५८ – सूरह अल–मुजादिला
नेपाली अनुवादः मुहम्मद सुहैल
सुरू गर्दछु अल्लाहकाे नामबाट, जाे अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ
१. अल्लाहले त्यस महिलाकाे कुरा अवश्य नै सुन्नु भयाे जाे तपाईँसित आफ्नाे परुषको बारेमा बहस गर्दै थिइ, र अल्लाहसित फिराद गर्दै थिइ, अल्लाह तपाईँ दुवै जनाकाे कुराकानीलाई सुन्दै हुनुहुन्थ्याे, निसन्देह अल्लाह सबै सुन्नेवाला र सबै देख्नेवाला हुनुहुन्छ
२. तिमीहरू मध्ये जाे आफ्नी पत्नीहरू सित जिहार गर्छन् तिनीहरू उनकी आमा बन्दैनन् , उनीहरूकी आमा त तिनै हुन् जसले उनीहरूलाई जन्माएकी छन् , र यिनीहरू अनाैचित कुरा र झुठाे भनाइ मात्र भन्छन्, र अल्लाह अवश्य नै अति माफी दिनेवाला र अत्यन्त क्षमाशील हुनुहुन्छ
३. जुन मानिसहरू आफ्नी पत्नीहरू सित जिहार गर्छन् र आफ्नाे भनाइलाई फिर्ता लिन्छन्, उनीहरूलाई एक अर्कालाई छुनु भन्दा पहिले एउटा दास मुक्त गर्नु अनिवार्य हुन्छ, यसैद्वारा तिमीहरू उपदेश दिइँदैछाै र अल्लाह तिमीहरूले गरिरहेका हरेक काम प्रति पूर्ण विदित हुनुहुन्छ
४. यदि कसैले दास पाएन भने निरन्तर दुइ महिनाकाे राेजा राख्नु पर्छ, एक अर्कालाई छुनु भन्दा अघि नै, जसले याे गर्न पनि असमर्थ्य हुन्छ त्यसलाई साठी जना निर्धनहरूलाई खाना खुवाउनु पर्छ, याे यस कारण हाे कि तिमीहरू अल्लाह र उहाँका रसूल प्रति विश्वास राख र यी अल्लाहका सीमा हुन्, र अवज्ञाकारीहरूकाे निमित्त पीडादायक यातना छ
५. निसन्देह जुन मानिसहरू अल्लाह र उहाँका रसूलकाे विराेध गर्छन्, उनीहरू त्यस्तै अपमानित हुन्छन् जसरी उनीहरू भन्दा पहिलाका मानिसहरू अपमानित भए, र हामीले स्पष्ट निशानीहरू अवतारित गरी सक्याैं र अवज्ञाकारीहरूकाे लागि अपमानजनक यातना छ
६. जुन दिन अल्लाहले यी सबै जनालाई पुनरूत्पत्ति गर्नु हुन्छ, अनि उनीहरूले गरेका कामकुरासित उनीहरूलाई अवगत गराउनु हुन्छ, अल्लाहले उसलाई गणना गरि सक्नु भएकाे हाे र उनीहरू त्यसलाई विर्सी सकेकाछन् र अल्लाह हरेक कुराकाे साक्षी हुनुहुन्छ
७. हे नबी, के तपाईँले जान्नु भएन कि सम्पूर्ण आकाश र धरतीमा हुने सबै कुराबाट अल्लाह अवगत हुनुहुन्छ, जुन सुकै तीन जनामा जे कानाखुसी हुन्छ, चाैथाे उहाँ नै हुनुहुन्छ, यसरी जुनसुकै पाँचकाे साथ उहाँ नै छैठाें हुनुहुन्छ, याे भन्दा कम्ति भए पनि बढता भएपनि, उहाँ उनका साथ हुनुहुन्छ, जहाँ भए पनि, फेरी उनीहरूलाई पुनरूत्थानकाे दिन उनीहरूले गरेका सबै कर्मलाई दर्शाउनु हुन्छ, निसन्देह अल्लाह हरेक कुरा प्रति परम ज्ञाता हुनुहुन्छ
८. हे नबी, के तपाईँले देख्नु भएन उनीहरूलाई जाे कानेखुसीबाट राेकिएका थिए तर राेकिएका कुरालाई पुनः गर्दैछन् र पाप, जयादती र रसूलकाे विराेध गर्नकाे लागि कानेखुसी गर्दैछन्, र आफ्नो मनमनै भन्दैछन्, हामीले भनीरहेका कुरामा अल्लाहले हामीलाई सजाय किन दिनु हुन्न? उनीहरूकाे लागि नर्क नै काफी छ जसमा उनीहरू प्रवेश गर्नेछन्, अनि त्याे कति नराम्राे अन्जाम हाे
९. हे इमान ल्याउनेवालाहरू हाे, यदि तिमीहरू कानेखुसी गर्छाै भने, पाप, अत्याचार र रसूल्काे विराेधकाे लागि कानेखुसी नगर, तर पुण्यकाम र इशभयकाे लागि कानेखुसी गर, र अल्लाहसित डराउने गर जसकाे सामुन्ने तिमीहरू भेला पारिनेछाै
१०. साहुती शैतानद्वारा नै हुन्छ, इमानवालाहरूलाई दुःख पीडा दिनकाे लागि मात्र, तर उनीहरूलाई अल्लाहकाे अनुमति बिना केही पनि हानि पुर्याउन सक्दैनन्, र इमानवालाहरूलाई अल्लाहमाथि मात्र भराेसा खाख्नु पर्दछ
११. हे इमानवालाहरू, जब तिमीहरूलाई, सभाकाे बसाइमा अलि सरि देउ भनिन्छ, तत्पश्चात तिमीहरू सरिदेउ,अल्लाहले तिमीहरूकाे लागि फराकिलाे पार्दिनु हुन्छ, र यदि तिमीहरूलाई भनिन्छ, ठाउँबाट उभि देऊ, ततपश्चात उभि देउ, तिमीहरू मध्ये जसले इमान कबुल गर्याे र जसलाई ज्ञान प्रदान गरियाे त्यसकाे श्रेणी अल्लाहले उच्च पार्नु हुन्छ, र अल्लाहले तिमीहरूले गरी रह्ने सबै कुराबाट अति विदित हुनुहुन्छ
१२. हे इमानवालाहरू, जब तिमीहरू रसूल सित कानेखुसी गर्ने गर्छाै, त्याे कानेखुसी भन्दा पहिले केही दानपुण्य गर,याे तिम्राे लागि सर्वश्रेष्ठ र अति पावन हुन्छ, तर यदि केही पाइएन भने अल्लाह अति क्षमाशी र परम दयालु हुनुहुन्छ
१३. के तिमीहरू आफ्नाे कानेखुसी गर्नु भन्दा पहिले दान दिनुबाट डरायाै, अनि यदि तिमीहरूले यस्ताे गर्दैनाै र अल्लाहले तिमीहरूकाे क्षमायाचना स्वीकार गर्नु भयाे, त्यसपछि तिमीहरू नमाज कायम गर र जकात देऊ र अल्लाह र उहाँका रसूलकाे आज्ञापालन गर , र अल्लाह अति नै विदित हुनुहुन्छ त्यसबाट जाे तिमीहरूले गर्दैछाै
१४. के तपाईँले देख्नु भएन उनीहरूलाई जसले त्यस समुदायसित मित्रता कायम गरे जसमाथि अल्लाह क्राेधित हुनु भएकाे छ, तिनीहरू न तिमीहरूका हुन् त उनीहरूका नै, र उनीहरू जानीजानी झुटाे कुरामा कसम खान्छन्
१५. अल्लाहले उनीहरूकाे लागि कठिन यातना तयार पार्नु भएकाे छ, निसन्देह यिनीहरू जे गर्दैछन् अति नराम्रो नै गर्दैछन्
१६. उनीहरूले आफ्ना कसमलाई ढाल बनाएका छन् अनि अल्लाहकाे पथबाट राेकेका छन् तसर्थ उनीहरूकाे लागि अपमानजनक यातना छ
१७. अल्लाहकाे विपक्षमा उनीहरूका धनसम्पत्ति र उनीहरूका सन्तानले उनीहरूलाई केही नाफा कदापि पुर्याउने छैनन्, उनीहरू नर्कवासी हुन् त्यसैमा सदैवकाे लागि रह्नेछन्
१८. जुन दिन अल्लाहले उनीहरूलाई पुनः जीवित पार्नु हुन्छ, उहाँ समक्ष त्यसरी नै कसम खानेछन् जसरी तपाईँ समक्ष कसम खाँदैछन् र याे साेच्दै छन् कि उनीहरू कुनै आधारमा कायम छन्, खबरदार उनीहरू अवश्य नै झुठाे बाेल्ने मात्र हुन्
१९. उनीहरूमाथि शैतानले नियन्त्रण गरेकाे छ, तसर्थ अल्लाहलाई सम्झनु पर्ने बाट बिर्साएकाे छ, यिनीहरू शैतानको समूह हुन्, ,र शैतानकाे समूह अवश्य नै घाटा भाेग्ने मात्र हुनेछन्
२०. निसन्देह जसले अल्लाह र उहाँका रसूलकाे विराेध गर्छन् उनीहरू अपमानित गरिएका मध्ये नै हुन्
२१. अल्लाहले निर्णय गरी सक्नु भएकाे छ कि निश्चय नै म र मेरा सन्देशवाहकहरू नै अवश्य विजयी हनेछन्, निसन्देह अल्लाह अति शक्तिशाली र अति पराक्रमी हुनुहुन्छ
२२. तपाईँ कुनै यस्ताे समुदायलाई देख्नु हुन्न जसले अल्लाह र अन्तिम दिन माथि विश्वास राख्दछ अनि तिनीहरू सित प्रेम सम्बन्ध पनि कायम गर्छ जसले अल्लाह र उहाँका रसूलकाे विराेध गर्छ, चाहे तिनीहरू उनका बुवा, वा सन्तान, वा दाजुभाइ, वा खानदान किन नहाेस्, यिनीहरूकाे मुटुमा नै अल्लाहले इमानलाई अंकित गर्नु भएकाे छ , र आफ्नाे तर्फबाट आत्माद्वारा सहायता गर्नु भएकाे छ, र यिनीहरूलाई नै यस्ता बगैंचामा प्रवेश गराउनु हुनेछ जसकाे मुनिबाट मूलहरू बग्दै हुनेछन्, त्यसैमा सर्वसदाकाे लागि रह्नेछन् , अल्लाह यिनीहरूसित प्रसन्न हुनु भएकाेछ र यिीनीहरू पनि अल्लाहसित राजीखुसी भएका छन्, यही अल्लाहकाे समूह हाे , र जानी राख, निसन्देह अल्लाहकाे समूह नै उत्तीर्ण हुनेछन्
सूरह समाप्त