कादयानियतः इस्लाम र मुहम्मदी सन्देश विरूद्ध एक विद्रोह
लेखकः मौलाना अबुल हसन अली नदवी (रह०)
अनुवादः मुहम्मद सुहैल नदवी
भाग (४)
अल्लाह तआलाले अन्तिम सन्देष्टामा आस्थाको महत्वप्रति डाक्टर इक्बालको हृदयलाई खोलि दिनु भएको थियो, उनलाई यस तथ्याङ्गको पूर्णतः ज्ञान प्राप्त थियो कि यही आस्था नै इस्लामी सामुहिक जीवन र समुदायको एकाग्रताको एक मात्र रक्षक रहेको छ र यो आस्था विरूद्ध विद्रोह गर्नेहरू कुनै मौका दिइन लायक छैनन् । यस्तो विद्रोह इस्लामी भवनमाथि बन्चरो प्रहार गरे समान हो ,माथि उल्लेख भएको स्ट्याट्समैनको जुन पत्रको चर्चा गरिएको छ त्यसै पत्रमा उनले लेखेका छन् ।
"हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अन्तिम सन्देष्टा हुनु हुन्छ भन्ने आस्था नै त्यो एउटा मात्र कारक (Factor) हो जसले इस्लाम र अरू धर्महरू बीच सीमावर्ती रेखा (Line of Demarcation) तान्दछ, जुन धर्महरू एकेश्वरवादमा मुसलमानहरूका समान हुन् , हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई सन्देशवाहक मान्दछन् तर वह्य र ईश्दुत्वको क्रमलाई समाप्त हुने आस्थामा विश्वास गर्दैनन । जस्तै भारतको ब्राह्मो समाज, यही नै त्यो अधारबिन्दु हो जसलाई हेरेर कुनै समूहको बारेमा इस्लाममा सामेल हुने वा बाहिरीने निर्णय गर्न सकिन्छ, मलाई इतिहासमा त्यस्तो कुनै मुसलमान समूहको बारेमा ज्ञान छैन जसले यो रेखा उलङ्घन गर्ने साहस गरेको होला । इरानमा बहाई समुदायले अन्तिम सन्देष्टाको आस्थालाई नकारे तर उनीहरूले स्पष्ट रूपमा उनीहरू एउटा छुट्टै समुदाय हुन् र साधारणतः परिभाषित मुसलमान होइनन् भन्ने घोषणा गरेका छन् ।
निस्सन्देह, हाम्रो आस्था छ कि इस्लाम अल्लाह तआलाद्वारा अवतरित धर्म हो । तर त्यसलाई एउटा समाज र एउटा समुदायको रूपमा लागु गर्ने मात्र हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम को अस्तित्वमा निर्भर छ, तसर्थ कादयानीहरू समक्ष दुइवटा विकल्प मात्र छन् , तिनीहरूले आफूलाई बहाईहरूले जसरी मुसलमान समूहबाट छुट्टयाउनु पर्छ वा अन्तिम सन्देष्टाको अभुतपूर्व व्याख्यालाई छोड्नु पर्छ । यस्तो भएन भने उनीहरूको यो राजनैतिक किसिमको व्याख्या उनीहरूको मनमा लुकेको चोरलाई मात्र दर्शाउँछ । उनीहरू मुसलमानको नाम सित जोडिएको लाभ प्राप्त गर्न मात्र मुसलमानको परिधि भित्र छिर्न खोज्दछन्, किन भने यस बाहेक ती लाभ र फाइदाहरू प्राप्त गर्न सक्ने अवसर पाइदैनन् ।"
उनले अर्को ठाउँमा लेखेका छन्
"ती सबै समूह, जुन प्रचलित र परिभाषित इस्लामदेखि बाँगिएका हुन्छन् र उनीहरूको धार्मिक विचार र स्वभाव नयाँ इश्दुत्वको आधारमा सृजित हुन्छ, उनले यो नयाँ अविष्कृत ईश्दुत्वलाई स्वीकार नगर्ने सम्पूर्ण मुसलमानहरूलाई नास्तिक भन्छन । त्यस्तो समूह इस्लामको एकता कालागि घातक खतरा हुन्छ र मुसलानहरूलाई यस्ता समूह देखि सचेत रहन जरूरी हुन्छ । इस्लामी समाजको एकता अन्तिम सन्देष्टाको आस्थामाथि विश्वास राख्नुमा मात्र निर्भर छ ।"
यो थियो डाक्टर इक्बाल जस्तो नयाँ विचारधारक विद्वानको कादयानी निमित्त उनको विचार, तर समय बित्दै गयो, कादयानीहरू आफ्नो कार्यमा सक्रिय रहे, उपद्रव गर्दै बसे, वादविवादको चर्काचर्की गर्दै गरे, शङ्का र सन्देहको रोग बाँडदै गए र अँग्रेजी राजनितीको सेवामा संलग्न रहे, उनीहरूले पंजाब प्रान्तको जिल्ला गोर्दासपुरको एउटा कस्वा कादयानलाई केन्द्र बनाइ अँग्रेज सरकारको क्षत्रछाँयामा कार्यरत थिए, उनीहरूले कहिले कल्पना पनि नगरेका हेलान् कि एक समयमा कुनै महान राजनैतिक शक्तिमाथि उनीहरूको कब्जा हुनेछ र कुनै यस्तो देशपनि बन्न सक्छ जसको स्वामित्वमाथि उनीहरूको अधिकार हुनेछ, किनभने उनीहरूले भारतको स्वतन्त्रता अभियानमा केही योगदान पुर्याएका थिएनन् र उनका अल्पसङ्ख्यक अनुयायीहरू बहुसङ्ख्यक मुसलमानहरू सामु निम्न स्तरका थिए, तर सन् १९४७ इ. मा एक्कासी पाकिस्तान बनाइयो र कादयानीहरूले कल्पना नगरेके बस्तु एक थोपा रगत नबगाई उनीहरूलाई हात पर्यो अथवा यो शासन र सत्तामाथि को स्वामित्व जुन पाकिस्तानको नयाँ देशमा उनीहरूलाई प्राप्त भयो ।
क्रमश:
No comments:
Post a Comment