Sunday, March 13, 2022

५६ – सूरह वाकिआकाे नेपाली अनुवाद

 ५६– सूरह अल वाकिआकाे नेपाली अनुवाद

नेपाली अनुवादः मुहम्मद सुहैल नदवी


सुरू गर्दछु अल्लाहकाे नामबाट, जाे अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ

१. जब घट्ना घट्नेछ

२. त्यो घटित हुनु बापत कुनै शंका हुने छैन

३. त्याे घटना तलवितल गर्नेवाला हुनेछ

४. जब धरतीलाई एक्कासी हल्लाइनेछ

५. र पहाडहरू टुक्रा टुक्रा पारिनेछन्

६. अनि ती छरिएका धुलाे धुलाे बन्नेछन्

७. र तिमीहरू तीन समूहमा हुनेछाै

८. अतः दायाँ तर्फकाे समूह, दाँया समूह कस्तो उत्तम हुनेछ अरे?

९. र बाँया तर्फकाे समूह, र बाँया समूहकाे कस्ताे गति हुनेछ

१०. र अग्रिम समूह त अग्रिम नै हाे

११. उही नै निकटतम समूह हुनेछ

१२. परमानन्दकाे बगैंचामा

१३. पूर्वकालीनहरू मध्ये थुप्रै

१४. र अन्तकालीनहरू मध्ये थाेरै

१५. स्वर्णमय ओछ्यान माथि

१६   त्यसमा अडेस लगाएका आमुन्नेसामुन्ने

१७. चिरञ्जीवी केटाहरू उनीहरूकाे वरिपरि घुम्दै हुनेछन्

१८. कचाैरा र सुराहीहरू र मूलबाट भरिएका प्याला लिएर

१९. जसको सेवनले  उनीहरूकाे न सिर घुम्नेछ न बुद्धि नै हराउनेछ

२०. र उनीहरूले राेजेका फलहरू पनि लिएर

२१. र उनीहरूले मनपर्ने चराकाे मासु सहित

२२. तथा मृगनयनी सुन्दर नारी हुनेछन्

२३. जस्तो लुकाइएका माेतिहरूको समरूप 

२४. उनीहरूले गरेका सतकर्मकाे बदला स्वरूप

२५.उनीहरूले त्यहाँ न कुनै वयर्थ कुरा सुन्नेछन् न कुनै पापकाे वस्तु नै

२६. मात्र एउटै भनाइ , शान्ति हाेस् शान्ति हाेस्

२७. र दाहिने तर्फवालाहरू, दाहिने तर्फवालाहरू कस्ता भाग्यशाली हुनेछन्

२८. काँडारहित वयरमा,

२९. खातै खात भएका केरामा

३०. र गहन फैलिएका छायामा

३१. र सधैं जारी रहने छहरामा

३२. र अत्याधिक फलहरूमा

३३. समाप्त नहुने र नराेकिने

३४. उकासिएका पलङ्गहरूमाथि

३५.निसन्देह हामीले उनीहरूलाई विशिष्ट सृष्टि गरेकाछाैं

३६. र उनीहरूलाई कुमारी बनाएकाछाैं

३७. आफ्नाे लाेग्नेलाई अधिक माया गर्ने र उनकै उमेरकी

३८. दायाँ तर्फकाे समूहकाे लागि

३९. पूर्वकालीनहरू मध्ये थुप्रै

४०. र अन्तकालीनहरू मध्ये पनि थुप्रै नै

४१. र वाँया तर्फकाे समूह, बाँया तर्फकाे समूह कस्तो अभागि हनुेछ

४२. परितापी हावा र उम्लिदाे पानी बीच

४३. र कालाे धुँवाकाे छाया मुनि

४४. न चिसाे न आरामदायक

४५. याे भन्दा पहिले उनीहरू सुखभाेगी थिए

४६. र बारमबार ठुलठुला पापहरू गर्ने गर्दथे

४७. उनीहरू भन्ने गर्दथे,  के जब हामी मर्छाैं र माटाे र अस्थि भइ हाल्छाैं, के हामी पुनर्जीवित पारिनेछाैं

४८. अथवा के हाम्रा आदिकालीन पूर्वजहरू पनि

४९. हे नबी, तपाईँ भन्नुस्, निसन्देह सबै पूर्वकालीन र सबै अन्तकालीन

५०. अवश्य नै भेला पारिनेछन् एउटा ताेकिएकाे दिनकाे  निश्चित समयमा

५१. फेरी अवश्य नै तिमीहरू,  हे पथभ्रष्ट इन्कारीहरू

५२. पक्कै जक्कूमकाे रूखबाट खानेछाै

५३. अनि त्यसैद्वारा भुँडि भर्नेछाै

५४. त्यसपछि उम्लिदाे पानी पिउनेछाै

५५. अनि प्यासा उँट झैं घट्काउनेछाै

५६. प्रतिफलकाे दिन उनीहरूकाे यस्तै मेजमानी हुनेछ

५७. हामीले नै तिमीहरूकाे सृष्टि गर्याै तापनि तिमीहरू किन स्वीकार्दाैनाै?

५८. के तिमीहरूले साेच्याै, जो तिमीहरू वीर्य विसर्जित गर्छाै

५९. के उसलाई तिमीहरूले बनाउँदैछाै कि हामी त्यसकाे सृष्टिकर्ता हाै 

६०. हामीले नै तिमीहरूबीच मृत्यु ताेकेकाछाैं, र हामी पछाडि पारिएका हुँदैनाैं

६१. कि हामीले तिमीहरू जस्ताकाे जुनी नै परिवर्तन गरौं र तिमीहरूलाई त्याे रूपमा सृष्टि गराैं जाे तिमीहरूले जान्दैनाै

६२. निसन्देह  तिमीहरूले आफ्नाे पहिलाे जन्मलाई जानी सक्याै अनि किन उपदेश ग्रहण गर्दैनाै?

६३. तिमीहरूले जाे खेत जाेत्छाै त्यसलाई के बुझ्याै?

६४. के तिमीहरूले अन्न उमार्छाै कि हामी खेती लगाउँछाैं

६५. यदि हामीले चाहयाैं भने अवश्य नै त्यसलाई भुस बनाएर  छाड्ने छाैं, अनि तिमीहरू गफ गर्दै बस्नेछाै

६६. हाम्राे त टाटै पल्टियाे रे

६७. बरू हाम्राे भाग्य नै फुट्याे

६८. जुन पानी तिमीहरू पिउँदैछाै, त्यसकाे बारेमा के विचार गर्याै?

६९. के उसलाई तिमीहरूले मेघबाट वर्षाएका छाै कि हामी वर्षाउनेवाला हाैं

७०. यदि हामीले चाहयाै भने उसलाई नुनिलाे बनाइ दिन्छाै, तापनि तिमीहरूले उपकार मान्दैनाै

७१. जाे आगाे तिमीहरू बाल्ने गर्छाै , त्यसबारे के साेच्याै?
७२. के उसकाे रूख तिमीहरूले उमार्याै कि हामी उमार्नेवाला हाैं?

७३. हामीले नै त्यसलाई उपदेशकाे साधन र बनमा बस्नेहरूकाे लागि जीविका बनाएका छाैं

७४. तसर्थ आफ्ना महान प्रतिपालककाे महिमागान गर

७५. अनि म कसम खान्छु ताराहरू अवस्थित हुने स्थानकाे

७६. यदि तिमीहरूले बुझ्याै भने याे एउटा गम्भीर कसम हाे

७७. निसन्देह याे एउटा सुसम्मानित पाठ हाे

७८. एउटा सुरक्षित किताब भित्र

७९. जसलाई अति पवित्रहरू बाहेक कसैले छुँदैन

८०. समस्त जगतका स्वामीकाे तर्फबाट अवतारिदैछ

८१. अनि के तिमीहरू यस भनाइलाई वेवास्ता गर्दैछाै

८२. र यसलाई झुठाे भन्ने कामलाई मात्र आफ्नाे फाँटमा राेज्दैछाै

८३. अनि यस्ताे किन हुँदैन कि जब प्राण घाँटी सम्म पुग्छ

८४. तिमीहरू त्यसलाई अवलाेकन गर्दै हुन्छाै

८५. र हामी ऊदेखि सबै भन्दा निकट हुन्छाैं तर तिमीहरू देख्दैनाै

८६. अनि यदि तिम्राे हिसाबकिताब हुने छैन भने

८७. किन त्यसलाई फर्काउँदैनाै? यदि तिमीहरू सत्यवान छाै

८८. तसर्थ यदि काेही अत्यन्त निकट राखिएकाहरू मध्ये छ भने

८९. त्यसकाे लागि आरामैआराम, सुगन्धित खाद्यपदार्थ र परमानन्दकाे बगैचा छ

९०.  र यदि काेही दाहिने समूह मध्ये छ भने

९१. दाहिने समूह मध्ये भएकाेले तिमीलाई सलाम छ

९२. र यदि काेही इन्कारी र पथभ्रष्ट मध्ये छ भने

९३. त्यसकाेलागि उम्लिदाे पानीद्वारा स्वागत छ

९४. र नर्कमा मिल्काउनु पनि

९५. निसन्देह याे वास्तविक सत्य नै हाे

९६. तसर्थ आफ्ना महान प्रतिपालककाे महिमागान गर

सूरह समाप्त



Tuesday, March 8, 2022

११२. सूरह इख्लासकाे नेपाली अनुवाद

 ११२. सूरह इख्लासकाे नेपाली अनुवाद

अनुवादकः मुहम्मद सुहैल नदवी

.............................................................

सुरू गर्दछु अल्लाहकाे नामबाट, जाे अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ

१. भनिदेऊ, उहाँ अल्लाह एक्लै हुनुहुन्छ

२. अल्लाह नै अनन्त आश्रय हुनुहुन्छ

३.उहाँले कसैलाई जन्माउनु भएकाे छैन तथा कसैद्वारा उहाँ जन्मनु भएकाे पनि हाेइन

४. र उहाँकाे सम्तुल्य काेही पनि छैन

सूरह समाप्त



१. सूरह फातिहाकाे नेपाली अनुवाद

 १. सूरह फातिहाकाे नेपाली अनुवाद
अनुवादकः मुहम्मद सुहैल नदवी

..............................................................................

म शरण चाहन्छु अल्लाहकाे, तिरस्कृत शैतानबाट

१. सुरू गर्दछु अल्लाहकाे नामबाट, जाे अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ

२.सबै प्रशंसा अल्लाहकै लागि हुन् जाे सम्पूर्ण जगतका रब अथवा पालनकर्ता हुनुहुन्छ

३. जाे अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ

४. जाे बदला  दिइने दिनका स्वामी हुनुहुन्छ

५. तपाईँ एक मात्रकाे हामी उपासना गर्दछाैं  र तपाईँसित मात्र मद्दत चाहन्छाैं

६. हामीलाई सीधा मार्ग देखाउनुहाेस्

७. ती व्यक्तिहरूकाे मार्ग जसलाई तपाईँले पुरस्कृत गर्नु भएकाे छ, प्रकाेपित भएका व्यक्तिहरूकाे मार्ग हाेइन न त बाटाे गुमाउनेहरूकाे मार्ग नै

सूरह समाप्त


Monday, March 7, 2022

५५– सूरह अर्रह्मानकाे नेपाली अनुवाद

५५– सूरह  अर्रह्मानकाे नेपाली अनुवाद
अनुवादकर्ताः मुहम्मद सुहैल नदवी

.................................................

सुरू गर्दछु अल्लाहकाे नामबाट, जाे अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ

१. अत्यन्त करूणामयले

२.कुर्आन  सिकाउनु भयाे

३. मानवकाे सृष्टि गर्नु भयाे

४.उसलाई बाेल्न  सिकाउनु भयाे

५. सूर्य र चन्द्रमा ठीक हिसाबमा छन्

६. विरूवा र रूख दुवै ढाेग्ने गर्छन्

७. र आकाशलाई उहाँले उठाउनु भएकाे छ र तराजु स्थापना गर्नु भएकाे छ

८. अतः  तिमीहरू ताैलमा जयादती नगर

९. र न्यायका साथ ताैल दुरूस्त पार र ताैलमा कम्ती नगर

१०. र उहाँले पृथ्वीलाई जीवधारीकाे लागि स्थापना गर्नु भएकाे हाे

११. त्यसमा फलफूल र काेपिलाकाे खाेल भएका खजुरहरू छन्

१२. भुसयुक्त अन्न र सुगन्धित फूल छन्

१३. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

१४. मानवलाई भाँडाे झैँ सुकेकाे हिलाेबाट उहाँले सृष्टि गर्नु भयाे

१५. र जिन्नलाई धुँवारहित आगाेकाे ज्वालाबाट बनाउनु भयाे

१६. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

१७. उहाँ नै दुवै पूर्व र दुवै पश्चिमका स्वामी हुनुहुन्छ

१८. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

१९. उहाँले नै दुवै समुद्र जाे परस्पर  मिल्दैछन् बगाउनु भएकाे हाे

२०. दुवै बीच एउटा सीमा छ जसलाई दुवैले नाघ्दैनन् 

२१. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

२२. दुवैबाट माेति र मुगा निस्कन्छन्

२३. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

२४. र उहाँकै अधीनस्थ छन् समुद्रमा पहाड झैँ उकासिएका जहाजहरू

२५. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

२६. जाे पनि यस पृथ्वीमाथि छ नाश्वान छ

२७. र रवाफ र प्रतिष्ठाका स्वामी तपाईँका पालनकर्ताकाे अस्तित्व बाँकी रहनेछ

२८.तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

२९. सबै आकाश र पृथ्वीमा जे छन् उहाँसित नै माग्ने  गर्छन्, प्रत्येक दिन उहाँ बेग्लै अवस्थामा हुनुहुन्छ

३०. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

३१. चाँडै नै हामी तिमीहरूकाे लागि खालि हुनेछाैँ हे दुवै भव्य समूह

३२. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

३३. हे जिन्न र मनुष्यकाे समूह, यदि तिमीहरू समस्त आकाश र पृथ्वीकाे किनारबाट निस्कन सक्छाै भने निस्क, प्रमाण बाहेक निस्कने छैनाै

३४. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

३५. तिमीहरूकाे लागि पठाइने छन् धुँवारहित आगाेकाे ज्वाला र ज्वालारहित धुँवा, तसर्थ तिमी सफल हुँदैनाै

३६. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

३७. अनि जब आकाश फुट्छ अतः त्याे रातो छाला झैँ गुलाफ बन्छ

३८. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

३९. अनि त्यस दिन आफ्नाे कुकर्म बारे साेधिने छैनन् , न कुनै मानव र न कुनै जिन्न नै

४०. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

४१. अपराधीहरू आफ्नै  निशानीहरूद्वारा  चिनिनेछन्, अनि निधार र  खुट्टाद्वारा समातिनेछन्

४२. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

४३. यहि हाे नर्क, जसलाई अपराधीहरूले मिथ्या भन्छन्

४४. अब तिनीहरू उसकाे र उम्लिदाे  पानीबीच घुम्नेछन्

४५. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

४६.  र जाे आफ्ना पालनकर्ता समक्ष उभिनुबाट डरायाे, उसकाे लागि दुइवटा बगैँचा छन्

४७. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

४८. दुवै शाखाहरूले भरिपूर्ण

४९. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

५०. दुवैमा दुइवटा खाेला बग्नेछन्

५१. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

५२. दुवैमा हरेक फलमध्ये दुई जाेर हुनेछन्

५३. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

५४. अडेस लागेका हुनेछन् यस्ता ओछ्यानमा जसकाे तल्लाे स्तर रेसमी  हुन्छन् र दुवै बगैँचाकाे फलहरू निकट हुन्छन्

५५. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

५६. त्यसैमा आँखा झुकेकी रूपवति हुनेछन् जसलाई  न कुनै मनुष्यले छाेएकाे हुनेछ न कुनै जिन्नले

५७. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाइ नकार्छाै?

५८. मानाैँ तिनीहरू लालमणि र मुगा हुन्

५९. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

६०. उत्तम कर्मकाे बदला उत्तम पुरस्कार बाहेक के छ र?

६१. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

६२. र ती दुवै बगैंचा बाहेक अन्य दुई बगैंचा छन्

६३. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

६४. दुवै गहन हरियापरियाे

६५. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

६६. त्यसमा कलकल बग्ने दुइवटा मूल छन्

६७. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाइ नकार्छाै?

६८. दुवैमा फल खजुर र अनार हुनेछन्

६९. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

७०. त्यसैमा उत्तम चरित्रकी र शाेभनीय सुन्दर नारी  हुनेछन् 

७१. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाइ नकार्छाै?

७२. कुञ्जहरू भित्र आरक्षित स्वर्गवधुहरू

७३. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाइ नकार्छाै?

७४. याे भन्दा अघि कुनै मनुष्यले छाेएकै छैन न कुनै जिन्नले

७५. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाई नकार्छाै?

७६. हरियाे गद्दा र उत्कृष्ट गलैंचामाथि अडेस लगाएका हुनेछन्

७७. तसर्थ हे मानव र  जिन्न, तिमी आफ्ना पालनकर्ताकाे कुनु कुन उपकारलाइ नकार्छाै?

७८. रवाफ र प्रतिष्ठाका स्वामी तपाईँका पालनकर्ताकाे नाम अति मङ्गलमय छ

सूरह समाप्त