Sunday, September 27, 2020

कादयानी काे हुन् ?२

 


कादयानियतः इस्लाम र मुहम्मदी सन्देश विरूद्ध एक विद्राेह
लेखकः मैलाना अबुल हसन अली नदवी (रह)
अनुवादः मुहम्मद सुहैल नदवी
भाग (२)

अँग्रेज साम्राज्यले जुन युक्ति अपनाइयाे ,त्यो हाे मिर्जा गुलाम अहमद कादयानी, किनभने मुसलमानको विचारधारा परिवर्तन गर्न अरू कुनै सुहाउँदाे युक्ति यसकाे दाँजाेमा देख्दैन्थ्याे । उनी आफैं त मानसिक विकृतिका रोगी थिए .... तर कुनै धर्मको निर्माता बन्ने र केही अनुयायी र आस्था राख्ने भक्तहरूकाे ठुलो चाहना राख्दथे । इतिहासमा उनकाे पनि नाम र चर्चा त्यस्तै हाेस जस्तो अन्तिम सन्देष्टा मुहम्मद सल्लाहु अलैहि वसल्लमको चर्चा चलेको छ जस्ताे विचार उनको थियो। तसर्थ अँग्रेजहरूलाई यस कामकाे लागि उनी नै उचित व्यक्ति महसुस भए । मानौं उनीहरूलाई एउटा राम्राे कार्यकर्ता फेला पर्याे, जसले उनको उद्देश्य पूरा गर्नलाई काम गर्न सक्छ जस्तो लाग्यो, तसर्थ उनीहरूले तुरुन्तै काम आरम्भ गरे । सबै भन्दा पहिले उनले म सुधारक हूँ भन्ने दाबि गरे, केही दिनपछि इमाम मह्दी हूँ भनेर घोषणा गरे, केही दिन पछि अपेक्षित मसीह हुने दाबी गरे र अन्ततः नबी वा रसूल हुने उदघाेषण गर्ने साहस जुटाए, यसरी अँग्रेजहरूले चाहे बमोजिम काम पुरा भयाे। यी महानुभावले आफ्नाे जिम्माकाे भूमिका राम्ररी निर्वाह गरे र अँग्रेजहरूले पनि उनलाई संरक्षण दिए, उनको हेरचाह गर्दै गरे र सकेसम्म सुविधा प्रदान गरे । मिर्जाले पनि अँग्रेज सरकारकाे उपकारहरूलाई बिर्सेनन् र सधैं उनका गुणगान गर्दै आफूलाई अँग्रेज सरकारकाे अनुग्रहको परिणाम नै भन्न थाले, त्यस कारण उनले आफ्नाे एउटा आलेखमा आफूलाइ अँग्रेज सरकारले राेपेकाे बिरूवाकाे संज्ञा पनि भएको बताएको पाइन्छ ।

एक ठाँउमा आफ्नो बफादारी र सेवा समर्पणलाई उध्दृत गर्दै भनेका छन् ।

मेराे उमेरकाे अधिकांश भाग अँग्रेज साम्राज्यकाे समर्थन र सिद्धिमा बितेकाे छ, मैले जिहादकाे बिरूद्ध र अँग्रेज सरकारकाे अज्ञापालनकाे पक्षमा जति किताबहरू लेखेकाे छु र जति सूचनापत्र प्रकाशित गरेकाे छु , यदि सबैलाई संकलन गरी राखियाे भने पचास अल्मारी सम्म भर्न सकिन्छ र मैले यस्ता पुस्तकहरूलाई समस्त अरब राज्यहरू, मिश्र, सिरिया, काबुल र राेम सम्म पुर्याएकाे छु ।

अर्काे ठाउँमा लेखेका छन् ।
म कलिलाे उमेरदेखि अहिले साठी वर्षकाे उमेर पुग्दा आफ्नाे मुख र कलमद्वारा मुसलमानहरूको मनलाई अँग्रेज गभर्नमेन्टकाे सच्चा प्रेम, शुभचिन्तन र वफादारी प्रति फेर्न सकूँ र उनका केही मन्दबुद्धिकाे मनबाट जिहाद जस्ता कुविचारलाई हटाउन पाउँ जसले उनका मनलाई शुद्धता र निष्ठाबाट रोक्छ भन्ने महत्त्वपूर्ण कार्यमा लागेको छु ।
त्यहि किताबमा अझै लेखेका छन् ।
मलाई पूर्ण विश्वास छ मेरा अनुयायीहरू जसरी बढ्दै गइरहेका छन् त्यसरी जिहदमा विश्वास राख्नेहरू कम हुँदैछन् , किनभने मलाई मसीह र मह्दी मान्नु नै जिहादकाे इन्कार गर्नु हाे ।
अर्काे एक ठाउँमा लेखेका छन् ।
मैले बीसाैं किताबहरू, अरबी फार्सी र उर्दूमा मात्र यस उद्देश्यले लेखेको छु कि अँग्रेज गभर्नमेन्ट बिरूद्ध जिहाद जायज हुँदैन बरू उनीहरूकाे मनले आज्ञापालन गर्नु पर्ने हरेक मुसलमानमाथि अनिवार्य हुन्छ, तसर्थ मैले धेरै किताबहरूलाई धेरै सम्पत्ति खर्च गरेर इस्लामी राज्यहरूमा पुर्याएकाे छु, मलाई थाहा छ यसकाे प्रभाव यस देश (भारत) माथि परेकाे छ, मसित व्यअत हुने (सपथ लिने) एउटा जमात तयार भइ सकेकाे छ जसकाे दिल अँग्रेज सरकार प्रति विशुद्ध प्रेमले परिपूर्ण छ , उनीहरूकाे नैतिक स्वभाव उच्चस्तरीय छ र मेराे विचारमा उनीहरू यस देशकाे लागि भाग्यशाली र गभर्नमेन्टकाे हकमा समर्पित हुन तयार हुने छन् ।
मिर्जा गुलाम अह्मदकाे यस अभियानले र उनको जमातले अँग्रेज सरकारकाे लागि दक्ष जासुस, (गुप्तचर) निष्ठावान मित्र र समर्पित हुने जनसमूह उपलब्ध गराए, यस जमातका केही छानिएका मानिसहरूले भारतमा र भारतबाहिर पुगेर अँग्रेज गभर्नमेन्टकाे लागि बहुमूल्य सेवा प्रदान गरेका थिए र यसकालागि आफ्नाे ज्यानकाे बलिदान पनि दिएका थिए जस्तै: अब्दुल लतीफ कादयानी, अफ्गानिस्तानमा कादयानी धर्मकाे प्रचार र जिहाद बिरूद्ध काम गर्दै थियाे, अफ्गानिस्तान सरकारले उसलाइ मृत्यु दण्डकाे सजाय दिएको थियो । किनभने उनकाे प्रचार प्रसारका कारण अफ्गान समुदायमा परिपूर्णा जिहादकाे भावना र युद्धकाे सामर्थ्य जसकाे कारणा तिनीहरू प्रख्यात छन् लाई हानि पुग्ने भएको थियाे । यस्तै मुल्ला अब्दुल हलीम कादयानी र मुल्ला नूर अली कादयानी पनि अँग्रेज गभर्नमेन्टकाे निमित्त मारिए । अफ्गानिस्तान सरकारलाई तिनीहरूद्वारा केही दस्तावेज र कागजातहरू फेला परेका थिए र ती मारफत तिनीहरू अँग्रेजी कार्यकर्ता हुन भन्ने कुरा प्रमाणित भएकाे थियाे । ये कुरा अफ्गानिस्तानकाे तत्कालीन गृहमन्त्रीद्वारा १९२५ इ. मा दिइएकाे एउटा बक्तव्य र कादयानीकाे एउटा पत्रिका अल्फज्लकाे ३ मार्च १९२५ इ. काे प्रकाशनमा उल्लेख छ र त्यसमाथि गाैरवमय ढँगले टिप्पणी गरिएकाे छ ।
क्रमशः

No comments:

Post a Comment