Monday, April 11, 2022

५७– सूरह अल–हदीदको नेपाली अनुवाद

 ५७– सूरह अल–हदीद

नेपा्ली अनुवादः मुहम्मद सुहैल नदवी


सुरू गर्दछु अल्लाहकाे नामबाट, जाे अत्यन्त करूणाामय र परम दयालु हुनुहुन्छ
१. अल्लाहकाे लागि नै महिमागान गर्दछन् जाे समस्त आकाश र पृथ्वीमा छन् तथा उहाँ अत्यन्त प्रभुत्वशाली एवम् तत्वदर्शी हुनुहुन्छ 

२. समस्त आकाश र पृथ्वीकाे शासन उहाँकाे नै हाे, उहाँ नै जीवन प्रदान गर्नु हुन्छ,र उहाँ नै मृत्यु  दिनु हुन्छ र उहाँ नै हरेक कुरा गर्न सक्ने सामर्थ्यवान हुनुहुन्छ

३. उहाँ नै हुनुहुन्छ प्रथम पनि र अन्तिम पनि, दृश्य पनि र अदृश्य पनि, र उहाँ प्रत्येक कुराका ज्ञाता हुनुहुन्छ

४. उहाँ नै हुनुहुन्छ जसले सबै आकाश र पृथ्वीलाई छ  दिनमा बनाउनु भयाे त्यस पछि अर्श अथवा सिंहासन माथि विराजमान हुनु भयाे, उहाँ नै जान्नु हुन्छ जे पनि पृथ्वीमा पस्छ र जे पनि त्यहाँबाट निस्कन्छ र आकाशबाट जे पनि अवतरणा हुन्छ र जे पनि त्यसमा उक्लन्छ र उहाँ तिमीहरूकाे साथमा नै हुनुहुन्छ तिमी जहाँ भए पनि, र अल्लाह तिमीहरूले  गरी रहेका सबै कार्यहरू देख्दै हुनुहुन्छ 

५. उहाँ कै हाे समस्त आकाश र पृथ्वीकाे शासन, र अल्लाहकाे तर्फ नै फ्काइनेछ सबै मामलाहरू

६. उहाँ नै रातलाई  दिनमा गाभ्नु हुन्छ र दिनलाई रातमा गाँस्नु हुन्छ र उहाँ नै मुटु भित्रकाे कुराकाे उत्तम जानिफकार हुनुहुन्छ

७. तिमीहरू अल्लाह र उहाँका सन्देशवाहकमाथि आस्था राख, र हामीले जुन सम्पत्तिमाथि तिमीहरूलाई उत्तराधिकारी बनाएका छाैं त्यसबाट खर्चने गर, तिमीहरू मध्ये जसले आस्था राख्यो र खर्च गर्यौ त्यसकाे लागि महान प्रतिफल रहेकाे छ

८. तिमीहरू किन अल्लाह माथि आस्था राख्दैनाै जब कि रसूल वा सन्देशवाहक तिमीहरूलाई आफ्ना पालनकर्ता माथि आस्था राख्न काे निम्ति आह्वान गर्दै हुनुहुन्छ, साथै अल्लाहले तिमीहरू सित शपथ ली सक्नु भएकाे छ यदि तिमीहरू आस्थावान छाै

९. उहाँ नै हुनुहुन्छ जाे आफ्ना भक्तमाथि स्पष्ट सम्पुष्टिहरू अवतारण गर्नु हुन्छ तिमीहरूलाई अन्धकारबाट उज्यालाेमा ल्याउनकाे निम्ति र निसन्देह अल्लाह तिमीहरूमाथि अत्यन्त नम्र र परम दयालु हुनुहुन्छ

१०. तिमीहरूलाई के भयाे कि तिमीहरू अल्लाहकाे पथमा धन खर्च गर्दैनाै र आकाशहरू र पृथ्वीकाे  हकदावी अल्लाहकाे नै रहेछ , तिमीहरू मध्ये समान हुँदैनन्  उनीहरू जसले मक्का विजय हुनु भन्दा अघि खर्च गरेकाछन् र युद्ध गरेकाछन् , उनीहरू धेरै उच्च श्रेणीमा छन् उनीहरूकाे दाँजाेमा जसले पछि खर्च गरे र युद्ध गरे, र अल्लाहले प्रत्येक समूहसित उत्तम प्रतिफलकाे वाचा गर्नु भएकाेछ र तिमीहरू जे गर्छाै अल्लाह सबै कुराबाट अवगत हुनुहुन्छ 

११. काे हाे जसले अल्लाहलाई उत्तम ऋण  दिन सक्छ फलस्वरूप उहाँले उसलाई क्याैं गुणा बृद्धि गर्नु हुन्छ र उसकाे लागि महान प्रतिदान पनि हुनेछ

१२. त्याे दिनमा जब तिमी देख्नेछाै  आस्थावान पुरूष र महिलाहरूलाई उनीहरूकाे ज्याेति उनका अगाडि र दाहिने दिशामा  दगुर्दै जान्छन्  तिमीहरूलाई आजकाे दिन बधाइ छ यस्ताे बगैंचाहरूकाे जसकाे मुन्तिरबाट नदिहरू बग्दैछन् यसैमा सर्वसदाकाे लागि विद्यमान भएर, त्यही त्याे महान सफलता हाे

१३. जुन दिन मुनाफिक अथवा ढाेंगी पुरूष र महिलाहरूले आस्थावानहरूलाई भन्नेछन्, तिमीहरू हामीलाई पर्ख, हामी पनि तिमीहरूकाे ज्याेतिबाट केही अंश लिनेछाैं, भनिनेछ, पछिल्तिर फर्क अनि कुनै ज्याेति खाेज, अनि उनीहरूकाे बीचमा एक ढाेका भएकाे पर्खाल खडा गरिनेछ जसकाे भित्री भागमा करूणा हुन्छ र बाहिरी भागमा उनका दिशामा यातना हुनेछ

१४. ती ढाेंगीहरू आस्थावानहरूलाई डाक्नेछन् , के हामी तिमीहरूकाे साथमा थिएनाैं, उनीहरूले भन्नेछन्, अवश्य नै थियाै, तर तिमीहरूले आफू लाई उत्पीडनमा राख्याै, तिमीहरू पर्खाइमा बस्याै, तिमीहरू शंखामा रह्याै, र तिमीहरूलाई मिथ्य आकांक्षाहरूले धाेखामा राखे, अन्ततः अल्लाहकाे निर्णय आइ पुग्याे, तर अल्लाह प्रति धाेखा  दिने शैतानले तिमीहरूलाई धाेखा नै दियाे

१५. तसर्थ आज तिमीहरूबाट कुनै फिराेती अथवा सिर्ताे कबुल गरिने छैन, यसरी काफिरहरूबाट पनि , तिमीहरू सबैकाे आश्रय नर्क नै हुन्छ, उही तिमीहरूकाे संरक्षक हुनेछ र त्याे अति  निकृष्ट आश्रय हाे

१६. के आस्थावानहरूकाे लागि बेला पुगेकाे छैन र? कि अल्लाहकाे उपदेश र सत्य कुराकाे  अवतरण भएकाे कारण उनीहरूकाे मुटु नम्र हाेस्  र तिनीहरू उनीहरूका समान हुन नपुगाेस् जसलाई पहिले ग्रन्थ प्रदान गरिएकाे थियाे, तर जब लामाे समय वित्याे, उनीहरूकाे हृदय कठाेर भयाे, उनीहरू मध्ये धेरै जना अवज्ञा गर्नेवाला नै छन्

१७. जानी राख, अल्लाहले नै भूमिलाई त्यसकाे मृत्यु पछि जीवित पार्नु हुन्छ, निसन्देह हामीले तिमीहरू निम्ति प्रमाणहरू स्पष्ट पारी सकेकाछाैं, सायद तिमीहरू बुझ्न सक

१८. निसन्देह दान गर्ने पुरूष  र दान गर्ने महिलाहरू र जसले अल्लाहलाई उत्तम ऋण  दिएकाछन् , उनीहरूकाे लागि क्याैं गुणा बृद्धि गरिन्छ र उनका लागि सम्मानजनक प्रतिफल हुनेछ

१९. र जसले अल्लाह र उहाँका सन्देशवाहकहरूमाथि आस्था राख्याे, उनीहरू आफ्ना पालनकर्ता समक्ष सत्यवान र साक्षी हुन् , उनीहरूकाे लागि उनका प्रतिफल र ज्याेति हुनेछन् र जसले नकारे र हाम्रा सम्पुष्टिहरूलाई मिथ्य ठहर गरे उनीहरू नर्कबासी हुनेछन् 

२०. जानी राख, सान्सारिक जीवन खेलकुद, मनाेरञ्जन, सजावट, एक अर्कामाथि अभिमान र सन्तति र सम्पत्तिमा अभिबृद्धिकाे लागि प्रतिस्पर्धा मात्र हाे, वर्षाकाे उदाहरण जस्तै, जब उसकाे बालिनालिले कृषकलाई खुसि पार्छ त्यस पछि उ सुक्छ त्यसलाई पहेंलाे भएकाे देख्छाै फेरी ऊ विनाश हुन्छ, अन्तिम दिनमा कठाेर सजाय पनि छन् र अल्लाहकाे क्षमादान र प्रसन्नता पनि, र सान्सारिक जीवन त धाेखाकाे वस्तु मात्र हाे

२१. दाैड आफ्ना पालनकर्ताकाे क्षमादान र यस्ताे स्वर्ग तिर , जसकाे चाैडाइ आकाश र पृथ्वीकाे चाैडाइ समान छ, अल्लाह र उहाँका सन्देशवाहकहरूमाथि  आस्था राख्नेहरूकाे लागि निर्मित गरिएकाे छ, याे अल्लाहकाे कृपा हाे, जसलाई इच्छा भए प्रदान गर्नु हुन्छ र अल्लाह महान कृपालु हुनुहुन्छ

२२. पृथ्वीमाथि र तिम्राे प्राणकाेलागि जे आपत परे भने हामीले त्यसकाे सृष्टि गर्नु भन्दा पहिले देखि नै त्याे एउटा किताबमा लिखित रहेकाे छ, निसन्देह याे कुरा अल्लाहकाे निमित्त सहज नै हाे

२३. यस अर्थमा कि तिमीहरूले गुमाएकाे वस्तु माथि दुःखित नहाेऊ र उहाँले प्रदान गर्नु भएका कुरामा बढी प्रसन्न नहाेऊ, र अल्लाह घमण्डी र सेखी  गर्ने व्यक्तिहरूलाई मन पराउनु हुनुहुन्न

२४. ती मानिसहरू जाे स्वयं कञ्जुस्याइ गर्छन्  र अरू मानिसहरूलाई पनि कञ्जुस्याइकाे सल्लाह  दिन्छन् , र कसैले मुख फेर्याे भने  निसन्देह अल्लाह पूर्ण निरपेक्षा र अत्यन्त  प्रशंसनीय हुनुहुन्छ

२५. निसन्देह हामीले आफ्ना सन्देशवाहकहरूलाई स्पष्ट प्रमानहरू सहित पठायाैं, र उनका साथ ग्रन्थ र तराजु अवतरण गर्याैं कि मानिसहरू निसाफका साथ उभिन सकुन, र हामीले फलामलाई पनि अवतारित गर्याैं, त्यसमा अत्यन्त शक्ति र मानिसहरूकाे लागि फाइदाहरू छन् र यसरी अल्लाहले पनि हेर्न सक्नु हुन्छ कि कसले नहेरीकन उहाँ र उहाँका सन्देहवाहकहरूलाई मद्दत पुर्याउँछ, अवश्य नै अल्लाह अत्यन्त शक्तिमान र प्रभुत्वशाली हुनुहुन्छ

२६. र निसन्देह हामीले नूह र इब्राहीमलाई पठायाैं र उनका सन्ततिमा दूतत्व र किताबलाई निरन्तरता दियाैं, उनीहरू मध्ये केहीले सत्यमार्ग प्राप्त गरे र अधिक्तम तिनीहरू मध्ये अवज्ञाकारी नै रहे

२७. फेरी उनीहरूकाे पदचिन्हमा हामीले आफ्ना सन्देशवाहकहरूलाई पठायाैं, र मर्यमका छाेरा इसालाई पठायाैं र उहाँलाई इन्जील सुम्पियाैं र उहाँका अनुसरण गर्नेहरूका हृदयमा नम्रता र दया हाल्याैं, र वैरागी उनीहरूले आफैं अविष्कार गरे हामीले यसलाई उनीहरूकाे लागि अनिवार्य गरेका थिएनाैं, त्याे पनि अल्लाहकाे प्रसन्नता प्राप्तिकाे  नियतले मात्र, तर जसरी ध्यान दिनु पर्ने थियाे त्यस्ताे उनीहरूले ध्यान दिएनन् , अतः उनीहरू मध्ये जे आस्थावान भए उनलाई हामीले प्रतिदान दियाैं र उनीहरू मध्ये पनि अधिकांश अवज्ञाकारी नै छन् 

२८. हे आस्थावानहरू, अल्लाहकाे भय राख र उहाँका सन्देशवाहकमाथि विश्वास गर, तिमीहरूलाई आफ्ना कृपाकाे दुई गुणा प्रदान गर्नु हुन्छ र तिमीहरूकाे लागि ज्याेति बनाउनु हुन्छ जसमा तिमी हिड्नेछाै र तिमीहरूलाई क्षमादान दिनु हुन्छ, अल्लाह अत्यन्त क्षमाशील र परम दयालु हुनुहुन्छ

२९. याे यस कारण कि किताबवालाहरू राम्ररी जान्न सकुन कि अल्लाहकाे कृपाकाे कुनै अंशमाथि उनीहरूको अधिकार रहेनछ र सबै कृपा अल्लाहकाे अधीनमा मात्र छन् जसलाई इच्छा भए प्रदान गर्नु हुन्छ र अल्लाह अत्यन्त कृपालु हुनुहुन्छ

सूरह समाप्त