●○● सईद बिन आमिर अल् जुमही ●○●
□■□ रजियल्लाहु अन्हु □■□
•••••{प्रस्तुति: मुहम्मद सुहैल नदवी}•••••
○○○○○
○ सईद बिन आमिर जुमही जस्ता जवान पनि ती हजारौँ हजार मध्ये एक थिए....
जो मक्काको बाहिर तन्ईम भन्ने ठाउँ तिर निस्केका थिए....
कुरैशका सरदारहरूको निमन्त्रणालाई स्वीकार्दै ...
किन भने .....
मुहम्मदका एक साथी खुबैबलाई धोका दिएर समातिएको थियो ......
र त्यहाँ उनैको अन्त्य हेर्नको निमित्त बोलाइएका थिए उनीहरूलाई ....
उनी भरपुर जवानी र सशक्त शरीरका भएको कारण ......
मानिसको भीडमा पाखुरा घुसार्दै कुरैशका ठुलठुला सरदार .....
अबु सुफ्यान बिन हर्ब, सफ्वान बिन उमैया र अग्रिम पङ्क्तिमा भएका अन्य सरदारहरूको लहरमा ......
आफूलाई पुर्याउन सफल भए .....
यसरी उनले कुरैशले कैदी बनाएको मान्छेलाई हेर्न मौका पाएका थिए ....
जो सिक्रीमा बाँधिएको अवस्थामा थिए ...
आइमाई, बच्चा र तरूण तरूणीका हात उनलाई मृत्यूको बाटेमा धकेल्दै थिए ....
यसरी उनीहरू उसको व्यक्तित्वमा मुहम्मदसित आफ्नो प्रतिशोध लिँदै थिए ........
र बद्रको युद्धमा मारिएका आफन्तजनको बदला असूल गर्दै थिए .....
यो ठुलो भेला जब उनलाई मार्न तयार गरिएको ठाउँसम्म पुग्यो...
सईद बिन आमिर पनि आफ्नो अग्लो शरीर द्वारा खुबैबलाई हेर्न थाले...
उनलाई सूली दिइने काठतिर धकेलिँदै ...
उसले आइमाई र बच्चाहरूको कराइ र कोलाहल बीच एउटा शान्त दृढ आवाज सुने जो भन्दै थियो ....
यदि तिमीहरूले मलाई सूली चढाउनु अघि दूई रकअत नमाज पढ्न अनुमति दिन्छौ भने म पढ्न चाहन्छु ....
फेरी उसले उनलाई देखे...
उनले काबातिर मुख फर्काए ...
दुई रकअत नमाज पढे.....
अहो.... कति सुन्दर नमाज कति परिपूर्ण नमाज ....
फेरी उनलाई देखे.....
उनी कुरैशका सरदारहरूतिर फर्केर भन्दै छन्.....
अल्लाह कसम ....
यदि तिमीहरूलाई यो शंका हुँदैन्थ्यो कि ......
मैले मृत्युको भयले गर्दा नमाज लामो गरेको छु भने .....
म अझैँ लामो पढ्ने थिएँ ....
फेरी उनले आफ्नै आँखाद्वारा आफ्नै समुदायलाई खुबैबलाई जिउँदै शरीरका अङ्ग अङ्ग काट्दै गरेको देखे ...
उनका जिउका एक भाग पछि अर्को भाग काट्दै थिए र यो भन्दै थिए ....
के तिमी चाहदैनौ यदि मुहम्मद तिम्रो स्थानमा हुन्थ्यो र तिमी बाँच्नेथ्यौ ....
उनी जवाफ दिन्थे र रगत उनको शरीरबाट चुहिदै गरेको थियो ....
अल्लाह कसम.... म चाहदिनँ कि म आफ्नो घर परिवारमा शान्त र सुलभ्य बसुँ र मुहम्मदलाई एउटा कांडा बिजोस् ......
मानिसहरू माथि हात उचाल्दै थिए र उनीहरू चर्को स्वरमा भन्दै थिए ....
यसलाई मार !!! यसलाई मार ....
फेरी सईद बिन आमिरले यो दृश्य पनि देखे...
खुबैबले सूलीको काठमै आफ्नो आँखा अकाशतिर फर्काएर भन्दैछन् ....
हे अल्लाह यी सबैलाई गणना गरी हाल्नुस् ...
सबैलाई अन्त सम्म बर्बाद गर्नुस् .....
र यिनीहरूमध्ये कसैलाई न छोडनुस् ........
त्यस पछि उनले अन्तिस स्वास ताने ....
उनको शरीरमाथि तरवार र भालाको कति प्रहार थिए ......
त्यसको गणना गर्न सकिदैन्थयो ....
*******
○ कुरैश मक्का फर्केर आए ....
र ठुलठुला घटना चक्रको भीडमा खुबैब र उनलाई सूली दिइने कार्यक्रमलाई पनि बिर्से ....
तर यस तरूण जवान सईद बिन आमिरको दिलबाट ......
खुबैब एक पलकोलागि पनि हराएनन् ....
सुत्ने बेला सपनामा उनलाई देख्दथे ......
र विपनामा उनकै झझल्को आउथ्यो......
त्यही झल्को उनका आँखा अगाडी वास्तविक रूप लिन्थ्यो....
जब उनी सूलीको काठसामु शान्त र निश्चल .....
दुई रकअत नमाज पढ्दै थिए ....
उनकै अवाजको प्रतिध्वनि उनका कानमा गुँजिन्थे ......
जब उनी कुरैशलाई श्राप (बद् दुआ) दिँदै थिए ...
उनलाई लाग्थ्यो सायद कुनै चट्याङ उनैमाथि झर्छ कि ....
अकाशको कुनै टुक्रा उनैमाथि खस्ला कि?.....
यसरी खुबैबले सईदलाई त्यो पाठ पढाए.....
जुन यस अघि उनले पढेकै थिएनन्....
उनलाई सिकायो भने ....
वास्तविक जीवन आस्था नै हो, ....
र आस्थाको बाटोमा मृत्युलाई पुग्नेसम्म निरन्तरको प्रयास नै हो .....
उनलाई यो पाठ सिकाए भने.....
दृढ आस्थाले अदभुत कृति सृजना गर्छ .......
र चमत्कारको निर्माण गर्छ ....
उनलाई अर्को पाठ पनि सिकाए .....
त्यो के हो भने जुन व्यक्तिलाई उनका साथीहरूले यति माया गर्छन् ...
उहाँ वास्तवमा इश्दूत नै हुनुहुन्छ ......
अकाशबाट पठाइएको र सहमति जनाइएको सन्देशवाहक....
यसरी अल्लाहले सईद बिन आमिरको मुटुलाई पनि इस्लाम स्वीकार गर्नको लागि खुलस्त पार्नु भयो ...
उनी मानिसहरूको एउटा सभामा आएर आफ्नो मुसलमान भएको कुराको घोषणा गरे....
कुरैश समुदायको कुकर्म र पापहरूबाट आफुलाई अलग पार्ने ....
र उनका देवीदेवताहरूबाट छुट्टाइने उद्घोषणा गरे ....
*******
○ सईद बिन आमिरले मदीना प्रस्थान गरे ....
रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथ बसे ....
उहाँको साथमा खैबर र त्यस पछिको सबै युद्धमा सामेल भए ....
जब रसूल सल्लल्लाहु अलैहि वसल्लम आफ्ना पालनकर्ता समक्ष पुग्नु भयो .....
उहाँ उनीसित खुसी थिए ...
उहाँपछि उनी उहाँका दुवै उत्तराधिकारी अबुबक्र र उमर रजियल्लाहु अन्हुमा को हातमा तानिएको तरवार झैं थिए ...
उनले अदभुत जीवन बिताए ...
यस्तो आस्थावानको जीवन जसले यसलोकको सट्टा परलोकलाई किनी सकेको हुन्छ ....
र आफ्नो दिनचर्या र शरीरको आवश्यक्तामाथि अल्लाहको प्रसन्नता र उहाँको उपकारको आशालाई ग्राह्यता दिने गर्दछ ......
*******
○ रसूल सल्लल्लाहु अलैहि वसल्लमका यी दुवै उत्तराधिकारीले सईद बिन आमिरको सत्यता, उनका इश्भयलाई राम्ररी जान्दथे ...
तसर्थ उनका उपदेश ग्रहण गर्ने गर्दथे ...
उनका कुरा ध्यान पूर्वक सुन्ने गर्दथे ....
उमर बिन खत्ताब भरखरै मुसलमानका खलीफा बनेका थिए....
त्यस बेला उनी उनको समक्ष हाजिर भए ....
उनले भने ..
हे उमर... म तपाईँलाई साधारण मानिसहरूको हकमा अल्लाह सित डर राख्ने सल्लाह दिन्छु ...
तर अल्लाहको हकमा मानिसहरूसित नडराउनु...
तपाईंको काम तपाईँको भनाइबिरूद्ध नहोस् ...
सबै भन्दा राम्रो भनाइ त्यही हो जसलाई कर्मले पुष्टि गर्ने गर्छ ....
हे उमार .... आफ्नो मुहार सधै ती मुसलमानहरूका लागि फर्रकाएर राख्नु ......
जसको लागि अल्लाहले तपाईँलाई शासक बनाउनु भएको छ......
तिनीहरू आफन्त होस् कि विरानो ....
उनीहरूलाई त्यही रोज्ने गर्नु जुन तपाईं आफू र आफ्नो परिवारको लागि रोज्नु हुन्छ ...
कुनै सम्स्यामा पनि सत्यलाई खोजेर निकाल्ने गर्नु ....
अल्लाहको हकमा कसैको टिकाटिप्पणीबाट भय न राख्नु ...
उमर रजियल्लाहु अन्हु ले उत्तर दिए ...
यस्तो कसले गर्न सक्छ र ? ....
उनले जवाफ दिए ...
गर्न सक्छ ... तपाईं जस्तो मान्छेले गर्न सक्छ ...
जसको काँधमा मुहम्मदको अनुयायीहरूको जिम्मा आएको छ ...
र उसको र अल्लाहको बीच कुनै रोक रहेनछ ....
*******
○ त्यतिखेर उमर बिन खत्ताबले सईदलाई आफूलाई सहयोग गर्ने आग्रह गरे ...
उनले भने ...
हे सईद म तपाईँलाई हिम्सको लागि गभर्नर नियुक्त गर्दैछु ....
उनले उत्तर दिए ...
हे उमर ... म तपाईँलाई अल्लाहको कसम दिन्छु मलाई परीक्षामा न नपार्नुस्.....
उमर रिसाए र भने ...
तिम्रो नाश होस् ...
तिमीहरूले मेरो घाटीमा यो चिज झुन्डयाएका छौ ...
र आफू भाग्न खोज्दैछौ ....
अल्लाह कसम... म त तिमीलाई छोड्दिँन ....
र उनलाई हिम्सको गभर्नर बनाए ..
उनले भने ...
म तिम्रो भत्ता तोकि दिउँ त? ...
उनले जवाफ दिए ....
म भत्ता लिएर के गर्छु र ...
बैतुलमालद्वारा दिइएको वस्तुहरू मेरो आवश्यक्ता परिपूर्तिको लागि प्रयाप्त हुन्छन् ...
फेरी हिम्सका लागि निस्किए ...
केही दिन पछि नै हिम्सबाट एउटा समूह अमीरूलमिमनीन नेर आए ।।। ......
तिनीहरू मध्ये केही उनका भरोसा योग्य मानिसहरू पनि थिए ...
उनले उनीहरूलाई सोधे ...
तिमीकहाँ भएका केही गरिबहरूको नाम मलाई देऊ ......
म उनको खाँचो पूर्तिको निम्ति केही पठाउँनेछु ....
उनीहरूले एउटा सूचीकृत कागत उनलाई दिए ...
त्यसमा लेखिएको थियो ...
फ्लानो .. फ्लानो... र सईद् बिन आमिर ...
उनले सोधे ... यो सईद बिन आमिर को हो र ?
उनीहरूले भने ... हाम्रा गभर्नर...
उनले सोधे .. तिम्रा गभर्नर गरिब छन् अरे ? ...
उनीहरूले जवाफ दिए ...
हजुर ...अल्लाह कसम् ... कति कति लामो समय बित्दा पनि उनको घरमा चुलो सल्काइदैन ....
उमर रून थाले ... उनको दाह्री आँसुले भिज्यो ...
फेरी एक हजार दीनार एउटा बटुवामा राखी उनीहरूलाई दिए र भने ...
उनलाई मेरो सलाम भनदिनु र भन्नु ...
अमीरूलमुमिनीनले यो पैसा तपाईँलाई पठाएको छ...
तपाईं आफ्नो आवश्यक्तामा खर्च गर्नु.....
*******
○ त्यो समूह सईद बनि आमिर नेर त्यो बटुवा लिएर पुगे ...
उनले हेरे पछि यो त दीनार पो रहेछन् थाहा पाए ...
उनी उसलाई टाढा पार्दै थिए र भन्दै थिए ...
इन्ना लिल्लाहि वइन्ना इलैहि राजिउन ....
मानौं उनीमाथि कुनै चट्याङ खसेको छ कि कुनै गम्भीर समस्या परेको छ .
उनकी धर्मपत्नि भयभीत भएर आइन् र सोध्न थालिन् ....
सईद तपाईँलाई के भयो ? ... के मुसलमानका अमीर मर्नु भयो क्यारे? ....
उनले भने ... त्यो भन्दा पनि ठुलो समस्या ...
उनले सोधिन् ... के मुसलमानहरू कुनै धरापमा परेका छन् .....
उनले भने त्यो भन्दा पनि झन ठुलो समस्या ...
उनले सोधिन् ... यो भन्दा ठुलो के हो र? ...
उनले भने ... म कहाँ यो दुनियाँ मेरो अखिरत बिगार्न आइपुगेको रहेछ ....
मेरै घरमा उपद्रव पस्यो रे .....
उनले भनिन् ...यस्तो छ भने उसलाई बाहिर गर्दिनुस् ...
(उनलाई दीनारको बारेमा केही थाहा थिएन )
उनले भने .... यो काममा मेरा साथ दिन्छ्यौ?....
उनले जवाफ दिइन् ... अवश्य ..
त्यस पछि उनले त्यो बटुवाभित्र रहेका सबै दीनारलाई अन्य थैलोमा छुट्टाएर गरिब मुसलमानहरूमा बाँढिदिए ....
*******
○ यो घटनालाई धेरै दिन बितेको थिएन.
उमर बिन खत्ताब मुसलमानका अमीरले शाम तिरको यात्रा गरे ....
त्यहाँको खोज खबर लिन ...
त्यहाँको अवस्था प्रत्यक्ष हेर्न...
जब उनी हिम्स पुगे ....
त्यसलाई कुवैफा अथवा सानो कूफा पनि भनिन्थ्यो ...
किन भने त्यहाँका मानिसहरूले पनि कूफाका बासिन्दाहरू जस्तै आफ्नो अधिकारीहरू र गभर्नरहरूको गुनासो गर्ने गर्दथे ...
त्यहाँ पुग्दा उताका बासिन्दाहरू उनलाई सलाम गर्न हाजिर भए ....
उनले सोधे ....
तिम्रो गभर्नर कस्तो छ? ...
उनीहरू उनका चार कुराको सिकायत गरे ....
हरेक कुरा अर्को भन्दा गम्भीर नै रहेको महसुस भयो ....
उमर रजियल्लाहु अन्हुले भनेका छन् ....
मैले उनीहरू र उनका गभर्नरलाई एउटै स्थानमा हाजिर हुनको लागि भने ..
साथै मैले अल्लाह सित प्रार्थना पनि गरेँ कि मैले सईदको बारेमा सोचेको राम्रो विचारप्रति मेरो सोचाई बिपरित नहोस् ....
किनभने मैले उनीमाथि धेरै विश्वास गरेको थिएँ ....
बिहानीपखमा उ सबै जना म नेर आइ पुगे ...
मैले सोधे ...
तिमीहरूलाई आफ्नो अधिरकारीमाथि कस्तो गुनासो रहेको छ ...
उनीहरूले भने ...
घाम माथी नआउन्जेलसम्म हामी समक्ष आउँदैनन् ..
मैले सोधे ... यसबारेमा सईद तिमी के भन्छौ? ...
उनी केही बेर चुप बसे फेरी भने ....
अल्लाह कसम .... यो कुरा कसैलाई भन्न म चाँहदैन थिएँ ...
तर अब भन्नु पर्ने अनिवार्य भइ सकेको छ ....
कुरा के छ ..
मेरो घरमा कुनै सेवक छैन ...
म बिहानै उठेर परिवारको लागि पीठो मुच्छु ...
केही बेर सम्म छोडेर खमीर बन्न दिन्छु ...
त्यस पछि उनीहरूको लागि रोटी तयार पार्छु ..
फेरी वजु गरेर मानिसहरू समक्ष निस्कने गर्छु ....
उमर रजियल्लाहु ले भनेका छन् ...
मैले भने अरू के सिकायत छ तिमीहरूको ...
उनीहरूले भने ....
रातिमा कसैले बेलाएमा जवाफ दिँदैनन् ...
मैले भने ... सईद यसबारेमा तिम्रो के जवाफ छ ...
उनले भने ... यो कुरा पनि म कसैलाई भन्न चाहदैन्थेँ...
मैले दिनलाई सर्वसाधारणको निम्ति राखेको छु भने राति अल्लाहकोलागि मात्र खास गरेको छु ....
मैले फेरी सेधेँ .... अरू केही सिकायत छ?
उनीहरूले भने ...
महिनामा एक दिन यिनी घरबाट निस्कदैनन् .....
मैले सोधे... सईद यो के हो?
उनले भने ...
मेरो घरमा सेवक छैन र मैले पहिरन गरेको लुगा बाहेक अर्को लुगा पनि छैन ....
म यसलाई स्वयं महिनामा एक चेटि धुने गर्छु र यसको सुक्ने पर्खाइमा बस्छु ..
तसर्थ दिनको अन्तिममा मात्र निस्कन सक्छु ....
मैले फेरी भनेँ... अब अरू केही गुनासो बाकी रह्यो त?
उनीहरूले भने ....
यिनी पटक पटक मूर्छित हुने गर्छन् ....
सभामा भएका मानिसहरूको पनि केही खबर हुँदैन ...
मैले सोधे ... यसको कारण के छ त?
उनले जवाफ दिए ....
जब म मुश्रिक थिएँ ...
त्यतिखेर मैले खुबैब बिन अदीलाई सूली दिने कार्यक्रम देखेको थिएँ .....
मैले कुरैशलाई उनको शरीरका एक एक अङ्ग काट्दै गरेको देखेको थिएँ ...
मैले देखेँ, उनीहरू सोध्दै थिए ..
यदि तिम्रो सट्टा यहाँ मुहम्मद हुन्थ्यो भने तिमी प्रसन्न हुन्थ्यौ होला?....
उनले जवाफ दिएका थिए ...
अल्लाह कसम म यो चाहँदिन कि म घरपरिवारमा शान्ति र खुसीका साथ बसुँ र मुहम्मदको पैँतालामा एउटा पनि काँडा बिजोस्..
अल्लाह कसम .... त्यो दिनलाई सम्झिदै मैले किन उनको सहयोग गरिनँ, .....
के अल्लाहले मलाई माफी दिनु हुन्छ होला? भन्ने .....
याद आएर म मूर्छित हुन पुग्छु ....
त्यतिखेर उमर रजियल्लाहु अन्हुले भने .....
सबै प्रशंसा अल्लाहकै लागि हुन् जसले मेरो सोचाइलाई निष्फल तुल्याउनु भएन ....
फेरी एक हजार दीनार उनकालागि पठाए ...
र उनको आवश्यक्ता परिपूर्तिको सल्लाह दिए ...
उनकी धर्मपत्निले त्यो माल देख्दा भनिन् ...
अल्लाहको कृपाले तपाईँको सेवाबाट हामीले मुक्ति पाइएका छौँ ...
केही घरका समान किन्नुस् र एउटा मान्छे सेवाको निमित्त खोज्नुस् ....
उनले जवाफ दिए...
यो भन्दा पनि उत्तम उपाय बताऊँ?
उनले भनिन् .... अँ, त्यो के हो र?....
उनले जवाफ दिए ...
हामी यस धनलाई उसलाई सापटी दिइ राखौँ ...
जसले हामी अति आवश्यक भएको बेलामा फिर्ता ल्याएर दिन्छ ....
उनले सोधिन्...
तर कसरी? ...
उनले भने ....
हामी यसलाई अल्लाहलाई उत्तम सापट्टी दिनेछौ ...
उनले पनि कुरा बुझेर भनिन् ...
यो त झन राम्रो हो ...
अल्लाह तपाईँलाई उत्तम बदला दिऊन् ....
जब उनी सभाबाट उभिए ...
त्यो भन्दा पहिले ती सबै दीनारलाई अलग अलग थैलोमा राखि घरकै एउटा सदस्यलाई दिएर भने ....
यो फलानो बिधवालाई पुर्याइ देऊ ...
यो फलानो अनाथलाई ....
यो फलानो गरिबलाई ...
यो फलानो खानदानको निस्सहायलाई....
अल्लाह तआला सईद बिन आमिर जुमही सित प्रसन्न होऊन् ....
उनी ती मानिसहरू मध्ये थिए .....
जसले आफू अति खाँचो भएको अथवा भोकै भएको भए तापनि अरूलाई ग्राह्यता दिने गर्छन्
अल्लाह उनीसित प्रसन्न होऊन्।
(प्रस्तुति: मुहम्मद सुहैल नदवी)
धन्यवाद
प्रथम भाग
दोस्रो भाग
¤¤¤¤¤
इस्लामिक विषयवस्तु विडियो मार्फत सम्प्रेषणको लागि मैले शुरू गरेको यूट्यूव चैनललाई सकेसम्म प्रोत्साहन गरी पुण्य काममा सहभागी हुनको लागि विनम्र अनुरोध छ।
लिङ्क तल दिइएको छ
धन्यवाद
https://youtube.com/user/msuhailn