Tuesday, January 4, 2022

बाह्र मिनेटको कैदी

 बाह्र मिनेटको कैदी

एउटा उपदेशात्मक कथा
कथाकार: जावेद चौधरी- एक्सप्रेस न्युज 
नेपाली अनुवाद: मुहम्मद सुहैल नदवी

******

वातावरण परितप्त भयो.....  

हामी सबैको अनुहारमा तनाब उत्पन्न भयो,....   

पुरै कोठाभित्र त्रास फैलिँदै गयो, .... 

मलाई लाग्थ्यो, ..... 

यो सामुन्ने बसेको मानिस अहिले उभिन्छ ....  

र कराइ रहेको अभद्र व्यक्तिको अनुहारमा थप्पड हिर्काउँछ जस्तो, ..... 

तर  हाम्रै अगाडी त्यो व्यक्ति उभियो ..... 

र थप्पड हिर्काउनुको सट्टा बाथरूम तिर गयो, .....  

वुजु गर्यो .... र जायनमाज उठाएर अर्को केठा भित्र पस्यो,..... 

हामी उनलाई शीशाको पारि पट्टी  नमाज पढ्दै देख्न सक्थ्यौँ, ..... 

रिसमा भासिएको व्यक्तिले तीन ग्लास पानी खायो ..... 

र कसै सित फोनमा कुरा गर्न थाल्यो, ..... 

कुरा गर्दा गर्दै उसको तापक्रम सामानय हुँदै गयो, ....  

 फोन सकिएर अनुहारमा लाज र पछुतोको भाव लिएर  हामी तर्फ हेर्न लाग्यो.....  

र खेदप्रकट गर्ने शैलीमा भन्यो, .... 

"म क्षमा चाहन्छु," ....

 " मेरो एजेन्टले मलाई असत्य भनेको थियो," ..... 

 "मेरो फायल यहाँबाट पास भइ सकेको रहेछ," ...... 

 "मैले नजानेर बैग साबसित ज्यादती गर्दिएकोछु,"  ....  

"मलाई असाध्यै खेद छ," ..... 

हामीले शीशाको पारि पट्टी हेर्यौँ,  ....  

अहिले सम्म बैग साब अति ध्यानपूर्वक नमाजमा व्यस्त हुनुहुन्थ्यो,.....  

हामी कहिले त्यो उत्तेजित मानिसलाई हेर्थ्यौँ ...... 

कहिले नमाज पढ्दै हुनुहुने बैग साबलाई,.....  

बैग साबले नमाज समाप्त गर्नु भयो, ...... 

जायनमाज समेटेर दरूद शरीफ दोह्रयाउँदै कोठा भित्र पस्नु भयो, ..... 

जायनमाज राखेर बिचलित परेको ब्यक्तितिर हेर्दै शान्तिपूर्ण स्वरमा भन्नुभयो, ...... 

"दाई ! तपाईँ गएर एक पटक जाँचबुझ गर्नु," .....  

"मैले वास्तवमा तपाईँको फायल पठाइ सकेकोछु",.....  

"यदि तपाईँले फायल फेला पार्नु भएन भए एक दुई दिनमा फर्कनु ", ...... 

"हामी दुवै जना मिलेर फायल खोज्नेछौँ," .....  

त्यो व्यक्ति रूने जस्तो भयो, ......  

र सिर निहुराएर भन्यो, ...... 

"बैग साब! म क्षमा चाहन्छु," .....

 " तपाईँ ठिक नै भन्दै हुनुहुन्थ्यो," ....... 

" मेरो एजेन्टले नै मसित असत्य कुरा गरेको  थियो," .....  

बैग सब उभिए त्यस पछुतो परेको व्यक्तिलाई अँगालो हाल्नु भयो, ......

 स्याबासी दिएर विदाइ दिनुभयो , ..... 

 त्यो व्यक्ति धन्यवाद दिँदै आफ्नो गाडीमा चढेर फर्क्यो,...... 

म यी सबै कुरालाई आश्चर्यसाथ हेर्दै थिएं, ...... 

मैले त्यो उत्तेजित व्यक्ति फर्के पछि बैग साबलाई सोधें, ..... 

"सर त्यो व्यक्तिको  गाली, अभद्र बोली प्रति तपाईँ अलिक पनि रिसाउनु भएन, किन? " ......

उनी मुस्कुराउँदै भन्नु भयो, ...... 

"तपाईँलाई कसले भन्यो मलाई रिस उठेको थिएन र? " ..... 

"म रिसले  उम्ली रहेको थिएं, " ..... 

मैले भने , ..... 

"तर तपाईँद्वारा यस्तो कुनै कुरा व्यक्त भएको देखेँन मैले ," .....  

"जबकि तपाई साँचो हुनुहुन्थ्यो र त्यो व्यक्ति झुठो," ...... 

उनले भन्नु भयो, ...... 

"किन भने म रिसको रसायनशास्त्रलाई राम्ररी जान्दछु",..... 

 "र जो व्यक्ति यस रसायनशास्त्रलाई जान्दछ" .....

 "ऊ सजिलै सित रिसलाई नियन्त्रणमा  पार्न सक्छ," .....

मैले सोधें, .... 

"सर यो रिसको रसायनशास्त्र भनेको के हो?"... 

उनी मुसुक्क हाँस्दै भन्नु भयो, 

" हामी भित्र सोह्र रसायनहरू हुन्छन्," .....

 "यी रसायनहरूले नै हाम्रा भावना  र इमोशन सिर्जना गर्छन," ...... 

"हाम्रा इमोशन्जले हाम्रो स्वभावको रचना गर्छन् "....

 "र हाम्रा स्वभावले नै हाम्रो चरित्र र व्यक्तिवको निर्माण गर्छन्,."....

म ध्यानपूर्वक उनीतर्फ एकोनास हेर्दै बसें..... 

उनले भन्नु भयो,..... 

"हाम्रो इमोशन अथवा भावनाको समयावधि बाह्र मिनेटको मात्र हुन्छ.".... 

मैले सोधें

"जस्तै"....

उनले भन्नु भयो..... 

"जस्तो रिस एउटा भावना हो," ......

 "यो भावना रसायन प्रतिक्रियाद्वारा उत्पन्न हुन्छ," ......

"उदाहरणस्वरूप," ..... 

"हाम्रो शरीरले इनसोलेन बनाएन," ...... 

"अथवा यो आवश्यक्ता भन्दा कम्ति थियो,".....  

"हामीले आवश्यक्ता भन्दा बढी नुनको सेवन गर्यौं," ...... 

"हामीले पुरा निन्द्रा लिन पाएनौँ, ".....

 "भोकै घरबाट बाहिर निस्क्यौं," ..... 

"यसको परिणाम के हुन्छ र?" ...... 

"हाम्रा शरीर भित्र रसायन प्रतिक्रिया उत्पन्न हुन्छ," .... 

"यस प्रतिक्रियाले हाम्रो रक्तचाप बढाइ दिन्छ, "...... 

"यो रक्तचापले हामीभित्र रिसको भावना उत्पन्न गर्छ," ..... 

"हामी उत्तेजित भइ हाल्छौँ, " ...... 

"तर यो उत्तेजना मात्र १२ मिनेटको लागि नै हुन्छ," ...... 

"बाह्र मिनेछ पछि हाम्रो शरीर आफैं रिसलाई शान्त पार्ने रसायन उत्पन्न गर्न थाल्छ," ...... 

"यसरी हामी आउँदो पन्द्रह मिनेटमा शान्त हुन पुग्छौँ," ..... 

"यदि हामीले रिसको यस बाह्र मिनेटलाई व्यवस्थित गर्न सक्यौँ भने"..... 

"रिसबाट हुने हानिबाट जोगिन सक्छौँ."...,

मैले सोधें, ..... 

"यो उपचार रिसको लागि मात्र हो कि कसो?."....

उनीले मुस्कुराउँदै उत्तर दिनु भयो,..... 

"होइन", .... 

"हामी भित्र छ वटा प्राथमिक भावनाहरू हुन्छन्," ..... 

"रिस, डर, घृणा, आश्चर्य, आन्नद र उदासीनता," ...... 

"यी सबै भावनाको उमेर बाह्र मिनेट मात्र हुन्छ," ..... 

"हामी बाह्र मिनेटसम्म मात्र डर्ने गर्छौँ,".....  

"बाह्र मिनेट मात्र हाँस्ने गर्छौँ, "......

 "बाह्र मिनेट मात्र उदास हुन्छौँ, "...... 

"कसै प्रति घृणा वा द्वेष पनि बाह्र मिनेटको लागि मात्र हुन्छ, "..... 

"आश्चर्यको समयसूची पनि बाह्र मिनेट कै लागि हुन्छ," ..... 

"हाम्रो शरीरले नै बाह्र मिनेट पछि सबै उत्तेजनालाई शान्त तुल्याइ दिन्छ,"...... 

मैले भनें, ..... 

"तर मैले देखे बमेजिम धेरै जना दिन भरि नै रिस, उदासीनता घृणा वा त्रासको भावमा नै हुँदो रहेको हुन्छन्,"..... 

 "पुरै दिन सामान्य हुँदैनन्,

मुसुक्क हाँस्दै भन्नु भयो," .....

"तपाईँ यस भावनालाई आगोको उदाहरण जस्तै सम्झनु," ..... 

"तपाईँको अगाडी आगो सल्काइएको छ," .....

 "यदि तपाईँ त्यसमा अलि अलि तेल हाल्दै गर्नु र त्यसमा थोरै थोरै दाउरा राख्दै गर्नु भयो भने के हुन्छ?".....  

 "त्यो आगो बढ्दै जान्छ, र सल्कदै जान्छ," ......

"हामी मध्ये धेरै मानिसहरू आफ्नो भावनालाई शान्त पार्नुको सट्टा त्यसमा तेल हाल्ने र काठ राख्ने काम गर्ने गर्छन्, "......

 "त्यसैले जुन भावलाई बाह्र मिनेटमा शान्त हुनु पर्ने थियो"...... 

 "त्यही भावना दुई दुई तीन तीन दिन सम्म लम्ब्याउँदै जान्छ", ......

 "यदि दुई तीन दिनमा पनि हामी त्यसको परिधिबाट निस्क्यौँन भने" ....

" यही भाव हाम्रो स्वभावमा परिणत हुन्छ",......  

"अनि यो स्वभाव हाम्रो चरित्र अथवा व्यक्तिवलाई दर्शाउने योग्य बन्न पुग्छ," ..... 

"अब मानिसहरू हामीलाई रिसाहा खान, ".... "उदास बक्स", ..... "डरपोक साह," ..... "द्वेष बाबु", ..... "ठहाका मिया "..... "र आश्चर्य शेख जस्ता संज्ञाद्वारा बोलाउने गर्छन," ..... 

केही सास फेरर भन्नु भयो उनीले, .....

"तपाईँले कहिले यो विचार गर्नु भयो."....  

"हामी धेरै जनाको अनुहारमा हरेक समय  आश्चर्य, हाँसो, घृणा, उदासीनता अथवा रिस किन देख्ने गर्छौँ?" ...... 

"कारण स्पष्ट छ", ......

 "भावनाले बाह्र मिनेटकोलागि उनको अनुहारमा पस्न खोज्यो, "......

 "उनले त्यसलाई फिर्ता पठाएनन्, ".....

 "यसरी त्यो भावना,."...  "आश्चर्यको", .... "हाँसोको,"..... "घृणाको," ..... "त्रासको, ".... "उदासीनताको" ....." र रिसको," .... "जसको  भए पनि  उस्को व्यक्तित्व नै बन्यो", .... 

"उनको अनुहारमा सधैंको लागि टाँसियो," .....

 "यदि उसले त्यसलाई व्यवस्थित गर्थ्यो भने".... 

 "जीवनभरको खराबीबाट बच्न सक्थ्यो," .....

 "र कुनै एउटा भावनाको गुलाम बन्न बाट जोगिने थियो,".....  

"र त्यसको ब्ल्याकमेलिङ्गबाट छुटकारा पाउने थियो, "...... 

मैले सोधें, ....

" प्रेम पनि त एउटा भावना नै हो नि,?.".....

उनले तुरन्त जवाफ दिनु भयो, ..... 

 "प्रेम र वासना वास्तवमा आनन्दकै मातापिता हुन्," .....

 "यो भावना पनि मात्र बाह्र मिनेटकै हुन्छ," ...... 

"यदि यसको आगोमा पनि काठ हालिएन भने बाह्र मिनेट पछि यो पनि सखाप भइ हाल्छ, "..... 

"तर हामी मध्ये बेवकुफ मानिसहरू त्यसलाई पनि प्रेमिकाको चुल्ठो कपालमा बाँधिएर घाँटीमा झुण्डयाउने गर्छन्," .....

 "र मजनूँ भएर अपमानित हुन्छन्," ..... 

"यदि हामी मनुष्यले वासनाको यो बाह्र मिनेट पनि त्यसैरी नै विताइ दियौं भने" ..... 

 "पाप, अपराध र अपमानबाट बन्चित हुन सक्छौँ, ".....

 "तर हामीले यो गर्दैनौँ ".... "अथवा गर्न चाहँदैनौँ,"..... 

 "यसरी कहीं ढुँगा पत्थरद्वारा कुल्चिन्छौँ ", ..... 

"कतै हत्या गरिन्छ,".....  

"कहिले कारागारमा बस्नु पर्छ," ..... 

"र सधैं अपमानित हुनु पर्छ,"..... 

 "हामी सबै यसै बाह्र मिनेटको कैदी हौँ, "...... 

"यदि कुनै उपायद्वारा यो बाह्र मिनेटको कैद हामीले विताउन सफल भयौँ भने" ......

 "लामो लामो कैदबाट मुक्त हुन सक्छौँ, "..... 

"नत यो बाह्र मिनेटले हामीलाई कस्तो दुगर्त बनाउँछ तपाईँले सुन्नु भयो,"......

मैले सेधें, ..... 

"यो बाह्र मिनेट तपाईँ कसरी मैनेज गर्नु हुन्छ,? ".....

हाँस्दै भन्नु भयो, ......

" भरखरै तपाईँकै अगाडी मैले यसको प्रदर्शन गरेकै छु,"......

 " त्यो महानुभाव रिसाउँदै भित्र प्रवेश गरेका थिए, "..... 

"मसित आफ्नो फायल माँगे," ..... 

"मैले भनें मैले तपाईँको फायलमा सहि गरेर पठाइ सकेको छु," ......

 "उनलाई विश्वास भएन," ...... 

"मलाई झुठा र असत्यवचनको आरोप लागए, ".....

"यति मात्र होइन" .....

 "मलाई आमा बहिनीको गाली समेत गरे," .....

" मेरो शरीरमा आगो झैँ सल्क्यो," ..... 

"तर मलाई थाहा थियो "..... 

"यो मात्र बाह्र मिनेटको उत्तेजना हो, "...... 

"तसर्थ म चुपचाप उभिएँ," .....

 "बजु गरेँ "..... 

"नमाज पढ्न थालेँ," ..... 

"मेरो यस काममा बीस मिनेट जति खर्च भयो",.....  

"तर यस बीस मिनेटमा मेरो रिस पनि समाप्त भयो", ...... 

"र उनी महानुभावलाई पनि वास्तविक अवस्थाको ज्ञान भइ हाल्यो," ..... 

"यदि म नमाज पढ्न जान्नथें, "..... 

"उनलाई उत्तर प्रतिउत्तर गर्न खोज्थें", .....

 "हाम्रो बीचमा तातो वादविवाद हुन्थयो,"....  

"सबै जना काम छाडेर जम्मा हुन्थे," ..... 

"दुवै जनाबीच बलको प्रयोग हुन सक्थ्यो," ...... 

"म उनको टाउको फुटाउने थिएँ. "  . .

 "उनले मलाई हानि पुर्याउने थिए," ...... 

"तर यो सबै झैझगडाको परिणाम के निस्कन्थ्यो र?"......

..... 

"हामी दुवैलाई पछि थाहा हुन्थ्यो हामी बेवकुफ थियौँ," .....

 "दिन भरि आफ्नो कान नहेरी कागको पछि पछि थियौँ," ......

 "अतः मैले जायनमाजमाथि बसेर यो बाह्र मिनेट बिताएँ "..... 

"र म र कार्यालयका सबै कर्मचारी डिस्टर्ब हुनबाट जोगिए," ... 

"सबै को आजको दिन र इज्जत सुरक्षित रह्यो",....

मैले फेरी प्रश्न गरें, ....

 "के तपाईँ सधैं रिसको बेला नमाज नै पढ्नु हुन्छ?"...

उनले जवाफ दिनु भयो, .... 

"होइन, म जुन बेला पनि कुनै भावनामुनि आउन पुग्छु," ...... 

"सब भन्दा पहिले आफ्नो मुख बन्द गर्छु," ....

 "मुख बाट एउटा शब्द पनि निकाल्दिँन", ....

" म हाँस्दै पनि कुरा गर्दिँन," .... 

"म मात्र हाँस्छु," .... 

"र हाँसदै कुनै अर्कै काम सुरू गर्दिन्छु," .... 

"डर, रिस, दुःख उदासीनता  अनन्दको बेला हिडडुलको लागि निस्की हाल्छु",....  

"नुहाउँछु," .....

" वुजु गर्छु," ....

 "बीस मिनेटको लागि मौनव्रत धारण गर्छु",....  

"अस्तग्फिरूल्लाहको तस्वीह गर्छु",....  

"आमा अथवा परिवारलाई फोन गर्छु,"....  

"आफ्नो कोठा अथवा टेबुललाई सफा गर्ने प्रयास गर्छु",.....  

"आफ्नो बैग खोलेर केही खोज्न थाल्छु, "..... 

"कान र आँखा बन्द गरी लम्पसार हुन खोज्छु", ....

 "अथवा उभिएर नमाज पढ्न गइ हाल्छु,"....  

"यसरी यो बाह्र मिनेट पुरा भइ हाल्छ,"....  

"हुरी बतास समाप्त भइ हाल्छ",.... 

" मेरो मष्तिस्क पुरानै ठाउँमा बसि हाल्छ, ".... 

"र म निर्णय गर्ने योग्य हुन पुग्छु, " ....

उनी अलि चुप हुनु भयो, ....

 मैले सोधें, .... 

" यदि तपाईँले यो कुनै सुविधा पाउनु भएन भने?" 

उनी केही बेर चुप बस्नु भयो,  ..... 

केही सोचेर भन्न थाल्नु भयो, ......

 "यदि आकाश पनि झर्यो अथवा भुइँ फाट्यो" .... 

"तापनि म मुख खोल्दिनँ त्यतिखेर," ..... 

"म मौन बस्छु," ..... 

"तपाईँ विश्वास गर्नु," ..... 

"सुनामी जति ठूलो भए तापनि मेरो चुपको प्रतिकार गर्न सक्दैन," .....

 "अन्ततः उसलाई पराजित हुनु नै पर्छ, ".....

 "तपाईँ पनि चुपले गर्दा सबै हुरिबतासको मुकाबला गर्न सक्नु हुन्छ,.".... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ, ... 

"जसले मौन धारण गर्यो ऊ जोगियो," .... 

" तसर्थ हामीलाई आफूमाथि नियन्त्रण राख्नु पर्छ, ".....

 "त्यो प्राप्त भयो भने सबै कुरा प्राप्त हुनेछन्,"......

समाप्त

*********

Sunday, January 2, 2022

९६ – सूरह अल् – अलककाे नेपाली अनुवाद

९६ – सूरह अल् – अलक् काे नेपाली अनुवाद

अनुवादकः मुहम्मद सुहैल नदवी

○○○○○○○○○

 सुरू गर्दछु अल्लाहकाे नामबाट, जाे अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ

१. आफ्ना पालनकर्ताकाे नामद्वार पढ जसले सृष्टि गर्नु भयाे

२. उहाँले मनुष्यकाे सृष्टि रगतकाे डल्लाेबाट गर्नुभयाे

३. पढ र तिम्रा पालनकर्ता परम सहनशील हुनुहुन्छ

४. जसले कलमद्वारा सिकाउनु भयाे

५. उहाँले मनुष्यलाई त्याे कुरा  सिकाउनु भयाे जाे उसले जानेकै  थिएन

६. खबरदार, मनुष्य अवश्य नै  सीमा नाघ्ने गर्छ

७. यदि उसले आफूलाई आत्मनिर्भर ठान्छ

८. निसन्देह तिम्रा पालनकर्ता तर्फ नै फर्कनु पर्छ

९. के तिमीले देख्याै त्यसलाई जाे राेक्दैछ

१०. एउटा भक्तलाई जब ऊ नमाज पढ्छ

११. के तिमीले विचार गर्याै, यदि ऊ सत्यमार्गमा भयाे

१२. अथवा उसले इशभयकाे उपदेश दियाे

१३. तिम्राे के विचार छ यदि उसले नकार्याे र विमुख भयाे

१४. के उसलाई ज्ञान नै भएन कि अल्लाह देख्दै हुनुहुन्छ

१५. खबारदार, यदि ऊ राेकिएन भने हामी निश्चय नै  निधार समातेर घिसार्नेछाैं

१६. एउटा झूटाे र पापी निधार

१७. अतः ऊ पनि आफन्तजनलाई बाेलाओस्

१८. हामी पनि नर्कका फरिश्ताहरूलाई डाक्नेछाैं

१९. खबरदार, उसकाे कुरा नमान, र अल्लाहलाई ढाेग र नजिक हाेऊ

सूरह समाप्त