कादयानियत: इस्लाम र मुहम्मदी सन्देश विरुद्ध एक विद्रोह
लेखक: मौलाना सैयिद अबुल हसन अली नदवी (रह०)
अनुवाद: मुहम्मद सुहैल नदवी
भाग (९)
ईश्दुत्वका दाबेदारहरूः
मिर्जा गुलाम अहमदको प्रचारप्रसार र उनको अभियानको प्रत्यक्ष परिणाम स्वरूप, ईश्दुत्वको महानता, आदरनीयता र यस पदवीको इज्जत र गरिमालाई आघात पुग्नु स्वभाविक नै थियो । उनले ईश्दुत्वको क्रमबद्धता र अनन्त श्रंखलामाथि जसरी लेखहरूद्वारा जोड दिएका छन् र जसरी उनको प्रचारप्रसार गरेका छन, आफूमाथि भएको ईश्वाणीलाई जुन महत्व दिँदै आफू ईश्दूत हुने दाबी गरेका छन, त्यसको फलस्वरूप ईश्दूत्वलाई बालबालिकाको खेल झैँ हुनु पर्ने नै थियो । उनले पनि इश्दूतवको क्रमलाई आफू ईश्दूत हुँ भन्नको लागि मात्र स्वीकार गरेका छन र इश्दूत्वको अन्त्यको इन्कार आफूसम्म मात्र सिमित राखेका छन र आफुपछि आउनेहरूको हकमा आफूलाई नै अन्तिम नबी वा इश्दत हुने प्रमाणित गरेका छन । अल्लामा इक्बालको मधुर शैलीमा यस्तो व्याख्या गरिएको छ ।
"अहमदियतको संस्थापकको आफ्नै प्रमाणिकरण जुन मध्य शताब्दीको आस्थाबिदका लागि मात्र उपयोगि हुन सक्छ, त्यस हिसाबमा यदि अर्का नबी हुनु भए इस्लामको अध्यात्म अपूर्ण रहने हुन्छ , उनले आफ्नो दाबीलाई प्रमाणित गर्न इस्लामको नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम भित्र नबी बनाउने सामर्थ्य थियो, भन्दै प्रमाणस्वरूप आफ्नो दूतत्वलाई पेश गरेका छन् । तर उनलाई मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको अध्यात्ममा एक भन्दा बढी ईश्दूत बनाउने क्षमता थियो कि थिएन भनेर सोधिने हो भने उनको जवाफ नकारात्मक आउँछ । यो विचारलाई अर्को शैलीमा यसरी बुझ्न सकिन्छ, उनको भनाइ अनुसार मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अन्तिम नबी हुनु हुन्न, म नै अन्तिम नबी वा इश्दूत हूँ । अन्तिम दूतत्वको इस्लामिक सिद्धान्तले मानव इतिहासमा सामान्यतः र एशियाली इतिहासमा विशेषतः के महत्व राख्दछ त्यसलाई बुझ्नको सट्टा अहमदियतको संस्थापकको विचारमा दूतत्वको अन्त्यले यदि मुह्ममद सल्लल्लाहु अलैहि वसल्लमको कुनै अनुयायीलाई दूत बनाउने असमर्थ्य छ भने यो आफैमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको दूतत्वलाई अपूर्ण प्रमानित गरिरहेको हुन्छ । यदि म अहमदियतको संस्थापकको मनोविज्ञानको अध्ययन उनले गरेको दूतत्वको दाबीको आधारमा गर्छु , मलाई ज्ञात हुन्छ, उनले आफ्नो ईश्दूत्वलाई सघाउन इस्लामको ईश्दूतको संरचनात्मक सामर्थ्यलाई मात्र एक ईश्दूत अथवा अहमदियतको संस्थापकमा सिमित गरेर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको अन्तिम नबी हुने सिद्धान्तलाई अस्वीकार गरेका छन् । यसरी यो नयाँ ईश्दूत आफ्नो आध्यात्मिक पूर्वजको अन्तिम दूतत्वको विशेषतामाथि अधिपति बन्न खेज्दैछन् । "
यदि मानिसहरूको बुद्धि यो कुरालाई बुझ्न असमर्थ्य छ भने मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको ईश्दूत्वको संरचनात्मक शक्ति कसरी एक व्यक्तिविशेषको लागि मात्र सिमित हुन्छ ? यस शक्तिले आफू भन्दा तेह्र सय वर्ष पछि आएको व्यक्तिमा मात्र असर पार्छ न त त्यो भन्दा पहिले न त्यो भन्दा पछि, यो सृष्टि बाँचुन्जेल सम्म, अरूको कुरा नगरौँ उनकै अनुयायी र उत्तराधिकारी मिर्जा बशीरूद्दीनले लेखेका छन् ।
"ईश्वरले काफिरहरूको बारेमा भन्नु हुन्छ و ما قدروا الله حق قدره
अथवा उनीहरूले अल्लाहको गरिमालाई बुझ्न सकेनन् , उनीहरूले अल्लाहको भन्डार समाप्त भइ सकेको छ मात्र बुझेका छन् , तसर्थ कसैलाई केही दिन सक्नु हुन्न, उनीहरूको भनाइ अनुसार कुनै व्यक्ति इश्भय र सतकृतिमा जति माथि जाओस्, धर्म पारायणाता र साधुतामा कयौं ईश्दूत भन्दा अग्र पंक्तिमा बसोस् , इश्वरको ज्ञान जति पनि प्राप्त गरोस्, तर ईश्वरले उसलाई नबी वा इश्दूत बनाउने छैनन् , उनको यो विचार इश्वरको सामर्थ्यलाई नबुझ्न सक्ने अवस्थाको कारण उत्पन्न भएको हो, नत्र उहाँले एक नबी मात्र होइन म भन्छु हजारैँ नबी बनाउने सक्नु हुन्छ ।"
तसर्थ मिर्जा गुलाम अहमद पछि मानिसहरूलाई ईश्दुत्वको दाबी गर्ने साहस पुग्यो, हामीलाई भारतवर्षको इतिहासमा जुन एक हद सम्म विस्तारमा सुरक्षित राखिएको छ, अकबर बाहेक कुनै व्यक्तिको बारेमा थाहा छैन जसले दूतत्वको अन्त्यलाई इन्कार गर्दै नयाँ धर्मको संरचना गरेको पाइन्छ, अकबरले पनि यस्तो संगठित र खुला तरीकाले नयाँ नबी हुने साहस गर्न सकेका थिएनन् , तर मिर्जा पछि यो ढोका सामान्यतः खुला गरिएको पाइन्छ, प्रोफेसर इल्यास बर्नीले सन् १९३६ सम्म सात जना नबी हुने दाबीवालको वर्णन गरेका छन् , यसमा केही शंकाको कुरा पनि छैन,यदि ध्यानपूर्वक यस्तो दाबी गर्नेहरूको सर्वेक्षण गरिन्छ भने मात्र पंजाब प्रान्तमा यो संख्या बढ्न सक्छ, ईश्दूत्वको बहुसंख्या र दाबीको चलन प्रति स्वयंम् मिर्जा बशीरूद्दीनले पनि आपत्ति जनाउँदै यस्तो भनेका छन् ।
"हेर्नुस, हाम्रो जमातमा कतिपय ईश्दूत्वका दाबीवाल उभिएका छन् , ती मध्ये एक बाहेक अरू सबैको सम्बन्धमा म यो विश्वास राख्दछु, उनीहरू झूठो बोल्दैनन् , वास्तवमा उनीहरूमाथि सुरूमा इश्वाणी उत्रेको हो, र यो आश्चर्यजनक कुरो पनि होइन, यसरी हुने भइरहन्छ, तर त्रुटि के छ कि उनीहरूले आफूमाथि भएको ईश्वाणीलाई बुझ्न सकेका छैनन् , कही व्यक्तिहरूसंग मेरो व्यक्तिगत सम्बन्ध छ र म यो वर्णन गर्न सक्छु, उनीहरूको भनाइ निस्वार्थ थियो, उनीहरूमा ईश्भय पनि थियो, भविष्यमा के हुनेछ त्यो त ईश्वरलाई मात्र ज्ञान छ, तर सुरूमा निस्वार्थ थिए र उनको ईश्वाणी वास्तविक थियो तर उनीहरूलाई ईश्वाणीलाई बुझ्न भुल भयो र सत्यमार्गबाट हुत्तिए । "
क्रमशः
No comments:
Post a Comment