Wednesday, September 30, 2020

कादयानी काे हुन? ५

 कादयानियतः इस्लाम र मुहम्मदी सन्देश विरूद्ध एक विद्रोह
लेखकः मौलाना सैयिद अबुल हसन अली नदवी (रह०)

अनुवादः मुहम्मद सुहैल नदवी
भाग (५)

मिर्जा गुलाम अहमद र उनका साथीहरूले स्पष्टरूपमा भनेका छन् यदि कुनै मुसलमानले पनि यस नयाँ धर्ममा विश्वास राख्दैन त्यो काफिर भयो, उनको पछाडी नमाज पढे, मान्य न हुने र उनीहरूलाई केटी दिनु अथवा उनीसंग वैवाहिक सम्बन्ध जोडनु पनि जायज न हुने । संक्षिप्तमा भन्नूपर्दा उनीहरूका अनुसार, मुसलमानहरूसित अनिवार्य रुपमा गैर मुस्लिम सरह व्यवहार गर्नु पर्ने हुन्छ ।
मिर्जा गुलाम अहमदका छोरा मिर्जा बशीरले आफ्नो किताब "आएना-ए - सदाकत"मा लेखेका छन् ।
"समस्त मुसलमान जुन हजरत अपेक्षित मसीहको व्यअतमा सामेल भएका छैनन् यद्यपि उनले अपेक्षित मसीहको नाम पनि न सुनेको भए उनीहरू काफिर हुन् र इस्लामको परिधिबाट निष्कासित छन् ।"
मिर्जा बशीरूद्दीनले एउटा अदालतमा आफ्नो वक्तव्य दिँदा भनेका थिए ।
"हामी मिर्जालाई सन्देष्टा मान्दछौं र गैरअहमदी (कादयानीबाहेक)ले उनलाई सन्देष्टा मान्दैनन् र कुरआनको शिक्षा अनुसार कुनै एउटा सन्देष्टाको इन्कारपनि कुफ्र भएको कारण गैरअहमदी सबै काफिर हुन् ।"
एउटा भाषणमा आफू र मुसलमानबीच भएको बाझाबाझको व्याख्या गर्दै मिर्जाको यस भनाइलाई उध्दृत गर्दै भनेका छन् ।
"अल्लाहको अस्तित्व, रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम, कुरआन, नमाज, रोजा, हज्ज,जकात तथा एक एक विषयमा हामी र उनीहरूबीच विभेद पाइन्छ ।" यति मात्र नभइ पाकिस्तानका महान नेता काएदे आजम मिस्टर मुहम्मद अली जिन्नाहको निधनपछि सर जफ्रुल्लाह खानले आफ्नो आस्था बमोजिम उनको जनाजाको नमाज पनि नपढेको सबैलाई थाहा छ ।
यी थिए ती कारणहरू जसले मुस्लिम अगुवाहरूलाई एउटा ठुलो चिन्तामा डुबाइ दियो र उनीहरूले देखे कि इस्लामी भवनमा भित्रभित्र एउटा घुन लागि रहेको छर इस्वरीय मार्गदर्शनः
يا ايها الذين آمنوا لا تتخذوا بطانة من دونكم لا يالونكم خبالا ودوا ماعنتم قد بدت البغضاء من افواههم و ما تخفي صدورهم اكبر (آل عمران: 118)
(हे आस्थावानहरू ! आफूबाहेक कसैलाई भेदिया नबनाऊ, तिमीहरूलाई हानि पुर्याउन उनीहरू चुक्दैनन । तिमीहरूलाई जति हानि पुगे उनीहरूको चाहना हुन्छ, उनको मुखबाट शत्रुताको कुरा त निस्कदैछ तर मुटु भित्र लुकाएको कुरा अझै बढी छन् । (आल इम्रानः ११८))
को पुरै उल्टो हुदै छ,तब उनीहरुले भने कि यो समस्याको समाधान भनेको नै कादियानीहरुलाई मुसलमानहरू देखि पुरै अलग गरि दिनु हो । यो त्यही प्रस्ताव थियो जुन डाक्टर मुहम्मद इक्बालले अघि नै पेश गरी सकेका थिए, उनले आफ्नो भाषण र निबन्धहरूद्वारा जोड दिँदै निम्त्याएका थिए, उनले प्रष्ट पारेका थिए ।
"कादयानियत इस्लामको दाँजोमा यसरी भिन्न रहेको छ जसरी सिखधर्म हिन्दुधर्मको दाँजोमा । अँग्रेज सरकारले सिखहरूलाई गैरहिन्दु अल्पसङ्ख्यक घोषणा गरेका भएता पनि उनीहरू बीच सामाजिक, धार्मिक र साँस्कृतिक सम्बन्ध कायम नै रहेको छ , उनीहरूबीच बिहे विवाह भइ रहेको छ तर कादयानियतद्वारा मुसलमानसित बिहेविवाह, नाता सम्बन्ध सबैलाई अवैद्य हुने घोषणा भइसकेको छ उनका संस्थापकले मुसलमानहरूसित हरेक सम्बन्धलाई यो भनेर मुसलमानहरू फाटेको दुध जस्तो हुन् र हामी ताजा दुध समान हौँ भनेर अलग गरेका छ्न ।"
अपसोच, इस्लामी जगतले अहिले सम्म कादयानी खतरालाई महसुसै गरेका छैनन् , इस्लामी जगतलाई पूर्ण रूपमा आभास भएकै छैन, यो कादयानियत भनेको एउटा जमात वा धार्मिक समूह नभइ मुसलमानको सामाजिक व्यवस्थापनलाई बिथोल्ने एउटा योजनाबद्ध षड्यन्त्र हो । हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमद्वारा आएको इस्लाम विरूद्ध एउटा खतरनाक विद्रोह हो । कादयानियतले इस्लाम सित शत्रुता दर्शाउँदैछ, हरेक विषयवस्तुमा विभेद जनाउदैछ, इस्लामले पाएका आस्था, विचार र भावनाको स्थानलाई जबत गर्ने र मानव जातिद्वारा जुन अज्ञापालन, मायाप्रेम, अदरसम्मान र निष्ठाको भाव इस्लामले समेटेको छ उतातिर प्रस्थान होस भने कादयानियतको चाहना रहेको पाइन्छ, कादयानी धर्मले स्पष्ट रूपमा घोषणा गरी सकेको छ कि मिर्जा, सहाबा र इस्लामी समुदायका महान विद्वान, विचारक, सुधारक र इमामहरू भन्दा मात्र महान नभइ धेरै साहसी नबी र रसूलहरू (अलैहिमुस्सलाम) भन्दा पनि महान र चोखा रहेका छन । कादयानियतको दृष्टिमा रसूल सल्लल्लाहु अलैहि वसल्लमका सहाबीहरू र मिर्जाका साथीहरूबीच कुनै भिन्नता छैन, मिर्जाको दर्जा रसूल सल्लल्लाहु अलैहि वसल्लमको दर्जामा बराबरी वा त्यो भन्दा पनि उच्च रहेको छ , उनका नायबहरू रसूल सल्लल्लाहु अलैहि वसल्लमका खलीफाहरूको बराबरीमा छन् ,उनका शहर कादयान, मान्यता र पवित्रतामा मक्का र मदीना जस्तै छ र कादयानको यात्रा मक्कामा गरीने हहज्जयात्रा भन्दा कम न रहेको बताएका छन। (नऊजु बिल्लाह)
क्रमश:

No comments:

Post a Comment