○●○ उमैर बिन वहब ○●○
¤¤¤ रजियल्लाहु अन्हु ¤¤¤
••• { प्रस्तुति: मुहम्मद सुहैल नदवी }•••
______________________________
○○○○○○○
दिन् दिन् को झगडा समाप्त अब होस्, झग्डा असाध्यै भयो
ईश्वर् ज्योति निभाइ दिन्छु अहिले, सोची मदीना गयो
पुग्यो सामु उतै प्रभावित भई, कस्तो छ बैरी पनि
मायाको दुइ बोलले बदलियो, मनको सबै दुस्मनी
(सुहैल अन्सारी)
○○○○○○○
○ उमैर बिन वहब जुमही बद्रको रणभूमिबाट.....
आफ्नो प्राण जोगाइ फर्केर आउन सफल भए ...
तर ... पछाडि आफ्नो छोरा वहबलाई .....
मुसलमानको कब्जामा बन्दी बनेकै अवस्थामा छोड्न बाध्य भए ...
उमैरलाई यो डर पनि थियो ....
कि सायद मुसलमानहरूले बुवाको अपराधको सट्टा....
उसको छोरासित बदला लिन्छन् होला ....
उसले रसूल सल्लल्लाहु अलैहि वसल्ल्मलाई दुःख दिएको....
र उहाँका साथीहरूमाथि गरेको अत्याचार, दमन र पीडायातनाको प्रतिशोधमा......
उसलाई असाध्यै उत्पीडन दिन्छ कि?
एक दिन दिउँसोको बेला....
उमैर मस्जिदे हराममा काबाको परिक्रमा गर्न र त्यहाँ भएका प्रतिमाहरूबाट आशीर्वाद लिन गएछन् ...
त्यहीँ कालो पत्थर नजिकै सफ्वान बिन उमैयालाई बसेको देख्छन् ...
उनी उनका नजिक पुगे र भने...
शुभ प्रभात हे कुरैशका सरदार!!!!
सफ्वानले पनि भने ....
हे वहबका बुवा तपाईँलाई पनि शुभ प्रभात...
हामी सँगै बस्नु ....
केही छिन कुरा गरौँ ....
कुरा गर्दा समय राम्रो बित्छ नि ....
उमैर पनि सफ्वानको सामुन्ने बसे ....
दुवै जना बद्रको चर्चा गर्न थाले ....
त्यहाँ भोग्नु परेका समस्याहरूमाथि छलफल गर्न थाले ...
मुहम्मद (स) र उहाँका साथीहरूको कब्जामा परेका बन्दीहरूको पनि चर्चा चलाए ...
कुरैशका ठुलठुला सुरवीरहरू जुन मुसलमानका तरवारद्वारा मारिए र बद्रको इनार भित्र पुरिएका थिए, .....
तिनीहरूमाथि आफ्नो सम्वेदना व्यक्त गर्नथाले ....
अनि सफ्वान बिन उमैया उभिएर भन्नलागे...
अल्लाह कसम... उनीहरू पछि अब जीउन पनि मन लाग्दैन ....
उमैरले जवाफ दिए ...
अल्लाह कसम ! तपाईँले सत्य भन्नुभयो ....
केही छिन चुप बसेर भन्नथाले ...
काबाको स्वामीको कसम...
यदि ममाथिको ऋण भुक्तान गर्ने धन भएको भए....
र परिवार - जो म पछि अल्पत्र पर्न जान्छन् - न भएको भए....
म मुहम्मद (स) तिर जान्थेँ र उसको हत्या गर्दिन्थेँ ...
उसके कुरा नै समाप्त पारी दिन्थेँ ...
यसरी सबैलाई परेको समस्याको समाधान नै भइ हाल्थ्यो ....
फेरी मन्द स्वरमा भन्नथाले ...
अहिले उनको कब्जामा रहेको मेरो छोरा वहबको कारण यदि म यस्रिब गएँ भने.....
कसैलाई शंका पनि हुँदैन होला ...
*******
○ सफ्वान बिन उमैयाले उमैर बिन वहबको कुरालाई राम्रो अवसर सम्झे ......
र यो मौकालाई खेर जान नदिन खोजे ...
उनी तिर फर्केर भन्नथाले ...
हे उमैर .... तिमी आफ्नो सबै ऋणको अभिभारा मलाई देऊ...
म उसलाई चुक्ता गर्दिन्छु जति बढेको भए पनि....
तिम्रो परिवारलाई म आफ्नै परिवारमा जोडछु ....
मेरो र उनीहरूको जीवनको अन्तिम स्वाससम्म....
म नेर यति प्रशस्त धन छ कि उनीहरू सबैलाई प्रयाप्त हुन्छ .....
र उनीहरूको जीवन सुखमय बित्छ होला ...
उमैरले भने ....
यसो भए हाम्रो यस कुरालाई लुकाउनु र कसैलाई नभन्नु....
सफ्वानले .... हुन्छ ... भने ।।।
*******
○ उमैर मस्जिदे हरामबाट उभिए ....
उनको छाती भित्र मुहम्मद (स) प्रति इर्ष्या र दुश्मनीको ज्वाला सल्कदै थियो ....
उनले विचार गरेको कुरालाई कार्यान्वयन गर्नको निम्ति उचित तयारी गरे ....
उनको यस यात्रा प्रति कसैलाई शंका हुने कुनै कारण थिएन ....
कुरैशका धेरै मानिसहरू आफ्नो आफ्नो बन्दी मुक्त पार्न यस्रिब आवत जावत गर्दै थिए ....
उनीहरू मदीनाको बाटो धाएर पुग्दै थिए....
*******
○ उमैरले आफ्नो तरवारलाई उद्याउने र विषको पानी चढाउने आग्रह गरे ..
सवारी उनको लागि तयार गरियो ... र उनलाई सुम्पियो ...
तसर्थ त्यसमा चढेर मदीनाको बाटो हिडे ...
आफ्नो लुगामुनि इर्ष्या दुश्मनी र षड्यन्त्रलाई लुकाइ छिपाइ.....
उमैर मदीना पुगे ....
रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई खोज्दै मस्जिदे नबवी नेर पुगे ....
मस्जिदको ढोका नजिक पुग्दा आफ्नो ऊटलाई बसाए र त्यसमाथिबाट ओर्लिए ....
*******
हज्रत उमर बिन खत्ताब रजियल्लाहु अन्हु त्यतिखेर ......
आफ्ना केही साथीमित्रहरूसँगै मस्जिदको ढोका नजिकै बसेका थिए ....
उनीहरूले पनि बद्रकै चर्चा चलाएका थिए ...
बद्रको युद्ध पछि कति कुरैशका सुरवीर हताहत भए.....
र कतिलाई मुसलमानहरूले समातेका थिए....
यसैमाथि छलफल हुँदै थियो ....
साथै मुसलमान मध्ये जुन मुहाजिर र अन्सार यौद्धाहरूले वीरगति प्राप्त गरेका थिए ...
उनको झझल्को मस्तिष्कमा चित्रण गर्दै थिए ....
अल्लाहले उनीहरूलाई दिनु भएको विजय र दुस्मनलाई पुर्याउनु भएको परास्त प्रति स्तुति र प्रशंसा वर्णन गर्दै थिए ....
उमर रजियल्लाहु अन्हुको दृष्टि ढोका नेर पर्यो ......
उनले उमैर बिन वहबलाई देखे ....
उनी सवारीबाट ओर्लिदै छन् ...
र मस्जिद तिर जाँदैछन् ...
घाटीमा तरवार झुन्ड्याएर ।।।
उनी भयभीत भएर उठे ....
मनमनै भने ...
यो कुकुर ... अल्लाहको शत्रु..... उमैर बिन वहब ....
यो कुनै नराम्रो मनसायले नै आएको हुनुपर्छ ...
उसले मक्कामा मुश्रिकहरूलाई हामीतिर उकास्ने गर्थ्यो ....
बद्रको युद्ध भन्दा अघि उनको गुप्तचर थियो ....
फेरी उनले आफ्ना साथीहरूलाई भने ....
तिमीहरू रसूल सल्लल्लाहु अलैहि वसल्लम नजिक जाऊ....
उहाँको चारैतिर होऊ ...
यस धोकेबाज बेइमानले केही आघात नपुर्याओस् .....
सावधान भएर बस....
फेरी आफैं हतार गरेर रसूल सल्लल्लाहु अलैहि वसल्लम समक्ष पुगेर भने ....
हे अल्लाह का रसूल .... यो अल्लाहको शत्रु उमैर बिन वहब आफ्नो घाटीमा तरवार झुन्डयाएर आएको छ ....
मेरो विचारमा यसको मनसाय ठीक छैन ....
उहाँले भन्नुभयो ...म नेर आउन देऊ ....
उमर फारूक रजियल्लाहु अन्हु उमैर बिन वहब नेर पुगे ....
उनको कठालो समाते .....
र उनैको तरवारको खोलद्वारा घाटी बेरेर उनीलाई लिएर रसूल सल्लल्लाहु अलैहि वसल्लम समक्षा जान लागे ....
उनीहरूलाई यो अवस्थामा देखेर रसूल सल्लल्ल्हु अलैहि वसल्लमले उमर रजियल्लाहु अन्हुलाई भन्नुभयो ...
उमर यसलाई छोडिदेऊ ...
उनले छोडिदिए ...
फेरी उहाँले भन्नुभयो ...
तिमी पछाडि होऊ...
उनी पछाडि भए ...
त्यस पछि उहाँ उमैर बिन वहबतिर फर्केर भन्नुभयो ....
हे उमैर .... ओर आऊ......
उनी नजिक भए ... र भने ....
शुभ प्रभात .... (अरबहरूले अभिवादन गरे झैं) ...
रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो .....
हामीलाई अल्लाहले तिम्रो अभिवादन भन्दा अति उत्तम अभिवादन प्रदान गर्नु भएको छ, उमैर !!!!!
हामीलाई सलाम जस्तो अभिवादन प्रदान गर्नु भयो ...
र यो स्वर्गको अभिवादन हो ....
उमैरले जवाफ दिए ....
तपाईँ पनि हाम्रो अभिवादन भन्दा धेरै टाढा हुनु भएको छैन ..
यो त नजिकैको कुरा रहेको छ ...
अनि रसूल सल्लल्लाहु अलैहि वसल्लमले सोध्नुभयो ...
उमैर तिमी किन आएका हौ ? ....
उनले उत्तर दिए ....
म यहाँ आफ्नो बन्दी मुक्त गर्नको लागि विनती गर्न आएको हूँ ...
तपाईँ हामी माथि उपकार गर्दिनुहोस् ...
उहाँले सोध्नु भयो ...
अनि यो घाटीमा तरवार किन झुन्ड्यायौ त?...
उनले भने ... अल्लाह यस तरवारको नास गरून् ...
यसले हामीलाई बद्रमा के नाफा पुर्यायो र ?....
उहाँले फेरी सोध्नुभयो ...
मसित साँचो कुरा भन...
तिमी किन आयौ त उमैर? ...
उनले भने ... म यसैको लागि मात्र आएको छु ....
उहाँले भन्नुभयो ....
होइन... तर तिमी र सफ्वान कालो पत्थर नजिक बसेका थियौ ....
तिमीहरूले बद्रको इनारमा पुरिएका कुरैशका यौद्धाहरूको चर्चा गर्यौ ...
फेरी तिमीले भन्यौ ...
यदि ममाथि ऋण नभएको भए र मेरो परिवारको जिम्मेवारी नभए म यहाँबाट निस्केर मुहम्मदको ज्यान लिने थिएँ ...
त्यस पछि सफ्वान बिन उमैयाले तिम्रो ऋण र परिवारको जिम्मा कबुल गर्यो...
तिमीले मलाई हत्या गर्ने सर्तमा ...
तर अल्लाह मेरो र तिमीबीच बाधक हुनु हुन्छ ....
उमैर एक छिनकोलागि भुस्सिए ... स्तब्धभए..... फेरी तुरन्तै भन्नथाले ...
म स्वीकार गर्दैछु तपाईँ अल्लाहका सन्देशवाहक हुनुहुन्छ ....
फेरी भन्नथाले ...
हे अल्लाहका रसूल ...
तपाईँले हामी समक्ष ल्याउदै गर्नु भएको कुरा र आकाशबाट ओर्लिएको वह्यमा हामी तपाईँलाई झूठो भन्ने गर्थ्यौँ ...
तर सफ्वानको साथ मेरो यो करारको त कसैलाई थाहा नै छैन ...
कि म जान्दछु कि उनी मात्र ...
मलाई विश्वास भयो यो कुराप्रति अल्लाहले मात्र तपाईँलाई अवगत गराउनु भएको हो ....
तसर्थ सबै प्रशंसा उनै अल्लाहको लागि हुन् जसले मलाई तपाईंतर्फ आकर्षित गर्नुभयो ....
मलाई इस्लामको बाटो देखाउनको लागि...
फेरी उनले इस्लामको बोल दोह्रयाउन थाले ...
म गवाही दिन्छु अल्लाह बाहेक कोही पूज्नीय छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ ...
यसरी उनी मुसलमान भए ....
रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना साथीहरूलाई भन्नुभयो ...
आफ्नो भाइलाई पनि इस्लाम सिकाऊ...
उसलाई कुर्आन पढाऊ...
र उसको बन्दीलाई यत्तिकै छोडिदेऊ ...
*******
○ मुसलमानहरूले उमैर बिन वहब मुसलमान भएकाले धेरै खुसियाली मनाए....
हज्रत उमर रजियल्लाहु अन्हुले यहाँ सम्म भने ...
मलाई एउटा सुँगुर पनि उमैर बिन वहब भन्दा राम्रो लाग्थ्यो...
जुन बेला त्यो रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर आएको थियो ....
तर अब र आज मलाई मेरा केही छोराहरू भन्दा पनि बढी प्रिय भइ सकेको छ ....
*******
○ जुन बेला उमैर आफ्नो मनलाई इस्लामको उपदेशद्वारा शुद्ध पार्दै थिए ...
आफ्नो मुटुलाई इस्लामको ज्योति द्वारा उज्ज्वल बनाउँदै थिए....
आफ्नो जीवनका सुन्दर र स्वच्छ घडी बिताउँदै थिए ....
जसको कारण उनी मक्का र मक्कामा भएका सबैलाई बिर्सी सकेका थिए ....
सफ्वान बिन उमैया आफ्नो मनलाई आशान्वित गर्दै थिए ...
र कुरैशका कुनै सभामा पुग्दा भन्ने गर्दथे ....
तिमीहरू चाँडै नै एउटा ठुलो सुसमाचार सुन्नेछौ ...
त्यसकारण बद्रको घटनालाई पनि बिर्सनेछौ ......
*******
○ तर जब सफ्वान बिन उमैयाको पर्खाइ लम्ब्याइदै गयो ...
उनको मनमा अलि अलि अधीरता पस्न थाल्यो ...
आगोमाथि छट्पटाए झैं व्याकुल हुँदै गए ....
हरेक यात्रुसमूहलाई उमैर बिन वहबको बारेमा सोध्ने गर्थे ...
तर कसैले उनलाई सन्तोषजनक समाचार सुनाएन ....
एक दिन एउटा यात्रीले आएर उनलाई खबर दियो ....
उमैर त मुसलमान भइ सक्यो रे ....
यो खबर उनीमाथि चट्याङ झैं खस्यो ...
किन भने उनको विचारमा यदि सम्पूर्ण धरतीमाथि भएका सारा प्राणी मुसलमान भए ......
तापनि उमैर मुसलमान हुनेवाला थिएन ....
*******
○ उमैर बिन वहबले आफ्नो धर्ममा केही राम्रो ज्ञान प्राप्त गर्दा....
र आफ्नो पालनकर्ताका केही वचन याद गर्न बित्तिकै....
रसूल सल्लल्लाहु अलैहि वसल्लमको जुनाफमा हाजिर भएर भने ....
हे अल्लाहका रसूल ...
लामो समय बित्यो जसमा म अल्लाहको ज्योतिलाई निभाउने प्रयास गर्दै थिएँ ...
इस्लाम स्वीकार्ने व्यक्तिहरूलाई पीडा यातना दिँदै थिएँ ....
तर अब मलाई अनुमति दिनुहोस् ....
म मक्का जान चाहदैछु ....
त्यहाँ म कुरैशलाई अल्लाह र उहाँका रसूलतिर आमन्त्रित गर्नेछु ....
यदि उनीहरू मेरो कुरा मान्छन् भने राम्रै गर्नेछन् ....
यदि मेरा कुरा मान्दैनन् भने म उनीहरूलाई त्यस्तै सास्ती दिनेछु....
जसरी उनीहरूले अल्लाहका रसूल र उहाँका साथीहरूलाई दिने गर्दथे ...
रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनलाई अनुमति दिनुभयो ...
उनी मक्का पुगे ...
सब भन्दा पहिले सफ्वान बिन उमैयाको घर पुगे ....
र उनलाई भने ....
हे सफ्वान तपाईँ मक्काका सरदारहरू मध्ये एउटा सरदार र यहाँका बुद्धिजिविहरू मध्ये एउटा बुद्धिमान व्यक्ति हुनु हुन्छ ....
तपाईँ विचार गर्नुस...
तपाईँहरू जुन ढुँगा पत्थरको उपासना र उनकोलागि बलि दिँदै हुनुहुन्छ ...
कुन बुद्धिद्वारा यसलाई धर्म भन्न सकिन्छ ....
म त गवाही दिँदैछु कि अल्लाह अतिरिक्त कोही उपास्य छैन र मुहम्मद अल्लाहका सन्देशवाहक हुनुहुन्छ ....
*******
त्यस पछि उमैर मक्कामा मानिसहरूलाई अल्लाहको तर्फ आमन्त्रित गर्दै बसे ....
उनको आग्रहमा धेरै जना मुसलमान भए ....
अल्लाह उमैर बिन वहबको मिहिनेतको पुरा पुरा बदला दिऊन् ...
उनको कब्रलाई प्रकाशमय बनाऊन् ...
उनीसित प्रसन्न होऊन् .......
(प्रस्तुति: मुहम्मद सुहैल नदवी)
¤¤¤¤¤