¡¡¡¡¡ उसैद बिन हुजैर ¡¡¡¡¡
¯¯¯ रजियल्लाहुु अन्हु
@ मुहम्मद सुहैल नदवी
¡¡¡¡¡
¡ इस्लामी इतिहासमा सबै भन्दा पहिलो, धार्मिक मिसनका लागि पठाइएका मक्कावासी तरुण..
मुस्अब बिन उमैर, यष्रिब पुगेका छन् ...
उनी खज्रज कबीलाका एउटा सरदार अस्अद बिन जुराराका पाहुना बनेका
छन् ...
उनैको घरलाई आफ्नो बासस्थान बनाएका छन् ...
र अल्लाहतर्फ मानिसहरूलाई निम्त्याउँदै...
र उहाँका सन्देशवाहक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको सन्देश
पुर्याउने काम थालेका छन् .....
यस्रिबवासीहरू यस तरुण प्रचारक मुस्अब बिन उमैरको बैठकतिर घुँइचो
लगाएर आउने गर्छन् ...
उनको मीठो बोली ... स्पस्ट प्रमाण ... विनम्र वानी ...
र उनको सुन्दर, शोभनीय अनुहारमा छाएको इमानको उज्यालो...
उनीहरूलाई मोहित पार्ने गर्थ्यो ....
एउटा अर्काे नौलो कुराले पनि उनीहरूलाई आकर्षित गर्ने गरेको थियो ...
त्यो हो उनको कुर्आन पठन ..
उनी केही केही छिनमा उनीहरूलाई पवित्र कुर्आनका केही आयतहरू
सुनाउने गर्थे ...
आफ्नो मधुर र मीठो स्वरमा ...
मनमोहक र रोचक शैलीमा...
तसर्थ कठोर मुटु पनि विनम्र हुन पुग्थ्यो ..
र पापी आँखा पनि आँशुको झरि बर्साउँथ्यो ...
यसरी उनको बैठक समापन हुने बेलासम्म ...
धेरै जना इस्लाम स्वीकार गरी इमानको समूह भित्र प्रवेश पाइसकेका
हुन्थे ...
¡¡¡¡¡
¡ एक दिनको घटना हो ..
अस्अद बिन जुरारा आफ्ना अतिथिको साथमा निस्के ...
अब्दुल अश्हलको परिवारमा एक समूहसंग भेटघाट गर्न....
र उनीहरूसमक्ष इस्लामको निम्तो पेश गर्ने उद्देश्य बोकेर...
अनि दुवै जना अब्दुल अश्हल परिवार कै एउटा बगैंचामा प्रवेश गरे
..
र त्यहाँ खजुरका छायामुनि रहेको एउटा मीठो पानीको मूल निर बसे
...
मुस्अबको वरिपरि एउटा जमात जम्मा भयो ..
तिनीहरूमध्ये केही मुसलमान भइ सकेका थिए...
केही उनीसित कुर्आन सुन्न उत्साहित भएर आएका थिए ..
तसर्थ उनले उनीहरूलाई अर्ति उपदेश दिन थाले...
सत्यबाटो तिर बोलाउन थाले ..
मानिसहरू ध्यानपूर्वक उनका कुरा सुन्दै थिए ..
र उनका मोहक वचनमा मग्न भएका थिए ...
¡¡¡¡¡
¡ त्यही समयमा ..
एक जनाले उसैद बिन हुजैर र सअद बिन मुआज लाई यो खबर दियो ..
उनी औस कबीलाका सरदार थिए ..
मक्काबाट आएको प्रचारक तपाईको घर नजिकै बसेको छ ..
र यहाँ बस्न र आफ्नो प्रचारप्रसार गर्न अस्अद बिन जुराराको सहयोग
पाएको छ ..
सअद बिन मुआजले उसैद बिन हुजैरलाई भने ...
सत्यानास भयो हे उसैद !!
जाऔँ, यो मक्कानिवासी जवान नेर..
जो हाम्रो घर भित्र पनि प्रवेश गरी सकेको छ ..
हाम्रा लाटाहरूलाई फकाउनको निम्ति ..
र हाम्रा पूजनीयहरूको बेइज्जतीको लागि ..
यसलाई हकारौं ...
र अब उप्रान्त हाम्रो घर गल्लीमा छिर्ने साहस नगर्न चेतावनी
दियौं ...
साथै यो पनि भन्न थाले ...
यदि ऊ मेरो सानीमाको छोरा अस्अद बिन जुराराको पाहुना नभएको भए
...
र उसको रक्षाको लागि संगै
उनी नहिड्ने भए ...
मैले उसलाई सिद्धयाइ दिन्थें ...
¡¡¡¡¡
¡ उसैदले आफ्नो संगिन झुन्ड्याए
र बचैंचातिर जान लागे ..
उनलाई आउँदै गरेका देखेर अस्अद बिन जुराराले मुस्अबलाई भन्छन्
..
हे मुस्अब !!!!
यो आफ्नो खानदानको नायक पो हो त ..
अत्यन्त बद्धिमान.. र अत्याधिक गुणवान व्यक्ति ..
उसैद बिन जुरारा यही हो ...
यदि उसले इस्लाम स्वीकार गरे ..
उसको साथमा धेरै जना इस्लाममा प्रवेश गर्नेछन् ..
उनीसति राम्रो व्यवहार गर्नु ..
र विनम्रता साथ आफ्नो वक्तव्य राख्नु है ...
¡¡¡¡¡
¡ उसैद बिन हुजैर भेला नजिक आएर उभिए ..
र मुस्अब र उनका साथीतिर फर्केर सोधे ...
तिमीहरू दुवै हाम्रो घरदैलोमा किन आएका हौ? ...
हाम्रा लाटाहरूलाई किन फकाइ रहका छौ ? ...
यदि तिमीहरूलाई आफ्ना ज्यान प्यारो छ भने ..
हाम्रो टोलबाट तुरुन्त फर्की हाल ...
मुस्अब बिन उमैर आफ्नो इमानको ज्योतिले चम्की रहेको अनुहार लिएर
..
उसैदतिर फर्के ..
र सत्यवान रोचक शैलीमा उनलाई सम्बोधन गरे ..
उनले आफ्नो कुरा यसरी सुरु गरे ..
हे आफ्नो समुदायका सरदार...
तपाईंले भन्नु भएको कुरा भन्दा पनि एउटा उत्तम कुरा भनुँ
...
उनले सोधे...
त्यो के हो र? ..
उनले उत्तर दिँदै भने ..
तपाईँ एक छिन हामीसंगै बस्नु होस्..
हाम्रा केही कुरा सुन्ने कष्ट गर्नुहोस् ...
यदि तपाईँलाई हाम्रो कुरा मन पर्छ भने स्वीकार गर्नुहोला..
मन नपर्ने भए हामी फर्की हाल्छौं...
र कहिल्यै तपाईँको घरआगनमा प्रवेश पनि गर्दैनौं ...
उसैदले उत्तर दिँदै भने ..
तपाईँले निसाफको कुरा भन्नु भएको छ ...
अनि आफ्नो संगिन जमिनमा रोपेर त्यही बसे ...
अब मुस्अबले उनी तर्फ फर्केर इस्लामको वास्तविक्ताको व्याख्या
गर्न थाले ..
उनलाई कुर्आनका केही आयतहरू सुनाउन थाले ...
यो सुनेर उसैदको मन गदगद भयो ..
उनको अनुहारमा उज्यालो फैलियो..
उनले भने ...
तपाईंले गर्नु भएको कुरा कति राम्रो ..
तपाईँले पाठ गर्नु भएका आयतहरू कति उच्चतम रहेछन् ...
कोही इस्लाममा प्रवेश गर्न इच्छुक भए तपाईंहरू के गर्नु हुन्छ
..
मुस्अबले उनलाई जवाफ दिए ...
तपाईँ नुहाउनु र आफ्नो लत्ताकपडा पवित्र पार्नु ..
र यो स्वीकार गर्नु
अल्लाहको अतिरिक्त कोही उपास्य छैन र मुहम्मद अल्लाहका सन्देशवाहक
हुनुहुन्छ ..
र दुइ रक्अत नमाज पढ्नु ...
यो सुनेर उसैद त्यहाँबाट उठेर इनारतिर गए ..
त्यसको पानीले आफुलाई पवित्र पारे ..
र अल्लाहको अतिरिक्त कोही उपास्य रहेनछ ..
र मुहम्मद स. अल्लाहका
भक्त र सन्देशवाहक हुनुहुन्छ,,,भन्ने भनाईलाई स्वीकार गरे ...
र दुइ रक्अत नमाज समापन गरे ...
यसरी त्यो दिन ...
अरबका एउटा प्रसिद्ध सेनानी ...
र औस समुदायका केही महान सरदारहरू मध्ये एउटा सरदार
इस्लामको जमात भित्र सम्मिलित हुन
पुगे ...
उनका समुदायले उनलाई कामिल अर्थात् परिपूर्णको संज्ञा दिएका थिए ..
उनको अत्याधिक विवेक र मैलिक गुणवत्ताका कारण
..
उनी कलम र तरवारका बराबरका
धनि थिए ..
उनी घोडासवारी र तीरन्दाजीमा सिपालु हुनका साथ साथै ...
एउटा लेख्न पढ्न जान्ने व्यक्ति पनि थिए ..
त्यस्तो समाजमा ...
जसमा लेख्न र पढ्न जान्ने व्यक्तिहरू पाइन गाह्रो थियो ...
उनैको इस्लाम स्वीकार्नुका कारण, सअद बिन मुआज पनि मुसलमान
भएका थिए ..
र यिनी दुवै जना मुसलमान भएका कारण ..
दौस समुदायका दलका दलले इस्लाममा प्रवेश गरे...
र यस लगत्तै ..
मदीनालाई रसूल सल्लल्लाहु अलैहि वसल्लमको वासस्थान...
र विशाल इस्लामी शासनको केन्द्र र सदरमुकाम बन्ने अवसर प्राप्त
भयो ...
.¡¡¡¡¡
¡ उसैद बिन हुजैरले जुन दिन देखि ..
मुस्अब बिन उमैरद्वारा पवित्र कुर्आन सुनेका थिए ..
त्यही दिन देखि पवित्र कुर्आनको मायामा पर्न गए ..
मानौँ कुनै प्रेमी आफ्नो प्रेमिकाको मायामा परेको छ ...
पवित्र कुर्आनतिर त्यसरी नै लम्किए ..
तातेको दिउँसोमा कुनै तिर्खाएको व्यक्ति ..
जसरी मीठो पानीको मूल भेटाए पछि लम्किन्छ ...
उनले पवित्र कुर्आनलाई नै आफ्नो दिनचर्या नै बनाएका थिए ..
उनी तत्पश्चात जहिले पनि देखा पर्थे ..
अल्लाहको बाटोमा सैन्य कार्वाही गर्दै
कि अल्लाहको किताब पाठ र अध्ययन गर्दै ...
उनी मीठो स्वर र स्पष्ट आवाज र शुद्ध उच्चारण गर्ने मानिस थिए
..
उनलाई पवित्र कुर्आनको पाठ गर्न मन पर्थ्यो..
जब राति सुनसान हुन जान्थ्यो ..
जब आखाँ भित्र निन्द्रा पसेको हुन्थ्यो ..
र मानिसहरूको आवातजावात बन्द हुन्थ्यो ..
तर केही सहाबाहरूले उनको कुर्आन पठन गर्ने समयको प्रतिक्षामा
हुने गर्थे ...
र उनको पठनलाई ध्यानपूर्वक सुन्नको लागि एक अर्का भन्दा पहल
गर्ने गर्दथे ...
कति भाग्यशाली होला त्यो व्यक्ति ...
जसले उनीसित त्यसरी नै शुद्ध र निर्मल स्वरमा कुर्आन सुन्ने
अवसर प्राप्त गरेको थियो..
जसरी त्यो मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि अवतारित भएको
थियो ...
आकाशवासीहरूले पनि उनको कुर्आन पठनलाई रुचाएका थिए ..
जसरी जमिनवासीले रुचाएका थिए ..
एक मध्य राति..
उसैद बिन हुजैर आफ्नो अगनमा बसेका थिए ..
उनको सानो छोरा छेउमै सुती रहेको थियो ...
र उनका घोडा जसलाई अल्लाहको पथमा युद्धका निमित्त तयार पारेका
थिए ..
पनि नजिकै बाँधिएको थियो ...
त्यो रात पुरा शान्त र सुनसान थियो ..
आकाश पनि सफा र चहकिलो थियो ...
मानौँ आकाश भरिका ताराहरू निदाएको जमिनलाई ..
माया र ममताको दृष्टिले हेरी रहेकाछन् ..
उसैद बिन हुजैरलाई यो चिसो मौसमलाई कुर्आनको वासनाले मगमगाइ
दिन मन लाग्यो ...
उनले आफ्नो विनम्र, रागिलो स्वर र सुरिले अवाजमा पावित्र कुर्आनाको पाठ
गर्न थाले ..
अलिफ लाम मीम .. जालिकल किताबु ला रैब फीहि, हुदल् लिल्लमुत्तकीन ...
“अलिफ् लाम् मीम
.. यो किताब, जसमा कुनै शंका छैन
.. अल्लाहसित भय राख्नेहरूका लागि मार्गदर्शन हो ... जो मानिसहरू गैब अथवा अदृश्यमाथि
विश्वास राख्दछन् .. नमाजलाई व्यवस्थित पार्छन ... र हामीले प्रदान गरेका सम्पत्तिद्वारा
खर्च गर्ने गर्छन् ... र जो मानिसहरू तपाईँमाथि अवतारित गरिएके किताबमाथि इमान राख्दछन्
र तपाईँ भन्दा अघि अवतारित गरिएका किताबहरूमाथि पनि ...र अन्तिम दिनमाथि पनि एकीन गर्ने
गर्दछन् ....”(अल बकरा: १–४)
यति सम्म पढ्दा उनले केही स्वर सुने ..
हेर्दा यो त उनको घोडा पो चक्कर लगाउँदै छ ..
सायद उसले वन्धन पनि फुस्काउँछ कि क्या रे? ...
उनी चुप भए ..
घोडा पनि शान्त भयो ..
उनी फेरी अगाडि पढ्न थाले ...
उलाइक अला हुदम् मिर्रब्बिहिम
...
उनीहरू नै आफ्ना पाल्यको तर्फबाट सत्य पथमा छन् ..
र उनीहरू नै सफल हुने छन् ””अल बकरा: ५
यस पालि फेरी घोडा उफ्रिन थाल्यो, पहिलेको दाँजोमा झन बढी
.. अति तीव्र ...
उनी फेरी चुप भए ...
घोडा पनि शान्त भयो ...
उनले यसै कार्यलाई क्यौं पटक दोह्र्याए ...
जति खेर उनी पढ्न सुरु गर्थे ..
घोडा पनि मच्चिन थाल्थ्यो र उफ्रिन्थ्यो ...
उनी चुप लाग्दा घोडा पनि शान्त हुने गर्थ्यो ...
उनलाई आफ्नो छोरामाथि डर भयो ..
घोडाले उसलाई कुल्चि दिने डराउँदै
उनी उसलाई जगाउनको निमित्त ऊ नजिक पुगे ..
त्यतिखेर उनको आँखा आकाश तिर उठ्यो ..
उनले छाता जस्तो एउटा बादलको आकार देखे ..
यस्तो सुन्दर र आकर्षक बादल उनले कहिल्यै देखेका थिएनन् ...
त्यसमा दिप जस्ता बस्तुहरू झुण्डिएका प्रतीत हुन्थे ...
र पुरा क्षितिजलाई ज्योति र उज्यालोले चम्काएका थिए ...
त्यो बादल माथि माथि नै चढ्दै गइ रहेको थियो ...
अनि आँखाबाट गायब पनि भयो ...
विहान हुँदा उनी रसूल सल्लल्लहु अलैहि व सल्लमको हजुरमा उपस्थित
भए ...
र राति घटित घटना सविस्तार सुनाए ...
उहाँले भन्नुभयो ...
तिनीहरू फरिशता थिए ..
तिमीले पढदै गरेको ध्यानपूर्वक सुन्नको लागि आएका थिए ...
यदि तिमी बिहानसम्म निरन्तर पढदै जान्थ्यो भने ..
मानिसहरू दिनको उज्यालोमा पनि उनीहरूलाई हेर्न सक्थे ..
उनको आँखाबाट लुक्ने थिएन ...
¡¡¡¡¡
¡ उसैदले जसरी अल्लाहको किताबमाथि मोहित भएका थिए ..
झन त्यस्तै नै अल्लाहका सन्देशवाहकप्रति उनी समर्पित भै सकेका
थिए ...
उनी उनको आफ्नै भनाइ अनुसार ..
शुद्धताको अन्तिम सीमासम्म विशुद्ध भएर ..
र स्पष्टता र विश्वासको आखिरी चरम सम्म पुगेर ...
जब उहाँ कुर्आन पढ्दथे वा सुन्ने गर्दथे ..
र जहिले उहाँलाई भाषण दिँदै र कुराकानी गर्दे देख्दथे ...
उनको बढी चाहना यहि हुन्थ्यो कि
उनका शरीर रसूल सल्लल्लहु अलैहि व सल्लमको शरीरसित छुन पाओस्
..
अथवा उहाँलाई चुम्बन लिन अवसर प्राप्त होस् ...
एक पटक त्यस्तो सुनौलो अवसर पनि प्राप्त भयो ...
एक दिनको कुरा हो ...
उसैद आफ्नो समुदायमा बसेर उनीहरूलाई केही व्यागिक कुराहरू सुनाउँदै थिए ..
त्यति खेर रसूल सल्लल्लाहु अलैहि व सल्लमले उनको कम्मरमाथि आफ्नो
हातले घाेच्नु भयाे ... ..
उनको कुराको प्रशंसा गर्ने उद्देश्यले ...
तर उसैदले भने ..
हे अल्लाहका रसूल . तपाईँले मलाई दु:ख दिनु भयो ...
उहाँले भन्नुभयो ..
यसो भए आफ्नो बदला ली हाल ...
उसैदले भने ..
तर तपाईँको जिउमाथि यो कमीज छ ..
मलाई तपाईले घाेच्नु भएकाे बेला मेरो जिउमा कुनै लुगा थिएन ..
अनि रसूल सल्लल्लाहु अलैहि व सल्ल्मले आफ्नो जिउबाट कमीज उठाउनु
भयो ...
यो देखेर उसैदले उहाँलाई आँगालो हाले ..
र उहाँको कम्मर र काँख बीचमा चुम्बन लिन थाले ...
र यो पनि भन्दै थिए ..
मेरा बुवाआमा तपाईँमाथि समर्पित होऊन् हे अल्लाहका रसूल ..
यो लालसा त म तपाईँसित परिचित भएको दिनदेखि नै बोकेको थिएँ
..
तर आज यो अवसर प्राप्त भएको छ ...
¡¡¡¡¡
¡ रसूल सल्लल्लाहु अलैहि व सल्ल्मले पनि उसैदको
मायाको सट्टा माया नै पोख्नु हुन्थ्यो ...
उनको इस्लाममा प्रवेशको अग्रताको ख्याल राख्नु हुन्थ्यो ..
र उहुदको लाडाइँको दिन उनले उहाँको रक्षाको निमित्त जुन प्रयास
गरेका थिए ..
त्यसलाई पनि बिर्सनु हुनु हुँदैन थियो ...
उहुदको दिन उनलाई कम्तिमा सात वटा प्राण घातक घाउ परेका थिए
..
उहाँ उनको समुदायभित्र उनको मुल्य र स्थानलाई राम्ररी चिन्नु
हुनु हुन्थ्यो ...
यदि कसैको बारेमा उनले सिफारिस गर्थे भने उनको सिफारिसलाई स्वीकार
गर्नु हुनु हुन्थ्यो ...
उसैदले आफैं भनेका छन् ...
म रसूल सल्लल्लाहु अलैहि व सल्लम नेर पुगेँ ...
र अन्सारका केही परिवारको चर्चा गरैँ ...
उनीहरूको केही खाँचो रहेको थियो ...
र ती परिवार भित्र अधिक्तम आइमाई नै थिइन् ..
उहाँले भन्नु भयो ..
उसैद तिमी यति बेला आएका छौ ..
जब मैले मेरो हातमा भएका सबै चीजबीज वितरण गरी दिएको छु ...
यदि मेरो हातमा केही आएको सुन्यौ भने म नेर आएर ती परिवारको सम्झना
गराउनु ...
त्यस पछि उहाँसमक्ष केही माल आयो ..
उहाँले सबै माल मुसलमानहरूमा वितरण गर्नु भयो...
अन्सारलाई दिनु भयो र धेरै दिनु भयो ...
र ती परिवारलाई प्रदान गर्नु भयो र अत्याधिक प्रदान गर्नु भयो
...
मैले भने ..
हे अल्लाहका नबी ... अल्लाहले तपाईँलाई उत्तम बदला प्रदान गरुन्
..
उहाँले उत्तर दिँदै भन्नु भयो ...
र तिमी अन्सारी समुदायलाई पनि ..
अल्लाहले उत्तम प्रतिफल प्रदान गरुन् ...
तिमीहरू जसरी मलाई थाहा छ .. सहनशील र विरक्त छौ ...
मेरो पश्चात तिमीहरूलाई धेरै वहिष्कार र अपसारणको सामुना गर्नु
पर्छ ...
त्यतिखेर तिमीहरू धीरता राख्नु है...
मलाई भेट्ने समयसम्म ..
र मसित हौज नजिक भेट निश्चित छ ...
उसैदले भनेका छन् ...
जब मुसलमानका अमीर उमर बिन खत्ताब भएका थिए ...
उनले मुसलमानहरूमा धेरै माल सम्पत्ति वितरण गरे ...
मलाई पनि एउटा पोशास पठाए ...
तर मेरोलागि त्यो सानो भयो ..
हामी यसै समयमा एक दिन मस्जिदमा बसेका थिए ...
मैले एउटा कुरैशी जवानलाई उमरले पठाएको त्यही पोशाक मध्ये एउटा
लामो र ठूलो पोशाकमा गएको देखेँ ...
त्यो जवानले ती पोशाकलाई जमिनमा घिसार्दै जाँदै थियो ...
मैले सँगै भएका एक व्यक्तिलाई रसूल सल्लल्लाहु अलैहि व सल्लमको
त्यो भनाई बताए ...
कि तिमीहरू मेरो पश्चात केही अपसारण देख्नैछौ ....
मैले भनेँ ... रसूल सल्लल्लाहु अलैहि व सल्लमले सत्य भन्नु भएको
थियो ...
त्यो व्यक्ति त्यहाँबाट उभिएर उमर नजिक पुग्यो ..
मैले भनेको कुरा उनलाई सुनायो ...
उनी हतार हतार म नेर पुगे ..
तर त्यतिखेर म नमाज पढ्दै थिएँ ..
उनले भने ..
उसैद नमाज पुरा गर ..
जब मैले नमाज पुरा गरे..
उनी मतिर फर्के र भने ..
तिमीले के भनेका थियौ ...
अनि मैले पनि मैले देखेको र भनेको कुरा भनि दिएँ ...
उनले जवाफ दिए ..
अल्लाह तिमीलाई माफी देऊन् ...
त्यो पोशाक मैले फलानो अन्सारी जो बैअत अक्बामा सम्मिलित थिए
..
बद्रको लडाइमा सहभागी थिए ...
र उहुदको युद्धमा सामेल भएका थिए ..
त्यसलाई पठाएका थिएँ ...
तर यो कुरैशी जवानले उनैबाट किनेर पहिरण गरेको हो ....
के तिमीलाई विश्वास हुन्छ कि ..
रसूल सल्लल्लाहु अलैहि व सल्लमले जे कुरा भन्नु भएको थियो
..
त्यो मेरा पालामा उत्पन्न हुन सक्छ र ....
उसैदले जवाफ दिए ..
अल्लाह कसम.. हे अमीरुल मुमिनीन ...
मलाई पनि यो विश्वास थियो ...
तपाईँको पालामा यस्तो अवस्था हुने छैन ...
¡¡¡¡¡
¡ त्यसपश्चात उसैद धेरै दिन सम्म जीवित रहेनन् ...
अल्लाह तआलाले उनलाई उमरकै पालामा आफ्नो समक्ष बोलाउनु भयो
...
उनको मृत्यु पश्चात उनीमाथि चार हजार दीनारको ऋण फेला पर्यो
...
उनका वारिसहरूले उनको ऋण भुक्तानको लागि एउटा जग्गा बेच्ने निर्णय
गरे ...
उमरलाई थाहा भयो ...
उनले भने ...
म आफ्नो भाइका सन्तानहरूलाई गरिब भएर मानिसहरूमा निर्भर तुल्याउँदिन
...
अनि ऋणदाताहरूसित कुरा गरेर ...
उनीहरूलाई त्यही जमिनको पैदावारबाट हुने आमदानी चार साल सम्म
भुक्तानी स्वरुप लिन मन्जुर गराए ...
हरेक वर्ष एक हजार दीनार ..
अल्लाह उसैद सित प्रसन्न होऊन.....
¡¡¡¡¡
समाप्त