Friday, February 25, 2022

५४- सूरह अल्- कमरको नेपाली अनुवाद

 ५४- सूरह अल्कमर

○○ नेपाली अनुवाद: मुहम्मद सुहैल नदवी○○

-----------------------------------------

सुरू गर्दछु अल्लाहको नामबाट, जो अत्यन्त करूणामय र परम दयालु हुनुहुन्छ

१. निश्चित घडी नजिक पुग्यो र चन्द्रमा फाट्यो

२. र यदि उनीहरूले कुनै निशानी देखे भने मुख फर्काउँछन् र भन्ने गर्छन्, यो गइहाल्ने एउटा जादु हो ।

३. र उनीहरूले इन्कार गरे र आफ्ना मनोकाँक्षाकै पछि लागे, तर सबै विषयको एउटा टुङ्गो अवश्य हुन्छ ।

४. र अवश्य नै उनीहरू समक्ष यस्ता वृतान्तहरू पुगिसकेका छन् जसमा उनीहरूको लागि सचेतना छन् ।

५. एउटा निपुण बुद्धिमानीकाे कुरा, तर चेतावनीहरूले नाफा दिँदैनन् ।

६. तसर्थ हे नबी ! तपाईँ उनीहरूदेखि मुख फेरी राख्नु, जुन दिन एउटा पुकार्ने व्यक्ति एउटा भयावह वस्तुतिर बोलाउनेछ ।

७. अधोदृष्टि भएर सबै कब्रबाट यसरी निस्कने छन् मानौं छरिएका सलह हुन् ।

८. पुकार्ने व्यक्ति तिर हतारिँदै, र अवज्ञाकारीहरू भन्नेछन्: यो त एउटा कष्टदायक दिन पो हो

९. यिनीहरू भन्दा पहिले नूहका समुदायले इन्कार गरे, अतः उनीहरूले हाम्रा भक्तलाई झुठा ठाने र भने : यो बुद्धिविहीन हो, र उनी झपारिए ।

१०. अन्ततः उनले आफ्ना प्रतिपालक समक्ष गुहार लगाए, मैले हारें तसर्थ मद्दत गरी पाउँ । 

११. फलस्वरूप हामीले आकाशका सबै ढोकाहरू खोली दियौँ, विकराल वर्षा सहित,

१२. र भूमिलाई फुटायौँ मूलैमूल बनाएर, अनि पानीले त्यस आदेशलाई पुरा गर्यो जसको निर्णय भइ सकेको थियो

१३. र उनलाई हामीले चढायौँ तख्ता र मेखद्वारा बनाइएको किस्तीमा

१४. जो हाम्रो देखरेखमा बग्दै थियो, त्यसको बदला निमित्त जसलाई हेला गरिएको थियो

१५. र त्यसलाई हामीले एउटा निशानी स्वरूप छोड्यौँ, अतः कोही छ उपदेश ग्रहण गर्ने व्यक्ति?

१६. तसर्थ मेरो यातना र मेरा चेतावनीहरू कस्ता रहे?

१७. र अवश्य नै हामीले कुर्आनलाई उपदेश ग्रहण गर्नको निमित्त सरल बनाएका छौँ, अतः कोही छ उपदेश ग्रहण गर्ने व्यक्ति?

१८. आदले पनि इन्कार गरे, अन्ततः मेरो यातना र मेरा चेतावनीहरू कस्ता थिए?

१९. हामीले उनीहरू माथि एउटा सनसनती आँधीबेहरी पठायौँ, एउटा निरन्तर अशुभ दिनमा,

२०. जो मानिसहरूलाई यसरी फ्याक्दै थियो मानौँ उनीहरू उखालिएका खजुरका रूख हुन्

२१. तसर्थ मेरो यातना र मेरा चेतावनीहरू कस्ता रहे?

२२. र अवश्य नै हामीले कुर्आनलाई उपदेश ग्रहण गर्नको निमित्त सरल बनाएका छौँ, कोही छ उपदेश ग्रहण गर्ने व्यक्ति?

२३. समूदले पनि चेतावनीहरूलाई अस्वीकार गरे

२४. अनि उनीहरूले भने: के हामीमध्ये नै एउटा मान्छेको हामी आज्ञापालन गरौँ? त्यतिखेर हामी अवश्य नै परिभ्रम र मुर्खतामा पर्नेछौँ

२५. के उसैमाथि हामीमध्ये विशेष गरी उपदेश अवतारिएको रहेछ, होइन बरू यो एउटा झुठो अभिमानी व्यक्ति हो ।

२६. निश्चय नै उनीहरूले भोली जान्नेछन् झूठो र अभिमानी व्यक्ति को हो र ?

२७. हामी उनीहरूको परीक्षाको निम्ति ऊँटनी पठाउँदैछौँ, तसर्थ उनीहरूलाई हेर्दै गर्नु र धीरता राख्नु,

२८. र उनीहरूलाई सूचित गर्दिनु,पानीको लागि पालो तोकिएकोछ, आफ्नो पालोमा मात्र आउने गर ।

२९. अन्ततः उनीहरूले आफ्नो साथीलाई बोलाए र उसले कामको अभिभारा बोक्यो र ऊँटनीको हत्या गर्यो

३०. अतः मेरो यातना र मेरा चेतावनीहरू कस्ता थिए

३१. हामीले उनीहरूमाथि एउटा चट्याङ्ग नै पठायौँ, त्यसैमा उनीहरू गोठमा कुल्चिएका भुस जस्ता भए,

३२. र निश्चय नै हामीले कुर्आनलाई उपदेश ग्रहणको निमित्त सरल बनाएकाछौँ, कोही छ उपदेश ग्रहण गर्ने व्यक्ति?

३३. लूतको समुदायले पनि चेतावनीहरूलाई असत्य भने ।

३४. हामीले अवश्य नै उनीहरूमाथि ढुँगा बर्साउने हुरी पठायौँ, लूतको परिवार बाहेक, उनीहरूलाई हामीले प्रातःकाल नै  जोगायौँ

३५. आफ्नो विशेष कृपाले, यसरी नै हामी कृतज्ञवानलाई बदला दिने गर्छौँ

३६. र नि:सन्देह उनले उनीहरूलाई हाम्रो पकडबाट डराएका थिए, तर उनीहरूले चेतावनीहरू प्रति वादप्रतिवाद नै गरे 

३७. र वास्तवमा उनीहरू उनका अतिथि प्रति उनलाई फकाउन खोजे, तसर्थ हामीले उनीहरूको दृष्टि नै खाेस्याैं, अतः मेरो यातना र मेरा चेतावनीको मज्जा लेऊ

३८. र वास्तवमा  प्रातःकालमा नै उनीहरूलाई निरन्तरको यातनाले समात्यो ।

३९. लौ  ! मेरो यातना र मेरा चेतावनीहरूको स्वाद चाख

४०. र निश्चय नै हामीले कुर्आनलाई उपदेश ग्रहण गर्नको निमित्त सरल बनाएका छौँ, कोही छ उपदेश ग्रहण गर्ने व्यक्ति?

४१. र फिर्औनको परिवार तिर पनि चेतावनीहरू अवश्य नै पुगे

४२. उनीहरूले हाम्रा सम्पूर्ण निशानीहरूको इन्कार गरे, फलस्वरूप हामीले उनीहरूलाई एउटा पराक्रमी र सामर्थ्यवानले समाते झैँ समात्यौँ

४३. के तिम्रा अवज्ञाकारीहरू उनीहरू भन्दा निपुण छन् अरे ? अथवा ग्रन्थहरूमा तिमीहरूको लागि मुक्ति दिइएको छ,

४४. अथवा उनीहरू के यो भन्दैछन् हामी सबै संगठित भएर सफल हुनेछौँ

४५. सबै संगठित समूह निश्चय नै पराजित नै हुनेछन् र मुख फेरेर भाग्नेछन्

४६. बरू निश्चित समय (पुनरूत्थान) उनीहरूकोलागि तोकिएको समय हो, र पुनरूत्थानको समय अति भयानक र अति टर्रो समय हुनेछ

४७. अवश्य नै अपराधीहरू परिभ्रम र मुर्खतामा हुनेछन्

४८. जुन दिन उनीहरू आगोमा अनुहारद्वारा घिसारिनेछन्, नर्कको तापको मज्जा चाख

४९. वास्तवमा हामीले हरेक वस्तुलाई एउटा निर्धारित परिमाणमा बनाएका छौँ । 

५०. र हाम्रो आदेश एक मात्र हुन्छ त्यो पनि आँखा चिम्लिनु जति पलको

५१. र हामीले तिमीहरू जस्तै कतिपयलाई विनाश गरिसकेका छौँ अतः कोही छ उपदेश ग्रहण गर्ने व्यक्ति?

५२. र सबै कर्म जो उनीहरूले गरेका छन् किताबमा सुरक्षित छन् ।

५३. र सबै साना र ठूला कुरा लेखिएका छन्

५४. अवश्य नै ईशभय राख्नेहरू बगैंचा र छहरीमा हुनेछन्

५५. एउटा सुसम्मानित आसनमा, सामर्थ्यवान सम्राटको नजिकै,

सूरह समाप्त




No comments:

Post a Comment