Friday, February 16, 2024

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को -२४

 


अब्दुल्लाह बिन अब्बास
रजियल्लाहु अन्हु 

○○○○○

प्रस्तुतिः मुहम्मद सुहैल नदवी

○○○○○

○  एउटा महान सहाबी....

जसले प्रतिष्ठा र मानसम्मानलाई पुरापुरी समेटेका रहेछन् ...

कुनै भाग छुट्टिएको रहेनछ ..,,

उनलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमको सहगामी हुने सम्मान प्राप्त भयो....

यदि केही दिन ढिलो जन्म हुन्थ्यो...

उनी रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथी हुने सौभाग्यबाट बन्चित नै हुने हुन्थ्यो ...

उहाँसित उनले नातेदारको मान पनि पाएका थिए...

उनी रसूल सल्लल्लाहु अलैहि वसल्लमका काकाका  छोरा पनि थिए ...

उनलाई ज्ञान र विद्याको प्रतिष्ठा पनि भेटेकै थियो ...

उनी मुहम्मदी समुदायको महान विद्वान र यसको ज्ञानको भरिपूर्ण (अथाह  ) समुद्र नै थिए ...

तक्वा र ईशभयको भन्डारणको सम्मान पनि ओगटेका थिए ...

उनी दिनमा अधिकतर रोजा राख्ने र रातिमा बेसरी नै नमाजमा उभिने व्यक्ति पनि थिए...

प्रातः काल अल्लाहको सामु पश्चातताप (क्षमा याचना)  गर्ने ...

उहाँको भयले गर्दा रुइ रहने थिए..

रुँदा रुदै दुवै गालामा चिरा परी सकेका थिए .

यो महान सहाबी हुन् ...

अब्दुल्लाह बिन अब्बास रजियल्लाहु अन्हु ....

मुहम्मद सल्लल्लाहु अलैहि वसल्लको समुदायका तत्वज्ञ .....

उनीहरूमध्ये अल्लाहको किताबको सबै भन्दा बढी जानिफकार ..

त्यसको व्याख्या र सन्दर्भहरूलाई सबै भन्दा अधिक बुझ्नेवाला...

त्यसको गहिराईसम्म डुबुल्की जानमा सबै भन्दा बढी सामर्थ्य ...

र उसको उद्देश्य र ध्येयसम्म पुग्ने योग्य ...

○○○○○

○   अब्दुल्लाह बिन अब्बास हिज्रत भन्दा तीन वर्ष पहिले जन्मेका थिए ...

रसूल सल्लल्लहु अलैहि वसल्लमको देहान्त हुँदा उनी मात्र तेरह वर्षका थिए ..

तापनि उनीले मुसलमानहरूकालागि ..

रसूल सल्लल्लाहु अलैहि व सल्लमको एक हजार छ सय साठी हदीस (कथन) ...

मुसलमानहरूका लागि याद राखेर पुर्याएका छन् ..

जसलाई बुखारी र मुस्लिमले आफ्ना पुस्तकमा वास्तविक्ताका साथ सुरक्षित पारेका छन् ...

○○○○○

○   उनकी आमाले उनलाई जन्म दिन बित्तिकै ...

उनलाई लिएर रसूल सल्लल्लाहु अलैहि व सल्लम नेर पुगिन् ..

उहाँले उनको मुखमा आफ्नो थुक चटाउनु भयो ...

यसरी उनको पेट भित्र पुग्ने सबै भन्दा प्रथम वस्तु ...

उहाँको पवित्र पावन थुक नै थियो ...

यसै थुकको साथै उनी भित्र तत्वज्ञता र तक्वाले पनि प्रवेश पायो...

र जसलाई तत्वज्ञता प्रदान गरियो उसले अत्याधिक पुण्य दिइयो ..

○○○○○

○   यस हाश्मी केटाले बुटि जन्त्र फुकाल्ने उमेर भरखरै नाघ्यो ...

र केही सुझबुझ र विवेकोन्मुख अवस्थामा पुग्न लाग्यो ..

उसले रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथ यसरी समायो...

जसरी एउटा आँखा अर्काको साथमा हुन्छ ...

उहाँले वुजु गर्नु हुन खोज्दा...

उनी नै उहाँको लागि वुजुको पानी तयार पार्दथे...

उहाँको पछाडी नमाज पढ्दथे...

जुन बेला उहाँ नमाज पढ्न उभिनु हुन्थ्यो ...

उहाँको सवारीमाथि पिठ्उँमा बस्ने गर्दथे ...

जहिले उहाँ कतै जानु हुन्थ्यो ...

मानौं उनी उहाँको छाँया नै भइ सकेका थिए ...

उहाँलाई नै पछ्याइ रहने जहाँ गए पनि...

उहाँ कै परिधि भित्र घुमि रहने जता घुमे पनि....

यसको सँगसँगै उनको छाती भित्र सबै कुरा स्मरण गर्ने सामथ्र्यको मुटु पनि थियो ...

सबै कुरा याद राख्ने शुद्ध मस्तिष्क पनि ..

र स्मरण शक्ति यस्तो कि आजको युगमा रेकर्ड गर्ने जति सामग्री छन् ...

उनको अगाडी सबै विफल ....

○○○○○

○   उनीले आफ्नै बारेमा कुरा गर्दै भनेका छन् ...

एक पटक रसूल् सल्लल्लाहु अलैहि वसल्लमले वुजु गर्ने विचार गर्नु भयो ...

मैले तुरन्त नै उहाँकालागि पानी हाजिर गरि दिँए ...

मेरो कार्यप्रति उहाँ अत्यन्तै प्रसन्न हुनुभयो .....

उहाँले नमाज पढ्न उभिनु हुँदा मलाई उहाँको छेउमा उभिने इसारा गर्नुु भयो ...

तर म उहाँको पछाडीमा उभिँए ...

नमाज समाप्त गर्नु भए पछि उहाँ मतिर फर्केर सोध्नु हुन्छ ...

हे अब्दुल्लाह ! तिमीलाई मेरो छेउमा उभिन कसले मनाही गर्याे ?....

मैले उत्तर दिएँ ... हे अल्लाहका रसूल !!!!! 

हजुर मेरो नजरमा अध्याधिक महान हुनु हुन्छ ...

म तपाईको छेउमा उभिने साहसको दाँजोमा तपाई  अति नै उच्च र सम्मानजनक स्थानमा हुनुहुन्छ ......

उहाँले आफ्ना दुवै हाथ आकाशतिर उचालेर दुआ दिनु भयो ...

हे अल्लाह ! यसलाई तत्वज्ञान प्रदान गर्नुहोस् ...

अल्लाहले आफ्ना रसूलको यो प्रार्थना स्वीकार गर्नु भयो ...

र यस हाशमी ठिटालाई त्यो तत्वज्ञान प्रदान गर्नु भयो...

जो सबै तत्वज्ञ र तत्वदर्शकहरूभन्दा धेरै उच्च रहेको छ ...

अब तपाईंको मनमा उनकाे कुनै तत्वज्ञताको छविछाँया हेर्ने जिज्ञासा उत्पन्न हुन स्वाभिकै हो ..

अब्दुल्लाह बिन अब्बासको यो चित्रपनि हेराउँदै छौं ...

यस कथामा तपाईंले हेर्नकोलागि उत्सुक भएका केही कुरा अवश्य देख्नु हुन्छ...

○○○○○

○   अली रजियल्लाहु अन्हु केही साथीहरूले उनका साथ दिन छोडे ...

उनका र मुआवियाबीचको विवादमा उनको समर्थनबाट बाहिरिए...

त्यतिखेर अब्दुल्लाह बिन अब्बासले अली रजियल्लाहु अन्हुमालाई भने...

हे अमीरुल्मूमिनीन ... मलाई यिनीहरू समक्ष जाने र उनीहरूसित कुराकानी गर्ने अनुमति दिनुहोस् ...

उनले उत्तर दिए...

यिनीहरूले तिमीसित केही नराम्रो व्यवहार गर्लान् कि !! ...

मलाई यसको शंका लागी रहेछ ...

उनले जवाफ दिए...

अल्लाहको कृपाले यस्तो कदापि हुँदैन ....

अनि उनीहरूको समक्ष उपस्थित भए ...

उनीहरूलाई उनले कडा उपासना गर्ने मानिस देखे ...

उनीहरूले भने ...

स्वागत छ हे अब्बासका छोरा!!...

आज कसरी यता निस्क्यौ ?..

उनले जवाफ दिए ..

तपाईंहरूसित केही कुरा गर्न आएको हो ...

उनी मध्ये कसैले भन्यो ..

यो संग कुरा नगर..

कसैले भन्यो ...

भन हामी सुनीरहेकाछौं ....

उनले भने ...

मलाई तपाईँहरू यो भन्नुछ ...

तपाईँहरू रसूल सल्लल्लाहु अलैहि वसल्लमका काकाको छोरा.. 

उहाँको ज्वाइँ र सबै भन्दा पहिले इस्लाम स्वीकार गर्ने व्यक्तिसित...

कुन कारणले रिसाएकोछौ? ...

उनीहरूले उत्तर दिए ...

हामी तीन कुराको कारणवश उनसित रिसाएका छौं ...

उनले सोधे.. कुन कुन...

उनीहरूले जवाफ दिए ...

सर्वप्रथम उनले अल्लाहको हुकुम प्रति मानिसहरूलाई निर्णायक बनाएका छन् ..

दोश्रो उनले आइशा र मुआवियासित युद्ध गरे..

तर उनीहरूको गनीमत पनि लिएनन् , न बन्दी नै बनाए ...

तेश्रो उनले आफ्नो नामबाट अमीरुल्मूमिनीनको उपाधि मेटेका छन्..

यद्यपि मुसलमानहरूले उनको हातमा व्यअत गरेका छन् ..

र उनलाई अमीर बनाएका छन् ...

उनले जवाफ दिए ...

यदि यसको उत्तर तपाईँहरूलाई अल्लाहको किताब पढेर दिउँ ..

र तपाईँहरूले नकारेका कुराहरूप्रति रसूल सल्लल्लहु अलैहि वसल्लमको कुनै हदीस सुनाऊँ ...

के तपाईँहरु आफ्नो विचारमा परिवर्तन गर्नु हन्छ ...

आफ्नो निर्णयबाट फर्किनु हुनुहुन्छ ....

उनीहरूले जवाफ दिए ... अवश्य नै ...

उनले भने ...

तपाईँहरूले भन्नु भएको छ ..

उनले अल्लाहको हुकुममा मानिसहरूलाई निर्णायक बनाएकाछन्...

अल्लाह सुब्हानहू व तआला भन्नु हुन्छ ...

हे इमानवालाहरू हो ... तिमीहरू कुनै सिकारलाई एहराम लाएको अवस्थामा हत्या नगर .. यदि तिमीहरू मध्ये कसैले उसको हत्या गर्याै जानी जानी... त्यसको  बदला उसकै जस्तो कुनै जनावर हुन्छ ... र यसको निर्णय तिमीमध्ये कुनै दुइ जना निसाफी मानिसले गर्नेछन् ... (माइदाः ९५)

म तपाईँहरूलाई सौगन्ध दिन्छु ... भन्नुहोस् ..

के मानिसहरूलाई निर्णायक बनाउनु .. 

मानिसहरूको रगत र प्राणको सुरक्षा निमित्त. ..

उनीहरूबीच मेलमिलाप गराउनु को लागि

यो बढि आवश्यक हुन्छ अथवा

एउटा खरायोको निमित्त निर्णायक बनाउनु वेश हुन्छ ....

जसको मूल्य चार दिर्हम मात्र हुन्छ ...

उनीहरूले भने ..

होइन .. बरु मुसलमानको रगतको सुरक्षा र आपसी मतभेद हटाउनको निमित्त ...

उनले सोधे ..

मैले तपाईँहरूलाई यस गलत मन्तव्यबाट निकालेँ? ....

उनीहरूले उत्तर दिए ..

अवश्य...

उनले फेरी भने ...

तपाईहरू भन्नु हुन्छ ...

अलीले युद्ध गरेका थिए .. र रसूल सल्लल्लाहु अलैहि वसल्लमले ...

बन्दी बनाए झैं बन्दी बनाएनन् ...

के तपाईँहरूलाई यो कुरा मन पर्छ ..

तिमी आफ्नी आमा आइशालाई बन्दी बनाउने ..

र उनीलाई त्यस्तै जायज ठान्ने जसरी बन्दीहरू जायज हुन्छन् ..

यदि तपाईँहरूले अँ भन्नु भयो भने काफिर हुन पुग्नु हुन्छ ...

यदि तपाईँले हाम्री आमा होइन भन्नु हुन्छ ..

यसमा पनि काफिर हुनु हुन्छ ...

अल्लाह तआलाले भन्नु भएको छ ..

नबी सल्लल्लाहु अलैहि वसल्लम  मुमिनहरूको आफ्ना ज्यान भन्दाप नि बढी हकदार हुनुहुन्छ र उहाँकी पत्निहरू तिमीहरूकी आमा हुन् .... (अहजाबः१)

अब आफ्नोलागि आफै निर्णय गरि हाल्नुहोस्...

अनि भने ..

मैले यस जालबाट पनि निकालें? ...

उनीहरूले उत्तर दिए ..

अँ ..हजुर ...

अन्तमा उनले भने ..

तपाईहरूले भन्नु हुन्छ ...

अलीले आफ्नो नामबाट अमीरुल मूमिनीनको उपाधि हटाएकाछन् ...

रसूल सल्लल्लाहु अलैहि वसल्लमसित हुदैवियाको सन्धिको समयमा ..

मुश्रिकहरूले सन्धिको पत्रमा ....

यो मुहम्मद अल्लाहको रसूलले निर्णय गरको छ

मा आग्रह गरेका थिए ..

यदि हामीले तपाईँ अल्लाहका रसूल हुनुहुन्छ स्वीकार गरेका भए ..

तपाईँलाई बैतुल्लाहबाट किन रोक्ने थियौं ..

र तपाईँसित किन युद्ध गर्नेथ्यौं ...

तर यो लेख्नुस् ..

अब्दुल्लाहको छोरा मुहम्मद ...

उहाँले उनीहरूको आग्रह स्वीकार गर्नुभयो ...

उहाँ भन्दै हुनुहुन्थ्यो ...

अल्लाह कसम .. म अल्लाहका रसूल हुँ .. यद्यपि तिमीहरूले स्वीकार नगर ..

उनले सोधे ...

यो शंका पनि मैले हटाए कि हटाइँन ? ...

उनीहरूले जवाफ दिए ...

अल्लाह कसम अवश्य नै ...

यस भेटको परिणमस्वरुप...

र यसमा अब्दुल्लाह बिन अब्बासले जुन ...

अचूक तत्वदर्शिता र कडा प्रमाण दर्शाएका थिए ...

त्यसको कारण ...

बीस हजार मानिसहरू हज्रत अलीको समूहमा फर्केका थिए ....

तर चार हजार जति तापनि उनको विरोधमा कायम नै रहे ...

उनीसित द्वेश जनाउँदै ..

र सत्यलाई अस्वीकार गर्दै ...

○○○○○

○   किशोर अब्दुल्लाह बिन अब्बासले ज्ञान बटुल्नकोलागि ...

सबै बाटो धाएका थिए ...

र विद्या सिक्नको लागि सकेसम्म प्राण नै लगाएका थिए ...

रसूल सल्लल्लाहु अलैहि वसल्लम जति दिन सम्म जीवित रहनु भयो ....

उहाँको मूलद्वारा आफ्नो तिर्खा मेटाउँदै थिए ..

उहाँ परम ईश्वर अल्लाहको अगाडी पुग्नु भए पछि ..

उहाँका विद्यमान मित्र सहाबामा जुन विद्याका धरोहर बाँकी रहे ...

उनीहरूसित ज्ञान आर्जन गर्दथे ..

र विद्याका कुराहरू सिक्ने गर्दथे ...

उनीले आफ्नै विषयमा कुरा गर्दै भनेकाछन् ....

मलाई कहिले थाहा हुन्थ्यो भने ...

रसूल सल्लल्लाहु अलैहि वसल्लमको कुनै साथीलाई ...

उहाँको कुनै कुराको विस्तृत जानकारी रहेको छ ...

म उनको ढोका नेर आउँथे ..

उनको दिउँसो आराम गर्ने समयमा ...

र उनको ढोकाको छेउमा आफ्नो च्यादर ओछ्याइ बस्ने गर्दथे ..

हवाहुरीले ममाथि कति रेत बालुवा हाल्थ्यो ..

यदि म उनको ढोका ढक्ढक्याई भित्र छिर्न र त्यो कुरा सोध्न इच्छुक हुन्थे भने ..

मलाई विश्वास थियो उनले कहिल्यै मनाही गर्थेनन ..

तर यो कार्य म उनका मनलाई प्रसन्न पार्नको लागि मात्र गर्दथें ..

यदि उनी घरबाट निस्केर मलाई हेर्दथे .. र सोध्ने गर्दथे ...

हे रसूस सल्लल्लाहु अलैहि वसल्लमको काकाका छोरा ...

तपाई किन पधार्नु भयो ...

मलाई खबर पठाउँदा म आफैं उपस्थित भइ दिन्थें ...

म भन्ने गर्दथें ...

यहाँ उपस्थित हुन मेरा जिम्मेवारी हो ..

ज्ञानका मूल नेर पुगिन्छ मूल कतै पुग्दैन ...

त्यस पछि त्यस कुराको विस्तृता सोध्ने गर्दथें ....

○○○○○

○   अब्दुल्लाह बिन अब्बास ज्ञानको प्राप्तिको निमित्त ...

आफूलाई निम्नश्रेणीमा राखेर विज्ञ र ज्ञानीहरूलाई माथिल्लो दर्जा दिने गर्दथे ...

यो जैद बिन साबित हुन् ...

वह्य टिपोट गर्ने मध्ये एक ..

र मदीनामा विद्यमान न्यायिक, बैधानिक, कुर्आन पाठ गर्ने नियम र विरासत बाँढने ज्ञानका जानिफकारहरूको अगुवा ...

आफ्नो सवारीमाथि चढ्न खोज्दै छन् ..

त्यतिखेर यो हाश्मी किशोर अब्दुल्लाह बिन अब्बास उनको अगाडी...

दासले स्वामी अगाडी उभिने झै उभिन्छ ...

उनको सवारीको जिन समात्छ ..

उसको  लगाम थाम्छ ..

जैदले भन्ने गर्दछ ..

हे रसूल सल्लल्लाहु अलैहि वसल्लमका काकाको छोरा.

छाड्नुस् यो के गर्दै हुनुहुन्छ ....

अब्दुल्लाह बिन अब्बासले भन्छन्  ...

हाम्रा विद्वानहरूसित यस्तै गरिने आदेश दिइएको छ ...

उनलाई जैदले भन्नु हुन्छ ..

खै आफ्नो हात अगाडी ल्याउनुस् ..

अब्दुल्लाह बिन अब्बासले आफ्नो हात बढाउँछ...

उनी अगाडी भएर उनको हात समात्छन् ...

र त्यसमा चूम्बन दिन्छन् .. अनि भन्छन् ..

हाम्रा रसूल सल्लल्लाहु अलैहि वसल्लमका घरपरिवारको मानिसहरूसित

हामीलाई यसरी गर्ने आदेश दिइएको छ ...

○○○○○

○   अब्दुल्लाह बिन अब्बासले ज्ञानार्जनमा निरन्तरता दिँदै ....

यस्तो उच्च शिखरसम्म पुगे ...

जसले मानिसहरूलाई आश्चर्यचकित बनायो ...

मस्रूक बिन अज्दअ जो एउटा महान ताबिई हुन् ले भनेका छन् ....

म जति खेर अब्दुल्लाह बिन अब्बासलाई देख्दथे ...

म भन्थे ... उनी सबै भन्दा सुन्दर हुनुहुन्छ ...

यदि उनलाई केही वक्तव्य दिँदै देखे भन्ने गर्थेँ...

उनी सबै भन्दा वाक्पटुका हुनुहुन्छ ..

यदि उनलाई कुनै विषय अन्तरगत भाषण दिँदा देखे....

हामी भन्ने गर्दथ्यौं ...

उनी सबै भन्दा ज्ञानी मानिस हुनुहुन्छ ...

○○○○○

○   अब्दुल्लाह बिन अब्बासले आफूले रोजेको जति ज्ञान प्राप्त गरि सके ...

उनी एउटा शिक्षकमा परिणत भए ...

सर्वसाधारणलाई सिकाउने पढाउने व्यक्तिको रुपमा ...

उनको घर मुसलमानहरूका लागि एउटा विश्वविद्यालयमा बदलियो ....

अँ .. विश्वविद्यालयको विद्यमानकालमा बुझिने अर्थ सहित ....

तर अब्दुल्लाह बिन अब्बासको विश्वविद्यालय  र हाम्रो युगको विश्व विद्यायालयमा ..

अलि फरकको साथ...

आजकालको विश्वविद्यालयमा दसौं प्राध्यापक र कहिलेकाहिँ सयौं प्राध्यापकहरू हुन्छन् ..

तर अब्दुल्लाह बिन अब्बासको विश्वविद्यालय एउटा सिँगो प्राध्यापकमाथि भर पथ्र्याे ...

र त्यो अब्दुल्लाह बिन अब्बास स्वयम् थिए ...

उनका एउटा शिष्यले उद्धृत गरेका छन् ..

उनले भनेका छन् ...

मैले अब्दुल्लाह बिन अब्बासको भेलालाई यसरी देखें ..

यदि सारा कुरैशले त्यस भेलामाथि गर्व गर्न पायो भने ..

उनीहरूलाई गर्व गर्ने औचित्य हुन्छ ...

मैले उनको घरतिर जाने बाटोमा मानिसहरूको घुँइचो देखें ....

जसले गर्दा बाटो बन्द भएको थियो ...

मानिसलाई आवतजावत गर्न बाधा पुगेको थियो ...

म अब्दुल्लाह बिन अब्बासको घर भित्र प्रवेश गरें ..

र उनको ढोकामा मानिसहरूको घुँइचो लागेको कुरा सुनाएँ ...

उनले भने ..

मेरोलागि वुजु गर्ने पानी ल्याऊ ...

अनि वुजु गरेर आफ्नो स्थानमा आसन ग्रहण गर्नु भयो ...

मलाई भन्नु भयो ...

बाहिर निस्केर मानिसहरूलाई भन ..

जसले मसित कुर्आन र उसको अक्षरको बारेमा सोध्ने इच्छुक छ ...

तिनीहरू भित्र प्रवेश गरुन् ..

म बाहिर निस्केर मानिसहरू समक्ष यो कुरा भनिदिएँ ...

तिनीहरू घर भित्र प्रवेश गरे ..

र त्यो कोठा र घर सबै ठाउँ भरिपूर्ण भयो ....

जसले जे पनि सोध्यो उसको उत्तर उनले दिए..

सँगै उनीहरूको प्रश्न भन्दा अझै बढी र विस्तृत ...

अन्ततः उनीहरूलाई भन्नु भयो ...

अरु मानिसहरूको लागि बाटो खुल्ला पार्नुस् ...

उनीहरू बाहिर निस्के ...

फेरी मलाई भन्नु भयो ...

बाहिर निस्केर मानिसहरूलाई भन ..

जसले कुर्आनको कुनै व्याख्या र कुनै आयतको विस्तृति जान्न इच्छुक छ ...

त्यो भित्र प्रवेश गर ...

अनि त्यस्ता मानिसहरू भित्र पसे ..

र कोठा र घरलाई भरिपूर्ण बनाए ...

उनीहरूले पनि जे प्रश्न गर्दा उनीहरूको उत्तर दिनु भयो ...

सँगै उनीहरूको प्रश्न भन्दा अझै बढी र विस्तुत ...

उनीहरूलाई भन्नु भयो ...

अरु मानिसहरूको लागि बाटो खुल्ला पार्नुस् ...

उनीहरू बाहिर निस्के ...

फेरी मलाई भन्नु भयो ...

बाहिर निस्केर मानिसहरूलाई भन ..

जसले हलाल र हराम तथा इस्लामी ऐन नियमको बारेमा सोध्न इच्छुक छ ..

त्यो भित्र प्रवेश गरोस् ...

म बाहिर निस्केर यस्तो भनें ...

फेरि एउटा समूह भित्र प्रवेश गर्याे ..

र कोठा र घरलाई भरिपूर्ण बनायो ..

जे सोध्दा पनि उसको जवाफ दिनु भयो 

बरु त्यो भन्दा पनि बढी र विस्तृत ...

फेरी उनीहरूलाई भन्नु भयो ...

अरु मानिसहरूको लागि बाटो खुल्ला पार्नुस् ...

उनीहरू बाहिर निस्के ...

फेरी मलाई भन्नु भयो ...

बाहिर निस्केर मानिसहरूलाई भन ..

जसले फारइज (विरासतः मृत्योपरान्त अंशबाडफांड को विद्या) र यस्तै कुनै ज्ञान सिक्न इच्छुक छ ...

भित्र प्रवेश गरुन् ...

म बाहिर निस्केर त्यस्तै भनें ...

फेरा एउटा समूह भित्र प्रवेश गर्याे ..

र कोठा र घरलाई भरिपूर्ण बनायो ..

जे सोध्दा पनि उसको जवाफ दिनु भयो 

बरु त्यो भन्दा पनि बढी र विस्तृत ...

फेरी उनीहरूलाई भन्नु भयो ...

अरु मानिसहरूको लागि बाटो खुल्ला पार्नुस् ...

उनीहरू बाहिर निस्के ...

फेरी मलाई भन्नु भयो ...

बाहिर निस्केर मानिसहरूलाई भन ..

जसले अरबी भाषा,साहित्य, काव्य, र अरबका विषम शब्दावलीको बारेमा सोध्न इच्छुक छन् ..

तिनीहरू भित्र प्रवेश गरुन् ...

फेरा एउटा समूह भित्र प्रवेश गर्याे ..

र कोठा र घरलाई भरिपूर्ण बनायो ..

जे सोध्दा पनि उसको जवाफ दिनु भयो 

बरु त्यो भन्दा पनि बढी र विस्तृत ...

यस घटनाक्रमको उद्धृतकर्ताले भनेका छन् ..

यदि सारा कुरैशका कबिलाले यस कुरा प्रति गर्व व्यक्त गरुन् भने ...

उनी सबैकालागि यो गौरवमय घटना हुनसक्छ ...

○○○○○

○   यस्तो अनुमान गरिन्छ कि अब्दुल्लाह बिन अब्बासले ज्ञानको विभिन्न विषयको लागि ..

छुट्टाछुट्टै दिन निर्धारित गरेका थिए ...

सायद मानिसको त्यो घुइँचो जस्तो पुनः घुइँचो नहोस् ...

हफ्तामा एक दिन उनी मात्र तफसीर (कुर्आनको व्याख्या) को निम्ति कुरा गर्दथे..

अर्काे दिन  फिक्ह (इस्लामिक ऐन) को मात्र पाठ पढाउँथे ...

एक दिन मात्र रसूल सल्लल्लाहु अलैहि वसल्लमको जीवनीको वर्णन गर्दथे ...

एक दिन मात्र साहित्य र काव्यको चर्चा र व्याख्या गर्दथे ...

एक दिन अरबको इतिहास र घटनाक्रमको विषयमा कुराकानी गर्दथे ...

उनको सभामा कुनै पनि विद्वान उपस्थित हुन्थयो उनको महानता स्वीकार गथ्र्याे ...

र कसैले केही प्रश्न गर्दा उनीसित त्यसको उत्तर पाउँथ्यो ...

○○○○○

○   अब्दुल्लाह बिन अब्बास आफ्नो ज्ञानको भण्ढार र प्रचुर तत्वदर्शिताले गर्दा ...

ततकालीन मुसलमानशासनका सल्लाहकार हुन पुगे ..

यद्यपि उनी किशोरावस्थामा नै थिए ...

उमर बिन खत्ताब, मुसलमानका खलीफा (शासक) लाई  कुनै नौलो विषयको सामना गर्नु पर्ने हुन्थ्यो ...

अथवा कुनै विषम परिस्थितिमा पुग्न जान्थे ...

उनी आफ्ना ठुलठुला अनुभवि साथीहरूलाई बोलाउँथे ...

उनीहरू संगै अब्दुल्लाह बिन अब्बासलाई बोलाउने गर्दथे ...

उनी उनको सभामा आउँदा ..

उनलाई उच्च आसन ग्रहन गराउँथे ..

उनलाई आफ्नो नजिक बसाउँथे ...

उनीलाई भन्ने गर्दथे ..

मलाई यस्तो समस्या परेको छ ..

जसका समाधान र यस जस्तै अर्को समस्याको समाधान तपाईले नै गर्ने सामथ्य राख्दछौ ....

एक पटक उनलाई अगाडी बढाउने र बुढापाकाको श्रेणीमा बसाउने कार्यले गर्दा ...

कसैले आफ्नो विरोध जनायो ...

यो ठिटोलाई हामी बुढापाकाको दर्जा किन प्रदान गरिएको छ ? .. .

उनले उत्तर दिए ...

यो अधबैसे किशोर हो ...

धेरै सोधकर्ता मुख र बुद्धिमानी मुटुको स्वामी हो ...

○○○○○

○   जहाँ अब्दुल्लाह बिन अब्बासले विषेश समूहलाई ज्ञान पढाउन र उनीहरूलाई दक्ष बनाउनकोलागि ध्यान दिएका थिए ..

त्यही बेला उनीप्रति सर्वसाधारणको हकलाई पनि उनीले नबिर्सने भएका थिए ...

उनीहरूको लागि पनि उपदेश र मार्गदशनको भेला आयोजना गर्ने गर्दथे ..

उनका उपदेशहरू मध्ये यो पनि छ ..

उनीले पापमा पर्न गएका मानिसहरूलाई सम्बोधित गर्दै भनेका छन् ...

हे पापमा परेका मानिसहरू ..

आफ्ना दुष्कर्मको अन्जामबाट निश्चिन्त न होऊ ...

याद राख ... दुश्कर्मको परिणाम स्वयम् दुष्कर्म भन्दा पनि अति व्यावह हुने गर्दछ ...

तिम्रो दायाँबायाँ बसेका (फरिश्ताहरू) बाट लाज नमानी ..

तिमीले जे पाप गर्छाै ...

यसकारण पापको गम्भीरतामा केही कमी हुँदैन ...

कुनै दुष्कर्म गरेर तिम्रो हाँस्ने कार्य ..

जब तिमीलाई थाहा हुँदैन अल्लाहले तिमीलाई कस्तो सजाय दिनु हुन्छ ..

तिम्रो दुकर्म भन्दा पनि ठूलो पाप हो ...

कुनै पाप गरेर तिम्रो पसन्नता पाप भन्दा विषम हुन्छ ...

यदि कुनै पाप गर्न नसकेमा त्यस प्रति अफसोच गर्नू ...

पाप भन्दा पनि दुष्कार्य हो ...

यदि पाप गर्दा हावा हुरिले तिम्रो आवरण भेद्ने भय हुन्छ ...

तर त्यही कार्यप्रति अल्लाहले तिमीलाई दृष्टिगत गर्दै हुनुहुन्छ ..

यो भय हुँदैन भने यो विचार पाप भन्दा पनि निन्दनीय हो ...

हे पाप गर्ने व्यक्ति ...

तिमीलाई थाहा छ ..

अल्लाह तआलाले ऐयुब अलैहिस्सलामलाई किन उहाँको जिउ र धनप्रति परीक्षामा पार्नु भयो ...

उहाँको गल्ती यति मात्र थियो...

उहाँसित एउटा गरिबले कुनै अत्याचार विरुद्ध मद्दत मागेका थिए..

र उहाँले मद्दत गर्नु भएको थिएन ...

○○○○○

○   अब्दुल्लाह बिन अब्बास उनीहरू मध्ये थिएन...

जसले मात्र भन्ने गर्छन र व्यवहारमा ल्याउँदैनन् ...

अरुलाई मनाही गर्छन र आफू वञ्चित हुँदैनन् ...

उनी बेसरी दिनमा रोजा राख्ने र रातभरि नमाजमा उभिने गर्दथे ..

अब्दुल्लाह बिन मुलैकाले उद्धृत गरेकाछन् ....

म मक्कादेखि मदीनासम्म अब्बदुल्लाह बिन अब्बासका सहगामी थिएँ ...

हामी कुनै विसौनीमा बस्दा ...

उनी रातिको अन्तिम प्रहरमा नमाजमा उभिने गर्दथे ...

र सबै यात्रुहरू थकित भएर सुतेका हुन्थे ...

मैले उनलाई एक रात देखें ... उनी यो आयत पढ्दै थिए ..

तथा मृत्युको मत्तता सत्यसाथ आइ पुग्छ . यहि हो जसबाट तिमी भाग्दै थियौ ... (काफः१९)

उनी यसै आयतलाई निरन्तर दोह्राउँदै थिए र रुँदै थिए ....

बिहानी उदाएको समयसम्म ...

हामीलाई यति जान्नु प्रयाप्त छ कि ...

उनी मानिसहरू मध्ये एउटा सुन्दर व्यक्ति थिए ...

उनको अनुहार अति नै उज्जवल थियो ...

तर उनी अल्लाहको भयले रात रात भरि यति रुने गर्दथे ...

उनको कोमल गालामा निरन्तर बग्ने आश्रुले ...

बाटो नै कोरेका थिए ...

कसैले आश्रुको यसबाटोलाई जुत्ताको फित्तको संज्ञा दिएकाछन् ...

○○○○○

○   अब्दुल्लाह बिन अब्बास ज्ञानको प्रतिष्ठाको शिखरमा चुलिएका थिए ...

एक पटक मुसलमानहरूका खलिफा मुआविया बिन अबु सुफ्यान हज्ज गर्न मक्कातिर निस्के ...

र उही वर्ष अब्दुल्लाह बिन अब्बास पनि हज्जको लागि निस्किए ...

उनको न कुनै रुवाफ थियो न कनै शासन् ...

मुआवियाको साथमा उनका परिजन र सरकारी कर्मचारीको ठुुलो समूह थियो ...

तर अबदुल्लाह बिन अब्बासको साथमा उनका शिष्य र विद्यार्थीको यति ठुलो जमघट थियो...

खलिफाको जुलुस भन्दा पनि विशाल लाग्दथ्यो ...

○○○○○

○   अब्दुल्लाह बिन अब्बासले एकहत्तर वर्षको उमेर पाए ...

यसमा उनले संसारलाई ज्ञान, विवेक, तत्वदर्शिता र इशभले भरिपूर्ण बनाए ...

उनको देहान्त हुँदा मुहम्मद बिन हनफियाले उनको जनाजाको नमाज पढाए ..

जनाजामा रसूल सल्लल्लाहु अलैहि वसल्लमका बाँकी जीवित साथीहरू र ठुलठुला ताबिइनहरू उपस्थित थिए ...

जब उनलाई माटो भित्र पुरिँदै थियो ...

कसैले आफ्नो कोमल र सुमधुर आवाजमा यो आयत वाचन गर्दै थियो ...

हे निश्चिन्त प्राण ... आफ्ना पालनकर्तातिर फर्क खुसी भएर र आनन्दित ...

हाम्रा दासहरूको समूहभित्र सामेल होऊ ..

र हाम्रो स्वर्गमा प्रवेश गर (फज्रः २७–३०)

स्माप्त
प्रस्तुतिः मुहम्मद सुहैल नदवी

2 comments:

  1. माशा अल्लाह अति सुन्दरलेख अल्लाह ताला कबुल गरुन।

    ReplyDelete
  2. धन्यवाद

    ReplyDelete