֍֍֍ अबुद्दर्दाअ्र उवैमिर बिन मालिक खज्रजी֍֍֍
●●● रजियल्लाहु अन्हु ●●●
प्रस्तुतिः मुहम्मद सुहैल नदवी
֍֍֍֍֍
֍ उवैमिर बिन मालिक खज्रजी जो अबुद्दर्दाअ्को नामद्वारा परिचित थिए ...
रातिको भरपुर निन्द्रा लिएर ब्युँझिए ..
आफ्नो घर भित्र एउटा उच्च स्थानमा राखिएको मूर्तितिर गए ..
उसको दर्शन र अभिवादन गरे ...
उनको आफ्नै पसलमा भएको सबै भन्दा बहुमूल्य बासना त्यसलाई दले ...
तत्पश्चात हिजै यमनबाट फर्केर आएका ....
एउटा मित्र व्यापारीले उनलाई उपहारमा प्रदान गरेको ...
एउटा बहुमूल्य नयाँ रेसमी लुगा ओढाए ...
सूर्यको गोलो चक्र, माथि चुलिए पछि ..
अबुद्दर्दाअ् घरबाट निस्केर आफ्नो पसलतिर गए ...
त्यतिखेर यस्रिबको गल्ली सडक मुहम्मदﷺका अनुयायीहरूको घुइँचोले गर्दा भरिएका थिए ...
तिनीहरू बद्रबाट फर्किएर आउँदै थिए ...
उनीहरूको अगाढी-अगाढी कुरैशका बन्दी बनाइएका मानिसहरूको एउटा ठूलो समूह पनि जाँदै थियो ...
यो सबै देखेर पनि उनले वेवास्ता नै गर्छन् ...
तर केही छिन पछि आफ्नै समुदाय खज्रजका एउटा युवानिर पुगेर अब्दुल्लाह बिन रवाहाको बारेमा सोध्दछन् ...
“ उनले बद्रको युद्धमा सराहनीय भूमिका निर्वाह गरेका रहेछन् ...
र सकुशल लब्धकाम फर्केका रहेछन् ” ....
त्यो युवाले यसो भन्दै उनलाई आश्वासन दिए ...
अब्दुल्लाह बिन रवाहाको बारेमा अबुद्दर्दाअले चिन्तापूर्वक प्रश्न गर्दा ....
त्यस तरूणलाइ अचम्मित तुल्याएन ....
सबै जनालाई उनको र अब्दुल्लाहको बीच घनिष्ठ मित्रताको सम्बन्ध बारे राम्ररी थाहा थियो ...
अबुद्दर्दाअ् र अब्दुल्लाह बिन रवाहा जाहिलियत (अज्ञानता) कालमा नै घनिष्ठ मित्र थिए ....
इस्लाम आए पश्चात् अब्दुल्लाह बिन रवाहाले उसलाई अँगाले ..
तर अबुद्दर्दाअ्ले स्वीकार गर्न मानेनन् ....
तापनि दुवै जनाबीचको दृढ सम्बन्धलाई कमजोर गर्न पाइएन ...
अब्दुल्लाह बिन रवाहा पटक पटक उनलाई भेट्ने गर्थे ...
उनलाई इस्लामको निम्तो दिने गर्थे ...
उसमा प्रवेशको लािग उनलाइ रुची दिलाउँथे ...
र उनको उमेरका प्रत्येक दिन मुश्रिक हुने अवस्थामा बितीरहेकामा खेद प्रकट गर्ने गर्थे ...
֍֍֍֍֍
֍ अबुद्दर्दाअ् आफ्नो पसल पुगे ...
आफ्नो अग्लो कुर्सीमा पलेँटी मारेर विराजमान भए ...
र किन बेच गर्न थाले ...
नोकर चाकरलाई अह्राउने र मनाही गर्ने काम सुरु भयो ..
त्यतिखेर उनको घरभित्र के घटित भएको छ ..
उनलाई रत्तिभर थाहा भएन ...
किन भने उही समयमा अब्दुल्लाह बिन रवाहा आफ्नो घनिष्ठ मित्र ..
अबुद्दर्दाअको घरमा प्रवेश गरेका थिए ...
उनीले एउटा अर्कै नियतले आएका रहेछन् ...
उनले घरको ढोका खुल्ला छ, देखे ..
दर्दाअकी आमालाई आँगनमा कुनै काममा व्यस्त रहेको देखे ...
उनलाई सम्बोधन गर्दै उनले भने ...
हे अल्लाहकी दासिनी ... तपाईँमाथि अल्लाहले दया गरून् ..
तपाईँमाथि पनि दया होस् ... हे अबुद्दर्दाअका साथी ...
उनले जवाफ फर्काइन् ...
अबुद्दर्दाअ कता छन् नि ?
उनले सोधे ..
आफ्नो पसलमा जानु भएको छ र छिटो नै फर्कनु हुन्छ ..
उनले जवाफ दिइन् ..
घर भित्र प्रवेश गर्न अनुमति छ ? ...
उनले घरमा बस्न अनुमति प्राप्त गर्दै भने ...
स्वागत छ पधार्नुस् ..
उनले स्वागत गर्दै भनिन् र बाटो छोडि दिईन् ...
तत्पश्चात आफ्नो कोठा भित्र पसेर ...
घरको मर्मत र दैनिक कार्य र बालबच्चाको हेरचारमा लागिन् ...
֍֍֍֍֍
֍ अब्दुल्लाह बिन रवाहा त्यस कोठाभित्र प्रवेश गरे ...
जसमा अबुद्दर्दाअले आफ्नो मूर्ति राख्ने गर्दथे ...
र आफूसाथ बोकेर ल्याएको बन्चरो निकाले ...
मूर्तितिर गएर त्यसलाई टुक्रा टुक्रा पार्न लागे
साथै यो पनि भन्दै गए ...
प्रत्येक वस्तु जो अल्लाह अतिरिक्त पुकारिन्छ, मिथ्या हो ...
प्रत्येक वस्तु जो अल्लाह अतिरिक्त पूकारिन्छ, मिथ्या हो ...
त्यसलाई टुक्रा टुक्रा पारेर घरबाट निस्किगए ...
֍֍֍֍֍
֍ उम्मे दर्दाअ् कुनै काम परेर त्यो कोठामा गईन् ..
जसमा त्यो मूर्ति राखिएको थियो ...
मूर्तिलाई टुक्रैटुक्रा देखेर स्तब्ध भईन् ...
उनले मूर्तिको शरीरका अँङ्गहरूलाई यताउता भुइँमा छरिएको देखेर आफ्नो दुवै गालामा आफ्नै हातले चुट्दै ..
भन्न थालिन् ..
हे रवाहाका छोरा ! ... तिमीले मलाई मार्ने भयौ ..
हे रवाहाका छोरा तिमीले मलाई बर्बाद गरि दियौ ...
֍֍֍֍֍
֍ केही छिनमा अबुद्दर्दाअ पनि आफ्नो घर फर्के ..
उनले बुढीलाई मूर्तिको कोठाको द्वारमा बसेको देखे ..
उनी रुँदै कराउँदै थिइन् ....
उनको अनुहारबाट डर र भयको चिन्ह प्रस्ट देखिन्थ्यो ...
उनले सोधे ...
के विपदा पर्यो ..
उनले जवाफ दिईन् ..
तपाईंको साथी अब्दुल्लाह बिन रवाहा तपाईं नभएको बेला आएको थियो ...
र उसैले तपाईंको मूर्तिको यो दुर्गति बनाएको छ ...
उनले पनि मूर्तिलाई हेर्दा उसलाई धुजैधुजा पाए ..
रीसले चुर भए ..
र प्रतिशोधमा उफ्रिए ...
तर एक छिनमै क्रोध शान्त भयो ..
बितेको घटनामा विचार गर्न थाले ..
मनमनै भन्न लागे ..
यदि यस मूर्तिमा केही पनि सद्गुण भएको भए
उसले आफू नै आफ्नो रक्षा गर्न सक्थ्यो होला ....
अनि त्यही बेला अब्दुल्लाह बिन रवाहातिर गए ..
र दुवै जना सँगै मिली रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा हाजिर भए ..
उनले अल्लाहको धर्म भित्र प्रवेश गर्ने घोषणा गरे ...
उनी आफ्नो टोलमा इस्लाम ल्याउने अन्तिम व्यक्ति थिए ...
֍֍֍֍֍
֍ तर प्रथम क्षणदेखि नै अबुद्दर्दाअ्ले अल्लाह र उहाँका रसूल सल्लल्लाहु अलैहि व सल्लममाथि यस्तो ईमान ल्याए ...
जो उनको अस्तित्वको कण कणमा समावेश भइ सकेको थियो ...
जुन उत्तम काम उनीद्वारा गर्न रहेका थिए ..
ती प्रति अत्यन्त खेद प्रकट गर्ने गर्थे ...
उनका साथीहरू जसरी अल्लाहको धर्मलाई अध्ययन गर्ने .. अल्लाहको किताबलाई कण्ठस्त गर्ने र ईशभय र उपासनामा जति परिपूर्ण भइ सकेका थिए ...
र आफ्नो अन्तिम दिनको लागि अल्लाहसमक्ष उत्तम कर्महरू जम्मा गरी सके थिए ..
तिनमा गहन विचार गर्न लागे ...
उनीद्वारा गर्नु पर्ने कार्यहरूको परिपूर्तिको निम्ति कडा मिहिनेत गर्ने निश्चय गरे ...
यसरी दिनभरिको थकानसंगै रातभरिको थकानलाई जोडने निधो गरे ...
सायद यसरी नै यात्रुदललाई भेट्ने सकिन्छ ..
र उनीहरूलाई पछ्याउन पाइन्छ होला ...
तसर्थ उनी वैरागी समान उपासनामा व्यस्त भए ...
प्यासा व्यक्ति जस्तै विद्यातिर लम्के ...
अल्लाहको किताबको शब्द शब्द कण्ठस्थ गर्दै ...
र त्यसको आयतहरूको मनार्थमा गहिरो अध्ययन गर्दै ..
त्यसैमा दिनरात बिताउने थाले ...
उनले विचार गरे ...
यो व्यापारले मेरो उपासनाको आनन्दमा बाधा बन्दैछ ..
र ज्ञानको आर्जनको लागि सभामा सहभागी हुनबाट वञ्चित पार्दैछ ...
तसर्थ उनले नि:संकोच र निःशोक भएर व्यापारलाई त्यागी दिए ...
एक जनाले उनलाई यसबारेमा सोध्दा उनले उत्तर दिए ...
म रसूल सल्लल्लाहु अलैहि व सल्लममाथि विश्वास गर्नु अघि एउटा व्यापारी थिएँ ...
मुसलमान भए पछि मैले व्यवसाय र उपासनालाई सँगै निर्वाह गर्न खोजे ...
तर मैले चाहेको जस्तो हुन सम्भव भएन ..
अनि मैले व्यवसायलाई त्यागेँ ..
र उपासनामा नै ध्यान दिएँ ...
त्यो अस्तित्वको कसम ..
जसको अधिनमा अबुद्दर्दाअ्को प्राण छ ..
मलाई यो पनि मन पर्दैन ..
कि मस्जिदको ढोका नजिक मेरो कुनै पसल होस् ..
एक बखतको पनि नमाज नछुटोस् ..
र मेरो किन बेच पनि हुने होस् ...
अनि हरेक दिन मलाई तीन सय असर्फी फाइदा हुने होस् ..
प्रश्नकर्तातिर उनले एक पटक हेरर यो भन्न लागे ..
म यो कुरा कदापि भन्दिनँ ..
कि अल्लाहले व्यापारलाई वर्जित गर्नु भएको छ ..
तर म ती मानिसहरू मध्ये एउटा व्यक्ति हुनु बढी प्रिय रुचाउँछु ..
जसलाई व्यापार व्यवसायले अल्लाहको ध्यानबाट रोक्न सक्दैन ...
֍֍֍֍֍
֍ अबुद्दर्दाअ्ले मात्र व्यापारलाई त्यागेको थिएनन् ..
उनले त संसारलाई नै त्यागि दिएका थिए ..
संसारिक मोहमाया र सोभा सजावटबाट नै मुख फर्काइ सकेका थिए ..
संसारबाट कम्मर सीधा राख्नको लागि एक गाँस खाना ..
र जिउ छोप्नको निमित्त एउटा पुरानो लुगामा मात्र निर्भर थिए ...
एक चिसो र कठ्याङ्गिने रातमा ..
उनको घरमा केही पाहुनाहरू आए ...
उनीहरूको लागि उनले तातो खाना पठाए ..
तर ओढ्नकोलागि कुनै सिरक पठाएनन्..
उनीहरू सुत्ने बेला आपसमा सिरकको बारेमा सल्लाह गर्न थाले ...
एक जनाले भन्यो ..
म गएर कुरा गर्छु ...
अर्कोले भन्यो ..
छाड देऊ ..
तर उसले न मानेर जान खोज्यो ..
उनको कोठाको ढोकामा उभिए ..
तर उसले उनलाई सुतेको देखे ..
उनकी पत्नि नजिकै बसेकी थिइन् ...
तर दम्पतिको शरीरमाथि कुनै पनि लुगा रहेको थिएन ..
जसले उनीहरूलाई गर्मी वा चिसोबाट जोगाउन सक्थ्यो ...
त्यस व्यक्तिले अबुद्दर्दाअ्लाई भन्यो ...
तपाईँलाई पनि हामी जस्तै सुतेका देखि रहेका छौं ....
तपाईँको सरसामान कता छ त खोइ ?
उनले जवाफ दिए ..
हाम्रो एउटा अर्को घर पनि छ ..
हामीले जति समानहरू जम्मा गर्छौं त्यहाँ तुरन्त पठाइ दिन्छौं ...
यदि यस घरमा कुनै समान हुन्थ्यो भने ..
तपाईँहरूतिर अवश्य पठाएका हुन्थ्यौँ होला ...
साथै त्यस घर तिर जाने जो बाटो छ ..
त्यो ठाडै उकालो छ ....
त्यो बाटोमा बढी भार लिएर जानु भन्दा कम्ति भार नै वेश हुन्छ ...
यसरी हामीले सजिलै सित उता पुग्नको लागि ..
अहिले देखि भार कम्ति गरि रहेका छौ ...
यसरी पुग्न सजिलो हुनेछ ..
त्यस पछि त्यस व्यक्तिलाई सोधे ..
तिमीले मेरो कुरा बुझ्यौ ? ..
उसले उत्तर दियो ..
अँ .. मैले बुझी सकेँ ..
अल्लाहले तिमीलाई उत्तम प्रतिफल दिऊन् ...
֍֍֍֍֍
֍ उमर फारूक रजियल्लाहु अन्हुको शासनकालमा ...
उनले अबुद्दर्दाअ्लाई शाममा गभर्नरको जिम्मेवारी दिन खोजे ...
तर उनले अस्वीकार गरे ...
उनले बारम्बार दवाउ दिँदा उनले भने ...
यदि तपाईँले मलाई उनीहरूलाई ..
आफ्ना पालनकर्ताको किताब पढाउन ..
आफ्ना रसूल सल्लल्लाहु अलैहि व सल्लमका नियमहरू सिकाउन ...
र उनीरूलाई नमाज पढाउने निमित्त पठाउन चाहनु हुन्छ भने म गइ हाल्छु ...
उमरले यो कुरा स्वीकार गरे ..
अनि उनी दिमश्कतिर लागे ..
उता पुगेर उनले मानिसहरूलाई धनसम्पत्तिको प्रलोभनमा रहेका देखे ..
सबैलाई सांसारिक आनन्दमा मग्न पाए...
यो अवस्था देखेर उनी भित्री मनले त्रसित भए ..
तसर्थ जनसमुदायलाई मस्जिदमा भेला हुन आह्वान गरे ...
मानिसहरू मस्जिदमा भेला भए पछि उनले उनीहरूलाई सम्बोधन गर्दै आफ्नो भाषण सुरु गरे ..
उनले भने ..
हे दिमश्कवासी हो ..
तिमीहरू मेरा धार्मिक भाइ बन्धु हौ ....
बसाइमा छिमेकी हौ ...
र शत्रुहरूप्रति सहयोगी पनि ...
हे दिमश्कवासीहरू ! ...
तिमीहरूलाई मबाट प्रेम गर्न र मेरो उपदेश ग्रहन गर्न कसले रोकेको छ ....
म तिमीहरूद्वारा केही माँग्दिन ...
मेरो उपदेश तिमीहरूको लागि हुन्छ ..
तर मेरो खर्चापानी अरूको जिम्मा हुन्छ ..
मैले हेरी रहेको छु ..
तिम्रा विद्वानहरू संसारबाट जाँदैछन् ..
तर तिमी मध्ये अनपढहरू केही सिक्दैनन् ...
म देख्दै छु ..
अल्लाहले जुन कुराको जिम्मा लिइ सक्नु भएको छ ..
तिमीहरू त्यसैमा व्यस्थ भएका छौ ...
र जुन कुरालाई गर्न आदेश दिनु भएको छ ..
त्यसलाई तिमीहरूले वेवास्ता गरेका छौ ....
म देख्दै छु ..
तिमी जुन कुरा खाँदैनौ त्यसैलाई जम्मा गरि रहेका छौ ...
जुन घरमा बस्ने छैनौ त्यसैलाई बनाउने प्रयासमा छौ .....
तिमीहरू त्यसको चाहनामा छौ जहाँ पुग्न सम्भव नै छैन ...
तिमी भन्दा पहिलेका समुदायहरूले पनि जम्मा गरेका थिए ...
उनीहरूले पनि आशा गरेका थिए ...
तर केही दिनमा नै उनीहरूले जम्मा पारेका वस्तुहरू बिग्रिए ...
उनीहरूको आशा, आशा नै रह्यो ...
चिहान उनीहरूको घर बन्यो ...
यो आदको समुदाय ... हे दिमश्कवासी हो ...
तिनीहरूले भूमिलाई धनसम्पत्ति र संतानले भरिपूर्ण बनाएका थिए ...
तर आज आद समुदायले छोडेका बस्तुहरू कसले मसित दुइ दिर्हममा किन्छ ? ...
यो सुनेर मानिसहरू रुन कराउन थाले ..
उनीहरूको रुवाइको आवाज मस्जिद बाहिर पनि सुनि रहेको थियो ....
֍֍֍֍֍.
֍ त्यही दिन देखि अबुद्दर्दाअ्ले दिमश्कमा मानिसहरूको भेला र सभातिर आवातजावत गर्न थाले ...
उनीहरूको हाटबजार घुम्न थाले ...
कुनै प्रश्नकर्ताको जवाफ दिँदै ...
कुनै अज्ञानीलाई ज्ञान दिँदै ...
कुनै अचेतलाई सचेत बनाउँदै ...
हरेक मौकाको फाइदा उठाउँदै ...
र प्रत्येक अवसरबाट लाभान्वित हुँदै ...
֍֍֍֍֍
֍ एक पटक मानिसहरूको एउटा भेला नेर पुगेका थिए ..
उनीहरू एक व्यक्ति वरिपरि जम्मा भएर त्यसलाई कुटपिट गर्दै थिए ... साथै गाली गर्दै थिए ...
उनी ती मानिसहरूतिर फर्केर सोध्न थाले ...
के भएको हो? ..
उनीहरूले जवाफ दिए ...
एउटा ठूला अपराध गरेको यसले ...
उनले भने ..
तिमीहरू मलाई भन ..
यदि यो कुनै इनारमा खसेको भए ..
तिमीहरू यसलाई इनारबाट निकाल्ने थियौ कि निकाल्ने थिएनौ ? ...
उनीहरूले एकै स्वरमा भने ..
अवश्य निकाल्ने थियौँ नि ? ...
उनले भने ..
तसर्थ तिमीहरू. यसलाई गाली नगर ...
यसलाई कुटपिट नगर ...
बरु यसलाई अर्तिउपदेश देऊ ...
राम्रो सल्लाह देऊ ...
उचित बाटो औंल्याऊ ...
र अल्लाहको प्रशंसा गर जसले तिमीहरूलाई यस्तो पापबाट जोगाउनु भएको छ ....
उनीहरूले सोधे ...
हामीले यसलाई घृणा नगरौं ? ...
उनले उत्तर दिए ..
म त्यसको कार्यबाट घृणा गर्छु ...
यदि उसले यो कार्य छोड्यो भने हाम्रो भाइ नै हो ...
त्यो पापी मान्छे यो सुनेर रुन र आफ्नो कुकर्मबाट पश्चात्ताप गर्न थाल्यो ....
֍֍֍֍֍.
֍ एउटा तरुण अबुद्दर्दाअ नेर पुगेर भन्छ ..
हे अल्लाहका रसूलका मित्र ...
मलाई केही अर्तिउपदेश दिनुहोस् ...
उनले भने ...
हे छोरा ...अल्लाहलाई खुसियालीको समयमा याद राख ...
उहाँले तिमीलाई कठिन अवस्थामा याद राख्नु हुन्छ ...
हे छोरा ...ज्ञानी बन्नु कि ज्ञान प्राप्तकर्ता अथवा श्रोतकर्ता ...
चौथो खालको नबन्नु... नत्र बर्बाद हुन्छौ ...
हे छोरा ...मस्जिदलाई घर बनाऊ ...
मैले रसूल सल्लल्लाहु अलैहि व सल्लमसित सुनेको छु ...
हरेक ईश्भय राख्ने व्यक्तिको घर मस्जिद हुन्छ ...
जसले मस्जिदलाई घर बनाउँछ ..
उसको आनन्द, करुणा र पुलसिरातलाई पार गर्ने जिम्मा अल्लाहले लिनु भएको छ ....
֍֍֍֍֍.
֍ जवानहरूको एउटा जमात बाटो किनारमा बसी कुरा गर्दैछन् ...
आवातजावत गर्नेहरूलाई निहार्दैछन् ..
यो भेला नेर पुगेर उनले भने ...
हे छोराहरू ....मुसलमान व्यक्तिको बासस्थान उसको घर नै हुन्छ ...
जहाँ उसले आफू र आफ्नो दृष्टिलाई सुरिक्षत राख्छ ....
बजारमा बस्नबाट बच्ने गर ...
यसले समय बर्बाद गर्छ र काम बिगार्छ ...
֍֍֍֍֍.
֍ दिमश्कमा अबुद्दर्दाअ्को बसाइको समयमा ...
मुआविया बिन अबु सुफ्यानले आफ्नो छोरा यजीदको बिहे उनकी छोरीसँग गर्ने सन्देश पठाए ...
उनले छोरीको बिहे यजिदसँग गर्न मानेनन् ...
र साधारण मुसलमान तरुणसँग जसको आचरण र धर्मको बारेमा विश्वस्त थिए .. छोरीको बिहे गरि दिए ...
यो खबर सर्वसाधारणमा प्रसारण भयो ...
मानिसहरू भन्न थाले ...
यजीद बिन मुआवियाले अबुद्दर्दाअको छोरीको हात माँगेको थियो ...
तर उसको बुवाले अस्वीकार गरे ...
र एउटा साधारण केटासँग बिहे गरेका छन् ...
एक जना उनलाई यो प्रश्न सोध्दा उनले जवाफ दिए ...
मैले लिएको निर्णयमा दर्दाअको भलो नै रोजेको छु ...
उसले आश्चर्यजनक भएर सोध्यो ..
तर कसरी ? ...
उनले उत्तर दिए ...
तिमीलाई कस्तो लाग्छ ..
जब दर्दाअको अगाडी दासदसिनी उसको सेवाको निम्ति उभिएका हुने छन् ...
उसले आफूलाई यस्तो महलभित्र देख्ने छिन् जसले आँखालाई अचम्मित पार्ला ....
त्यतिखेर उसको ईमान,धर्मको कस्तो अवस्था हुन्छ ? ....
֍֍֍֍֍
֍ अबुद्दर्दाअ शाममा बसेको बेला नै ...
मुसलमानका शासक उमर बिन खत्ताबले त्यहाँको भ्रमण गरे ...
त्यहाँको अवस्थाको निरीक्षण गर्दै...
उनले आफ्नो मित्र अबुद्दर्दाअलाई पनि रातिको समयमा भेट गरे ...
ढोका ढक्ढक्याउँदा त्यसलाई खुल्ला नै पाए ...
घर भित्र पस्दा घरमा कुनै दिप वत्ती नभएकोले अन्ध्यारै भएको देखे ...
अबुद्दर्दाअले उनको आगमनलाई महसुस गर्दै निकट आए ...
उनको स्वगत र अभिवादन गरे ...
उनलाई बसाए ...
अब दुवै जना कुराकानी गर्न थाले ...
तर
अन्ध्यारोको कारण एकअर्काको अनुहार पनि देख्न सक्दैन थिए ..
उमरले उनको सिरानीलाई छुँदा त्यो घोडाको जिन रहेको थाहा पाए ...
औछ्यानलाई छुँदा त्यो त मात्र रोडा थिए ...
उनको लुगालाई छुँदा त्यो एउटा पातलो च्यादर थियो .. जसले दिमश्कको जाडोमा केही काम नदिने रहेछ ...
उनले भने ...
अल्लाहले तपाईंमाथि दया गरून् ...
मैले तपाईंलाई यति यति धन सम्पत्ति प्रदान गरेको थिइँन ?...
मैले यो यो कुरा पठाएको होइन ? ...
अबुद्दर्दाअले जवाफ दिए ...
उमर .. तपाईंलाई रसूल सल्लल्लाहु अलैहि व सल्लमको त्यो भनाइ याद छ ? ..
उनले सोधे ..
कुन भनाइ ? ..
उनले जवाफ दिए ...
के उहाँले भन्नु भएको छैन ...
संसारमा तिम्रो धन एउटा यात्रुको सामल जस्तै होस् ...
उनले जवाफ दिए ...
पक्का .. याद छ ..
उनले भने ..
उमर हामीले उहाँ बित्नु भए पछि के के गयौं ? ...
यो सुनेर उमर रुन थाले र अबुद्दर्दाअ पनि ...
यसरी रुँदा रुँदै रात बित्यो ....
֍֍֍֍֍.
֍ अबुद्दर्दाअ यसरी दिमश्कमा त्यहाँका मानिसहरूलाई...
अर्तिउपदेश दिँदै ...कुर्आन र संहिताको पाठ पढाउँदै आफ्नो जीवनकाल बिताए ...
जब उनको अन्तिम समय आइ पुग्यो ..
उनी अन्तिम चोटि बिरामी भए ..
उनका सँगिसाथीहरू उनलाई भेट्न पुगे ...
उनीहरूले सोधे ...
तपाईँलाई केको पीडा छ? ..
उनले उत्तर दिए ...
मेरा पापहरूको ..
उनीहरूले सोधे ...
केही चाहना ? ..
उनले उत्तर दिए ...
मेरा पालनकर्ताको क्षमादान ..
अनि आफ्ना वरिपरिका मनिसहरूलाई आग्रह गरे ...
मलाई ला इलाह इल्लाह मुहम्मदुर्रसूलुल्लाह भन्ने गर ..
यसैलाई उनले पढ्दा पढ्दै संसार त्यागे ...
֍֍֍֍֍
֍ अबुद्दर्दाअको देहान्त पछि औफ बिन मालिक अश्जईले सपनामा देखे ...
एउटा हराभरा विशाल चौर छ ..
त्यहाँ छालाको एउटा विशाल खेमा ( तम्बु ) तानिएको छ ..
त्यस खेमाको वरिपरि बसेका बाख्राहरू छन् ...
यस्तो सुन्दर दृश्य आँखाले देखेकै छैन होला ...
उनले सोधे ..
यो कसको हो हँ ? ..
उत्तर दिइयो ...
अब्दुर्रहमान बिन औफको ....
त्यस खेमाबाट अबदुर्रहमान बिन औफ बाहिरिए ..
र उनलाई सम्बोधित गर्दै भने ..
हे मालिकका छोरा ...
यो बाटो भन्दा अलि माथि गएर तिमीले हेर्छौ भने ...
यस्ता दृश्यहरू छन् जो तिम्रा आँखाले कहिल्यै देखेका ..
तिम्रा कानले सुनेका ..
र तिम्रो मनमा त्यसको कल्पना पनि कहिले उत्पन्न भएको छैन होला ...
औफ बिन मालिकले आश्चर्यचकित भएर सोधे ...
अबु मुहम्मद .. त्यो कसको लागि हो ? ..
उनले उत्तर दिए ...
अल्लाहले त्यो सबै वस्तु अबुद्दर्दाअको लागि तयार पार्नु भएको छ ...
किन भने उनी दुवै हात र छातीद्वारा संसारलाई टाढा पार्दै थिए ....
अल्लाह अबुद्दर्दाअ सित प्रसन्न होऊन् ...
समाप्त
dldldldl