Thursday, February 4, 2021

अन्तिम दूतका साथीहरूको जीवनचित्रका केही झझल्को - १४

 ●○● सईद बिन जैद ●○●

□■□ रजियल्लाहु अन्हु □■□

••••• { प्रस्तुति: मुहम्मद सुहैल नदवी }•••••

○○○○○○○

○ जैद बिन अम्र बिन नुफैल मानिसहरूको घुइँचो  भएको ठाउँबाट परै उभिएका छन् ....

कुरैशलाई उनीहरूको एउटा पर्व मनाउँदै गरेको अवलोकन गर्दैछन् ....

उनले देखे .... 

पुरूषहरूले बहुमूल्य रेसमदार पगरी ओढेका छन् ... 

यमनमा बनेका किम्मती लुगा लगाएका छन् ...

आइमाई र बच्चाहरूलाई हेरे उनीहरूले पनि चहकदार कपडा र नौलो पोसाक पहिरेका छन् .... 

केही जनावरहरू पनि छन् यिनीहरूलाई धनी र पूँजीपति मानिसहरू डोर्याउँदैछन् ... 

तिनीहरूलाई विभिन्न प्रकारकारका सिङ्गार गरेका छन् ... 

यी जनावरहरू कुनै दैवस्थानमा बलिको लागि ल्याइएका रहेछन् ....

काबाको भित्तामा आफ्नो पीठ  टिकाउँदै उनी उभिए ... र भने 

हे कुरैशका समुदाय .... 

यी बाख्रा अल्लाहले बनाउनु भएकोछ ... 

उहाँले नै अकाशबाट बर्षा बर्साउनु भएको छ जसले गर्दा यसले पानी पिउने गर्छन् ... 

उहाँले नै घाँसपात उमार्नु भएको छ जोद्वारा यिनीहरूले आफ्नो भुडी भरेका छन् .... 

तापनि तिमीहरू यिनलाई उहाँको नाम छोडेर अरूको नाममा बलि दिँदैछौ ....

मलाई तिमीहरू अज्ञानी रहेका जस्तै देखिन्छौ ...

यो सुनेर उनका काका खत्ताब (उमर बिन खत्ताबका बुवा) उनीको नेर पुगेर उनलाई एक चाँटा हिर्काए र भने .....

तिम्रो नाश होस् .... 

हामी सधैँ तिम्रो मुखबाट यहि अनापसनाप सुन्ने गर्छौं  र चुपलाग्छौँ ... 

तर अब हाम्रो धैर्यता सकिन आँटयो ....

त्यस पछि उनले समुदायका केही लफन्दरे बदमासहरूलाई उचालेर उनको पछि लगाए ... 

उनीहरू उनलाई पीडा यातना दिन थाले ....

 उनलाई सताउन थाले .... 

र मक्का शहरबाट निस्कन बाध्य बनाए ....

उनले हिरा भन्ने पहाडमुनि शरण लिन पुगे ...

यति मात्र नभइ खत्ताबले केही जवानहरू तैनाथ गरी उनलाई मक्का पस्न नदिन पनि व्यवस्था मिलाए .... 

उनी लुकिछिपि मात्र मक्कामा प्रवेश गर्न सक्थे ....

एक दिन कुरैशका आँखा छली जैद बिन अम्र बिन नुफैलले .......

वरका बिन नौफल, अब्दुल्लाह बिन जहश्, उस्मान बिन हारिस र उमैमा बिन्त अब्दुल्मुत्तलिब (मुहम्मद बिन अब्दुल्लाहकी फुपू) लाई भेटे....

सबै भेला भएर अरब समुदायले अँगालेको कुमार्गप्रति सल्लाह गर्न थाले ....

जैदले आफ्नो साथीहरूलाई भने ....

अल्लाह कसम ... तपाईंहरूलाई थाहा नै छ ... 

तपाईंको समुदाय कुनै आधारमा कायम छैन ....

उनीहरूले इब्राहीमको धर्मलाई पनि छोडेका छन् बरू उसको बिरोध नै गरेका छन् ....

यदि तपाईँहरू उन्मुक्ति खोज्न चाहदै हुनु  हुन्छ भने .....

आफूले अपनाउन सक्ने योग्य एउटा धर्म रोजी हाल्नुहोस् ....

चारै जनाले  त्यस बेला रहेका यहुदी, इसाई र अन्य धर्महरूका गुरूहरूलाई भेट्न थाले .... 

उनीहरूलाई भेटेर इब्राहीमको सत्य धर्मको खोजी गर्न थाले ....

वरका बिन नौफलले इसाई धर्म स्वीकार गरे .....

अब्दुल्लाह बिन जहश र उस्मान बिन हारिस कुनै टुँगो सम्म पुग्न सफल भएनन् ....

तर जैद बिन अम्र बिन नुफैलको अर्कै कहानी भयो ...

हामी जैद बिन अम्रकै मुखबाट उनको वृत्तान्त  सुनौँ ...

जैदले भनेका छन् ....

मैले यहूदी र इसाई धर्ममा खेजी गरेँ ...

तर दुवै धर्ममा मैले आफूलाई विश्वास हुने कुरा नपाएर मुख फेरेँ .... 

म यत्रतत्र डुल्न थालेँ ... 

इब्राहीमको वास्तविक धर्मको खोजिमा .. 

उनको सत्य धर्ममार्ग पत्ता लगाउन .. 

डुल्दा डुल्दै शामतिर पुगेँ ... 

मैले एउटा इसाई भिक्षुको पत्तो पाएँ ,......

 उनलाई किताबको ज्ञान छ अरे भन्ने थाहा भयो ....

म उनीसमक्ष पुगें ...र आफ्नो कथा सुनाएँ ...

उनले भने .... हे मक्कावासी ... 

तिमी इब्राहीमको धर्म खोज्दैछौ? ....

मैले भनेँ ... 

अवश्य नै ...

 म त्यसैको खोजीमा छु ....

उनले भने ... 

तिमी यस्तो धर्म खोज्दैछौ जो आज धरतीमाथि पाइँदैन .... 

तर तिमी आफ्नै सहर जाऊ ... 

किन भने अल्लाहले एउटा मान्छे पठाउँदै हुनु हुन्छ जसले इब्राहीमको धर्मको नवीकरण गर्नेछ .... 

यदि तिमीले उनलाई पायौ भने उनैको साथ देऊ ...

जैद त्यहाँबाट मक्का फर्के .... 

नयाँ नबीलाई खोज्ने रहरमा सवारीलाई तीव्र गतिमा हिडाउँदै ...

तर अहिले उनी बाटामा नै थिए ... 

यता मक्कामा अल्लाहले आफ्नो नबी वा सन्देष्टा पठाउनु भयो ... 

तर जैदलाई उनीसित भेट्न सौभाग्य प्राप्त हुन सकेन .... 

उनी मक्का पुग्नु र अल्लाहको सन्देष्टालाई हेरेर आँखालाई शीतल पार्नु अघि नै डाकाहरूको एउटा समूहद्वारा मारिए....

जैदले आफ्नो अन्तिम सासमा आकाशतिर हेरी भने ...

हे अल्लाह ... तपाईँले मलाई यस सौभाग्यबाट बन्चित राख्नु भए तापनि.......

 मेरो छोरा सईदलाई बन्चित नपार्नु होला ....

*******

○ अल्लाहले जैदको यो विनती स्वीकार गर्नु भयो .....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले मानिसहरूलाई इस्लाम तर्फ निम्त्याउन सुरू गर्ने वित्तिकै....... 

सईद बिन जैदले इस्लाम स्वीर गरे ... 

अल्लाहमाथि आस्था राख्नु र उहाँका सन्देष्टालाई सत्यमान्नेहरूको पहिले पङ्क्तिमा थिए उनी ....

यसमा अचम्मित हुने कुरा पनि रहेन छ ...

सईदको पालनपोषण यस्तो घरमा भएको थियो जसले कुरैशको कुधर्मलाई नकार्दै आएको थियो .... 

उनले यस्तो बुवाको काखमा हुर्केको थिए जसले सारा जीवन सत्यकै खोजीमा बिताएका थिए ....

उनको मृत्यु हुनै बेला पनि उनी सत्यकै खोजीमा घोडा कुदाउँदै थिए ....

सईद एक्लै मुसलमान भएनन् ... 

उनका साथ उनकी धर्मपत्नि फातिमा बिन्त खत्ताब पनि मुसलमान भइन् ... 

उमर बिन खत्ताब की बहिनी ....

कुरैशका यस जवानले आफ्नो समुदायद्वारा यस्तो यातनाका सामना गरे जसले यसलाई नयाँ धर्मबाट मुख फेर्नको लागि प्रयाप्त थियो ... . 

तर कुरैशले यी यातनाद्वारा उनलाई र उनकी धर्मपत्निलाई इस्लामबाट हटाउन र उनका मुटुबाट इमान झिक्न सफल हुनको सट्टा......

 आफ्नो एउटा वजनदार र खतरनाक मानिस नै गुमाउनु पर्यो ....

किन भने यो दुबै जना नै उमर बिन खत्ताबको मुसलमान हुने कारण बनेका थिए ....

*******

○ सईद बिन जैदले आफ्नो सम्पूर्ण तरूण जवान शक्ति इस्लामको सेवाका निमित्त प्रयोग गरे .... 

उनी मुसलमान भएको बेला मात्र बीस वर्षका थिए ... 

उनी रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथ सबै युद्धमा सामेल भए,  बद्रको युद्ध बाहेक ..... 

किन भने त्यो दिन उनी उहाँले नै अह्राउनु भएको  अर्को काममा व्यस्त थिए ...

उनी मुसलमानहरूका साथ थिए किस्राको सिँहासन भत्काउने समयमा पनि र कैसरको शासन ढाल्ने बेलामा पनि ....

 मुसलमानहरूले जो जो युद्ध गरेका छन् त्यसमा उनको प्रख्यात सहभागिता रहेको पाइन्छ .... 

र उनले राम्रो कृतिमान खडा गरेको देखिन्छ ....

उनको सबैभन्दा उत्तम पौरख जो इतिहासले सुरक्षित पारेको छ यर्मूकको लडाइको दिनको हो ....

उनैलाई यो घटनाक्रमको वर्णन गर्न हामी अवसर दिऔँ...

सईद बिन जैदले भनेका छन् ....

जब यर्मूकको दिन आयो .... 

हामी चौबीस हजार अथवा यसैको हराहरीमा थियौँ  .... 

रोमनहरू एकलाख बीस हजारको सङ्ख्यामा निस्के ..... 

उनीहरू हातमा भारी भाला बोकेका थिए ...

मानौँ एउटा पहाड हो जसलाई  अदृश्य हातले हल्लाउँदै छन् ... 

उनका अगाडी भागमा इसाई बिशप, धर्मगुरू र भिक्षुहरू क्रस उचालेका थिए ... 

तिनीहरू जोरदार अवाजमा मन्त्र पढ्दै थिए र पछि पछि सेनाहरूपनि यसलाई दोह्रयाउँदै थिए .... 

बादल गर्जै झैं यसमा गर्जन थियो  ....

मुसलमानहरूले उनीहरूलाई यस अवस्थामा देख्दा र उनीहरूको ठुलो सङ्ख्याले गर्दा भयभीत भए ... 

उनीहरूको मुटुमा अलि डर पस्न लाग्यो ....

तब अबु उबैदा मुसलमानका सेनापति उभिए ....... 

मुसलमानहरूलाई युद्धको निम्ति प्रेरित गर्दै उनले भने ....

हे अल्लाहका भक्तहरू ..... 

अल्लाहलाई सहयोग पुर्याओ अल्लाहले तिमीलाई सहायता गर्नु हुनेछ र तिमीहरूको पाइला अडिग बनाउनु हुनेछ ....

हे अल्लाहका भक्तहरू ..... धैर्य राख ... 

किन भने धैर्यता नै कुफ्रबाट जोगाउँछ .. 

पालनकर्कालाई खुसी पार्छ .... 

कलङ्कलाई हटाउँछ .....

आफ्नो भालाहरू पनि सीधा राख ...... 

आफूलाई वाणपेटि पछि ढाक.......

 र मौन धारण अवश्य गर..... 

तर अल्लाहलाई आफ्नो दिलमा याद गर्दै गर, .....

तिमीहरूलाई म केही आज्ञा दिउन्जेल सम्म....

सईद ले भनेका छन् .... 

मुसलमानहरूको पँक्तिबाट एक जना निस्केर अबु अबैदालाई भन्यो ....

मैले यसैबेला आफ्नो हिसाब चुक्ता गर्न खोज्दै छु .... 

तपाइले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई कुनै सन्देश पठाउन चाह्नु हुन्छ ......

अबु उबैदाले भने .... अँ .. 

उहाँलाई मेरो र सम्पूर्ण मुसलमानहरूको तर्फबाट सलाम पुर्याउनु र उहाँलाई भन्नु ...

हे अल्लाहका सन्देशवाहक .... 

हामी सित हाम्रो पालनकर्ताले गर्नु भएका वाचा हामीले सत्य नै पायौँ....

सईदले भनेका छन् ....

मैले उसको कुरा सुनेँ र उसलाई आफ्नो तरवार खोलबाट निकाल्न लागेको देखेँ,  .....

र ऊ अल्लाहका शत्रुहरूसित जुध्न गइरहेको   देखेँ .... 

यसैसाथ म पनि भुइँमा हाम फालेँ,   

आफ्नो घुँडामाथि बसें ......

आफ्नो भाला सीधा गरें .......

जो घोडसवार मतिर आउँदै थियो त्यसलाई लक्षित पारी भाला मारें  र शत्रुमाथि सवार भएँ .......

यसै साथ अल्लाहले मेरो दिलमा भएको सबै भय डर सखाप पार्दिनु भएको रहेछ जस्तो लाग्यो  ..... 

यसरी हामी रोमन आक्रमणका प्रतिकार गर्न थालें  ..... 

उनीहरूसित यसरी युद्ध गर्दा गर्दै अल्लाहले मुसलमानहरूको पक्षमा विजयको फैसला गरीदिनु भयो .....

*******

○ सईद त्यस पछि दिमश्कको युद्ध र त्यसलाई विजय पार्ने लडाइमा पनि सम्मिलित रहे  ... 

जब मुसलमानहरूले दिमश्कमाथि कबजा गरे .... 

अबुउबैदाले उनलाई दिमश्कका गभर्नर बनाए ..... 

यसरी उनी मुसलमानहरू मध्ये दिमश्कका पहिला गभर्नर थिए .....

*******

○ बनु उमैयाको शासनकालमा सईद बिन जैदको साथमा एउटा घटना घट्यो .... 

मदीनावासीहरूमा लामो समय सम्म चर्चाको विषय बनेको थियो .....

अर्वा बिन्त उवैस भन्ने एउटी आइमाईले सईद बिन जैदमाथि आरोप लगाइन् कि ......

सईदले उसको केही जग्गा कब्जा गरेको छ र ......

उसलाई आफ्नो जग्गामा समावेश गरेको छ .... 

यो कुरा लिएर उनी मुसलमानहरूबीच दोह्रयाउने गर्थिन् र यसैको चर्चा गर्ने गर्थिन्  ... 

त्यस पछि उसले मदीनाको गभर्नर मर्वान बिन हकमको अदालतमा मुद्दा दायर गरिन् ....

मर्वानले केही मानिसहरू सईद बिन जैद नेर पठाएर उनीसित कुरा गर्न लगाए .... 

यो कुराले अल्लाहका रसूलको साथीलाई धैरै दु:खित बनायो ....

 उनले भने ....

सायद मानिसहरूले संका गर्दैछन् कि मैले ऊ माथि अत्याचार गरेको छु .... 

म कसरी यस्तो अत्याचार गर्न सक्छु .... 

मैले आफैं रसूल सल्लल्लाहु अलैहि वसल्लमद्वारा सुनेको हो ....

 जसले कसैको एक बित्ता जमिन अनाहक जफत गर्छ .......

उसलाई यस्तै सात जमिनको गलघण्ट अन्तिम दिन लटकाइनेछ .... 

 हे अल्लाह ! ती आइमाईले दाबी गरेकी छिन् भने मैले उमाथि अत्यचार गरेको छु .... 

यदि ऊ झुठो बोल्दैछिन् भने उसलाई नेत्रहीन बनाइ दिनु होला ...

 र जुन कुवाँको लागि झगडा गर्दैछिन् ........

त्यसैलाई उसको चिहान बनाइ दिनु होला ... 

र मुसलमानहरू समक्ष मेरो सत्य जाहेर गर्दिनु होला कि मैले उमाथि केही अत्याचार गरेको छैन ....

यो घटनालाई धेरै समय बितेको पनि थिएन कि अकीकको नदि उर्लियो .... 

यो भन्दा पहिले यस्तो उर्लिएको थिएन ... 

पानीले त्यो सीमालाई खुल्ला गर्दियो जसको बारेमा उसले नाहक दाबी गर्दै थिइन् ... 

र मुसलमानहरूलाई प्रष्ट थाहा भयो सईद साँचै नै रहेछन् ....

केही महिना बित्दा ती आइमाई पनि अन्धी भइन् र आफ्नो जग्गा भित्र डुल्दै थिइन् .... 

अचानक त्यही इनारमा खसिन् ....

अब्दुल्लाह बिन उमरले भने का छन् .... 

हामी सानो हुँदा एक व्यक्तिले अर्को व्यक्तिलाई भन्ने गर्दै सुनेका छौँ ...

 उनीहरू भन्थे ..

अल्लाहले तिमीलाई त्यस्तो अन्धो पारून जसरी अर्वालाई अन्धो बनाउनु भएको थियो ....

यस्तो हुन कुनै अश्चर्यको कुरा पनि होइन....

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ .... 

पीडितको श्रापबाट बच्ने गर ......

किन भने उसको र अल्लाहको बीचमा कुनै छेकाबार हुँदैन ....

अनि जब पीडित भनेको सईद बिन जैद जस्ता मानिस.... 

यसै लोकमा स्वर्गको शुभसमाचार पाइसकेका दश जना मध्ये एक इश्दूतका साथी .....

(प्रस्तुति: मुहम्मद सुहैल नदवी )

¤¤¤¤¤¤¤

2 comments:

  1. ماشاءاللہ بہت عمدہ کوشش
    اللہ تعالٰی قبول فرمائے آمین

    ReplyDelete