कादयानियतः इस्लाम र मुहम्मदी सन्देश विरूद्ध एक विद्रोह
लेखकः मैलाना सैयिद अबुल हसन अली नदवी (रह०)
अनुवादः मुहम्मद सुहैल नदवी
भाग (१२ र अन्तिम)
वार्तालापको मुहानको निश्चयः
अनि यो ईश्वरीय सम्बोधन र वार्तालापको विश्लेशनको कसैटी र मापदण्ड के हुन्छ होला ? यसको जिम्मेवार को हुन्छ कि कुनै व्यक्तिले केही सुनिएको भए त्यो स्वयम् को आन्तरिक भ्रम होइन अथवा वातावरण र शिक्षण विद्याको प्रतिध्वनि वा मनमा लुकेको कुनै लालसा वा समाजको प्रभावको परिणाम त होइन? जसले सम्बोधन र भविष्यवाणीका पुराना पुस्तकहरू हेरेका छन् उनीहरूलाई राम्ररी थाहा हुन्छ, त्यस संग्रहका धेरै जसो भागले त्यही असत्य सिद्धान्त र विचारको प्रचारप्रसार गर्छन जुन पुरानो बहुदेववादले उत्पन्न गरेको छ । मिश्रको नया प्लाटेनिज्मको आध्यात्मिक प्रदर्शन र ईश्वरीय सम्बोधनलाई हेर्नुहोस, के त्यसले ततकालीन बहुदेववाद र दार्शनिक सिद्धान्तलाई अनुमोदन गरेको छैन र? इस्लामिक कालमा पनि कति आध्यात्मिक प्रदर्शन र सम्बोधन प्रचारकले ईश्वरसंग हात मिलाउने, उहाँसित वार्तालाप गर्ने कुराको वर्णन गरेका छन्, तर यो सबै मात्र पुरानो दर्शनशास्त्र वा युनानी बहुदेववाद शास्त्रको मनोविकार मात्र रहेको छ , स्वयंम् मिर्जा साहबको सम्बोधन र वार्तालापको धेरैजसो अंश उनको काल, वातावरण र प्रशिक्षणमा लुकेका प्रभावको परिमाण र उनले हुर्किने र निम्तो अभियान चलाइने ततकालीन पिछडिदै तथा बिग्रिदै जाने समाजको प्रतिविम्ब मात्र रहेको छ। भनौं त्यसको अधिकांश भाग त्यो हो जसलाई भारतको इतिहासको एउटा विश्लेषज्ञ (डाक्टर इक्बाल) ले आफूले महसुस गरे झैं यसको मुहान परोक्ष जगत नभइ भारतकै राजनैतिक उच्च शक्ति मात्र रहेको छ भनेका छन् र यस वास्तविक्तालाई आफ्नो वैज्ञानिक शैलीमा स्पष्ट पारेका छन् । पण्डित जवाहरलाल नेहरूलाई लेखेको पत्रमा उनको केही प्रश्न र शंकास्पद कुराको जवाफ दिँदै भनेका छन् ।
"म यो अवश्य भन्न चाहन्छु, अहमदियतको संस्थापकले एउटा वाणी सुनेका छन् , तर यसको स्पष्टीकरण हुनु पर्छ कि त्यो वाणी त्यही ईश्वरद्वारा आएको हो, जसको कब्जामा जीवन र शक्ति छ वा त्यो वाणी मानवजातिको आध्यात्मिक् दुर्लभताका कारण उत्पन्न भएको छ ? यो कुरा मात्र त्यस अभियानको प्रकृतिमा निर्भर हुनु पर्छ जुन त्यो वाणीद्वारा रचिएको छ, साथै त्यस विचार र भावनामा पनि निर्भर हुनु पर्छ जुन त्यो वाणीका श्रोतहरूको मनमा उम्रेका छन् । पाठकजन यो विचार न गरिदिनुहोला कि म प्रतीकात्मक भावको प्रयोग गर्दैछु, मानव इतिहासको जीवनले राम्ररी दर्शाएको छ, जतिखेर कुनै समुदायको जीवनकालमा पतनको आरम्भ हुन्छ , त्यही पतन त्यस्तो वाणीको मुहान बन्दै जान्छ, त्यस समुदायका कविजन, दर्शनशास्त्री, तपस्वी र विचारधारकहरू त्यो वाणीद्वारा प्रभावित हुन्छन् , प्रचारकको एउटा समूहले जन्म लिन्छन् जसको एउटा मात्र उद्देश्य हुन्छ, भाषाको विमोहक शक्तिद्वारा त्यो समुदायको हरेक पक्षको प्रशंसा र स्तुति गर्नु, चाहिँ त्यो जति निन्दनीय र दोषयुक्त होस् , यी प्रचारकहरू अचेत तवरले निराशालाई आशाको उज्जवल पोशाकमा लुकाउने गर्दछन् , पात्रहरूको प्रचलित उच्चताको खण्डन गर्दछन् र उनको प्रचारमा भ्रमितहुने मानिसहरूको आध्यात्मिक शक्तिलाई क्षीण पार्दिन्छन् । याद राख्नुस् , यिनीहरूलाई इश्वाणीको आधार स्वरूप आफ्नो राजनैतिक वातावरणलाई स्थिर मान्ने शिक्षा नै दिइएको हुन्छ , यसरी मेरो विचारमा ती सम्पूर्ण पात्रहरू जनु अहमदियतको यस नाटकमा सहभागी बनेका छन् पतन र विध्वन्शको हातमा निरबुद्धि कठपुलती सरह मात्र रहेका थिए ।
साभारः कादयानियत
(समाप्त)
No comments:
Post a Comment