¡¡¡¡¡ नुअ्मान बिन मुकर्रिन अल मुजनी ¡¡¡¡¡
¯¯¯रजियल्लाहु अन्हु ¯¯¯
@ प्रस्तुतिः मुहम्मद सुहैल नदवी
¡¡¡¡¡
¡ मुजैना समुदायले आफ्ना घरहरू यस्रिबको नजिकै ...
मक्का र मदीनाको बाटोमा बनाएका थिए ...
रसूल सल्लल्लाहु अलैहि व सल्लम मदीनातिर प्रस्थान गरी सक्नु भएको थियो ..
उहाँका खबर र समाचारहरू मुजैना समुदाय तिर पनि आवातजावात गर्ने मार्फत पुग्दै थिए ...
उनीहरूले अहिलेसम्म उहाँको बारेमा राम्रा समाचारहरू मात्र सुनेका थिए ...
एक दिन बेलुकातिर...
उनका सरदार नुअ्मान बिन मुकर्रिन आफ्ना दाजुभाई र समुदायका बुढापाकाहरूका साथमा
एउटा बैठकमा बसेका थिए ...
उनले उनीहरूलाई भने ...
हे जनसमूह .. हामीले मुहम्मदको बारेमा मात्र राम्रो खबर नै थाहा पाएका छौं ...
उनका अह्वानमा करुणा, आचारसंहिता र निसाफको कुरा मात्र सुनेकाछौं ....
फेरि हामी किन उहाँतर्फ जान ढिलो गरि रहेका छौं...
सबै मानिसहरू उहाँतर्फ हतार हतार जाँदैछन् ...
आफ्नो कुरा अगाडि बढाउँदै उनले भने...
मैले भोलि बिहान उहाँसमक्ष पुग्न निर्णय गरि सकेको छु ...
तिमीहरू मध्ये जो मेरो साथमा जान इच्छुक छ, तयार भएर आए हुन्छ ...
नुअ्मानको यो बोलले मानौं जनसमूहको मुटुको तार हल्लाइ दिएको थियो ..
बिहानी उदाउँदै उनले आफ्ना दशौं दाजुभाइहरू र उनका समुदायका चार सय घोडसवारलाई देखे ..
उनीहरू पूर्णतः तयार भएर आएका रहेछन् ...
र यस्रिब तिर जाने र रसूल सल्लल्लाहु अलैहि व सल्लमसित भेट गर्ने र इस्लाममा प्रवेश गर्न तत्पर ...
तर नुअ्मानले यत्रो ठूलो जनसमूहसाथ रसूल सल्लल्लाहु अलैहि व सल्लमसमक्ष खालि हात पुग्न ...
र उहाँको निमित्त र सर्वसाधारण मुसलमानहरूको लागि केही कोसेली साथमा नलिइ जान लाज माने ...
तर त्यो समय सुख्खा लागेको थियो ...
मुजैना समुदाय भित्र पनि यस सुख्खा र भोकमरीले न कुनै जनावर छाडेको थियो न कुनै बालीनाली ...
तापनि नुअ्मान आफ्नो र आफ्ना दाजुभाइका घरभित्र पसेर सुख्खायामले जेजति बाँचि राखेका थिए..
सबैलाई जम्मा गरे ....
र यी जनावरहरू हकार्दै मदीनातर्फ प्रस्थान गरे ...
रसूल सल्लल्लाहु अलैहि व सल्लम समक्ष पुगेर उनले र उनका साथ आएका सबै जनाले ..
आफ्नो मुसलमान हुने घोषणा गरे ...
¡¡¡¡¡
¡ यस्रिबको एक कुनादेखि अर्काे कुनासम्म नुअ्मान र उनका साथीहरूको आगमनले खुसीले गदगद भयो ...
यो भन्दा पहिले अरबभित्र भएका कुनै परिवारका सदस्याहरूमा ...
एकै साथ एउटै आमाबुवाका दस सन्तान भएका दाजुभाईहरू ....
र उनका साथमा चार सय सशत्र जवानहरू..
पहिलो पटक इस्लाममा प्रवेश गरेका थिए ...
रसूल सल्लल्लाहु अलैहि वसल्लमले पनि नुअ्मानको इस्लाम स्वीकार्ने कार्य प्रति ....
आफ्नो प्रसन्नता व्यक्त गर्नु भयो ...
अल्लाह तआलाले उनका दान र कोसेलीलाई स्वीकार गर्नु भयो ...
र उनीहरूलाई उद्धृत गर्दै कुर्आन अवतरण गर्नु भयो ...
“ व मिनल अअ्राबि मन् युअ्मिनु ...
“गाउँलेहरूमध्ये यस्ता मानिसहरू पनि छन् जो अल्लाह र अन्तिम दिन प्रति विश्वास राख्दछन् .... र आफ्नो माल खर्च गरि अल्लाहको निकटता खोज्दछन् र रसूलको आशिर्वाद पनि ... वास्तवमा त्यो उनीहरूकोलागि निकट पार्ने साधन हो ... चाढै नै अल्लाहले उनीहरूलाई आफ्नो करुणाभित्र प्रवेश गराउनु हुन्छ ... निसन्देह अल्लाह अत्यन्त क्षमाशील र करुणामयी हुनुहुन्छ” ... (अल् तौबाः४)
नुअ्मान बिन मुकर्रिनले यसरी रसूल सल्लल्लाहु अलैहि व सल्लिमको झण्डामुनि प्रवेश पाए ..
र उहाँको साथ संलग्न भइ उहाँका हरेक युद्धमा सहभागी रहे ...
आफ्नो पूर्ण सामर्थ्य र निरन्तर साहसका साथ ...
र खिलाफलको भार अबू बक्र सिद्दीकको काँधमा आए पछि ..
उनका साथ पनि उनले र उनका समुदाय बनु मुजैनाले सशक्त अडान लिएका थिए ..
जसका कारण मुर्तदहरूको विद्रोह विरुद्ध सैन्य सञ्चालनमा अति नै सहयोग पुगेको थियो ...
¡¡¡¡¡
¡ तर जब खिलाफतको अभिभारा उमर फारुकले बोक्नु पर्यो ..
उनको पालामा नुअ्मान बिन मुकर्रिनको अर्कै स्थान रह्यो ...
जसलाई इस्लामी इतिहासले सधैं प्रशंसाको शैली र सराहनाको भाकामा स्मरण गर्दै आएको छ ...
¡¡¡¡¡
¡ कादिसियाको युद्धदेखि केही दिन अगाावै ...
मुसलमान सेनाका सेनापति सअद बिन अबू वक्कासले फारस नरेश किस्रा यज्दगरतिर ..
नुअ्मान बिन मुकर्रिनको नेतृत्वमा एउटा प्रमण्डल पठाए ...
र उनलाई इस्लाम स्वीकार गर्ने निमन्त्रण दिएका थिए ...
यो प्रमण्डल जब फारसको राजधानी मदायन पुग्यो ..
उनीहरूले किस्राको दरबारमा उपस्थितिको लागि अनुमति माँगे ...
उनले अनुमति दिए ..
र आफ्नो अनुवक्तलाई बोलाएर उसलाई भने ...
यिनीहरूलाई सोधः
तिमीहरू हाम्रो देशतिर किन आएका छौ? ...
के कारणले हामीसित युद्ध गर्न खोज्दैछौ? ...
शायद तिमीहरूले हाम्रो शासन खोस्न र हामी सित युद्ध गर्न साहस गरेकाछौ ...
किन भने हामीले तिमीहरूको वास्ता गरेका छैनौं ...
र तिमीहरूमाथि दमन गर्ने चाहेका छैनौं ....
त्यतिखेर नुअ्मान बिन मुकर्रिन आफ्ना साथीहरूतिर फर्केर भने ...
यदि तिमीहरूले अनुमति दिन्छौ भने म यसको उत्तर दिन्छु ...
र यदि तिमीमध्ये कोही कुरा गर्न इच्छुक छ भने ..
म उसैलाई अवसर दिन्छु ...
उनीहरूले भने ...
होइन .. बरु तपाईँ नै कुरा गर्नुस...
अनि सबै जना किस्रातिर फर्केर भने ...
यो व्यक्ति हाम्रो भाषामा तपाईसित कुरा गर्छ ...
यसले भनेको कुरालाई राम्ररी सुन्नु होला ...
अनि नुअ्मानले अल्लाहको प्रशंसा र स्तुति गरेर रसूल सल्लल्लाहु अलैहि व सल्लम माथि दरुद पढे ..
त्यस पछि आफ्नो वक्तव्य यसरी राखे ...
“निसन्देह अल्लाहले हामी माथि दया गर्नु भयो” ..
“तसर्थ हामीतिर एउटा सन्देशवाहक पठाउनु भयो” ...
“जसले हामीलाई उत्तम कार्य दर्शाउनु हुन्थ्यो र त्यसलाई गर्ने आदेश दिनु हुन्थ्यो” ..
“र दुष्ट कार्य प्रति सचेत गराउनु हुन्थ्यो र हामीलाई त्यसबाट मनाहि गर्नु हुन्थ्यो” ...
“यदि हामीले उनका कुरा स्वीकार गर्याै भने” ..
“उहाँले हामीसित वाचा गर्नु भयो कि अल्लाहले हामीलाई” ...
“लोक प्रलोकको समस्त उपकार प्रदान गर्नु हुन्छ” ...
“थोरै दिन नबित्दै” ...
“अल्लाहले हाम्रो संकुचनलाई फराकिलो बनाई दिनु भयो” ..
“हाम्रो हीनतालाई महानतामा परिणत गरी दिनु भयो” ..
“र हाम्रो शत्रुतालाई भाइचारा र मायामा फेरी दिनु भयो” ...
“उहाँले हामीलाई मानिसहरूले पनि हामी जस्तै स्वभाग्य प्राप्त गर्न पाउन भनेर” ...
“उनीहरूलाई पनि यसैकार्य प्रति निम्त्याउने आदेश दिनु भयो” ...
“र सबै भन्दा पहिले हामीलाई आफ्नो छिमेकीहरूबाट थालनी गर्ने हुकुम गर्नु भयो” ...
“तसर्थ तपाईँलाई हाम्रै धर्ममा प्रवेश गर्ने आग्रह हामी गर्दैछौं” ...
“यो धर्मले सबै उत्तम कुरालाई राम्रो भन्छ र यसलाई अंगाल्न आग्रह गर्छ” ..
“र सबै दुष्कर्मलाई दुष्ट भन्छ र यसबाट जोगिने चेतावनी दिन्छ” ...
“यस धर्मले यसलाई अवलम्बन गर्नेहरूलाई अनास्थाको अँध्यारोबाट निकालेर” ...
“आस्था र विश्वासको उज्यालो र उसको निसाफ तिर ल्याउँछ” ...
“यदि तपाईँँ इस्लामलाई स्वीकार गर्नु हुन्छ भने” ..
“हामीले तपाईँमध्ये अल्लाहको किताबलाई राख्छौं” ...
“र यसको ऐन संहिता जारी गर्छौैं” ...
“तपाईलाई यसको आदेश बमोजिम कार्य सञ्चालन गर्नु पर्छ” ...
“हामी फर्की हाल्छौं” ..
“तपाईलाई तपाईँकै अवस्थामा छाडेर” ...
“यदि तपाईँले अल्लाहको संहिता अधिन प्रवेश गर्न मान्नु हुन्न भने” ...
“हामीले तपाईँहरूसित जिज्या (कर) लिन्छौ” ...
“र तपाईँहरूको रक्षा गर्छाैं” ...
“यदि कर दिन पनि स्वीकार गर्नु हुन्न भने तपाईसित युद्ध गर्नेछौं” ...
यो सुनेर यज्दगर्दको रिस र क्रोध झन सल्कियो ...
उनले भने ...
“मैले पृथ्वीभरि कुनै यस्तो समुदाय देखेकै छैन” ..
“जो तिमीहरू भन्दा बढी असभ्य र अल्पसंख्यक होला”..
“अथवा जसमा तिमीहरू भन्दा बढी शत्रुता र अभद्रता होला”...
“तिम्रो जिम्मा हामी सीमावर्ती गभर्नरहरूलाई लगाइ दिन्थे” ..
“उनीहरूले नै तिमीहरूलाई मेरो अधीनमा राख्ने काम गर्ने गर्दथे” ..
त्यस पछि उनको रीस अलि शान्त भए पछि उनले भने ..
“यदि तिमीहरूको खाँचो र आवश्यक्ताहरूले तिमीहरूलाई यहाँसम्म पु¥याएका छन्” ..
“हामीले तिमीहरूको जमिन पैदावार उब्जउन्जेलसम्म खानापानीको व्यवस्था गरी दिन्छौं” ..
“तिम्रो समुदायका अगुवा र सरदारहरूलाई पोसाक दिन्छौं” ..
“र हाम्रै तर्पmबाट एउटा राजा नियुक्त गरी दिन्छौ जसले तिमीहरूलाई दया र माया गर्नेछ” ...
यो सुनेर प्रमण्डलका एक सदस्यले यस्तो जवाफ दिए ..
जसले उनको रिसलाई पुनः बढाइ दियो ..
उनले भने ...
“यदि सन्देशबाहकहरूलाई नमार्ने परम्परा हुँदैन्थ्यो भने म तिमीहरू सबैको ज्यान लिन्थे” ..
“उठि हाल” ..
“तिमीहरूको लागि म नेर केही छैन” ...
“आफ्नो अगुवालाई भनिदेऊ” ...
“म उतिर आफ्नो सेनापति रुस्तमलाई पठाउँदैछु” ...
“उसले उसलाई र तिमीहरू सबैलाई कादिसियाको खाल्डोमा पुरि दिने छ” ...
अनि उनले माटोको एउटा पोको ल्याउने आदेश दिए ..
र आफ्नो मान्छेलाई भने ..
“यी प्रमण्डलमा सबैभन्दा इज्जतदार मानिसलाईको सिरमाथि याे पाेका राख” ...
“र यी सबैलाई जनसमूह बीचबाट हकार्दै लै जाऊ”...
“यसै अवस्थामा हाम्रो राजधानीको ढोकाबाट बाहिर जाऊन्” ...
उनीहरूले सोधे ...
“तिमीहरू मध्ये सबै भन्दा सम्मानित व्यक्ति को हो ?” .. ..
आसिम बिन उमरले तुरन्त अगाडि बढेर भने ...
“म हो ”....
तसर्थ उनीहरूले उनीमाथि त्यो पोका राखे ..
उनी त्यो माटो लिएर मदाइनबाट निस्किए ..
त्यस पछि आफ्नो ऊँटमाथि राखेर सअद बिन अबु वक्काससम्म पु¥याए ..
उनलाई यो शुभ संकेत सुनाए ....
“अल्लाहले छिटो नै फारसका मुलुकमाथि मुसलमानहरूलाई विजय दिनुहुन्छ” ...
“र उनीहरूको जमिनको माटोका मालिक बनाउनु हुन्छ”...
त्यस पछि कादिसियाको युद्ध भयो ...
र त्यसका खाल्डोहरू पुरिए पनि ..
ह्जारौं हजार हताहत भएका शवहरूले गर्दा ..
तर मुसलमानहरूका शबले होइन...
उनै किस्राका सेनानीहरूका शवले ...
¡¡¡¡¡
¡ फारसीहरू कादिसियाको मैदानमा पराजित भएर पनि शान्त भएनन् ...
उनीहरूले आफ्ना दलहरूलाई भेला पारे ...
तितरबितर सेनाहरूलाई पुनः व्यवस्थित गरे ...
यसरी उनीहरूको संख्या एकलाख पचास हजारसम्म पुग्यो ...
त्यो पनि सशक्त र पराक्रमी यौद्धाहरूको ...
उमर फारूकलाई यस विशाल जमघट भेला भएको खबर पुग्यो ...
उनले यो महत्पूर्ण खतराको प्रतिकार आफै गएर गर्न खोज्दै थिए ...
तर अरु मुसलमान अगुवाहरूले उनलाई यसबाट मनाही गर्दै ...
यस्तो गम्भीर अवस्थामा कुनै भरोसा योग्य पृत्नापतिलाई पठाउने सल्लाह दिए ...
उमरले भने ...
त्यस सीमावर्ती क्षेत्रको जिम्मा कसलाई सुम्पिउँ ...
मलाई सल्लाह देऊ ..
उनीहरूले उत्तर दिँदै भने ...
आफ्नो सेनाको बारेमा तपाईँ नै बढी जानिफकार हुनुहुन्छ हे अमीरुल मुमिनीन ...
उनले जवाफ दिए ...
अल्लाह कसम ...
मुसलमान सेनाको सेनापति म यस्तो व्यक्तिलाई बनाउँछु ...
जब दुइ सेनाको मुठभेड हुन्छ भने ...
त्यो व्यक्ति भाला भन्दा पनि तीब्र हुने गर्छ ...
त्यो व्यक्ति हो ... नुअ्मान बिन मुकर्रिन मुजनी ...
सबैले सहमति जनाउँदै भने ..
सत्य हो ... त्यो व्यक्ति त्यसकोलागि अति नै उत्तम हो ...
उमर ले उनलाई एउटा पत्र लेखेर यो भने ...
“अल्लाहको भक्त उमर बिन खत्ताबद्वारा नुअ्मान बिन मुकर्रिनको लागि ...
अनि .. मलाई खबर प्राप्त भयो ..
अजमको एउटा विशाल जनसमूह तिमीहरूको विरुद्ध ...
नहावन्दमा भेला भएको छ अरे !...
यदि तिमीलाई मेरो यो पत्र प्राप्त भयो ...
अल्लाहको हुकुमले .. अल्लाहको सहयोगमा ..
अल्लाहको मद्दतमा ...
तिमीसँग भएका मुसलमानहरूको साथमा त्यहाँ जाऊ ...
मुसलमानहरूलाई कठिन बाटो हिँडाएर दुःख नदेऊ ...
किन भनै एउटा मुसलमान मलाई एक हजार दीनार भन्दा पनि प्रिय रहेको छ ..
अल्लाहले तिमीमाथि कृपा गरुन्” ...
नुअ्मान आफ्नो सेनाकासाथ शत्रुसित मुठभेड गर्न निस्के ...
आफ्नो सेनाका एक समूहलाई बाटो खोल्नको निम्ति अगाडि पठाए ...
जब त्यो अग्र सेना नहावन्द नजिक पुग्यो ...
उनका घोडाहरू अकस्मात अडे..
उनीहरूले अगाडी हाँक्दा पनि एक पाइला हिडेनन् ...
ओर्लिएर अवस्था जाँच्न खोज्दा उनीहरूले घोडाहरूको खुट्टामा ...
काँटीको सिर जस्तै फलामका टुक्राहरू रोपिएका देखे ...
जमिनमा हेर्दा त्यहा त फारसीहरूले नहावन्दको बाटो भरि फलामको अंकुशहरू पो लुकाएका रहेछन् ...
यसबाटोमा हिड्ने पैदल यात्रु अथवा घोडालाई नहावन्द पुग्न नदिने उद्देश्यले ...
¡¡¡¡¡
¡ तिनी घोडसवारहरूले नुअ्मानलाई आफू देखेका र परेका कुराहरू सुनाए ...
र यस समस्याको समाधानमा उनका सल्लाह माँगे ...
उनले उनीहरूलाई आफ्नै ठाउँमा रोकिने आदेश दिए ..
साथै रातिमा शत्रुहरूले उनीहरूलाई हेर्न पाउने गरी विशाल आगो बाल्ने सल्लाह दिए ..
शत्रुहरूले उनीहरूलाई देख्दा भयभित हुने र उनीहरू समक्ष पराजित हुने प्रदर्शनी गर्ने परामर्श दिए ...
यसरी शत्रुहरू नजिक आउँछन् र रोपेका सबै फलामे अँकुशहरू आफैं निकाल्नेछन् ....
फारसीहरू मुसलमानका यस दाउपेचमा पर्न गए ...
उनीहरूले मुसलमान अग्रसेनालाई पराजित भएर फिर्ता जाँदै हेर्न वित्तिकै. ...
आफ्ना कार्यकर्ताहरू पठाई बाटोमा ओछ्याएको सबै फलामे टुक्राहरू सफा गराए ...
अनि मुसलमानहरू पुनः फर्केर उनीहरूमाथि आक्रमन गरे ..
र त्यसबाटोलाई आफ्नो नियत्रणमा लिए ...
¡¡¡¡¡
¡ नुअ्मानले नहावन्दको बाहिरपट्टि आफ्नो सेनालाई पँक्तिबद्ध गराए ...
उनले शत्रुहरूमाथि अकस्मात आक्रमण गर्ने निर्णय गरे ...
उनले आफ्नो सेनालाई आदेश दिँदै भने ...
हेर्नुस् .. म तीन पटक अल्लाहु अक्बर भन्छु ...
पहिलो पटक अल्लाहु अक्बर भने पश्चात तयार नभएका सेनानी पनि तयार हुनु ...
दोस्रो पटक अल्लाहु अक्बर भने पश्चात सबैले आफ्नो हतियार सम्हाल्नु ...
र मैले तेस्रो पटक अल्लाहु अक्बर भन्न वित्तिकै ..
अल्लाहका शत्रुहरूमाथि आक्रमण गर्छु तिमीहरू पनि मसँगै आगक्रमन गर्नु ...
¡¡¡¡¡
¡ नुअ्मान बिन मुकर्रिनले आफ्ना तीनै तक्बीर भने ...
र शत्रुका पङ्क्तिभित्र प्रबेश गरे ...
मानौ कुनै बाघ आक्रमण गर्दैछ ...
उनको पछि पछि मुसलमान सेनाले पनि बाढीको पानीको प्रवाह जस्तै प्रवाहित भए ...
दुबै समूहबीच घमासानको युद्ध भयो ...
इतिहासले सायद नै यस्तो भीषण युद्ध देखेको थिएन होला ...
¡¡¡¡¡
¡ अन्नतः फारसको सेना नरम्रो सँग च्यातचुत भयो ..
तिनीहरूमा हताहत हुनेहरूले चौर र पहाड सबैलाई ढाकि दिए...
उनका रगत बाटो घाटोमा बग्न थाल्यो ...
यस्तै बग्दै रगतमा नुअ्मानको घोडा चिप्लियो ...
नुअ्मानको आफ्नै हतियार उनलाई प्राणघातक बन्यो ...
उनका भाईले हातबाट झण्डा लिएर आफैं समाते ...
उनलाई च्यादरले ढाकिए ...
उनको मृत्युको कुरा साधारण मुसलमानहरूलाई थाहा हुन दिएनन् ...
जब युद्धको परिणामस्वरुप मुसलमानहरूले विजय प्राप्त गरे ..
उनीहरूले यसलाई महान विजयको संज्ञा दिए ...
विजयी सेनाले आफ्नो पराक्रमी सेनापतिलाई खौज्न थाले ..
नुअ्मान बिन मुकर्रिन कहाँ हुनुहुन्छ ....
अनि उनका भाईले उनको शवमाथिबाट च्यादर उचालेर भने ...
यो तपाईको सेनापति हुनुहुन्छ ...
अल्लाहले उनका आँखालाई विजय प्रदान गरेर चिसो पार्नु भयो ..
र अन्तमा शहादतको पुरस्कार पनि ....
अल्लाह उनीसित प्रसन्न होऊन् .....
¡¡¡¡¡
समाप्त
प्रस्तुतिः मुहम्मद सुहैल नदवी
No comments:
Post a Comment