कादयानियत: इस्लाम र मुहम्मदी सन्देश विरुद्ध एक विद्रोह
लेखक: मौलाना सैयिद अबुल हसन अली नदवी (रह०)
अनुवाद: मुहम्मद सुहैल नदवी
भाग (६)
मिर्जा बशीर अहमद कादयानी द्वतीय खलीफको किताब "हकीकतुन नुबुव्वत" हेर्नुस्, मिर्जा गुलाम अहमदको बारेमा लेखेका छन्, "उनी कुनै कुनै साहसी नबीहरूभन्दा पनि अगाडी पुगेका छन् ।" (पृष्ठः२५७)
अल्फज्ल पत्रिका वर्ष (१४) २९ अप्रेल १९२७ इ.को प्रकाशनमा लेखेका छन् ।
"उनी अन्य नबीहरू (अलहिमुस्स्लाम ) मध्ये धेरैजसो भन्दा महान थिए, अँ ! सबै भन्दा महान हुन सक्ने सम्भावना पनि छ" । यहि पत्रिकाले वर्ष ५, २८ मे १९१८इ. को प्रकाशनमा रसूल सल्लल्लाहु अलैहि वसल्लमका अदरणीय सहाबाहरू र मिर्जाका साथीहरूलाई बराबर बताउँदै लेखेको छ ।
"तसर्थ यी दुवै समूहलाई छुट्टाउनु वा एक भन्दा अर्कालाई समग्र रङ्ढङ्गमा उच्चस्तरीय मान्नु उचित हुँदैन, यी दुवै समूह वास्तवमा एक जमात हुन्, मात्र समयको अन्तर छ, उनीहरू प्रथम अवतरणका प्रशिक्षित र यिनीहरू देश्रो अवतरणका ।"
अल्फज्ल पत्रिकाको वर्ष (३) र अंक (५५) मा लेखिएको छ । "अपेक्षित मसीह नै मुहम्मद हुन् र वास्तविक मुहम्मद हुन् "। यसरी "अनवारे खिलाफत"मा मियाँ महमूद अहमद कादयानी खलीफा लेख्दछन् , "मलाई विश्वास छ कुरआनको आयत (اسمه احمد)"उनको नाम अह्मद हो" को मन्साय अपेक्षित मसीह नै हुन् । कादयानी धर्म यतिमा मात्र सिमित नभएर सम्पूर्ण जगतका सरदार हजरत मुहम्मद सल्लल्ल्हु अलैहि वसल्लम भन्दा पनि उत्तम हुने दाबी गर्छ , मिर्जा गुलाम अहमद आफ्नो किताब "खुत्बा इल्हामिया"मा भन्दछन् ।
"हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लम आध्यात्मिक्ताको पाँचौँ हजारमा संक्षिप्त गुणहरू कासाथ उदाउनु भएको थियो,तर त्यो समय आध्यात्मिक्ताको विकासको अन्तिम सिढी नभइ पूर्णताको लागि पहिलो कदम मात्र थियो, अनि त्यो आध्यात्मिकताले छैटौँ हजारको यस समयमा पूर्णतः आफ्नो दर्शन गराएको छ ।"
उनी अगाडी लेख्दछन् ।
"له خسف القمر المنير و ان لي"
"غسا القمران المشرقان اتنكر"
(उनका लागि मात्र चन्द्रमामा ग्रहन लाग्ने निशान प्रकट भएको थियो तर मेरो लागि त सूर्य र चन्द्र दुइटैमा ग्रहन लाग्यो,अझै पनि तिमी इन्कार गर्छौ ?)
कादयानीहरूको नजरमा मिर्जाको चिहानको त्यही स्थान छ जुन रसूल् सल्लल्लहु अलैहि वसल्लमको पवित्र समाधिको दर्जा रहेको छ , हेर्नुस, कादयान यात्रा गर्नेहरूलाई कादयानको तर्फबाट दिइने प्रशिक्षणमा उनीहरूलाई दिइएको निर्देशिकाबाट केही वाक्यांशः
"यस अभिप्रायमा मदीना मुनव्वराको हरियो गुम्बजको ज्योतिका सम्पूर्ण परिवर्तित किरणहरू यस सेतो गुम्बजमाथि पर्दैछन् , यसरी तिमीहरू पनि ती बरकतहरूमा सहभागी छौ जुन रसूल करीम सल्लल्लाहु अलैहि वसल्लमको उज्जवल समाधिका विशेषता मानिएका छन्, कति अभागी छन् ती मानिसहरू जो अहमदी जमातको यस महान हज्जका यी फाइदाहरूबाट बञ्चित रहेका छन्।"
कादयान तीन पवित्र धार्मिक स्थलहरू मध्ये एक हो भन्ने पनि कादयानीहरूको आस्था रहेको छ। मिर्जा महमूद अहमद कादयानी खलीफाले लेखेका छन् ।
"अल्लाह तआलाले यी तिनवटै स्थान (मक्का, मदीना, कादयान) लाई पवित्र बनाउनु भएको छ र तिनवटै स्थानलाई आफ्नो ज्योति प्रदर्शनको लागि छान्नु भएकोछ ।"
एक पाइला अझै चाल्दै पवित्र शहर मक्का र मस्जिद-ए -अक्साको बारेमा अवतरित कुरआनी आयातको मन्साय कादयानलाई बताउने प्रयास पनि गरिएको छ , मिर्जा गुलाम अहमदको कथन छ, "अल्लाह तआलाको भनाइ و من دخله كان آمنا(जो त्यहाँ प्रवेश गर्यो सुरक्षित भयो) मा कादयानमा स्थित उनको मस्जिदको वर्णन गरिएको हो ।
"दुर्रे समीन" पृष्ठ सं. ५२ मा उल्लेख छ ।
"زمین قادیاں اب محترم ہے"
"ہجوم خلق سے ارض حرم ہے"
(कादयान को मूमि अब सम्मानिय भइ सकेको छ र मानिसहरूको घुइचोले गर्दा हरम (मक्का, मदीना) बनेको छ ।)
अल्फज्ल पत्रिका (कादयान) को वर्ष (२०) को २१ अगष्ट १९३१ इ.को प्रकाशनमा लेखिएको छ ।
"{سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الاقصى الذي باركنا حوله}
(त्यो अस्तित्व पवित्र हुनुहुन्छ जसले आफ्नो भक्तलाई रातारात मस्जिद-ए-हरामबाट मस्जिद-ए-अक्सा सम्म पुर्याउनु भएको छ जसको वरपरलाई हामीले बरकतवाला बनाएका छौँ ।)
को आयतमा मस्जिद -ए-अक्सा भनेर कादयानको मस्जिदलाई जनाइएको छ ।"
अर्थात उनीहरूको विचारमा यदि कादयान, अल्लाहको परम सम्मानीय भुमि मक्काको समश्रेणी वा उनको विचार बमेजिम त्यो भन्दापनि उच्चश्रेणीमा पर्दछ भने त्यहाँको तीर्थयात्रा पनि हज्जको समान वा त्यो भन्दा उच्चस्तरीय हुनु पर्ने हुन्छ, तसर्थ मियाँ महमूद अहमदले आफ्नो जुमुआको भाषणमा भनेका छन् ।
"तसर्थ अल्लाहले एउटा अर्को सादृष्य हज्ज निर्धारण गर्नु भएको छ , कारण हो एक यस्तो समुदाय जसद्वारा उहाँले इस्लामको उत्थानकार्य लिन चाहनु भएको छ र गरीब अथवा भारतका मुसलमान पनि यस महान कार्यमा सामेल हुन पाउन्। "
यस्तै कादयानी समुदायको एउटा अर्का महाशय एक पाइला अझै बढाउँदै भन्छन् ।
"जसरी अहमदियत बिना पहिला अथवा हजरत मिर्जालाई छोडेर जुन इस्लाम धर्म बाँकी हुन्छ त्यो शुष्क इस्लाम हो त्यस्तै यस सादृष्य हज्जलाई छोडेर मक्काको हज्ज पनि शुष्क हज्ज मात्र बाँकी हुनेछ किन भने त्यहाँ हज्जको उद्देश्य पुरा भइरहेको हुँदैन ।
क्रमश:
No comments:
Post a Comment