Monday, October 20, 2025

अन्तिम दूतका साथीहरूको जीवन चित्रका केही झझल्को - ३१

 

○ उमैर बिन सअद –२ 

रजियल्लाहु अन्हु

प्रस्तुतिः मुहम्मद सुहैल नदवी


○ भर्खरै हामीले महान् सहाबी उमैर बिन सअ्दको...

बाल्यकालका केही विचित्र झल्कोहरू देख्यौं ...

आउनुहोस् !! उहाँको जीवनका परिपक्व अवस्थाका केही घटनाहरूको पनि ...

अवलोकन गर्ने सौभाग्य प्राप्त गरौं ....

आशा छ यो दोश्रो चित्राङ्कन पनि सौन्दर्य र चहकिलोपनमा ...

पहिलो दृश्यहरूको दाँजोमा कम्ति हुँदैन होला ...

 

○ हिम्सका बासिन्दाहरू ...

आफ्ना गभर्नरहरूप्रति ..

अति कुविचार राख्ने .. धेरै आलोचना गर्ने बानी परेका थिए ...

जुनसुकै गभर्नरको नियुक्ति भए पनि ...

उनीहरूले उसभित्र कुनै न कुनै दोष निकाल्ने गर्थे ..

उसका केही कमिकमजोरीको खोट लगाउने गर्थे ...

र तुरन्त अमीरुलमुमिनीन कहाँ उसको उजुरी पुर्याउने गर्थे ...

ऊ भन्दा कुनै उत्तम व्यक्तिको नियुक्तिको आवेदन गर्ने गर्थे ...

हज्रत उमर फारूकले यस पालि निधो गर्नुभयो ...

कुनै यस्तो गभर्नरलाई म पठाउँछु ..

जसभित्र उनीहरूलाई कुनै दोषारोपन गर्ने मौका नहोस् ...

जसको जीवनमा कुनै कमजोरी पत्ता लगाउन नसकून् भनेर ...

उहाँले आफ्नो पहुँचमा भएका व्यक्तिहरूको घोर मन्थन गर्नुभयो ...

सबैलाई एकएक गरि पारखीको दृष्टिले मनमनै जाँच्नुभयो ...

यस कामका लागि उमैर बिन सअ्द भन्दा अरू कोही राम्रो व्यक्ति... 

उहाँको मुटुको जलधि तर्न सकेन...

अर्को कुनै व्यक्ति इच्छित हुन सकेन ...

त्यतिखेर उमैर बिन सअद शामको जजीरा क्षेत्रमा ...

एउटा सैन्य अभियानको अगुवाइ गर्दै थिए ..

अल्लाहको पथमा युद्ध लड्दै थिए ...

एक पछि अर्को शहर फत्ते गर्दै थिए ..

निरन्तर किल्लाहरूमाथि कब्जा गर्दै र समुदायहरूलाई पराजित पार्दै थिए ..

जुन जमिनलाई जित्थे, त्यहाँ मस्जिदहरूको निर्माण कार्य गर्दै थिए ...

यो सबै हुँदाहुँदैपनि उनलाई अमीरुल् मूमिनीनले बोलाएर ..

हिम्सको गभर्नरको पद हस्तान्त्रण गर्नुभयो ...

उनलाई हिम्स जाने आदेश दिएर अनिवार्य त्यहाँ पुग्न बताउनु भयो ...

तसर्थ उनले पनि अमीरुल मूमिनीनको आदेशको पालना गर्दै ...

त्यहाँ पुगे ...

मनले नचाहे तापनि ..

अझैं अल्लाहको पथमा लडाईँ लड्दै जाने प्रबल इच्छा भएता पनि ...

○ उमैर हिम्स पुगे ...

सम्पूर्ण मानिसहरूलाई एउटै मस्जिदमा भेला हुने अह्वान गरे ...

नमाज सकिए पश्चात् उनले मानिसहरूसमक्ष एउटा भाषण दिए ..

उनले अल्लाहको प्रशंसा र उहाँको स्तुति पछि ...

रसूल सल्लल्लाहु अलैहि व सल्लममाथि “दरूद” अर्पण गरेर भने ...

हे जनसमूह !! निसन्देह इस्लाम भनेको एउटा ..

सुरक्षित किल्ला र भरोसा योग्य ढोका हो ...

इस्लामको किल्ला निसाफ गर्नु ..

र उसको ढोका सत्यता हो ..

यदि किल्लालाई भत्काइयो र त्यसको ढोकालाई तोडियो भने..

यस धर्मको धरोहर र ढुकुटी नासिन्छ ...

नि:सन्देह इस्लाम तबसम्म बलियो रहन्छ ..

जबसम्म शासन र प्रशासन बलियो रहन्छ ...

शासकको बल कोर्राले हिर्काउने मात्र होइन...

अथवा तरवारले काटेमात्र हुँदैन ...

तर शासकको शक्ति निसाफ गर्नु र हकदारलाई हक प्रदान गर्नु नै हो ..

त्यस पछि आफ्नो कामतिर गइ हाले ..

र उक्त छोटो भाषणमा बनाइएको कार्यप्रणलीलाई सञ्चालित गर्न थाले ...

○ हिम्समा पुरै एक वर्षसम्म बिताउँदा पनि ..

उमैर बिन सअदले यस अवधिभित्र ....

अमीरुल मूमिनीन उमर बिन खत्ताबलाई एउटा पत्र पनि लेखेनन् ....

केन्द्रीय बैतुलमालमा कूत तिरोमध्ये एक दीनार वा दिर्हम पठाएनन् ..

यसरी उमर बिन खत्ताबको मनमा उनी प्रति शंका उत्पन्न हुन थाल्यो ..

उहाँ आफ्ना गभर्वरहरूप्रति अति नै सम्वेदनशील हुनुहुन्थ्यो ..

शासनको दुरुपयोग प्रति अत्यन्तै सचेत हुनुहुन्थ्यो ...

किनभने उहाँको विचारमा रसूल सल्लल्लाहु अलैहि व सल्लम बाहेक...

अरु कुनै व्यक्ति अशुद्धि र गल्तीबाट चोखो हुँदैन ....

उहाँले आफ्नो मुन्सीलाई भन्नुभयो...

उमैर बिन सअद्लाई एउटा पत्र लेख ..

त्यसमा भन ..

तिमीले अमीरुलमूमिनीनको यो पत्र पाउने बित्तिकै ...

हिम्सलाई छोड र उहाँ समक्ष हाजिर होऊ ...

मुसलमानको जति कर, कुत तिरो तिमीले जम्मा गरेका छौ ...

सबै साथमा लिएर आऊ ...

○ उमैर बिन सअदले उमरको पत्र पाउने बित्तिकै ..

अल्लाह दुवैदेखि प्रसन्न होऊन् ..

उनले आफ्नो सामलको थैलो बोके ..

काँधमाथि खाने बर्तन र वजुको भाँडो राखे ..

हातमा आफ्नो भाला समाते ...

हिम्स र हिम्सको शासनलाई छोडेर हिँडे ...

र पैदल यात्रा गर्दै मदीना तर्फ लागे ..

उमैर मदीनासम्म पुग्दा पुग्दै ...

उनको जिउको रङग परिवर्तन भइ सकेको थियो ...

उनको शरीर कम्जोर र कपाल लामो भइ सकेको थियो ...

उनीमाथि यात्राको थकान देखा पर्दैथ्यो ...

○ उमैर बिन असद अमीरुल मूमिनीन उमर बिन खत्ताबको सामु पुगे ...

उमर फारूक उनको अवस्था देखेर आश्चर्यचकित हुनुहुभयो ...

उनलाई सोध्नुभयो ...

हे उमैर ! तिमीलाई के भयो ?

उनले जवाफ दिए ...

केही भएको छैन हे अमीरुल मूमिनीन !

अल्लाहको कृपाले म सकुशल एवं स्वस्थ्य नै छु ...

मैले साथमा सम्पूर्ण संसारलाई बोकेको छु ..

उसको दुवै सिङ समात्दै हिडेको छु ...

उहाँले सोध्नुभयो ...

तिम्रो साथमा संसारको के कति छ त ? .. ..

उनले साथमा बैतुलमालको लागि केही धनराशि ल्याएका छन् होला भन्ने सोचेर उहाँले सोध्नुभएको थियो ...

उनले जवाफ दिए ...

मेरो साथमा मेरो थैलो छ र यसमा केही चामल सामलहरू ...

मेरो भाँडा वर्तन ..

त्यसमा खाना खान्छु ..

सिर र लुगा धुने गर्छु ..

एउटा मसक मेरो वजु र पानीको लागि...

हे अमीरुलमूनीन ! सम्पूर्ण संसार त मेरा यही सामग्री अधीनमा छ नि? ...

यस अतिरिक्त सबै अनावश्यक हुन् ...

मलाई त्यसको आवश्यकता छैन र कसैलाई पनि नहुनु पर्ने हो ...

उमर बिन खत्ताबले सोध्नुभयो ..

तिमी हिँडेर पैदल आएका हौ ? ... 

उनले उत्तर दिए .. हजुर, हे अमीरुलमूमिनीन !!....

उहाँले भन्नुभयो ..

तिनीहरूले चढ्नकोलागि गभर्नरको सवारी दिएनन् ? .. .

उनले भने ... उनीहरूले दिएनन् .. 

र मैले माँगिन पनि ...

उहाँले सोध्नुभयो ... अनि बैतुल मालको लागि ल्याएको समानहरू खै त ? ..

उनले जवाफ दिए ..

केही ल्याएको छैन ....

किन ? उहाँले फेरि प्रश्न गर्नुभयो ...

उनले भने ..

जब म हिम्स पुगें ...

मैले वहाँका राम्रा मानिसहरूलाई भेला पारें ..

उनीहरूलाई कर असुली गर्न अह्राएँ ...

उनीहरूले जहिले पनि केही संकलन गरेर ल्याए भने ..

म उनीहरूसँग परामर्श गर्थें ..

र त्यसलाई उसकै ठाउँमा पुर्याइ दिन्थें ...

उनीहरूमध्ये अति आवश्यक मानिसहरूमाथि खर्च गरि हाल्थेँ. ..

हज्रत उमरले आफ्नो मुन्सीलाई भने ...

उमैरको लागि हिम्सको गभर्नरको पद नवीकरण गर...

असम्भव .. उमैरले जवाफ दिए ..

अब यस्तो कुराको इच्छा छैन ..

अब तपाईँको गभर्नर बन्न सक्दिँन ...

तपाईँको मात्र होइन हे अमीरुलमूमिनीन !

तपाईको कुनै उत्तारिधिकारीको पनि बन्दिँन ...

यो भनेर मदीनाको छेऊमा भएको एउटा गाउँतिर जाने ...

र त्यहाँ परिवारको साथ बस्ने अनुमति माँगे ..

उहाँ अनुमति दिनुभयो ...

○ उमैरले गाउँतिर लागेको धेरै समय बित्‍न नपाउँदै ...

उनको हाल खबर बुझ्न ...

के कस्तो अवस्थामा छन् भन्ने जान्न..

हज्रत उमरलाई मन लाग्यो ...

उहाँले आफ्नो एउटा भरोसायोग्य व्यक्ति हारिसलाई पठाए ...

हे हारिस !! तिमी उमैर बिन सअद् कहाँ पुग ..

उहाँले भन्नुभयो ..

उनको घरमा एउटा अतिथि समान जाऊ ..

यदि अनन्दित देख्यौ भने ...

जसरी जान्छौ त्यसरी नै फर्कि हाल ..

यदि अवस्था दयानीय देख्छौ भने ..

यो सुनको सिक्काको थैलो उनलाई बुझाएर आऊ ..

अनि उनलाई एउटा थैलो दिए ..

त्यस भित्र एक सय सुनको सिक्का थिए ..

○ हारिस त्यहाँबाट हिँडेर उमैर बिन सअदको गाउँ पुगे ..

उनको बारेमा सोधपुछ गरे ...

एक जनाले उनको घरसम्म पुर्याइ दियो ..

उनलाई भेट्दा उनले भने ..

अस्सलामु अलैकुम व रह्मतुल्लाह...

उनले पनि जवाफमा भने ...

व अलैकुमुस्सलाम व रह्मतुल्लाह ..

कहाँबाट आउनु भयो ? ..

मदीनाबाट .. उनले जवाफ दिए ...

त्यहाँ मुसलमानहरूको समाचार कस्तो छ ? ..उनले सोधि हाले ..

राम्रै छ ।जवाफ दिँदै हारिसले भने ...

अमीरुल मुमिनीनको खबर कस्तो छ नि ??

उनले फेरी हज्रत उमरको विशेष समाचार सोधे ...

उनले जवाफ दिए ..

स्वस्थ्य, तन्दरुस्थ ...

के उनीले सजाय दिनु हुन्न ..

उत्सुकताको स्वर आयो ...

किन न हुने ? तुरन्त जवाफ आयो ..

भर्खरै आफ्नो एउटा छोरालाई उसको नराम्रो कार्य प्रति ..

यति कुर्रा हान्नुभएको थियो ..

जस कारण उसको मृत्यु नै भयो ...

उनले दुआ दिँदै भने ..

 हे अल्लाह !! उमरको सहायता गर्नु होला !!!! ..

मैले जाने अनुसार उनी तपाईँसित धेरै माया गर्छन् ..

○ हारिस त्यहाँ उमैर बिन सअदको आतिथ्यमा तीन रातसम्म बसे ...

उनले हरेक राति उनलाई एउटा रोटी खानकोलागि दिने गर्थे ...

तेश्रो दिन हुँदा उनकै समुदायको एक जनाले उनलाई भने ..

तिमीले पाहुना भएर उमैर र उनका परिवारलाई धेरै दुःख दिँदैछौ .....

तिनीहरूसित यही एउटा रोटी हुन्छ ..जो तिमी खाँदै हुन्छौ ...

उनीहरूले आफू नखाइ तिमीलाई दिने गर्छन् ...

उनीहरू भोको बस्दै आएकोले मर्कामा परेका छन् ...

यदि तिमी मेरो घरमा आउन सक्छौ भने आऊ ।.....

○ त्यस बेला हारिसले त्यो सुनको सिक्का भएको थैलो निकाले ..

उमैरको हातमा थमाए...

उमैरले कौतुलताको स्वरमा भने ...

यो के हो ? ...

अमीरुल मूमिनीनले तपाईंको लागि पठाउनु भएको हो ...

हारिसले उत्तर दिँदै भने ...

यो तपाईँ फिर्ता लानुस् ...

उहाँलाई मेरा सलाम भन्नुस् ...

उमैर ले जवाफ दिए ..

उनलाई यो पनि भन्नुस् .. उमैरलाई यसको आवश्यकता रहेन छ ...

घरभित्र उनकी पत्नि आफ्नो लोग्ने र पाहुनाको कुराकानी सुन्दै थिइन्....

उनले ठुलो स्वरमा भनिन् ...

हे उमैर !! यो राखि हाल्नु ... फिर्ता नपठाउनु ...

यदि तपाईँलाई खाँचो हुन्छ खर्च गर्नु ..

नभए आवश्यक मानिसहरूमा बाँडि दिनु ...

आवश्यक मान्छेहरू यहाँ धेरै छन् ...

हारिसले उनको कुरा सुनेर त्यो थैलो उमैरको अगाडि राखेर फर्किए ...

उमैरले त्यो थैलो उठाए ...

त्यसलाई सानो सानो पोका बनाई ....

राति नबित्दै सबै खाँचो परेका परिवारहरूमा बाँडि दिए ...

त्यसमध्ये पनि अनाथहरू र शहिदका सन्तानहरूलाई विशेष गरि ...

○ हारिस मदीना फर्किए ..

हज्रत उमरले उनलाई देख्नासाथ सोध्नुभयो ..

तिमीले के के देख्यौ हारिस !! 

अत्यन्त दयनीय अवस्था !! हे अमीरुल मुमिनीन ...

तिमीले उनलाई दिनारहरू दियौ कि दिएनौ ? .....

उहाँले सोध्नुभयो ..

अँ, दिएँ हे अमीरुलमूमिनीन !! ..

जवाफमा हारिसले भने ...

त्यसको उनले के गरे,केही थाहा भयो ? भनेर सोध्नुभयो ..

मलाई थाहा भएन ...

उनले उत्तर दिए ..

तर मलाई विश्वास छ उनले आफ्नोलागि एक दिनार पनि राखेको छैन होला....

हज्रत उमर फारुकले फेरि एउटा पत्र लेखि उमैरलाई सम्बोधन गर्दै भन्नुभयो...

तिमीलाई मेरो यो पत्र प्राप्त हुने बित्तिकै ...

यसलाई हातबाट नराखिकन मकहाँ हाजिर होऊ ...

○ उमैर बिन असद मदीन पुगे...

हज्रत उमरको सभामा हाजिर भए ...

हज्रत उमरले उनको स्वागत गर्नुभयो ...

आफ्नो निकट बसाउनुभयो ..

फेरि सोध्न थाल्नुभयो ...

उमैर !! ती दीनारहरूलाई कसरी खर्च गर्यौ ? ...

उनले जवाफ दिए ...

तपाईँले ती दीनारहरू मलाई दिनु भएको अब किन सोध्नु हुन्छ ? ...

उहाँले भन्नुभयो ...

म तिमीलाई कसम दिन्छु ...

मलाई जसरी भए पनि भन,तिमीले के गर्यौ ? ...

मैले ती दीनारहरू आफ्नोलागि सुरक्षित राखेको छु ...

त्यस दिनको लागि जब कुनै धनसम्पत्ति र सन्तानले लाभ पुर्याउने छैनन् ...

उनले जवाफ फर्काए ...

यो सुनेर हज्रत उमरको दुवै आँखा अश्रुसिक्त भए ...

उहाँले भन्नुभयो ..

म गवाही दिन्छु .. तिमी ती मानिसहरूमध्ये हौ .. 

जसले आफ्नो आवश्यकताको बेला पनि ..

अरुलाई ग्राह्यता दिने गर्छन्

भोकै रहेर अरुलाई खाना खुवाउने गर्छैन् ...

अनि दुइ वसक अनाज (दस मन जति)  र दुइ जोडी लुगा उनलाई दिने आदेश दिए ...

उनले भने ...

हे अमीरुल मुमिनीन !! मलाई अनाजको खाँचो छैन ...

मैले दुइ साअ् (छ सेर बराबर) जौ घरपरिवारमा छोडेर आएको छु ...

त्यसैलाई खाँदै गर्दा अल्लाहले अरु खानोकुरा पुर्याइ दिनुहुन्छ ...

तर दुइ जोडा लुगा म फलानोकी आमा (पत्नि)को लागि लिन चाहन्छु ...

उनको लुगा पुरानो भएको छ ..

र बेलिवास हुने अवस्था आइ सकेको छ ...

○ हज्रत उमर फारुक र उनका साथीको यो भेटघाटलाई धेरै दिन पनि बितेको थिएन ..

अल्लाह तआलाको तर्फबाट उमैर बिन सअद्को लागि ...

आफ्नो प्रिय रसूल र आँखाको शितलता मुहम्मद बिन अब्दुल्लाहलाई भेटने अनुमति आइ पुग्यो ...

आफ्ना मायालुको चाहना धेरै भए पछि मिलनको समय आयो ...

यसरी उमैर बिन सअद् परलोकको बाटो लागे ...

आनन्दित मन र विश्वस्त पाइलाद्वारा हिँड्दै..

काँधमा संसारको भार नबोकी ...

र जिउलाई संसारिक प्रलोभनको बोझबाट मुक्त पारेर...

साथमा मात्र दिव्य ज्योति र मार्गदर्शनको सामग्री लिएर ...

साथमा इश्भय र सत्यमार्गको प्रतिफल राखेर ...

जब उमरलाई उनको देहान्तको खबर पुग्यो ...

उनी अति नै दुःखित भए ...

अनुहारमा भएको चिन्ता र मुटुमा भएको वेदना कसैले पनि हेर्न सक्दैन ...

उहाँले भन्नुभयो ..

मेरो धेरै चाहना थियो .. मसित उमैर बिन सअद् जस्ता मानिसहरू भएका भए ..

जसलाई म मुसलमानहरूको लागि प्रशासनिक कार्य अह्राउने थिएँ ...

○ अल्लाह तआला उमैर बिन सअद् सित प्रसन्न होऊन् 

र उनलाई पनि प्रसन्न पारून् ...

उनी एउटा अद्भुत र अनुपम व्यक्ति थिए ...

मुहम्मद बिन अब्दुल्लाह (स) को मद्रसाको सर्वोत्तम विद्यार्थीहरू मध्ये  एक ...

समाप्त

प्रस्तुितः मुहम्मद सुहैल नदवी


Wednesday, October 15, 2025

अन्तिम दूतका साथीहरूको जीवन चित्रका केही झझल्को - ३०



 उमैर बिन सअद अन्सारी (१) 

 ⁕○⁕○रजियल्लाहु अन्हु ⁕○

प्रस्तुतिः मुहम्मद सुहैल नदवी




बालक उमैर बिन सअद् अन्सारी...

  कलिलो उमेरमा नै अनाथ्त्य र गरिबीको घुट्की निल्न बाध्य भएको थियो ...

उसका पिता उसको लागि कुनै धनसम्पत्ति अथवा संरक्षक नछोडिकन....

आफ्ना पालनकर्ताको हजुरमा गएका थिए ...

तर उसकी आमाले केही दिनमा नै .....

औस समुदायको एउटा धनि व्यक्ति ....

जसलाई जुलास बिन सुवैद भनिन्थ्यो....

 बिवाहको सम्बन्धमा जोडिन् ...

यसरी जुसालले उनको छोरा उमैरको पालनपोषण गर्ने र संगै राख्ने गरेका थिए ...

जुलासको संरक्षणमा उनीबाट पाएका स्नेह माया र राम्रो व्यवहारले गर्दा ...

उमैरले आफू अनाथ हो भन्ने कुरा पनि बिर्सिए ...

तसर्थ उमैरले पनि जुलासलाई बुवा समान माया गर्न थाले ..

जुलासले उमैरसित पिता र छोराको ममता समान नै  पाेख्दै...

उमैर जसरी उमेरको सिँढि चढ्दै थियो ....

उसरी नै जुलासको माया र स्नेह बढदै थियो ...

उनले याे छोरा भित्र भएको असल बानी ...

र बुद्धिमताको चिन्हलाई राम्ररी हेर्दै थिए ...

जुन चिन्हरू उसको हरेक काम कुराबाट छर्लङ्ग देखा पथ्र्याे ...

र उसको इमानदारी र सत्यताको लक्षणलाई अवलोकन गर्दै थिए ..

जुन उसको हरेक चालढालबाट प्रष्ट हुन्थ्यो ...

○ उमैर बिन सअदले इस्लाम धर्मलाई अंगाली सकेका थिए ...

उनको उमेर भर्खरै दस वर्षलाई नाघेको थियो, तापनि...

उनको सुन्दर मुटुभित्र इमानले खालि ठाउँ पाएर बास गर्याे ..

र इस्लामले उनको विशुद्ध सफा मनभित्र .....

उर्वर जमिन पाएर तह तहमा छिर्न सफल भयो ...

उनी कलिलो उमेरको भए तापनि ....

रसूल सल्लल्लाहु अलैहि व सल्लमका पछाडि पढ्ने कुनै नमाजमा ढिला सुस्ती गर्थेनन् ...

कहिले एक्लै कहिले आफ्नो श्रीमानको साथमा ...

उनलाई मस्जिद जाँदाआउँदा देखेर उनकी आमा खुसीले गदगद हुने गर्थिन् ...

 

○ बालक उमैर बिन सअदको जीवन यसै लहरमा बित्दै थियो ...

शान्त सुखद... आनन्दित, ...

जीवनको शान्ति भंग गर्ने न कुनै पीडा...

उनको सुखद घडीलाई धमिलो पार्ने  थियाे न कुनै वेदना...

तर अल्लाहको मर्जी भयो यस बालकलाई ...

सबैभन्दा कठोर र कष्ठदायी अनुभवमा पार्ने ...

र यस्तो कठिन परीक्षा लिने ...

जो उनका उमेरका कुनै तरुणले साधारणतः दिदैन ...

हिज्रतको नवौ वर्ष ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमले तबूकमा रोमन शासन विरुद्ध लडाईंको घोषणा गर्नु भयो ...

मुसलमानहरूलाई यसको लागि राम्ररी तयार हुने र सरसामान जुटाउने आदेश दिनु भयो ...

यो भन्दा पहिले...

उहाँ कुनै ठाउँमा लडाईंको लागि जानु हुन्थ्यो भने ...

स्पष्ट रुपमा भन्नु हुँदैन्थ्यो ...

जुन दिशा जाने विचार गर्नु हुन्थ्यो ..

त्यसको विपरित भन्ने भ्रम हुन्थ्यो ...

तर यस पाली ..

तबूकको लडाईंको लागि ...

उहाँले स्पष्ट रुपमा भन्नु भयो ..

गन्तव्य टाढा भएकोले...

बाटाे कठिन र शत्रु शक्तिशाली भएकोले हाेला सायद ...

सबैलाई परिस्थितिको कठिनाइ थाहा होस् भनेर

आफ्नो पुरा तयारी गरोस् 

भरपुर अस्त्र–शस्त्रको व्यवस्था रहोस् भनेर ...

यद्यपि गर्मीको ऋतु आरम्भ भइसकोको थियो ...

घाम चर्काे हुन लागेको थियो ..

रुखमाथि फल पाक्ने अवस्थामा थिए ..

रुखको छाँया आनन्दित पार्दै थियो ..

मनमा आराम र विश्राम गर्ने चाहन प्रबल हुँदै थियो ...

यो सबै कुरा भएतापनि ...

आफ्नो इश्दूतको आवाजमा सबैले लब्बैक भने..

स्वरमा स्वर मिलाए ...

युद्धको तयारी थाले

सरसमान जुटाउन आरम्भ गरे ...

यो परिस्थितिमा पनि मुनाफिककाे एउटा दल....

मानिसहरूको साहसलाई ताेड्ने कार्य गर्दै थियो ..

हिम्मतलाई शिथिल पार्ने अभियानमा लागेको थियो ...

मानिसहरूभित्र शंका उपशंका उत्पन्न गर्दै थियो ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमको कुचर्चा गर्दै हुन्थ्यो ..

आफ्नो सभामा उनीहरू यस्ता शब्दहरू प्रयोग गर्दै थिए ...

जो उनीहरूलाई अनास्थाको लाञ्छनामा पार्ने गर्थे...

सेनाले प्रस्थान गर्ने समय भन्दा केही दिन पहिला ...

तरुण उमैर बिन सअद् मस्जिदमा नमाज पढेर घर फर्केका थिए ..

उनले मस्जिदमा आफ्ना दुवै आँखाले देखेका ...

र दुवै कानले सुनेका ..

मुसलमानहरू को दान र उनका बलिदानका चित्राङकनहरू...

मन मस्तिष्कमा छरिएका थिए ...

उनले मुहाजिर र अन्सारकी महिलाहरूलाई देखेका थिए ..

कसरी तिनीहरूले आफ्ना आभूषणहरू फुकालेर ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमको पाउमुनि राख्दै थिइन्

अल्लाहको पथमा जानै यौद्धा सिपालुहरूको अस्त्र शस्त्रको लागि...

उनका सिरको आँखाले निहारेका थिए ...

यो उस्मान बिन अफ्फान हुनु हुन्छ ...

एउटा थैलोमा एक हजार सुनको दिनार ल्याउनु भएको छ...

र रसूल सल्लल्लाहु अलैहि व सल्लमको अगाडि टक्याउँदै हुनुहुन्छ ...

उनले अब्दुर्रहमान बिन औफलाई देखे ..

आफ्नो काँधमाथि दुईसय औकिया सुन लिएर आउनु भएको छ ..

उनले पनि रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा अर्पन गर्नु भएको छ ...

यति मात्र होइन ..

उनले एक जना यस्तो व्यक्तिलाई पनि देखे..

जो आफ्नो औछ्यान बिक्रीमा राखेको छ ...

त्यसलाई बेचेर त्यसको मुल्यद्वारा एउटा तरवार किन्नको लागि...

त्यो तरवार लिएर अल्लाहको पथमा युद्धमा सामेल हुने अवसर प्राप्त हुने इच्छाले ..

उमैर घर पुगेर मनमा यसै विचित्र चित्रणहरूलाई सम्झदै थिए ...

साथै जुलासले अहिलेसम्म ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथमा यात्रा गर्ने तयारी नथालेको ...

दान दक्षिण दिनु सामर्थ्य भएतापनि केही खर्च नगरेको कुराबाट ..

मनमनै आश्चर्यचकित पनि हुँदै थिए ...

तसर्थ उमैरले पनि जुलासको साहसलाई उकेरा लगाउन ..

र उनको मनमा पौरख्याइँलाई बिउँताउनका लागि..

उनले देखे र सुनेका कुरा र दृश्यको कथा उनलाई भन्न थाले ..

खास गरी ती मुसलमानहरूको कथा ...

जो रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा आएर ..

धेरै उत्साहले उनीहरूलाई पनि मुसलमान सेनामा सामेह गर्न आग्रह गरेका थिए ...

तर उनीहरूलाई यो भनेर रसूल सल्लल्लाहु अलैहि व सल्लमले फर्काइ दिनु भएको थियो ..

तिमीहरूको लागि कुनै सवारीको व्यवस्था भएको छैन ..

तसर्थ उनीहरू आँखाभरि अँशु लिए र फर्केका थिए ...

उनीहरूको चाहना बमोजिम युद्धमा सहभागी हुने ...

र अल्लाहको पथमा लडाइ गर्दै शहीद हुने अवसर प्राप्त नभएकोले..

मन शोक र पीडाले भरिएका थिए ..

तर उमैरले सुनाएको कथाहरू सुन्ने बित्तिकै ...

जुलासको मुखबाट यस्तो वाक्य निस्कियो ...

जसले यस आस्थावान तरुणको होस् नै उडाइ दियो ..

जुलासले भन्यो ...

यदि मुहम्मदले गरेको इश्दूत्वको दावीमा ऊ सत्य छ भने...

हामी गधा भन्दा पनि घटिया र नजाती छौं ...

 

○ उमैरले जे कुरा सुने...

त्यसले गर्दा उनको होस् नै उड्यो ...

उनले सोचेका पनि थिएनन्..

जुलास जस्ता बुद्धिमान र अनुभवि व्यक्तिले पनि..

मुखबाट यस्तो वाक्य निकाल्छ ..

जसले मानिसलाई एक पलमा ईमानबाट निष्कासित गर्छ ..

र कुफ्रको चौरमा फाली दिन्छ ...

जसरी कैल्कुलेटरले उसमा फिड गरिको कठिन हिसाबलाई हल गर्न

तुरन्त काम गर्छ ...

यसरी नै तरुण उमैर बिन सअद्को मस्तिष्क पनि हिसाब गर्न थाल्यो ..

उनलाई अब के गर्नु अनिवार्य हुन्छ ..

उनको दायित्व अब के हो? .. 

उनले बिचार गरे ...

जुलासको बारेमा मौन बस्नु ..

उनको कुरालाई लुकाउनु ...

अल्लाह र उहाँका रसूल सल्लल्लाहु अलैहि व सल्लमसित विश्वासघात हुन्छ ...

र इस्लामलाई हानि पु¥याउने कार्य हुन्छ ...

जसको लागि मुनाफिकहरूले षडयन्त्र गर्दैछन् ..

र यसको विरुद्ध योजना बनाउँदै छन् ...

तर उनले सुनेका कुराहरू प्रसारण गर्दा ..

त्यस व्यक्तिको हकमा दुव्र्यवहार पनि हुन्छ ..

जो उनकोलागि पिता समान छ ..

उनको उपकारको सट्टा अपमान हुन्छ ...

उसले नै उनलाई टुहुरो भएको बेला आश्रय दिएको छ..

निर्धन भएवखत धनवान बनाएको छ..

पिता नभएको बेला पिताको माया ममता प्रदान गरेको छ .....

अब यो तरुण दुविधामा थिए ..

कुनै एउटालाई रोज्नै पर्थ्याे ..

दुवैमा सबैभन्दा मीठो पनि नमीठो नै थियो ...

तर उनले छिटो नै एउटालाई रोजी हाले..

उनले जुल्लासतिर फर्केर भने ...

हे जुल्लास ! अल्लाह कसम!!

यो धरतीमाथि मुहम्मद बिन अब्दुल्लाह सल्लल्लहु अलैहि व सल्लम पछि...

तपाईं भन्दा अरु कुनै व्यक्ति प्रिय थिएन ..

तपाईं नै सबैभन्दा मनपरेको व्यक्ति हुनुहुन्थ्याे...

सबै भन्दा ममाथि उपकार गर्ने हुनुहुन्थ्यो ..

तपाईंले यस्तो कुरा भन्नु भएको छ ..

यदि मैले कसैलाई सूचित गरें भने तपाईंको बेइज्जती हुन्छ ...

यदि मैले यसलाई लुकाएँ भने मैले विश्वासघात गरेको ..

र आफ्नो धर्म र आफूलाई बर्बाद पारे जस्तो हुन्छ ...

मैले निश्चय गरेको छु ..

म रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा हाजिर हुन्छु ...

तपाईले भन्नु भएको कुरा उहाँलाई सुनाउँछु ...

आफ्नोलागि छुटकाराको बाटो खोजी हाल्नु होस् ...

○ तरुण उमैर बिन सअद् मस्जिद तिर गए ...

उनले रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई ..

जुलासले भनेको कुरा सुनाए ...

उनलाई रसूल सल्लल्लाहु अलैहि व सल्लमले नजिक बसाउनु भयो ..

र एक जना साथीलाई जुलासलाई बोलाउन पठाउनु भयो ...

केही बेरमा जुल्लास पनि हाजिर भए ...

उनले रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई सलाम गरे ..

उहाँको अगाडि नै बसे ..

रसूल सल्लल्लाहु अलैहि व सल्लमले सोध्नु भयो ...

तिम्रो कुन कुरा उमैर बिन सअद्ले सुनेको छ ...

उनले भनेको वाक्य पनि दोहोर्याउनु भयो ...

जुल्लासले उत्तर दिँदै भने ...

हे अल्लाहका रसूल! उसले असत्य भनेको छ .. र ममाथि मिथ्यारोपण गरेकाे छ ..

मैले यस्तो कुनै कुरा मुखबाट निकालेकै छैन ...

त्यहाँ उपस्थित सहाबीहरू ....

अनुहारको रेखाबाट मनमा लुकेका वास्तविकतालाई बुझ्नको निमित्त ....

कहिले जुल्लासतिर हेर्ने गर्दथे ...

कहिले आफ्ना आँखा उमैर बिन सअद् तरि फर्काउँथे...

उनीहरू आपसमा फुस्फुसाउँदै थिए ..

एक जना जसको मन भित्र खोट लुकेको थियो भन्यो ..

कस्तो अवज्ञाकारी छोरा रहेछ ...

जसले उपकार गरेको छ त्यसै माथि लाञ्छना लगाउँदैछ ...

केही अन्य मानिसहरूले भने ...

होइन !! यो बालक अल्लाहमाथि आस्थाको साथ हुर्केको हाे ..

उसको अनुहारका रेखाहरू उसको सत्यवचनको गवाही दिरहेका छन् ...

रसूल सल्लल्लाहु अलैहि व सल्लम उमैर तिर फर्कनु भयो ...

उहाँले उनको अनुहारलाई देख्नु भयो ...

अनुहारमा रगत जम्मा भएर रातो भएको छ..

आँखाबाट आँशु झर्दैछ ..

र उसको गाला र छातीलाई भिजाउँदैछ ...

साथै मुखबाट यहि वचन दोहोराइ रहेको छ ...

हे अल्लाह !! मैले भनेको कुराको सत्यताको लागि आफ्नो रसूलमाथि केही अवतरित पार्नू ...

हे अल्लाह !! मेरो सत्यताकालागि आफ्नो रसूल माथि केही अवतरित गरिदिनु हाेस्  ...

यो देखेर जुल्लासले रसूल सल्लल्लाहु अलैहि व सल्लमतिर झट फर्केर भन्न थाले ...

हे अल्लाहका रसूल!! मैले भनेको कुरा नै सत्य हो ...

यदि तपाई चाहनु हुन्छ भने म कसम खान पनि तयार छु ..

अल्लाह कसम उमैरले गरेको सिकायत जस्ताे मैले केही पनि भनेकै छैन ...

उनले आफ्नो कसम पुरा गरेका थिए ..

र मानिसहरू उमैर बिन सअद तिर हेर्न लागे कै थिए ..

अकस्मात् रसूल सल्लल्लाहु अलैहि व सल्लममाथि मौनता छायाे ...

साथीहरूले बुझे...

अब केही कुर्आन अवतरित हुँदैछ ...

उनीहरू आफ्नो ठाउँमै चुपचाप बसे ..

सबै मौन भए ..

उनीहरूको आँखा उहाँमाथि नै टाँसिए जस्तो भए ...

तर जुल्लासमाथि अब त्रास र डरको चिन्ह प्रकट भयो ..

उमैरमाथि आशा र सुखको भाव उत्पन्न हुँदै थियो ..

उपस्थित सबै जना यहि अवस्थामा थिए ..

उहाँ मौनताबाट बिउँझ्नु भयो...

र उहाँले यो आयत वाचन गर्नु थाल्नु भयो ...

“उनीहरू कसम खादैछन् कि यस्तो कुरा भनेका छैनन् .. निसन्देह उनीहरूले अनास्थाको कुरा गरेकाछन् ... आफ्नो इस्लाम पछि कुफ्र गरेका छन् .... उनीहरूले यस्तो काम गर्ने निधो गरिसकेका थिए जसमा सफल हुन सकेनन् ... उनीहरूले मात्र यस कुराको बदला लिएका छन् कि अल्लाह र उहाँका रसूलले उनीहरूलाई आफ्नो उपकारद्वारा धनवान बनाउनु भएको छ ...यदि उनीहरूले पश्चात्ताप गर्छन् भने यो उनका हकमा राम्रो हुन्छ .. र यदि मुख फर्काएर जान्छन् भने अल्लाहले उनीहरूलाई यहलोक र परलोकमा पीडादायिक यातना दिनु हुन्छ.. र जमिनमाथि कुनै मत्रि र सहयोगी भेट्ने छैनन् ... (तौबाः ७४)

जुल्लासले यो सुने पछि भय र त्रासले काँप्न थाले ...

डरले उनको दाँत बाँधिन पुग्यो ...

तर तुरन्त उनले रसूल सल्लल्लाहु अलैहि व सल्लमतिर फर्केर भन्न थाले ...

होइन !! बरु म पश्चात्ताप गर्छु हे अल्लाहका रसूल !! ..

बरु म क्षमायाचना गर्छु ...

हे अल्लाहका रसूल !! उमैरले सत्य भनेको छ ...

म नै झुठाे थिएँ ...

अल्लाहले मेरो पश्चात्ताप स्वीकार गरून् ...

म तपाईमाथि अर्पिएँ हे अल्लाहका रसूल !! ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमले उमैर बिन सअद तिर हेर्नु भयो ...

आस्थाको ज्याेतिमा जगमग उनको अनुहार ...

खुसीको आश्रुमा डुबेको थियो ...

उहाँले आफ्नो पवित्र हात उनको कान तिर बढाउनु भयो ..

त्यसलाई मायाले समात्दै भन्नु भयो ...

हे छोरा !! तिम्रो कानले सुन्दाखेरि राम्रै सुनेको थियो ..

तिम्रो गवाही तिम्रा पालनकर्ताले पनि दिनु भयो ...

यसरी जुल्लास इस्लामको छत्रछाँयामा फर्किए ...

र उनको इस्लाम उत्तम भयो ...

सबै साथीहरूलाई उनको अवस्थामा परिवर्तनको कुराको यकीन भयो ..

किन भने उनी उमैरमाथि झन बढी उपकार गर्न थाले ...

जहिले पनि उमैरको कुरा गर्दा भन्ने गर्दथे ..

उमैरलाई अल्लाहले उत्तम प्रतिफल दिऊन् ..

उसले मलाई कुफ्रबाट जोगायो...

मेरो गर्धनलाई आगोबाट बचायो ...

तर यहि मात्र यस बालक सहाबी उमैर बिन सअदको सबै भन्दा उज्जवल चित्र होइन ... सबैभन्दा आकर्षित चित्रन होइन ..

उनको जीवनमा अझैं राम्रा राम्रा दृश्यहरू छन् ...

यो भन्दा पनि उज्जवल, झन चहकिला ...

अर्काे सभामा त्यसका चर्चा पनि गर्नेछौं ...

उनकाे जवानीका कथाहरू ....

क्रमशः