Friday, February 4, 2022

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को -२२

 ○●○जैद अल्खैर○●○

••¤ रजियल्लाहु अन्हु ¤••

॰॰॰{मुहम्मद सुहैल नदवी}॰॰॰

○○○○○○○

मान्छेहरू पनि खानि नै हुन्, उनीहरू मधये जाहिलियतमा असल भएकाहरू इस्लाममा पनि असल नै हुन्छन,.....

यहाँ तपाईँहरू समक्ष एउटा सहाबीको दुईवटा चित्र प्रस्तुत गर्दैछौँ.....

एउटा चित्र .... जाहिलिइयतको हातले रेखाङ्कन गरेको छ भने ...... अर्कौ दृश्य इस्लामका औंलाहरूले सुसज्जित पारेकाछन्,.......

उनी सहाबी हुन .....  रसूल सल्लल्लाहु अलैहि वसल्लमका साथी..... 

जैद अल्खैल अथवा अश्वपति जैद.... 

उनका जाहिलियतकालामा मानिसहरूले उनलाई बोलाउने उपनाम....

र जैद अल्खैर.. अथवा सर्वोत्तम जैद .... 

रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनका इस्लाम स्वीकारे पछि दिनु भएको उपाधि....

पहिलो दृश्यलाई अरब साहित्यका किताबहरूले वर्णन गरेका छन्,.....  जसमा भनिएको छः

शैबानीले बनी आमिरका एउटा बृद्ध व्यक्तिद्वारा उद्धृत गरेका छन्,....  उनले भनेकाे हाे , 

एक वर्ष हामीलाई भोकमरी पर्यो.... जसले गर्दा बालीनाली सुक्यो,....  गाइवस्तु मर्यो.... 

हामी मध्ये एक जना व्यक्ति आफ्नो परिवार लिएर हीरा तर्फ निस्क्यो र उनीहरूलाई त्यहीँ छोड्यो, र भन्यो...

मलाई पर्खदै बस्नु, म छिटो नै आउँछु ...

फेरी उसले कसम खायाे .... "यदि उसले उनीहरूको जीविका कमाउन सकेन भने फर्केर  आउँदैन"..

अतः उसले केही सामल  लिएर निस्क्यो, .....  र दिन भरी हिड्यो,....  जब रात पर्यो ..... उसले आफूलाई एउटा खेमा नजिक पुगेको हेर्यो.... र उही खेमा नजिकै एउटा बाँधिएको घोडा पनि देख्यो... 

उसले मनमनै भन्यो...

यो पहिलो लुटको धन फेला पर्यो रे ...

 त्यस पछि उता गएर दाम्लो फुकाउन लाग्यो, ..... गाँठ फुकालेर त्यसमाथि चढ्ने आटेको थियो कि.....  उसले एउटा स्वर सुन्यो,.....

 त्यसलाई त्यस्तै छाड र आफ्नो ज्यान जेागाउने प्रयास गर ... 

उसले त्यो घोडालाई छोडेर फुत्तै फिरार हुनु नै उचित ठान्यो ....

त्यस पछि फेरी सात दिन सम्म हिड्दै गयो, ..... र एउटा स्थानमा पुग्यो.....  त्यहाँ ऊँट बसाल्ने गोठ थियो.... त्यसै गोठको छेउमा एउटा विशाल खेमा पनि थियो.....  र त्यसमा छालाको एउटा गुम्बज पनि बनाइएको थियो.... जो उनीहरूको सुसम्पन्नता र सम्बृद्धिता दर्दैशाउँदै थियो....

त्यो मानिसले मनमनै भन्यो...

अवश्य नै यो गोठमा ऊँटहरू होलान् ..... 

र  पक्कै यो  खेमाभित्र मानिसहरू पनि होलान् ....

फेरी उसले खेमा भित्र हेर्यो.... त्यतिखेर घाम पनि डुब्न खोज्दै थियो....

त्यहाँ उसले एउटा मरणासन्न बुढो उसको बीचमा बसेको देख्यो... उपनि उसैको पछाडी बस्यो.. .... बुढोले उसको बारेमा चाल पाएकै थिएन ...

केही बेरमै सूर्य पनि अस्तायो.... अब एउटा अश्वरोही आयो... त्यो अश्वरोही भन्दा विशाल र लामो हाडकाठको व्यक्ति सायद देखिएको थिएन होला... ऊ एउटा अग्लो घोडाको पीठमा सवार थियो ... उनको दुवै तिर दुइवटा दास थिए....  जो उसको दायाँवाँया हिडदै थिए... उसको साथमा एक सय जति ऊँट पनि थिए... र ती उँटहरूको अगाडी एउटा ठुलो  साँढे ऊँट थियो... साँढे ऊँट बस्न साथै सबै  ऊँटहरू पनि बसिन्...

उही बेला त्यो अश्वरोहीले एउटा दासलाई हुकुम दिए...

यसलाई दुह... र एउटा मेटी ऊँटनीतिर औल्याए....

र बुढोलाई पियाऊ.... 

अतः उसले त्यसलाई दुहयो र भाडो भर्यो... र त्यो भाडो बुढो अगाडी राख्यो...र ऊदेखि अलि पर सर्यो.... 

बुढोले त्यस भाँडोबाट एक वा दुइ घुट्की मात्र लिएर छोड्यो ... 

त्यो मान्छेले भनेको छ...

म लुकेर उनीनिर  सरेँ .... र भाडोलाई समातेर जति दुध थियो सबै मैले खाइ दिएँ... 

पछि दास फर्कियो र भाडो उठाएर अचम्मित हुँदै भन्यो...

हे स्वामी... उनीले सम्पुर्ण खाइ दिएछन् .... 

त्यो अश्वरोही प्रसन्न भयो र भन्यो....

यसलाई पनि दुह... र एउटी अर्के उँटनी तिर इसारा गर्यो...

र त्यो भाँडो पनि बुढोको अगाडी पस्क ....

दासले आज्ञा बमोजिम नै गर्यो....

बुढोले त्यो भाडोमा पनि त्यस्तै एक दुइ घुट्की तान्यो...र छाडी दियो ... अनि मैले फेरी भाडो उठाएर आधी जति खाएँ.... 

मैले त्यो पनि पुरै पिएँ भने त्यो अश्वरोहीको मनमा शँका पर्न सक्छ कि भन्ने कुरालाई सोचेर...

त्यस पछि त्यो अश्वरोहीले एउटा अर्को दासलाई एउटा बाख्रा जबह गर्ने आदेश दियो.... उसले बाख्रा जबह गर्यो ..... अतः त्यो अश्वरोही उभेर बुढो मान्छेको लागि केही सेकवा बनायो.....  र उसलाई आफ्नै हातले खुवायो....

 बुढो अघाए पश्चात उसले आफू पनि खायो र दासहरूले पनि खाए....

केही छिन पश्चात नै सबै आफ्ना औछ्यान तिर लागे.....  र यस्तो मस्त निदाए कि घुर्न थाले .....

त्यतिखेर म साँढे ऊँट नेर पुगेँ, ...... उसको बन्धन फुकालेँ र माथि चढेँ.... उ त फुत्त उडयो.. सँगै सबै पोथी ऊँटहरू पनि पछि पछि लागिन्....

 म रात भरि हिँडेँ.... बिहानी हुँदा मैले सबै दिशामा राम्ररी हेरेँ तर कसैले पछ्याउँदैछ भन्ने देखिँन... यसरी म आगाडी  बढ्दै गएँ ... सूर्य पनि माथि चढी सकेको थियो....

फेरी मैले अकस्मात दृष्टिगत भएँ... मलाई कुनै वस्तु गिद्ध अथवा कुनै ठुलो पक्षी जस्तो देखा पर्यो.... त्यो वस्तु मेरो निकट हुँदै गयो ....अब यो त एउटा घोडसवार हो मैले बुझेँ.... फेरी अझै निकट हुँदा हुँदा मैले थाहा पाए यो त रातकै मान्छे हो ...... र आफ्ना ऊँटहरू खोज्दै आएको रहेछ....

त्यतिखेर मैले साँढे ऊँटको खुट्टा बाँधि दिएँ ...... मेरो बट्टामा भएका तीर मध्ये एउटा तीर निकालेँ .......  आफ्नो धनुषमा चढाएँ... ऊँटलाई पछाडी तिर राखेँ...

 त्यो अश्वरोही म भन्दा टाढा नै रोकियो र मलाई भन्यो...

ऊँटको गाँठ फुकाइ देऊ... मैले भनेँ...

हुँदैन हुँदैन ....

मैले आफू पछि हीरामा केही अइमाइलाई भोकै छाडेर आएको हुँ.....  र मैले सौगन्ध खाएको छु म उनीहरूतिर जान्न... या त केही धन प्राप्त गरेर जान्छु या प्राण त्याग दिन्छु....

उसले भन्यो ... तिमी मर्नेछौ... तिम्रो बुवा मरोस्... ऊँटको बन्धन फुकाइ देऊ...

मैले उत्तर दिएँ... म कदापि फुकाउदिँन...

उसले भन्यो.. तिम्रो नाश होस् ... तिमी धोखामा छौ...

फेरी उसले भन्यो... ऊँटको बागडोर देखाऊ... त्यसमा तीन वटा गाँठ थिए... 

फेरी उसले मलाई सोध्यो... यसमा कुन गाँठमा म तीर छिराउने तिमी चाह्दैछौ भन...

मैले बीचको गाँठ तिर इसारा गरेँ.... 

उसले तीर चलायो र त्यही गाँठभित्र तीर यसरी छिरायो मानौं हातले राखेको हो...फेरी दोस्रो र तेस्रो गाँठमा पनि यस्तै गर्यो.... 

त्यतिबेला मैले आफ्नो तीर बट्टाभिर राखेँ.....  र अत्मसमर्पण गर्दै उभिएँ... 

अतः म नेर आएर मेरो तरवार र धनुष खोसियो... र भन्यो.... मेरो पछाडी सवार होऊ... 

म उसको पछाडी बसेँ.... फेरी उसले प्रश्न गर्यो...

म तिम्रो साथ के गर्नेछु तिम्रो कस्तो विचार छ...

मैले भनेँ... अति नराम्रो विचार...

उसले सोध्यो ... किन?

मैले भनेँ... मै तिमी सित यस्तो कुकर्म गरेर... र तिमीलाई यस्तो अप्ठयारोमा पारेर भएकोले .. 

अब त तिमीलाई अल्लाहले ममाथि विजयी बनाउनु भएको छ...

उसले भन्यो ...

 के तिमी सोच्दैछौ कि म तिम्रो साथ कुनै नराम्रो व्यवहार गर्नेछु......  जब कि तिमी मुहल्हिल (उसको बुवाको नाम) को साथ खानपानमा साझा भइसकेका छौ ... र त्यो रात उनका साथ विताएका थियौ....

जब मैले मुहल्हिको नाम सुनेँ ... मैले भनेँ...

के तिमी अश्वपति जैद हो?

उसले भन्यो ... अँ..

मैले भने...  बन्दी बनाउने भलादमी होऊ...

उसले भन्यो ... तिमीलाई डर्नु पर्दैन ... 

र मलाई लिएर आफ्नो स्थानमा पुग्यो... र भन्यो....

अल्लाह कसम... यदि यी उँटहरू मेरा भए म सबै तिमिलिई सुम्पि दिन्थेँ... तर यी मेरी एउटी बहिनीका हुन् .... 

तसर्थ हामी सँगै केही दिन बस... हामी एक ठाउँमा छिटो नै आक्रमण गर्नेछौं ... त्यहाँबाट केही लाभ हुने आशा छ....

यस्तै तीन दिन बित्दा नबित्दै उनले बनु नुमैर माथि आक्रमण गरे.....  र लगभग एक सय ऊंट फत्ते पारे... र मलाई ती सबै ऊंट दिए .....  मेरो साथमा आफ्ना केही मानिसहरू पठाए......  उनीहरूको सुरक्षामा म हीरा पुगेँ...

×♡×♡×

अश्वपति जैदको यो जाहिलियतकालको एउटा दृश्य थियो....

तर इस्लामकालमा उनको जीवनको  चित्रण सीरतका किताबहरूमा यस प्रकार जगमगाउँदै गरेको पाइन्छ....

जब रसूल सल्लल्लाहु अलैहि वसल्लमका समाचारहरू अश्वपति जैदको कानमा पुगे......   उहाँले जुन कुराहरू तिर निम्त्याउँदै हुनुहुन्थ्यो त्यसबाट अवगत भए.... 

उनले आफ्नो सवारी तयार पारे... र आफ्नो समुदायका ठुलठुला सरदारहरूलाई यस्रिबतिर यात्रा गर्ने र रसूल सल्लल्लाहु अलैहि वसल्म सित भेट गर्ने आग्रह गरे.... 

यसरी उनका साथमा तय समुदायका एउटा ठुलो समूहले यात्रा गरे... 

त्यस समूहभित्र जुर्र बिन सदूस, ..... मालिक बिन जुबैर, ..... अमिर बिन जुवैन र अरू व्यक्तिहरू थिए...

 जब उनीहरू मदीना पुगे.... सबैजना सीधा मस्जिद नबवी निर पुगे .....  र उसको ढोका नजिकै आफ्ना सवारीलाई बसाले...

सन्जोगवश उनीहरू मस्जिदमा प्रवेश गर्ने बेला रसूल सल्लल्लाहु अलैहि वसल्लम मिम्बरमाथि चढी मुसलमानहरू समक्ष भाषण गर्दै हुनुहुन्थ्यो .... 

अतः उहाँको  कुराले उनीहरूलाई अचम्मित पार्यो... र मुसलमानहरू जसरी उहाँसित अनुबद्ध थिए, उहाँका कुराहरू ध्यानपूर्वक सुनीरहेका थिए ......  र उहाँका भनाइहरूद्वारा प्रभावित हुँदै थिए... यस दृश्यले उनीहरूलाई आश्चर्य चकित बनायो....

र जब उनीहरूलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले देख्नु भयो... मुसलमानहरूलाई सम्बेधित गर्दै भन्नु भयो....

निसन्देह म तिमीहरूको लागि उज्जा र तिमीहरूले पूज्ने सबै वस्तु भन्दा उत्तम नै छु....

म तिमीहरूको लागि त्यो कालो ऊँट भन्दा पनि उत्तम नै छु.....  जसको तिमीहरू पूजा गर्दैछौ

×♡×♡×

रसूल सल्लल्लाहु अलैहि वसल्लमका यी कुराहरू अश्वपति जैद र उनका साथीहरूको मनलाई दुइ प्रकारले प्रभावित पारे.... 

उनीहरू मध्ये कसै कसैले सत्यलाई स्वीकार गरे.... र त्यसप्रति अकर्षि भए... र कसै कसैले मुख फर्काए र घमण्ड गरे....

एक समूहले स्वर्गलाई रोज्यो र अर्को समूहले नर्कलाई....

जुर्र बिन सदूसले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई यस्तो अदभुत स्थानमा.....  जहाँ उहाँलाई विश्वासयुक्त मुटुहरू उनलाई बेरेका थिए ......  र  श्रदालु अँखाहरू उहाँको परिक्रमा गर्दै थिए ... हेर्ने वित्तिकै उसको मनमा इर्ष्याको बास भयो... उसको हृदयमा त्रास पस्यो...र उसले आफ्नो साथीहरूलाई भन्यो...

म एउटा यस्तो व्यक्तिलाई हेर्दैछु ..... जो निकटतम समयमा नै सम्पूर्ण अरबवासीको शिरको स्वामी बन्ने छ .... र अल्लाह कसम म कहिल्यै आफ्नो शिरको मालिक यसलाई बनाउन चाहदिँन....

फेरी शामका देशहरू तिर फर्कियो ...... र कपाल खैरेर इसाई धर्ममा प्रवेश गर्यो ....

तर जैद र उनका अरू साथीहरूको अर्कै हालत भयो.... रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो भाषण समाप्त गर्नु भए लगत्तै उनी मुसलमानका समूहबीच उभिए ... उनी हेरिँदा पनि अति सुन्दर व्यक्ति, ..... अति हष्टपुष्ट र अग्ले गोडकाठका थिए...

उनी घोडामाथि चढ्दा पनि उनका दुवै खुट्टा भुँइमा घिसारिन्थे ... मानौं कुनै गधामाथि बसेका हुन् ...

आफ्नो अग्लो शरीरका साथ उभिए ... र उच्च स्वरमा भने ... 

हे मुहम्मद.. म गवाही दिन्छु अल्लाह बाहेक अरू कुनै उपास्य छैन र तपाईँ अल्लाहका सन्देष्टा हुनुहुन्छ... 

रसूल सल्लल्लाहु अलैहि व सल्लमले उनीतिर फर्केर भन्नु भयो...

तपाईँ को हुनुहुन्छ...

उनले भने ... म मुहल्हिलका छोरा  जैद अल्खैल अथवा अश्वपति जैद हो ...

तब रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो ... 

बरू .. तपाईँ जैद अल्खैर अथवा सर्वोत्तम जैद हुनुहुन्छ... 

जैद अल्खैल अथवा अश्वपति जैद होइन... 

सम्पूर्ण प्रशन्सा अल्लाहकै लागि हुन् ..... जसले तपाईँलाई तपाईँको  पहाड र समथरबाट यहाँ ल्याउनु भएको छ.....  र तपाईँको हृदयलाई इस्लाम स्वीकार गर्नको निमित्त नरम बनाउनु भएको छ...

यसरी उनी पछि जैद अल्खैर अथवा सर्वोत्तम जैदद्वारा प्रसिद्ध भए ....

फेरी रसूल सल्लल्लाहु अलैहि वसल्लम उनलाई लिएर आफ्नो घर तिर जानु भयो, ....... उहाँको साथमा उमर बिन खत्ताब र सहाबाहरूको एउटा समूह थियो ... 

सबै जना घरमा पुग्दा रसूल सल्लल्लाहु अलैहि वसल्लमले उनको लागि एउटा सिरानी दिनु भयो ... त्यसमा अडेस लाउनको लागि... 

तर उनले रसूल सल्लल्लाहु अलैहि वसल्लमको उपस्थितिमा अडेस लगाउन मानेनन्.. र सिरानी फिर्ता दिए... 

यसरी  तीन चेटि रसूल सल्लल्लाहु अलैहि वसल्लम उनलाई सिरानी दिनु हुन्थ्यो र उनी फर्काउने गर्दथे ...

जब सबै जना सभामा बसे ... रसूल सल्लल्लाहु अलैहि वसल्लमले जैद अल्खैरलाई भन्नु भयो ..

 हे जैद.. जुन मान्छेको मेरो आगाडी जिकिर हुन्छ ..... र उसको जो गुणहरूको वर्णन गरिन्छ..... सबैलाई म कम्ति नै देख्छु  तिमी बाहेक ...

फेरी उनलाई भन्नु भयो ....

हे जैद... तिमी भित्र दूइटा यस्तो गुण छ जो अल्लाह र उहाँका रसूललाई मनपराउँछ ..

उनले सोधे... ती के हुन् हे अल्लाह का रसूल...

उहाँले भन्नु भयो ...

धीरता राख्नु र सविस्तार काम गर्नु ,....

उनले भने ..

सबै प्रशन्सा अल्लाहकै लागि हुन् ....  जसले मभित्र यस्तो गुण राख्नु भयो जो अल्लाह र उहाँका रसूललाई मनपराउँछ...

फेरी रसूल सल्लल्लाहु अलैहि वसल्लम तिर फर्केर भने ...

हे अल्लाहका रसूल ... मलाई तीन सय अश्वरोही देऊन्... म उनीहरूका साथ रोमका मुलुकमाथि अक्रमण गर्छु ..... र उनीहरूबाट धेरै भाग बटुल्ने जिम्मा मेरो हुन्छ ....

रसूल सल्लल्लाहु अलैहि वसल्लम उनको यस साहस र हिम्मतको प्रशंसा गर्नु भयो र भन्नु भयो .....

अल्लाह कसम तिमी कस्तो गुणाढ्य छौ जैद... तिमी कस्तो मान्छे पो रहेछौ? ....

त्यस पछि जैदका साथ रहेका उनको समुदायका सबै जना मुसलमान भए ....

जब जैद र उनका साथीहरू नज्दमा भएका आफ्ना घरतिर फर्कने विचार गरे ... उनीहरूलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले विदाइ दिनु भयो र भन्नु भयो...

यो कस्तो मान्छे पो हो .... यो कस्तो ख्याति प्राप्त गर्न सक्छ ... यदि मदीनाको रोगबाट जोगियो भने ....

त्यतिखेर मदीनामा ज्वरो सङ्क्रमण फैलिएको थियो ... 

जैद मदीनाबाट निस्कदा नै उनलाई ज्वरो आयो... आफ्ना साथीहरूलाई उनले भने .... बनु कैस समुदायको क्षेत्र भन्दा मलाई टाढा पुर्याऊ... हामी र उनका बीच जाहिलियतकालका केही शत्रुताको बेवकुफी भएको थियो.. 

अल्लाह कसम म उहाँसित भेट्नु समयसम्म कुनै मुसलमानसित युद्ध गर्न चाहदिँन....

×♡×♡×

यसरी नै जैदको यात्रा नज्दमा भएका घरपरिवारतिर जारी रह्यो... ज्वरेको चाप कहिले घट्नु र कहिले बढ्नु भएको हुँदा पनि......  उनी आफ्नो समुदायमा पुग्ने र उनीहरू उनैको हातमा इस्लाम स्वीकार गरुन भन्ने उनको चाहना र लालसा थियो ...

उनले कहिले मृत्युलाई पराजित गर्ने ...  र कहिले मृत्युले उनलाई पराजित गर्न खोज्दै थियो ....

 तर केही दिनमा मृत्युले नै उनीमाथी विजय प्राप्त गर्यो..... र बाटोमा नै उनले अन्तिम स्वास ताने ... 

उनको इस्लाम स्वीकार गर्ने र मृत्युलाई प्राप्त हुने बीचमा यति समय वितेको थिएन कि उनी कुनै पापमा पर्न सक्थिए....

समाप्त 

प्रस्तुति: मुहम्मद सुहैल नदवी

¤¤¤¤¤¤¤

No comments:

Post a Comment