Thursday, November 6, 2025

अन्तिम दूतका साथीहरूको जीवन चित्रका केही झझल्को - ३२

 अब्दुर्रह्मान बिन औफ  

 ○ रजियल्लाहु अन्हु 

प्रस्तुतिः मुहम्मद सुहैल नदवी


○ इस्लाममा प्रवेश गर्ने सबैभन्दा शुरुका आठ जना मध्ये एक ...

जीवनमै  स्वर्गको खुसखबरी दिइने दस जना मध्ये पनि एक ...

उमर फारुकपछि खलीफा च्यन गरिन गठन भएको सल्लाहकार समितिका छ जना मध्ये एक...

रसूल सल्लल्लाहु अलैहिको जीवनकालमा नै उहाँको उपस्थितिमा ..

मदीनामा धार्मिक प्रश्नहरूको उत्तर दिने जमातका सदस्यहरू मध्ये एक ..

जाहिलियतकालमा  अब्द अम्र नामले परिचित ..

तर इस्लाम स्वीकार गरेपछि अल्लाहका रसूल सल्लल्लाहु अलैहि व सल्लमले ...

उनलाई अब्दुर्रह्मानद्वारा सम्बोधन गर्नु भएको थियो ...

हामी उनै अब्दुर्रह्मान बिन औफको चर्चा परिचर्चा गर्दर्छाैं ...

अल्लाह उनीसित प्रसन्न होऊन ...

○ अब्दुर्रह्मान बिन औफ मुसलमान भएका थिए ...

रसूल सल्लल्लाहु अलैहि व सल्लम अहिले दारुल अर्कममा पनि प्रस्थान गर्नु भएको थिएन त्यतिबेला नै..

हज्रत अबु बक्र सिद्दीकले इस्लाम स्वीकार गरेको मात्र दुइ दिन पछि ...

अल्लाहको लागि अग्रिम पङक्तिका मुसलमानहरूले पाएका पीडायातनाहरू...

उनले पनि बेसरी नै पाएका थिए ...

तर उनीहरूले धीरता राखे झैं यिनले पनि धीरता देखाए ..

उनीहरूले सत्यमार्गमा अडीग रहे जस्तै यिनी पनि अडिग रहे ...

उनीहरूले सत्यता अँगाले जस्तै यिनी पनि सत्यको बाटो हिडदै गए ...

आफ्नो धर्मका सुरक्षाको निम्ति हब्शातिर पनि प्रस्थान गरे ..

अरु थुप्रै मुसमानहरूले हब्शामा प्रवासी जीवन बिताउन बाध्य भए जस्तै ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमले आफ्ना साथीहरूलाई ...

मदीना तिर प्रस्थान गर्न अनुमति दिनु भएको बेला ...

उनी अल्लाह र उहाँका रसूल (स)को लागि घरबार त्याग गर्ने दलमध्ये अग्रिम दलमा पनि थिए ...

मदीनामा मुहाजिर र अन्सारहरूबीच भएको बन्धुत्वको कार्यक्रममा ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमले ..

उनको र सअद बिन रबीअ् अन्सारीबीच भ्रातःसम्बन्ध कायम गर्नु भएको थियो 

सअदले आफ्नो नयाँ इस्लामी मित्र भाइलाई भने ..

हे भाई !! म मदीनामा सबैभन्दा धनी व्यक्ति हुँ ...

मेरा दुइवटा बगैंचा छन् ...

र दुइवटी श्रीमती पनि छन् ...

हेर तिमीलाई जुन बगैंचा मन पर्छ भन..

म त्यस बगैंचालाई तिम्रोलागि त्याग दिन्छु ..

कुन स्वास्नी तिमीलाई मन पर्छ म त्यसलाई तलाक दिएर तिम्रो निकाहमा दिन्छु ..

अब्दुर्रह्मानले आफ्नो अन्सारी भाईलाई उत्तर दिए ...

अल्लाह तआलाले तिम्रो धनसम्पत्ति र घर परिवारमा बरकत दिऊन ...

मलाई मात्र बजारको बाटो देखाइ दिनुहोस् ...

उनलाई उनले बजारको बाटो औल्याइ दिए ..

उनी बजार गएर व्यापार गर्न थाले ...

किन बेच सुरु गरे ...

नाफा कमाउन थाले .. धनार्जन र संरक्षण गर्न थाले ...

केही दिन नबित्दै एउटी आइमाइको महर जति धन जम्मा भयो ..

उनले एउटी आइमाइसंग बिहे गरे ...

र रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा हाजिर हुँदा .

उनको लुगामाथि सुगन्धको चिन्ह देखा प¥यो ...

अहो अब्दुर्रह्मान ! 

मैले बिहे गरि सकें ... उनले जवाफ दिए ...

आफ्नी पत्नीलाई कति महर दियौ त? ...

उहाँले सोध्नु भयो ...

सुनको एक दाना बराबर ...

उनले भने ..

वलीमा खुवाऊ .. एउटा बाख्राद्वारा नै भए पनि ...

अल्लाहले तिम्रो धनमा बरकत दिऊन् ....

उहाँले आशिर्वाद दिँदै भन्नु भयो ...

अब्दुर्रहमानले भनेका छन् 

म तिर संसार यसरी लम्केर आउँदै गयो ...

मैले आफुलाई यस्तो अवस्थामा पनि देखें ..

यदि म कुनै ढुँगालाई उठाउने गर्थे ...

मैले त्यसको मुनि कुनै सुन अथवा चाँदी फेला पर्छ ...

अवश्य आशा राख्दथे ...

○ बद्रको दिन ....

अब्दुर्रह्मान बिन औफले अल्लाहको पथमा साहसपूर्ण लडाइँ लडे ...

अल्लाहको शत्रु उमैर बिन उस्मान बिन कअब तैमीलाई सिध्याए ..

उहुदको युद्धमा ..

जब पाइलाहरू डग्दै थिए  उनी अडिग रहे ...

फरार हुनेहरूले भागेको बेला उनी हल्लिएनन् ...

युद्धको समाप्ति पछि उनको शरीरमा बीस भन्दा बढी नै घाउ भएका थिए ...

कुनै कुनै घाउमा मानिसको हात पनि छिर्न सक्थ्यो ....

जिउको साथ अब्दुर्रहमानको युद्ध उनले धनसम्पत्तिद्वारा गरेको ...

युद्धको अनुपातमा थोरै देखा पर्छ ...

एक पटक रसूल सल्लल्लाहु अलैहि व सल्लमले ...

एउटा सैन्य कारवाही गर्न चाहनु भयो ...

उहाँले आफ्ना साथीहरूलाई भन्नु भयो ...

तिमीहरू सहयोग गर म एउटा सैन्य टोली पठाउदैछु ...

अब्दुर्रह्मान बिन औफ तुरन्त घर तिर गए..

छिटो नै फर्किए पनि ...

र उनले भने ..

हे अल्लाहका रसूल ! मसित चार हजार दीनार थियो ...

दुइ हजार मैले आफ्ना पालनकर्तालाई ऋण दिएँ ..

र दूइ हजार बालबच्चाको लागि छाडि दिएँ ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमले आशीर्वाद दिँदै भन्नु भयो ...

तिमीले दिएको रकममा अल्लाहले बरकत दिऊन् ...

र तिमीले राखेको रकममा पनि अल्लाहले बरकत दिऊन् ...

 रसूल सल्लल्लाहु अलैहि व सल्लमले जब तबूकमा लडाईं गर्ने निश्चय गर्नु भयो ....

 यो लडाइँ उहाँको जीवनको अन्तिम लडाइँ भयो ...

त्यतिबेला मालको पनि खाँचो उस्तै थियो ...

जस्तो ज्यान र मानिसको आवश्यक्ता ..

रोमन सेना अत्याधिक संख्यामा थियो ...

मदीनामा सुख्खायाम परेको थियो ...

बाटो पनि लामो तर साधन र श्रोत कम्ति ...

सवारी पनि थोरै नै ..

मुसलमानका एक समूह आएर उहाँसित ...

सौख र चाखले साथमा लैजाने आग्रह गर्छन् ...

तर उनीहरूलाई फर्काइ दिनु हुन्छ ..

किन भने उनीहरूलाई लिएर जाने साधनको अभाव थियो ...

उनीहरू रुँदै, बिलाप गर्दै फकिन्छन् ...

आँखाबाट अशुको झरि बर्सिन्छ ...

केही खर्च गर्ने सामर्थ्य नभएर ...

तसर्थ उनीहरूको नाम नै "रुन्चे" परेको थियो ...

र यस सेनाका नाम कठिनाइको सेना दिइएको थियो ...

यसै दयनीय अवस्थामा ..

रसूल सल्लल्लाहु अलैहि व सल्लमले आफ्ना साथीहरूलाई ..

अल्लाहको लागि खर्च गर्ने र उहाँसित प्रतिफलको आशा राख्ने...

आज्ञा दिनु भएको थिए ...

मुसलमानहरूपनि आफ्ना ईशदूतको आज्ञापालनतिर लम्के ...

उनी दातृसमूहको अग्रिममा अब्दुर्रह्मान बिन औफ पनि थिए ...

उनले दुइ सय औकिया सुनको दान पेश गरे ...

उमर बिन खत्ताबले रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई सिकायात गर्दै भनेका थिए ...

हे अल्लाहका रसूल ! अब्दुर्रह्मान आफ्नो यस कामद्वारा पापमा पर्न गएको जस्तो ..

मलाई लाग्छ ...

उनले आफ्नो घर परिवारको लागि केही पनि छोडेका रहेनछन्  ....

रसूल सल्लल्लाहु अलैहि व सल्लमले अब्दुर्रह्मानलाई सोध्नु हुन्छ ...

हे अब्दुर्रह्मान ! तिमीले आफ्नो घर परिवारका लागि केही राखेको छैनौ र? ...

अँ ... मैले जति खर्च गरेको छु ...

त्यो भन्दा झन असल र उत्कृष्ट परिवारको लागि छाडेको छु ...

उनले जवाफ दिए ...

उहाँले सोध्नु भयो ...

कति? ...

अल्लाह र उहाँका रसूलले धन उप्लब्धि, सम्पत्ति र प्रतिफलको ...

जे पनि वाचा गर्नु भएको छ सबै नि.....

उताबाट उत्तर आयो ....

○ यो सेना तबूकसम्म पुग्यो ...

त्यहाँ अब्दुर्रह्मान बिन औफलाई अल्लाहले यस्तो सम्मान दिनु भयो ...

जो सम्मान कुनै मुसलमानलाई प्रदान गर्नु भएको थिएन ...

नमाजको समय भएको थियो ...

रसूल सल्लल्लाहु अलैहि व सल्लम उपस्थित हुनु हुन्नथ्यो ...

तसर्थ अब्दुर्रह्मान बिन औफले मुसलमानहरूलाई नमाज पढाए ...

पहिले रक्अत समाप्त नभइ रसूल सल्लल्लाहु अलैहि व सल्लम पनि ..

मुक्तदीको पंक्तिमा सामेल हुनु भयो ...

र अब्दुर्रह्मान बिन औफको पछाडी उहाँ नमाज पढ्नु भयो ....

के यो भन्दा पनि कुनै सौभाग्य होला ..

यो भन्दा कुनै अरु सम्मान होला ...

उनी जगतका सरदार को इमाम भएका थिए ...

यद्यपि उहाँ मुहम्मद बिन अब्दुल्लाह (स) सबै सन्देष्टाहरूका इमाम हुनुहुन्थ्यो ...

○ रसूल सल्लल्लाहु अलैहि व सल्लमले अल्लाहको जुनाफमा हाजिर हुनु पश्चात ...

अब्दुर्रह्मान बिन औफ उहाँकी पवित्र पत्निहरू सम्पूर्ण मुसलमानहरूकी आमाको ....

कामकाजको हेरचाह गर्ने गर्दथे ...

उनीहरूका आवश्यक्ताहरूको परिपूति गर्दथे ...

कहिँ बाहिर जानेबेला सेवक बन्थे ...

हज्जको बेला संगै हज्ज गर्न जान्थे ...

उनीहरूको सवारीमाथि पर्दा तान्ने काम गर्दथे ...

उचित र मनपर्ने ठाऊमा विश्राम गराउँथे ...

यो अब्दुर्रहमान बिन औफका विशेषताहरू हुन् ...

र पवित्र आमाहरूको त्यो विश्वास हुन् ...

जसले गर्दा उनलाई गौरव गर्ने अधिकार प्राप्त भएको थियो ...

○ साधारण मुसलमान र उम्महातु मुमिनीनहरूमाथि उनको उपकार...

यति अत्यधिक हुन पुग्यो ..

उनले आफ्नो एउटा जग्गा चालीस हजार दिनारमा बेचेर ..

उसबाट प्राप्त सबै धनराशी...

रसूल सल्लल्लाहु अलैहि व सल्लमका मावली बनी जुह्रा ...

र उम्महातु मूमिनीन, गरिब मुसलमान र मुहजिरहरूमा बाडि दिएका थिए ...

हज्रत आइशा रजियल्लाहु अन्हाको भाग उनलाई प्राप्त हुँदा ..

उनले सोधिन् 

“यो रकम कसले पठाएको हो? ””...

अब्दुर्रह्मान बिन औफले पठाएको हो””...

जवाफ सुने पछि उनले भनिन् ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको थियो ...

म पश्चात् तिमीहरूमाथि मात्र धीरता राख्नेहरूले नै दया देखाउँछन् ...

○ रसूल सल्लल्लाहु अलैहि व सल्लमको आशीर्वाद ...

अब्दुर्रह्मान बिन औफको लागि एउटा छत्रछाया सरह नै ...

उनको जीवनको अन्तिम स्वाससम्म बृद्धि र बरकतको रुपमा रह्यो ..

उनी सहाबाहरूमध्ये सबै भन्दा धनाढ्य र पुँजीपति हुन पुगे ...

उनको व्यापार दिनानुदिन बृद्धि र उन्नतिको चरममा पुग्दै गयो ...

उनका व्यापारिक समूहहरू मदीना गमनागमनमा हुने गर्थे ...

ती व्यपारिक यात्राहरूद्वारा मदीनावासीको लागि ...

गहुँ, पीठो, घ्यु, तेल, लत्तकपडा, भाँडोबर्तन, सुगन्ध अत्तर ..

खाँचो पर्ने सबै सामग्री पु¥याउने गर्दथे ...

साथै मदीनाबासीले उत्पादन गर्ने वस्तुहरू अरु भुभागसम्म ..

पु¥याने गर्दथे ...

○ एक दिनको कुरा हो ...

अब्दुर्रह्मान बिन औफको व्यापारिक समूह ...

आफ्नो यात्रा पुरा गरे पछि मदीना फर्केका थिए ...

त्यस समूह अन्तरगत साथ सय भारवाहक जनावरहरू थिए ..

अँ ... सात सय भारवाहक ..

तिनीहरूमाथि खानेकुरा, सरसामान र दैनिक आवश्यक्ताका सबै सामग्रीहरू ...

बोकिएका थिए ...

मदीनामा प्रवेश हुँदा ..

भूइँ काम्न थालियो ...

होहल्ला भयो .. खलबली मच्चियो ...

हज्रत आइशा रजि. ले सोधिन् ...

यो कस्ता होहल्ला भइ रहेको छ? ...

कसैले भन्यो ...

अब्दुर्रह्मान बिन औफको व्यापारिक समूह फर्केको अरे ....

सात सय भारवाहक जनावरहरूले ...

गहुँ पीठो र खानेकुरा बोकेका छन् ...

हज्रत आइशाले भनिन् ...

अल्लाह तआलाले अब्दुर्रह्मानलाई दिनु भएका ...

 सांसारिक उन्नतीमा अझै बरकत देऊन् ...

अन्तिम दिनको प्रतिफल यो भन्दा पनि अत्याधिक हुन्छ ...

मैले रसूल सल्लल्लाहु अलैहि व सल्लमद्वारा सुनेको छु ...

उहाँले भन्नु भएको छ ..

अब्दुर्रह्मान बिन औफ स्वर्गमा घस्रिएर प्रवेश गर्नेछन् ....

○ अहिले ऊँटहरू आफ्ना स्थानमा बसेका पनि थिएनन् ..

एउटा सन्देशीले अब्दुर्रहमान बिन औफलाई ...

मुसलमानकी आमाको यो कुरा पु¥याइ दियो ...

उनलाई स्वर्गमा प्रवेश हुने सुसमाचार सुनायो ...

यो शुभ समाचार उनको कर्णस्पर्श हुने वित्तिकै ..

उनी दगुर्दै हज्रत आइशाको सामु उपस्थित भए  ...

हतार हतार सोध्न थाले ...

हे आमा ! के तपाईले यो कुरा रसूल सल्लल्लाहु अलैहि व सल्लमद्वारा सुन्नु भएको थियो ...

उनले भनिन् . अँ अवश्य नै ...

उनको खुशीको केही सीमा नै बाँकी नरह्यो ...

उनले भने ...

यदि मेरो सामथ्र्य हुन्छ भने सकभर म उभिएर प्रवेश गर्ने प्रयत्न गर्छु ...

हे माते ! म तपाईलाई साक्षी बनाएर ...

यो सबै ऊँटहरू, तिनीहरूमाथि बोकिएका भारहरू र जिनकाठी लत्ताकपडा ...

सबै अल्लाहको बाटोमा दान दिँए ...

.

○ त्यो उज्जवल शुभ्र दिनदेखि ...

अब्दुर्रह्मान बिन औफले स्वर्गमा प्रवेश गरिने ...

शुभ समाचार प्राप्त गरेका थिए ...

धन सम्पत्ति खर्च गर्ने र दान दिने क्रम बढ्दै गयो

उनी दुवै हातद्वारा दायावाँया खर्चने गर्दथे ...

लुकाएर पनि र देखाएर पनि ...

उनले चालीस हजार चाँदीको दिर्हम खर्च गरे ...

त्यस पछि चालीस हजार सुनका दिनार पनि ...

अनि दुइ सय औकिया सुन पनि दान गरे ...

अल्लाहको पथमा युद्ध गर्ने सेनानीहरूमध्ये ...

पाँच सयलाई घोडा किनेर दिए ..

यस्तै अर्का सेनानीहरूलाई पन्द्रह सय ऊँट दानबखस गरे ...

उनको मृत्युकाल नजिक हुँदा ..

उनले आफ्नो अधिनमा रहेका ठुलो सङख्यामा दासदासिनी मुक्त गरे ...

बद्रको युद्धमा सामेल भएका व्यक्तिहरूको लागि ..

प्रत्येक व्यक्ति चारसय दिनार सुन प्रदान गर्ने वसियत गरे ...

उनको वसियतनामाको आधारमा उनीहरू सबैलाई यो धन हस्तान्तरण गरियो ..

त्यस बेला उनीहरू एक सय जना बाँकी थिए ...

मुसलमानकी पवित्र आमाहरूमध्ये हरेकलाई ठुलो रकम दिइने वसियत गरे ...

हज्रत आइशा उनकोलागि धेरै नै दुआ गर्ने गर्थिन् र भन्ने गर्थिन्....

हे अल्लाह ! उसलाई सल्सबीलको पानी खुवाउनु ...

यति होइन ... आफ्ना उत्तराधिकारी र घरपरिवारको लागि पनि ...

अत्यधिक धनसम्पत्ति छोडेका थिए ...

जसको गणना गर्न सकिँदैन ...

उनीहरूकोलागि उनले एक हजार ऊँट, एक सय घोडा, तीन हजार बाख्रा ...

छोडेका थिए ...

उनकी चारवटा पत्निहरू थिइन् ...

उनको मरनोपरान्त यिनीहरूले प्राप्त गरेकी आठौं भाग बापत ...

हरेकले असी हजार प्राप्त गरेकी थिइन् ...

यति सुन चाँदी उनले वारिसहरूकोलागि बाँकी थियो ...

उनीहरूमा विभाजनको क्रममा बन्चरोले काटेर दिनु परेको थियो ...

बन्चरो चलाउने मानिसहरूको हात पनि प्रभावित भएका थिए ...

यो सबै बृद्धि र उन्नति मात्र ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमले दिनु भएको ...

उनको धनसम्पत्तिमा बरकतको दुआको कारणले गर्दा नै भयो ...

○ यति  धनाढ्य व्यक्ति, यसत असङख्य धनसम्पत्तिले पनि ..

अब्दुर्रह्मान बिन औफको मनलाई परिवर्तित गर्न सफल भएन ...

उनलाई सत्कर्मबाट फेर्न सकेन ...

यदि कसैले उनलाई उनका दासहरूमध्ये देख्थ्यो ...

को स्वामी हो र को दास ? पत्ता लागउन सक्दैन्थ्यो ....

एक दिन केही खानेकुरा अगाडीमा पस्किएका थिए ...

उनले एक दृष्टि खानेकुरामाथि हाले ..

अनि भन्न थाले ...

मुस्अब बिन उमैर मारिए ..

उनी म भन्दा सर्वाेत्तम थिए ..

हामीले उनलाई कात्रो ओडाउन यस्तो लुगा पाएको थियौं ...

सिर छोप्दा खुट्टा उघ्रन्थ्यो ...

र खुट्टा छोप्दा सिर खुल्ला हुन्थ्यो  ...

फेरी अल्लाहले हाम्रो लागि संसारिक आनन्द खुल्ला पार्नु भयो ..

मलाई डर लाग्छ ... हाम्रो प्रतिफल यसैलोकमा त दिइएको छैन ...

अनि यसरी रुन थाले कि ...

खाना खान पनि सकेनन् ...

अब्दुर्रह्मान बिन औफलाई बधाई छ ...

उनलाई परम सत्य मुहम्मद बिन अब्दुल्लाह (स) ले स्वर्गको समाचार सुनाउनु भएको थियो ...

उनको पार्थिव शरीरलाई रसूल सल्लल्लाहु अलैहि व सल्लका मामा ...

सअद बिन अबी वक्कासले उठाएका थिए ...

र जनाजाको नमाज जिन्नूरैन उस्मान बिन अफ्फानले पढाएका थिए ...

अमीरुल मूमिनी अली बिन अबी तालिब मलामीमा हिडेका थिए ...

त्यतिखेर उनी भन्दै थिए ...

हे अब्दुर्रह्मान ! तिमीले जीवनको मूल तत्वलाई प्राप्त गर्याै ...

र कम्सल भागलाई हटाउन सफल भयौ ...

अल्लाहले तिमीमाथि दया गरून् ....

समाप्त

प्रस्तुतिः मुहम्मद सुहैल नदवी

Monday, October 20, 2025

अन्तिम दूतका साथीहरूको जीवन चित्रका केही झझल्को - ३१

 

○ उमैर बिन सअद –२ 

रजियल्लाहु अन्हु

प्रस्तुतिः मुहम्मद सुहैल नदवी


○ भर्खरै हामीले महान् सहाबी उमैर बिन सअ्दको...

बाल्यकालका केही विचित्र झल्कोहरू देख्यौं ...

आउनुहोस् !! उहाँको जीवनका परिपक्व अवस्थाका केही घटनाहरूको पनि ...

अवलोकन गर्ने सौभाग्य प्राप्त गरौं ....

आशा छ यो दोश्रो चित्राङ्कन पनि सौन्दर्य र चहकिलोपनमा ...

पहिलो दृश्यहरूको दाँजोमा कम्ति हुँदैन होला ...

 

○ हिम्सका बासिन्दाहरू ...

आफ्ना गभर्नरहरूप्रति ..

अति कुविचार राख्ने .. धेरै आलोचना गर्ने बानी परेका थिए ...

जुनसुकै गभर्नरको नियुक्ति भए पनि ...

उनीहरूले उसभित्र कुनै न कुनै दोष निकाल्ने गर्थे ..

उसका केही कमिकमजोरीको खोट लगाउने गर्थे ...

र तुरन्त अमीरुलमुमिनीन कहाँ उसको उजुरी पुर्याउने गर्थे ...

ऊ भन्दा कुनै उत्तम व्यक्तिको नियुक्तिको आवेदन गर्ने गर्थे ...

हज्रत उमर फारूकले यस पालि निधो गर्नुभयो ...

कुनै यस्तो गभर्नरलाई म पठाउँछु ..

जसभित्र उनीहरूलाई कुनै दोषारोपन गर्ने मौका नहोस् ...

जसको जीवनमा कुनै कमजोरी पत्ता लगाउन नसकून् भनेर ...

उहाँले आफ्नो पहुँचमा भएका व्यक्तिहरूको घोर मन्थन गर्नुभयो ...

सबैलाई एकएक गरि पारखीको दृष्टिले मनमनै जाँच्नुभयो ...

यस कामका लागि उमैर बिन सअ्द भन्दा अरू कोही राम्रो व्यक्ति... 

उहाँको मुटुको जलधि तर्न सकेन...

अर्को कुनै व्यक्ति इच्छित हुन सकेन ...

त्यतिखेर उमैर बिन सअद शामको जजीरा क्षेत्रमा ...

एउटा सैन्य अभियानको अगुवाइ गर्दै थिए ..

अल्लाहको पथमा युद्ध लड्दै थिए ...

एक पछि अर्को शहर फत्ते गर्दै थिए ..

निरन्तर किल्लाहरूमाथि कब्जा गर्दै र समुदायहरूलाई पराजित पार्दै थिए ..

जुन जमिनलाई जित्थे, त्यहाँ मस्जिदहरूको निर्माण कार्य गर्दै थिए ...

यो सबै हुँदाहुँदैपनि उनलाई अमीरुल् मूमिनीनले बोलाएर ..

हिम्सको गभर्नरको पद हस्तान्त्रण गर्नुभयो ...

उनलाई हिम्स जाने आदेश दिएर अनिवार्य त्यहाँ पुग्न बताउनु भयो ...

तसर्थ उनले पनि अमीरुल मूमिनीनको आदेशको पालना गर्दै ...

त्यहाँ पुगे ...

मनले नचाहे तापनि ..

अझैं अल्लाहको पथमा लडाईँ लड्दै जाने प्रबल इच्छा भएता पनि ...

○ उमैर हिम्स पुगे ...

सम्पूर्ण मानिसहरूलाई एउटै मस्जिदमा भेला हुने अह्वान गरे ...

नमाज सकिए पश्चात् उनले मानिसहरूसमक्ष एउटा भाषण दिए ..

उनले अल्लाहको प्रशंसा र उहाँको स्तुति पछि ...

रसूल सल्लल्लाहु अलैहि व सल्लममाथि “दरूद” अर्पण गरेर भने ...

हे जनसमूह !! निसन्देह इस्लाम भनेको एउटा ..

सुरक्षित किल्ला र भरोसा योग्य ढोका हो ...

इस्लामको किल्ला निसाफ गर्नु ..

र उसको ढोका सत्यता हो ..

यदि किल्लालाई भत्काइयो र त्यसको ढोकालाई तोडियो भने..

यस धर्मको धरोहर र ढुकुटी नासिन्छ ...

नि:सन्देह इस्लाम तबसम्म बलियो रहन्छ ..

जबसम्म शासन र प्रशासन बलियो रहन्छ ...

शासकको बल कोर्राले हिर्काउने मात्र होइन...

अथवा तरवारले काटेमात्र हुँदैन ...

तर शासकको शक्ति निसाफ गर्नु र हकदारलाई हक प्रदान गर्नु नै हो ..

त्यस पछि आफ्नो कामतिर गइ हाले ..

र उक्त छोटो भाषणमा बनाइएको कार्यप्रणलीलाई सञ्चालित गर्न थाले ...

○ हिम्समा पुरै एक वर्षसम्म बिताउँदा पनि ..

उमैर बिन सअदले यस अवधिभित्र ....

अमीरुल मूमिनीन उमर बिन खत्ताबलाई एउटा पत्र पनि लेखेनन् ....

केन्द्रीय बैतुलमालमा कूत तिरोमध्ये एक दीनार वा दिर्हम पठाएनन् ..

यसरी उमर बिन खत्ताबको मनमा उनी प्रति शंका उत्पन्न हुन थाल्यो ..

उहाँ आफ्ना गभर्वरहरूप्रति अति नै सम्वेदनशील हुनुहुन्थ्यो ..

शासनको दुरुपयोग प्रति अत्यन्तै सचेत हुनुहुन्थ्यो ...

किनभने उहाँको विचारमा रसूल सल्लल्लाहु अलैहि व सल्लम बाहेक...

अरु कुनै व्यक्ति अशुद्धि र गल्तीबाट चोखो हुँदैन ....

उहाँले आफ्नो मुन्सीलाई भन्नुभयो...

उमैर बिन सअद्लाई एउटा पत्र लेख ..

त्यसमा भन ..

तिमीले अमीरुलमूमिनीनको यो पत्र पाउने बित्तिकै ...

हिम्सलाई छोड र उहाँ समक्ष हाजिर होऊ ...

मुसलमानको जति कर, कुत तिरो तिमीले जम्मा गरेका छौ ...

सबै साथमा लिएर आऊ ...

○ उमैर बिन सअदले उमरको पत्र पाउने बित्तिकै ..

अल्लाह दुवैदेखि प्रसन्न होऊन् ..

उनले आफ्नो सामलको थैलो बोके ..

काँधमाथि खाने बर्तन र वजुको भाँडो राखे ..

हातमा आफ्नो भाला समाते ...

हिम्स र हिम्सको शासनलाई छोडेर हिँडे ...

र पैदल यात्रा गर्दै मदीना तर्फ लागे ..

उमैर मदीनासम्म पुग्दा पुग्दै ...

उनको जिउको रङग परिवर्तन भइ सकेको थियो ...

उनको शरीर कम्जोर र कपाल लामो भइ सकेको थियो ...

उनीमाथि यात्राको थकान देखा पर्दैथ्यो ...

○ उमैर बिन असद अमीरुल मूमिनीन उमर बिन खत्ताबको सामु पुगे ...

उमर फारूक उनको अवस्था देखेर आश्चर्यचकित हुनुहुभयो ...

उनलाई सोध्नुभयो ...

हे उमैर ! तिमीलाई के भयो ?

उनले जवाफ दिए ...

केही भएको छैन हे अमीरुल मूमिनीन !

अल्लाहको कृपाले म सकुशल एवं स्वस्थ्य नै छु ...

मैले साथमा सम्पूर्ण संसारलाई बोकेको छु ..

उसको दुवै सिङ समात्दै हिडेको छु ...

उहाँले सोध्नुभयो ...

तिम्रो साथमा संसारको के कति छ त ? .. ..

उनले साथमा बैतुलमालको लागि केही धनराशि ल्याएका छन् होला भन्ने सोचेर उहाँले सोध्नुभएको थियो ...

उनले जवाफ दिए ...

मेरो साथमा मेरो थैलो छ र यसमा केही चामल सामलहरू ...

मेरो भाँडा वर्तन ..

त्यसमा खाना खान्छु ..

सिर र लुगा धुने गर्छु ..

एउटा मसक मेरो वजु र पानीको लागि...

हे अमीरुलमूनीन ! सम्पूर्ण संसार त मेरा यही सामग्री अधीनमा छ नि? ...

यस अतिरिक्त सबै अनावश्यक हुन् ...

मलाई त्यसको आवश्यकता छैन र कसैलाई पनि नहुनु पर्ने हो ...

उमर बिन खत्ताबले सोध्नुभयो ..

तिमी हिँडेर पैदल आएका हौ ? ... 

उनले उत्तर दिए .. हजुर, हे अमीरुलमूमिनीन !!....

उहाँले भन्नुभयो ..

तिनीहरूले चढ्नकोलागि गभर्नरको सवारी दिएनन् ? .. .

उनले भने ... उनीहरूले दिएनन् .. 

र मैले माँगिन पनि ...

उहाँले सोध्नुभयो ... अनि बैतुल मालको लागि ल्याएको समानहरू खै त ? ..

उनले जवाफ दिए ..

केही ल्याएको छैन ....

किन ? उहाँले फेरि प्रश्न गर्नुभयो ...

उनले भने ..

जब म हिम्स पुगें ...

मैले वहाँका राम्रा मानिसहरूलाई भेला पारें ..

उनीहरूलाई कर असुली गर्न अह्राएँ ...

उनीहरूले जहिले पनि केही संकलन गरेर ल्याए भने ..

म उनीहरूसँग परामर्श गर्थें ..

र त्यसलाई उसकै ठाउँमा पुर्याइ दिन्थें ...

उनीहरूमध्ये अति आवश्यक मानिसहरूमाथि खर्च गरि हाल्थेँ. ..

हज्रत उमरले आफ्नो मुन्सीलाई भने ...

उमैरको लागि हिम्सको गभर्नरको पद नवीकरण गर...

असम्भव .. उमैरले जवाफ दिए ..

अब यस्तो कुराको इच्छा छैन ..

अब तपाईँको गभर्नर बन्न सक्दिँन ...

तपाईँको मात्र होइन हे अमीरुलमूमिनीन !

तपाईको कुनै उत्तारिधिकारीको पनि बन्दिँन ...

यो भनेर मदीनाको छेऊमा भएको एउटा गाउँतिर जाने ...

र त्यहाँ परिवारको साथ बस्ने अनुमति माँगे ..

उहाँ अनुमति दिनुभयो ...

○ उमैरले गाउँतिर लागेको धेरै समय बित्‍न नपाउँदै ...

उनको हाल खबर बुझ्न ...

के कस्तो अवस्थामा छन् भन्ने जान्न..

हज्रत उमरलाई मन लाग्यो ...

उहाँले आफ्नो एउटा भरोसायोग्य व्यक्ति हारिसलाई पठाए ...

हे हारिस !! तिमी उमैर बिन सअद् कहाँ पुग ..

उहाँले भन्नुभयो ..

उनको घरमा एउटा अतिथि समान जाऊ ..

यदि अनन्दित देख्यौ भने ...

जसरी जान्छौ त्यसरी नै फर्कि हाल ..

यदि अवस्था दयानीय देख्छौ भने ..

यो सुनको सिक्काको थैलो उनलाई बुझाएर आऊ ..

अनि उनलाई एउटा थैलो दिए ..

त्यस भित्र एक सय सुनको सिक्का थिए ..

○ हारिस त्यहाँबाट हिँडेर उमैर बिन सअदको गाउँ पुगे ..

उनको बारेमा सोधपुछ गरे ...

एक जनाले उनको घरसम्म पुर्याइ दियो ..

उनलाई भेट्दा उनले भने ..

अस्सलामु अलैकुम व रह्मतुल्लाह...

उनले पनि जवाफमा भने ...

व अलैकुमुस्सलाम व रह्मतुल्लाह ..

कहाँबाट आउनु भयो ? ..

मदीनाबाट .. उनले जवाफ दिए ...

त्यहाँ मुसलमानहरूको समाचार कस्तो छ ? ..उनले सोधि हाले ..

राम्रै छ ।जवाफ दिँदै हारिसले भने ...

अमीरुल मुमिनीनको खबर कस्तो छ नि ??

उनले फेरी हज्रत उमरको विशेष समाचार सोधे ...

उनले जवाफ दिए ..

स्वस्थ्य, तन्दरुस्थ ...

के उनीले सजाय दिनु हुन्न ..

उत्सुकताको स्वर आयो ...

किन न हुने ? तुरन्त जवाफ आयो ..

भर्खरै आफ्नो एउटा छोरालाई उसको नराम्रो कार्य प्रति ..

यति कुर्रा हान्नुभएको थियो ..

जस कारण उसको मृत्यु नै भयो ...

उनले दुआ दिँदै भने ..

 हे अल्लाह !! उमरको सहायता गर्नु होला !!!! ..

मैले जाने अनुसार उनी तपाईँसित धेरै माया गर्छन् ..

○ हारिस त्यहाँ उमैर बिन सअदको आतिथ्यमा तीन रातसम्म बसे ...

उनले हरेक राति उनलाई एउटा रोटी खानकोलागि दिने गर्थे ...

तेश्रो दिन हुँदा उनकै समुदायको एक जनाले उनलाई भने ..

तिमीले पाहुना भएर उमैर र उनका परिवारलाई धेरै दुःख दिँदैछौ .....

तिनीहरूसित यही एउटा रोटी हुन्छ ..जो तिमी खाँदै हुन्छौ ...

उनीहरूले आफू नखाइ तिमीलाई दिने गर्छन् ...

उनीहरू भोको बस्दै आएकोले मर्कामा परेका छन् ...

यदि तिमी मेरो घरमा आउन सक्छौ भने आऊ ।.....

○ त्यस बेला हारिसले त्यो सुनको सिक्का भएको थैलो निकाले ..

उमैरको हातमा थमाए...

उमैरले कौतुलताको स्वरमा भने ...

यो के हो ? ...

अमीरुल मूमिनीनले तपाईंको लागि पठाउनु भएको हो ...

हारिसले उत्तर दिँदै भने ...

यो तपाईँ फिर्ता लानुस् ...

उहाँलाई मेरा सलाम भन्नुस् ...

उमैर ले जवाफ दिए ..

उनलाई यो पनि भन्नुस् .. उमैरलाई यसको आवश्यकता रहेन छ ...

घरभित्र उनकी पत्नि आफ्नो लोग्ने र पाहुनाको कुराकानी सुन्दै थिइन्....

उनले ठुलो स्वरमा भनिन् ...

हे उमैर !! यो राखि हाल्नु ... फिर्ता नपठाउनु ...

यदि तपाईँलाई खाँचो हुन्छ खर्च गर्नु ..

नभए आवश्यक मानिसहरूमा बाँडि दिनु ...

आवश्यक मान्छेहरू यहाँ धेरै छन् ...

हारिसले उनको कुरा सुनेर त्यो थैलो उमैरको अगाडि राखेर फर्किए ...

उमैरले त्यो थैलो उठाए ...

त्यसलाई सानो सानो पोका बनाई ....

राति नबित्दै सबै खाँचो परेका परिवारहरूमा बाँडि दिए ...

त्यसमध्ये पनि अनाथहरू र शहिदका सन्तानहरूलाई विशेष गरि ...

○ हारिस मदीना फर्किए ..

हज्रत उमरले उनलाई देख्नासाथ सोध्नुभयो ..

तिमीले के के देख्यौ हारिस !! 

अत्यन्त दयनीय अवस्था !! हे अमीरुल मुमिनीन ...

तिमीले उनलाई दिनारहरू दियौ कि दिएनौ ? .....

उहाँले सोध्नुभयो ..

अँ, दिएँ हे अमीरुलमूमिनीन !! ..

जवाफमा हारिसले भने ...

त्यसको उनले के गरे,केही थाहा भयो ? भनेर सोध्नुभयो ..

मलाई थाहा भएन ...

उनले उत्तर दिए ..

तर मलाई विश्वास छ उनले आफ्नोलागि एक दिनार पनि राखेको छैन होला....

हज्रत उमर फारुकले फेरि एउटा पत्र लेखि उमैरलाई सम्बोधन गर्दै भन्नुभयो...

तिमीलाई मेरो यो पत्र प्राप्त हुने बित्तिकै ...

यसलाई हातबाट नराखिकन मकहाँ हाजिर होऊ ...

○ उमैर बिन असद मदीन पुगे...

हज्रत उमरको सभामा हाजिर भए ...

हज्रत उमरले उनको स्वागत गर्नुभयो ...

आफ्नो निकट बसाउनुभयो ..

फेरि सोध्न थाल्नुभयो ...

उमैर !! ती दीनारहरूलाई कसरी खर्च गर्यौ ? ...

उनले जवाफ दिए ...

तपाईँले ती दीनारहरू मलाई दिनु भएको अब किन सोध्नु हुन्छ ? ...

उहाँले भन्नुभयो ...

म तिमीलाई कसम दिन्छु ...

मलाई जसरी भए पनि भन,तिमीले के गर्यौ ? ...

मैले ती दीनारहरू आफ्नोलागि सुरक्षित राखेको छु ...

त्यस दिनको लागि जब कुनै धनसम्पत्ति र सन्तानले लाभ पुर्याउने छैनन् ...

उनले जवाफ फर्काए ...

यो सुनेर हज्रत उमरको दुवै आँखा अश्रुसिक्त भए ...

उहाँले भन्नुभयो ..

म गवाही दिन्छु .. तिमी ती मानिसहरूमध्ये हौ .. 

जसले आफ्नो आवश्यकताको बेला पनि ..

अरुलाई ग्राह्यता दिने गर्छन्

भोकै रहेर अरुलाई खाना खुवाउने गर्छैन् ...

अनि दुइ वसक अनाज (दस मन जति)  र दुइ जोडी लुगा उनलाई दिने आदेश दिए ...

उनले भने ...

हे अमीरुल मुमिनीन !! मलाई अनाजको खाँचो छैन ...

मैले दुइ साअ् (छ सेर बराबर) जौ घरपरिवारमा छोडेर आएको छु ...

त्यसैलाई खाँदै गर्दा अल्लाहले अरु खानोकुरा पुर्याइ दिनुहुन्छ ...

तर दुइ जोडा लुगा म फलानोकी आमा (पत्नि)को लागि लिन चाहन्छु ...

उनको लुगा पुरानो भएको छ ..

र बेलिवास हुने अवस्था आइ सकेको छ ...

○ हज्रत उमर फारुक र उनका साथीको यो भेटघाटलाई धेरै दिन पनि बितेको थिएन ..

अल्लाह तआलाको तर्फबाट उमैर बिन सअद्को लागि ...

आफ्नो प्रिय रसूल र आँखाको शितलता मुहम्मद बिन अब्दुल्लाहलाई भेटने अनुमति आइ पुग्यो ...

आफ्ना मायालुको चाहना धेरै भए पछि मिलनको समय आयो ...

यसरी उमैर बिन सअद् परलोकको बाटो लागे ...

आनन्दित मन र विश्वस्त पाइलाद्वारा हिँड्दै..

काँधमा संसारको भार नबोकी ...

र जिउलाई संसारिक प्रलोभनको बोझबाट मुक्त पारेर...

साथमा मात्र दिव्य ज्योति र मार्गदर्शनको सामग्री लिएर ...

साथमा इश्भय र सत्यमार्गको प्रतिफल राखेर ...

जब उमरलाई उनको देहान्तको खबर पुग्यो ...

उनी अति नै दुःखित भए ...

अनुहारमा भएको चिन्ता र मुटुमा भएको वेदना कसैले पनि हेर्न सक्दैन ...

उहाँले भन्नुभयो ..

मेरो धेरै चाहना थियो .. मसित उमैर बिन सअद् जस्ता मानिसहरू भएका भए ..

जसलाई म मुसलमानहरूको लागि प्रशासनिक कार्य अह्राउने थिएँ ...

○ अल्लाह तआला उमैर बिन सअद् सित प्रसन्न होऊन् 

र उनलाई पनि प्रसन्न पारून् ...

उनी एउटा अद्भुत र अनुपम व्यक्ति थिए ...

मुहम्मद बिन अब्दुल्लाह (स) को मद्रसाको सर्वोत्तम विद्यार्थीहरू मध्ये  एक ...

समाप्त

प्रस्तुितः मुहम्मद सुहैल नदवी


Wednesday, October 15, 2025

अन्तिम दूतका साथीहरूको जीवन चित्रका केही झझल्को - ३०



 उमैर बिन सअद अन्सारी (१) 

 ⁕○⁕○रजियल्लाहु अन्हु ⁕○

प्रस्तुतिः मुहम्मद सुहैल नदवी




बालक उमैर बिन सअद् अन्सारी...

  कलिलो उमेरमा नै अनाथ्त्य र गरिबीको घुट्की निल्न बाध्य भएको थियो ...

उसका पिता उसको लागि कुनै धनसम्पत्ति अथवा संरक्षक नछोडिकन....

आफ्ना पालनकर्ताको हजुरमा गएका थिए ...

तर उसकी आमाले केही दिनमा नै .....

औस समुदायको एउटा धनि व्यक्ति ....

जसलाई जुलास बिन सुवैद भनिन्थ्यो....

 बिवाहको सम्बन्धमा जोडिन् ...

यसरी जुसालले उनको छोरा उमैरको पालनपोषण गर्ने र संगै राख्ने गरेका थिए ...

जुलासको संरक्षणमा उनीबाट पाएका स्नेह माया र राम्रो व्यवहारले गर्दा ...

उमैरले आफू अनाथ हो भन्ने कुरा पनि बिर्सिए ...

तसर्थ उमैरले पनि जुलासलाई बुवा समान माया गर्न थाले ..

जुलासले उमैरसित पिता र छोराको ममता समान नै  पाेख्दै...

उमैर जसरी उमेरको सिँढि चढ्दै थियो ....

उसरी नै जुलासको माया र स्नेह बढदै थियो ...

उनले याे छोरा भित्र भएको असल बानी ...

र बुद्धिमताको चिन्हलाई राम्ररी हेर्दै थिए ...

जुन चिन्हरू उसको हरेक काम कुराबाट छर्लङ्ग देखा पथ्र्याे ...

र उसको इमानदारी र सत्यताको लक्षणलाई अवलोकन गर्दै थिए ..

जुन उसको हरेक चालढालबाट प्रष्ट हुन्थ्यो ...

○ उमैर बिन सअदले इस्लाम धर्मलाई अंगाली सकेका थिए ...

उनको उमेर भर्खरै दस वर्षलाई नाघेको थियो, तापनि...

उनको सुन्दर मुटुभित्र इमानले खालि ठाउँ पाएर बास गर्याे ..

र इस्लामले उनको विशुद्ध सफा मनभित्र .....

उर्वर जमिन पाएर तह तहमा छिर्न सफल भयो ...

उनी कलिलो उमेरको भए तापनि ....

रसूल सल्लल्लाहु अलैहि व सल्लमका पछाडि पढ्ने कुनै नमाजमा ढिला सुस्ती गर्थेनन् ...

कहिले एक्लै कहिले आफ्नो श्रीमानको साथमा ...

उनलाई मस्जिद जाँदाआउँदा देखेर उनकी आमा खुसीले गदगद हुने गर्थिन् ...

 

○ बालक उमैर बिन सअदको जीवन यसै लहरमा बित्दै थियो ...

शान्त सुखद... आनन्दित, ...

जीवनको शान्ति भंग गर्ने न कुनै पीडा...

उनको सुखद घडीलाई धमिलो पार्ने  थियाे न कुनै वेदना...

तर अल्लाहको मर्जी भयो यस बालकलाई ...

सबैभन्दा कठोर र कष्ठदायी अनुभवमा पार्ने ...

र यस्तो कठिन परीक्षा लिने ...

जो उनका उमेरका कुनै तरुणले साधारणतः दिदैन ...

हिज्रतको नवौ वर्ष ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमले तबूकमा रोमन शासन विरुद्ध लडाईंको घोषणा गर्नु भयो ...

मुसलमानहरूलाई यसको लागि राम्ररी तयार हुने र सरसामान जुटाउने आदेश दिनु भयो ...

यो भन्दा पहिले...

उहाँ कुनै ठाउँमा लडाईंको लागि जानु हुन्थ्यो भने ...

स्पष्ट रुपमा भन्नु हुँदैन्थ्यो ...

जुन दिशा जाने विचार गर्नु हुन्थ्यो ..

त्यसको विपरित भन्ने भ्रम हुन्थ्यो ...

तर यस पाली ..

तबूकको लडाईंको लागि ...

उहाँले स्पष्ट रुपमा भन्नु भयो ..

गन्तव्य टाढा भएकोले...

बाटाे कठिन र शत्रु शक्तिशाली भएकोले हाेला सायद ...

सबैलाई परिस्थितिको कठिनाइ थाहा होस् भनेर

आफ्नो पुरा तयारी गरोस् 

भरपुर अस्त्र–शस्त्रको व्यवस्था रहोस् भनेर ...

यद्यपि गर्मीको ऋतु आरम्भ भइसकोको थियो ...

घाम चर्काे हुन लागेको थियो ..

रुखमाथि फल पाक्ने अवस्थामा थिए ..

रुखको छाँया आनन्दित पार्दै थियो ..

मनमा आराम र विश्राम गर्ने चाहन प्रबल हुँदै थियो ...

यो सबै कुरा भएतापनि ...

आफ्नो इश्दूतको आवाजमा सबैले लब्बैक भने..

स्वरमा स्वर मिलाए ...

युद्धको तयारी थाले

सरसमान जुटाउन आरम्भ गरे ...

यो परिस्थितिमा पनि मुनाफिककाे एउटा दल....

मानिसहरूको साहसलाई ताेड्ने कार्य गर्दै थियो ..

हिम्मतलाई शिथिल पार्ने अभियानमा लागेको थियो ...

मानिसहरूभित्र शंका उपशंका उत्पन्न गर्दै थियो ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमको कुचर्चा गर्दै हुन्थ्यो ..

आफ्नो सभामा उनीहरू यस्ता शब्दहरू प्रयोग गर्दै थिए ...

जो उनीहरूलाई अनास्थाको लाञ्छनामा पार्ने गर्थे...

सेनाले प्रस्थान गर्ने समय भन्दा केही दिन पहिला ...

तरुण उमैर बिन सअद् मस्जिदमा नमाज पढेर घर फर्केका थिए ..

उनले मस्जिदमा आफ्ना दुवै आँखाले देखेका ...

र दुवै कानले सुनेका ..

मुसलमानहरू को दान र उनका बलिदानका चित्राङकनहरू...

मन मस्तिष्कमा छरिएका थिए ...

उनले मुहाजिर र अन्सारकी महिलाहरूलाई देखेका थिए ..

कसरी तिनीहरूले आफ्ना आभूषणहरू फुकालेर ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमको पाउमुनि राख्दै थिइन्

अल्लाहको पथमा जानै यौद्धा सिपालुहरूको अस्त्र शस्त्रको लागि...

उनका सिरको आँखाले निहारेका थिए ...

यो उस्मान बिन अफ्फान हुनु हुन्छ ...

एउटा थैलोमा एक हजार सुनको दिनार ल्याउनु भएको छ...

र रसूल सल्लल्लाहु अलैहि व सल्लमको अगाडि टक्याउँदै हुनुहुन्छ ...

उनले अब्दुर्रहमान बिन औफलाई देखे ..

आफ्नो काँधमाथि दुईसय औकिया सुन लिएर आउनु भएको छ ..

उनले पनि रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा अर्पन गर्नु भएको छ ...

यति मात्र होइन ..

उनले एक जना यस्तो व्यक्तिलाई पनि देखे..

जो आफ्नो औछ्यान बिक्रीमा राखेको छ ...

त्यसलाई बेचेर त्यसको मुल्यद्वारा एउटा तरवार किन्नको लागि...

त्यो तरवार लिएर अल्लाहको पथमा युद्धमा सामेल हुने अवसर प्राप्त हुने इच्छाले ..

उमैर घर पुगेर मनमा यसै विचित्र चित्रणहरूलाई सम्झदै थिए ...

साथै जुलासले अहिलेसम्म ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथमा यात्रा गर्ने तयारी नथालेको ...

दान दक्षिण दिनु सामर्थ्य भएतापनि केही खर्च नगरेको कुराबाट ..

मनमनै आश्चर्यचकित पनि हुँदै थिए ...

तसर्थ उमैरले पनि जुलासको साहसलाई उकेरा लगाउन ..

र उनको मनमा पौरख्याइँलाई बिउँताउनका लागि..

उनले देखे र सुनेका कुरा र दृश्यको कथा उनलाई भन्न थाले ..

खास गरी ती मुसलमानहरूको कथा ...

जो रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा आएर ..

धेरै उत्साहले उनीहरूलाई पनि मुसलमान सेनामा सामेह गर्न आग्रह गरेका थिए ...

तर उनीहरूलाई यो भनेर रसूल सल्लल्लाहु अलैहि व सल्लमले फर्काइ दिनु भएको थियो ..

तिमीहरूको लागि कुनै सवारीको व्यवस्था भएको छैन ..

तसर्थ उनीहरू आँखाभरि अँशु लिए र फर्केका थिए ...

उनीहरूको चाहना बमोजिम युद्धमा सहभागी हुने ...

र अल्लाहको पथमा लडाइ गर्दै शहीद हुने अवसर प्राप्त नभएकोले..

मन शोक र पीडाले भरिएका थिए ..

तर उमैरले सुनाएको कथाहरू सुन्ने बित्तिकै ...

जुलासको मुखबाट यस्तो वाक्य निस्कियो ...

जसले यस आस्थावान तरुणको होस् नै उडाइ दियो ..

जुलासले भन्यो ...

यदि मुहम्मदले गरेको इश्दूत्वको दावीमा ऊ सत्य छ भने...

हामी गधा भन्दा पनि घटिया र नजाती छौं ...

 

○ उमैरले जे कुरा सुने...

त्यसले गर्दा उनको होस् नै उड्यो ...

उनले सोचेका पनि थिएनन्..

जुलास जस्ता बुद्धिमान र अनुभवि व्यक्तिले पनि..

मुखबाट यस्तो वाक्य निकाल्छ ..

जसले मानिसलाई एक पलमा ईमानबाट निष्कासित गर्छ ..

र कुफ्रको चौरमा फाली दिन्छ ...

जसरी कैल्कुलेटरले उसमा फिड गरिको कठिन हिसाबलाई हल गर्न

तुरन्त काम गर्छ ...

यसरी नै तरुण उमैर बिन सअद्को मस्तिष्क पनि हिसाब गर्न थाल्यो ..

उनलाई अब के गर्नु अनिवार्य हुन्छ ..

उनको दायित्व अब के हो? .. 

उनले बिचार गरे ...

जुलासको बारेमा मौन बस्नु ..

उनको कुरालाई लुकाउनु ...

अल्लाह र उहाँका रसूल सल्लल्लाहु अलैहि व सल्लमसित विश्वासघात हुन्छ ...

र इस्लामलाई हानि पु¥याउने कार्य हुन्छ ...

जसको लागि मुनाफिकहरूले षडयन्त्र गर्दैछन् ..

र यसको विरुद्ध योजना बनाउँदै छन् ...

तर उनले सुनेका कुराहरू प्रसारण गर्दा ..

त्यस व्यक्तिको हकमा दुव्र्यवहार पनि हुन्छ ..

जो उनकोलागि पिता समान छ ..

उनको उपकारको सट्टा अपमान हुन्छ ...

उसले नै उनलाई टुहुरो भएको बेला आश्रय दिएको छ..

निर्धन भएवखत धनवान बनाएको छ..

पिता नभएको बेला पिताको माया ममता प्रदान गरेको छ .....

अब यो तरुण दुविधामा थिए ..

कुनै एउटालाई रोज्नै पर्थ्याे ..

दुवैमा सबैभन्दा मीठो पनि नमीठो नै थियो ...

तर उनले छिटो नै एउटालाई रोजी हाले..

उनले जुल्लासतिर फर्केर भने ...

हे जुल्लास ! अल्लाह कसम!!

यो धरतीमाथि मुहम्मद बिन अब्दुल्लाह सल्लल्लहु अलैहि व सल्लम पछि...

तपाईं भन्दा अरु कुनै व्यक्ति प्रिय थिएन ..

तपाईं नै सबैभन्दा मनपरेको व्यक्ति हुनुहुन्थ्याे...

सबै भन्दा ममाथि उपकार गर्ने हुनुहुन्थ्यो ..

तपाईंले यस्तो कुरा भन्नु भएको छ ..

यदि मैले कसैलाई सूचित गरें भने तपाईंको बेइज्जती हुन्छ ...

यदि मैले यसलाई लुकाएँ भने मैले विश्वासघात गरेको ..

र आफ्नो धर्म र आफूलाई बर्बाद पारे जस्तो हुन्छ ...

मैले निश्चय गरेको छु ..

म रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा हाजिर हुन्छु ...

तपाईले भन्नु भएको कुरा उहाँलाई सुनाउँछु ...

आफ्नोलागि छुटकाराको बाटो खोजी हाल्नु होस् ...

○ तरुण उमैर बिन सअद् मस्जिद तिर गए ...

उनले रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई ..

जुलासले भनेको कुरा सुनाए ...

उनलाई रसूल सल्लल्लाहु अलैहि व सल्लमले नजिक बसाउनु भयो ..

र एक जना साथीलाई जुलासलाई बोलाउन पठाउनु भयो ...

केही बेरमा जुल्लास पनि हाजिर भए ...

उनले रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई सलाम गरे ..

उहाँको अगाडि नै बसे ..

रसूल सल्लल्लाहु अलैहि व सल्लमले सोध्नु भयो ...

तिम्रो कुन कुरा उमैर बिन सअद्ले सुनेको छ ...

उनले भनेको वाक्य पनि दोहोर्याउनु भयो ...

जुल्लासले उत्तर दिँदै भने ...

हे अल्लाहका रसूल! उसले असत्य भनेको छ .. र ममाथि मिथ्यारोपण गरेकाे छ ..

मैले यस्तो कुनै कुरा मुखबाट निकालेकै छैन ...

त्यहाँ उपस्थित सहाबीहरू ....

अनुहारको रेखाबाट मनमा लुकेका वास्तविकतालाई बुझ्नको निमित्त ....

कहिले जुल्लासतिर हेर्ने गर्दथे ...

कहिले आफ्ना आँखा उमैर बिन सअद् तरि फर्काउँथे...

उनीहरू आपसमा फुस्फुसाउँदै थिए ..

एक जना जसको मन भित्र खोट लुकेको थियो भन्यो ..

कस्तो अवज्ञाकारी छोरा रहेछ ...

जसले उपकार गरेको छ त्यसै माथि लाञ्छना लगाउँदैछ ...

केही अन्य मानिसहरूले भने ...

होइन !! यो बालक अल्लाहमाथि आस्थाको साथ हुर्केको हाे ..

उसको अनुहारका रेखाहरू उसको सत्यवचनको गवाही दिरहेका छन् ...

रसूल सल्लल्लाहु अलैहि व सल्लम उमैर तिर फर्कनु भयो ...

उहाँले उनको अनुहारलाई देख्नु भयो ...

अनुहारमा रगत जम्मा भएर रातो भएको छ..

आँखाबाट आँशु झर्दैछ ..

र उसको गाला र छातीलाई भिजाउँदैछ ...

साथै मुखबाट यहि वचन दोहोराइ रहेको छ ...

हे अल्लाह !! मैले भनेको कुराको सत्यताको लागि आफ्नो रसूलमाथि केही अवतरित पार्नू ...

हे अल्लाह !! मेरो सत्यताकालागि आफ्नो रसूल माथि केही अवतरित गरिदिनु हाेस्  ...

यो देखेर जुल्लासले रसूल सल्लल्लाहु अलैहि व सल्लमतिर झट फर्केर भन्न थाले ...

हे अल्लाहका रसूल!! मैले भनेको कुरा नै सत्य हो ...

यदि तपाई चाहनु हुन्छ भने म कसम खान पनि तयार छु ..

अल्लाह कसम उमैरले गरेको सिकायत जस्ताे मैले केही पनि भनेकै छैन ...

उनले आफ्नो कसम पुरा गरेका थिए ..

र मानिसहरू उमैर बिन सअद तिर हेर्न लागे कै थिए ..

अकस्मात् रसूल सल्लल्लाहु अलैहि व सल्लममाथि मौनता छायाे ...

साथीहरूले बुझे...

अब केही कुर्आन अवतरित हुँदैछ ...

उनीहरू आफ्नो ठाउँमै चुपचाप बसे ..

सबै मौन भए ..

उनीहरूको आँखा उहाँमाथि नै टाँसिए जस्तो भए ...

तर जुल्लासमाथि अब त्रास र डरको चिन्ह प्रकट भयो ..

उमैरमाथि आशा र सुखको भाव उत्पन्न हुँदै थियो ..

उपस्थित सबै जना यहि अवस्थामा थिए ..

उहाँ मौनताबाट बिउँझ्नु भयो...

र उहाँले यो आयत वाचन गर्नु थाल्नु भयो ...

“उनीहरू कसम खादैछन् कि यस्तो कुरा भनेका छैनन् .. निसन्देह उनीहरूले अनास्थाको कुरा गरेकाछन् ... आफ्नो इस्लाम पछि कुफ्र गरेका छन् .... उनीहरूले यस्तो काम गर्ने निधो गरिसकेका थिए जसमा सफल हुन सकेनन् ... उनीहरूले मात्र यस कुराको बदला लिएका छन् कि अल्लाह र उहाँका रसूलले उनीहरूलाई आफ्नो उपकारद्वारा धनवान बनाउनु भएको छ ...यदि उनीहरूले पश्चात्ताप गर्छन् भने यो उनका हकमा राम्रो हुन्छ .. र यदि मुख फर्काएर जान्छन् भने अल्लाहले उनीहरूलाई यहलोक र परलोकमा पीडादायिक यातना दिनु हुन्छ.. र जमिनमाथि कुनै मत्रि र सहयोगी भेट्ने छैनन् ... (तौबाः ७४)

जुल्लासले यो सुने पछि भय र त्रासले काँप्न थाले ...

डरले उनको दाँत बाँधिन पुग्यो ...

तर तुरन्त उनले रसूल सल्लल्लाहु अलैहि व सल्लमतिर फर्केर भन्न थाले ...

होइन !! बरु म पश्चात्ताप गर्छु हे अल्लाहका रसूल !! ..

बरु म क्षमायाचना गर्छु ...

हे अल्लाहका रसूल !! उमैरले सत्य भनेको छ ...

म नै झुठाे थिएँ ...

अल्लाहले मेरो पश्चात्ताप स्वीकार गरून् ...

म तपाईमाथि अर्पिएँ हे अल्लाहका रसूल !! ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमले उमैर बिन सअद तिर हेर्नु भयो ...

आस्थाको ज्याेतिमा जगमग उनको अनुहार ...

खुसीको आश्रुमा डुबेको थियो ...

उहाँले आफ्नो पवित्र हात उनको कान तिर बढाउनु भयो ..

त्यसलाई मायाले समात्दै भन्नु भयो ...

हे छोरा !! तिम्रो कानले सुन्दाखेरि राम्रै सुनेको थियो ..

तिम्रो गवाही तिम्रा पालनकर्ताले पनि दिनु भयो ...

यसरी जुल्लास इस्लामको छत्रछाँयामा फर्किए ...

र उनको इस्लाम उत्तम भयो ...

सबै साथीहरूलाई उनको अवस्थामा परिवर्तनको कुराको यकीन भयो ..

किन भने उनी उमैरमाथि झन बढी उपकार गर्न थाले ...

जहिले पनि उमैरको कुरा गर्दा भन्ने गर्दथे ..

उमैरलाई अल्लाहले उत्तम प्रतिफल दिऊन् ..

उसले मलाई कुफ्रबाट जोगायो...

मेरो गर्धनलाई आगोबाट बचायो ...

तर यहि मात्र यस बालक सहाबी उमैर बिन सअदको सबै भन्दा उज्जवल चित्र होइन ... सबैभन्दा आकर्षित चित्रन होइन ..

उनको जीवनमा अझैं राम्रा राम्रा दृश्यहरू छन् ...

यो भन्दा पनि उज्जवल, झन चहकिला ...

अर्काे सभामा त्यसका चर्चा पनि गर्नेछौं ...

उनकाे जवानीका कथाहरू ....

क्रमशः

Saturday, January 25, 2025

अन्तिम दूतका साथीहरूको जीवन चित्रका केही झझल्को - २९

֍֍֍ अबुद्दर्दाअ्र  उवैमिर बिन मालिक खज्रजी֍֍֍

●●● रजियल्लाहु अन्हु ●●●

प्रस्तुतिः मुहम्मद सुहैल नदवी

֍֍֍֍֍


֍ उवैमिर बिन मालिक खज्रजी जो अबुद्दर्दाअ्को नामद्वारा परिचित थिए ...

रातिको भरपुर निन्द्रा लिएर ब्युँझिए ..

आफ्नो घर भित्र एउटा उच्च स्थानमा राखिएको मूर्तितिर गए ..

उसको दर्शन र अभिवादन गरे ...

उनको आफ्नै पसलमा भएको सबै भन्दा बहुमूल्य बासना त्यसलाई दले ...

तत्पश्चात हिजै यमनबाट फर्केर आएका ....

एउटा मित्र व्यापारीले उनलाई उपहारमा प्रदान गरेको ...

एउटा बहुमूल्य नयाँ रेसमी लुगा ओढाए ... 

सूर्यको गोलो चक्र, माथि चुलिए पछि ..

अबुद्दर्दाअ् घरबाट निस्केर आफ्नो पसलतिर गए ...

त्यतिखेर यस्रिबको गल्ली सडक मुहम्मदﷺका अनुयायीहरूको घुइँचोले गर्दा भरिएका थिए ...

तिनीहरू बद्रबाट फर्किएर आउँदै थिए ...

उनीहरूको अगाढी-अगाढी कुरैशका बन्दी बनाइएका मानिसहरूको एउटा ठूलो समूह पनि जाँदै थियो ...

यो सबै देखेर पनि उनले वेवास्ता नै गर्छन् ...

तर केही छिन पछि आफ्नै समुदाय खज्रजका एउटा युवानिर पुगेर अब्दुल्लाह बिन रवाहाको बारेमा सोध्दछन् ...

“ उनले बद्रको युद्धमा सराहनीय भूमिका निर्वाह गरेका रहेछन् ...

र सकुशल लब्धकाम फर्केका रहेछन् ” ....

त्यो युवाले यसो भन्दै उनलाई आश्वासन दिए ...

अब्दुल्लाह बिन रवाहाको बारेमा अबुद्दर्दाअले चिन्तापूर्वक प्रश्न गर्दा ....

त्यस तरूणलाइ अचम्मित तुल्याएन ....

सबै जनालाई उनको र अब्दुल्लाहको बीच घनिष्ठ मित्रताको सम्बन्ध बारे राम्ररी थाहा थियो ...

अबुद्दर्दाअ् र अब्दुल्लाह बिन रवाहा जाहिलियत (अज्ञानता) कालमा नै घनिष्ठ मित्र थिए ....

इस्लाम आए पश्चात् अब्दुल्लाह बिन रवाहाले उसलाई अँगाले ..

तर अबुद्दर्दाअ्ले स्वीकार गर्न मानेनन् ....

तापनि दुवै जनाबीचको दृढ सम्बन्धलाई कमजोर गर्न पाइएन ...

अब्दुल्लाह बिन रवाहा पटक पटक उनलाई भेट्ने गर्थे ...

उनलाई इस्लामको निम्तो दिने गर्थे ...

उसमा प्रवेशको लािग उनलाइ रुची दिलाउँथे ...

र उनको उमेरका प्रत्येक दिन मुश्रिक हुने अवस्थामा बितीरहेकामा खेद प्रकट गर्ने गर्थे ...

֍֍֍֍֍

֍ अबुद्दर्दाअ् आफ्नो पसल पुगे ...

आफ्नो अग्लो कुर्सीमा पलेँटी मारेर विराजमान भए ...

र किन बेच गर्न थाले ...

नोकर चाकरलाई अह्राउने र मनाही गर्ने काम सुरु भयो ..

त्यतिखेर उनको घरभित्र के घटित भएको छ ..

उनलाई रत्तिभर थाहा भएन ...

किन भने उही समयमा अब्दुल्लाह बिन रवाहा आफ्नो घनिष्ठ मित्र ..

अबुद्दर्दाअको घरमा प्रवेश गरेका थिए ...

उनीले एउटा अर्कै नियतले आएका रहेछन् ...

उनले घरको ढोका खुल्ला छ, देखे ..

दर्दाअकी आमालाई आँगनमा कुनै काममा व्यस्त रहेको देखे ...

उनलाई सम्बोधन गर्दै उनले भने ...

हे अल्लाहकी दासिनी ... तपाईँमाथि अल्लाहले दया गरून् ..

तपाईँमाथि पनि दया होस् ... हे अबुद्दर्दाअका साथी ...

उनले जवाफ फर्काइन् ...

अबुद्दर्दाअ कता छन् नि ?

उनले सोधे ..

आफ्नो पसलमा जानु भएको छ र छिटो नै फर्कनु हुन्छ ..

उनले जवाफ दिइन् ..

घर भित्र प्रवेश गर्न अनुमति छ ? ...

उनले घरमा बस्न अनुमति प्राप्त गर्दै भने ...

स्वागत छ पधार्नुस् .. 

उनले स्वागत गर्दै भनिन् र बाटो छोडि दिईन् ...

तत्पश्चात आफ्नो कोठा भित्र पसेर ...

घरको मर्मत र दैनिक कार्य र बालबच्चाको हेरचारमा लागिन् ...

֍֍֍֍֍

֍ अब्दुल्लाह बिन रवाहा त्यस कोठाभित्र प्रवेश गरे ...

जसमा अबुद्दर्दाअले आफ्नो मूर्ति राख्ने गर्दथे ...

र आफूसाथ बोकेर ल्याएको बन्चरो निकाले ...

मूर्तितिर गएर त्यसलाई टुक्रा टुक्रा पार्न लागे 

साथै यो पनि भन्दै गए ...

प्रत्येक वस्तु जो अल्लाह अतिरिक्त पुकारिन्छ, मिथ्या हो ...

प्रत्येक वस्तु जो अल्लाह अतिरिक्त पूकारिन्छ, मिथ्या हो ...

त्यसलाई टुक्रा टुक्रा पारेर घरबाट निस्किगए ...

֍֍֍֍֍

֍ उम्मे दर्दाअ् कुनै काम परेर त्यो कोठामा गईन् ..

जसमा त्यो मूर्ति राखिएको थियो ...

मूर्तिलाई टुक्रैटुक्रा देखेर स्तब्ध भईन् ...

उनले मूर्तिको शरीरका अँङ्गहरूलाई यताउता भुइँमा छरिएको देखेर आफ्नो दुवै गालामा आफ्नै हातले चुट्दै ..

भन्न थालिन् ..

हे रवाहाका छोरा ! ... तिमीले मलाई   मार्ने भयौ  ..

हे रवाहाका छोरा तिमीले मलाई बर्बाद गरि दियौ ...

֍֍֍֍֍

֍ केही छिनमा अबुद्दर्दाअ पनि आफ्नो घर फर्के ..

उनले बुढीलाई मूर्तिको कोठाको द्वारमा बसेको देखे ..

उनी रुँदै कराउँदै थिइन् ....

उनको अनुहारबाट डर र भयको चिन्ह प्रस्ट देखिन्थ्यो ...

उनले सोधे ...

के विपदा पर्यो ..

उनले जवाफ दिईन् ..

तपाईंको साथी अब्दुल्लाह बिन रवाहा तपाईं नभएको बेला आएको थियो ...

र उसैले तपाईंको मूर्तिको यो दुर्गति बनाएको छ ...

उनले पनि मूर्तिलाई हेर्दा उसलाई धुजैधुजा पाए ..

रीसले चुर भए ..

र प्रतिशोधमा उफ्रिए ...

तर एक छिनमै क्रोध शान्त भयो ..

बितेको घटनामा विचार गर्न थाले ..

मनमनै भन्न लागे ..

यदि यस मूर्तिमा केही पनि सद्गुण भएको भए 

उसले आफू नै आफ्नो रक्षा गर्न सक्थ्यो होला ....

अनि त्यही बेला अब्दुल्लाह बिन रवाहातिर गए ..

र दुवै जना सँगै मिली रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा हाजिर भए ..

उनले अल्लाहको धर्म भित्र प्रवेश गर्ने घोषणा गरे ...

उनी आफ्नो टोलमा इस्लाम ल्याउने अन्तिम व्यक्ति थिए ...

֍֍֍֍֍ 

֍ तर प्रथम क्षणदेखि नै अबुद्दर्दाअ्ले अल्लाह र उहाँका रसूल सल्लल्लाहु अलैहि व सल्लममाथि यस्तो ईमान ल्याए ...

जो उनको अस्तित्वको कण कणमा समावेश भइ सकेको थियो ...

जुन उत्तम काम उनीद्वारा गर्न रहेका थिए ..

ती प्रति अत्यन्त खेद प्रकट गर्ने गर्थे ...

उनका साथीहरू जसरी अल्लाहको धर्मलाई अध्ययन गर्ने .. अल्लाहको किताबलाई कण्ठस्त गर्ने र ईशभय र उपासनामा जति परिपूर्ण भइ सकेका थिए ...

र आफ्नो अन्तिम दिनको लागि अल्लाहसमक्ष उत्तम कर्महरू जम्मा गरी सके थिए ..

तिनमा गहन विचार गर्न लागे ...

उनीद्वारा गर्नु पर्ने कार्यहरूको परिपूर्तिको निम्ति कडा मिहिनेत गर्ने निश्चय गरे ...

यसरी दिनभरिको थकानसंगै रातभरिको थकानलाई जोडने निधो गरे ...

सायद यसरी नै यात्रुदललाई भेट्ने सकिन्छ  ..

र उनीहरूलाई पछ्याउन पाइन्छ होला ...

तसर्थ उनी वैरागी समान उपासनामा व्यस्त भए ...

प्यासा व्यक्ति जस्तै विद्यातिर लम्के ...

अल्लाहको किताबको शब्द शब्द कण्ठस्थ गर्दै ...

र त्यसको आयतहरूको मनार्थमा गहिरो अध्ययन गर्दै ..

त्यसैमा दिनरात बिताउने थाले ...

उनले विचार गरे ...

यो व्यापारले मेरो उपासनाको  आनन्दमा बाधा बन्दैछ ..

र ज्ञानको आर्जनको लागि सभामा सहभागी हुनबाट वञ्चित पार्दैछ ...

तसर्थ उनले नि:संकोच र निःशोक भएर व्यापारलाई त्यागी दिए ...

एक जनाले उनलाई यसबारेमा सोध्दा उनले उत्तर दिए ...

म रसूल सल्लल्लाहु अलैहि व सल्लममाथि विश्वास गर्नु अघि  एउटा व्यापारी थिएँ ...

मुसलमान भए पछि मैले व्यवसाय र उपासनालाई सँगै निर्वाह गर्न खोजे ...

तर मैले चाहेको जस्तो हुन सम्भव भएन ..

अनि मैले व्यवसायलाई त्यागेँ ..

र उपासनामा नै ध्यान दिएँ ...

त्यो अस्तित्वको कसम .. 

जसको अधिनमा अबुद्दर्दाअ्को प्राण छ ..

मलाई यो पनि मन पर्दैन ..

कि मस्जिदको ढोका नजिक मेरो कुनै पसल होस् ..

एक बखतको पनि नमाज नछुटोस् ..

र मेरो किन बेच पनि हुने होस् ...

अनि हरेक दिन मलाई तीन सय असर्फी फाइदा हुने होस् ..

प्रश्नकर्तातिर उनले एक पटक हेरर यो भन्न लागे ..

म यो कुरा कदापि भन्दिनँ ..

कि अल्लाहले व्यापारलाई वर्जित गर्नु भएको छ ..

तर म ती मानिसहरू मध्ये एउटा व्यक्ति हुनु बढी प्रिय रुचाउँछु ..

जसलाई व्यापार व्यवसायले अल्लाहको ध्यानबाट रोक्न सक्दैन ...

֍֍֍֍֍

֍ अबुद्दर्दाअ्ले मात्र व्यापारलाई त्यागेको थिएनन् ..

उनले त संसारलाई नै त्यागि दिएका थिए ..

संसारिक मोहमाया र  सोभा सजावटबाट नै मुख फर्काइ सकेका थिए ..

संसारबाट कम्मर सीधा राख्नको लागि एक गाँस खाना ..

र जिउ छोप्नको निमित्त एउटा पुरानो लुगामा मात्र निर्भर थिए ...

एक चिसो र कठ्याङ्गिने रातमा ..

उनको घरमा केही पाहुनाहरू आए ...

उनीहरूको लागि उनले तातो खाना पठाए ..

तर ओढ्नकोलागि कुनै सिरक पठाएनन्..

उनीहरू सुत्ने बेला आपसमा सिरकको बारेमा सल्लाह गर्न थाले ...

एक जनाले भन्यो ..

म गएर कुरा गर्छु ...

अर्कोले भन्यो ..

छाड देऊ ..

तर उसले न मानेर जान खोज्यो ..

उनको कोठाको ढोकामा उभिए ..

तर उसले उनलाई सुतेको देखे ..

उनकी पत्नि नजिकै बसेकी थिइन् ...

तर दम्पतिको शरीरमाथि कुनै पनि लुगा रहेको थिएन  ..

जसले उनीहरूलाई गर्मी वा चिसोबाट जोगाउन सक्थ्यो ...

त्यस व्यक्तिले अबुद्दर्दाअ्लाई भन्यो ...

तपाईँलाई पनि हामी जस्तै सुतेका देखि रहेका छौं ....

तपाईँको सरसामान कता छ त खोइ ?

उनले जवाफ दिए ..

हाम्रो एउटा अर्को घर पनि छ ..

हामीले जति समानहरू जम्मा गर्छौं त्यहाँ तुरन्त पठाइ दिन्छौं ...

यदि यस घरमा कुनै समान हुन्थ्यो भने ..

तपाईँहरूतिर अवश्य पठाएका हुन्थ्यौँ होला ...

साथै त्यस घर तिर जाने जो बाटो छ ..

त्यो ठाडै उकालो छ ....

त्यो बाटोमा बढी भार लिएर जानु भन्दा कम्ति भार नै वेश हुन्छ ...

यसरी हामीले सजिलै सित उता पुग्नको लागि ..

अहिले देखि भार कम्ति गरि रहेका छौ ...

यसरी पुग्न सजिलो हुनेछ ..

त्यस पछि त्यस व्यक्तिलाई सोधे ..

तिमीले मेरो कुरा बुझ्यौ ? ..

उसले उत्तर दियो ..

अँ .. मैले बुझी सकेँ ..

अल्लाहले तिमीलाई उत्तम प्रतिफल दिऊन् ...

֍֍֍֍֍ 

֍ उमर फारूक रजियल्लाहु अन्हुको शासनकालमा ...

उनले अबुद्दर्दाअ्लाई शाममा गभर्नरको जिम्मेवारी दिन खोजे ...

तर उनले अस्वीकार गरे ...

उनले बारम्बार दवाउ दिँदा उनले भने ...

यदि तपाईँले मलाई उनीहरूलाई ..

आफ्ना पालनकर्ताको किताब पढाउन ..

आफ्ना रसूल सल्लल्लाहु अलैहि व सल्लमका नियमहरू सिकाउन ...

र उनीरूलाई नमाज पढाउने निमित्त पठाउन चाहनु हुन्छ भने म गइ हाल्छु ...

उमरले यो कुरा स्वीकार गरे ..

अनि उनी दिमश्कतिर लागे ..

उता पुगेर उनले मानिसहरूलाई धनसम्पत्तिको प्रलोभनमा रहेका देखे ..

सबैलाई सांसारिक आनन्दमा मग्न पाए...

यो अवस्था देखेर उनी भित्री मनले त्रसित भए ..

तसर्थ जनसमुदायलाई मस्जिदमा भेला हुन आह्वान गरे ...

मानिसहरू मस्जिदमा भेला भए पछि उनले उनीहरूलाई सम्बोधन गर्दै आफ्नो भाषण सुरु गरे ..

उनले भने ..

हे दिमश्कवासी हो ..

तिमीहरू मेरा धार्मिक भाइ बन्धु हौ ....

बसाइमा छिमेकी हौ ...

र शत्रुहरूप्रति सहयोगी पनि ...

हे दिमश्कवासीहरू ! ...

तिमीहरूलाई मबाट प्रेम गर्न र मेरो उपदेश ग्रहन गर्न कसले रोकेको छ ....

म तिमीहरूद्वारा केही माँग्दिन ...

मेरो उपदेश तिमीहरूको लागि हुन्छ ..

तर मेरो खर्चापानी अरूको जिम्मा हुन्छ ..

मैले हेरी रहेको छु ..

तिम्रा विद्वानहरू संसारबाट जाँदैछन् ..

तर तिमी मध्ये अनपढहरू केही सिक्दैनन् ...

म देख्दै छु ..

अल्लाहले जुन कुराको जिम्मा लिइ सक्नु भएको छ ..

तिमीहरू त्यसैमा व्यस्थ भएका छौ ...

र जुन कुरालाई गर्न आदेश दिनु भएको छ ..

त्यसलाई तिमीहरूले वेवास्ता गरेका छौ ....

म देख्दै छु ..

तिमी जुन कुरा खाँदैनौ त्यसैलाई जम्मा गरि रहेका छौ ...

जुन घरमा बस्ने छैनौ त्यसैलाई बनाउने प्रयासमा छौ .....

तिमीहरू त्यसको चाहनामा छौ जहाँ पुग्न सम्भव नै छैन ...

तिमी भन्दा पहिलेका समुदायहरूले पनि जम्मा गरेका थिए ...

उनीहरूले पनि आशा गरेका थिए ...

तर केही दिनमा नै उनीहरूले जम्मा पारेका वस्तुहरू बिग्रिए ...

उनीहरूको आशा, आशा नै रह्यो ...

चिहान उनीहरूको घर बन्यो ...

यो आदको समुदाय ... हे दिमश्कवासी हो ...

तिनीहरूले भूमिलाई धनसम्पत्ति र संतानले भरिपूर्ण बनाएका थिए ...

तर आज आद समुदायले छोडेका बस्तुहरू कसले मसित दुइ दिर्हममा किन्छ ? ...

यो सुनेर मानिसहरू रुन कराउन थाले ..

उनीहरूको रुवाइको आवाज मस्जिद बाहिर पनि सुनि रहेको थियो ....

֍֍֍֍֍. 

֍ त्यही दिन देखि अबुद्दर्दाअ्ले दिमश्कमा मानिसहरूको भेला र सभातिर आवातजावत गर्न थाले ...

उनीहरूको हाटबजार घुम्न थाले ...

कुनै प्रश्नकर्ताको जवाफ दिँदै ...

कुनै अज्ञानीलाई ज्ञान दिँदै ...

कुनै अचेतलाई सचेत बनाउँदै ...

हरेक मौकाको फाइदा उठाउँदै ...

र प्रत्येक अवसरबाट लाभान्वित हुँदै ...

֍֍֍֍֍

֍ एक पटक मानिसहरूको एउटा भेला नेर पुगेका थिए ..

उनीहरू एक व्यक्ति वरिपरि जम्मा भएर त्यसलाई कुटपिट गर्दै थिए ... साथै गाली गर्दै थिए ...

उनी ती मानिसहरूतिर फर्केर सोध्न थाले ...

के भएको हो? ..

उनीहरूले जवाफ दिए ...

एउटा ठूला अपराध गरेको यसले ...

उनले भने ..

तिमीहरू मलाई भन ..

यदि यो कुनै इनारमा खसेको भए ..

तिमीहरू यसलाई इनारबाट निकाल्ने थियौ कि निकाल्ने थिएनौ ? ...

उनीहरूले एकै स्वरमा भने ..

अवश्य निकाल्ने थियौँ नि ? ...

उनले भने ..

तसर्थ तिमीहरू. यसलाई गाली नगर ...

यसलाई कुटपिट नगर ...

बरु यसलाई अर्तिउपदेश देऊ ...

राम्रो सल्लाह देऊ ...

उचित बाटो ‌औंल्याऊ ...

र अल्लाहको प्रशंसा गर जसले तिमीहरूलाई यस्तो पापबाट जोगाउनु भएको छ ....

उनीहरूले सोधे ...

हामीले यसलाई घृणा नगरौं ? ...

उनले उत्तर दिए ..

म त्यसको कार्यबाट घृणा गर्छु ...

यदि उसले यो कार्य छोड्यो भने हाम्रो भाइ नै हो ...

त्यो पापी मान्छे यो सुनेर रुन र आफ्नो कुकर्मबाट पश्चात्ताप गर्न थाल्यो ....

֍֍֍֍֍.

֍ एउटा तरुण अबुद्दर्दाअ नेर पुगेर भन्छ ..

हे अल्लाहका रसूलका मित्र ...

मलाई केही अर्तिउपदेश दिनुहोस् ...

उनले भने ...

हे छोरा ...अल्लाहलाई खुसियालीको समयमा याद राख ...

उहाँले तिमीलाई कठिन अवस्थामा याद राख्नु हुन्छ ...

हे छोरा ...ज्ञानी बन्नु कि ज्ञान प्राप्तकर्ता अथवा श्रोतकर्ता ...

चौथो खालको नबन्नु... नत्र बर्बाद हुन्छौ ...

हे छोरा ...मस्जिदलाई घर बनाऊ ...

मैले रसूल सल्लल्लाहु अलैहि व सल्लमसित सुनेको छु ...

हरेक ईश्भय राख्ने व्यक्तिको घर मस्जिद हुन्छ ...

जसले मस्जिदलाई घर बनाउँछ ..

उसको आनन्द, करुणा र पुलसिरातलाई पार गर्ने जिम्मा अल्लाहले लिनु भएको छ ....

֍֍֍֍֍.

֍ जवानहरूको एउटा जमात बाटो किनारमा बसी कुरा गर्दैछन् ...

आवातजावत गर्नेहरूलाई निहार्दैछन् ..

यो भेला नेर पुगेर उनले भने ...

हे छोराहरू ....मुसलमान व्यक्तिको बासस्थान उसको घर नै हुन्छ ...

जहाँ उसले आफू र आफ्नो दृष्टिलाई सुरिक्षत राख्छ ....

बजारमा बस्नबाट बच्ने गर ...

यसले समय बर्बाद गर्छ र काम बिगार्छ ...

֍֍֍֍֍.

֍ दिमश्कमा अबुद्दर्दाअ्को बसाइको समयमा ...

मुआविया बिन अबु सुफ्यानले आफ्नो छोरा यजीदको बिहे उनकी छोरीसँग गर्ने सन्देश पठाए ...

उनले छोरीको बिहे यजिदसँग गर्न मानेनन् ...

र साधारण मुसलमान तरुणसँग जसको आचरण र धर्मको बारेमा विश्वस्त थिए .. छोरीको बिहे गरि दिए ...

यो खबर सर्वसाधारणमा प्रसारण भयो ...

मानिसहरू भन्न थाले ...

यजीद बिन मुआवियाले अबुद्दर्दाअको छोरीको हात माँगेको थियो ...

तर उसको बुवाले अस्वीकार गरे ...

र एउटा साधारण केटासँग बिहे गरेका छन् ...

एक जना उनलाई यो प्रश्न सोध्दा उनले जवाफ दिए ...

मैले लिएको निर्णयमा दर्दाअको भलो नै रोजेको छु ...

उसले आश्चर्यजनक भएर सोध्यो ..

तर  कसरी ? ...

उनले उत्तर दिए ...

तिमीलाई कस्तो लाग्छ ..

जब दर्दाअको अगाडी दासदसिनी उसको सेवाको निम्ति उभिएका हुने छन् ...

उसले आफूलाई यस्तो महलभित्र देख्ने छिन् जसले आँखालाई अचम्मित पार्ला ....

त्यतिखेर उसको ईमान,धर्मको कस्तो अवस्था हुन्छ ? ....

֍֍֍֍֍

֍ अबुद्दर्दाअ शाममा बसेको बेला नै ...

मुसलमानका शासक उमर बिन खत्ताबले त्यहाँको भ्रमण गरे ...

त्यहाँको अवस्थाको निरीक्षण गर्दै...

उनले आफ्नो मित्र अबुद्दर्दाअलाई पनि रातिको समयमा भेट गरे ...

ढोका ढक्ढक्याउँदा त्यसलाई खुल्ला नै पाए ...

घर भित्र पस्दा घरमा कुनै दिप वत्ती नभएकोले अन्ध्यारै भएको देखे ...

अबुद्दर्दाअले उनको आगमनलाई महसुस गर्दै निकट आए ...

उनको स्वगत र अभिवादन गरे ...

उनलाई बसाए ...

अब दुवै जना कुराकानी गर्न थाले ...

तर

अन्ध्यारोको कारण एकअर्काको अनुहार पनि देख्न सक्दैन थिए ..

उमरले उनको सिरानीलाई छुँदा त्यो घोडाको जिन रहेको थाहा पाए ...

औछ्यानलाई छुँदा त्यो त मात्र रोडा थिए ...

उनको लुगालाई छुँदा त्यो एउटा पातलो च्यादर थियो .. जसले दिमश्कको जाडोमा केही काम नदिने रहेछ ...

उनले भने ...

अल्लाहले तपाईंमाथि दया गरून् ...

मैले तपाईंलाई यति यति धन सम्पत्ति प्रदान गरेको थिइँन ?...

मैले यो यो कुरा पठाएको होइन ? ...

अबुद्दर्दाअले जवाफ दिए ...

उमर .. तपाईंलाई रसूल सल्लल्लाहु अलैहि व सल्लमको त्यो भनाइ याद छ ? ..

उनले सोधे ..

कुन भनाइ ? ..

उनले जवाफ दिए ...

के उहाँले भन्नु भएको छैन ...

संसारमा तिम्रो धन एउटा यात्रुको सामल जस्तै होस् ...

उनले जवाफ दिए ...

पक्का .. याद छ ..

उनले भने ..

उमर हामीले उहाँ बित्नु भए पछि के के गयौं ? ...

यो सुनेर उमर रुन थाले र अबुद्दर्दाअ पनि ...

यसरी रुँदा रुँदै रात बित्यो ....

֍֍֍֍֍.

֍ अबुद्दर्दाअ यसरी दिमश्कमा त्यहाँका मानिसहरूलाई...

अर्तिउपदेश दिँदै ...कुर्आन र संहिताको पाठ पढाउँदै आफ्नो जीवनकाल बिताए ...

जब उनको अन्तिम समय आइ पुग्यो ..

उनी अन्तिम चोटि बिरामी भए ..

उनका सँगिसाथीहरू उनलाई भेट्न पुगे ...

उनीहरूले सोधे ...

तपाईँलाई केको पीडा छ? ..

उनले उत्तर दिए ...

मेरा पापहरूको  ..

उनीहरूले सोधे ...

केही चाहना ? ..

उनले उत्तर दिए ...

मेरा पालनकर्ताको क्षमादान ..

अनि आफ्ना वरिपरिका मनिसहरूलाई आग्रह गरे ...

मलाई ला इलाह इल्लाह मुहम्मदुर्रसूलुल्लाह भन्ने गर ..

यसैलाई उनले पढ्दा पढ्दै संसार त्यागे ...

֍֍֍֍֍ 

֍ अबुद्दर्दाअको देहान्त पछि औफ बिन मालिक अश्जईले सपनामा देखे ...

एउटा हराभरा विशाल चौर छ ..

त्यहाँ छालाको एउटा विशाल खेमा ( तम्बु ) तानिएको छ ..

त्यस खेमाको वरिपरि बसेका बाख्राहरू छन् ...

यस्तो सुन्दर दृश्य आँखाले देखेकै छैन होला ...

उनले सोधे ..

यो कसको हो हँ ? ..

उत्तर दिइयो ...

अब्दुर्रहमान बिन औफको ....

त्यस खेमाबाट अबदुर्रहमान बिन औफ बाहिरिए ..

र उनलाई सम्बोधित गर्दै भने ..

हे मालिकका छोरा ...

यो बाटो भन्दा अलि माथि गएर तिमीले हेर्छौ भने ...

यस्ता दृश्यहरू छन् जो तिम्रा आँखाले कहिल्यै देखेका ..

तिम्रा कानले सुनेका ..

र तिम्रो मनमा त्यसको कल्पना पनि कहिले उत्पन्न भएको छैन होला ...

औफ बिन मालिकले आश्चर्यचकित भएर सोधे ...

अबु मुहम्मद .. त्यो कसको लागि हो ? ..

उनले उत्तर दिए ...

अल्लाहले त्यो सबै वस्तु अबुद्दर्दाअको लागि तयार पार्नु भएको छ ...

किन भने उनी दुवै हात र छातीद्वारा संसारलाई टाढा पार्दै थिए ....

अल्लाह अबुद्दर्दाअ सित प्रसन्न होऊन् ...

समाप्त

dldldldl

Sunday, January 12, 2025

अन्तिम दूतका साथीहरूको जीवन चित्रका केही झझल्को - २८

 सुहैब रूमी

रजियल्लाहु अन्हु

प्रस्तुितः मुहम्मद सुहैल नदवी

○○○○○


सुहैब रूमी ....

हामी मुसलमानहरूमध्ये को छ? ...

जो सुहैब रूमीसित परिचिति छैन होला ? ...

अथवा उनका केही खबर नसुनेको ..

वा उनको जीवनीको केही अंशबाट अवगत नभएको होला ? ...

तापनि धेरै जसो मानिसहरूलाई पक्का यो कुरा थाहा हुँदैन होला कि ..

सुहैब वास्तवमा एउटा रूमी अथवा रोमका बासिन्दा कदापि थिएनन् ...

उनी विशुद्ध अरबी थिए ...

बुवाको बंशमा नुमैर समुदायका

र आमापट्टिबाट तमीम समुदायका...

तर उनलाई रूमी किन भनियो ..

यसको एउटा रोचक कथा पनि छ ..

इतिहासको पानाले यस कथालाई सधैं स्मरण राखेको नै छ ...

र पुस्तकहरूमा यसको चर्चा परिचर्चा हुँदै आएको छ ...

रसूल सल्लल्लाहु अलैहि व सल्लमको नुबुव्वत भन्दा दुइ दशक पहिलेको कुरा हो ...

अबुल्ला भन्ने प्रान्तमा फारस नरेश किस्राको तर्फबाट ..

सिनान बिन मालिक नुमैरी शासन गर्दै थिए ....

उनका सबै भन्दा प्रिय सन्तान उनका छोरा थिए ..

पन्द्रह वर्ष पनि पुरा नगरेको ...

उसलाई सुहैबको संज्ञा दिएका थिए ...

○○○○○

○ सुहैब चहकिलो अनुहार र रातो कपालका केटा थिए ...

चुल्बुले वानी र सधै गतिशील ...

उनको दुवै आँखाबाट बुद्धिविवेक र सद्गुण प्रज्वलित हुन्थ्यो ...

यसको साथ साथै अति हँसमुख र मनलाई हर्षित पार्ने केटा थिए ..

बुवाको मन मुटुलाई आनन्दित पार्थे ...

र प्रशासनको सबै सन्तापलाई हर्ने गर्दथे ...

○○○○○

○ सुहैबकी आमा आफ्नो सानो छोरालाई बोकेर ...

आफ्ना नौकर चाकर र परिजनका साथ ...

इराकको एउटा गाउँ सनीतिर मनोरञ्जन र आराम गर्ने निमित्त प्रस्थान गरिन् ....

अकस्मात त्यस गाउँमाथि रोमन सेनाको एउटा दलले आक्रमण गर्याे ...

निरीक्षकहरूलाई मारे ..

माल सम्पत्ति लुटपाट गरे ..

बालबच्चाहरूलाई बन्दी बनाए ...

तिनी बन्दीहरूमा सुहैब पनि पर्न गए ...

○○○○○

○ सुहैब रोमको मुलुकमा दासे बजारहरूमा बेचिए ...

एक हातबाट अर्काे हातमा ...

यसरी एउटा स्वामीको सेवादेखि अर्काे स्वामीको सेवामा हस्तान्त्रण हुँदै ...

रोमको मुलुकका महलहरूमा भरिएका ..

हजारौं हजार अर्का दासहरू समान नै ....

○○○○○

○ यसरी सुहैबलाई रोमन समाजको गहिराइसम्म पुग्ने ..

र त्यसलाई भित्रबाट अवलोकन गर्ने अवसर प्राप्त भयो ...

उनले आफ्नै सिरको आँखाद्वारा ती महलहरूमा फैलिएका ...

कुकर्म र दुर्व्यहारका क्रियाकलापहरू देखे ...

र त्यहाँ हुने अत्याचार र पापका कहानीहरू आफ्नै कानद्वारा सुने ...

र यस समाजलाई घृणा गर्न र मन नपारउने भए...

उनी मनमनै भन्ने गर्थे ...

यस्तो समाजलाई कुनै तुफान र आँधीबेहरीले मात्र पवित्र गर्न सक्छ ...

○○○○○

○ यद्यपि सुहैबले रोमको मुलुकमा हुर्केका थिए ...

त्यही जमिनमा र उही समाजको बीच उनको पालनपोषन भएको थियो ...

यद्यपि उनले अरबी भाषालाई बिर्सि सकेका थिए ...

अथवा बिर्सन निकट भइ सकेका थिए ...

तथापि उनको मनबाट यो कुरा मेटिन सकेन कि ..

उनी अरबी जातिका हुन्  ...

मरुभूमिका सन्तान ....

कुनै बेला पनि आफ्नो दासत्वको जन्जीरलाई फुकाली ...

स्वतन्त्र र मुक्त हुने र आफ्नै देशवासीको बीच पुग्ने चाहना शिथिल नभएकाे  ...

उनको लाल्सा त्यतिखेर झन तीब्र भयो ...

जब उनले इसाईका एउटा ज्याेतिषिद्वारा उनका स्वामीलाई यो कथन भन्दै सुनेका थिए ..

त्यो समय आइ पुगेको छ.....

जसमा अरबद्विपमा एउटा अल्लाहका सन्देशवाहक निस्कनु हुन्छ ...

जो ईसा बिन मर्यमको ईश्दूत्वलाई प्रमाणित गर्नु हुनेछ ...

र मानिसहरूलाई अन्ध्यारोदेखि उज्यालोतिर निकाल्नु हुनेछ ....

○○○○○

 

○ सुहैबले एक पटक अवसर पाए ...

उनी आफ्ना स्वामीको दासित्वबाट भाग्न सफल भए ...

तसर्थ उनले सम्पुर्ण आबादीको थालनी मक्का शहर.... 

 अरबको ठेगाना र आगामी ईशदूतको जन्मस्थानतिर ....

जाने प्रयास गरे ...

र मक्का पूग्दा त्यहाँका मानिसहरूले उनलाई सुहैब रूमीको संज्ञा दिए ...

उनको जिब्रोमा भकभकाइ र रातो कपालको कारणले गर्दा ...

.. ... ... .. 

सुहैबले मक्काका एउटा सरदार अब्दुल्लाह बिन जुद्आनको साथ करार गरे ...

र व्यापारमा लागे ...

अब उनको हातमा धेरै धनसम्पत्ति जम्मा हुन थाल्यो ...

○○○○○

○ तर उनको वाणिज्य र व्यापारले उनको मनबाट ...

इसाई ज्योतषिको कुरालाई कहिले पनि भुल्न दिएन....

जहिले पनि उसको कुराको स्मरण हुन्थ्यो ...

उनले अति चाखले आफ्नै मनलाई सोध्ने गर्थे ...

यो कहिले हुन्छ होला ? ...

तर थोरै दिन पछि उनको प्रश्नको जवाफ पनि भेटियो ...

○○○○○

○ एक दिनको कुरा हो ...

एउटा व्यापारिक यात्रा पछि सुहैब मक्कातिर फर्केका थिए ...

कसैले उनलाई यो समाचार सुनायो ...

मुहम्मद बिन अब्दुल्लाहले आफू ईशदूत भएको घोषणा गरेका छन् ..

उनले एकल अल्लाहमाथि विश्वास राख्नको निमित्त ..

मानिसहरूलाई निम्त्याउँदैछन् ...

सबैलाई निसाफ र  परोपकार गर्न आग्रह गर्छन् ...

र दुष्कर्म र व्यभिचारबाट मनाही गर्ने गर्छन्  ...

○○○○○

○ उनी त्यही मानिस होइन र ? जसलाई सबैले अमीन (विश्वस्त) भन्ने गर्छन् ...

उनले सोधे ..

हजुर उही व्यक्ति ...

उत्तर दिइयो ...

उनले पुनः सोधे ...

उहाँ कता बस्नु हुन्छ ? ...

सफा पहाडको छेऊमा भएको अर्कम बिन अबुल अर्कमको घरमा रे ...

उनलाई खबर दिने व्यक्तिले उहाँको ठेगाना बताउँदै भन्यो ...

तर हेर्नुस .. उनलाई भेट्दा कुरैशका कुनै व्यक्तिले तपाईंलाई देख्न नपाओस् ..

ख्याल राख्नु होला ..

यदि कसैले देख्यो भने तपाईंको दुर्गति भइ हाल्छ ...

तपाईँ एउटा प्रवासी हुनुहुन्छ ...

न कुनै समुदाय छ जसले रक्षा गर्छ

नत कुनै खानदान र परिवार नै जसले तपाईँको सहायता गर्न सक्छ ...

○○○○○

 

○ लुुक्दैलुक्दै .. दायाँबायाँ पल्याकपुलुक हेर्दै ...

सुहैब अर्कमको घरसम्म पुग्न सफल भए ...

घर नजिक पुग्दा त्यहाँ अम्मार बिन यासिरसित भेट भयो ..

उनलाई पहिले देखि नै चिनेका थिए ...

परिचित व्यक्ति देखेर अलि धकाए ....

तर नजिक भएर उनलाई सोध्न थाले ...

अम्मार यहाँ किन आएका हौ ? ...

बरु तिमी किन यहाँ आएको मलाई भन...

अम्मारले उत्तर दिए ...

म त यस व्यक्तिलाई भेट्न र यसको कुरा सुन्न आएको हुँ ... 

उनले जवाफमा मनको कुरा पोखि हाले ...

अम्मारले म पनि यसै उद्देशले आएको हो भनेर बताए ..

सुहैबले अब नि:सङ्कोच भएर भने ..

 लौ त अल्लाहको नाम लिएर सँगै जाआंै ...

○○○○○

○ सुहैब बिन सिनान रूमी र अम्मार बिन यासिर सँगै ..

रसूल सल्लल्लाहु अलैहि व सल्लमको जुनाफमा हाजिर भए ..

उहाँका कुरा दुवैले ध्यानपूर्वक सुने ...

जसले गदौ दुवैको छाती ईमानको ज्योतिले जगमग भयो ..

र दुवैले उहाँतिर आफ्ना हात बढाउने कार्यमा एक अर्का भन्दा पहल गर्ने प्रयास गरे ...

र दुवैले अल्लाह अतिरिक्त कोही पूज्नीय छैन र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम उहाँको दास र सन्देश वाहक हुनु हुन्छ भनेर प्रतिज्ञा गरे ...

र दिनैभरी उहाँको अर्ति उपदेश ग्रहन गर्दै ..

र उहाँको सँगतको लाभ उठाउँदै बिताए ...

राति फैलिए पछि .. र मानिसहरूको आवतजावत बन्द भए पश्चात ..

रातको अन्ध्यारोमा दुवै जना त्यहाँबाट बाहिरिए ..

तर उनीहरूको छाती भित्र त्यो पवित्र ज्योति भरिएको थियो ...

जसले सम्पूर्ण विश्वलाई उज्यालो पार्ने सामर्थ्य बोकेको थियो ...

○○○○○

.

○ सुहैबले पनि अन्य बीसौं मुसलमानहरू जस्तै ...

बिलाल .. अम्मार .. सुमैया ..खब्बाबको साथ साथै ...

कुरैशद्वारा आफ्नो भाग्यको दुःख पीडा भोग्न बाध्य भए ...

कुरैशद्वारा दिइएका यति यातनाको सामना गरे ..

यदि त्यो यातना कुनै पहाडलाई दिइन्थ्यो भने त्यसलाई चुरचुर पु¥याउन प्रयाप्त हुन्थ्यो ...

तर उनले यो सबैलाई धीर र सहनशील मनले सहे ...

किन भने उनलाई राम्ररी थाहा भइ सकेको थियो ..

जन्नत अथवा स्वर्गको बाटो कष्टदायक कुराहरूले घेरिएको हुन्छ ....

○○○○○

○ रसूल सल्लल्लाहु अलैहि व सल्लमले आफ्ना साथीहरूलाई ...

जब मदीनातर्फ प्रस्थान गर्ने अनुमति दिनु भयो ...

सुहैबले पनि रसूल सल्लल्लाहु अलैहि व सल्लम र अबु बक्रको साथमा नै मदीना प्रस्थान गर्ने निधो गरेका थिए ...

तर कुरैशलाई उनकाे मदीना प्रस्थान गर्ने इरादा पत्ता लाग्यो ...

तसर्थ उनको उद्देश्यको परिपूतिबाट रोक्ने प्रयास गर्न थाले ...

उनको निरीक्षणको निमित्त पहरेदार खटाए ...

मक्कादेखि बाहिर जान नपाओस् ..

र वाणिज्य व्यापारमा कमाएका सुन चाँदी सँगै लैजान नपाओस भन्ने उद्देश्यले ...

○○○○○

.

 ○ रसूल सल्लल्लहु अलैहि व सल्लम र उनका साथी अबु बक्रको हिज्रत पश्चात ...

सुहैबले पनि उहाँहरू समक्ष पुग्ने मौका खोज्दै थिए ...

तर यस्तो अवसर प्राप्त भएको थिएन ...

पहरेदारहरूको आँखा सधैं उनको निगरानीमा खुल्ला हुन्थ्यो ...

जागेको र सधैं सतर्क ...

उनले कुनै दाउपेच बिना त्यहाँबाट निस्कने कुनै मौका नै देखेनन् ..

○○○○○

.

○ एउटा चिसो र ठिहि¥याउँदो रातमा ...

सुहैबले मैदान तिर धेरै ओहोरदोहेर गर्न थाले ...

मानौ दिसापिसाबको आवश्यक्ता परेको छ ...

एक पटक गएर फर्किन वित्तिकै पुनः जाने गरी ...

○○○○○

 

○ पहरेदारहरूले आपसमा कुरा गर्न थाले ...

लौ, मज्जा भयो ..

आज लात र उज्जाले यसलाई पखाला लगाइ दिएछन् क्यारे ...

अनि उनीहरू आफ्ना औछ्यानमा लम्पसार भए ...

र आफ्ना आँखा निन्द्रालाई सुम्पिए ...

अवसर प्राप्त हुन वित्तिकै उनीहरूको बीचबाट नै ...

सहैब सुटुक्क निस्किए ...

र मदीनाको बाटो लागे ...

○○○○○

 

○ सुहैबको यात्राआरम्भ भएको केहि छिन मात्र बितेको थियो ..

पहरेदारहरूले उनको चाल बुझे ...

उनीहरू भयभीत हुँदै व्यउँझिए ...

आफ्ना तिव्र गतिको घोडामाथि सवार भए ...

र तिनीहरूलाई कुदाउँदा कुदाउँदै उनलाई भेट्न सफल भए ...

○○○○○

○ सुहैबले कुरैशका दलहरू आइ पुगेको थाहा हुँदै ...

उनी एउटा अगलो ढिस्कोमाथि चढे ..

आफ्नो वाणपेटिकाबाट वाण निकाले ..

धनुमा ताँदो चढाए ...

र कडा स्वरमा उनले भने ...

हे कुरैशका दलहरू ...

अल्लाह कसम .. तिमीहरूलाई राम्ररी थाहा छ ...

म तिमीहरूभन्दा उत्तम धनुधारी हुँ ...

मेरो निसाना अचुक हुने तिमीहरू जान्दै छौ ...

अल्लाह कसम तिमीहरू मनेर त्यो बेला सम्म पुग्न सफल हुँदैनौं ...

जबसम्म म एक एक वाणद्वारा एक एक व्यक्रिको प्राण लिन्न ...

तत् पश्चात मेरो हातमा तरवारको केही अँश वाँकी रँहदासम्म ..

म तिमीहरूलाई मार्नेछु ...

उनीहरू मध्ये एक जनाले भन्यो ...

अल्लाह कसम .. हामीले पनि तिमीलाई आफ्नो प्राण र सम्पत्तिसहित यहाँबाट भाग्ने अवसर दिँदैनौं ...

तिमी मक्कामा निर्धन आएका थियौ ...

गरिब थियौ ...

अनि धनवान बन्यौ ...

र कति कति धन सम्पत्ति आर्जन गर्याै ...

उनले उत्तर दिँदै भने ..

यदि मैले आफ्नो सम्पत्ति तिमीहरूलाई छाडेर जाउँ भने ..

तिमीहरू मलाई प्रस्थान गर्ने अनुमति दिन्छौ ?....

उनीहरूले सहमति जनाउँदै भने ..

अवश्य ...

सुहैबले उनीहरूलाई मक्कामा भएको आफ्नो घर भित्र ...

लुुकाएको धनसम्पत्तिको ठाउँ बताए ..

उनीहरू त्यहाँ पुगेर धनसम्पत्तिमाथि कब्जा गरे ..

र उनको बाटो छाडी दिए ...

○○○○○

.

○ सुहैबले मदीतर्फको बाटोमा यात्र सुरु गरे ...

अल्लाहको धर्मलाई सुरक्षित पार्ने निमित्त मक्काबाट प्रस्थान गरेर ...

उनले आफ्ना उमेरका  सुनौला समयहरू खर्चेर कमाएको धनप्रति....

गुमाएको अफसोस वा खेद प्रकट नगरी ..

बाटोमा हिँड्दा कमजोरी महसुस हुँदा ..

अथवा थकावटको आभास हुँदा ..

रसूल सल्लल्लाहु अलैहि व सल्लमसित भेटने चाहनाले ..

उनको मनमा पुनः स्फुर्ती ल्याउँथ्यो ...

र उनी पुनः आफ्नो यात्रा प्रारम्भ गर्थे ...

जब उनी कुबा पुगे ..

उनलाई रसूल सल्लल्लाहु अलैहि व सल्लमले देख्नु भयो ...

हाँस्दै मुस्कुराउँदै उनको स्वागत गर्नु भयो र भन्नु भयो ...

व्यापार अति लाभदायक रह्यो हे अबु यह्या ...

व्यपार धेरै लाभदायक रह्यो 

यसलाई तीन पटक भन्नु भयो ...

सुहैबको अनुहार खुसीले प्रफुल्ल भयो .. 

उनले भने ..

अल्लाह कसम हे अल्लाहका रसूल ...

म भन्दा पहिले तपाई समक्ष कोही पुगेको रहेन छ ...

तपाईंलाई यस घटनाको जानकारी जिब्रील मात्र दिनु भएको रहेछ ...

○○○○○

○ वास्तवमा यो व्यापार धेरै लाभदायक रह्यो ...

र यसलाई आकाशबाट अवतरित ईशवाणीले पनि प्रमानित गर्यो ...

जिब्रीलले पनि यसको साक्षी बन्नु भयाे ...

किन भने सुहैब कै बारेमा यो आयत अवतरित भएको थियो .....

व मिनन्नासि ...

“र मानिसहरूमा यस्ता पनि छन् जसले अल्लाहको प्रसन्नताको प्राप्तिको लागि आफूलाई पनि किन्ने गर्छन् ...र अल्लाह आफ्ना भक्तहरू प्रति अत्यन्त दयालु हुनुहुन्छ ” । –अल–बकरहः२०७)

सुहैब बिन सिनान रूमीको जय होस ..र उत्तम परिणाम होस...

○○○○○

समाप्त

प्रस्तुितः मुहम्मद सुहैल नदवी

Sunday, January 5, 2025

अन्तिम दूतका साथीहरूको जीवन चित्रका केही झझल्को - २७

¡¡¡¡¡  नुअ्मान बिन मुकर्रिन अल मुजनी ¡¡¡¡¡

 ¯¯¯रजियल्लाहु अन्हु ¯¯¯

प्रस्तुतिः मुहम्मद सुहैल नदवी

¡¡¡¡¡

¡ मुजैना समुदायले आफ्ना घरहरू यस्रिबको नजिकै ...

मक्का र मदीनाको बाटोमा बनाएका थिए ...

रसूल सल्लल्लाहु अलैहि व सल्लम मदीनातिर प्रस्थान गरी सक्नु भएको थियो ..

उहाँका खबर र समाचारहरू मुजैना समुदाय तिर पनि आवातजावात गर्ने मार्फत पुग्दै थिए ...

उनीहरूले अहिलेसम्म उहाँको बारेमा राम्रा समाचारहरू मात्र सुनेका थिए ...

एक दिन बेलुकातिर...

उनका सरदार नुअ्मान बिन मुकर्रिन आफ्ना दाजुभाई र समुदायका बुढापाकाहरूका साथमा

एउटा बैठकमा बसेका थिए ...

उनले उनीहरूलाई भने ...

हे जनसमूह .. हामीले मुहम्मदको बारेमा मात्र राम्रो खबर नै थाहा पाएका छौं ...

उनका अह्वानमा करुणा, आचारसंहिता र निसाफको कुरा मात्र सुनेकाछौं ....

फेरि हामी किन उहाँतर्फ जान ढिलो गरि रहेका छौं...

सबै मानिसहरू उहाँतर्फ हतार हतार जाँदैछन् ...

आफ्नो कुरा अगाडि  बढाउँदै उनले भने...

मैले भोलि बिहान उहाँसमक्ष पुग्न निर्णय गरि सकेको छु ...

तिमीहरू मध्ये जो मेरो साथमा जान इच्छुक छ, तयार भएर आए हुन्छ  ...

नुअ्मानको यो बोलले मानौं जनसमूहको मुटुको तार हल्लाइ दिएको थियो ..

बिहानी उदाउँदै उनले आफ्ना दशौं दाजुभाइहरू र उनका समुदायका चार सय घोडसवारलाई देखे ..

उनीहरू पूर्णतः तयार भएर आएका रहेछन् ...

र यस्रिब तिर जाने र रसूल सल्लल्लाहु अलैहि व सल्लमसित भेट गर्ने र इस्लाममा प्रवेश गर्न तत्पर  ...

तर नुअ्मानले यत्रो ठूलो जनसमूहसाथ रसूल सल्लल्लाहु अलैहि व सल्लमसमक्ष खालि हात पुग्न ...

र उहाँको निमित्त र सर्वसाधारण मुसलमानहरूको लागि केही कोसेली साथमा नलिइ जान लाज माने ...

तर त्यो समय सुख्खा लागेको थियो ...

मुजैना समुदाय भित्र पनि यस सुख्खा र भोकमरीले न कुनै जनावर छाडेको थियो न कुनै बालीनाली ...

तापनि नुअ्मान आफ्नो र आफ्ना दाजुभाइका घरभित्र पसेर सुख्खायामले जेजति बाँचि राखेका थिए..

सबैलाई जम्मा गरे ....

र यी जनावरहरू हकार्दै मदीनातर्फ प्रस्थान गरे ...

रसूल सल्लल्लाहु अलैहि व सल्लम समक्ष पुगेर उनले र उनका साथ आएका सबै जनाले ..

आफ्नो मुसलमान हुने घोषणा गरे ...

¡¡¡¡¡

¡ यस्रिबको एक कुनादेखि अर्काे कुनासम्म नुअ्मान र उनका साथीहरूको आगमनले खुसीले गदगद भयो ...

यो भन्दा पहिले अरबभित्र भएका कुनै परिवारका सदस्याहरूमा ...

एकै साथ एउटै आमाबुवाका दस सन्तान भएका दाजुभाईहरू ....

र उनका साथमा चार सय सशत्र जवानहरू..

पहिलो पटक इस्लाममा प्रवेश गरेका थिए ...

रसूल सल्लल्लाहु अलैहि वसल्लमले पनि नुअ्मानको इस्लाम स्वीकार्ने कार्य प्रति ....

आफ्नो प्रसन्नता व्यक्त गर्नु भयो ...

अल्लाह तआलाले उनका दान र कोसेलीलाई स्वीकार गर्नु भयो ...

र उनीहरूलाई उद्धृत गर्दै कुर्आन अवतरण गर्नु भयो ...

“ व मिनल अअ्राबि मन् युअ्मिनु ...

“गाउँलेहरूमध्ये यस्ता मानिसहरू पनि छन् जो अल्लाह र अन्तिम दिन प्रति विश्वास राख्दछन् .... र आफ्नो माल खर्च गरि अल्लाहको निकटता खोज्दछन् र रसूलको आशिर्वाद पनि ... वास्तवमा त्यो उनीहरूकोलागि निकट पार्ने साधन हो ... चाढै नै अल्लाहले उनीहरूलाई आफ्नो करुणाभित्र  प्रवेश गराउनु हुन्छ ... निसन्देह अल्लाह अत्यन्त क्षमाशील र करुणामयी हुनुहुन्छ” ... (अल् तौबाः४)

नुअ्मान बिन मुकर्रिनले यसरी रसूल सल्लल्लाहु अलैहि व सल्लिमको झण्डामुनि प्रवेश पाए ..

र उहाँको साथ संलग्न भइ उहाँका हरेक युद्धमा सहभागी रहे ...

आफ्नो पूर्ण सामर्थ्य र निरन्तर साहसका साथ ...

र खिलाफलको भार अबू बक्र सिद्दीकको काँधमा आए पछि ..

उनका साथ पनि उनले र उनका समुदाय बनु मुजैनाले सशक्त अडान लिएका थिए ..

जसका कारण मुर्तदहरूको विद्रोह विरुद्ध सैन्य सञ्चालनमा अति नै सहयोग पुगेको थियो ...

¡¡¡¡¡

¡ तर जब खिलाफतको अभिभारा उमर फारुकले बोक्नु पर्यो ..

उनको पालामा नुअ्मान बिन मुकर्रिनको अर्कै स्थान रह्यो ...

जसलाई इस्लामी इतिहासले सधैं प्रशंसाको शैली र सराहनाको भाकामा स्मरण गर्दै आएको छ ...

¡¡¡¡¡

¡ कादिसियाको युद्धदेखि केही दिन अगाावै ...

मुसलमान सेनाका सेनापति सअद बिन अबू वक्कासले फारस नरेश किस्रा यज्दगरतिर ..

नुअ्मान बिन मुकर्रिनको नेतृत्वमा एउटा प्रमण्डल पठाए ...

र उनलाई इस्लाम स्वीकार गर्ने निमन्त्रण दिएका थिए ...

यो प्रमण्डल जब फारसको राजधानी मदायन पुग्यो ..

उनीहरूले किस्राको दरबारमा उपस्थितिको लागि अनुमति माँगे ...

उनले अनुमति दिए ..

र आफ्नो अनुवक्तलाई बोलाएर उसलाई भने ...

यिनीहरूलाई सोधः

तिमीहरू हाम्रो देशतिर किन आएका छौ? ... 

के कारणले हामीसित युद्ध गर्न खोज्दैछौ? ...

शायद तिमीहरूले हाम्रो शासन खोस्न र हामी सित युद्ध गर्न साहस गरेकाछौ ...

किन भने हामीले तिमीहरूको वास्ता गरेका छैनौं ...

र तिमीहरूमाथि दमन गर्ने चाहेका छैनौं ....

त्यतिखेर नुअ्मान बिन मुकर्रिन आफ्ना साथीहरूतिर फर्केर भने ...

यदि तिमीहरूले अनुमति दिन्छौ भने म यसको उत्तर दिन्छु ...

र यदि तिमीमध्ये कोही  कुरा गर्न इच्छुक छ भने ..

म उसैलाई अवसर दिन्छु ...

उनीहरूले भने ...

होइन .. बरु तपाईँ नै कुरा गर्नुस...

अनि सबै जना किस्रातिर फर्केर भने ...

यो व्यक्ति हाम्रो भाषामा तपाईसित कुरा गर्छ ...

यसले भनेको कुरालाई राम्ररी सुन्नु होला ...

अनि नुअ्मानले अल्लाहको प्रशंसा र स्तुति गरेर रसूल सल्लल्लाहु अलैहि व सल्लम माथि दरुद पढे ..

त्यस पछि आफ्नो वक्तव्य यसरी राखे ...

“निसन्देह अल्लाहले हामी माथि दया गर्नु भयो” ..

“तसर्थ हामीतिर एउटा सन्देशवाहक पठाउनु भयो” ...

“जसले हामीलाई उत्तम कार्य दर्शाउनु हुन्थ्यो र त्यसलाई गर्ने आदेश दिनु हुन्थ्यो” ..

“र दुष्ट कार्य प्रति सचेत गराउनु हुन्थ्यो र हामीलाई त्यसबाट मनाहि गर्नु हुन्थ्यो” ...

“यदि हामीले उनका कुरा स्वीकार गर्याै भने” ..

“उहाँले हामीसित वाचा गर्नु भयो कि अल्लाहले हामीलाई” ...

“लोक प्रलोकको समस्त उपकार प्रदान गर्नु हुन्छ” ...

“थोरै दिन नबित्दै” ...

“अल्लाहले हाम्रो संकुचनलाई फराकिलो बनाई दिनु भयो” ..

“हाम्रो हीनतालाई महानतामा परिणत गरी दिनु भयो” ..

“र हाम्रो शत्रुतालाई भाइचारा र मायामा फेरी दिनु भयो” ...

“उहाँले हामीलाई मानिसहरूले पनि हामी जस्तै स्वभाग्य प्राप्त गर्न पाउन भनेर” ...

“उनीहरूलाई पनि यसैकार्य प्रति निम्त्याउने आदेश दिनु भयो” ...

“र सबै भन्दा पहिले हामीलाई आफ्नो छिमेकीहरूबाट थालनी गर्ने हुकुम गर्नु भयो” ...

“तसर्थ तपाईँलाई हाम्रै धर्ममा प्रवेश गर्ने आग्रह हामी गर्दैछौं” ...

“यो धर्मले सबै उत्तम कुरालाई राम्रो भन्छ र यसलाई अंगाल्न आग्रह गर्छ” ..

“र सबै दुष्कर्मलाई दुष्ट भन्छ र यसबाट जोगिने चेतावनी दिन्छ” ...

“यस धर्मले यसलाई अवलम्बन गर्नेहरूलाई अनास्थाको अँध्यारोबाट निकालेर” ...

“आस्था र विश्वासको उज्यालो र उसको निसाफ तिर ल्याउँछ” ...

“यदि तपाईँँ इस्लामलाई स्वीकार गर्नु हुन्छ भने” ..

“हामीले तपाईँमध्ये अल्लाहको किताबलाई राख्छौं” ...

“र यसको ऐन संहिता जारी गर्छौैं” ...

“तपाईलाई यसको आदेश बमोजिम कार्य सञ्चालन गर्नु पर्छ” ...

“हामी फर्की हाल्छौं” ..

“तपाईलाई तपाईँकै अवस्थामा छाडेर” ...

“यदि तपाईँले अल्लाहको संहिता अधिन प्रवेश गर्न मान्नु हुन्न भने” ...

“हामीले तपाईँहरूसित जिज्या (कर) लिन्छौ” ...

“र तपाईँहरूको रक्षा गर्छाैं” ...

“यदि कर दिन पनि स्वीकार गर्नु हुन्न भने तपाईसित युद्ध गर्नेछौं” ...

यो सुनेर यज्दगर्दको रिस र क्रोध झन सल्कियो ...

उनले भने ...

“मैले पृथ्वीभरि कुनै यस्तो समुदाय देखेकै छैन” ..

“जो तिमीहरू भन्दा बढी असभ्य र अल्पसंख्यक होला”..

“अथवा जसमा तिमीहरू भन्दा बढी शत्रुता र अभद्रता होला”...

“तिम्रो जिम्मा हामी सीमावर्ती गभर्नरहरूलाई लगाइ दिन्थे” ..

“उनीहरूले नै तिमीहरूलाई मेरो अधीनमा राख्ने काम गर्ने गर्दथे” ..

त्यस पछि उनको रीस अलि शान्त भए पछि उनले भने ..

“यदि तिमीहरूको खाँचो र आवश्यक्ताहरूले तिमीहरूलाई यहाँसम्म पु¥याएका छन्” ..

“हामीले तिमीहरूको जमिन पैदावार उब्जउन्जेलसम्म खानापानीको व्यवस्था गरी दिन्छौं” ..

“तिम्रो समुदायका अगुवा र सरदारहरूलाई पोसाक दिन्छौं” ..

“र हाम्रै तर्पmबाट एउटा राजा नियुक्त गरी दिन्छौ जसले तिमीहरूलाई दया र माया गर्नेछ” ...

यो सुनेर प्रमण्डलका एक सदस्यले यस्तो जवाफ दिए ..

जसले उनको रिसलाई पुनः बढाइ दियो ..

उनले भने ...

“यदि सन्देशबाहकहरूलाई नमार्ने परम्परा हुँदैन्थ्यो भने म तिमीहरू सबैको ज्यान लिन्थे” ..

“उठि हाल” ..

“तिमीहरूको लागि म नेर केही छैन” ...

“आफ्नो अगुवालाई भनिदेऊ” ...

“म उतिर आफ्नो सेनापति रुस्तमलाई पठाउँदैछु” ...

“उसले उसलाई र तिमीहरू सबैलाई कादिसियाको खाल्डोमा पुरि दिने छ” ...

अनि उनले माटोको एउटा पोको ल्याउने आदेश दिए ..

र आफ्नो मान्छेलाई भने ..

“यी प्रमण्डलमा सबैभन्दा इज्जतदार मानिसलाईको सिरमाथि याे पाेका राख” ...

“र यी सबैलाई जनसमूह बीचबाट हकार्दै लै जाऊ”...

“यसै अवस्थामा हाम्रो राजधानीको ढोकाबाट बाहिर जाऊन्” ...

उनीहरूले सोधे ...

“तिमीहरू मध्ये सबै भन्दा सम्मानित व्यक्ति को हो ?” .. ..

आसिम बिन उमरले तुरन्त अगाडि बढेर भने ...

“म हो ”....

तसर्थ उनीहरूले उनीमाथि त्यो पोका राखे ..

उनी त्यो माटो लिएर मदाइनबाट निस्किए ..

त्यस पछि आफ्नो ऊँटमाथि राखेर सअद बिन अबु वक्काससम्म पु¥याए ..

उनलाई यो शुभ संकेत सुनाए ....

“अल्लाहले छिटो नै फारसका मुलुकमाथि मुसलमानहरूलाई विजय दिनुहुन्छ” ...

“र उनीहरूको जमिनको माटोका मालिक बनाउनु हुन्छ”...

त्यस पछि कादिसियाको युद्ध भयो ...

र त्यसका खाल्डोहरू पुरिए पनि ..

ह्जारौं हजार हताहत भएका शवहरूले गर्दा ..

तर मुसलमानहरूका शबले होइन...

उनै किस्राका सेनानीहरूका शवले ...

¡¡¡¡¡ 

¡ फारसीहरू कादिसियाको मैदानमा पराजित भएर पनि शान्त भएनन् ...

उनीहरूले आफ्ना दलहरूलाई भेला पारे ...

तितरबितर सेनाहरूलाई पुनः व्यवस्थित गरे ...

यसरी उनीहरूको संख्या एकलाख पचास हजारसम्म पुग्यो ...

त्यो पनि सशक्त र पराक्रमी यौद्धाहरूको ...

उमर फारूकलाई यस विशाल जमघट भेला भएको खबर पुग्यो ...

उनले यो महत्पूर्ण खतराको प्रतिकार आफै गएर गर्न खोज्दै थिए ...

तर अरु मुसलमान अगुवाहरूले उनलाई यसबाट मनाही गर्दै ...

यस्तो गम्भीर अवस्थामा कुनै भरोसा योग्य पृत्नापतिलाई पठाउने सल्लाह दिए ...

उमरले भने ...

त्यस सीमावर्ती क्षेत्रको जिम्मा कसलाई सुम्पिउँ ...

मलाई सल्लाह देऊ ..

उनीहरूले उत्तर दिँदै भने ...

आफ्नो सेनाको बारेमा तपाईँ नै बढी जानिफकार हुनुहुन्छ हे अमीरुल मुमिनीन ...

उनले जवाफ दिए ...

अल्लाह कसम ...

मुसलमान सेनाको सेनापति म यस्तो व्यक्तिलाई बनाउँछु ...

जब दुइ सेनाको मुठभेड हुन्छ भने ...

त्यो व्यक्ति भाला भन्दा पनि तीब्र हुने गर्छ ...

त्यो व्यक्ति हो ... नुअ्मान बिन मुकर्रिन मुजनी ...

सबैले सहमति जनाउँदै भने ..

सत्य हो ... त्यो व्यक्ति त्यसकोलागि अति नै उत्तम हो ...

उमर ले उनलाई एउटा पत्र लेखेर यो भने ...

“अल्लाहको भक्त उमर बिन खत्ताबद्वारा नुअ्मान बिन मुकर्रिनको लागि ...

अनि .. मलाई खबर प्राप्त भयो ..

अजमको एउटा विशाल जनसमूह तिमीहरूको विरुद्ध ...

नहावन्दमा भेला भएको छ अरे !...

यदि तिमीलाई मेरो यो पत्र प्राप्त भयो ...

अल्लाहको हुकुमले .. अल्लाहको सहयोगमा ..

अल्लाहको मद्दतमा ...

तिमीसँग भएका मुसलमानहरूको साथमा त्यहाँ जाऊ ...

मुसलमानहरूलाई कठिन बाटो हिँडाएर दुःख नदेऊ ...

किन भनै एउटा मुसलमान मलाई एक हजार दीनार भन्दा पनि प्रिय रहेको छ ..

अल्लाहले तिमीमाथि कृपा गरुन्” ...

नुअ्मान आफ्नो सेनाकासाथ शत्रुसित मुठभेड गर्न निस्के ...

आफ्नो सेनाका एक समूहलाई बाटो खोल्नको निम्ति अगाडि पठाए ...

जब त्यो अग्र सेना नहावन्द नजिक पुग्यो ...

उनका घोडाहरू अकस्मात अडे..

उनीहरूले अगाडी हाँक्दा पनि एक पाइला हिडेनन् ...

ओर्लिएर अवस्था जाँच्न खोज्दा उनीहरूले घोडाहरूको खुट्टामा ...

काँटीको सिर जस्तै फलामका टुक्राहरू रोपिएका देखे ...

जमिनमा हेर्दा त्यहा त फारसीहरूले नहावन्दको बाटो भरि फलामको अंकुशहरू पो लुकाएका रहेछन् ...

यसबाटोमा हिड्ने पैदल यात्रु अथवा घोडालाई नहावन्द पुग्न नदिने उद्देश्यले ...

¡¡¡¡¡

¡ तिनी घोडसवारहरूले नुअ्मानलाई आफू देखेका र परेका कुराहरू सुनाए ...

र यस समस्याको समाधानमा उनका सल्लाह माँगे ...

उनले उनीहरूलाई आफ्नै ठाउँमा रोकिने आदेश दिए ..

साथै रातिमा शत्रुहरूले उनीहरूलाई हेर्न पाउने गरी विशाल आगो बाल्ने सल्लाह दिए ..

शत्रुहरूले उनीहरूलाई देख्दा भयभित हुने र उनीहरू समक्ष पराजित हुने प्रदर्शनी गर्ने परामर्श दिए ...

यसरी शत्रुहरू नजिक आउँछन् र रोपेका सबै फलामे अँकुशहरू आफैं निकाल्नेछन् ....

फारसीहरू मुसलमानका यस दाउपेचमा  पर्न गए ...

उनीहरूले मुसलमान अग्रसेनालाई पराजित भएर फिर्ता जाँदै हेर्न वित्तिकै. ...

आफ्ना कार्यकर्ताहरू पठाई बाटोमा ओछ्याएको सबै फलामे टुक्राहरू सफा गराए ...

अनि मुसलमानहरू पुनः फर्केर उनीहरूमाथि आक्रमन गरे ..

र त्यसबाटोलाई आफ्नो नियत्रणमा लिए ...

¡¡¡¡¡

¡ नुअ्मानले नहावन्दको बाहिरपट्टि आफ्नो सेनालाई पँक्तिबद्ध गराए ...

उनले शत्रुहरूमाथि अकस्मात आक्रमण गर्ने निर्णय गरे ...

उनले आफ्नो सेनालाई आदेश दिँदै भने ...

हेर्नुस् .. म तीन पटक अल्लाहु अक्बर भन्छु ...

पहिलो पटक अल्लाहु अक्बर भने पश्चात तयार नभएका सेनानी पनि तयार हुनु  ...

दोस्रो पटक अल्लाहु अक्बर भने पश्चात सबैले आफ्नो हतियार सम्हाल्नु ...

र मैले तेस्रो पटक अल्लाहु अक्बर भन्न वित्तिकै ..

अल्लाहका शत्रुहरूमाथि आक्रमण गर्छु तिमीहरू पनि मसँगै आगक्रमन गर्नु ...

¡¡¡¡¡

¡ नुअ्मान बिन मुकर्रिनले आफ्ना तीनै तक्बीर भने ...

र शत्रुका पङ्क्तिभित्र प्रबेश गरे ...

मानौ कुनै बाघ आक्रमण गर्दैछ ...

उनको पछि पछि मुसलमान सेनाले पनि बाढीको पानीको प्रवाह जस्तै प्रवाहित भए ...

दुबै समूहबीच घमासानको युद्ध भयो ...

इतिहासले सायद नै यस्तो भीषण युद्ध देखेको थिएन होला ...

¡¡¡¡¡

¡ अन्नतः फारसको सेना नरम्रो सँग च्यातचुत भयो ..

तिनीहरूमा हताहत हुनेहरूले चौर र पहाड सबैलाई ढाकि दिए...

उनका रगत बाटो घाटोमा बग्न थाल्यो ...

यस्तै बग्दै रगतमा नुअ्मानको घोडा चिप्लियो ...

नुअ्मानको आफ्नै हतियार उनलाई प्राणघातक बन्यो ...

उनका भाईले हातबाट झण्डा लिएर आफैं समाते ...

उनलाई च्यादरले ढाकिए ...

उनको मृत्युको कुरा साधारण मुसलमानहरूलाई थाहा हुन दिएनन्  ...

जब युद्धको परिणामस्वरुप मुसलमानहरूले विजय प्राप्त गरे ..

उनीहरूले यसलाई महान विजयको संज्ञा दिए ...

विजयी सेनाले आफ्नो पराक्रमी सेनापतिलाई खौज्न थाले ..

नुअ्मान बिन मुकर्रिन   कहाँ  हुनुहुन्छ ....

अनि उनका भाईले उनको शवमाथिबाट च्यादर उचालेर भने ...

यो तपाईको सेनापति हुनुहुन्छ ...

अल्लाहले उनका आँखालाई विजय प्रदान गरेर चिसो पार्नु भयो ..

र अन्तमा शहादतको पुरस्कार पनि ....

अल्लाह उनीसित प्रसन्न होऊन् .....

¡¡¡¡¡

समाप्त

प्रस्तुतिः मुहम्मद सुहैल नदवी