○●○अबु उबैदा इब्नुल जर्राह○●○
■□■रजियल्लाहु अन्हु■□■
••• {प्रस्तुति: मुहम्मद सुहैल नदवी} •••
_______________________
○○○○○
○ हरेक समुदायमा एउटा अमीन अथवा धरोहर धारी हुन्छ ....
र यस समुदायको अमीन अबु उबैदा हुन् ....
रसूल् सल्लल्लाहु अलैहि वसल्लमको मुखबाट यस्तो विश्वासको तक्मा प्राप्त गरेका छन् ..... अबु अबैदा बिन जर्राहले ...
अल्लाह उनीसित प्रसन्न होउन् ...
○○○○
○ उज्जवल मुहार ... दिप्त रूपरेखा ... पालतो जिउ... अग्लो शरीर ... र छोटो दाह्री भएका थिए उनी ....
उनलाई देख्दा आँखा रमाउँथे ...
उनीसित भेट्दा दिलमा शान्ति र मनमा कान्तिको वास हुन्थ्यो ....
साथै उनी कोमल दिलका व्यक्ति.... बढी विनम्र र धेरै लजालु पनि थिए ....
तर समस्या परेको बेला ...
सम्बेदनशील अवस्थामा ....
मानौ भयँकर सिँह देख्दैछौ .....
उनी टलक चहकमा तरवारको धारको नमुना थिए भने
धरिलोपन र प्रभामा उसकै उदाहरण ....
उनी मुसलमान समुदाय ... मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका अनुयायीहरूको अमीन ....धरोहर धारी.. संरक्षक ...
आमिर वास्तविक नाम... बुवाको नाम अब्दुल्लाह र बाजेको नाम जर्राह...
फिहरी कुरशी थर भएको अबु उबैदाको उपनामद्वारा चिनिने गर्दथे .....
अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हुमाले उनका प्रशंसा गर्दै भनेका छन् ....
कुरैश समुदायमा तीन जना छन् ...
सबै भन्दा सुन्दर अनुहार ...सबै भन्दा विनम्र व्यवहार र सबै भन्दा लजालु भएका मान्छे ....
यदि तिमीसँग कुरा गर्यो झुठो नबोल्ने ...
यदि तिमीले केही भन्यौ .. तिमीलाई झुठो ठहर नगर्ने ...
उनीहरू हुन् ...
अबु बक्र सिद्दीक ... उस्मान बिन अफ्फान र .... अबु उबैदा बिन जर्राह ....(रजियल्लाहु अन्हुम्)
****
○ अबु उबैदा पनि पहिले मुसलमान हुने मध्ये एक हुन् ....
अबु बक्र रजियल्लाहु अन्हुले इस्लाम स्वीकारेको दोस्रो दिन उनी पनि मुसलमान भएका थिए ...
अबु बक्रको हातमा नै यिनी पनि मुसलमान भएका हुन...
अबु बक्रले उनलाई र अब्दुर्रह्मान बिन औफ ... उस्मान बिन मज्ऊन ... र अर्कम बिन अबुल्अर्कमलाई साथ लिएर रसूल सल्लल्लाहु अलैहि वसल्लमको जुनाफमा हाजिर भए ...
त्यहाँ यिनीहरूले आफ्नो इस्लामको घोषणा गरे ....
यसरी यिनीहरू नै इस्लाम धर्मको आधार शिला बने ....
र यसै जगमाथि इस्लामको विशाल भवनको निर्माण गरियो ....
****
○ अबु उबैदाले पनि अरू मुसलमानहरू झैं सुरू देखि अन्तसम्म मक्कामा पीडा यातना सहन गर्दै बिताए ...
उनलाई पनि सुरूवाती मुसलमानहरू जस्तै कष्ट, पीडा, अन्याय र अत्याचार भोग्नु पर्यो....
यस्तो अत्याचार र कष्ट कुनै धर्मका अनुयायीहरूलाई भोग्नु परेन होला ...
तर पनि हरेक चुनौतीलाई स्वीकार्दै .... सबै परीक्षामा उत्तीर्ण भए .... र हरेक स्थानमा अल्लाह र उहाँका रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई सत्य मान्दै हिडे ...
तापनि अबु उबैदाको बद्रको दिनको परीक्षा ... यति जटिल र कडा थियो .....
अनुमान गर्न सक्नेहरूले त्यसको अनुमान पनि गर्न सक्दैनन् ....
र सोच्नेहरूले त्यसको सोचपनि गर्न सक्दैनन् होला....
****
○ बद्रको दिन .... रणभूमिमा ... युद्ध गर्दै अबु उबैदा ... शत्रुका पङ्क्तिहरूबीच... मृत्युको डरै न मानी आक्रमण गर्दै बढ्न थाले ... शत्रुहरू उनको हमला देखेर डराए ....
यस्तो हमला गर्दै थिए मानौँ मृत्युको कुनै वास्ता नै छैन ...
तसर्थ ठुलठुला सेनानीहरू पनि सतर्क हुदै उनको प्रतिकार गर्न न सकेर ....
उनको सामु न आइ.... टाढैबाट बाटो लाग्न थाले ....
तर एउटा व्यक्ति ...
सधैँ अबु उबैदाको बाटो छेक्ने प्रयास गर्दै थियो ...
अबु उबैदा जता तर्फ गए पनि उनको बाटो छेक्दै प्रतिकार गर्न खोज्थ्यो ...
तर अबु उबैदा पनि उनको बाटो छोडेर अर्का तिर लाग्थे ....
त्यो व्यक्तिसित आमुन्ने सामुन्ने हुन नचाहेर ....
उ सित मुठभेर गर्न न गर्ने सोचले ....
त्यो व्यक्ति उनीमाथि आक्रमण गर्न बारमबार प्रयास गर्दै थियो ...
र अबु उबैदा त्यसरी नै बारम्बार त्यो व्यक्ति सित टाढा हुँदै थिए ... अन्ततः त्यो व्यक्तिले अबु उबैदाको सबै बाटो छेक्यो ...
र उबु उबैदालाई शत्रुहरूसित युद्ध गर्न न सक्ने गरी बाध्य तुल्यायो .....
उनले अब धैर्य राख्न सकेनन् र त्यो व्यक्तिको सिरमा आफ्नो तरवारले एक चोट हानेर उसका सिरलाई दुइ टुक्रा पारी दिए ....
त्यो मान्छे उनकै अगाडी ढल्यो ....
पाठकवृन्द , यो ढलेको मान्छे को हुन सक्छ? ....
तपाईंहरूले विचार गर्न सक्नु हुन्न ... विचार गर्न प्रयास पनि नगर्नु ....
के मैले भनेको थिएँन ? उनको परीक्षा सोच्नेहरूको सोच भन्दा जटिल र विचारकहरूको विचार भन्दा पर रहेको छ .....
तपाइको टाउको फुट्न सक्छ होला यदि तपाईंलाई थाहा भयो भने त्यो व्यक्ति अरू कोही नभइ....
अब्दुल्लाह बिन जर्राह... अबु उबैदाका बुवा थिए ....
****
○ अबु उबैदाले आफ्नो पितालाइ मारेको थिएनन् ...
उनले त पिताको स्वरूपमा शिर्कलाई मारेका थिए ....
तसर्थ अल्लाह तअलाले अबु उबैदा र उनका पिताको बारेमा कुर्आन उतारेर उनका प्रशंसा गर्नु भएकोछ ....
" अल्लाह र अन्तिम दिनमाथि ईमान राख्ने कुनै व्यक्तिलाई तिमीले अल्लाह र उहाँका रसूल विरेधीहरूलाई माया गरेको कहिल्यै पाउने छैनौ , चाहे ती विरोधीहरू उनका पिता वा छोरा वा भाइ वा नातेदार नै किन नहोउन् । यिनै हुन् जसकाहृदयमा अल्लाहले ईमान लेखी दिनु भएको छ र जसलाई आफ्नो तर्फबाट एउटा आत्माद्वारा सुदृढ तुल्याउनु भएको छ । र यिनीहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराउनु हुनेछ जसको तलतिरबाट नदिहरू बगिरहेका हुनेछन् । त्यसमा सदासर्वदा रहने छन् । अल्लाह यिनीहरू सित प्रसन्न र यिनीहरू पनि अल्लाहसित प्रसन्न छन् । यिनीहरू नै हुन् अल्लाहका समूह .. याद राख अल्लाहको समूह नै सफल हुनेछन् ..." (मुजादलाः२२)
****
○ यो कुरा जो अबु उबैदाबाट भयो, अनौठो रहेन छ त ?...
किन भने अल्लाहमाथि उनको विश्वासको दृढता... उहाँको धर्मप्रति उनको माया र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका अनुयायीहरू प्रति उनको इमानदारी यति माथि सम्म चुलि सकेको थियो कि.... जसलाई प्राप्त गर्न ठुलठुला व्यक्तिहरूले मात्र कामना गर्न सक्ने हुन्छन् ...
मुहम्मद बिन जअफर भन्दै छन् ...
इसाईहरूको एउटा समूह रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर आयो ....
उनीहरूले भने ... हे अबुल कासिम ,, हाम्रो साथ तपाईं आफ्नो साथीहरू मध्ये तपाईँले रोजेको एउटा व्यक्ति पठाइ दिनुहोस ...
हाम्रो केही सम्पत्तिको बाडफाटमा भएको झगडामा उसलाई हामीले निसाफी बनाउछौँ ....
तपाईँहरू हाम्रो दृष्टिमा राम्रो निसाफ गर्ने मान्छे हुनुहुन्छ ....
रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो ... तिमीहरू भरे बेलुकी आऊ म तिमीहरूको साथमा एउटा इमानदार शक्तिशाली मान्छे पठाइ दिन्छु ...
उमर बिन खत्ताबले भने ...
म त्यो दिन जुहरको नमाजमा सबेरै पुगेँ ....
अगुवा बन्ने चाहना मैले कहिल्यै गरेकै छैन त्यो दिन बाहेक ,सायद यस प्रशंसाको योग्य म ठहर हुन पाउछु कि भनेर मात्र ।
जब रसूल सल्लल्लाहु अलैहि वसल्लमले जुहरको जमाज पढाउनु भयो,दायाँ बायाँ हेर्न थाल्नु भयो ,म आफ्नो शिर उठाउन थालें ... उहाँको दृष्टि ममाथि परोस् भनेर ...
तर उहाँले बराबर आँखा यता उता फर्काउँदै अबु उबैदालाई हेर्नु भयो ...
उनलाई बोलाएर भन्नु भयो ....
यिनीहरूको साथमा जाऊ ...यिनीहरूको बीच भएको झगडामा सत्यताका साथ फैसला गरेर आऊ ...
मैले भने ...कठै!!!अबु उबैदाले लगे .....
****
○ अबु उबैदा इमानदार मात्र नभइ...
इमानदारीका साथ पराक्रमलाई पनि समेटेका थिए ....
यो पराक्रम कयौँ मौकामा देखा परेको पाइन्छ ....
एक पटकको कुरा हो ...
रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनलाई सहाबाहरूको एक समूहमा कुरैशको कुनै व्यापारिक यात्रुसमूहलाई लगार्न पठाउनु भएको थियो ...
उनीहरूमाथि अबु उबैदालाई अधिकृत बनाउनु भयो ...
सामलको स्वरूप एक झोला खजुर दिनुभयो ....
त्यो खजुर बाहेक केही पनि त थिएन त्यो बेला ...
अबु उबैदा हरेक साथीलाई एउटा एउटा खजुर दिन्थे... त्यही खजुरलाई हरेक व्यक्ति.....
बालकले आमाको स्तन चुस्ने झैं चुस्थ्यो ...
अनि त्यस पछि पानी पिउने गर्दथे ...
रातिसम्मको छाक त्यही हुन्थ्यो ....
****
उहुद को दिन ....
मुसलमानहरू पराजित भए ....
शत्रुमध्ये एक जना कराउन थाल्यो ...
मलाई मुहम्मदको पत्तो देऊ... मलाई मुहम्मदको ठाउँ देखाऊ ...
अबु उबैदा पनि ती दस जना मध्ये एक थिए ...
जसले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई शत्रुका भालाहरूबाट सुरक्षित राख्न उहाँलाई घेराबन्दी गरेका थिए ....
युद्ध समाप्त भयो....
रसूल सल्लल्लाहु अलैहि वसल्लमको कुकुरदाँत ग्रस्त भएको थियो ...
उमहाँको निधार घाइते भएको थियो .....
उहाँको गालामा उनकै कवचको सिक्रीको दुइवटा कडि रोपिएको थियो ...
अबु बक्रले अगाडी आएर गालाबाट दुवै कडीलाई निकाल्न खोजे ...
अबु उबैदाले भने ...
म तपाईँलाई अल्लाहको कसम दिन्छु .... यो मेरोलागि छोडिदिनुस् .... उनले छोडिदिए ...
अबु उबैदाले यदि हातले निकालेँ भने रसूल सल्लल्लाहु अलैहि वसल्लमलाइ पीडा हुन सक्छ भन्ने डरले एउटा कडीलाई राजदन्तद्वारा मजबुतीका साथ टोकेर जोर लगाएर त्यो कडी निकाले ...
तर उनको एउटा राजदन्त पनि झर्यो .....
अर्को कडीलाई अर्को राजदन्तले मजबुती का साथ समातेर उखले ..
र उनको अर्को राजदन्त पनि झर्यो ....
अबु बक्र भन्दै हुन्थ्यो ...
अबु उबैदा राजदन्त भाँचिएकाले हामीमध्ये अति सुन्दर देखिन्थे ......
****
○ अबु उबैदा हजुर सल्लल्लाहु अलैहिको सँगै हरेक युद्धमा सामेल रहे ....
साथ पाए बेला देखि उहँको देहान्त हुने सम्म .....
सकीफा बनी साइदाको दिन ....
रसूल सल्लल्लाहु अलैहि वसल्लम को देहान्त पश्चात मुसलमानका अगुवा छान्ने दिन ....
उमर बिन खत्ताबले अबु उबैदालाई भने ...
आफ्नो हात बढाउनु ..... मै तपाइको हातमा बैअत गर्छु ...
किन भने मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमद्वारा सुनेको छु ...
हरेक समुदायमा एउटा इमानदार भरोसायोग्य हुन्छ र यस समुदायको भरोसायोग्य व्यक्ति तपाईँ हुनुहुन्छ ....
अबु उबैदाले उत्तर दिए ....
.... तर म यस्तो व्यक्ति को अगाडी आउन सक्तिन, ....
जसलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफू जिउँदो भएको बेलामा उनले हामीलाई नमाज पढाउन नियुक्त गर्नु भएको थियो ....
र त्यो व्यक्तिले उहाँको देहान्त सम्म हामीलाई नमाज पढाउँदै आएका छन् ...
त्यस पछि अबु बक्र सिद्दीकको हातमाथि व्यअत सम्पन्न भयो ....
अबु उबैदा निरन्तर सत्यको साथ उनीलाई राम्रो सल्लाह दिने गर्दथे र भलो काममा सधैं सहयोग पुर्याउँदै हुन्थे...
अबु बक्रले आफू पछि उमर फारूकलाई उत्तराधिकारी नियुक्त गरे .....
अबु उबैदा उनकालागि पनि आज्ञाकारी नै थिए ...
कुनै आदेशको कहिले पनि अवज्ञा गरेनन् ...
एक पटक बाहेक ...
तपाईँलाई थाहा छ? त्यस्तो कुन आदेश थियो जसमा अबु उबैदाले मुसलमानका खलीफा अथवा हाकिमको आदेशको अवज्ञा गर्न भ्याएका थियो .....
****
○ यो त्यस समयको कुरा हो ....
जब अबु उबैदा शामका मुलुकमा मुसलमान सेनाको सेनापति थिए ....
उनीहरूलाई एउटा विजय पछि अर्को विजय प्राप्त हुँदै थियो ....
यसरी अल्लाहले उनलाई सम्पूर्ण शामको मुलुकमाथि विजयी बनाउनु भयो ....
पूर्वमा फुरात नदि सम्म र उत्तरमा अनातुलिया सम्म पुगे ....
त्यस बेला शामको मुलुकमा प्लेगको महामारी फैलियो ...
मानिसहरूले यस्तो महामारी पहिले देखेका नै थिएनन् ....
त्यसको चपेटामा परी हजारौँ मानिसहरू हताहत भए ...
उमर बिन खत्ताब ... मुसलमानका तत्कालीन हाकिमले तुरन्तै अबु उबैदालाई पत्र लेखेर एउटा सन्देष्टा पठाए ...
त्यस पत्रमा लेखिएको थियो ....
मलाई तिमीसँग एउटा यस्तो आवश्यक्ता आइ परेको छ .. जसमा तिमी यहाँ आउन बाहेक अरू केही उपाय देख्दिँन ....
यदि तिमीलाई यो पत्र राति भेटायो भने म तिमीलाई सौगन्ध दिन्छु कि बिहानी उदाउनु भन्दा पहिले नै यात्रा आरम्भ गर्नु...
यदि दिनमा भेटायो भने म तिमीलाई कसम दिन्छु बेलुका हुनु भन्दा पहिले सवारी चढी हाल्नु ....
अबु उबैदाले उमर फारूकको पत्र पढे ... उनले भने ...
मुसलमानका अमीरलाई मसँग पर्ने खाँचो मलाई थाहा छ.... उनले बाँकी न रहनेलाई बाँकी राख्न खोज्दै छन् ..
फेरी उत्तर दिँदै पत्र लेखे,
हे अमीरुल् मुमिनीन !! मसित रहेको तपाईँको खाँचो मलाई थाहा भयो,म अहिले मुसलमानका सेनाको साथमा छु, उनीहरूले जे भोग्नेछन् त्योबाट मैले आफूलाई बचाउन चाहिदिँन,म उनीहरूलाई छोड्नपनि चाहन्न,अल्लाहले मेरो र उनीहरूको बारेमा जे फैसला गर्न चाह्नु हुन्छ नगरे सम्म .....
यदि तपाईँलाई मेरो पत्र मिल्यो भने मलाई आफ्नो कसमबाट मुक्त गरि दिनु होला ... र मलाई यहिँ बस्ने अनुमति स्वीकार गरिदिनु होला...
उमर ले उनको पत्र पढ्दा आँखा आँशुले भरिपूर्ण भए ...
उनका आँशु देखेर नजिक भएको कुनै व्यक्तिले सेध्यो...
अमीरुल मूमिनीन !!! अबु उबैदाको देहान्त भइ सक्यो क्या हो ?
उनले भने .... होइन, तर मृत्यु उनको निकट पुगी सकेको छ .....
****
○ उमर फारूकको अनुमान निराधार थिएन ...
किन भने केही दिनमै उबु उबैदालाई प्लेगले समात्यो....
उनको मृत्यु को एकीन भएपछि उनले आफ्नो सेनालाई उपदेश दिँदै भने ....
म तिमीहरूलाई यस्तो उपदेश दिँदैछु ....
यदि तिमीहरूले यसलाई अँगाल्यौ भने सधैँ तिम्रो भलो नै हुनेछ ....
नमाज कायम गर्दै गर, रमजान महिनाको रोजा सधैँ राख, दान देउ, हज र उम्रा गर, एक अर्कालाई भलो काम अह्राउ, आफ्नो शासकहरूप्रति राम्रो व्यवहार गर, उनीहरूलाई धोखा नदेउ, सन्सारको मोह न राख, यदि कसैलाई हजार वर्षको उमेर दिइयो उसको पनि मेरो जस्तै अन्त्य एक दिन अवश्य नै हुने हुन्छ ...
तिमीहरूमाथि अल्लाह तर्फबाट शान्ति होस.. र उहाँको कृपा सधै रहोस् .....
त्यस पछि मुआज बिन जबल तिर फर्केर भने ....
हे मुआज ! जनसमूहलाई नमाज पढाउ....
केही छिनमै उनको प्राण निस्कियो ....
मुआजले उभिएर भने ....
हे मित्रजन!!! तिमीहरूले यस्तो व्यक्तिलाई गुमाएका छौ ...
मलाई थाहा छैन कि मैले त्यो व्यक्ति भन्दा उत्तम,खुल्ला मन ... इर्ष्याबाट कोसौँ दूर ... अन्तिमदिन प्रति बढी चाहना राख्ने र सर्वसाधारणको हितको बारेमा चिन्तित रहने कुनै व्यक्तिलाई देखेको होला .....
उनको लागि शान्तिको दुआ गर....
अल्लाह तिमीहरूप्रति पनि दया गरून् .....
(प्रस्तुति: मुहम्मद सुहैल नदवी)
¤¤¤¤
Ma Sha Allah
ReplyDeleteधन्यवाद
Delete