●•○•● अम्र बिन जमूह ●•○•●
¤●¤ रजियल्लाहु अन्हु ¤●¤
••○•• प्रस्तुति: मुहम्मद सुहैल नदवी ••○••
___________________________________
○○○○○
○ अम्र बिन जमूह जाहिलियतकालमा यस्रिबका अगुवाहरू मध्येका एउटा अगुवा थिए ....
बनु सलमा समुदायका एउटा प्रसिद्ध सरदार....
मदीनाका दानीहरू मध्ये एउटा दानी र पुरुषार्थी ....
इस्लामकाल देखि पूर्व....
कुनै पनि समुदायका ठुला मानिस र सरदारहरूले आफुलागि छुट्टै प्रतिमा बनाइ घरमा राख्ने चलन थियो ...
त्यसै प्रतिमाद्वारा बिहान बेलुकी आशिर्वाद लिने गरिन्थ्यो ...
चाडपर्वहरूमा उसैको लागि बलि चढाउने प्रथा थियो ...
कुनै समस्या परेमा त्यसैको अगाडि उभिएर गुहार लगाइने गरिन्थ्यो ...
अम्र बिन जमूहले पनि एउटा बहुमूल्य काठ द्वारा बनाइएको एउटा प्रतिमा रोजेका थिए ...
जसलाई मनात भन्ने गरिन्थ्यो ...
यस प्रतिमाको देखरेख, हेरचाहमा अति नै खर्च गर्ने गर्दथे ....
सधैं उत्तम र दुर्लभ सुगन्धित तेल लगाउने गर्दथे ...
*******
○ अम्र बिन जमूह आफ्नो उमेरको साठी वर्ष नाघी सकेका थिए ...
त्यो बेला इस्लामको उज्यालो फैलिन थाल्यो ....
र उसको पहिलो प्रचारक मुस्अब बिन उमैरद्वारा यस्रिबको घरघरमा त्यसको किरण प्रवेश गर्न थाल्यो ...
उनैको हातमा उनका तीनै छोरा मुअव्वज, मुआज र खल्लाद मुसलमान भइ सकेका थिए ...
साथै उनीहरूको एउटा मित्र मुआज बिन जबल पनि ...
साथै तिनै छोरा सँगै उनकी आमा हिन्दले पनि इस्लाम स्वीकारी सकेकी थिइन् ...
तर अहिले सम्म अम्र बिन जमूहलाई घरमा भएको परिवर्तनको पत्तो लागेको थिएन ....
*******
○ अम्र बिन जमूहकी पत्नी हिन्दले देख्दै थिइन् ...,,,,,,,,
यस्रिबका धेरै बासीहरू मुसलमान भइ सकेका छन् ........
र ठुलठुला सरदार र पराक्रमीहरू मध्ये पहिलेको अज्ञानता र शिर्कमा उनका पति र अरू केही थोरै मानिसहरू मात्र बाँकी रहेका छन् ....
उनकी पत्नीले उनलाई धेरै माया गर्ने गर्थिन् .....
उनको अति सम्मान गर्थिन ....
साथै उनी शिर्कको अवस्थामा नै मृत्युलाई प्राप्त हुनेछन् र नर्कमा जानेछन् कि भनेर डराउँदै थिइन् ...
ठीक त्यही समयमा .....
अम्र बिन जमूहले पनि आफ्ना छोराहरूप्रति डराउँदै थिए ...
यिनीहरूले आफ्नो पुर्खाको धर्मलाई त्याग्ने छन् कि? ....
यो प्रचारक मुस्अब बिन उमैरको अनुसरण गर्नेछन् कि? .....
यो प्रचारकले त थोरै समयमा नै यस्रिबका धेरै बासिन्दाहरूलाई पूर्वजको धर्मलाई त्याग्ने र मुहम्मदको धर्ममा प्रवेश गराउने कार्यमा सफल भएको छ ...उनी देख्दै थिए ...
तसर्थ उनले पत्निलाई भने ...
हे हिन्द ... हेर तिम्रा छोराहरूले यो मान्छे(मुस्अब बिन उमैर) सित भेट्न नपाऊन भनेर सचेत होऊ ..
त्यसको बारेमा हामीले जब सम्म कुनै निर्णय लिदैनौ ...
उनले जवाफ दिइन् ...
हुन्छ हजुर ...
तर त्यस मान्छेको बारेमा तपाईँको छोरा मुआजले के भनीरहेको छ तपाईँले सुन्नु हुन्छ क्या हो ?...
उनले भने ....
हाय नाश होस् ... के मलाई थाहा नहुने गरी मुआजले धर्म परिवर्तन गरी सक्यो र? ...
ती असल आइमाइले बुढोमाथि डराउँदै भनिन् ...
होइन ... तर त्यस प्रचारकको कुनै सभामा सामेल भएको थियो अरे......
उनले भनेको केही कुरा याद गरेको रहेछ उसले ...
उनले भने ....
ठीक छ .. उसलाई बोलाउ ...
मुआज उनको अगाडि उपस्थित हुँदा उनले सोधे ....
यो मान्छेले के भन्छ मलाई पनि सुनाउ त ? ...
उनले जवाफमा भन्न थाले ...
"सुरू गर्दछु अल्लाहको नामद्वारा जो अत्यन्त करुणामय र परम दयालु हुनु हुन्छ" ..
"सबै प्रशंसा अल्लाहको लागि नै हुन् जो सम्पूर्ण जगतका रब अथवा पालनकर्ता हुनु हुन्छ" ...
"जो अत्यन्त करूणामय र परम दयालु हुनु हुन्छ" ...
"जो बदला दिइने दिनका स्वामी हुनुहुन्छ" ...
"तपाईँ एक मात्रको हामी उपासना गर्दछौं र तपाईँसित मात्र मद्दत चाहन्छौँ "...
"हामीलाई सीधा मार्ग देखाउनु होस् "...
"ती व्यक्तिहरूको मार्ग जसलाई तपाईँले पुरस्कृत गर्नु भएको छ" ...
"प्रकोपित भएका व्यक्तिहरूको होइन .. नत्र बाटो गुमाउनेहरूको मार्ग नै" ....
(सुरह फातिहा:१-७)
यो सुनेर उनी भन्न थाले ...
ओहो कति मीठो कुरा ...
कति सुन्दर बोल रहेछ यो ....
के उनका सबै कुराहरू यस्तै हुन्छन् र ? ....
मुआजले उत्तर दिए ....
बुवा यो भन्दा पनि अति उत्तम....
के तपाईँ उनको कुरा स्वीकार्नु हुन्छ?..
तपाईँको सम्पूर्ण समुदायले उनको कुरा स्वीकर गरिसकेका छन् ....
बुढो मानिस अलि चुप भएर भन्न थाले ....
मनातसित परामर्श नलिइ म केही गर्न सक्तिँन ...
हेरौँ उसले के भन्छ?...
छोराले उत्तर दियो ...
बुवा मनातले के सल्लाह दिन्छ र ? ......
उ त आफैं एउटा काठ हो....
नजान्ने र न बोल्न सक्ने ...
बुढोले तीव्र स्वरमा भने ...
मैले भने नि... उनलाई नसोधीकन म केही गर्न सक्तिँन ....
*******
○ त्यस पछि अम्र बिन जमूह मनात तिर गए ...
तिनीहरूले आफ्नो देवतासित कुरा गर्दा वा विनती चढाउँदा प्रतिमाको पछाडि एउटी बृद्ध महिलालाई राख्ने गर्दथे ......
र उनीहरूको आस्थानुसार.....
त्यही बुढीको मनमा जे आए त्यसैलाई भन्ने गर्थिन् .....
र यसैलाई देवताको कुरा ठान्ने गर्दथे ....
तसर्थ उनी आफ्नो प्रतिमा अगाडि उभिए ..
अग्लो शरीरको साथ ...
आफ्नो दुरुस्त पाउ माथि सारा भार दिएर उभिए ...
किन भने उनको अर्को पाउ खोडे थियो...
अति नै खँजाहा थियो ...
उनले त्यो प्रतिमाको स्तुति गरे फेरी भन्न थाले ...
हे मनात ... निःसन्देह तपाईँलाई थाहा नै होला ...
यो प्रचारक जो मक्काबाट यहाँ आएको छ ...
तपाईँ बाहेक अरू कसैको अहित चाहँदैन रे ...
त्यो त हामीलाई तपाईँको पूजा गर्नुबाट रोक्नको लागि मात्र आएको हो ...
मैले उसको राम्रो र उच्च कथन सुन्नुका बावजुद उसको कुरा मान्नु भन्दा पहिले तपाईँसित प्रामर्श गर्न उचित ठानेँ ...
तसर्थ मलाई राम्रो सुझाव दिनुहोस् ...
तर मनातले उनलाई केही उत्तर दिएन..
उनले भने ... सायद तपाईँ ममाथि रिसाउनु भयो कि? ...
मैले तपाईँलाई दुःख दिने कुनै काम पनि गरेको छैन ....
तर केही चिन्ताको कुरा छैन .... तपाईँलाई केही दिन छाडि दिन्छु ...
तपाईँको रिस समाप्त हुन्छ होला ....
*******
अम्र बिन जमूहका छोराहरू उनका बुवा मनातसँग कित सँलग्न छन् जान्दै थिए ...
उनी कसरी उनका एक भागसरह एक युग देखि रही आएका छन् भन्ने कुराबाट अवगत थिए ...
तर अब उसको जुन स्थान बुवाको मुटु भित्र थियो त्यो हल्लिन थालेको छ यो पनि हेरे ...
उनीहरूले यो सम्बन्धलाई एकै चोटि उनको मुटुबाट झिक्नु पर्ने जरुरी छ भन्ने विचार गरे ...
किन भने यसरी नै उनी इमान र सत्य आस्थाको बाटो हिड्न सक्ने हुन्छन् भनेर उनीहरूले परामर्श गरे ....
*******
○ अम्र बिन जमूहका तीनै छोरा आफ्ना मित्र मुआज बिन जबलका साथ रात्रिको अन्ध्यारोमा मनात सम्म पुगे ....
उसलाई उसको स्थानबाट उचालेर समाते ...
र बनु सल्मा समुदायले फोहोर फाल्ने खाल्डोतिर लगे ....
उसलाई त्यही खाल्डोमा फाली दिए ....
र कसैलाई थाहा नहुने गरी फेरी आफ्नो घर तिर फर्की आए ...
बिहानी हुँदा अम्र बिन जमूह आफ्नो प्रतिमालाई अभिवादन गर्न उता पुगेछन् तर प्रतिमालाई देख्दैनन् ....
उनले भने .... कठै ... राति हाम्रा देवतासाथ कसले दुस्मनी गर्यो अरे ...
कसैले उनको कुराको उत्तर दिएन ...
अब उनी घर भित्र र बाहिर खोज्न थाले ....
साथै बडबड गर्दै धम्क्याउँदै रिस देखाउँदै थिए ...
अन्तमा उसलाई खाल्डोमा सिरमाथि पल्टिएर रहेको देखे ...
उसलाई उनले नुहाए ... सफा पारे ... सुगन्धित तेल लगाए ...
र उसको पहिलेको स्थानमा स्थापित गरे ...
उनले भन्न थाले ...
अल्लाह कसम ... तपाईँसाथ जसले पनि यो दुष्कर्म गरेको छ मलाई थाहा भए उसको बेइज्जत गरेर छोड्छु ...
अर्को राति हुँदा ती तरूणहरूले मनातको साथ हिजोकै जस्तो व्यवहार गरे ...
भरे विहान बुढो मान्छे सबै तिर उसलाई खोज्दैछन् तर पाउदैनन् ...
अन्ततः त्यही खाल्डोमा फोहोर फोहोर भएको अवस्थामा भेटाएछ ...
आज पनि उसलाई उठाएर ल्याए ...
सफासुग्घर पारी सुगन्धित तेल थोपे ...
र उसकै स्थानमा स्थापित पनि गरे ....
ती तरूणहरू अब हरेक दिन त्यो प्रतिमाका साथ यहि गर्ने गर्दथे र बुढो आफ्नो कर्तव्य ....
दिक्क भएर एक दिन बुढो मान्छेले सुत्नु भन्दा पहिले मनात नेर पुगे ....
एउटा तरवार उसको गर्धनमा झुन्डयाएर भने ...
हे मनात ... अल्लाह कसम ... मलाई थाहा छैन तपाईँको साथ यस्तो कुकर्म कसले गरी रहेछ ...
यदि तपाईं भित्र केही पनि राम्रो लक्षण छ भने यस अपमानबाट आफैं आफूलाई जोगाउनु होला....
यो तरवार तपाईँको साथमा छँदैछ ...
त्यस पछि उनी सुत्न औछ्यानमा पुगे ...
ती जवानहरूले बुढोबालाई निन्द्रा अवस्थामा पुगी सकेको यकीन भए पछि प्रतिमा नेर पुगे ...
उसको घाटीबाट तरवार छुटाए ...
प्रतिमालाई लिएर घर बाहिर गए ...
त्यहाँ एउटा मृत कुकुर फेला पर्यो ...
त्यस कुकुरको साथ मजाले बाँधे ...
र दुवैलाई लिएर बनु सलमाकै फोहोर फाल्ने अर्को इनार जस्तो एउटा खाल्डोमा मिल्काइ दिए ...
आज पनि बिहान हुँदा बुढो मान्छेले ब्युँझिए पछि प्रतिमालाई देखेनन् ...
उसलाई खोज्न थाले...
खोज्दा खोज्दै उसलाई सिरद्वारा पल्टिइ इनारभित्र हेरे ....
साथै एउटा मृत कुकुर पनि जेरिएको देखे ...
तरवार कसैले खोसी सकेको छ ध्यान गयो ...
यस पाली उसलाई इनारबाट झिकेनन् ...
जहाँ फालिएको थियो त्यहीँ छाडी दिए ...
र यो भन्न थाले ...
"हुन्थ्यो क्यारे दैवत धारी ।
कुक्कुर साथ इनारमा जोरी ।।"
त्यस पछि लगत्तै इस्लमा धर्ममा प्रवेश गरे .....
*******
○ अम्र बिन जमूहले ईमान र आस्थाको यस्तो चास्नी महसुस गरे ....
जसले उनलाई अनास्थामा विताएको हरेक पल आफूलाई निन्दनीय लाग्न थाल्यो ....
तसर्थ उनी नया धर्ममा आफ्नो शरीर र आत्माका साथ उन्मुख भए ...
आफ्नो जिउ, आफ्ना धन सम्पत्ति र सन्तानलाई अल्लाहको आज्ञापालन र उहाँका सन्देशवाहको अनुसरणकै निम्ति खास गरे ...
*******
○ केही दिनमै उहुदको युद्ध घटित भयो ....
अम्रले आफ्ना तीनै छोराहरूलाई अल्लाहका शत्रुहरूको प्रतिकारको लागि तयारी गर्दै भएको देखे ...
उनीहरूलाई जङ्गलको बाघहरू जस्तै आवतजावत गर्दै निहारे ...
उनीहरू कसरी शहीद हुन सौख व्यक्त गर्दैछन् र अल्लाहको प्रसन्नता प्राप्त गर्न कसरी उत्साहित छन् भन्ने देख्दै थिए ....
यो सबै दृश्यले उनको पौरख्याइलाई उत्तेजित तुल्याए ...
उनले पनि उनीहरूका साथ नै अल्लाहका रसूलको झण्डा मुनि युद्ध गर्ने निश्चय गरे ....
तर छोराहरूले आफ्नो पितालाई उनको इरादाबाट रोक्ने प्रयास गर्न थाले ...
उनी बढी उमेर पुगेका बृद्ध थिए ...
साथै एक पाउले लङ्गडो पनि ...
यस्ता मानिसहरूलाई अल्लाहले त्यसतै नै अपाङ्को श्रेणीमा राखी माफी दिनु भएको छ ...
तसर्थ उनीहरूले अनुरोध गरे ...
हे बुवा ... अल्लाहले तपाईँलाई माफ गर्नु भएको छ ...
तसर्थ जुन विषयमा तपाईँलाई छुट दिइएको छ त्यसमा किन तपाईँ आफैँ आफुमाथि समस्या उत्पन्न गर्न खोज्दै हुनुहुन्छ .....
उनीहरूको कुरा सुनेर बुढाबा अत्यन्त रिसाए ...
र रसूल सल्लल्लाहु अलैहि वसल्लम नेर पुगेर आफ्ना छोराहरूको सिकायत गर्न थाले ....
उनले भने .... हे अल्लाहका नबी ....
मेरा यी छोराहरू मलाई यस सत्कारबाट बन्चित राख्न खोज्दैछन् ....
म लङ्गडो भएको कुरालाई बहाना बनाउँदैछन् ...
अल्लाह कसम ... म यसै खोडे खुट्टाद्वारा खोज्याएर स्वर्गमा हिडने चाहना राखेकोछु ....
रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनका छोराहरूलाई भन्नु भयो ....
छाड देऊ ... सायद अल्लाहले उनलाई शहादत प्रदान गरून् ...
यसरी रसूल सल्लल्लाहु अलैहि वसल्लमको अज्ञाको पालना गर्दै उनीहरूले पनि अनुमति दिए ..
*******
○ सेनालाई प्रस्थान गर्ने समय हुन वित्तिकै ....
अम्र बिन जमूहले आफ्नी पत्निलाई फिर्ता आउन नसक्ने व्यक्ति झै विदाइ गरे ...
त्यस पछि किब्ला तिर फर्केर दुवै हात आकाश तिर फर्काए .... र भने ...
हे अल्लाह मलाई शहादत प्रदान गरियोस् ....
फेरी घरपरिवारमा विफल फिर्ता नगरियोस् ....
उनी आफ्ना तीनै छोरा र बनु सलमाको एउटा ठुलो समूहको घेरा भित्र निस्के ....
जब रणभूमि ततायो ....
र मानिसहरू रसूल सल्लल्लाहु अलैहि वसल्लमको नजिकबाट पनि छिटफुट भए ....
अम्र बिन जमूह पहिले पङ्क्तिमा थिए र आफ्नो अस्वस्थ्य खुट्टामा खोज्याएर हिड्दै यो भन्ने गर्दथे ...
म स्वर्गको खोजीमा छु .... म स्वर्गको खोजीमा छु ....
उनका पछाडी उनका छोरा खल्लाद पनि थिए ....
दुवै बृद्ध र तरूण रसूल सल्लल्लाहु अलैहि वसल्लमको रक्षा गर्दै पौरखीको प्रदर्शन गर्दै रणभूमिमा शहिद भएर लडे ....
बुवा छोराको बीच केही छिनको फरक मात्र भएको थियो ....
*******
युद्धको घम्साघम्सी समाप्त भए पछि रसूल सल्लल्लाहु अलैहि वसल्लमले उहुदमा शहिद भएका साथीहरूलाई समाधीस्थलको जिम्मा लगाउन थाल्नु भयो ....
उहाँले आफ्ना साथीहरूलाई भन्नु भयो ....
उनीहरूलाई रक्त र घाउका साथ छाडि दिऊ ....
म उनीहरूको साक्षी हुनेछु .....
फेरी उहाँले भन्नुभयो ....
कुनै मुसलमानलाई कतै घाउ लाग्यो भने......
ऊ प्रलायको दिन यस्तो अवस्थामा आउनेछ कि...
उसको घाउबाट रगत बग्दै हुनेछ ...
त्यसको रङ्ग जाफ्रान( केसर)को रङ्ग जस्तै हुनेछ.....
र सुगन्ध कस्तुरीको जस्तो ....
फेरी उहाँले भन्नु भयो ....
अम्र बिन जमूहलाई अब्दुल्लाह बिन अम्रका साथ दफन गर ....
किन भने दुवै यस संसारमा एक अर्काको मित्र र प्यारा थिए ....
*******
अल्लाह तआला अम्र बिन जमूह र उहुदमा शहिद भएका उनका सबै साथीहरूदेखि प्रसन्न होऊन् ...
र उनीहरूको कब्रलाई प्रकाशमय बनाऊन् .....
आमीन
(प्रस्तुति: मुहम्मद सुहैल नदवी)
¤¤¤¤¤¤¤