Monday, October 20, 2025

अन्तिम दूतका साथीहरूको जीवन चित्रका केही झझल्को - ३१

 

○ उमैर बिन सअद –२ 

रजियल्लाहु अन्हु

प्रस्तुतिः मुहम्मद सुहैल नदवी


○ भर्खरै हामीले महान् सहाबी उमैर बिन सअ्दको...

बाल्यकालका केही विचित्र झल्कोहरू देख्यौं ...

आउनुहोस् !! उहाँको जीवनका परिपक्व अवस्थाका केही घटनाहरूको पनि ...

अवलोकन गर्ने सौभाग्य प्राप्त गरौं ....

आशा छ यो दोश्रो चित्राङ्कन पनि सौन्दर्य र चहकिलोपनमा ...

पहिलो दृश्यहरूको दाँजोमा कम्ति हुँदैन होला ...

 

○ हिम्सका बासिन्दाहरू ...

आफ्ना गभर्नरहरूप्रति ..

अति कुविचार राख्ने .. धेरै आलोचना गर्ने बानी परेका थिए ...

जुनसुकै गभर्नरको नियुक्ति भए पनि ...

उनीहरूले उसभित्र कुनै न कुनै दोष निकाल्ने गर्थे ..

उसका केही कमिकमजोरीको खोट लगाउने गर्थे ...

र तुरन्त अमीरुलमुमिनीन कहाँ उसको उजुरी पुर्याउने गर्थे ...

ऊ भन्दा कुनै उत्तम व्यक्तिको नियुक्तिको आवेदन गर्ने गर्थे ...

हज्रत उमर फारूकले यस पालि निधो गर्नुभयो ...

कुनै यस्तो गभर्नरलाई म पठाउँछु ..

जसभित्र उनीहरूलाई कुनै दोषारोपन गर्ने मौका नहोस् ...

जसको जीवनमा कुनै कमजोरी पत्ता लगाउन नसकून् भनेर ...

उहाँले आफ्नो पहुँचमा भएका व्यक्तिहरूको घोर मन्थन गर्नुभयो ...

सबैलाई एकएक गरि पारखीको दृष्टिले मनमनै जाँच्नुभयो ...

यस कामका लागि उमैर बिन सअ्द भन्दा अरू कोही राम्रो व्यक्ति... 

उहाँको मुटुको जलधि तर्न सकेन...

अर्को कुनै व्यक्ति इच्छित हुन सकेन ...

त्यतिखेर उमैर बिन सअद शामको जजीरा क्षेत्रमा ...

एउटा सैन्य अभियानको अगुवाइ गर्दै थिए ..

अल्लाहको पथमा युद्ध लड्दै थिए ...

एक पछि अर्को शहर फत्ते गर्दै थिए ..

निरन्तर किल्लाहरूमाथि कब्जा गर्दै र समुदायहरूलाई पराजित पार्दै थिए ..

जुन जमिनलाई जित्थे, त्यहाँ मस्जिदहरूको निर्माण कार्य गर्दै थिए ...

यो सबै हुँदाहुँदैपनि उनलाई अमीरुल् मूमिनीनले बोलाएर ..

हिम्सको गभर्नरको पद हस्तान्त्रण गर्नुभयो ...

उनलाई हिम्स जाने आदेश दिएर अनिवार्य त्यहाँ पुग्न बताउनु भयो ...

तसर्थ उनले पनि अमीरुल मूमिनीनको आदेशको पालना गर्दै ...

त्यहाँ पुगे ...

मनले नचाहे तापनि ..

अझैं अल्लाहको पथमा लडाईँ लड्दै जाने प्रबल इच्छा भएता पनि ...

○ उमैर हिम्स पुगे ...

सम्पूर्ण मानिसहरूलाई एउटै मस्जिदमा भेला हुने अह्वान गरे ...

नमाज सकिए पश्चात् उनले मानिसहरूसमक्ष एउटा भाषण दिए ..

उनले अल्लाहको प्रशंसा र उहाँको स्तुति पछि ...

रसूल सल्लल्लाहु अलैहि व सल्लममाथि “दरूद” अर्पण गरेर भने ...

हे जनसमूह !! निसन्देह इस्लाम भनेको एउटा ..

सुरक्षित किल्ला र भरोसा योग्य ढोका हो ...

इस्लामको किल्ला निसाफ गर्नु ..

र उसको ढोका सत्यता हो ..

यदि किल्लालाई भत्काइयो र त्यसको ढोकालाई तोडियो भने..

यस धर्मको धरोहर र ढुकुटी नासिन्छ ...

नि:सन्देह इस्लाम तबसम्म बलियो रहन्छ ..

जबसम्म शासन र प्रशासन बलियो रहन्छ ...

शासकको बल कोर्राले हिर्काउने मात्र होइन...

अथवा तरवारले काटेमात्र हुँदैन ...

तर शासकको शक्ति निसाफ गर्नु र हकदारलाई हक प्रदान गर्नु नै हो ..

त्यस पछि आफ्नो कामतिर गइ हाले ..

र उक्त छोटो भाषणमा बनाइएको कार्यप्रणलीलाई सञ्चालित गर्न थाले ...

○ हिम्समा पुरै एक वर्षसम्म बिताउँदा पनि ..

उमैर बिन सअदले यस अवधिभित्र ....

अमीरुल मूमिनीन उमर बिन खत्ताबलाई एउटा पत्र पनि लेखेनन् ....

केन्द्रीय बैतुलमालमा कूत तिरोमध्ये एक दीनार वा दिर्हम पठाएनन् ..

यसरी उमर बिन खत्ताबको मनमा उनी प्रति शंका उत्पन्न हुन थाल्यो ..

उहाँ आफ्ना गभर्वरहरूप्रति अति नै सम्वेदनशील हुनुहुन्थ्यो ..

शासनको दुरुपयोग प्रति अत्यन्तै सचेत हुनुहुन्थ्यो ...

किनभने उहाँको विचारमा रसूल सल्लल्लाहु अलैहि व सल्लम बाहेक...

अरु कुनै व्यक्ति अशुद्धि र गल्तीबाट चोखो हुँदैन ....

उहाँले आफ्नो मुन्सीलाई भन्नुभयो...

उमैर बिन सअद्लाई एउटा पत्र लेख ..

त्यसमा भन ..

तिमीले अमीरुलमूमिनीनको यो पत्र पाउने बित्तिकै ...

हिम्सलाई छोड र उहाँ समक्ष हाजिर होऊ ...

मुसलमानको जति कर, कुत तिरो तिमीले जम्मा गरेका छौ ...

सबै साथमा लिएर आऊ ...

○ उमैर बिन सअदले उमरको पत्र पाउने बित्तिकै ..

अल्लाह दुवैदेखि प्रसन्न होऊन् ..

उनले आफ्नो सामलको थैलो बोके ..

काँधमाथि खाने बर्तन र वजुको भाँडो राखे ..

हातमा आफ्नो भाला समाते ...

हिम्स र हिम्सको शासनलाई छोडेर हिँडे ...

र पैदल यात्रा गर्दै मदीना तर्फ लागे ..

उमैर मदीनासम्म पुग्दा पुग्दै ...

उनको जिउको रङग परिवर्तन भइ सकेको थियो ...

उनको शरीर कम्जोर र कपाल लामो भइ सकेको थियो ...

उनीमाथि यात्राको थकान देखा पर्दैथ्यो ...

○ उमैर बिन असद अमीरुल मूमिनीन उमर बिन खत्ताबको सामु पुगे ...

उमर फारूक उनको अवस्था देखेर आश्चर्यचकित हुनुहुभयो ...

उनलाई सोध्नुभयो ...

हे उमैर ! तिमीलाई के भयो ?

उनले जवाफ दिए ...

केही भएको छैन हे अमीरुल मूमिनीन !

अल्लाहको कृपाले म सकुशल एवं स्वस्थ्य नै छु ...

मैले साथमा सम्पूर्ण संसारलाई बोकेको छु ..

उसको दुवै सिङ समात्दै हिडेको छु ...

उहाँले सोध्नुभयो ...

तिम्रो साथमा संसारको के कति छ त ? .. ..

उनले साथमा बैतुलमालको लागि केही धनराशि ल्याएका छन् होला भन्ने सोचेर उहाँले सोध्नुभएको थियो ...

उनले जवाफ दिए ...

मेरो साथमा मेरो थैलो छ र यसमा केही चामल सामलहरू ...

मेरो भाँडा वर्तन ..

त्यसमा खाना खान्छु ..

सिर र लुगा धुने गर्छु ..

एउटा मसक मेरो वजु र पानीको लागि...

हे अमीरुलमूनीन ! सम्पूर्ण संसार त मेरा यही सामग्री अधीनमा छ नि? ...

यस अतिरिक्त सबै अनावश्यक हुन् ...

मलाई त्यसको आवश्यकता छैन र कसैलाई पनि नहुनु पर्ने हो ...

उमर बिन खत्ताबले सोध्नुभयो ..

तिमी हिँडेर पैदल आएका हौ ? ... 

उनले उत्तर दिए .. हजुर, हे अमीरुलमूमिनीन !!....

उहाँले भन्नुभयो ..

तिनीहरूले चढ्नकोलागि गभर्नरको सवारी दिएनन् ? .. .

उनले भने ... उनीहरूले दिएनन् .. 

र मैले माँगिन पनि ...

उहाँले सोध्नुभयो ... अनि बैतुल मालको लागि ल्याएको समानहरू खै त ? ..

उनले जवाफ दिए ..

केही ल्याएको छैन ....

किन ? उहाँले फेरि प्रश्न गर्नुभयो ...

उनले भने ..

जब म हिम्स पुगें ...

मैले वहाँका राम्रा मानिसहरूलाई भेला पारें ..

उनीहरूलाई कर असुली गर्न अह्राएँ ...

उनीहरूले जहिले पनि केही संकलन गरेर ल्याए भने ..

म उनीहरूसँग परामर्श गर्थें ..

र त्यसलाई उसकै ठाउँमा पुर्याइ दिन्थें ...

उनीहरूमध्ये अति आवश्यक मानिसहरूमाथि खर्च गरि हाल्थेँ. ..

हज्रत उमरले आफ्नो मुन्सीलाई भने ...

उमैरको लागि हिम्सको गभर्नरको पद नवीकरण गर...

असम्भव .. उमैरले जवाफ दिए ..

अब यस्तो कुराको इच्छा छैन ..

अब तपाईँको गभर्नर बन्न सक्दिँन ...

तपाईँको मात्र होइन हे अमीरुलमूमिनीन !

तपाईको कुनै उत्तारिधिकारीको पनि बन्दिँन ...

यो भनेर मदीनाको छेऊमा भएको एउटा गाउँतिर जाने ...

र त्यहाँ परिवारको साथ बस्ने अनुमति माँगे ..

उहाँ अनुमति दिनुभयो ...

○ उमैरले गाउँतिर लागेको धेरै समय बित्‍न नपाउँदै ...

उनको हाल खबर बुझ्न ...

के कस्तो अवस्थामा छन् भन्ने जान्न..

हज्रत उमरलाई मन लाग्यो ...

उहाँले आफ्नो एउटा भरोसायोग्य व्यक्ति हारिसलाई पठाए ...

हे हारिस !! तिमी उमैर बिन सअद् कहाँ पुग ..

उहाँले भन्नुभयो ..

उनको घरमा एउटा अतिथि समान जाऊ ..

यदि अनन्दित देख्यौ भने ...

जसरी जान्छौ त्यसरी नै फर्कि हाल ..

यदि अवस्था दयानीय देख्छौ भने ..

यो सुनको सिक्काको थैलो उनलाई बुझाएर आऊ ..

अनि उनलाई एउटा थैलो दिए ..

त्यस भित्र एक सय सुनको सिक्का थिए ..

○ हारिस त्यहाँबाट हिँडेर उमैर बिन सअदको गाउँ पुगे ..

उनको बारेमा सोधपुछ गरे ...

एक जनाले उनको घरसम्म पुर्याइ दियो ..

उनलाई भेट्दा उनले भने ..

अस्सलामु अलैकुम व रह्मतुल्लाह...

उनले पनि जवाफमा भने ...

व अलैकुमुस्सलाम व रह्मतुल्लाह ..

कहाँबाट आउनु भयो ? ..

मदीनाबाट .. उनले जवाफ दिए ...

त्यहाँ मुसलमानहरूको समाचार कस्तो छ ? ..उनले सोधि हाले ..

राम्रै छ ।जवाफ दिँदै हारिसले भने ...

अमीरुल मुमिनीनको खबर कस्तो छ नि ??

उनले फेरी हज्रत उमरको विशेष समाचार सोधे ...

उनले जवाफ दिए ..

स्वस्थ्य, तन्दरुस्थ ...

के उनीले सजाय दिनु हुन्न ..

उत्सुकताको स्वर आयो ...

किन न हुने ? तुरन्त जवाफ आयो ..

भर्खरै आफ्नो एउटा छोरालाई उसको नराम्रो कार्य प्रति ..

यति कुर्रा हान्नुभएको थियो ..

जस कारण उसको मृत्यु नै भयो ...

उनले दुआ दिँदै भने ..

 हे अल्लाह !! उमरको सहायता गर्नु होला !!!! ..

मैले जाने अनुसार उनी तपाईँसित धेरै माया गर्छन् ..

○ हारिस त्यहाँ उमैर बिन सअदको आतिथ्यमा तीन रातसम्म बसे ...

उनले हरेक राति उनलाई एउटा रोटी खानकोलागि दिने गर्थे ...

तेश्रो दिन हुँदा उनकै समुदायको एक जनाले उनलाई भने ..

तिमीले पाहुना भएर उमैर र उनका परिवारलाई धेरै दुःख दिँदैछौ .....

तिनीहरूसित यही एउटा रोटी हुन्छ ..जो तिमी खाँदै हुन्छौ ...

उनीहरूले आफू नखाइ तिमीलाई दिने गर्छन् ...

उनीहरू भोको बस्दै आएकोले मर्कामा परेका छन् ...

यदि तिमी मेरो घरमा आउन सक्छौ भने आऊ ।.....

○ त्यस बेला हारिसले त्यो सुनको सिक्का भएको थैलो निकाले ..

उमैरको हातमा थमाए...

उमैरले कौतुलताको स्वरमा भने ...

यो के हो ? ...

अमीरुल मूमिनीनले तपाईंको लागि पठाउनु भएको हो ...

हारिसले उत्तर दिँदै भने ...

यो तपाईँ फिर्ता लानुस् ...

उहाँलाई मेरा सलाम भन्नुस् ...

उमैर ले जवाफ दिए ..

उनलाई यो पनि भन्नुस् .. उमैरलाई यसको आवश्यकता रहेन छ ...

घरभित्र उनकी पत्नि आफ्नो लोग्ने र पाहुनाको कुराकानी सुन्दै थिइन्....

उनले ठुलो स्वरमा भनिन् ...

हे उमैर !! यो राखि हाल्नु ... फिर्ता नपठाउनु ...

यदि तपाईँलाई खाँचो हुन्छ खर्च गर्नु ..

नभए आवश्यक मानिसहरूमा बाँडि दिनु ...

आवश्यक मान्छेहरू यहाँ धेरै छन् ...

हारिसले उनको कुरा सुनेर त्यो थैलो उमैरको अगाडि राखेर फर्किए ...

उमैरले त्यो थैलो उठाए ...

त्यसलाई सानो सानो पोका बनाई ....

राति नबित्दै सबै खाँचो परेका परिवारहरूमा बाँडि दिए ...

त्यसमध्ये पनि अनाथहरू र शहिदका सन्तानहरूलाई विशेष गरि ...

○ हारिस मदीना फर्किए ..

हज्रत उमरले उनलाई देख्नासाथ सोध्नुभयो ..

तिमीले के के देख्यौ हारिस !! 

अत्यन्त दयनीय अवस्था !! हे अमीरुल मुमिनीन ...

तिमीले उनलाई दिनारहरू दियौ कि दिएनौ ? .....

उहाँले सोध्नुभयो ..

अँ, दिएँ हे अमीरुलमूमिनीन !! ..

जवाफमा हारिसले भने ...

त्यसको उनले के गरे,केही थाहा भयो ? भनेर सोध्नुभयो ..

मलाई थाहा भएन ...

उनले उत्तर दिए ..

तर मलाई विश्वास छ उनले आफ्नोलागि एक दिनार पनि राखेको छैन होला....

हज्रत उमर फारुकले फेरि एउटा पत्र लेखि उमैरलाई सम्बोधन गर्दै भन्नुभयो...

तिमीलाई मेरो यो पत्र प्राप्त हुने बित्तिकै ...

यसलाई हातबाट नराखिकन मकहाँ हाजिर होऊ ...

○ उमैर बिन असद मदीन पुगे...

हज्रत उमरको सभामा हाजिर भए ...

हज्रत उमरले उनको स्वागत गर्नुभयो ...

आफ्नो निकट बसाउनुभयो ..

फेरि सोध्न थाल्नुभयो ...

उमैर !! ती दीनारहरूलाई कसरी खर्च गर्यौ ? ...

उनले जवाफ दिए ...

तपाईँले ती दीनारहरू मलाई दिनु भएको अब किन सोध्नु हुन्छ ? ...

उहाँले भन्नुभयो ...

म तिमीलाई कसम दिन्छु ...

मलाई जसरी भए पनि भन,तिमीले के गर्यौ ? ...

मैले ती दीनारहरू आफ्नोलागि सुरक्षित राखेको छु ...

त्यस दिनको लागि जब कुनै धनसम्पत्ति र सन्तानले लाभ पुर्याउने छैनन् ...

उनले जवाफ फर्काए ...

यो सुनेर हज्रत उमरको दुवै आँखा अश्रुसिक्त भए ...

उहाँले भन्नुभयो ..

म गवाही दिन्छु .. तिमी ती मानिसहरूमध्ये हौ .. 

जसले आफ्नो आवश्यकताको बेला पनि ..

अरुलाई ग्राह्यता दिने गर्छन्

भोकै रहेर अरुलाई खाना खुवाउने गर्छैन् ...

अनि दुइ वसक अनाज (दस मन जति)  र दुइ जोडी लुगा उनलाई दिने आदेश दिए ...

उनले भने ...

हे अमीरुल मुमिनीन !! मलाई अनाजको खाँचो छैन ...

मैले दुइ साअ् (छ सेर बराबर) जौ घरपरिवारमा छोडेर आएको छु ...

त्यसैलाई खाँदै गर्दा अल्लाहले अरु खानोकुरा पुर्याइ दिनुहुन्छ ...

तर दुइ जोडा लुगा म फलानोकी आमा (पत्नि)को लागि लिन चाहन्छु ...

उनको लुगा पुरानो भएको छ ..

र बेलिवास हुने अवस्था आइ सकेको छ ...

○ हज्रत उमर फारुक र उनका साथीको यो भेटघाटलाई धेरै दिन पनि बितेको थिएन ..

अल्लाह तआलाको तर्फबाट उमैर बिन सअद्को लागि ...

आफ्नो प्रिय रसूल र आँखाको शितलता मुहम्मद बिन अब्दुल्लाहलाई भेटने अनुमति आइ पुग्यो ...

आफ्ना मायालुको चाहना धेरै भए पछि मिलनको समय आयो ...

यसरी उमैर बिन सअद् परलोकको बाटो लागे ...

आनन्दित मन र विश्वस्त पाइलाद्वारा हिँड्दै..

काँधमा संसारको भार नबोकी ...

र जिउलाई संसारिक प्रलोभनको बोझबाट मुक्त पारेर...

साथमा मात्र दिव्य ज्योति र मार्गदर्शनको सामग्री लिएर ...

साथमा इश्भय र सत्यमार्गको प्रतिफल राखेर ...

जब उमरलाई उनको देहान्तको खबर पुग्यो ...

उनी अति नै दुःखित भए ...

अनुहारमा भएको चिन्ता र मुटुमा भएको वेदना कसैले पनि हेर्न सक्दैन ...

उहाँले भन्नुभयो ..

मेरो धेरै चाहना थियो .. मसित उमैर बिन सअद् जस्ता मानिसहरू भएका भए ..

जसलाई म मुसलमानहरूको लागि प्रशासनिक कार्य अह्राउने थिएँ ...

○ अल्लाह तआला उमैर बिन सअद् सित प्रसन्न होऊन् 

र उनलाई पनि प्रसन्न पारून् ...

उनी एउटा अद्भुत र अनुपम व्यक्ति थिए ...

मुहम्मद बिन अब्दुल्लाह (स) को मद्रसाको सर्वोत्तम विद्यार्थीहरू मध्ये  एक ...

समाप्त

प्रस्तुितः मुहम्मद सुहैल नदवी


No comments:

Post a Comment