□□□अबु ऐयूब अन्सारी • रजियल्लाहु अन्हु □□□
प्रस्तुति: मुहम्मद सुहैल नदवी
एउटा महान सहाबी, ••••••
रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथी ...
नाम खालिद.. बुवाको नाम जैद ... बाजेको नाम कुलैब .... खान्दान भनेको बनू नज्जार .... रसूल सल्लाहु अलैहि वसल्लमको बाजेको मावली........
थर भनेको अन्सारी ... सबैले अबु ऐयुब उपनामद्वारा सम्बोधन गर्ने गर्द्थे ...
●●●
हामी मध्ये कोहीपनि मुसलमान अबु ऐयुब अन्सारी सित अपरिचित अवस्य छैन होला !
उनलाई अल्लाह तआलाले .... पूर्व पश्चिममा ख्यातिप्राप्त बनाएका छन् .... सम्पूर्ण मानव जगतमा प्रतिष्ठित तुल्याएका छन् .... उनलाई महान उपकार प्रदान गरेका छन् ... उनको घरलाई पावन स्थानको रूप दिएका छन् .... आफ्नो नबी वा अन्तिम दूतको मदीनामा वासस्थान को लागि रोजेर .... मदीनाका हजारौं घर मध्ये उनको घरलाई रसूलको आश्रय बनाएर ... वास्तवमा उनको अभिमानको लागि यति नै प्रयाप्त रहेको छ ....
○○○
रसूल सल्लल्लाहु अलैहि वसल्लम अबु ऐयुब अन्सारीको घरमा कसरी प्रस्थान गर्नु भयो ? ......त्यसको पनि घटनाक्रम इतिहासमा ... सुरक्षित राखिएको छ ... यो सत्य कथा रोचक पनि छ र मनमोहक पनि ... तपाइको लागि आश्चर्यजनक र अनौठो पनि हुनेछ .....
घटनाक्रमको चर्चा गरौँ ....
○○○
हिज्रतको समय हो ... मक्काबाट उहाँले मदीना प्रस्थान गर्नु भएको छ ... मदीनाको हरेक व्यक्ति उनको स्वागतको लागि तयार छ . कुनै पाहुनाले अहिले सम्म यस्तो स्वागत कार्यक्रम देखेको थिएन होला .. कुनै महान भन्दा महान व्यक्तिको सम्मान कार्यक्रम भन्दा पनि भव्य र सानदार स्वागत र अभिनन्दन ....
मायालुको आँखाभित्र रहेको माया प्रेम भन्दा बढी प्रेमभाव... लिएर उनका नेत्रहरू बाटो पर्खी रहेका थिए .... मुटुको द्वार खुल्ला पारी त्यस भित्र बसाउन प्रतिक्षा गर्दै थिए .... उनको निम्ति घरका ढोका खोलेर सर्वश्रेष्ठ तल्लामा राख्ने निश्चय गर्दै थिए .... तर रसूल सल्लाहु अलैहि वसल्लम भने मदीना प्रवेश गरेपछि सबै भन्दा पहिले मदीनाको किनारमा रहेको आबादी कुबामा चार दिन बिताउनु हुन्छ ... त्यहाँ पहिले मस्जिदको निर्माण ... तकवा र इश्भयलाई आधार बनाइ गर्नु हुन्छ ... निसन्देह यस्तो मस्जिद जो पहिले दिन देखि ईश्भयमा बनाइयो ....... तपाईँले नमाज पढनको लागि सर्वश्रेष्ठ रहेको छ .....
○○○
चार दिन पश्चात .... आफनो ऊँटमा चढी अगाडीको बाटो लिनु हुन्छ ...यस्रिब (मदीना) का प्रतिष्ठत व्यक्तिहरू बाटोमा उभिएका छन्.... रसूल सल्लल्लाहु अलैहि वसल्लम मेरो घरमा पधार्नु हुन्छ कि क्या रे?۔۔۔۔۔۔ आशा बोकेका छन् ... मनमनै दुआ गर्दै गर्छन् ..... कल्पना गर्दैछन् ... यही अपेक्षा लिइ एक पछि अर्को सरदार ... एउटा प्रमुख पछि दोश्रो प्रमुख ... अगाढी बढ्दै विनम्र अनुरोध गर्छन् .... हे अल्लाहका रसूल !!! हाम्रो घरमा बास बस्दिनु पर्यो ....हामी जन ... शक्ति ... सामर्थ्य ... हातहतियार र शस्त्रमा परिपूर्ण छौँ ... उहाँले नम्रताका साथ उत्तर दिनु हुन्थ्यो ...
ऊँटलाई बाटो दिनुस् ...ऊ पनि आदेशकै अधिनमा छ ...
○○○
ऊँट आफ्नो बाटो हिडदै थियो ... र आँखाहरू उसलाई पछ्याउँदै थिए ... सबै आफ्नो दिल अर्पण गर्दै थिए ...
ऊँटले कुनै घर नाघ्यो भने त्यो घरकावासी दुःखी हुन्थे .... उदास भइ हाल्थे ... तर आउँदो घरवासीको मुटु भित्र आशाको ज्योति बल्न थाल्थ्यो ...
ऊँट बढदै गयो ... मानिसहरू पनि पछिपछि हिड्दै ..उसलाई पछ्याउँदै ... थिए .. मनमा उत्सुक्ता उम्रिन थाल्यो ...जिज्ञासा जाँगर भयो ... को होला त्यो भाग्यवान व्यक्ति? .. को होला यो सौभाग्य प्राप्त गर्न सक्ने मानिस?...
○○○
हेर्दा हेर्दै ऊँट एउटा खाली जग्गामा बस्यो ... यो त अबू ऐयुबको घर पो रहेछ ... उनको घरको सामुन्ने खाली ठाउँमा ऊँट बसेको छ .... तर रसूल सल्लल्लाहु अलैहि वसल्लम ऊँटमाथि नै बस्नु भएको छ ... ओर्लिनु भएको छैन... तुरन्तै ऊँट फेरी उभियो अरे .... लगाम त समातिएको छैन .. तर पनि उभियो ... केही पाइला हिडेर पुरानै ठाउँमा आइबस्यो .....
अबु ऐयुबको मन गदगद भयो ... मुटु प्रसन्न भयो ...हतार हतार आएर उहाँको स्वागत गरे ... उहाँको समान हातमा यसरी समाते मानौ۔۔۔۔ सम्पूर्ण संसारको बहुमूल्य खजाना फेला परेका छन् ...उहाँलाई लिएर आफ्नो घर तर्फ लागे ..... कति भाग्यशाली थिए अबु ऐयुब !!!!
○○○
अबु ऐयुबको घर दुइतल्ले थियो.... उनले माथिल्लो भागलाई रसूल सल्लल्लाहु अलैहि वसल्ल्मलाई दिने र आफू तल बस्ने निश्चय गरे ... माथि बाट आफ्नो र परिवारका सामन निकाले र त्यसलाई तयार गरे ...
तर अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले भुँइतल्लामा बस्न उचित मान्नु भयो . उनले अज्ञापालन गर्दै भने बमेजिम हुकुम स्वीकार गरे ...... र उहाँले रोज्नु भएको भुँइ तल्लोलाई नै रसुल् सल्लल्लाहु अलैहि वसल्लमका लागि राम्ररी स्याहार गरे ....
○○○
राति हुँदा .... रसूल सल्लल्लाहु अलैहि वसल्लम आफ्नोऔछ्यानमा जानु भयो ...अबु ऐयुब र उनकी पत्नि माथि तल्लामा गए .... तर ढोका बन्द गर्न वित्तिकै अबु ऐयुबले आफनी पत्नीलाई भन्छन् ...
हाय ... हामीले के गर्यौँ? .....
अल्लाहका रसूल त मुनि हुनु हुन्छ ... के हामी उहाँ भन्दा बस्ने !! हामी अल्लाहका रसूल् सल्लल्लाहु अलैहि वसल्लमको माथि हिडडुल गर्ने? ..... हामी रसूल सल्लल्लाहु अलैहि वसल्लम र वह्यको बीच बाधा बन्ने ?.... हाम्रो त अवश्य नै नाश हुने निश्चित छ ...
दम्पतिको होस उडेको थियो ....के गरौँ भनेर मस्तिस्कमा केही आउँदैन्थ्यो ....... उनीहरू त्यो कुना तिर समेटिएर बसे जुन कुनातर्फ रसूल सल्लल्लाहु अलैहि वसल्लम हुनु भएको थिएन. यसरी अलि आराम महसुस भयो ... अर्को ठाउँतिर जाँदा किनार किनारमा हिडेर मात्र जाने गर्दथे ... बीचको भाग देखि अलग्गै हुने गर्दथे ....
○○○
बिहान सबेरै अबु ऐयुब ... रसूल् सल्लल्लाहु अलैहि वसल्लमको समक्ष उभिएर निवेदन गरे .... अल्लाहको कसम ! .. रात भरि म र ऐयुबकी आमाले एक छिनपनि आँखा बन्द गर्न पाएका छैनौं ।। हे अल्लाहका रसूल !
उहाँले सोध्नु हुन्छ ...किन त अबु ऐयुब?...
अबु ऐयुबले सविस्तार भने...
तपाईँ भुँइ तल्लामा बस्नु हुन्थ्यो र हामी त्यसैको माथि तल्लामा ۔۔۔۔۔ हे अल्लाहका रसुल् ... यदि हामीले हिडडुल गर्थ्यौँ ... तपाइमाथि माटो झर्ने डर लागी रहेको थियो .... साथै हामी तपाईँ र वह्यको बीचमा बाधा बनेकाछौँ जस्तो शँका पनि हुन्थ्यो ....
रसूल सल्लल्लाहु अलैहि वसल्लमले जवाफ दिनु भयो ....
धैर्य राख हे अबु ऐयुब .... हामी कहाँ धेरै मानिसहरू भेटघाटको लागि आउने गर्छन् .... हामीलाई तल बस्दा नि अरामदायक हुन्छ ....
अबु ऐयुबले उहाँको आदेश बमेजिम माथि बस्न बाध्य भए ...
○○○
उनले आफैं भनेका छन् ....
मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमको आज्ञा पालना गरें ... तर एक राति ... हाम्रो गाग्रो फुट्यो .... माथि तल्लामा पानी चुहियो .... म र ऐयुबकी आमा दुवैले हतार हतार हामी सँग भएको एक मात्र सिरकद्वारा पानी पुछ्न थाल्यौँ ... रसूल सल्लल्लाहु अलैहि वसल्लममाथि पानी झर्ने डर लागेको थियो ... बिहान हुँदा म रसूल सल्लल्लाहु अलैहि वसल्लम समक्ष उपस्थित भएँ र विनती गरें ... हे अल्लाहका रसूल ... मेरो बुवा आमा तपाईँ माथि अर्पित होऊन् .... हामी माथि भएको अवस्थामा तपाईं मुनि बस्नु भएको कुरा मेरो चित्तले मान्दैन ..फेरी रातिको घटना पनि सविस्तार भनें ...उहाँले मेरो विनति स्वीकार गर्दै माथि तल्ला चढ्नु भयो र हामी तल झर्यौँ ......
○○○
अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लम ... अबु ऐयुबको घरमा सत्रह महिना सम्म वास वस्नु भयो ... ऊँट बसेको खाली जग्गा.. किनेर त्यसमा मस्जिद निर्माण सम्पन्न भए पछि ....मस्जिदको वरि परि उहाँ र उहाँको परिवारको लागि बनाइएको कोठामा प्रस्थान गर्नु भयो .... यस पशचात पनि उहाँ अबु ऐयुबकै छिमेकी हुनु हुन्थ्यो .... दुवै छिमेकी कति मर्यादापुरूष रहेका थिए ....
○○○
अबु ऐयुबले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई अत्यन्तै माया गरेका थिए ...यो माया उनको मन र मस्तिष्कमा समावेश भइ सकेको थियो .... उहाँले पनि उनलाई यति प्रेम गर्नुभयो यो । दुवै जनाबीचको सीमा नै समाप्त भयो ....उहाँ अबु ऐयुबको घरलाई पनि आफ्नै घर समान सोच्नु हुन्थ्यो .....
○○○
उहाँको काकाको छोरा अब्दुल्लाह बिन अब्बासले वर्णन गरेका छन् ....
गर्मीको एक दिन .. दिउँसोको समय ... अबु बक्र रजियल्लाहु अन्हु मस्जिद तिर निस्के ... उनले उमर रजियल्लाहु अन्हुलाई पनि मस्जिदको छेउमै रहेको देखे.... उनले सोधे ...हे अबु बक्र ! यस समयमा घरबाट निस्कनु पर्ने कारण के हो त? उनले जवाफ दिए ... भोक को कारण निस्कनु पर्यो ... उमर रजियल्लाहु अन्हु ले पनि म पनि त्यही कारणवश निस्केके हुँ भने ... उनी दुवै बीच सोधपुछ हुँदै थियो ... त्यही बेला रसूल सल्लल्लाहु अलैहि वसल्लम पनि उता आइपुग्नु भएछ ... दुवै सित सोध्नु हुन्छ ... तिमीहरू यो समयमा बाहिर के गर्दैछौ? ...
उनिहरूले उत्तर दिए ...हे अल्लाहका रसूल ! हाम्रो भुडिभित्र भएको प्रबल भोकले गर्दा मात्र निस्केका छौँ .....
उहाँले भन्नु भयो .... त्यो अस्तित्वको सौगन्ध जसको अधिनमा मेरो प्राण छ ... म पनि यही कारण बाहेक निस्केको होइन.. लौ दुवै जना मसँगै हिड ...
सबै उता बाट हिडे र अबु ऐयुबको ढोका निर आइ पुगे ... अबु एयुबको सधैं उहाको लागि खाना राख्ने बानी थियो .... उहाँलाई कुनै दिन ढिला हुँदा वा पुग्नु भएन भए त्यो खाना आफ्नो घरपरिवारलाई ख्वाइ दिन्थे ....
सबै जना उनको ढोका नजिक पुग्नु वित्तिकै उम्मे ऐयुब बाहिर निस्किन् र भनिन् .... स्वागत छ अल्लाहका रसूल र उनका साथीहरूलाई ....
रसूल सल्लल्लाहु अलैहि वसल्लमले सोध्नु भयो .... अबु ऐयुब कहाँ छन् ? ...
अबु ऐयुब नजिकैको बारीमा काम गर्दै थिए उहाँको स्वर सुन्ने बित्तिकै दगुर्दै आए ... र भने ... स्वागत छ हे अल्लाहका रसूल र उनका साथीहरूलाई !!!.. अनि भने ... अल्लाहका रसूल ... तपाइले जुन समयमा पधार्नु हुन्छ यो त त्यो समय होइन ? उहाँले भन्नु भयो तिम्रो भनाइ सत्य हो .... अबु ऐयुब तुरन्त बगैँचा पुगेर एउटा खजुरको झुप्पो टिपेर ल्याए ...त्यसमा काँचो .. पाकेको र पाक्नलागेको हेरक किसिमका खजुर थियो ....
उहाँले भन्नु भयो .... मेरो विचारमा झुप्पो नटिपेको भएपनि हुन्थ्यो . यसमा भएको पाकेको खजुर मात्र किन नटिपेको त ???
उनले जवाफ दिए ... मैले तपाईँलाई काँचो, पाकेको र पाक्न लागेको सबै स्वादको खजुर खुवाउन विचार गरें ... पर्खनुहोस् ... म एउटा बाख्रा जबह गर्दैछु ... उहाँले भन्नु भयो .. यदि बाख्रा जबह गर्ने विचार छ भने दुध दिने बाख्रा जबह नगर्नु है ....
अबु ऐयुबले एउटा पाठा जबह गरे ... आफ्नो गृहणीलाई भने ... पीठो तयार गरी रोटी पकाउ.... तिमीले राम्रो राम्रो रोटी पकाउँछ्यौ ... उनले आफैं आधा पाठोको तरकारी बनाए र आधालाई सेकुवा ... खाना तयार गरेर उहाँ र उहाँका साथीहरू समक्ष पेश गरे .... रसूल सल्लल्लाहु अलैहि वसल्लमले मासुको एउटा टुक्रा रोटी माथि राखेर भन्नु भयो .... हे अबु ऐयुब .... यो टुक्रा फातिमालाई पुर्याइ देऊ ... उसले पनि हामी जस्तै कयौँ दिन देखि केही खाएकी छैन .....
○○○
उनीहरू खाएर अघाए ... रसूल सल्लल्लाहु अलिह वसल्लम भन्दै हुनु हुन्थ्यो .... रोटी .. मासु ...पाकेको खजुर .. अर्धपाका ..र काँचो खजुर ... भन्दा भन्दै उहाँको आँखा अश्रुसिक्त भए . उहाँले भन्दै हुनु हुन्थ्यो ...त्यो अस्तित्वको सौगन्ध जसको हातमा मेरो प्राण छ ... यिनै अनुग्रहको बारेमा सेधिनेछौ ...यदि यस्तो वस्तु फेला पर्यो .. र तिमीहरूले त्यसमा आफनो भाग बटुल्यौ ...भन अल्लाहको नामले आरम्भ गर्छु ... यदि अघायौ भने यसरी भन ...सम्पूर्ण प्रशंसा अल्लाहको लागि मात्र हुन् जसले हामीलाई अघाउने बनाउनु भएको छ र हामी माथि आफ्नो उपकार र अनुग्रह गर्नु भएको छ ...
उहाँले अन्तमा उभिएर अबु ऐयुबलाई भन्नु भयो... भोलि हामी नेर आउनु..
रसूल सल्लल्लाहु अलैहि वसल्लमले सधैं उहाँमाथि उपकार गर्नेहरूलाई कुनै न कुनै बदला अवश्य दिनु हुन्थ्यो ... अबु ऐयुबले उहाँको कुरा सुन्न सकेनन् ... तसर्थ उमर रजियल्लाहु अन्हुले उनलाई भने ....
रसूल सल्लल्लाहु अलैहि वसल्लमले तपाईंलाई भाेलि उहाँ समक्ष पुग्न आदेश दिनु भएको छ .... अबु ऐयुबले भने .... अज्ञापालना गर्ने छु हे अल्लाहका रसूल !
○○○
भाेलि पल्ट अबु ऐयुब रसूल सल्लल्ल्हु अलैहि वसल्लमको जुनाफमा हाजिर भए ... उहाँले उनलाई उहाँको सेवा गर्ने एउटी दासी प्रदान गरेर भन्नु भयो ... हे अबु ऐयुब ... यसको साथमा भलो व्यवहार गर.. मेरो घरमा बसुन्जेल मैले यसमा मात्र राम्रो लक्षण देखेको छु ...
अबु ऐयुब ती केटीलाई लिएर घर फर्के ... उम्मे एयुब दासीलाई हेरेर सेधिन् ... यो कसको छोरी हो ۔۔۔۔ हे अबु ऐयुब? .... उनले भने ... हामीलाई अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले प्रदान गर्नु भएको छ ... कति महान हुनु हुन्छ यो प्रदान गर्ने व्यक्ति र कति बहुमूल्य उहाँको पुरस्कार ... उनले भने ... हामीलाई उहाँले यसको साथ राम्रा व्यवहार गर्ने उपदेश पनि दिनु भएको छ ....
उनले साेधिन ... के विचार छ त तपाईंको मन मा... अल्लाहका रसूलको आदेश कसरी पालना गर्न सक्छौ?
उनले जवाफ दिए ... अल्लाहका रसूलले भलो व्यवहार गर्न आदेश दिनु भएको छ ... र यसलाई मुक्त गर्नुबाहेक अरू कुनै उत्तम उपाय राम्रो व्यवहार सरह मेरो विचारमा हुदैन हाेला ...
उनले भनिन् ... तपाई उचित निर्णयमा पुग्नु भएको छ ... मेरो नजरमा यो अति उत्तम विचार हो ....
तत्पश्चात उनले ती दासीलाई मुक्त गरिदिए ...
●●●
अहिले हामीले अबु ऐयुबको घरायसी जीवन हेर्यौँ ... उनका केही साधारण जीवनदृश्य देख्यौँ ... यदि तपाईले उनको सैन्य जीवन बारे जान्नु फुर्सद छ भने तपाईँले अझै अश्चर्यजनक कुराहरू हेर्नेछौ ...
○○○
अबु ऐयुबले अन्तिम समय सम्म यौद्धा भएर व्यतित गरेका रहेछन् .... उनले रसूल सल्लल्लाहु अलैहि वसल्लमको समय देखि मुअविया रजियल्लाहु अन्हुको काल सम्म मुसलमानहरूले गरेका युद्धहरू मध्ये कुनै युद्धमा गयल भएका छैनन् ....एउटै समयमा अर्को युद्ध पनि भइरहेको भए त्यो कुरा त बेग्लै हो ...
उनका अन्तिम युद्ध मुअविया रजियल्लाहु अन्हुले आफ्नो छोरा यजीदको रोहवरमा कुस्तुनतीनियालाई विजय गर्नको लागि पठाइएको सेनालाई गणना गरिन्छ ... अबु ऐयुब त्यो समय सम्म अति बृद्ध भइ सकेका थिए ... लगभग अस्सी वर्षको उमेर पुगी सकेको थियो ... तापनि यजीदको झण्डा मुनि युद्ध गर्न र समुद्रको छातीमा चढेर अल्लाहको लागि लडाइ गर्नबाट आफुलाई रोक्न सकेनन् ...
○○○
शत्रु सँग लडाई गर्दा धेरै अगाडी नगएकै बेला उनी बिरामी भए र युद्ध नगर्न सक्ने अवस्था भयो .... यजीद उनीसित भेटन पुगे र सोधे ...
हे अबु ऐयुब ... तपाईको के चाहना छ?
उनले भने .... मुसलमानका सेनालाई मेरो सलाम पुर्याइदिनुस् ... र उनीहरूलाई भन्नुस् .. अबु ऐयुबले आग्रह गरेको छ तपाईहरू शत्रुका भुमिमा अन्तिम गन्तव्य सम्म छिर्दै जानुस् •••• मेरो लाशलाई पनि सँगै लग्दै गर्नुस् ۔۔۔۔۔۔ र कुस्तुनतीनियाको पर्खालमुनि आफ्नो पाइला मुनि दफन गर्नुस् .... यति भन्दै उनले प्राण त्यागे ....
○○○
मुसलमानका सेनाहरूले पनि रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रिय साथीको चाहना बमेजिम शत्रुहरूमाथि एक पछि अर्का अक्रमण गर्दै कुस्तुनतीनियाको किल्लामुनि पुगे ... अबु ऐयुबको लाश बोक्दै ... त्यहाँ उनका कब्र खनिएर माटोमा पुरिए ....
○○○
अल्लाह तआला अबु ऐयुबमाथि दया गरून् ...अल्लाहको पथमा ... उहाँकोलागि युद्ध गर्दै असल घोडाको पीठमा नै मर्ने कस्तो कल्पना गरेका थिए .. त्यो पनि अस्सी वर्षको उमेरमा .... अल्लाह उनीबाट प्रसन्न होऊन्
○○○प्रस्तुति: मुहम्मद सुहैल नदवी○○○
समाप्त
¤¤¤¤¤¤¤¤
No comments:
Post a Comment