनको विश्वास र ईमान ढल्न पाएन ....

बरू अल्लाहको धर्ममाथि उनको दृढ्ता... 

अल्लाहको किताबमा उनको अभिरूचि ... 

अल्लाहको शरीअत(ईश्वरीय व्यवस्था ) र जीवनपद्धतिप्रति चिन्तनमनन् .....

र अल्लाहको रसूलतिर उनको आवतजावत बढ्दै गयो ....

****

रसूल् सल्लल्लाहु अलैहि वसल्लम तिर उनको आगमन र कुर्आन याद गर्ने अभिलाषा यति सम्म तीव्र भइ सकेको थियो .... 

कि उनले कुनै पनि मौका गुमाउनु  चाहदैनथे र कुनै अवसर छोड्दैनथे .....

उनको यो चाहना प्रतिको हठले गर्दा उनले कहिले काहिँ रसूल सल्लल्लाहु अलैहि वसल्लमसित आफ्नो भाग लिनका साथसाथै अरूको पनि भाग ओगटी राख्न पुग्दथे .....

यस समयमा रसूल सल्लल्लाहु अलैहि वसल्ल्म कुरैशका सरदार र मुख्य व्यक्तिहरूलाई निरन्तर भेट्ने गर्दथे .... 

उनीहरू इस्लाम स्वीकारून भन्ने प्रबल चाहना राख्नु हुन्थ्यो .... 

यसै क्रममा एक दिन उत्बा बिन रबीआ , उनका भाइ शैबा बिन रबीआ अबु जह्ल भन्ने अम्र बिन हिशाम, उमैया बिन खलफ, खालिद सैफुल्लाहको बुवा वलीद बिन मुगीरालाई भेट्नु भएको  थियो,.... 

उनीहरूसित कुराकानी गर्दै हुनुहुन्थ्यो ....

 कानाखुसी गर्दै उनीहरूलाई इस्लामको निमन्त्रणा दिँदै हुनुहुन्थ्यो .... 

उनीहरू उहाँको निम्तो स्वीकारुन र उहाँका साथीहरूलाई पीडा यातना दिन छोडुन भन्ने अपेक्षा गर्दै हुनुहुन्थ्यो ....

****

उनीहरूका साथ उहाँको कुराकानी जारी रहेको बेलामा.... 

अब्दुल्लाह बिन उम्मे मक्तुम उहाँ समक्ष पुगे र कुरआनको एउटा आयत पढाइ दिने आग्रह गरे .... 

उनी भन्दै थिए ...

हे अल्लाहका रसूल् .... अल्लाहले तपाईँलाई पढाउनु भएका कुरा मलाई पनि पढाइ दिनुहोस् ....

रसूल सल्लल्लाह अलैहि वसल्लमले उनको तर्फबाट  मुख फेर्नुभयो .... 

उहाँको मुख अमिलियो....

 र कुरैशका सरदारहरू तर्फ नै फर्केर रहनु भयो ,उनीहरूतिर नै सम्पूर्ण ध्यान केन्द्रित  गर्नुभयो ... 

सायद तिनीहरूले कुरा मान्छन्  ...

इस्लाम स्वीकार गर्छन कि भनेर ...

 यसरी उनीहरूले इस्लाम स्विकारे  भने इस्लामको बोलवाला हुनेछ ....

 र उहाँको दूतत्वको कार्यमा सहयोग पुग्नेछ ....

अत: उनीहरूसित उहाँको छलफल सकिए पछि र उनीहरूसित कुराकानी समाप्त भए लगतै .......

उहाँले आफ्नो घर तिर जाने सोच्दै हुनुहुन्छ कि ......

दृष्टि अलिक कम भयो... आँखा अगाडी अन्ध्यारो  प्रतीत भयो .... सिरमा केही चीज ठक्कर दिँदैछ जस्तो महसुस भयो ..... 

फेरी अल्लाहले यो आयतहरू अवतरण गर्नु भयो .....

○उहाँले ठुस्स परे र मुख फर्काउनु भयो ...○ किनभने उहाँ नजिक एउटा नेत्रहीन आयो .... ○ र तपाईँलाई के थाहा छ ? ऊ सुध्रन्थ्यो कि? .....○ अथवा उपदेश ग्रहण गर्थ्यो कि ? अनि त्यो उपदेशले उसलाई लाभान्वित तुल्याउँथ्यो होला कि ... ○ तर जसले वास्ता गर्दैन ...○ तापनि तपाईँ उस तर्फ ध्यान दिनु हुन्छ.. ○ जबकि ऊ सुध्रेन भने तपाईँमाथि केही उत्तरादायित्व हुँदैन .... ○ र जो तपाईँ समक्ष दगुर्दै आयो ....○ ऊ ईश्भय पनि राख्थ्यो ....○  त्यस प्रति तपाईँले उपेक्षा गर्नुहुन्छ .....○ कदापि होइन ...यो कुर्आन एउटा उपदेश मात्र हो ....○ इच्छा राख्नेले यसलाई याद राख्छ ...○ प्रतिष्ठित पानाहरूमा ...○ उच्चस्तरमा अति पवित्र ...○ ईशदूतहरूका  हातमा ... ○ जुन आदरणीय र कर्तव्यनिष्ठ छन् ........

सोरह आयतहरू ..... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमको मुटुमाथि .... 

जिब्रील अमीन लिएर ओर्लिएका थिए .... 

अब्दुल्लाह बिन उम्मे मक्तूमको बारेमा ...... 

यी आयतहरू जुन दिन अवतरित भएका हुन् .....

त्यो दिन देखि अहिले सम्म पढिँदैछन् .... 

र भविष्यमा पनि निरन्तर पढि रहिनेछन् यो सन्सार रहुञ्जेल  सम्म ......

****

त्यो दिन देखि रसूल् सल्लल्लाहु अलैहि वसल्लम अब्दुल्लाह बिन उम्मे मक्तूमको सम्मान गर्नु हुन्थ्यो ... जहिले आए पनि ... उनको आगमनपछि उनलाई नजिक बसाउनु हुन्थ्यो ....उनको हाल खबर सोध्नु हुन्थ्यो .... उनको आवश्यकता  पुरा गर्नु हुन्थ्यो .....

यो अचम्मको विषय छैन ..... 

के उनको बारेमा उहाँलाई सातौँ आकाशमाथिबाट घोर निन्दा गरिएको होइन? ..... .. 

उनकै लागि उहाँलाई अपयश लागेको होइन र?  ....

****

कुरैशका पुरा समुदायले जब रसूल् सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथिहरूलाई लक्षित पार्न थाले ....

उनीहरूका पीडा यातना बढ्दै गयो ... 

अल्लाहले मुसलमानहरूलाई मदीना तर्फ प्रस्थान गर्ने अनुमति दिनुभयो .... 

अब्दुल्लाह बिन उम्मे मक्तूम उनीहरूमा आफ्नो जन्मभूमिलाई छोड्ने र आफ्नो धर्मको रक्षा निम्ति प्रवास तिर जानेहरूमध्ये अग्रिम पँक्तिमा थिए .....

उहाँका साथीहरूमध्ये उनी र मुस्अब बिन उमैर सबै भन्दा पहिला थिए मदीना हिज्रत गर्नेहरूमा ....

अब्दुल्लाह बिन उम्मे मक्तुम र उनका साथी मुस्अब बिन उमैर मदीन प्रस्थान गर्ने वित्तिकै त्यहाँका वासिन्दाहरूकहाँ पुग्न थाले.... 

उनीहरूलाई कुर्आन सिकाउन थाले र अल्लाहले दिनु भएको मार्गदर्शणको व्याख्या गर्दै बताउन थाले .....

जब रसूल सल्लल्लाहु अलैहि वसल्लमले मदीना प्रस्थान गर्नुभयो .... 

अब्दुल्लाह बिन उम्मे मक्तूम र बिलाल बिन रबाहलाई मुसलमानहरूको मुअज्जिन बनाउनुभयो .... 

दुबै जना हरेक दिन पाँच चोटि एकेश्वरवादको नारा लगाउन थाले र मानिसहरूलाई पुण्यको काम तिर निम्त्याउन थाले र उन्मुक्तिको कार्यको लागि उदघोषणा गर्न थाले .....

यसै गरी बिलाल अजान दिन्थे र अब्दुल्लाह बिन उम्मे मक्तूम इकामत भन्थे.... 

कहिलेकाहिँ इब्ने उम्मे मक्तूम अजान दिन्थे भने बिलाल इकामत ...

रमजानको महिनामा ....

 यी दुवै मुअज्जिनको अर्कै शान हुन्थ्यो ...

 मुसलमानहरू दुइ मध्ये एकको अजानपछि सेहरी खाने गर्दथे र अर्काको अजान पछि रोजा सुरु गर्दथे ....

बिलालले राति बाँकी भएकै समय अजान दिएर मानिसहरूलाई जगाउँथे ... 

र इब्ने उम्मे मक्तूम बिहानीको पर्खाइमा हुन्थे र कहिल्यै पनि गलती गर्दैन्थे .....

अब्दुल्लाह बिन उम्मे मक्तूमको मान सम्मान रसूल सल्लल्लाहु अलैहि वसल्लमले यति सम्म गर्नुहुन्थ्यो भने यदि मदीनाबाट बाहिर जानु हुन्थ्यो भने इब्ने उम्मे मक्तूमलाई नायब बनाउनु हुन्थ्यो .... 

यो नायब बनाउने क्रम कम्तिमा तेह्र भन्दा बढी पटक भएको थियो ... त्यही मध्ये मक्का विजयकोलागि जानु भएको बेला पनि हो ....

बद्रको युध्द पछि अल्लाह तअलाले आफ्नो नबीमाथि कुर्आन अवतरण गरी यौध्दाहरूको प्रशंसा गर्नु भयो ...र घरमा बस्ने मानिसहरू भन्दा उनको मानलाई बढाउने वर्णन गर्नु भयो ... 

यसरी यौध्दाहरूलाई युध्द गर्न साहस होस् र घरमा बस्न नचाहुन् भन्ने उद्देश्यले  .... 

यो कुराले इब्ने उम्मे मक्तूमको हृदयमा चोट पुर्यायो .... 

र यस प्रशंसा र मान प्रतिष्ठाबाट टाढिनु परेकोमा उनलाई पीर पर्यो .... उनले भने ....

हे अल्लाहका रसूल् ....यदि म युध्द गर्न सक्षयम भएको भए अवश्य युध्द गर्ने थिएँ ..... 

फेरी शुध्द भयभीत विह्वल मनले अल्लाहसित दुआ गर्न थाले ... 

अल्लाहले उनका बारेमा र उनीजस्तै अरू अपाङ्हरूको हकमा केही कुर्आन अवतरण गरून् ... 

र टुटेको दिलबाट भन्न थाले ...

हे अल्लाह मेरो माफी उतारीदिनु होस्  .... हे अल्लाह मेरे माफी उतारीदिनु होस् ....

अल्लाहले पनि छिटे नै उनको मागलाई स्वीकार्नु भयो र उनको दुआ कबुल भयो ....

*****

रसूल् सल्लल्लाहु अलैहि वसल्लमका लिपिकार जैद बिन साबितले भनेका छन् ....

म रसूल् सल्लल्लाहु अलैहि वसल्लमको छेउमा थिएँ .... उहाँमाथि स्थिरता आयो .... उनको जाँघ मेरो जाँघमाथि ढल्यो ... मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमको जाँघ भन्दा कुनै भारी वस्तु थाहा पाएको छैन .... केही छिनमै व्युझ्नु भयो .... उहाँले भन्नु भयो ....

लेख हे जैद ... मैले लेखें 

अस्थावानहरू मध्ये घरमै बस्नेहरू र अल्लाहको मार्गमा जिहाद गर्नेहरू समान हुँदैनन् ..... (अन्निसाः९५) 

त्यहि समय इब्ने उम्मे मक्तूमले उभिएर भने ...

हे अल्लाहका रसूल .. जसले जिहाद गर्न असमर्थ्य छन् त्यसको के हुन्छ? ...

अहिले उनका कुरा पनि सकेको थिएन कि उहाँ माथि फेरी स्थिरता आयो... उहाँको जाँघ मेरो जाँघमाथि ढल्यो... उसको भार पहिलेकै भार जस्तै महसुस भयो .... फेरी व्युझ्नु भयो .... मलाई भन्नुभयो ...जैद तिमीले लेखेका कुरा फेरी पढ .... मैले पढे ... अस्थावानहरूमध्ये घर बस्ने बराबर हुँद्नन् .....

उहँले भन्नु भयो ... यहाँ बढाउ ...विक्लाङ्क  भएकाहरू बाहेक...

अब त्यही छुट दिइने कुरा अवतरित गरियो ... जसको कामना अब्दुल्लाह बिन उम्मे मक्तुमले गरि रहेका थिए ....

यद्यपि अल्लाह ले अब्दुल्लाह बिन उम्मे मक्तूम र उनी जस्तै अरू विक्लाङ्कहरूलाई जिहाद र युध्दबाट माफी दिइ सक्नु भएको थियो.... तापनि उनका उत्साहपूर्ण मनले घर बस्न मान्दैन्थ्यो .... उनले पनि युध्द गर्ने निश्चय नै गरे.....

ठुलो मनले ठुलो काम नगरी कहाँ सन्तोष पाउछ र?....

त्यही दिन देखि उनको चाहना हुन्थ्यो कि कुनै युध्द नछुटोस् ... 

रणभूमिमा आफूलागि काम पनि निर्धारित गरेका थिए.... 

उनी भन्ने गर्दथे...

मलाई दुइ पङ्क्ति बीच ठाडो पार्नु .... र आफ्नो झण्डा मलाई बोक्न लाउनु म त्यसलाई समात्ने हुन्छु ....म नेत्रहीन भाग्न पनि सक्दिँन....

****

हिज्रतको चौधौँ वर्ष ....

उमर बिन खत्ताब रजियल्लाहु अन्हुले फार्सीहरूसित एउटा निर्णायक युध्द गर्न र उनका शासन सखाप पार्न र उनको बोलवाला समाप्त गर्न र मुसलमान सेनाको बाटो खुल्ला पार्न पक्का निर्णय गरे ....

उनले सबै गभर्नरहरूलाई पत्र पठाए ....

तिमीहरू जो व्यक्ति सित हाथियार, घोडा, समान वा राम्रो सल्लाहयोग्य भएको फेला पार्छौ त्यसलाई म नेर पठाउ ... 

छिटो छरितो ...हतार हतार ...

मुसलमानहरूको समूह एक पछि अर्को गरी उमर फारूकको अह्वानलाई स्वीकार्दै मदीना पुग्न थाले ... 

हरेक कुना काप्चा बाटा... हरेक गण्तव्यबाट ... 

त्यही समूह भित्र यो नेत्रहीन यौध्दा अब्दुल्लाह बिन उम्मे मक्तूम पनि थिए .....

उमर फारूकले यस विशाल सेनाप्रति सअद बिन अबु वक्कासलाई सेनापति बनाए .... उनलाई उपदेशहरू दिएर बिदाइ दिए ...

कादसियाको युध्दको दिन.... 

अब्दुल्लाह बिन उम्मे मक्तुम आफ्नो कवच धारण गरी... सबै शस्त्र ग्रहन गरी आफूलाई मुसलमानको झण्डा समात्नको लागि पेश गरे .... 

झण्डा समातेर उसको रक्षा गर्छु कि रक्षा गर्दै वीरगति प्राप्त गर्छु भनेर  निश्चय गरे

****

दुवै सेना ....फार्सी सेना र मुसलमान सेनाको .. 

तीन दिन सम्म घमासानको युध्द भयो ... 

दुवै समूहले यस्तो लडाइ लडेका थिए ... 

सायद इतिहासको पानामा यस्तो युध्दको चर्चा नै नभएको हुन सक्छ .... 

तेश्रो दिन मुसलमानहरूको स्पष्ट विजयका साथ युध्द समाप्त भयो ..... 

यस युध्दले गर्दा ततकालीन महान शक्तिशाली एउटा शासन डाँवाडोल भयो .... 

एउटा बलिष्ठ सिंहासन ढल्यो ..... 

र तौहीदको झण्डा बहुदेववादको केन्द्रमा फहराइयो ....

तर यस भारी विजयको मुल्य हजारौँ शहिदहरूको रगत द्वार भुक्तान गरिएको थियो ... 

र ती शहीदहरू मध्ये अब्दुल्लाह बिन उम्मे मक्तूम पनि थिए .... 

आफ्नै रगतमा लतपत जमिनमा ढलेका  थिए ......

तर अहिले सम्म मुसलमानहरूको झण्डा छातीमा टाँसिएकै थियो ....

. अल्लाह उनीसित प्रसन्न होऊन् र उनलाई पनि खुसी बनाउन् .....

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤¤¤¤

Thursday, December 10, 2020

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को- ७

 ○●○अब्दुल्लाह बिन मस्ऊद ○●○

■□■रजियल्लाहु अन्हु■□■

•••••{प्रस्तुति: मुहम्मद सुहैल नदवी}•••••

_______________________________

त्यतिखेर उनी ठिटा केटा थिए.... किशोर अवस्थामा ....व्यस्क भएका थिएनन् ... 

मानिसहरूको चहलपहल देखि टाढा मक्काको घाटीहरूमा डुल्दै थिए ....

 उनका साथमा कुरैशका एक सरदार उक्बा बिन अबु मुइतका केहि बाख्रा हुन्थे......

तिनैलाई रेखदेख गर्दै उनको हेरचाह गर्दै हुन्थे ....

उनलाई मानिसहरू इब्न उम्मे अब्द (अब्दकी आमाको छोरा)को उपनाम द्वारा बोलाउँथे ....

 तर उनको वास्तविक नाम अब्दुल्लाह थियो 

र बुवाको नाम मस्ऊद ....

****

मक्कामा एउटा नयाँ नबी वा इश्दूतको उत्पत्ति भएको छ रे ....

जस्तो खबर यस किशोरलाई पनि थाहा थियो ... 

उनले पनि यो समाचार सुनेकै थिए....  

तर कलिलो उमेरका कारण भनौँ वा मक्काको सामाजिक गतिविधिबाट टाढा भएकाले यो खबर प्रति रुची थिएन .... 

हरेक दिन आफ्नो आदत अनुसार बिहानै उठेर बाख्रा लिइ निस्कन्थे...

 र राति भएपछि मात्र फर्कने गर्दथे ....

****

एक दिन... 

यही मक्की ठिटो अब्दुल्लाह बिन मस्ऊदले दुइ अधबेंसे शिष्ट व्यक्तिहरू टाढाबाट उसकै दिशातिर आउँदै गरेका देख्यो....

दुवै जना अत्यन्त थाकेको जस्तो देखिँदै थिए .... 

सायद तिर्खाका कारण उनका ओठ र कण्ठ पनि सुकी सकेको  होला कि? ....

उसको नजिक पुगेर दुवै जना ठहरिए ...

 उसलाई सलाम गरेर भने .....

हे छोरा ... यी बाख्राहरू मध्ये कसैलाई दुहेर ल्याउ त.... 

हामी आफ्नो तिर्खा मेटाउछौं .... र नसाहरूलाई भिजाउछौं ....

त्यो किशोरले जवाफ दियो .....

म गर्न सक्तिँन .... यी बाख्रा मेरा होइनन्  ... 

म त यिनीहरूको मात्र गोठालो हूँ....

दुवै जनाले उसको भनाइ अस्वीकार गरेनन् ... 

उनको मुहारमा उसको प्रति खुसी नै महसुस भयो ....

फेरी ती दुवै मध्ये एक जनाले सोधे .... 

मलाई कुनै यस्तो पाठो देखाउ जसलाई  अहिलेसम्म बोका लागेको छैन .... 

त्यो किशोरले  नजिकैको एउटी सानी पाठी तिर औल्यायो ...

 त्यो मानिस अगाडी बढ्यो ... त्यही पाठीलाई समात्यो ...

 उसको थुनमा हात फेर्न थाल्यो .... 

साथै अल्लाहको नाम पनि जप्दै थियो ... 

त्यो किशोरले अचम्मित भएर हेर्न थाल्यो र मनमनै भन्यो ...

बोका नलागेको सानो पाठीले कसरी दुध दिन्छे होला !!

तर ... पाठीको थुन केही छिनमै पग्रिन  थाल्यो .... 

दुध पनि धेरै मात्रमा निस्कन थाल्यो ...

त्यो मानिसले एउटा खोक्रो ढुँगा उठाएर दुधले भर्यो ... 

आफूले पनि पियो र साथीलाई पनि पियायो ..... त्यस पछि बाँकी रहेको दुध किशोरलाई पनि पिउन दिइयो  ... 

त्यो किशोरले देखेका कुरा अहिले सम्म एकीन गर्न सकेको थिएन ....

सबै जना अघाए पछि ... त्यही शिष्ट मानिसले पाठीको थुन लाई भन्यो ... अब सुक ... 

त्यो थुन सुक्दा सुक्दै पहिले जस्तो अवस्थामा पुग्यो ....

त्यो बेला किशोरले ती भलादमीलाई भन्यो ....

तपाईँले पढदै हुनु भएको भनाइ मलाईपनि सिकाइ दिनुस् न ....

उनले जवाफ दिए ...

तिमी सिकि सकेका केटा छौ ....

****

अब्दुल्लाह बिन मस्ऊदको इस्लामसितको कथाको यो पहिलो पाना हो .....

किन भने त्यो भलादमी अरू कोही नभइ अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लम हुनु हुन्थ्यो.....

 र उहाँको साथी अरू कोही नभइ अबु बक्र सिद्दीक रजियल्लाहु अन्हु थिए ....

त्यस दिन...

कुरैशले दिँदै आएका पीडा यातनाबाट थकित भएर ...... 

उनीहरूले गरेका अत्याचारबाट मर्माहित भएर 

दुवै जना मक्काका घाटीहरू तिर निस्केका थिए ...

****

त्यो किशोरले जसरी रसूल सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथीलाई माया गर्न थाले ... उसका मनमा बसे .... 

त्यस्तै त्यो किशोर पनि रसूल सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथीलाई मन परे ... 

उनको इमानदारी र विश्वासलाई महत्व दिए र भविष्यमा राम्रो काम गर्छ भन्ने अपेक्षा राखे  ....

****

केही दिनमै ... अब्दुल्लाह बिन मस्ऊद मुसलमान भए ... 

आफूलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमको सेवा गर्ने निम्ति पेश गरे ... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनलाई सेवा गर्न राखी राख्नुभयो ....

त्यही दिन देखि यो भाग्यवान किशोर अब्दुल्लाह बिन मस्ऊद बाख्राको रक्षक हुनुको सट्टा सम्पूर्ण जगतका सरदारको सेवक बन्न पुगे ....

****

अब्दुल्लाह बिन मस्ऊदले रसूल सल्लल्लाहु अलैहि वसल्लमको यसरी साथ लागे जस्तै छायाँ मानिसको साथमा हुन्छ ...  

गाउँघरमा पनि उहाँसँगै हुन्थे र यात्रामा पनि ... 

घर भित्र पनि बाहिर पनि ... 

सुत्ने बेला उठाउने ... नुहाउने बखत पर्दा तान्ने .... 

बाहिर जाँदा जुत्ता लगाउने ... र घरपस्दा जुत्ता फुकाल्ने ... 

उहाँको लाठी र मिस्वाक बोक्ने ... सबै काम उनीनै गर्ने गर्दथे ....

 कोठा भित्र पस्नु भएको बेला उनकै अगाडी कोठा भित्र पस्ने पनि गर्दथे ....

यति मात्र होइन ...

 उनलाई त रसूल सल्लल्लाहु अलैहि वसल्लमले जति बेला चाहेपनि घर भित्र प्रवेश गर्न सक्ने अनुमति दिनु भएको थियो .... 

उहाँको रहस्य पनि जान्न सक्थे.... निसन्कोच .. पाप नलाग्ने गरी ...कही नराम्रो नठानी ..

 उनलाई सबैले रसूल सल्लल्लाहु अलैहि वसल्लमको रहस्यरक्षक  पनि भन्न थालेका थिए ....

****

अब्दुल्लाह बिन मस्ऊदको पालनपोषण रसूल सल्लल्लाहु अलैहि वसल्लमकै घरमा भयो ... 

तसर्थ उनी रसूल सल्लल्लाहु अलैहि वसल्लमकै व्यवहारलाई अँगाले ... 

उहाँकै बानीहरू बसाले ... हरेक कामकुरामा उहाँकै अनुसरण गरे ...

उनको बारेमा भनिन्थ्यो ...

उनी त बानी विहोरमा सबै मानिस भन्दा रसूल सल्लल्लाहु अलैहि वसल्लमको निकट थिए ....

****

अब्दुल्लाह बिन मस्ऊद रसूल सल्लल्लाहु अलैहि वसल्लमको मद्रसामा अध्यनरत रहेका थिए ... 

तसर्थ उनी सबै सहाबी मध्ये धेरै कुर्आन पढ्न जान्ने व्यक्ति थिए ... 

कुरआनको सार र व्याख्यालाई सबैभन्दा बढी बुझ्ने .....

र अल्लाहको शरीअत र जीवन पद्धतिको सबैभन्दा बढी जानकार बन्न पुगेका थिए ...

यो कुरा कति सम्म सत्य हो ...

 त्यसलाई त्यो मानिसको कथाबाट प्रमाणित गर्न सकिन्छ...... 

जसले उमर बिन खत्ताब रजियल्लाहु अन्हुको सामु अरफातमा ठहरिएको बेला उजुरी दिएको थियो ... उसले भन्यो ...

हे अमीरुल्मुमिनीन ... म कूफाबाट आएको हुँ ... 

 त्यहाँ मैले यस्तो मान्छेलाई छोडेको छु जसले कुर्आन आफ्नो मनमा याद गरेको भरमै लेखाउँदैछ ....  

यो सुनेर उमर रजियल्लाहु अन्हु यस्तो रिसाए... 

सायद कहिल्यै यस्तो रिसाएका थिएन होलान् ...

रिसले उनको जिउ फुल्न थाल्यो .... सायद काठीको दुवै खुँटी सम्म पुग्ने  थियो क्यारे  ... फेरी त्यो मान्छेलाई सोधे ...

तिम्रो नाश होस् ... त्यस्तो व्यक्ति को हो  ?

उसले जवाफ दियो ...

अब्दुल्लाह बिन मस्उद ....

यो सुन्न वित्तिकै उनको रिस शान्त  हुन थाल्यो र हुँदा हुँदै पहिले कै अवस्थामा पुगे ... र भने ...

तिम्रो नाश होस्.... 

अल्लाह कसम ... मलाई थाहा छैन ...

 अहिले सबै जना मध्ये यसकामको अधिकार उनी बाहेक अरू कसैलाई होला ....

म तिमीलाई एउटा घटनाको वर्णन गर्दैछु ... 

सायद तिमी बुझ्न सक्छौ ....

उमर रजियल्लाहु अन्हुले आफ्नो भनाइ आरम्भ गर्दै भने ....

रसूल सल्लल्लाहु अलैहि वसल्लम एक पटक रातमा अबु बक्र कहा थिए .. 

दुवै जना मुसलमानहरूको विषयबारे केही छलफल गर्दै थिए ... 

म पनि उनीहरूको साथमा थिए ... 

फेरी रसूल सल्लल्लाहु अलैहि वसल्लम त्यहाँबाट निस्कनु भयो ..... 

हामी पनि निस्कियौँ... 

त्यही समय एक जना मस्जिदमा नमाज पढ्दै थियो ... 

हामीलाई थाहा भएन  को हो भनेर....

 रसूल सल्लम अलैहि वसल्लम उभिएर उनको कुर्आन सुन्न थाल्नुभयो .... फेरी हामी तिर फर्केर भन्नुभयो ...

जसले कुर्आनलाई मज्जाले उसको अवतरण हुने लयमा पढ्न रूचाउँछ त्यसले उम्मे अब्दको छोरा ( अब्दुल्लाह बिन मस्उद)को लयमा पढ्नु पर्छ .....

त्यस पछि अब्दुल्लाह बिन मस्उद बसेर केही दुआ गर्न थाले ...

 रसूल सल्लल्लाहु अलैहि वसल्लम पछाडी बाट भन्दै हुनुहुन्थ्यो ...

माँग...  दिइने छौ .... माँग....  दिइने छौ ....

उमर रजियल्लाहु अन्हुले त्यस पछि कुरा जारी राख्दै भने ...

मैले आफ्नो मनमा विचार गरें ...

 म बिहानै अब्दुल्लाह बिन मस्ऊद नेर पुगेर राति रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनको दुआमा अमीन भन्ने शुभसमाचार पुर्याउँनेछु .... 

बिहान हुँदा म उनको घर शुभसमाचार पुर्याउन पुगैं .... 

तर मैले अबु बक्रलाई देखें उनले त म भन्दा पहिले नै उनलाई बधाइ दिइ सकेका रहेछन्  ...

अल्लाह कसम ... 

जहिले पनि कुनै राम्रो काममा अबु बक्र भन्दा अगाडी हुन खोजेको भए उनी सधैं मभन्दा अग्रिम नै हुन्थे ....

****

अब्दुल्लाह बिन मस्उद रजियल्लाहु अन्हु , अल्लाहको किताबको यस्तो विज्ञ भइ सकेका थिए .. 

उनको भनाइ अनुसार ....अल्लाह कसम ... जुन बाहेक केही उपास्य छैन ... 

अल्लाहको किताब कुर्आनमा  कुनै आयत छैन होला तर मलाई थाहा छ.....

 त्यो कहाँ अवतरित भएको हो  र कुन विषयमा अवतरित भएको हो...

यदि मैले थाहा पाएँ भने कसैलाई म भन्दा अल्लाहको किताबको बारेमा बढी ज्ञान छ 

र त्यहाँ यात्रा गरेर पुग्न सम्भव हुन्छ भने त्यहाँ अवश्य पुगौँला....

****

अब्दुल्लाह बिन मस्ऊदले आफ्नो भनेको कुरा अत्युक्तिपूर्ण रहेको छैन ...

यो उमर बिन खत्ताबको सत्य घटना हो .... 

एउटा भ्रमणमा उनको भेट एउटा यात्रुसमूह सित हुन्छ .....

राति अत्यधिक अन्ध्यारो थियो ... 

सम्पुर्ण यात्रुलाई लुकाए जस्तै ....

त्यही यात्रुसमूहमा अब्दुल्लाह बिन मस्ऊद पनि थिए ...

उमर रजियल्लाहु अन्हुले एक जनालाई उनीहरूलाई सोध्न अह्राए ...

उसले सोध्यो ...

तपाइहरू कहाँबाट आउनु भएको हो ....

अब्दुल्लाह बिन मस्उदले जवाफ दिए ...

टाढाको भञ्ज्याँगबाट ...

उमरले सोध्न लगाए ... कहाँ जादै हुनु हुन्छ  ? ...

अब्दुल्लाह बिन मस्ऊदले जवाफ दिए ... अदिम घर तिर ....

उमर ले भने... उनीहरू मध्ये कोही विद्वान अवश्य छ होला.. 

एक जनालाई सोध्न अह्राए ..उसले सोध्यो ...

कुर्आनमा सबै भन्दा महान कुन आयत हो ....

अब्दुल्लाहले जवाफ दिए ...

अल्लाह ... उहाँ बाहेक अरूकोही उपास्य छैन.. जीवित र चिरस्थायी छन् उनलाई न तन्द्रा आउछ न निद्रा (लाग्छ) । (बकरहः२५५)

उमरले भने... उनीहरूलाई सोध.... सबैभन्दा नियायपूर्ण कुन आयत हो?

अब्दुल्लाहले जवाफ दिए ....

वास्तवमा अल्लाह न्याय, परोपकार र नातेदारलाई हक दिने आदेश दिनु हुन्छ ...(अन् नह्लः ९०)

उमरले  सोध्न लगाए ...

कुन आयतले सम्पूर्ण विषयलाई समेटेको छ 

अब्दुल्लाह ले जवाफ दिए ....

अनि जसले कणभर पनि सत्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ र जसले कणभर पनि दुष्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ (अल् जिल्जालः ७–८)

उमरले भने : उनीहरूसित सोध...

सबै भन्दा बढी कुन आयतले डराउँछ? 

अब्दुल्लाहले जवाफ दिए ....

न तिमीहरूको अकाँक्षाहरू पूर्ण हुनेछ र न अह्लेकिताबको अकाँक्षाहरू नै ,दुष्कर्म गर्नेले त्यसको सजाय अवश्य नै पाउने छ र त्यसले अल्लाहको विरूद्धमा आफ्नो लागि कुनै समर्थक र सहायक पाउने छैन (अन्निसाः १२३)

उमरले भने सोध ....

कुन आयतले सबैभन्दा बढी आशा दिलाउँछ ...

अब्दुल्लाहले जवाफ दिए .....

भनिदेउ ...स्वयंमाथि अन्याय गरेका मेरा भक्तहरू हो ... तिमीहरू अल्लाहको कृपाबाट निराश नहोऊ , निश्चय नै अल्लाहले सम्पूर्ण पापहरू क्षमा गर्नु हुनेछ, निस्सन्देह उहाँ अत्यन्त क्षमाशील एवं परम दयालु हुनुहुन्छ (अज्जुमरः ५३)

उमरले भने .. उनीहरूलाई सोध त...

अब्दुल्लाह बिन मस्उद त उनीहरू मध्ये छैनन्  ?

उनीहरूले जवाफ दिए ...

अल्लाहको कृपाले....  छन् ..

****

अब्दुल्लाह बिन मस्ऊद मात्र कुर्आनका जानकार, विद्वान, उपासक र निरपेक्ष न रही... 

यसका साथै शक्तिशील, सुदृढ, सेनानी र आक्रमक पनि थिए .. 

कुनै त्यस्तो बेला आइ पर्यो भने...

एउटा घटनाले मात्र यसको पुष्टि गर्न सक्छ...

उनी पहिला मुसलमान हुन् जसले यस भुमिमा रसूल सल्लाहु अलैहि वसल्लम पछि कुर्आन उच्च स्वरले पढ्ने साहस गरेका थिए ....

सविस्तार घटनाक्रम बताउदै छु ...

एक दिन मक्कामा रसूल सल्लल्लाहु अलैहि वसल्लमका केही साथीहरू भेला भए ... त्यतिखेर  उनीहरू अल्पसङ्ख्यक थिए .... कम्जोर र निस्सहाय  पनि...

उनीहरूले भने ... कुरैशले यो कुर्आनलाई उच्च  स्वरमा सुन्न पाएका छैनन् ... 

हामी मध्ये कसले उनीहरूलाई कुर्आन सुनाउने साहस गर्न  सक्छ ?....

अब्दुल्लाह बिन मस्ऊदले भने....

म उनीहरूलाई सुनाउने छु ....

साथीहरूले भने ....

तिम्रो बारेमा हामीहरूलाई  डर लाग्दै छ ... 

तिम्रो कुनै नातागोता  कर कुटुम्ब पनि छैन जसले तिमीलाई सुरक्षित राख्न सक्छ, ...

यदि उनीहरूले केही नराम्रो गर्न खोजे भने । 

उनले भने ... 

मलाई जान दिनुस्  ... अल्लाहले मेरो रक्षा गर्नु हुनेछ ..

उहाँले नै बचाउनु हुनेछ ....

उनी बिहान तिर मस्जिदे हराममा पुगे... 

मकामे इब्राहीम तिर गए ... 

कुरैशहरू काबाको वरिपरि  बसेका थिए ... 

उनी मकामे इब्राहीमामा उभिएर उच्च स्वरमा पढ्न थाले ....

बिस्मिल्लाहिर्रह्मानिर्रहीम ....अर्रह्मान ... अल्लमल कुरआन....

सुरु अल्लाहको नामबाट.. जो अति दयालु अति कृपालु हुनुहुन्छ .... 

उहाँ अति कृपालु हुनुहुन्छ ...

उहाँले कुर्आनको शिक्षा दिनु भयो...

मानिसको सृष्टि गर्नुभयो ..

उसलाई बोल्न सिकाउनु भयो... (अर्रह्मानः१–४)

पढ्दै गए पढ्दै गए ... 

अनि कुरैशले उनलाई हेरे र भन्न थाले ... 

ओहो !! उम्मे अब्दको छोराले के भन्दै छ हँ ? ....

त्यसको नाश होस् ...  

यो त मुहम्मदले ल्याएका केही कुरा पढी रहेछ ....

सबै उभिएर आए ... र उनको मुखमा हिर्काउन थाले ... 

उनीले चाहे जति पढेर आफ्ना  साथीहरूतिर फर्के .... 

उनको जिउबाट रगत बग्दै थियो , त्यस अवस्थामा......

उनीहरूले भने .....

हामीलाई यसकै डर थियो......

उनले भने ...

अल्लाह कसम ..... अल्लाहका शत्रुहरू अहिले भन्दा मुल्यहिन र नीच कहिल्यै थिएनन् मेरो नजरमा ... 

यदि तिमीहरूको चाहना हुन्छ भने म फेरी भोलि जानेछु ... 

उनीहरूले भने:

यति नै काफी भयो ....

तिमीले उनीहरूलाई नचाहेको कुरा सुनाइ सक्यौ ....

****

अब्दुल्लाह बिन मस्ऊद उस्मान रजियल्लाहु अन्हुमाको शासनकाल सम्म जिवित रहे ...

उनी मृत्यु अघि बिरामी भएको बेला उस्मान रजियल्लाहु अन्हु उनको भेटघाट र सोधपुछ गर्न आए .... 

उनले सोधे ...

तिमीलाई केको पीर छ?

उनले भने ... मेरा पापहरू .....

उनले सोधे ...

के चाहन्छौ?

उनले उत्तर दिए ...

आफ्नो पालनकर्ताको कृपा....

उनले भने

तिमीले कयौँ वर्ष देखि आफ्नो भत्ता असुली नगरेको माल तिमीलाई दिने आदेश दिऊँ ...

उनले भने ... त्यसको आवश्यक्ता छैन ...

उनले भने ... तिमी बितेपछि तिम्रा छोरीहरूको काम लाग्छ नि....

उनले भने .... के तपाइलाई मेरी छोरीहरूले भोकै बस्छिन कि जस्तो डर लाग्छ.... 

मैले उनीहरूलाई हरेक राति सुरह वाकिआ पढ्न सिकाएको छु ... र मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमद्वारा सुनेको छु ...

जसले हरेक रात सुरह वाकिआ पढ्छ कहिल्यै भोको बस्दैन ....

****

राति नहुँदा हुँदै अब्दुल्लाह बिन मस्ऊद आफ्नो पालनकर्ता समक्ष पुगी सकेका थिए .... 

उनको मुख अल्लाहको नाम जप्दै थियो र ओठमा उनकै स्पष्ट आयतहरू दोह्रयाउदै थिए ....

अल्लाह उनीसित प्रसन्न होऊन् र उनलाई खुसी पारून् .....

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤

Sunday, December 6, 2020

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को- ६

 ○●○अबु उबैदा इब्नुल जर्राह○●○

■□■रजियल्लाहु अन्हु■□■ 

•• {प्रस्तुति: मुहम्मद सुहैल नदवी} •••

_______________________

○○○○○

○ हरेक समुदायमा एउटा अमीन अथवा धरोहर धारी  हुन्छ ....

र यस समुदायको अमीन अबु उबैदा  हुन् ....

रसूल् सल्लल्लाहु अलैहि वसल्लमको मुखबाट यस्तो विश्वासको तक्मा प्राप्त गरेका छन् ..... अबु अबैदा बिन जर्राहले ... 

अल्लाह उनीसित प्रसन्न होउन् ...

○○○○

○ उज्जवल मुहार ... दिप्त रूपरेखा ... पालतो जिउ... अग्लो शरीर ... र छोटो दाह्री भएका थिए उनी .... 

उनलाई देख्दा आँखा रमाउँथे ...

उनीसित भेट्दा दिलमा शान्ति र मनमा कान्तिको वास हुन्थ्यो ....

साथै उनी कोमल दिलका व्यक्ति.... बढी विनम्र र धेरै लजालु पनि थिए ....

तर समस्या परेको बेला ... 

सम्बेदनशील अवस्थामा .... 

मानौ भयँकर सिँह देख्दैछौ .....

उनी टलक चहकमा तरवारको धारको नमुना थिए भने 

धरिलोपन र प्रभामा उसकै उदाहरण ....

उनी मुसलमान समुदाय ... मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका अनुयायीहरूको अमीन ....धरोहर धारी.. संरक्षक ...

आमिर वास्तविक नाम... बुवाको नाम अब्दुल्लाह र बाजेको नाम जर्राह... 

फिहरी कुरशी थर भएको अबु उबैदाको उपनामद्वारा चिनिने गर्दथे .....

अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हुमाले उनका प्रशंसा गर्दै भनेका छन् ....

कुरैश समुदायमा तीन जना छन् ...

सबै भन्दा सुन्दर अनुहार ...सबै भन्दा विनम्र व्यवहार र सबै भन्दा लजालु भएका मान्छे ....

यदि तिमीसँग कुरा गर्यो झुठो नबोल्ने ... 

यदि तिमीले केही भन्यौ .. तिमीलाई झुठो ठहर नगर्ने ...

उनीहरू हुन् ... 

अबु बक्र सिद्दीक ... उस्मान बिन अफ्फान र .... अबु उबैदा बिन जर्राह ....(रजियल्लाहु अन्हुम्)

****

○ अबु उबैदा पनि पहिले मुसलमान हुने मध्ये एक हुन् .... 

अबु बक्र रजियल्लाहु अन्हुले इस्लाम स्वीकारेको दोस्रो दिन उनी पनि मुसलमान भएका थिए ...

अबु बक्रको हातमा नै यिनी पनि मुसलमान भएका हुन...

अबु बक्रले उनलाई र अब्दुर्रह्मान बिन औफ ... उस्मान बिन मज्ऊन ... र अर्कम बिन अबुल्अर्कमलाई साथ लिएर रसूल सल्लल्लाहु अलैहि वसल्लमको जुनाफमा हाजिर भए ... 

त्यहाँ यिनीहरूले आफ्नो इस्लामको घोषणा गरे ....

यसरी यिनीहरू नै इस्लाम धर्मको आधार शिला बने .... 

र यसै जगमाथि इस्लामको विशाल भवनको निर्माण गरियो ....

****

○ अबु उबैदाले पनि अरू मुसलमानहरू झैं सुरू देखि अन्तसम्म मक्कामा पीडा यातना सहन गर्दै बिताए ... 

उनलाई पनि सुरूवाती मुसलमानहरू जस्तै कष्ट, पीडा, अन्याय र अत्याचार भोग्नु पर्यो.... 

यस्तो अत्याचार र कष्ट कुनै धर्मका अनुयायीहरूलाई भोग्नु परेन होला ... 

तर पनि हरेक चुनौतीलाई स्वीकार्दै .... सबै परीक्षामा उत्तीर्ण भए .... र हरेक स्थानमा अल्लाह र उहाँका रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई सत्य मान्दै हिडे ...

तापनि अबु उबैदाको बद्रको दिनको परीक्षा ... यति जटिल र कडा थियो ..... 

अनुमान गर्न सक्नेहरूले त्यसको अनुमान पनि गर्न सक्दैनन् .... 

र सोच्नेहरूले त्यसको सोचपनि गर्न सक्दैनन् होला....

****

○ बद्रको दिन .... रणभूमिमा ... युद्ध गर्दै अबु उबैदा ... शत्रुका पङ्क्तिहरूबीच... मृत्युको  डरै न मानी आक्रमण गर्दै बढ्न थाले ... शत्रुहरू उनको हमला देखेर डराए .... 

यस्तो हमला गर्दै थिए मानौँ मृत्युको कुनै वास्ता नै छैन ... 

तसर्थ ठुलठुला सेनानीहरू पनि सतर्क हुदै उनको प्रतिकार गर्न न सकेर ....

 उनको सामु न आइ.... टाढैबाट बाटो लाग्न थाले ....

तर एउटा व्यक्ति ... 

सधैँ अबु उबैदाको बाटो छेक्ने प्रयास गर्दै थियो ... 

अबु उबैदा जता तर्फ गए पनि उनको बाटो छेक्दै प्रतिकार गर्न खोज्थ्यो ... 

तर अबु उबैदा पनि उनको बाटो छोडेर अर्का तिर लाग्थे .... 

त्यो व्यक्तिसित आमुन्ने सामुन्ने हुन नचाहेर ....  

उ सित मुठभेर गर्न न गर्ने सोचले ....

त्यो व्यक्ति उनीमाथि आक्रमण गर्न बारमबार प्रयास गर्दै थियो ...

 र अबु उबैदा त्यसरी नै बारम्बार त्यो व्यक्ति सित टाढा हुँदै थिए ... अन्ततः  त्यो व्यक्तिले अबु उबैदाको सबै बाटो छेक्यो ...

 र उबु उबैदालाई शत्रुहरूसित युद्ध गर्न न सक्ने गरी बाध्य तुल्यायो .....

उनले अब धैर्य राख्न सकेनन् र त्यो व्यक्तिको सिरमा आफ्नो तरवारले एक चोट हानेर उसका सिरलाई दुइ टुक्रा पारी दिए ....

त्यो मान्छे उनकै अगाडी ढल्यो ....

पाठकवृन्द , यो ढलेको मान्छे को हुन सक्छ? .... 

तपाईंहरूले विचार गर्न सक्नु हुन्न ... विचार गर्न प्रयास पनि नगर्नु ....

के मैले भनेको थिएँन ? उनको परीक्षा सोच्नेहरूको सोच भन्दा जटिल र विचारकहरूको विचार भन्दा पर रहेको छ .....

तपाइको टाउको फुट्न सक्छ होला यदि तपाईंलाई थाहा भयो भने त्यो व्यक्ति अरू कोही नभइ.... 

 अब्दुल्लाह बिन जर्राह... अबु उबैदाका बुवा थिए ....

****

○ अबु उबैदाले आफ्नो पितालाइ मारेको थिएनन् ... 

उनले त पिताको स्वरूपमा शिर्कलाई मारेका थिए ....

तसर्थ अल्लाह तअलाले  अबु उबैदा र उनका पिताको बारेमा कुर्आन उतारेर उनका प्रशंसा गर्नु भएकोछ ....

" अल्लाह र अन्तिम दिनमाथि ईमान राख्ने कुनै व्यक्तिलाई तिमीले अल्लाह र उहाँका रसूल विरेधीहरूलाई माया गरेको कहिल्यै पाउने छैनौ , चाहे ती विरोधीहरू उनका पिता वा छोरा वा भाइ वा नातेदार नै किन नहोउन् । यिनै हुन् जसकाहृदयमा अल्लाहले ईमान लेखी दिनु भएको छ र जसलाई आफ्नो तर्फबाट एउटा आत्माद्वारा सुदृढ तुल्याउनु भएको छ ।  र यिनीहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराउनु हुनेछ  जसको तलतिरबाट नदिहरू बगिरहेका हुनेछन् । त्यसमा सदासर्वदा रहने छन् । अल्लाह यिनीहरू सित प्रसन्न र यिनीहरू पनि अल्लाहसित प्रसन्न छन् । यिनीहरू नै हुन् अल्लाहका समूह .. याद राख अल्लाहको समूह नै सफल हुनेछन् ..."  (मुजादलाः२२)

****

○ यो कुरा जो अबु उबैदाबाट भयो, अनौठो रहेन छ त ?... 

किन भने अल्लाहमाथि उनको विश्वासको दृढता... उहाँको धर्मप्रति उनको माया र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका अनुयायीहरू प्रति उनको इमानदारी यति माथि सम्म चुलि सकेको  थियो कि.... जसलाई प्राप्त गर्न ठुलठुला व्यक्तिहरूले मात्र कामना गर्न सक्ने हुन्छन् ...

मुहम्मद बिन जअफर भन्दै छन् ...

इसाईहरूको एउटा समूह रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर आयो ....

उनीहरूले भने ... हे अबुल कासिम ,, हाम्रो साथ तपाईं आफ्नो साथीहरू मध्ये तपाईँले रोजेको एउटा व्यक्ति पठाइ दिनुहोस ... 

हाम्रो केही सम्पत्तिको बाडफाटमा भएको झगडामा उसलाई हामीले निसाफी बनाउछौँ ....

 तपाईँहरू हाम्रो दृष्टिमा राम्रो निसाफ गर्ने मान्छे हुनुहुन्छ ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो ... तिमीहरू भरे बेलुकी आऊ म तिमीहरूको साथमा एउटा इमानदार शक्तिशाली मान्छे पठाइ दिन्छु ...

 उमर बिन खत्ताबले भने ...

म त्यो दिन जुहरको नमाजमा सबेरै पुगेँ .... 

अगुवा बन्ने चाहना मैले कहिल्यै गरेकै छैन त्यो दिन बाहेक ,सायद यस प्रशंसाको योग्य म ठहर हुन पाउछु कि भनेर मात्र ।

जब रसूल सल्लल्लाहु अलैहि वसल्लमले जुहरको जमाज पढाउनु भयो,दायाँ बायाँ हेर्न थाल्नु भयो ,म आफ्नो शिर उठाउन थालें ... उहाँको दृष्टि ममाथि परोस् भनेर ... 

तर उहाँले बराबर आँखा यता उता फर्काउँदै अबु उबैदालाई हेर्नु भयो ... 

उनलाई बोलाएर भन्नु भयो ....

यिनीहरूको साथमा जाऊ ...यिनीहरूको बीच भएको झगडामा सत्यताका साथ फैसला गरेर आऊ ... 

मैले भने ...कठै!!!अबु उबैदाले लगे .....

****

○ अबु उबैदा इमानदार मात्र नभइ... 

इमानदारीका साथ पराक्रमलाई पनि समेटेका थिए ....

 यो पराक्रम कयौँ  मौकामा देखा परेको पाइन्छ ....

एक पटकको कुरा हो ... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनलाई सहाबाहरूको एक समूहमा कुरैशको कुनै व्यापारिक यात्रुसमूहलाई लगार्न पठाउनु भएको थियो ... 

उनीहरूमाथि अबु उबैदालाई अधिकृत बनाउनु भयो ...

सामलको स्वरूप एक झोला खजुर दिनुभयो .... 

त्यो खजुर बाहेक केही पनि त थिएन त्यो बेला ... 

अबु उबैदा हरेक साथीलाई एउटा एउटा खजुर दिन्थे... त्यही खजुरलाई हरेक व्यक्ति..... 

 बालकले आमाको स्तन चुस्ने झैं चुस्थ्यो ... 

अनि त्यस पछि पानी पिउने गर्दथे ... 

रातिसम्मको छाक त्यही हुन्थ्यो ....

****

उहुद को दिन ....

मुसलमानहरू पराजित भए ....

शत्रुमध्ये एक जना कराउन थाल्यो ...

मलाई मुहम्मदको पत्तो देऊ... मलाई मुहम्मदको ठाउँ देखाऊ ...

अबु उबैदा पनि ती दस जना मध्ये एक थिए ...

 जसले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई शत्रुका भालाहरूबाट सुरक्षित राख्न उहाँलाई घेराबन्दी गरेका थिए ....

युद्ध समाप्त भयो.... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमको कुकुरदाँत ग्रस्त भएको थियो ...

उमहाँको निधार घाइते भएको थियो .....

 उहाँको गालामा उनकै कवचको सिक्रीको दुइवटा कडि रोपिएको थियो ... 

अबु बक्रले अगाडी आएर गालाबाट दुवै कडीलाई निकाल्न खोजे ...

 अबु उबैदाले भने ... 

म तपाईँलाई अल्लाहको कसम दिन्छु .... यो मेरोलागि छोडिदिनुस् .... उनले छोडिदिए ... 

अबु उबैदाले यदि हातले निकालेँ भने रसूल सल्लल्लाहु अलैहि वसल्लमलाइ पीडा हुन सक्छ भन्ने डरले एउटा कडीलाई राजदन्तद्वारा मजबुतीका साथ टोकेर जोर लगाएर त्यो कडी निकाले ... 

तर उनको एउटा राजदन्त पनि झर्यो ..... 

अर्को कडीलाई अर्को राजदन्तले मजबुती का साथ समातेर उखले ..

र उनको अर्को राजदन्त पनि झर्यो ....

अबु बक्र भन्दै हुन्थ्यो ...

अबु उबैदा राजदन्त भाँचिएकाले हामीमध्ये अति सुन्दर देखिन्थे ......

****

○ अबु उबैदा हजुर सल्लल्लाहु अलैहिको सँगै हरेक युद्धमा सामेल रहे .... 

साथ पाए बेला देखि उहँको देहान्त हुने सम्म .....

सकीफा बनी साइदाको दिन .... 

रसूल सल्लल्लाहु अलैहि वसल्लम को देहान्त  पश्चात मुसलमानका अगुवा छान्ने दिन ....

उमर बिन खत्ताबले अबु उबैदालाई भने ...

आफ्नो हात बढाउनु ..... मै तपाइको हातमा बैअत गर्छु ... 

किन भने मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमद्वारा सुनेको छु ...

हरेक समुदायमा एउटा इमानदार भरोसायोग्य हुन्छ र यस समुदायको भरोसायोग्य व्यक्ति तपाईँ  हुनुहुन्छ ....

अबु उबैदाले उत्तर दिए ....

.... तर म यस्तो व्यक्ति को अगाडी आउन सक्तिन, .... 

जसलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफू जिउँदो भएको बेलामा उनले हामीलाई नमाज पढाउन नियुक्त गर्नु भएको थियो ....

 र त्यो व्यक्तिले उहाँको देहान्त सम्म हामीलाई नमाज पढाउँदै आएका छन् ...

त्यस पछि अबु बक्र सिद्दीकको हातमाथि व्यअत सम्पन्न भयो ....

 अबु उबैदा निरन्तर  सत्यको साथ उनीलाई राम्रो सल्लाह दिने गर्दथे र भलो काममा सधैं सहयोग पुर्याउँदै हुन्थे...

अबु बक्रले आफू पछि उमर फारूकलाई उत्तराधिकारी नियुक्त गरे ..... 

अबु उबैदा उनकालागि पनि आज्ञाकारी नै थिए ... 

कुनै आदेशको कहिले पनि अवज्ञा गरेनन् ... 

एक पटक बाहेक ...

तपाईँलाई थाहा छ? त्यस्तो कुन आदेश थियो जसमा अबु उबैदाले मुसलमानका खलीफा अथवा हाकिमको आदेशको अवज्ञा गर्न भ्याएका थियो .....

****

○ यो त्यस समयको कुरा हो .... 

जब अबु उबैदा शामका मुलुकमा मुसलमान सेनाको सेनापति थिए .... 

उनीहरूलाई एउटा विजय पछि अर्को विजय प्राप्त हुँदै थियो .... 

यसरी अल्लाहले उनलाई सम्पूर्ण शामको मुलुकमाथि विजयी बनाउनु भयो .... 

पूर्वमा फुरात नदि सम्म र उत्तरमा अनातुलिया सम्म पुगे .... 

त्यस बेला शामको मुलुकमा प्लेगको महामारी फैलियो ... 

मानिसहरूले यस्तो महामारी पहिले देखेका नै थिएनन् .... 

त्यसको चपेटामा परी हजारौँ  मानिसहरू हताहत भए ...

उमर बिन खत्ताब ... मुसलमानका तत्कालीन हाकिमले तुरन्तै अबु उबैदालाई पत्र लेखेर एउटा सन्देष्टा पठाए ...

 त्यस पत्रमा लेखिएको थियो ....

मलाई तिमीसँग एउटा यस्तो आवश्यक्ता आइ परेको छ .. जसमा तिमी यहाँ आउन बाहेक अरू केही उपाय देख्दिँन .... 

यदि तिमीलाई यो पत्र राति भेटायो भने म तिमीलाई सौगन्ध दिन्छु कि बिहानी उदाउनु भन्दा पहिले नै यात्रा आरम्भ गर्नु... 

यदि दिनमा भेटायो भने म तिमीलाई कसम दिन्छु बेलुका हुनु भन्दा पहिले सवारी चढी हाल्नु ....

अबु उबैदाले उमर फारूकको पत्र पढे ... उनले भने ...

मुसलमानका अमीरलाई मसँग पर्ने खाँचो मलाई थाहा छ.... उनले बाँकी न रहनेलाई बाँकी राख्न खोज्दै छन् ..

फेरी उत्तर दिँदै पत्र लेखे,

हे अमीरुल् मुमिनीन !! मसित रहेको तपाईँको खाँचो मलाई थाहा भयो,म अहिले मुसलमानका सेनाको साथमा छु, उनीहरूले जे भोग्नेछन् त्योबाट मैले आफूलाई बचाउन चाहिदिँन,म उनीहरूलाई छोड्नपनि चाहन्न,अल्लाहले मेरो र उनीहरूको बारेमा जे फैसला गर्न चाह्नु हुन्छ नगरे सम्म .....

यदि तपाईँलाई मेरो पत्र मिल्यो भने मलाई आफ्नो कसमबाट मुक्त गरि दिनु होला ... र मलाई यहिँ बस्ने अनुमति स्वीकार गरिदिनु होला...

उमर ले उनको पत्र पढ्दा आँखा आँशुले भरिपूर्ण भए ... 

उनका आँशु देखेर नजिक भएको कुनै व्यक्तिले सेध्यो...

अमीरुल मूमिनीन !!! अबु उबैदाको देहान्त भइ सक्यो क्या हो ?

उनले भने .... होइन, तर मृत्यु उनको निकट पुगी सकेको छ .....

****

○ उमर फारूकको अनुमान निराधार थिएन ... 

किन भने केही दिनमै उबु उबैदालाई प्लेगले समात्यो.... 

उनको मृत्यु को एकीन भएपछि उनले आफ्नो सेनालाई उपदेश दिँदै भने ....

म तिमीहरूलाई यस्तो उपदेश दिँदैछु .... 

यदि तिमीहरूले यसलाई अँगाल्यौ भने सधैँ तिम्रो भलो नै हुनेछ ....

नमाज कायम गर्दै गर, रमजान महिनाको रोजा सधैँ राख, दान देउ, हज र उम्रा गर, एक अर्कालाई भलो काम अह्राउ, आफ्नो शासकहरूप्रति राम्रो व्यवहार गर, उनीहरूलाई धोखा नदेउ, सन्सारको मोह न राख, यदि कसैलाई हजार वर्षको उमेर दिइयो उसको पनि मेरो जस्तै अन्त्य एक दिन अवश्य नै हुने हुन्छ ...

तिमीहरूमाथि अल्लाह तर्फबाट शान्ति होस.. र उहाँको कृपा सधै रहोस् .....

त्यस पछि मुआज बिन जबल तिर फर्केर भने ....

हे मुआज ! जनसमूहलाई नमाज पढाउ....

केही छिनमै उनको प्राण निस्कियो ....

मुआजले उभिएर भने ....

हे मित्रजन!!! तिमीहरूले यस्तो व्यक्तिलाई गुमाएका छौ ... 

मलाई थाहा छैन कि मैले त्यो व्यक्ति भन्दा उत्तम,खुल्ला मन ... इर्ष्याबाट कोसौँ  दूर ... अन्तिमदिन प्रति बढी चाहना राख्ने र सर्वसाधारणको हितको बारेमा चिन्तित  रहने कुनै व्यक्तिलाई देखेको होला .....

उनको लागि शान्तिको दुआ गर.... 

अल्लाह तिमीहरूप्रति पनि दया गरून् .....

(प्रस्तुति: मुहम्मद सुहैल नदवी)

¤¤¤¤