सत्यका साथीहरू
भूमिका
मुहम्मद सुहैल नदवी
○○○○○
○ अरबको मरुभूमि...
निर्जीव सुख्खा पहाडी सिलसिला....
हरियालीको अभाव....
नजिकमा समुद्रभरि पानी भएतापनि...
जीवनयापन गर्ने पानी र बालीनाली उमार्ने वर्षाको कमि ...
ऊँट र बाख्रापालन पोषणमा जनजीवनको स्याहार सुसार...
कतै कतै मरुद्यान र रसिलो जमिनमा खजुरका केही बगैंचाहरू...
टाढा र दुर्गम बाटो धाएर रोम र फारसका मुलुकहरूमा ग्रीष्म र शीतकालीन व्यापारिक यात्रा ....
○○○○○
○ जनजीवन अस्तव्यस्त...
शिक्षा र विद्याको न्युनता ...
कौशल र शीपको अल्पता ..
धनुष र तरवारमाथि अभिमानता...
लडाइँ र युद्धमा तत्परता....
सानो सानो कुरामा सुरु हुने युद्ध चालीस वर्षसम्म निरन्तर रहने...
साम्प्रदायिक तत्वलाई ग्राह्यता दिने...
पूर्वजको नाम र प्रतिष्ठामाथि अर्पित हुने....
गरिब र निस्सहायको हकअधिकारको हनन ...
नारी जातको दमन...
छोरी जन्मनु वित्तिकै जिउँदै माटोमा पुरिने...
दास प्रथा, कमारी प्रचलन ....
कमजोरमाथि अत्याचार...
इब्राहीम अलैहिस्सलामसित आफ्नो सम्बन्ध राख्ने ...
तर उहाँको एकेश्वरवादको सन्देशलाई विर्सिने ...
एक अल्लाहको उपासनाको अतिरिक्त हजारौ इश्वरको निर्माण गरि रहने ...
हरेक कुल र प्रत्येक खानदानको छुट्टै स्वामी र पूज्नीय .....
र तिनीहरूको प्रतिमा राख्ने चलन....
यात्रा गर्दा खाने वस्तुको नै प्रतिमा बनाएर राखिने ....
र भोक लागेको बेला उसैलाई खाएर सिध्याइ दिने ....
पवित्र काबालाई सर्व शक्तिमान अल्लाहको पवित्र घर भनिने..
त्यसको परिक्रमा गर्ने...
त्यसलाई पवित्र स्थान मानिने...
त्यसमाथि आस्था राख्ने...
त्यसको आदर र सम्मानमा कुनै सम्झोता नगर्ने ...
तर त्यसै भित्र तीन सय साठी मूर्ति खडा गर्ने ...
र यिनीहरूनै अल्लाहको सामु हाम्रो सिफारिसकर्ता हुन् भन्ने ...
अनाथको धन खोस्ने ..
शक्तिशालीले अशक्तलाई मास्ने...
रुढिवाद, अन्धविश्वास, अनास्थाको हुरि चलेको थियो त्यस कालमा...
जुवा, सराब बानी नै थियो उनीहरूको...
सभ्यता र संस्कृति भनेको जंगली जीवन जस्तो भान हुन्थ्यो ...
○○○○○
○ तर, आफूलाई सबै भन्दा वक्तकलाको धनी ठान्ने...
साहित्य र काव्यमा आफूसमान कसैलाई नमान्ने...
आफूलाई अरब अथवा शुद्ध साहित्यिक कौशलमा परिपूर्ण...
र बाँकी सन्सारलाई अजम अथवा गुँगो, लाटो र अबोलाको संज्ञाले चिन्ने ....
साहित्य र काव्य शास्त्रको प्रदर्शनी....
बच्चा बच्चा शब्दार्थको खेलामा प्रखर ....
प्रतिस्पर्धामा उत्तीर्न कविहरूको काव्यलाई पवित्र काबा भित्र लेखिएर झुण्डयाइने.....
दानी र परोपकारीमा हातिम ताईको उदाहरण पेश गर्ने...
शरण खोज्नेलाई शरण प्रदान गर्ने ...
र त्यसको लागि प्राणको बलि दिनको निम्त्ति पनि पछाडी नहुने...
यात्रु र बटुवाको सेवामा सधैं तयार रहने...
रात्रिमा ढोका ढकढकाउनेलाई आश्रय प्रदान गर्ने ...
आफू भोकै बसेर आगन्तुकको भोक मेटाउने प्रयास गर्ने ...
सत्य ठानेको कुरालाई अन्तिम स्वास सम्म निर्वाह गर्ने ....
तर मानवताको हननकार्यशैलीको प्रभावमा यो अद्भुत गुण पनि कतै कतै मात्र देखा पर्ने हुन्थ्यो ....
○○○○○
○ इतिहासकारहरूले यसकाललाई....
जगत इतिहासको सबै भन्दा अन्ध्यारो युग भनेकाछन्...
रोम तथा फारसमा राजतन्त्र र उनका छिमेकी उपनिवेशहरूमा उनैद्वारा तोकिएका शासकहरू राज्य गर्ने गर्दथे....
तर अन्याय, अत्याचार, मूर्खता, निरक्षरता, दमन, शोषण उतपीडनकै वास्तविक राज्य थियो ....
मावनता अन्तिम स्वास तानि रहेको थियो...
मनुष्यता मरनावस्थामा पुगि सकेको थियो....
यसै गहन अन्ध्यारोबीच....
यसै मरुभूमि भित्र...
यसै बाँझो जमिनको छातीबाट...
यसै सुख्खा पहाडहरूको छेउबाट...
एउटा नया विहानी झुल्किन्छ ...
मायाको निर्मल वर्षा हुन्छ...
न्यानो घाम उदाउँछ ...
मानवताको शरीर भित्र जीवनको नया स्वास फुकिन्छ...
कमजोर, गरिब, असहाय, दास, र नारीको हक अधिकारकोलागि उच्च धव्नि गुँजिन्छ....
एक अल्लाहको अतिरिक्त सबै निर्मित इश्वरहरू निस्कृय र निष्फल हुने उदघोषणा हुन्छ....
चालीस वर्षसम्म सादिक र अमीन, अथवा सत्य र इमानदारको संज्ञाद्वारा चिनिने व्यक्तिले...
मानवताको यस उदघोषणा पश्चात...
आफ्नै खान्दान, आफ्नै कुटुम्ब र आफ्नै समुदायको घोर विरोध, अत्याचार, दमन र लडाईको सामना गर्छ....
पूर्वजद्वारा चलि आएको प्रथा विरुद्ध आवज सुन्दा सम्प्रदायिक अभिमानताको कारणले सत्य कुरा सुन्नको लागि कान र आँखा बन्द गरिएका थिए धेरैले....
○○○○○
○ तर, जसले सत्यलाई सत्य मान्यो...
एक इश्वरसित परिचित भयो...
अत्याचार विरुद्ध उभिने निश्चय गर्यो...
उनलाई पनि ......
परिवार, समाज, र सम्पूर्ण अरबको विरोध भोग्नु पर्यो...
पीडा यातना र कष्ठ विहोर्नु पर्यो....
घरपरिवार छुट्यो...
जन्मभूमिबाट निस्कनु पर्न र अन्य नौला-नौला भूमितिर प्रस्थान गर्न बाध्य भए...
यति मात्र नभई आफ्नै खानदान र कुटुम्ब र आफ्नै समाजद्वार युद्ध र लडाइँको भार बोक्नु पर्यो ....
कतिपयले सत्यको पथमा ज्यान गुमाए...
कतिलाई घरभवन र धनसम्पत्तिलगायत .....
व्यवस्थित व्यपार त्याग गर्नु पर्यो...
तर सत्यको बाटोलाई उनीहरूले छोडन मानेनन्...
ज्यानको बाजीमा हार र जीत स्वीकार गरे....
तर सत्यको बाटोलाई छोडन तयार भएनन्...
आज सत्यको बाटोका त्यही निष्ठावान साथीहरूको हामी चर्चा गरिरहेकाछौ...
इतिहासले उनीहरूको सबै कृतिलाई सुरक्षित सम्हालेर राखेको छ...
इतिहासका यिनी पन्नाहरू मध्ये केही आकृति तपाई समक्ष पेश गर्न गइ रहेकाछौ...
यिनी अमर मानवहरूको सम्झना
यिनै इतिहास पुरुषहरूका केही छवि र छाँया...
केही झल्को र केही झझल्को ...
अन्तिम दूतका साथीहरूको
जीवन चित्रका केही झझल्को
निष्ठा कर्तव्य, आँट समर्पन
माया, प्रेमका केही छचल्को
हज्रत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम .....
र उहाँको कर्तव्यपरायण साथीहरूको जुनाफमा.....
प्रेम, निष्ठा र समर्पण सहित....
मुहम्मद सुहैल नदवी
दोहा -कतार
२०८० । ६ । १४ आइतवार
No comments:
Post a Comment