¡¡¡¡¡ मज्जआ बिन सौर अल् सदूसी ¡¡¡¡¡
¯¯¯ रजियल्लाहु अन्हु ¯¯¯
@मुहम्मद सुहैल नदवी
¡¡¡¡¡
¡ यिनीहरूलाई हेर्नुहोस् ..
यिनीहरू अल्लाहको सेनाका प्रख्यात सेनानी हुन् .....
भर्खरै कादिसियाको युद्धपश्चात आºना हात सफा गर्दैछन् ...
यस युद्धमा अल्लाहले उनीहरूलाई जुन विजय प्रदान गर्नु भएको थियो ...
त्यस प्रति खुसियाली जनाउँदै ...
उनका शहीद दाजुभाईलाई जुन प्रतिफल प्रदान गर्नु भएको छ ...
त्यस प्रति चाहना व्यक्त गर्दै ...
साथै कुनै नयाँ रणभूमिको कामना गर्दै ...
जो आºनो गम्भीरता र भीषणतामा कादिसियाको युद्धसमान हुन पुगोस् ...
मुसलमानका अमीर उमर बिन खत्ताबको तर्फबाट कुनै अध्यादेशको अपेक्षा गर्दै ...
जसमा फारसको शासक किस्राको सिंहासनलाई निर्मूल पार्नको लागि ...
निरन्तर लडाइँ लडने हुकुम जारी भएको हुन सक्छ ...
¡¡¡¡¡
¡ यिनी साहसी र प्राक्रमी यौद्धाहरूको चाहना र उत्साहलाई धैर समयसम्म पर्खाइमा बस्नु परेनछ ...
यो उमर फारूकको सन्देषवाहक मदीना देखि कूफा पुगि सकेको छ ...
सन्देशवाहकले कूफाका गभर्नर अबु मूसा अश्अरीको नाममा अमीरुल मूमिनीनको एउटा पत्र सुम्पिदैछ ...
आºनो सेनासहित अगाडी बढन र बस्राबाट आउँदै गरेको मुसलमान फौजमा सम्मिलित हुनको लागि ..
र संगै हुर्मुजानलाई पछ्याउँदै अहवाजतिर प्रस्थान गर्नको निम्ति....
अन्ततः हुर्मुजानका कथाको समाप्तिको लागि...
र किस्राको मुकुटको मणि र फारसदेशको नवरत्न भनिने तुस्तुर शहरलाई स्वतन्त्र पार्नको उद्देश्यको परिपूर्तिकोलागि ....
अबु मूसा अश्अरीलाई लेखिएको पत्रमा ...
मुसलमानका अमीरले उनलाई यो आदेश पनि दिएका थिए ...
बनु बक्रका सरदार र उनका अनुकार्य नायक, प्रसिद्ध यौद्धा, प्रख्यात सेनानी ...
मज्जआ बिन सौर सदूसीलाई पनि आºनै साथमा राख्नु ....
¡¡¡¡¡
¡ अबु मूसा अशअरीले मुसलमानका अमीरको अध्यादेशलाई सबैलाई पढेर सुनाए ...
आºनो सेनालाई तयार पारे ...
देब्रोपट्टीमा मज्जआलाई पृत्नापति बनाए ...
र बस्रादेखि आएको सेनामा आºनो सेनालाई गाँसिए ...
र अल्लाहको पथमा युद्ध गर्न संगै प्रस्थान गरे ...
यसरी निरन्तर शहरहरूलाई स्वतन्त्र पार्दै ...
किल्लाहरूलाई फत्ते गर्दै ...
अगाडी बढ्दै गए ...
हुर्मुजान पनि उनका अगाडी अगाडी एक ठाउँ देखि अर्काे ठाउँमा शरण खोज्दै थियो ...
र अन्ततः तुस्तरको शहरसम्म पुग्यो...
र त्यहाँको किल्लामा शरण लिइ किल्लाबन्द भयो ....
¡¡¡¡¡
¡ तुस्तरको किल्ला ...
हुर्मुजानले शरण लिएको किल्ला ....
फारसको किल्लाहरूमध्ये ...
सबै भन्दा सुन्दर र आकर्षक ...
प्राकृतिक सौन्दर्यले भरिभूर्ण ...
र यौद्धिक दृष्टिकोणले बलिष्ठ र अलभ्य थियो....
तुस्तरको यो प्राचीन शहर धेरै पौराणिक महत्व बोकेको थियो ...
यसको सभ्यता र संस्कृतिहरू इतिहासमा धेरै चर्चित रहेका पनि पाइन्छ ...
यस शहरको बनावट एउटा घोडाको आकारमा थियो....
समतल जमिन भन्दा अलि भिरालो स्थानमा ...
र यस शहरलाई दुजैल भन्ने एउटा नदिद्वारा खानेपानी पुर्याइन्थ्यो ....
यहाँ एउटा प्रसिद्ध फोहारा बनाइएको थियो ...
यसलाई साबूर भन्ने एउटा राजाले निर्माण गरेको कुरा उल्लेख गरिएको छ ...
यस फोहारामा त्यही नदिको पानी जमिनमुनि खनिएका सुरुङद्वारा पुर्याइन्थ्यो ....
तुस्तरको यो फोहारा र यसका सहायक सुरुङहरु निर्माणकलाको असाधारण नमुना मानिन्छ ...
मजबुत र विशाल चट्टानद्वारा बनाइएको यस फोहारालाई ....
ठोस फलामको स्तम्भहरूद्वारा सघाइएको थियो ....
साथै यस फोहरा र उसको सुरुङहरूमा सिसाले पक्की बनाइएको थियो ...
तुस्तरको चारैतिरबाट विशाल अग्लो पर्खाल थियो ....
यसले शहरलाई यसरी चारै दिशाबाट घेरिएर राखेको थियो ...
मानौ नाडीलाई कङ्गनाले बेरिएको छ ....
कति इतिहासकारले यो पनि भनेका छन्....
पृथ्वीमा सबै भन्दा प्रथम र विशाल पर्खाल यहि हो ....
यसको साथ साथै हुर्मुजानले पर्खालको पारिपट्टि एउटा फराकिलो खाल्डो खन्न लगाए ...
फलस्वरुप, यस खाल्डोलाई फलाँग्न र शहरमा प्रवेश गर्न असम्भव जस्तै भयो ...
अन्तमा उसले फारसका विशिष्ट र छानिएका सेनानीहरूलाई ....
खाल्टोको वारि जम्मा गरेर राखे....
¡¡¡¡¡
¡ मुसलमान सेनाले तुस्तरको खाल्डोको चारैतिर....
अठारह महिनासम्म घेरा बन्दी हाले ...
तर यस खाल्डोलाई तर्न सकेनन् ...
यसै लामो समयमा फारसकोे सेनासित ...
कम्तिमा असी झडप वा युद्ध लडने गरेका थिए ...
यी युद्धहरू दुवै पक्षको एक एक योद्धाको युगल भिडन्तबाट आरम्भ हुन्थ्यो ...
अन्तमा यहि भिडन्त दुवै पक्षको खतरनाक भीष्म लडाइँमा परिणत हुन्थ्यो ...
यसै भिडन्तमा अज्जआ बिन सौरले पनि यस्ता साहस देखाए ...
यस्ता कृतिमान खडा गरे ...
जसले एउटै समयमा संगी र शत्रु दुवै पक्षलाई समेत ....
अचम्मित पारेका थिए ....
उनले यिनी भिडन्तहरूमा शत्रुका ठुलठुला यौद्धाहरूलाई ...
युगल मुकाबलामा एक सय यौद्धाहरूलाई जमिनमा ढालेका थिए ...
उनको नाम नै शत्रुको पङ्क्तिमा त्रास फैलाउनको लागि पर्याप्त थियो ...
साथै मुसलमानको छातीलाई अभिमानता र गर्व गर्नको लागि पनि ...
त्यस बेला उनीहरूलाई पनि राम्ररी थाहा भयो ...
जसलाई थाहा थिएन ..
किन अमीरुल् मूमिनीनले यस साहसी र प्राक्रमी यौद्धालाई ...
मुसलमानको सेना भित्र उपस्थित रहने इच्छा प्रकट गरेका थिए ....
¡¡¡¡¡
¡ यिनी असी भिडन्तहरूको अन्तमा....
मुसलमनाहरूले आºना शत्रुमाथि यस्तो भीषण आक्रमण गरेका थिए ...
जसको फलस्वरुप शत्रुहरूले खाल्डोमाथि राखिएका पुलहरू....
त्यस्तै छाडेर फिरार हुन बाध्य भए ...
र शहरभित्र आश्रय लिए ...
र आºनो वलिष्ठ किल्लाको ढोका पनि बन्द गरे ...
¡¡¡¡¡
¡ यस लामो समयसम्म किल्लाबन्दीले गर्दा...
मुसलमानहरू दिन प्रतिदिन एउटा दयनीय अवस्थादेखि...
अर्काे झन खराब अवस्थामा निरन्तर पुग्दै गए ..
साथै फारसी सेनाले पनि उनीहरूमाथि किल्लाको ...
अग्लो गुम्बज र धरहरामाथिबाट तीरको वर्षा गर्ने गर्दथे ..
त्यसको पर्खालमाथिबाट फलामको सिक्री झुण्ड्याउँने गर्दथे ..
सिक्रीहरूको टुप्पोमा आगोमा दन्काइएका....
प्रज्वलित अङ्कुशहरू बाँधिएका थिए ...
यदि कुनै मुसलमान सेनानीले पर्खालमा चढ्ने ..
अथवा त्यसको निकट जान चाहन्थे...
उनीहरूले ती अङ्कुशहरूलाई उनको शरीरमा रोप्ने गर्दथे..
रोपी सकेपछि आफुतिर तान्ने गर्दथे ..
यसरी उनका शरीर सल्कन्थ्यो ...
मासु झथ्र्याे र उनको मृत्यु हुन पुग्थ्यो ..
¡¡¡¡¡
¡ मुसलमानहरूको अवस्था दयनीय हुँदै गयो ..
उनीहरू निरन्तर अल्लाहसित ..
दुःखित र खिन्न खिन्न मनले गुहार लगाउन थाले...
अल्लाहले यो दयनीय अवस्थालाई समाप्त पारून् ..
र आºना र उनका शत्रुहरूमाथि विजय प्रदान गरून् ..
¡¡¡¡¡
¡ एक दिन ..
अबु मूसा अश्अरी यस किल्लाको विशाल पर्खालको निरीक्षण गर्दै थिए ...
यस माथि आक्रमण गर्न नसकेर निराश भएर झैं ...
अकस्मत उनका अगाडी माथिबाट उनलाइ लक्षित नगरिएर हनिएको एउटा वाण खस्यो ..
उनले त्यसलाई हेर्दा त्यसमा एउटा पत्र पठाइएको रहेछ थाहा पाए ..
त्यो पत्रमा लेखिएको थियो ..
हे मुसलमान समूह ..
मैले तिमीहरूमाथि विश्वास गरेको छु ...
र म आºनो र आºना परिवार र जन धनको सुरक्षाको प्रतिज्ञा चाहन्छु ...
यसको सट्टा म तिमीहरूलाई शहरभित्र प्रवेश गर्ने बाटो देखाइ दिन्छुु ...
यो पढेर अबु मूसा अश्अरीले तीर पठाउने व्यक्तिकोलागि प्राणसुरक्षाको पत्र लेखे...
र त्यही वाणमा बाँधी उतै फर्काइ दिए ...
त्यो व्यक्तिले मुसलमानको वाचामा विश्वास गर्याे ..
किन भने उसलाई उनीहरूको ...
प्रतिज्ञाको पालना र करार प्रति कटिबद्धताको गुण थाहा थियो...
अनि बेलुका अन्ध्यारोमा मुसलमानहरूको सेना तिर सुटुक्क आइ पुग्यो ..
र अबुमूसा अश्अरीलाई वास्तविक अवस्थाको बारेमा सूचित गर्याै ...
उसले भन्यो ...
हामी यहाँका शासक परिवार मध्ये छौं ...
हुर्मुजानले मेरो ज्यष्ठ दाइको हत्या गरेकोछ ...
उनको धन सम्पत्ति र परिवारमाथि अत्याचार गरेकोछ...
मेरो बारेमा पनि केही नराम्रो विचार गर्दैछ ...
मैले पनि आफू र आºना परिवारमाथि उसको सिलसिलामा भयभित छु ..
तसर्थ उसको अत्याचारको दाँजोमा तपाईको निसाफलाई रोजें ...
उसको निष्ठुरताप्रति तपाईको निष्ठालाई ग्रहन गर्न खोजें ...
मैले तपाईँलाई एउटा यस्तो बाटोतिर औल्याउने निर्णय गरें ...
जुनबाटोले तपाई तुस्तरमा सजिलो सित प्रवेश गर्न सक्नु हुन्छ ...
एउटा यस्तो व्यक्ति मेरा साथमा पठाउनुस् ..
जो साहसी र बुद्धिमान होस् ..
साथै उसले पौडीमा पनि सिपालु होस् ...
मैले उसलाई बाटो दर्साइ दिन्छु ...
¡¡¡¡¡
¡ अबु मूसा अश्अरीले मज्जआ बिन सौर सदूसीलाई बोलाए ..
एकान्तमा उनीसित कुरा गरे ...
उनलाई भने ..
तपाईँ आºनो समुदाय मध्ये एउटा बुद्धिमान, सक्षम र पौडीमा सिपालु व्यक्ति खोज्न सहायता गर्नु ..
मज्जआले भने ..
हे अमीर .. यस कार्यको लागि मलाई नै नियुक्त गर्दिनु..
अबु मूसाले भने ..
यदि तिमीले नै गर्न चाहन्छौ भने झन राम्रो ..
अल्लाहले तिम्रो मद्दत गरून् ...
अनि उनलाई सल्लाह दिए ..
बाटो राम्ररी याद राख्ने ..
ढोकाको स्थानलाई राम्ररी चिन्ने ..
हुर्मूजानको बसाईलाई निश्चित तुल्याउने ..
उसलाई राम्ररी चिन्ने ..
यस बाहेक अरु केही काम नगर्ने ...
¡¡¡¡¡
¡ मज्जआ बिन सौर अन्ध्यारोको छायामा ..
आºनो फारसी मार्ग दर्शकको अगुवाइमा प्रस्थान गरे ..
उसले उनलाई जमिनमुनिको सुरङ्गमा प्रवेश गराए...
यो सुरङ्ग नदिको बाटो शहरसम्म पुगेको थियो ..
यो सुरङ कुनै ठाउँमा यति फराकिलो थियो..
उनले त्यसको पानीमा आºनौ खुट्टामाथि हिड्न पाउँथे ...
तर कतै कतै यस्तो साङ्गुरो भएको थियो..
उनलाई पानीमा पौडी खेल्न बाध्य बनाउँथ्यो ...
सुरङ्ग कतै बांगिएको थियो भने कतै ठाडो नाकको सीधामा जाँदै थियो ...
बाटोभरि यस्तै बाङगो टिङगो हुँदै अन्ततः ..
शहरको निकाससम्म पुग्न सफल भए उनीहरू ...
र उसले उनीलाई आºनो भाइको हत्यारा हुर्मुजानलाई पनि चिनाइ दियो ..
र त्यो ठाउँलाई देखाइ दियो जहाँ हुर्मुजानले आश्रय लिने गर्दथे ..
अनि मज्जआले हुर्मुजानलाई देख्दा ..
उसको घाटी आºनो वाणले लक्षित पार्दै ..
उसलाई सिद्धयाउने विचार गरे ..
तर उनलाई तुरन्त अबु मूसाको निर्देशन याद आयो ...
केही नया कुरा नगर्ने रे ...
तसर्थ मनको यो लालसा मनैमा राखे ..
र जहाँबाट आएका थिए..
त्यही फर्के..
विहानी उदाउनु भन्दा पहिले नै ..
¡¡¡¡¡
¡ अबु मूसाले आºना सेनामध्ये तीन सय जनालाई चयन गरे ..
आँटिला, साहसी, पराक्रमी र दक्ष यौद्धाहरूलाई ...
उनीहरूको कमान मज्जआ बिन सौरलाई सुम्पिए...
केही निर्देशन दिएर उनीहरूलाई विदा गरे ...
र आम सेनाले शहरमाथि आक्रमण गर्ने निम्तोको लागि ...
अल्लाहु अक्बर भन्नुलाई सांकेतिक शब्दको रूपमा सुनिश्चित गरे ...
मज्जआले आºना मानिसहरूलाई सकेसम्म हल्का लुगा लाउने निर्देशन दिए ...
पानीको दबावले ती लुगाहरुलाईलाई भारी नबनाउन भनिएर ...
र साथमा हतियारको नाममा मात्र तरवार बोक्ने चेतावनी पनि दिए ...
त्यसलाई पनि लुगामनि जिउमा राम्ररी बाधिएर राख्ने सल्लाह सहित...
र सबैलाई लिएर रातिको पहिलो प्रहरको अन्तिम समयमा प्रस्थान गरे ...
¡¡¡¡¡
¡ मज्जआ बिन सौर र उनका पराक्रमी यौद्धाहरू दुइ घण्टा लगभग....
यस जोखिमपूर्ण सुरुङको छेडोलाई पराजित गर्दै हिडे, कहिले उनीहरू जित्ने गर्थे कहिले ती साङगुरो बाटोले उनीहरूलाई पराजित तुल्याउँथ्यो ....
अन्ततः त्यस सुरुङको अन्तसम्म आइ पुग्दा...
शहरमा प्रवेशगर्नेबेलामा मज्जआले देख्दछन्
यस सुरुङले उनका दुइ सय बीस यौद्धालाई खाइ दिएको रहेछ..
उनीको साथमा असी जना मात्र बाँचेका छन् ...
¡¡¡¡¡
¡ मज्जआ र उनका वीर सहकर्मीहरूका पाइला....
त्यस शहरका्े भूमीलाई छुने वित्तिकै....
उनीहरूले आºना तरवार खोलबाट निकाले...
र किल्लाका रखवारहरूमाथि प्रहार गरे ...
र उनका छातीमा छोपि दिए...
अनि किल्लाकाद्वारतिर हामफाले...
सबै द्वारा खुलाएर अल्लाहु अक्बरका नारा लगाउन थाले ..
किल्ला भित्रबाट अल्लाहु अक्बरको जोरदार नारा संगै...
बाहिर भएका मुसलमान सेनाले पनि आºना स्वर मिलाउन थाले ...
र विहानी हुँदा हुँदै सम्पूर्ण मुसलमान सेना शहर भित्र प्रवेश गर्न सफल भए ...
अब अल्लाहको सिपाहीहरू र अल्लाहका शत्रुहरूबीच घमासानको युद्ध भयो....
इतिहासले यस्तो भीषण र भयावह युद्ध र यति अपूर्व विनाश....
पहिले सायद नै देखेको होला ...
¡¡¡¡¡
¡ अहिले रणभूमि तातिएकै थियो...
युद्धको मैदानमा मज्जआ बिन सौरको दृष्टि हुर्ममुजानमाथि पर्न गयो ...
उनीले उसको दिशातिर लम्के ...
ऊमाथि तरवारद्वारा आक्रमण गरे ..
तर आकस्मक यौद्धाहरूको घुइँचोले उसलाई छोपियो ..
उनका दृष्टिबाट हटाइ दियो ..
तर केही छिनमै फेरा देखा पर्याे ..
अनि उनले पुनः उसमाथि लम्केर आक्रमण गरे ...
मज्जआ र हुर्मुजानले दुवैले आºना तरवारद्वारा परस्पर लडाइमा जुधे..
एक अर्कामाथि भीषण प्रहार गरे ...
यस पाली मज्जआको तरवारले लक्ष्यसम्म पुग्न असफल भयो ..
तर हुर्मुजानको तरवार निसाना सम्म पुग्न सफल भयो ...
यसरी यो साहसी पराक्रमी यौद्धा रणभूमीमा लडन पुगे ....
तर अल्लाहले उनको मारफत जुन सफलता प्रदान गर्नु भएको थियो...
त्यस प्रति उनका आँखा आनन्दित भएका थिए ..
मुसलमान सेनाले निरन्तर युद्ध जारी राखे ..
अन्ततः अल्लाह तआलाले उनीहरूलाई विजय प्रदान गर्नु भयो ...
र हुर्मुजान उनका कब्जामा बन्दी भएर आयो ...
¡¡¡¡¡
¡ युद्धको समाप्ति पश्चात...
मुसलमानका अमीर उमर फारूकालाई ...
विजयको सुसमाचार सुनाउन समाचारदाताको समूहले परस्थान गरेका छन् ..
आºना साथमा हुर्मुजानलाई बन्दी बनाइ खलीफालाई देखाउन लिएर जाँदैछन् ..
उसको शिरमाथि बहूमूल्य मणिकाद्वारा आभूषित मुकुट राखिएको छ...
र जिउमा सुनको धागोले बुनिएको पोसाक पहिरन गरेकोछ ..
तर यो सँगसँगै ...
उनीहरू खलीफतुल मुस्लिमीनका प्रिय बहादुर यौद्धा मज्जआ बिन सौरको शोकाकुल समाचार पनि बोकिएका छन् ...
.¡¡¡¡¡
समाप्त
No comments:
Post a Comment