कादयानियतः इस्मुलाम र मुहम्मदी सन्देश विरूद्ध एक विद्रोह
लेखकः मौलाना सैयिद अबुल हसन अली नदवी (रह)
अनुवादः मुहम्मद सुहैल नदवी
भाग (३)
यसरी कादयानीहरू आफ्नो आरम्भकाल देखि अहिले सम्म हरेक देशभक्त र देशप्रेमी अभियानबाट छुट्टिदै आएका छन् । भारतको स्वतन्त्रता अभियानमा मिर्जा गुलाम अहमद कादयानीको जीवनकालमा यो जमात त्यसमा सामेल रहेको पाइदैन र उनको मरण पश्चातपनि यसमा सहभागी देखिदैन । यति मात्र नभइ त्यस बेला अँग्रेजी राज्यको रेखदेखमा युरेपियन उपनिवेशकहरूद्वारा इस्लामी जगतलाई जुन दुःख पीडा भोग्नु पर्यो त्यसमाथि सहानुभुति जनाउनुको सट्टा खुशी व्यक्त गर्ने गर्थे । उनीहरूलाई कहिल्यै पनि साधारण जीवन, समसामियक इस्लामी समस्याको समाधान अथवा इस्लामी दायित्व र राजजनैतिक विचारद्वारा चलाइएको अभियानमा कुनै रूची नरहेको देखिन्छ । उनीहरू मात्र धार्मिक विवाद विमर्शमा संलग्न हुने गर्दथे र मसीहको देहान्त, मसीहको जीवन, मसीहको अवतरण र मिर्जा गुलाम अहमदको ईशदूत्वमाथि छलफल मात्र रूचाउने गर्दथे ।
भारतमा भएका इस्लामी बिद् र उच्च विचारधारकहरूले यस कादयानी बिद्रोहलाई शंकाको दृष्टिले हेर्न थाले र आफ्नो मुख, कलम र विद्याको शस्त्रद्वारा यस बिद्रोहलाई समाप्त पार्ने सकेसम्म कोशिस सुरू गरे । एउटा यस्तो उपद्रव, जसको संरक्षण स्वयं तत्कालीन राज्य शक्तिद्वारा भइरहेको छ भने त्यसको प्रतिकारको लागि जति कोशिस गरिएपनि महत्वपूर्ण मान्न सकिन्छ । ती प्रतिकारक विद्वानहरू मध्ये अग्र पङ्तीमा यी चार जना छन् । मौलाना मुहम्मद हुसैन बिटालवी, मौलाना मुहम्मद अली मूँगेरी,(नद्वतुल उलमाका संस्थापक) मौलाना सनाउल्लाह अमृत्सरी र मौलाना अन्वर शाह काशमीरी (दारूल उलूम देवबन्दका शैखुल हदीस) । यसरी इस्लामी संस्थाहरू मध्ये यो जमात विरूद्ध जोस र उत्साहको साथ मज्लिस अह्रार-ए-इस्लामले पनि काम गर्यो र यस मज्लिसको अगुवा मौलाना सैयिद अताअल्लाह शाह बुखारी थिए ।
यही समूह अन्तर्गत इस्लामका प्रसिद्ध विद्वान डाक्टर मुहम्मद इक्बाल रह०पनि थिए । उनले आफ्ना किताबहरूमा स्पष्टसाथ लेखेका छन् कि कादयानियत मुहम्मदी इश्दूत्वको विरूद्ध एउटा बिद्रोह हो र इस्लामधर्मको लागि एउटा षड्यन्त्र हो, यो छुट्टै धर्म र यसका अनुयायीहरू अलग्गै समुदायका हुन्, यसलाई इस्लामी समुदाय भित्र गणना गर्ने औचित्य रहेको पाइदैन ।
याद राख्नुस् ! मुहम्मद इक्बाल कुनै पुरानो विचारका मौलवी मौलाना नभई इस्लामी जगतका उच्चस्तरीय विद्वान र नयाँ युगका विचारधारक थिए, उनी इस्लामी एकीकरणको अहवानकर्ता मध्ये प्रथम श्रेणीमा पर्दथे, उनको अह्वानको प्राथमिक मूलधारा निष्पक्षता र अचारसंहिता थियो, उनी मिर्जा गुलाम अह्मदबाट निकट्तम परिचित थिए, उनी धर्म र धर्मको मर्म र उद्देश्यलाई राम्ररी जान्दथे, त्यसकारणा यस उपद्रव प्रति कडा प्रतिकार गर्न बाध्य भए, उनी प्रथम व्यक्ति हुन् जसले कादयानीहरूलाई एउटा छुट्टै गैरमुस्लिम अल्पसंख्यकको रूपमा दर्ता गर्ने विचार पेश गरेका थिए, यहाँ हामी उनका निबन्ध र भाषणहरूबाट केही सूक्तिसंकलन पेश गर्दैछौं ।
उनले भारतको एउटा प्रसिद्ध अँग्रेजी पत्रिका "स्ट्याट्समैन" लाई पत्र लेखेका थिए जसले यो मुद्दामा चाँसो देखाएको थियो
"कादयानियत भनेको हजरत मुहम्मद सल्लल्लहु अलैहि वसल्लमको इशदूत्वको समानान्तर अर्को इशदुत्वको आधारमा एउटा नयाँ समुदायको गठन गर्ने निष्फल प्रयास मात्र हो ।"
त्यही समयमा भारतको एउटा प्रसिद्ध नेता र पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले सेधेको प्रश्न "किन मुसलमानहरूले कादयानीहरूलाई इस्लामबाट निष्कासित गर्नमा जोड दिँदैछन? तिनीहरू पनि त इस्लामकै एउटा समूह अन्तर्गत पर्दछन?" को जवाफमा मुहम्मद इक्बालले नै लेखेका छन्
"हामीले यो विषयमा अडीग रहने कारण मात्र यही रहेको छ भने कादयानी अभियानले अरबी नबीको समुदाय भित्र भारती नबी फुटाउने कोसिस गर्दैछ"। उनले सविस्तार भनेका हुन् , "भारतमा इस्लामी जीवनको एकाग्रताको लागि यो अभियान त्यो भन्दा बढी खतरापूर्ण रहेको छ जति यहूदी जीवनपद्धतिको हकमा यहूदीको एउटा विरोधी विचारधारक स्पीनोजाको विचारधारणा हुन्थ्यो ।
क्रमशः
No comments:
Post a Comment