Tuesday, October 3, 2023

अन्तिम दूतका साथीहरूकाे जीवनचित्रका केही झझल्काेकाे भूमिका



सत्यका साथीहरू
भूमिका

मुहम्मद सुहैल नदवी

○○○○○

 ○ अरबको मरुभूमि... 

निर्जीव सुख्खा पहाडी सिलसिला....

हरियालीको अभाव....

नजिकमा समुद्रभरि पानी भएतापनि...

जीवनयापन गर्ने पानी र बालीनाली उमार्ने वर्षाको कमि ...

ऊँट र बाख्रापालन पोषणमा जनजीवनको स्याहार सुसार...

कतै कतै मरुद्यान र रसिलो जमिनमा खजुरका केही बगैंचाहरू...

टाढा र दुर्गम बाटो धाएर रोम र फारसका मुलुकहरूमा ग्रीष्म र शीतकालीन व्यापारिक यात्रा ....

○○○○○

○ जनजीवन अस्तव्यस्त...

शिक्षा र विद्याको न्युनता ...

कौशल र शीपको अल्पता ..

धनुष र तरवारमाथि अभिमानता...

लडाइँ र युद्धमा तत्परता....

सानो सानो कुरामा सुरु हुने युद्ध चालीस वर्षसम्म निरन्तर रहने...

साम्प्रदायिक तत्वलाई ग्राह्यता दिने...

पूर्वजको नाम र प्रतिष्ठामाथि अर्पित हुने....

गरिब र निस्सहायको हकअधिकारको हनन ...

नारी जातको दमन...

छोरी जन्मनु वित्तिकै जिउँदै माटोमा पुरिने...

दास प्रथा, कमारी प्रचलन ....

कमजोरमाथि अत्याचार...

इब्राहीम अलैहिस्सलामसित आफ्नो सम्बन्ध राख्ने ...

तर उहाँको एकेश्वरवादको सन्देशलाई विर्सिने ...

एक अल्लाहको उपासनाको अतिरिक्त हजारौ इश्वरको निर्माण गरि रहने ...

हरेक कुल र प्रत्येक खानदानको छुट्टै स्वामी र पूज्नीय ..... 

र तिनीहरूको प्रतिमा राख्ने चलन....

यात्रा गर्दा खाने वस्तुको नै प्रतिमा बनाएर राखिने ....

र भोक लागेको बेला उसैलाई खाएर सिध्याइ दिने ....

पवित्र काबालाई सर्व शक्तिमान अल्लाहको पवित्र घर भनिने..

त्यसको परिक्रमा गर्ने...

त्यसलाई पवित्र स्थान मानिने...

त्यसमाथि आस्था राख्ने...

त्यसको आदर र सम्मानमा कुनै सम्झोता नगर्ने ...

तर त्यसै भित्र तीन सय साठी मूर्ति खडा गर्ने ...

र यिनीहरूनै अल्लाहको सामु हाम्रो सिफारिसकर्ता हुन् भन्ने ...

अनाथको धन खोस्ने ..

शक्तिशालीले अशक्तलाई मास्ने...

रुढिवाद, अन्धविश्वास, अनास्थाको हुरि चलेको थियो त्यस कालमा...

जुवा, सराब बानी नै थियो उनीहरूको...

सभ्यता र संस्कृति भनेको जंगली जीवन जस्तो भान हुन्थ्यो ...

○○○○○


○ तर, आफूलाई सबै भन्दा वक्तकलाको धनी ठान्ने...

साहित्य र काव्यमा आफूसमान कसैलाई नमान्ने...

आफूलाई अरब अथवा शुद्ध साहित्यिक कौशलमा परिपूर्ण...

र बाँकी सन्सारलाई अजम अथवा गुँगो, लाटो र अबोलाको संज्ञाले चिन्ने ....

साहित्य र काव्य शास्त्रको प्रदर्शनी....

बच्चा बच्चा शब्दार्थको खेलामा प्रखर ....

प्रतिस्पर्धामा उत्तीर्न कविहरूको काव्यलाई पवित्र काबा भित्र लेखिएर झुण्डयाइने.....

दानी र परोपकारीमा हातिम ताईको उदाहरण पेश गर्ने...

शरण खोज्नेलाई शरण प्रदान गर्ने ...

र त्यसको लागि प्राणको बलि दिनको निम्त्ति पनि पछाडी नहुने...

यात्रु र बटुवाको सेवामा सधैं तयार रहने...

रात्रिमा ढोका ढकढकाउनेलाई आश्रय प्रदान गर्ने ...

आफू भोकै बसेर आगन्तुकको भोक मेटाउने प्रयास गर्ने ...

सत्य ठानेको कुरालाई अन्तिम स्वास सम्म निर्वाह गर्ने ....

तर मानवताको हननकार्यशैलीको प्रभावमा यो अद्भुत गुण पनि कतै कतै मात्र देखा पर्ने हुन्थ्यो ....

○○○○○


○ इतिहासकारहरूले यसकाललाई....

जगत इतिहासको सबै भन्दा अन्ध्यारो युग भनेकाछन्...

रोम तथा फारसमा राजतन्त्र र उनका छिमेकी उपनिवेशहरूमा उनैद्वारा तोकिएका शासकहरू राज्य गर्ने गर्दथे....

तर अन्याय, अत्याचार, मूर्खता, निरक्षरता, दमन, शोषण उतपीडनकै वास्तविक राज्य थियो ....

मावनता अन्तिम स्वास तानि रहेको थियो...

मनुष्यता मरनावस्थामा पुगि सकेको थियो....

यसै गहन अन्ध्यारोबीच....

यसै मरुभूमि भित्र...

यसै बाँझो जमिनको छातीबाट...

यसै सुख्खा पहाडहरूको छेउबाट...

एउटा नया विहानी झुल्किन्छ ...

मायाको निर्मल वर्षा हुन्छ...

न्यानो घाम उदाउँछ ...

मानवताको शरीर भित्र जीवनको नया स्वास फुकिन्छ...

कमजोर, गरिब, असहाय, दास, र नारीको हक अधिकारकोलागि उच्च धव्नि गुँजिन्छ....

एक अल्लाहको अतिरिक्त सबै निर्मित इश्वरहरू निस्कृय र निष्फल हुने उदघोषणा हुन्छ....

चालीस वर्षसम्म सादिक र अमीन, अथवा सत्य र इमानदारको संज्ञाद्वारा चिनिने व्यक्तिले...

मानवताको यस उदघोषणा पश्चात...

आफ्नै खान्दान, आफ्नै कुटुम्ब र आफ्नै समुदायको घोर विरोध, अत्याचार, दमन र लडाईको सामना गर्छ....

पूर्वजद्वारा चलि आएको प्रथा विरुद्ध आवज सुन्दा सम्प्रदायिक अभिमानताको कारणले सत्य कुरा सुन्नको लागि कान र आँखा बन्द गरिएका थिए धेरैले....

○○○○○


○ तर, जसले सत्यलाई सत्य मान्यो...

एक इश्वरसित परिचित भयो...

अत्याचार विरुद्ध उभिने निश्चय गर्यो...

उनलाई पनि ......

परिवार, समाज, र सम्पूर्ण अरबको विरोध भोग्नु पर्यो...

पीडा यातना र कष्ठ विहोर्नु पर्यो....

घरपरिवार छुट्यो...

जन्मभूमिबाट निस्कनु पर्न र अन्य नौला-नौला भूमितिर प्रस्थान गर्न बाध्य भए...

यति मात्र नभई आफ्नै खानदान र कुटुम्ब र आफ्नै समाजद्वार युद्ध र लडाइँको भार बोक्नु पर्यो ....

कतिपयले सत्यको पथमा ज्यान गुमाए...

कतिलाई घरभवन र धनसम्पत्तिलगायत .....

 व्यवस्थित व्यपार त्याग गर्नु पर्यो...

तर सत्यको बाटोलाई उनीहरूले छोडन मानेनन्...

ज्यानको बाजीमा हार र जीत स्वीकार गरे....

तर सत्यको बाटोलाई छोडन तयार भएनन्...

आज सत्यको बाटोका त्यही निष्ठावान साथीहरूको हामी चर्चा गरिरहेकाछौ...

इतिहासले उनीहरूको सबै कृतिलाई सुरक्षित सम्हालेर राखेको छ...

इतिहासका यिनी पन्नाहरू मध्ये केही आकृति तपाई समक्ष पेश गर्न गइ रहेकाछौ...

यिनी अमर मानवहरूको सम्झना

यिनै इतिहास पुरुषहरूका केही छवि र छाँया...

केही झल्को र केही झझल्को ...

अन्तिम दूतका साथीहरूको

जीवन चित्रका केही झझल्को

निष्ठा कर्तव्य, आँट समर्पन

माया, प्रेमका केही छचल्को

हज्रत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम .....

र उहाँको कर्तव्यपरायण साथीहरूको जुनाफमा.....

 प्रेम, निष्ठा र समर्पण सहित....


मुहम्मद सुहैल नदवी

दोहा -कतार

२०८० । ६ । १४ आइतवार

Monday, October 2, 2023

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को -२३


अब्दुल्लाह बिन जह्श

रजियल्लाहु अन्हु

○○○○○

प्रस्तुतिः मुहम्मद सुहैल नदवी

○○○○○

○ अहिले जुन सहाबीको हामी चर्चा गर्न लाग्दैछौं ....

उनको रसूल सल्लल्लाहु अलैहि वसल्लमसित घनिष्ट सम्बन्ध छ....

र उनी इस्लामकालका उहाँका साथीहरू मध्ये पनि एक हुन.....

उनी रसूल सल्लल्लाहु अलैहि वसल्लमकी फुपूका छोरा पनि हुन् ....

किन भने उहाँकी आमा उमैमा बिन्त अब्दुल् मुत्तलिब रसूल सल्लल्लहु अलैहि वसल्लमकी फुपू थिइन् ....

उनी रसूल सल्लल्लाहु अलैहि वसल्लमका जेठान पनि थिए....

उनकी दिदी जैनब बिन्त जह्श रसूल सल्लल्लाहु अलैहि वसल्लमकी पवित्र पत्नि .....

र मुसलमानहरूकी आदरणीय माता मध्ये एक थिइन् ......

उनी प्रथम व्यक्ति हुन् .......

जसको लागि इस्लामकालमा सबै भन्दा पहिलो झण्डा बनाइएको थियो.... 

र त्यस पछि उनी नै मुसलमानका अमीरको संज्ञाद्वारा बोलाइने पहिला व्यक्ति हुन् ....

उनको नाम हो....

अब्दुल्लाह बिन जह्श असदी

○○○○○


○ अब्दुल्लाह बिन जह्श मुसलमान भए.....

त्यतिखेर रसूल सल्लल्लाहु अलैहि वसल्लम दारुल् अर्कममा पनि प्रवेश गर्नु भएको थिएन.....

यसरी उनी सर्वप्रथम इस्लाम कबुल गर्ने मध्ये एक भए .....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले जुन बेला आºना साथीहरूलाई मदीना प्रस्थान गर्नकोलागि अनुमति दिनु भयो....

आºनो धर्मको रक्षाका निमित्त.....

अब्दुल्लाह बिन जह्श हिज्रत गर्ने दोश्रो व्यक्ति थिए....

अबु सल्माले यस पावन कार्यमा उनलाई मात्र उछिन्न सकेका थिए.....

यद्यपि अल्लाहको तर्फ हिज्रतको कार्य.... 

उहाँकैलागि घरबार र जन्मभूमिलाई त्याग गर्नु ....

अब्दुल्लाह बिन जह्श्को लागि कुनै नौलो विषय थिएन....

उनले र उनका केही आफन्तजनले यो भन्दा अघि हब्शाको हिज्रत पनि गरेका थिए....

तर, यस पटकको हिज्रत अति व्यापक र अति विस्तृत थियो......

यस पालि उनका परिवार, आफन्तजन, र बुवाको सबै सन्तान महिला र पुरुष, तरुण र बृद्ध, बाल बालिका ...

सबैले एकसाथ हिज्रत गरेका थिए ....

उनको कुलघराना इस्लामको घराना भएकोले.....

र उनको खानदान इमानवाला खान्दान भएकोले ....

उनीहरूले मक्काबाट निस्कने बित्तिकै नै ....

उनीहरूका घर भवनहरू उदास र दुःखि भए जस्तै महसुस भयो ....

र यस्तो खाली खाली र रित्ता भए .....

मानौं,  यो भन्दा पहिले त्यहाँ कोही संगिसाथी नै बसेको थिएन....

र त्यहाँको चौतारोमा कुनै गीतकार वा कथाकारको आवाज गुँजैकै थिएन.....

अब्दुल्लाह बिन जह्श र उनका साथीहरूले हिज्रत गरेको केही दिन पश्चात नै ....

कुरैशका केही ठुलठुला सरदारहरू मक्काको गल्ली र टोलतिर निस्के.....

मुसलमानहरू मध्ये कसले मक्का छोड्यो र को अहिले बाँकी नै छन् ....

यसैको खोजीको लागि...

उनीहरू मध्ये अबु जह्ल र उत्बा बिन रबीआ पनि थिए....

उत्बाले जह्शको खानदानका घरहरू तिर...

जहाँ रेतिलो हावा कराउँदै थियो....

र ढोकाहरू चिच्याउँदै थिए ....

उनले हेर्दा हेर्दै भने .....

बनु जह्शका घर भवनहरू खाली खाली छन्...... 

आºना बासीहरूको लागि रुँदैछन् ....

उत्तरमा अबु जह्ल भन्न थाल्यो .....

तिनीहरूमाथि घरभवन किन रुन्छन् ? 

तिनीहरू को हुन् र ? .....

त्यस पछि अबु जह्लले आºनो हात अब्दुल्लाह बिन जह्शको घरमाथि राख्यो ....

त्यो घर, त्यहाँका सबै घरहरूमा सबै भन्दा सुन्दर र सधन घर थियो....

उसले त्यस घर र त्यो भित्र रहेका संसाधनहरूमा यसरी हस्तक्षेप गर्न थाल्यो .....

मानौँ ऊ नै त्यस घरको मालिक हो....

अब्दुल्लाह बिन जह्शलाई उनको घरमा अबू जह्लले गरेको हस्तक्षेप उनले थाहा भए पछि....

उनले रसूल सल्लल्लाहु अलैहि वसल्लमसित यस कुराको चर्चा गरे ...

उहाँले भन्नु भयो ....

“ हे अब्दुल्लाह π यदि अल्लाहले त्यसको सट्टा तिमीलाई स्वर्गमा एउटा घर प्रदान गर्नु भयो भने खुशी न लाग्ला” ? ” ...

उनले उत्तर दिँदै भने....

“किन नहुने हो हे अल्लाहका रसूल” π ....

उहाँले जवाफ दिनुभयो....

“त्यसो भए त्यो तिम्रोलागि भइ सक्यो” ....

यो सुनेर अब्दुल्लाह प्रसन्न भए...

र उनको मुटु शान्त भयो ....

○○○○○


○ अहिले अब्दुल्लाहले उनका दुवै हिज्रत कार्यमा जे दुःख पीडा भोग्नु परेको थियो....

त्यसलाई बिर्सेर मदीनामा दुरुस्त तवरले बसोबास पनि गर्नु भएको थिएन....

र कुरैशको तर्फबाट जुन यातना र चोट पुर्याइएका थिए....

त्यस पछि अन्सारको छत्रछायाँमा आराम र कुशलताको आनन्द पनि लिन सकेका थिएनन् ...

उनलाई अल्लाहले यस्तो कडा परीक्षामा पार्नु भयो ...

जो उनले आºनो जीवनभरि कहिल्यै भोग्नु परेका थिएनन् ...

र यस्तो अनुभूतिको सामना गरे....

जो उनले इस्लाममा प्रवेश गरेको समयदेखि नै कहिल्यै महसुस गरेका थिएन ....

तसर्थ यस कडा परीक्षा र कठोर अनुभूतिको कथा सुन्नको लागि तयार हुनु होस् ....

○○○○○


○ रसूल सल्लल्लाहु अलैहि वसल्लमले आºना साथीहरू मध्ये आठ जनालाई ....

इस्लामकालको सबै भन्दा प्रथम सैन्यकार्यकोलागि छान्नु भयो ....

उनीहरूमा अब्दुल्लाह बिन जह्श र सअद् बिन अबु वक्कास पनि थिए ....

उनीहरूलाई उहाँले भन्नु भयो ....

“तिमीहरू प्रति यस्तो व्यक्तिलाई अमीर बनाउँछु” ....

“जो तिमीहरू मध्ये भोक र तिर्खालाई बढी खप्न सक्ने सामथ्र्य भएका  छन्” ....

अनि उनीहरूको झण्डा अब्दुल्लाह बिन जह्श्लाई प्रदान गर्नु भयो ...

यसरी उनी नै मुसलमानहरूको कुनै समूहका सबै भन्दा प्रथम अमीर बनाइएका थिए ....

○○○○○


○ रसूल सल्लल्लाहु अलैहि वसल्लमले अब्दुल्लाह बिन जहश्को गन्तव्य निर्धारण गरी ....

उनलाई एउटा पत्र सुम्पिनु भयो ....

र यस पत्र भित्र रहेको कुरालाई दुइ दिनको यात्रा पछि मात्र  हेर्न वा पढ्न आदेश पनि दिनु भयो ....

दुइ दिनको यात्रा सकिए पछि ....

अब्दुल्लाहले पत्र हेरे ...

त्यसमा लेखिएको थियो ....

“जब तिमीले मेरो यो पढ्नेछौ”.... 

“तिमी अगाडी बढ्दै जाऊ” ....

“र मक्का र ताइफको बीचमा नख्ला भन्ने ठाउँमा प्रस्थान गर” .....

“त्यहाँ कुरैशको निरीक्षण गर” ... 

“र हामीलाई उनीहरूको गतिविधिद्वारा अवगत गराऊ” ....

अब्दुल्लाहले पत्र पढ्ने बित्तिकै भने ....

“अल्लाहको नबीको आज्ञापालन अवश्य हुन्छ” ....

अनि आºना साथीहरूलाई भने ....

“मलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले आदेश दिनु भएको छ” .....

“म नख्ला तिर जाऊँ ”... 

“र कुरैशको निरीक्षण गरी उनीहरूको गतिविधिद्वारा उहाँलाई अवगत गराऊँ” ...

“तिमीहरू मध्ये कसैलाई पनि जोर जबरजस्ती गरी साथ लैजान  पनि उहाँले मनाही गर्नु भएको छ” ....

“तसर्थ जो शहीद हुन इच्छुक छ”... “संगै बस्नु” ....

“यदि कसैलाई चाहाना न भए”.... 

“उसले यहिबाट निसंकोच फिर्ता जान पाउँछ” .....

सबैले एक स्वरमा भने ....

“हामीले अल्लाहका रसूलको आदेशको पालना अवश्य गर्छौं” .....

“हामी पनि त्यहाँसम्म पुग्छौं जहाँको लागि उहाँले आज्ञा दिनु भएको छ” .....

यसरी सबै जना त्यहाँबाट हिडे ....

र नख्ला पुगे ...

र बाटोघाटोमा बसी खोजतलास गर्न थाले.....

सायद कुरैशको कुनै खबर फेला पर्छ .....

उनीहरू यस्तै खोजतलासको क्रममा थिए.....

उनीहरूले टाढाबाट कुरैशका एक व्यापारिक समूह आउँदै हेरे....

त्यस समूहमा चार जना थिए....

अम्र बिन हज्रमी, हकम बिन कैसान, उस्मान बिन अब्दुल्लाह र उनका भाई मुगीरा..

उनीहरूका साथ कुरैशका थुप्रै व्यपारिक सामानहरू पनि थिए....

जस्तै छाला, किशमिश इत्यादि, .....

कुरैशले गर्ने व्यापार सामाग्रीहरू.....

त्यस बेला सबै सहाबीहरूले परस्पर सल्लाह गर्न थाले ....

यो दिन पवित्र महिनाको अन्तिम दिन थियो ....

उनीहरूले भने ....

“यदि हामीले उनीहरूसित लडाइँ लड्छौं”....

“त्यो पवित्र महिना भित्र पर्न जान्छ”....

“र यसरी पवित्र महिनाको उल्लंघन हुन्छ”...

“र सम्पूणर् अरब जातिको क्रोध पो भोग्नु पर्छ” ...

“यदि हामीले यो दिन समाप्त हुने पर्खाइमा बस्छौं”...

“दिन सकिंदा सकिदा उनीहरू हरमको दायरा भित्र प्रवेश गरी हाल्छन्” ...

“र त्यहाँ सुरक्षित हुन्छन्” .....

यसरी उनीहरू सरसल्लाह गर्दै....

उनीहरूमाथि आक्रमण गर्ने, उनीहरूलाई मार्ने....

र उनीहरूको अधिनमा रहेका सामग्रीमाथि कब्जा गर्ने निणर्यमा पुगे ......

केही छिनमा नै उनीहरू मध्ये एक जनालाई मारी अर्का दुइ जनालाई बन्दी बनाए ....

चौथो व्यक्ति आºनो ज्यान जोगाउन सफल भए.....

○○○○○


○ अब्दुल्लाह बिन जह्श र उनका साथीहरूले दुवै बन्दी र सरसामनलाई लिएर ...

मदीनासम्म पुर्याए ...

रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई उनीहरूले गरेका कार्यबारे थाहा हुँदा ....

उहाँले घोर विरोध जनाउनु भयो .....

र उनीहरूलाई भन्नु भयो ...

“अल्लाह कसम... मैले तिमीहरूलाई युद्ध गर्नकोलागि भनैको थिइन”...

“मैले कुरैशको समाचार संकलन र उनीहरूको गतिविधी हेर्नकोलागि मात्र पठाएको थिएँ” ...

दुवै बन्दीलाई रोकेर उनको बारेमा केही निणर्य गर्नु विचार व्यक्त गर्नु भयो ...

र कब्जा गरिएका सरसामानतिर एक पटक पनि हेर्नु भएन ...

र त्यसमध्ये कुनै वस्तु पनि लिनु भएन....

यो सुनेर अब्दुल्लाह बिन जहश् र उनका साथीहरूको होस उड्यो .....

उनीहरूलाई बर्बाद हुने पक्का यकीन भयो ....

किन भने उनीहरूले रसूल सल्लल्लाहु अलैहि वसल्लमको हुकुमको अवज्ञा गरेका थिए.....

अवस्था झन गम्भीर हुन पुग्यो ...

अब अरु मुसलमानहरूले पनि यिनीहरूलाई बेसरी नै आलोचना गर्न थाले......

यिनीहरू प्रति नराम्रो टिप्पणी गर्ने थाले...

जहिले पनि उनीहरूको नजिकबाट आवतजावत गर्दा उनीहरू भन्ने गर्दथे ...

“यिनीहरूले रसूल सल्लल्लाहु अलैहि वसल्लमको आदेशको उल्लंघन गरेका छन्” ...

उनीहरूले आफूलाई झन कठिनाइमा परेका महसुस गरे ...

जुन बेला उनीहरूलाई यो समाचार पनि प्राप्त भयो ...

कुरैशले यस घटनालाई रसूल सल्लल्लाहु अलैहि वसल्लमको बेइज्जती गर्ने ...

र अरबका कबीलाहरूमा उहाँको अपमान गर्नको निमित्त बहाना नै बनाएका छन् ...

कुरैशले अरब कबीलाहरूमा भन्ने गर्छन् ...

“मुहम्मद ले पवित्र महिनाको उल्लंघन गर्यो रे” ....

“यस महिनामा रक्तपात गर्यो रे” ......

“धन सम्पत्ति लुट्यो र मानिसलाई बन्दी बनायो रे”......

अब्दुल्लाह बनि जह्श र उनका साथीहरूले जुन गलती गरेका थिए...

त्यस प्रति उनीहरूको वेदना र पीडा को कुनै हद रेहन ...

र जुन गम्भीर अवस्थामा उनीहरू पुगेका थिए ....

त्यसकोलागि रसूल सल्लल्लाहु अलैहि वसल्लमसित लाज मान्ने कुनै सीमा नै रहेन ...

○○○○○


○ अनि उनीहरूले विहोर्दै रहेको वेदना र दुःख झन कठोर भयो ...

र परीक्षा अत्याधिक कठिन भयो ...

उनीहरूकोलागि शुभ समाचारको समय आयो ....

एक जनाले यो म·लमय खबर सुनायो....

अल्लाहले उनीरूको कार्यप्रति प्रसन्न हुनु भएकोछ....

र आºना नबीमाथि यस विषयमा कुर्आन अवतरण गर्नु भएकोछ ....

अब, यिनीहरूको खुशियालीको हद नसोध्नुस् ..... 

सबै मानिसहरू यिनीहरूलाई शुभकामना दिँदै ...

शुभ समाचार सुनाउँदै ...

छातीमा अँगाल्दै र कुर्आनको आयत पाठन गर्दै भेट गर्न थाले ....

○○○○○


○ अल्लाहले आºना नबीमाथि यो इश्वाणी अवतरण गर्नु भयो .....

“तिनीहरू तपाईँसित पवित्र महिना र त्यसमा युद्ध गर्नुको विषयमा सोध्दै छन्” ...

“तपाईँ भन्नुहोस् ... यसमा युद्ध गर्नु पाप हो”,....

“तर अल्लाहको पथबाट छेक्नु, अल्लाहको आदेशको उल्लंघन गर्नु र पवित्र मस्जिद र त्यसको बासीहरूलाई त्यहाँबाट निष्कासित गर्नु अल्लाहको दृष्टिमा यो भन्दा महापाप हो”, ....

“र उपıव फैलाउनु, कसैको हत्या गर्नु भन्दा गम्भीर हुन्छ” ....

○○○○○


○ यस पवित्र आयतहरूको अवतरण पछि ....

रसूल सल्लल्लाहु अलैहि वसल्लमको ह्दय शान्त भयो ....

कब्जा गरिएको सामान पनि ग्रहन गर्नु भयो ...

र दुवै बन्दीलाई मुक्तिराषि लिए पछि मुक्त गर्दिनु भयो ...

अब्दुल्लाह बिन जह्श र उनका साथीहरूको कार्य प्रति प्रसन्नता व्यक्त गर्नु भयो....

उनीहरूको यो युद्ध मुसलमानहरूको जीवनको एउटा नया घटना थियो ...

उनीहरूले प्राप्त गरेको शत्रुको धन पहिलो धन थियो जो इस्लाममा जायज भनिएको थियो....

र उनीहरूद्वारा मारिएको शत्रु इस्लाममा पहिलो मारिएको शत्रु थियो ....

र यस घटनामा बन्दी बनाइएका दुबै शत्रु पनि मुसलमानको कब्जामा परेका पहिला बन्दी थिए ....

र यस युद्धको नायक अब्दुल्ला बिन जह्श प्रथम व्यक्ति भए जसलाई अमीरुल्मूमिनीन अथवा इमानवालाको सरदारको संज्ञा दिइएको थियो .....

त्यस पछि बıको घटना घटियो....

त्यसमा पनि अब्दुल्लाह बिन जहश्ले यस्तो कृतिमान खडा गरे जो उनको दृढ इमान र आस्थाको योग्य थियो ...

त्यस पछि उहुदको युद्ध घटित भयो ....

यस युद्धमा अब्दुल्लाह बिन जह्श र उनका मित्र सअद् बिन अबु वक्कासको.......

एउटा नबिर्सिन सक्ने कहानी छ..

हामीले सअद्कै मुखबाट उनका र उनका मित्रको कथा सुनौं ....

○○○○○


○ सअद् बिन अबु वक्कास भन्दै छन् ....

उहुदको दिन....

मेरो भेट अब्दुल्लाह बिन जह्श सित भयो ...

उनले भनेः ...

“के तिमी अल्लाहसित दुआ नगर्ने हो”?  ....

मैले उत्तर दिएँ ... “अँ, किन नगर्नु” .....

तत् पश्चात म एउटा कुनामा गएर दुआ गरें ...

मैले दुआमा भनेंः....

“हे अल्लाह π ..यदि मेरो कुनै शत्रुसित मुठभेट भयो भने” ...

“यस्तो शत्रुसित मुठभेट गराउनु, जो अति शक्तिशाली होस्” ...

“अति पराक्रमी होस्” ...

“म उसित युद्ध गरुँ.. उसले मसित युद्ध गरोस्”...

“अन्तमा मलाई त्यसमाथि विजय प्रदान गर्नु” ...

“म त्यसलाई मारुँ र त्यसको समानमाथि कब्जा गरुँ” ...

यो सुनेर अब्दुल्लाह बिन जहश्ले आमीन भने ...

फेरी उनले दुआ गरे ...

“हे अल्लाह π मलाई यस्तो शत्रुसित मुठभेट गराऊ” ...

“जो अति पराक्रमी होस... ठुलो यौद्धा होस्”....

“म तपाईँकोलागि उसित युद्ध गरुँ” ... 

“उपनि मसित युद्ध गरोस्” ...

“अन्ततः ममाथि उसलाई विजय दिनुहोस्”...

“उसले मेरा नाक कान काटोस्” ...

“भोलि तपाईँसित भेट हुँदा”....

“तपाईँले मलाई सोध्नु हुन्छ” ...

“तिम्रो नाक कान किन काटिएको हो” ...

“मैले उत्तर दिन पाउँ” ...

“तपाईँ र तपाईँको रसूलको लागि हे स्वामी” π....

“अनि तपाईँले भन्नु होला” ..

“तिमीले सत्य कुरा गर्यौ” ...

सअद् बिन अबु वक्कासले भनेका छन् ...

“अबदुल्लाह बिन जहश्को दुआ मेरो दुआ भन्दा अति उत्तम थियो” .....

“मैले दिनको अन्तमा देखेँ” ...

“उनी मारिएका थिए र उनका नाक कान काटिएका थिए” ....

“र नाक कान एउटा धागोमा टाँसी एउटा रुखमा झुण्डिएका थिए” ...

○○○○○



○ अल्लाहले अब्दुल्लाह बिन जह्श्को प्राथर्ना स्वीकार गर्नु भयो ...

उनलाई शहादतको सौभाग्य प्रदान गर्नु भयो ...

जस्तै उनका मामा हम्जा बिन अब्दुल मुत्तलिब शहीदहरूका सरदारलाई पनि....

शहादतको तक्मा प्रदान गर्नु भएको थियो ....

तसर्थ रसूल सल्लल्लाहु अलैहि वसल्लमले दुवै मामाभान्जालाई एउटै कब्रमा पुरिनु भयो ...

र उहाँको पवित्र आश्रु शहादतको सुगन्धले भरिएको माटोलाई भिजाउँदै थियो ...


○○○○○

समाप्त

प्रस्तुतिः मुहम्मद सुहैल नदवी

Thursday, September 21, 2023

५८ – सूरह अल–मुजादिला नेपाली अनुवाद

५८ –  सूरह अल–मुजादिला

नेपाली अनुवादः मुहम्मद सुहैल

सुरू गर्दछु अल्लाहकाे नामबाट, जाे अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ

१. अल्लाहले त्यस महिलाकाे कुरा अवश्य नै सुन्नु भयाे जाे तपाईँसित आफ्नाे परुषको बारेमा बहस गर्दै थिइ, र अल्लाहसित फिराद गर्दै थिइ, अल्लाह तपाईँ दुवै जनाकाे कुराकानीलाई सुन्दै हुनुहुन्थ्याे, निसन्देह अल्लाह सबै सुन्नेवाला र सबै देख्नेवाला हुनुहुन्छ

२. तिमीहरू मध्ये जाे आफ्नी पत्नीहरू सित जिहार गर्छन् तिनीहरू उनकी आमा बन्दैनन् , उनीहरूकी आमा त तिनै हुन् जसले उनीहरूलाई जन्माएकी छन् ,  र यिनीहरू अनाैचित कुरा र झुठाे भनाइ मात्र भन्छन्, र अल्लाह अवश्य नै  अति माफी  दिनेवाला र अत्यन्त क्षमाशील हुनुहुन्छ

३. जुन मानिसहरू आफ्नी पत्नीहरू सित जिहार गर्छन् र आफ्नाे भनाइलाई फिर्ता लिन्छन्, उनीहरूलाई एक अर्कालाई छुनु भन्दा पहिले एउटा दास मुक्त गर्नु अनिवार्य हुन्छ,  यसैद्वारा तिमीहरू उपदेश दिइँदैछाै र अल्लाह तिमीहरूले गरिरहेका हरेक काम प्रति पूर्ण  विदित हुनुहुन्छ

४. यदि कसैले दास पाएन भने  निरन्तर दुइ महिनाकाे राेजा राख्नु पर्छ, एक अर्कालाई छुनु भन्दा अघि नै, जसले याे गर्न पनि असमर्थ्य हुन्छ त्यसलाई साठी जना निर्धनहरूलाई खाना खुवाउनु पर्छ, याे यस कारण हाे कि तिमीहरू अल्लाह र उहाँका रसूल प्रति विश्वास राख र यी अल्लाहका सीमा हुन्, र अवज्ञाकारीहरूकाे निमित्त पीडादायक यातना छ

५. निसन्देह जुन मानिसहरू अल्लाह र उहाँका रसूलकाे विराेध गर्छन्, उनीहरू त्यस्तै अपमानित हुन्छन् जसरी उनीहरू भन्दा पहिलाका मानिसहरू अपमानित भए, र हामीले स्पष्ट निशानीहरू अवतारित गरी सक्याैं र अवज्ञाकारीहरूकाे लागि अपमानजनक यातना छ

६. जुन दिन अल्लाहले यी सबै जनालाई पुनरूत्पत्ति गर्नु हुन्छ, अनि उनीहरूले गरेका कामकुरासित उनीहरूलाई अवगत गराउनु हुन्छ, अल्लाहले उसलाई गणना गरि सक्नु भएकाे हाे र उनीहरू त्यसलाई विर्सी सकेकाछन् र अल्लाह हरेक कुराकाे साक्षी हुनुहुन्छ

७. हे नबी, के तपाईँले जान्नु भएन कि सम्पूर्ण आकाश र धरतीमा हुने सबै कुराबाट अल्लाह अवगत हुनुहुन्छ, जुन सुकै तीन जनामा जे कानाखुसी हुन्छ, चाैथाे उहाँ नै हुनुहुन्छ, यसरी जुनसुकै पाँचकाे साथ उहाँ नै छैठाें हुनुहुन्छ, याे भन्दा कम्ति भए पनि बढता भएपनि, उहाँ उनका साथ हुनुहुन्छ, जहाँ भए पनि, फेरी उनीहरूलाई पुनरूत्थानकाे दिन उनीहरूले गरेका सबै कर्मलाई दर्शाउनु हुन्छ, निसन्देह अल्लाह हरेक कुरा प्रति परम ज्ञाता हुनुहुन्छ

८. हे नबी, के तपाईँले देख्नु भएन उनीहरूलाई जाे कानेखुसीबाट राेकिएका थिए तर राेकिएका कुरालाई पुनः गर्दैछन् र पाप, जयादती र रसूलकाे विराेध गर्नकाे लागि कानेखुसी गर्दैछन्, र आफ्नो मनमनै भन्दैछन्, हामीले भनीरहेका कुरामा अल्लाहले हामीलाई सजाय किन दिनु हुन्न? उनीहरूकाे लागि नर्क नै काफी छ जसमा उनीहरू प्रवेश गर्नेछन्, अनि त्याे कति नराम्राे अन्जाम हाे

९. हे इमान ल्याउनेवालाहरू हाे,  यदि तिमीहरू कानेखुसी गर्छाै भने, पाप, अत्याचार र रसूल्काे विराेधकाे लागि कानेखुसी नगर, तर पुण्यकाम र इशभयकाे लागि कानेखुसी गर, र अल्लाहसित डराउने गर जसकाे सामुन्ने तिमीहरू भेला पारिनेछाै

१०. साहुती शैतानद्वारा नै हुन्छ, इमानवालाहरूलाई दुःख पीडा दिनकाे लागि मात्र, तर उनीहरूलाई अल्लाहकाे अनुमति बिना केही पनि हानि पुर्याउन सक्दैनन्, र इमानवालाहरूलाई अल्लाहमाथि मात्र भराेसा खाख्नु पर्दछ

११. हे इमानवालाहरू, जब तिमीहरूलाई, सभाकाे बसाइमा अलि सरि देउ भनिन्छ, तत्पश्चात तिमीहरू सरिदेउ,अल्लाहले तिमीहरूकाे लागि फराकिलाे पार्दिनु हुन्छ, र यदि तिमीहरूलाई भनिन्छ, ठाउँबाट उभि देऊ, ततपश्चात उभि देउ, तिमीहरू मध्ये जसले इमान कबुल गर्याे र जसलाई ज्ञान प्रदान गरियाे त्यसकाे श्रेणी अल्लाहले उच्च पार्नु हुन्छ, र अल्लाहले तिमीहरूले गरी रह्ने सबै कुराबाट अति विदित हुनुहुन्छ

१२. हे इमानवालाहरू, जब तिमीहरू रसूल सित कानेखुसी गर्ने गर्छाै, त्याे कानेखुसी भन्दा पहिले केही दानपुण्य गर,याे तिम्राे लागि सर्वश्रेष्ठ र अति पावन हुन्छ, तर यदि केही पाइएन भने अल्लाह अति क्षमाशी र परम दयालु हुनुहुन्छ

१३. के तिमीहरू आफ्नाे कानेखुसी गर्नु भन्दा पहिले दान दिनुबाट डरायाै, अनि यदि तिमीहरूले यस्ताे गर्दैनाै र अल्लाहले तिमीहरूकाे क्षमायाचना स्वीकार गर्नु भयाे, त्यसपछि तिमीहरू नमाज कायम गर र जकात देऊ र अल्लाह र उहाँका रसूलकाे आज्ञापालन गर , र अल्लाह अति नै  विदित हुनुहुन्छ त्यसबाट जाे तिमीहरूले गर्दैछाै

१४. के तपाईँले देख्नु भएन उनीहरूलाई जसले त्यस समुदायसित मित्रता कायम गरे जसमाथि अल्लाह क्राेधित हुनु भएकाे छ, तिनीहरू न तिमीहरूका हुन् त उनीहरूका नै, र उनीहरू जानीजानी झुटाे कुरामा कसम खान्छन्

१५. अल्लाहले उनीहरूकाे लागि कठिन यातना तयार पार्नु भएकाे छ, निसन्देह यिनीहरू जे गर्दैछन् अति नराम्रो नै गर्दैछन्

१६. उनीहरूले आफ्ना कसमलाई ढाल बनाएका छन् अनि अल्लाहकाे पथबाट राेकेका छन् तसर्थ उनीहरूकाे लागि अपमानजनक यातना छ

१७. अल्लाहकाे विपक्षमा उनीहरूका धनसम्पत्ति र उनीहरूका सन्तानले उनीहरूलाई केही नाफा कदापि पुर्याउने छैनन्, उनीहरू नर्कवासी हुन् त्यसैमा सदैवकाे लागि रह्नेछन्

१८. जुन दिन अल्लाहले उनीहरूलाई पुनः जीवित पार्नु हुन्छ, उहाँ समक्ष त्यसरी नै कसम खानेछन् जसरी तपाईँ समक्ष कसम खाँदैछन् र याे साेच्दै छन् कि उनीहरू कुनै आधारमा कायम छन्, खबरदार उनीहरू अवश्य नै झुठाे बाेल्ने मात्र हुन्

१९. उनीहरूमाथि शैतानले नियन्त्रण गरेकाे छ, तसर्थ अल्लाहलाई सम्झनु पर्ने बाट बिर्साएकाे छ, यिनीहरू शैतानको समूह हुन्, ,र शैतानकाे समूह अवश्य नै घाटा भाेग्ने मात्र हुनेछन्

२०. निसन्देह जसले अल्लाह र उहाँका रसूलकाे विराेध गर्छन् उनीहरू अपमानित गरिएका मध्ये नै हुन्

२१. अल्लाहले  निर्णय गरी सक्नु भएकाे छ कि निश्चय नै म  र मेरा सन्देशवाहकहरू नै अवश्य विजयी हनेछन्, निसन्देह अल्लाह अति शक्तिशाली र अति पराक्रमी हुनुहुन्छ

२२. तपाईँ कुनै यस्ताे समुदायलाई देख्नु हुन्न जसले अल्लाह र अन्तिम दिन माथि विश्वास राख्दछ अनि तिनीहरू सित प्रेम सम्बन्ध पनि कायम गर्छ जसले अल्लाह र उहाँका रसूलकाे विराेध गर्छ, चाहे तिनीहरू उनका बुवा, वा सन्तान, वा दाजुभाइ, वा खानदान किन नहाेस्, यिनीहरूकाे मुटुमा नै अल्लाहले इमानलाई अंकित गर्नु भएकाे छ , र आफ्नाे तर्फबाट आत्माद्वारा सहायता गर्नु भएकाे छ, र यिनीहरूलाई नै यस्ता बगैंचामा प्रवेश गराउनु हुनेछ जसकाे मुनिबाट मूलहरू बग्दै हुनेछन्, त्यसैमा सर्वसदाकाे लागि रह्नेछन् , अल्लाह यिनीहरूसित प्रसन्न हुनु भएकाेछ र यिीनीहरू पनि अल्लाहसित राजीखुसी भएका छन्, यही अल्लाहकाे समूह हाे , र जानी राख, निसन्देह अल्लाहकाे समूह नै उत्तीर्ण हुनेछन्

सूरह समाप्त