●○● तुफैल बिन अम्र अल दौसी●○●
□■□ रजियल्लाहु अन्हु □■□
••••• { प्रस्तुति: मुहम्मद सुहैल नदवी }•••••
○○○○○
○ तुफैल बिन अम्र दौसी जाहिलियतकालमा दौस समुदायका सरदार थिए ....
अरबका प्रख्यात सुसज्जन नायकहरू मध्ये एक थिए ...
र अति प्रसिद्ध पौरखीहरू मध्ये गणना गरिएका थिए उनी ....
गुहार लगउनेहरूको लागि उनको ढोका चैबीसै घण्टा खुल्ला हुन्थ्यो ....
उनी भोकोलाई खाना खुवाउने गर्दथे.....
भयभीतलाई शान्ति प्रदान गर्दथे...
र शरण खोज्नेलाई शरण दिने गर्दथे ....
यसको साथ साथै उनी एउटा बुद्धिमान र जेहनदार साहित्याकार पनि थिए ....
अत्यन्त भावुक कवि थिए ... अति द्रवशील ..
गुलियो र तीतो सबै प्रकारका शब्दको सिपालु.....
उनको बोलीले जादू झैं प्रभावित पार्थ्यो ......
उनको भाँडो सधै चुलोमाथि चढेका हुन्थ्यो ...
○ तुफैलले तिहामामा भएको आफ्नो समुदायको गाउँघर बाट निस्केर मक्काको यात्रा आरम्भ गरे ....
यता मक्कामा रसूल सल्लल्लाहु अलैहि वसल्लम र कुरैशका नास्तिकहरूबीच विभेद चर्की सकेका थिए....
दुवै पक्ष आफ्नो सहयोगी खोज्दै थिए ....
आफूलाई साथ दिने व्यक्ति तान्दै थिए ....
रसूल सल्लल्लाहु अलैहि आफ्नो पालनकर्ताको जुनाफमा गुहार लगाउँदै हुनुहुन्थयो ....
उहाँको हतियार आस्था र सत्यता मात्र थिए .....
तर कुरैशका नास्तिकहरू उनको निमन्त्रणालाई हरेक किसिमको भौतिक हतियारद्वार रोक्ने प्रयासमा थिए ....
उनीहरू हरेक संसाधनद्वारा मानिसहरूलाई फर्काउने कोसिस गर्दै थिए .....
तुफैलले पनि आफूलाई बिना पूर्व तयारी नै यस युद्धमा प्रवेश भै सकेको पाए .....
यस लडाइँका घमसाघम्सीमा नचाहे पनि आफूले उत्रेको महसुस भए .....
उनी मक्का यो उद्देश्य बोकेर अएको त थिएन....
उनको दिलको कुनै कुनामा पनि मुहम्मद र कुरैशबीचको सङ्घर्षको कुरा समाएकै थिएन...
यसरी यस सङ्घर्षप्रति तुफैलको कहानी नबिर्सने खालको बन्यो.....
हामी यो कहानी पनि सुनौँ .....
यो अनौठो कहानी भित्र पर्ने किसिमको घटना रहेछ....
तुफैल रजियल्लाहु अन्हु ले भनेका छन् ....
म मक्का पुगैं ....
मलाई कुरैशका प्रमुखहरूले देख्न वित्तिकै म नेर पुगे ....
मलाई स्वागत गरे ... अति स्नेहमय स्वागत...
मलाई आफू भित्र राम्रो स्थान ग्रहन गराए ....
त्यस पछि उनका ठुलठुला सरदार र नायकहरू म नेर भेला भए ..
उनीहरूले मलाई भने ...
हे तुफैल .... तपाईं हाम्रो शहर पाल्नु भएको छ ...
तर यो मान्छे जसले आफू इश्दूत हूँ भन्ने दाबी गर्दैछ हाम्रो व्यवस्थालाई बिगार्दैछ ...
हाम्रो एकाग्रतालाई भाँड्दै छ ....
हाम्रो समूहलाई बिथोल्दैछ ....
हामीलाई तपाईंप्रति र तपाईंको समुदायमा तपाईंको जुन स्थान छ त्यसको लागि यस्तै हुन्छ कि भन्ने डर लागेको छ ....
तसर्थ तपाईं यो मानिससित कुरा नगर्दिनुस्.....
उसको केही कथन नसुन्नुस् ....
उसको बोली जादू झैँ काम गर्छ ...
बुवाछोरा बीच विभेद उत्पन्न गर्छ ...
दाजुभाइ बीच भिन्नता ल्याउँछ ....
लोग्ने स्वास्नीलाई छुट्टाउँछ ....
तुफैलले भने का छन् ....
अल्लाह कसम ... यसरी उनीहरू मलाई उनको अनौठो खबर सुनाउँदै ....
उनको अभूतपूर्व कामकुराले गर्दा मलाई मेरो र मेरा समुदाय प्रति चिन्तित बनाउँदै.....
मलाई उनको निकट नहुनु र उनका केही कुरा नसुन्नुको निम्ति अठोट गर्न बाध्य बनाए ...
जब म मस्जिदमा काबाको परिक्रमाको लागि पुगें ......
त्यहाँ अवस्थित भएका देवीदेवताका मूर्तिहरूद्वारा मङ्गलता प्राप्त गर्नका लागि हाजिर भएँ ...
हामी उनीहरूको लागि यात्रा गर्ने गर्दथ्यौं र उनीहरूको महिमा वर्णन गर्ने गर्दथ्यौं ....
त्यो बेला मैले आफ्नो कानमा रूइको डल्लो राखेँ....
मुहम्मदको कुनै कुरा मेरो कानमा पर्छ कि भनेर डराएर....
तर म मस्जिदमा प्रवेश गर्दा नै उनलाई उभिएर नमाज पढ्दै गरेको देखेँ ...
काबाको निकट नमाज पढ्दै थिए तर हाम्रो नमाज भन्दा फरक ...
त्यहाँ उपासना गर्दै थिए तर हाम्रो उपासना भन्दा भिन्न ...
मलाई उनको दृश्यले खुसी पार्यो...
उनको उपासनाले मेरो मनलाई गदगद बनायो ....
मैले आफूलाई उनको निकट जाँदै पाए .....
अलि अलि ... मेरो चाहना विपरित ...
मैले नचाहे पनि ....
र म उनको समीप आइ पुगेँ ....
अल्लाहले पनि उनका कुरा मलाई सुनाउने भाग्यमा लेख्नु भएको थियो होला सायद ? ...
मैले उनका कुरा सुनें ...
ओहो कति मिठा कुरा ...
कति सुन्दर बोल पो रहेछ .....
मैले मनमनै भनेँ ...
हे तुफैल तिम्रो आमा मरोस् ....
तिमी बुद्धिमान कविवर मानिस छौ ....
तिमीलाई ठीक बेठीक कथनको राम्रो ज्ञान छदैछ ....
तिमीले यस मान्छेको कुरा सुन्न किन तर्सिदै छौ ....
यदि उनले राम्रो कुरा गरे भने तिमी स्वीकार गर्छौ ...
नराम्रो भए अस्वीकार गर्छौ....
तुफैल ले भनेका छन् ....
म केही छिन उतै पर्खें ...
रसूल सल्लल्लाहु अलैहि वसल्लम आफ्नो घरतिर फर्कनु भयो ....
म पनि उहाँलाई पछ्याउँदै गएँ ...
उहाँ घरमा पसे पछि म पनि घरभित्र पसें ....
मैले उहाँलाई भने...
हे मुहम्मद .... तपाईँको समुदायले मलाई यस्तो यस्तो कुरा भनेका रहेछन् ....
अल्लाह कसम!!! उनीहरू मलाई निरन्तर भयभीत बनाउँदै मलाई कानमा रूइ राख्न बाध्य बनाए ..
तपाईँको कुरा नसुन्नको लागि ...
तर अल्लाहले पनि तपाईँको कुरा सुनाउन निश्चय गर्नु भएको रहेछ क्यारे !!!... तसर्थ मैले सुनेँ...
मैले यसलाई अति सुन्दर पाएँ ...
तपाईँ आफ्नो उद्देश्य मलाई भन्नुहोस् ...
उहाँले आफ्नो उद्देश्य मलाई बताउनु भयो ....
मलाई सुरह इख्लास र सुरह फलक पढेर सुनाउनु भयो ....
अल्लाह कसम मैले उहाँको भनाइ भन्दा राम्रो भनाइ सुनेकै थिएन ...
र उहाँको उद्देश्य भन्दा राम्रो उद्देशय देखेकै थिएन ....
त्यो बेला मैले आफ्नो हात उहाँको अगाडी पसारे ....
र मैले अल्लाह बाहेक अरू कोही उपास्य छैन र मुहम्मद अल्लाहका सन्देशवाहक हुनुहुन्छ भन्ने कुराको गवाही दिएँ.
र इस्लाम भित्र प्रवेश गरें .....
○ तुफैलले भनेका छन् .....
फेरी म मक्कामा लामो समय सम्म बसेँ ...
उहाँसित इस्लामको नियमहरू सिकें ...
सक्दो कुर्आन याद गरें ....
जब मैले आफ्नो समुदायमा फर्कने विचार गरें मैले भनें ...
हे अल्लाहका रसूल ...... मेरो खानदानमा मेरो कुरा मानिन्छ ...
म उनीहरू समक्ष फिर्ता जाँदैछु ...
उनीहरूलाई इस्लामतिर निम्त्याउनेछु ....
तसर्थ तपाईँ अल्लाह सित दुआ गर्दिनु होला..
उहाँले म सित कुनै प्रमाण पठाइ दिऊन् ....
यसरी मलाई निमन्त्रणाको कार्यमा सहयोग पुग्नेछ ....
उहाँले भन्नु भयो ....
हे अल्लाह यिनको लागि कुनै निसानी बनाइ दिनु होस् ....
म आफ्नो समुदाय तिर जानको लागि निस्के ...
मैले उनीहरूको घर निकट पुग्दा मेरो निधारमा दुवै आँखाबीच एउटा प्रकाश उत्पन्न भयो ...
दियो जस्तो बली रह्ने प्रकाश ....
मैले भने ......
हे अल्लाह यस प्रकाशलाइ मेरो अनुहारबाट अन्तै राखी दिनु होस् ....
मेरो समुदायको मान्छेहरूले यसलाई कुनै प्रमाण न मानी मैले धर्म त्यागेको श्राप बुझ्न सक्छन् ....
त्यो प्रकाश त्यहाँबाट स्थानान्त्रण गर्यो ...
र मेरो कोर्राको टुप्पेमा बस्यो ....
यसरी मानिसहरू त्यसलाई मेरो कोर्रामा झुन्डिएको फानुस जस्तै देख्दथे ....
जब म आफ्नो घर पुगें ....
मेरा बुवा मलाई भेट्न पुगे ...
उनी धेरै बुढो भइ सकेका थिए ...
मैले भने ...
बुवा तपाईँ म भन्दा टाढा नै बस्नुस् ....
मेरो र तपाईँको केही सम्बन्ध रहेन.
उहाँले सोध्नु भयो ....
किन हो र छोरा? ....
मैले भनें .. म मुसलमान भइ सकेको छु र मैले मुहम्मदको धर्मलाई अँगाली सकेको छु ....
उहाँले भन्नु भयो ....
छोरा ... तिम्रो धर्म नै मेरो धर्म हो ....
मैले भने यसो भए तपाईँ जानुस् र नुहाउनुस् र लुगा सफा पार्नुस् ....
त्यस पछि फर्केर आउनुस् ...
म तपाईँलाई मैले सिकेको कुरा सिकाउँनेछु ....
उहाँ जानु भयो .. नुहाएर र लुगा सफा पारेर म नेर फर्कनु भयो .....
मैले उहाँलाई इस्लामको निमन्त्रणा दिएँ ...
उहाँ मुसलमान हुनु भयो ...
त्यस पछि मेरी धर्मपत्नी पनि आइन् ....
मैले भने...
म नेर नआउ टाढै बस...
मेरो र तिम्रो केही सम्बन्ध बाँकी रहेन...
उनले पनि सोधिन् ...
मेरो मातापिता तपाईँमाथि अर्पियुन .....
के भयो र ? ...
मैले भनें .....
इस्लामले म र तिमीलाई छुट्टायो ....
म मुसलमान भइ सकेको छु र मुहम्मदको धर्मलाई अँगाली सकेको छु ...
उनले पनि भनिन् ....
मेरो धर्म तपाईँकै धर्म हुनेछ ...
मैले भने ....
त्यस्तो हो भने ...
जाउ र जिश्शराको पानीमा नुहाएर आउ ...
जिश्शरा एउटा मूर्तिको नाम थियो र उसकै नजिक पहाडबाट झरेको पानीको ताल थियो ...
उनले भनिन् ....
मेरा मातापिता तपाईँमाथि अर्पियुन....
के तपाईँलाई बालबच्चाप्रति जिश्शराको भय लाग्यो क्या हो ....
मैले भने .... तिम्रो नाश होस साथै जिश्शराको पनि ....
मैले भन्न खोजेको हो...
तिमी मानिसहरूको आँखाबाट पर गएर नुहाउ ....
तिमीलाई यो ढुँगा पत्थरले केही गर्न सक्दैन म यसको जिम्मा लिन्छु....
उनी पनि गइन् र नुहाइन् ...
त्यसपछि फिर्ता आइन् ..
मैले उसलाई पनि इस्लाम पेश गरें ...
उनी पनि मुसलमान भइन्
फेरी मैले दौस समुदायलाई आमन्त्रित गरे....
तर त्यतिखेर अबु हुरैरा बाहेक कसैले मेरो कुरा मानेनन् ....
अबु हुरैरा मात्र छिटो मुसलमान भए ...
*******
○ तुफैलले भनेका छन् ....
फेरी म रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर मक्का पुगें ...
सँगै अबु हुरैरा पनि थिए ....
रसूल सल्ल्ल्ल्हु अलैहि वसल्लमले सोध्नु भयो ....
उताको कस्तो समाचार रह्यो तुफेल ? ....
मैले भने ....
मुटुहरूमाथि पर्दाले छोपिएको छ र अत्यन्त अनास्थाको भाव...
दौसमाथि पाप र अवज्ञाको कबजा रहेको छ .....
रसूल सल्लल्लाहु अलैहि वसल्लम उभिनु भयो ....
वुजु गरेर नमाज पढ्नु भयो र अकाश तिर दुवै हात उचाल्नु भयो ....
अबु हुरैराले भनेका छन् ...
मैले उहाँलाई यस्तो गर्नु भएको देख्दा म डराएँ ..
सायद उहाँले मेरो समुदायलाई श्राप दिँदै हुनुहन्छ कि क्या हो .....
मैले भने .... कठै बरिलै मेरो समुदाय....
तर रसूल सल्लल्लाहु अलैहि वसल्लमले दुआ गर्दै भन्नु भयो ...
हे अल्लाह ..... दौसलाई सत्यमार्ग देखाउनु होस् ...
हे अल्लाह .....दौसलाई सत्यमार्ग देखाउनु होस् ....
हे अल्लाह .... दौसलाई सत्य मार्ग देखाउनु होस् ....
त्यस पछि तुफैल तिर फर्केर भन्नु भयो ....
तिमी आफ्नै समुदायमा जाउ र उनीहरूलाई इस्लाम तिर बोलाउँदै गर ...
○ तुफैलले भनेका छन् ...
म दौस समुदायमा नै बसे ....
उनीहरूलाई इस्लामतिर बोलाउँदै ...
यता रसूल सल्लल्लाहु अलैहि वसल्लम मदीना प्रस्थान गर्नु भयो ....
बद्र, उहुद र खन्दकको लडाइँ लडियो ...
त्यस पछि म उहाँको सेवामा उपस्थित भएँ .....
मेरा साथ दौस समुदायका असी घराना थिए ...
उनीहरू मुसलमान भएका थिए र असल इस्लामलाई स्वीकारेका थिए ...
हामीप्रति रसूल सल्लल्लाहु अलैहि वसल्लमले प्रसन्नता व्यक्त गर्नु भयो ....
र खैबरको युद्धधनमा हाम्रो पनि भाग लगाउनु भयो .....
मैले भने ...
हे अल्लाहका रसूल ... हामीलाई आफ्नो सबै युद्धमा जुन तपाईँले लडनु हुनेछ ...
दाहिने सेना बनाउनु होस् ...
र हाम्रो पहिचान मब्रूर (कबुल गरिएको) बनाइ दिनु होस् ....
तुफैलले भनेका छन् ....
म अब निरन्तर रसूल सल्लल्लाहु अलैहि वसल्लमसँगै बसे ....
र अल्लाहले उहाँलाई मक्कामाथि विजय प्रदान गर्नु भयो ...
मैले भने ...
हे अल्लाहका रसूल ....मलाई जिल्कफ्फैन (दुइ हत्केलावाला) अम्र बिन हममाको मूर्तितिर पठाउनु होस् ...
म उसलाई खरानी बनाइ दिन्छु .....
रसूल सल्लल्लाहु अलैहि वसल्लमले मलाई अनुमति दिनु भयो ....
उनी आफ्नै समुदायका केही मानिसहरूको साथ उता तिर गए ....
जब त्यहाँ पुगे .... र उसलाई आगो लगाउन खोजे ....
त्यसका आसपास धेरै पुरूष, महिला र बच्चाहरू भेला भए ...
यसलाई केही नराम्रो अवश्य पुग्छ भन्ने दृश्य हेर्नको लागि....
यदि उनले जुलकफ्फैनलाई भत्काउन चाहन्छ भने अवश्य उनीहरूलाई चट्याङ्गले जलाइ दिन्छ आशा राखेर हेर्दै थिए ....
तर तुफैल ती मूर्तीका सयौ पुजारीहरूको आँखा अगाडि उसको निकट गए ....
र उसको मुटुमा आगो सल्काउन थाले ....
र यो हरफहरू पनि पढ्दै थिए ....
हे दुइटा हात वाला
तिमीलाई न पुज्दै
छ मेरो जन्म भाको
तिमी भन्दा पहिल्यै
म आगो बाल्दैछु
यहाँ तिम्रो मुटु मै
मूर्तीमा आगो सल्कदै दौस समुदाय भित्र रहेको शिर्क र अनास्थाको प्रतिमामा पनि आगो सल्केको जस्तै भयो ....
मनमा रहेको शँकाको पर्खाल भत्कियो ....
बाँकी रहेका सम्पूर्ण समुदाय मुसलमान भए ...
र उनीहरूको इस्लाम पनि चोखो रह्यो .....
*******
○ यस पछि तुफैल बिन अम्र दौसी रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथ नै रहे ...
उहाँ आफ्नो पालनकर्ता समक्ष पुग्नु भएको बेला सम्म ....
जब मुसलमानहरूको प्रशासनकार्य उहाँको साथी अबुबक्र सिद्दीकको जिम्मामा आयो ....
तुफैलले आफू, आफ्नो तरवार र सन्तानलाई अल्लाहका रसूलको उत्तराधिकारीलाई सुम्पिए ....
जब इस्लामलाई छोड्नेहरूको युद्ध आरम्भ भयो ....
तुफैल पनि त्यस सेनाको अग्रिम समूहमा थिए जसले झूठो मुसैलमासित युद्ध गरेका थिए ....
उनका साथ उनका छोरा अम्र पनि थिए ....
यमामा जाने बाटेमा हुँदा ... उनले एउटा सपना देखे ....
उनले आफ्नो साथीहरूलाई भने ...
मैले एउटा सपना देखेको छु तिमीहरू यसको मतलब के हुन सक्छ भन ...
उनीहरूले सोधे ..
के देख्यौ त ?
उनले भने ...
मैले देखेँ ...
मेरो कपाल खैरिएकोछ ...
मेरो मुखबाट यौटा चरा निस्क्यो रे ...
एउटी आइमाईले मलाई आफ्नो पेटमा प्रवेश गराइन् ..
मेरो छोरा मलाई खोज्दै मलाई पछ्याउँदै थियो ...
तर उसको र मेरो बीचमा रोक्का पर्यो.....
उनीहरूले भन्ने .... राम्रै होला ....
उनले भने ....
होइन ... मैले आफैं यसको अर्थ निकालेको छु ....
कपाल खैरिनुको अर्थ मेरो सिर काटिने हो ...
जुन चरा मेरो मुख बाट निस्केको हो त्यो मेरो प्राणपखेरू हो....
जुन आइमाईले मलाई पेट भित्र प्रवेश गराएकी थिइन् त्यो मेरो चिहान हो जसमा म पुरिनेछु ....
मलाई शहिद हुने पक्का विश्वास छ ....
मेरो छोराले मलाई पछ्याइ रहेको अर्थ हो उ पनि शहिद हुने कामना गर्दै छ तर यो सौभाग्य म मात्र प्राप्त गर्नेछु ....
उसले पछि यस सैभाग्यलाई प्राप्त गर्न सक्ला ....
*******
○ यमामाको यस युद्धमा यो महान सहाबीले राम्रो साहस देखाए ....
पौरख्याइ साथ युद्ध गरे ...
तर अन्तमा रणभूमीमा शहीद भएर वीरगति प्राप्त गरे ....
उनका छोरा अम्र पनि युद्ध गर्दै सारा शरीर घाउ घाउ भए ...
उनको दाहिना हात पनि काटियो...
यमामाको युद्ध समाप्त भएपछि आफ्नो बुवा र दाहिने हातलाई यमामाको भूमीमा नै छोडेर मदीना फर्के ...
*******
○ उमर बिन खत्ताब रजियल्लाहु अन्हुको पालामा एक दिन अम्र बिन तुफैल उनको सभामा उपस्थित भए ....
उमर फारूकको लागि खाना ल्याइयो ...
मानिसहरू बसेकाले उनले सबैलाई खाना खान आग्रह गरे.....
अम्र यो देखेर अलिक टाढिए ...
उनलाई सम्बोधन गर्दै उमर फारूकले भने ....
तिमीलाई के भयो ....
सायद तिमीले हातको कारण लाज मानी पछि भएका छौ ...
उनले जवाब दिए ...
हजुर यही कुरा हो , हे अमीरूलमुमिनीन ....
उनले जवाफ दिए .....
अल्लाह कसम....
म यो खाना खान्न जब सम्म तिमीले आफ्नो काटिएको हातबाट यसलाई मिसाउने छैनौ.....
अल्लाह कसम् ...
यो सभामा कोही पनि छैन जसको शरीरको कुनै भाग जन्नतमा पुगी सकेकोछ .. तिमी बाहेक ....
उनले हातलाई औल्याएका थिए ....
*******
○ अम्रलाई पनि बुवालाई छाडेको समय देखि नै शहीद हुने झल्को आइरहेको थियो ...
जब यर्मूकको युद्ध घट्यो ....
त्यहाँ हतार हतार पुग्नेहरू मध्ये अम्र पनि थिए ...
उनले पनि त्यस युद्धमा सामेल हुन अवसर पाए ....
र यद्ध गर्दा गर्दै त्यो शहादतलाई प्राप्त गर्न सफल भए जसको कामना उनका बुवाले गरेका थिए ....
उनी आफैं शहीद थिए र शहीदका पिता पनि .....
(प्रस्तुति: मुहम्मद सुहैल नदवी )
ماشاء الله تبارك الرحمن
ReplyDeleteتقبل الله مساعيكم النبيلة ورفع قدركم
جزاك الله احسن الجزاء
ReplyDelete